Tuesday, April 30, 2019

मच्छिन्द्रनाथको रथ यात्रा सुरु


मच्छिन्द्रनाथको रथ यात्रा सुरु
रवीन्द्र गौतम, ११ बैशाख २०७६ ११:४९:००
दोलखा : करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ। पौराणिक रातो मच्छिन्द्रनाथको मुर्तिलाई दुधमा नुहाएर रथारोहण गरिए पछि आइतबारबाट रथजात्रा सुरु गरिएको हो। प्रत्येक बर्ष कृष्णपक्षदेखि प्रर्दशन गरिने मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखा सहरको बिभिन्न टोलमा पुर्‍याउने प्रचलन रहेको छ।
मल्लकालीन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जय वासुदेवले सुरु गरेको यो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा प्रर्दशन हुँदै आएको क्लबका संयोजक सुरेश श्रेष्ठले बताए। एकहप्तासम्म चल्ने रथ जात्राको पहिलो दिन पिंगलदेखि नक्छेसम्म, ९ गते कोर्छेसम्म, १० गते टसिचासम्म, ११ गते माथिल्लो स्वयम्भुस्थान, १२ गते दुंगलसम्म, १३ गते पिंगलसम्म र अन्तिम दिन १४ गते डोकुलढुङ्गा टोलसम्म पुर्‍याएर समापन गरिने परम्परा छ।
यो जात्रा मनाउँदा रोग नलाग्ने, सुख्खा याममा पानी पर्ने आदी जनविश्वास छ। धार्मिक आस्थाका कारण जात्रा सुरु हुने बेला स्थानीय व्यक्तिहरु व्रत समेत बस्ने गर्छन। स्थानीय पर्शुराम जोशी रथ तान्ने बेलामा पानी पर्ने गरेकोले जात्राप्रति धेरैको विश्वास रहेको बताउँछन्।

मल्ल राजा जय वासुदेवले कुन मितिदेखि यो जात्रा सुरु गरे भन्ने प्रमाण नभेटिए पनि ने.स. ७०१ (वि.सं. १६३८) मा वंभु वहालका भिक्षु श्री जय जीवराज, जितपारज्यु, देवसिंह र केरंकुटुं रामसिंहले सुनको प्रभा र हृदयसिंह बाबुले सुनको छत्र दोलखाको अवलोकितेश्वर श्री ३ आर्यवलोकितेश्वर भट्टारक सम्बोधन गरी चढाएको प्रमाण भेटिएकोले यो जात्रा त्यो भन्दा अघिदेखिनै सुरु भएको अनुमान गर्न सकिन्छ।
राजा जय वासुदेवले हालको लापिलाङ गाउँस्थित पाखो जग्गा त्यहाँका थामी जातिलाई कमाउन दिएको र गुठीको समेत व्यवस्था गरेको उल्लेख छ। उक्त जग्गाको आय स्रोतबाट गुठीमार्फत थामीहरुले रथ तान्न चाहिने सामग्री, एउटा राँगो, एउटा भेडा, दुई पाथी तेल, दुई पाथी घ्यू, डोरी र काठहरु उपलब्ध गराउनु पर्ने व्यवस्था रहेकोमा थामीहरुले ती सामानहरु दिन छाडेका थिए।

Thursday, April 04, 2019

कसौटीमा नेपाल प्रहरी

नेपाल प्रहरी र सशस्त्र पह्ररी दुवै बल हुन । राज्यले आवश्यक परेको बेला निश्चित विधि र प्रक्रिया अवलम्बन गरी बलको प्रयोग गर्दछ । सबै सुरक्षा बल राज्यको अख्तियारी सुनिश्चित गर्ने क्रममा आवश्यकता अनुसार प्रयोगमा आउँछन् र आउनुपर्छ । प्रहरी सङ्गठनलाई बलका रूपमा राज्यबाट जुन शक्ति प्राप्त हुन्छ, त्यसका प्रयोग सर्वसाधारण जनता र समाजको बृहत्तर हितका लागि हुनुपर्दछ । राज्यले आफ्नो सुरक्षा बलको प्रयोग गरी सुरक्षित रूपमा जिउन पाउने नागरिकको आधारभूत अधिकार प्रत्याभतू गर्नुपर्दछ । आपराधिक क्रियाकलाप बढ्दै जाने, हिंसात्मक वा विध्वंसात्मक गतिविधिहरू देखापर्ने, देशमा बेथिति मौलाउने, जोर जबर्जस्ती वा धम्कीका आडमा नागरिकहरूलाई भयग्रस्त तुल्याउने अवस्थामा समाजमा शान्ति सव्ुयवस्था बहाल हुन सक्दैन । त्यसो भएको खण्डमा नागरिकले गरिखान पाउने वातावरणको सर्वथा अभाव हुन्छ । यो स्थितिको निवारणमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्नुपर्ने हुन्छ ।
श्रीकान्त रेग्मी, कसौटीमा नेपाल प्रहरी, प्रकाशनः सुरक्षा न्याय अध्ययन केन्द्र, प्रथम संस्करण २०७०

बुढेसकालमा माइती


बुढेसकालमा माइती
चैत्र २०, २०७५भवानी भट्ट
कञ्चनपुर — 'चैत महिना दादा, चैत महिनाभेट्न आए दादा तेरी बैना । ’डोटेली गायक महेशकुमार आउजी र राधिका हमालको स्वरमा रहेको सुदूरपश्चिमेली यो गीतले मनोरञ्जन मात्रै दिँदैन 
२०६० तिरको यो गीतले सुदूरपश्चिमको संस्कति र परम्परालाई समेत समेटेको छ दाजुभाइले आफ्ना दिदीबिहिनीलाई चैतको महिना भेट्न जाने सुदूरपश्चिमको ‘चैतालो भैटौलो’ परम्परालाई यो गीतले झल्काउँछ आइतबार महाकाली साहित्य संगमले महेन्द्रनगरमा आयोजना गरेको चैतालो भेटौलो कार्यक्रममा उल्टाखामकी सीता पुजाराले उक्त गीत गाउँदा कार्यक्रमका सहभागी सबै नाच्न झुम्मिए दिदीबहिनी, दाजुभाइ सबैका कुरा समेटिएको गीतमा हुड्केली गाउने र नाच्नेसमेत रमाए
चैतको महिना सुक्खा यामको सुरुवात वन जंगलमा बास्ने कोइली न्याउलीले झनै उदास बनाउँछन् विवाह भएका छोरी बहिनीहरू माइती भेट्न आउने आशमा बसेका हुन्छन् दाजुभाइ नहुनेहरू निराश हुन्छन्
त्यसकै प्रतिविम्ब आउजीको गीत हो सुदूरपश्चिममा चैतालो भेटौलोलाई एउटा प्रमुख पर्वका रूपमा मानिन्छ विभिन्न जिल्लामा माघमा भेटने चलन भए पनि प्रायःले चैतमै दिदीबहिनी भेट्न जान्छन् सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा घरघरै पुगेर चैतोली हुड्केलो गाउने चलन पनि साहित्य संगमको कार्यक्रममा पनि चैतालो हुड्को गाउनेसँगै दाइभाइ नभएका टुहुरा दिदीबहिनीहरूलाई कोसेलीसहित भैटौलो प्रदान गरियो
दाजुभाइ नभएका ६ जना दिदीबहिनीलाई कोसेली प्रदान गरियो कञ्चनपुरको भीमदत्त नगरपालिका १८ कटानकी ७० वर्षीया पुष्पा भट्टका माइतीबाट चैतालो भेटौलो नआएको २६ वर्ष भयो बुवा सानो दै बिते आमा पनि २०४९ मा मृत्यु भएपछि भेट्न कोही आएनन् बहिनीमध्ये पुष्पा जेठी हुन्
उनले नै आफूभन्दा कान्छी बहिनीहरूलाई भेट्ने गर्छिन् तर उनलाई भेट्न कोही आउँदैन ‘आज २६ वर्षपछि मैले माइती भाइ भेटे,’ आइतबार महाकाली साहित्य संगमले चैतालो भेटौलो प्रदान गरेपछि खुसी हुँदै पुष्पाले भनिन्, ‘दाइभाइ नहुँदाको पीडा मैले महसुस गरेकी छु, चैतमा भेट्न मात्रै होइन, भाइटीकाका बेला पनि मन उदास हुन्छ।’
बुढेसकालमा महाकाली साहित्य संगमले बहिनी मानेर भेटेकोमा उनी निकै खुसी छिन् थारू समुदायमा चैतालो भेटौला चलन छै संगमले गीता चौधरीलाई पनि चैतालो भेटौलो प्रदान गरेपछि उनीपनि खुसी छिन् भारतबाट भागी विवाह गरेकी उनको माइतीसँग कुनै सम्पर्क छैन अब माइतीमा कोको छन् भन्ने पनि उनलाई थाहा छैन ‘नयाँ चलन थाहा पाए, माइती पनि भेट्टाएँ,’ उनले भनिन्, ‘वर्षौंअघि माइती घर छाड्दाको पीडा अहिले सम्झेँ।’
संगमले समावेशी रूपमा दाजुभाइ नभएका जनजाति, दलित र एकल महिलालाई छानेर चैतको कोसेली प्रदान गरेको हो भट्ट चौधरीसँगै शौका समुदायकी मञ्जु लामा, उष लुहार, गोमती बोहोरा र गीता आउजीलाई चैतालौ भेटौलो प्रदान गरेको हो छोरी बहिनीलाई भेट्न जाँदा पकवान, फलफूल र कपडा लैजाने चलन छ पहाडतिर सुक्खा याममा खाद्यान्नकोसमेत अभाव हुन्छ
त्यही बेला छोरीबहिनी के खाने हो भन्ने मनसायले केही दिनका लागि भए पनि पकवान र फलफूलसहित भेट्न जाने चलन सुरु गरिएको हो हुड्को गाउँनेहरू मोहन आउजी, चिना नेपाली र गीता आउजीले चैतालो भेटौलोको संस्कार बोकेको कत्युवंशी राजा भानादेउ र गोरीधानाको कथा गाए कथाअनुसार १३ शताब्दीमा राजा भानादेउकी छोरी गोरीधानाको विवाह नागवंशी राजा कालीनागसँग हुन्छ विवाह भएको लामो समयसम्म गोरीधानाले माइत आउने तथा माइतीले उनलाई भेट्न ाने गरेनन्
भानादेउका छोरा सादेउवालाको जन्म भयो उनी ठूला भएपछि दिदीबहिनी भए नभएको सोधी खोजी गरे दिदीबारे जानकारी पाएपछि उनले भेट्न जाने इच्छा गरे तर आमा कौशिलाले नागहरूले खाइदिने भन्दै उनलाई पठाउन मानेनन् छोराका जिद्द अगाडि कौशिलाको केही चलेन उनलाई नयाँ लुगा सिलाएर पकावानसहित छोरीका घर पठाए घरमा पुगेपछि भाइबहिनीबीच लामो समयपछि भेटले निकै भावुक बनाउँछ
काली नागले पनि सालाको राम्रो स्वागत गरे करिब एक महिनापछि दिदीसँगै घर फर्किने बेला काली नागकी बहिनी भागानन्दले शंका पैदा गरेपछि कालीनागले सालालाई रोके त्यसपछि उनीमाथि आक्रमण गरे तर त्यसले केही असर गरेन त्यपछि सदेउवालाले आक्रमण गर्दा काली नागको मृत्यु भयो नागको मृत्युपछि दिदी गोरीधानाले पनि आत्महत्या गरिन् त्यसपछि सादेउवालाले पनि आत्महत्या गरे
कालीनागकी बहिनी भागा नन्दको शंकाका कारण दुईटा परिवारको नाश हुन्छ त्यससँग सम्बन्धित एक डोटेली गीतको बोल चर्चित छ– इचली कनालीका पलुइ झान्ना तिता, भलो गरे भागा नन्द दुई घर रित्ता
प्रकाशित : कान्तिपुर, चैत्र २०, २०७५ ०९:४६

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...