Thursday, June 25, 2026

Societies of Nepal

 Societies of Nepal 

Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that often blend Hinduism, Buddhism, and indigenous animism. Rooted in centuries of rich tradition, it is a largely community-oriented and family-centric society that is continuously evolving towards an inclusive, equitable democratic structure. [1, 2, 3, 4, 5]

The landscape of "societies" in Nepal spans diverse social, professional, and economic realms, all vital to the country's daily operations. Key sectors include:

·         Civil Society & NGOs: Non-governmental organizations (NGOs) and civil societies play an instrumental role in advancing social justice, gender empowerment, and human rights. Notable organizations include Maiti Nepal, which works on anti-trafficking, and ABC Nepal, which advocates for marginalized communities and equitable transformation. [1, 2, 3, 4, 5]

·         Professional Societies: Professionals across various disciplines maintain specialized societies to advance knowledge and community collaboration. For example, the Nepal Medical Association connects medical professionals, while the Nepal GIS Society (based in Lalitpur) coordinates experts in geography and technology. [1, 2, 3]

·         Cooperative Societies: Cooperatives are formally recognized by the Nepalese Constitution as a core pillar of the national economy. There are tens of thousands of active cooperatives—such as those run by the Nepal Federation of Savings and Credit Cooperative Unions—that bolster agriculture, dairy, and local financial inclusion. [1, 2, 3, 4, 5]

·         Research & Development: Organizations like the Nepal Development Society focus heavily on evidence-based research and addressing public policy, public health, and environmental challenges. [1]
June 25, 2026



Saturday, June 20, 2026

सम्झनाहरूको झरिलो मौसम

सम्झनाहरूको झरिलो मौसम

किशोर नेपाल, नयाँ पत्रिका, जेठ १४, २०७९

सहरको मौसममा बिस्तारै परिवर्तन आउँदै छ समयका यी क्षणमा सम्झनाहरू झरिलो हुने गरेका छन् यस्तै झरिलो समयमा मेरो जन्म भएको हुनुपर्छ जहाँसुकैका कविहरू एकै शब्दमा भन्छन्– जूनको महिना मादक हुन्छ किनभने यो जुनोको नाममा रहेको महिना हो गुगल ज्ञानको भनाइमा विवाह भन्ने संस्थाकी संरक्षक र नारीहरूको भलाइकी देवी जुनोको नाममा नामकरण भएको महिना हो जून जुनो हुन जुपिटरकी पत्नी जुपिटर अर्थात् सौर्य पद्धतिको पाँचौँ सर्वाधिक ठूलो ग्रह 

जून महिना संसारका सबै देशमा उत्तिकै महत्वका साथ पूर्ण दिवस मनाइन्छ अमेरिकाले १७७७ जुन १४ तारीखका दिन वर्तमान झन्डाको ‘झन्डोत्तोलन’ गरेको थियो त्यसैकोे सम्झनामा झन्डोत्तोलन दिवस मनाउँछन् अमेरिकीहरू यही महिनामा साइकलप्रेमीहरू विश्व साइकल दिवस मनाउँछन् अनि, बिरालो पाल्ने देशका मानिसहरू यसै महिना परस्परमा आ–आफ्नो बिरालोलाई आलिंगन गर्ने सुझाबको आदान–प्रदान गर्छन् घरमा पालेको जनावरको सम्मान त्यताको साँच्चै उत्कृष्ट परम्परा हो

परापूर्वकालदेखि अहिलेसम्म मानिसले गरेको सबैभन्दा ठूलो उन्नति र उपलब्धि हो– सूचनाहरूको संग्रह सूचनाको अभावमा बत्ती आउने जाने यो काठमाडौं कति उराठ देखिन्छ काठमाडौंको आफ्नो मौलिक अनुहार लोप भइसकेको एसियाली विकास बैंकको सहयोगमा बागमतीको पुनर्जीवन अभियान चलाइएको बागमतीले पुनर्जीवन पाउने नपाउने कुरामा शंका भन्दा एसियाली विकास बैंकको ओठमा कलेटी पर्ला बैंकका लागि बागमतीको पुनर्जीवन एसियाका विभिन्न देशमा चलेका अनेकन् योजनामध्ये एउटा अर्को योजना हो कुनै विशेष योजना होइन बागमती आयोजना सफल पनि हुन सक्छ असफल पनि 

एसियाली विकास बैंकका सञ्चालकहरूलाई रिझाउने क्रममा डा. बाबुराम भट्टराई र चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौडेलले बागमतीको सफा पानीमा नुहाइसके त्यो दृश्य टेलिभिजनहरूले देखाइसके ती दुवै स्नानकर्तालाई लागेको थियो होला– हामीले बागमतीमा नुहाइ नै सकेपछि यहाँका ‘लाटा–गाँडा’ जनताले बागमती सफा भएको पत्याइहाल्नेछन् तर, त्यसो भएन ‘लाटा–गाँडा’ जनताले भट्टराई पौडेलले उनीहरू नुहाउनका लागि बागमती नदीमा सुरक्षित जलकुण्ड बनाइएको थाहा पाएरै छाडे 

ती दिनहरू थिए । यी दिनहरू पनि छन् । नेपालको सात दशक लामो प्रजातान्त्रिक अनुभवका उतार–चढाव गनेर, सम्झेर साध्य नै लाग्दैन । दिनहरू कुनै हिसाबले राम्रा देखिँदैनन् । देशमा जनताले गणतन्त्रलाई अनुमोदन गरेका छन् । शासनको लोकतान्त्रिक विधि बनेको छ । तर, लोकतन्त्रलाई ठम्याउनु कठिन भएको छ । जनताको जीवन दिनहुँ खस्किँदो छ ।

जुन ६ जन्मेको दिन मैले नभने पनि फेसबुकले सम्झना गराइहाल्छ : हेप्पी बर्थ डे टू मी! रमाइलो लाग्छ, आफ्नो जन्मदिनमा कसैले बोलेको ‘हेप्पी बर्थ डे’ शब्दहरू कानमा झङ्कृत हुँदा सम्झनामा कति कुराहरू आउँछन्–आउँछन् ती आउने कुराहरू सम्झिएर साध्यै लाग्दैन के मात्र सम्झिनु कति मात्र सम्झिनु! मलाई लाग्छ, बाँच्नु जीवन होइन जीवन भनेको बाँच्ने रहर हो खोला तरेर पहाड उक्लिने रहर जँघार तर्ने रहर प्रेम गर्ने रहर अनकण्टार जंगलको बीचमा हराउने रहर कविता लेख्ने रहर

भएभरको रहर बोकेर आएको थिएँ यो सहर
दिन बित्दा नबित्दै रात पो परेछ,
मनमा यति विरानो बत्ती सल्केछ 
बिहान हुँदा–नहुँदै रहरहरू टरेर गएछ
हावाले किन सुसेल्नु पर्‍यो
जब तिमी आफैँ अँध्यारोमा सुँक्कसुँक्क गर्दै छ्यौ
मचाहिँ किन यति उदास हुनुपर्‍यो 
जब अँगालोमा तिमी मेरी छँदै छ्यौ

 म एकै समयमा आफ्नो दुर्भाग्य र ईश्वरसँग लड्न सक्दिनँ,’ एक दिन बिहान सन्त नेता कृष्णप्रसाद भट्टराईले बताउनुभएको थियो यो उहिलेको कुरा हो उहिलेका कुरा बिर्सिनुभन्दा पहिले नै लेखिहाल्नुपर्छ यो कोरोना प्रभावित समयमा मानिसको स्मृतिको पनि ठेगान हुँदैन कतिवेला ‘इरेज’ हुन्छ, भन्न सकिँदैन उहिले अर्थात् १४ मई १९९१ को कुरा हो यो प्रायः नियमितजस्तै किशुनजीसँग भेट्न जान्थेँ, उहाँको निवासमा त्यस दिन बिहान पनि म किशुनजीसँग थिएँ कुरा सुरु गर्नुभन्दा पहिले, तत्कालीन राजनीतिक परिस्थितिको अलिकति व्याख्या गर्दै किशुनजीले अंग्रेजी भाषामा मार्मिक अभिव्यक्ति दिनुभएको थियो– ‘आई क्यान नट फाइट बिथ माई ओन ब्याड लक एन्ड गड एट अ टाइम।’ किशुनजीले यो वाक्य मार्क टलीलाई पनि सुनाउनुभएको थियो मार्क बिबिसी रेडियोका लिजेन्ड थिए त्यतिखेरै उनी साह्रै असल पत्रकार थिए मानिसको पीडा बुझ्थे उनीहरूको अभ्यन्तरको आवाज सुन्थे 

साबिकका दिनमा जस्तो, त्यो दिन किशुनजीको कोठामा भिड थिएन उहाँ एक्लै हुुनुहुन्थ्यो पुगेपछि उहाँ खुसी हुनुभयो र सोध्नुभयो, ‘बसमा आयौ कि ट्याक्सीमा ?’ मैले बताएँ, ‘म त हिँडेरै आएको किशुनजी काठमाडौंमा बस पर्खिने धैर्य छैन मसँग ट्याक्सी चढ्ने पैसा झन् के होस्! त्यसपछि उहाँले मसँग कुराकानी सुरु गर्नुभयो उहाँ गम्भीरतापूर्वक कांग्रेस पार्टीसँग केन्द्रित कुनै राजनीतिक घटना बताउँदै हुनुहुन्थ्यो मलाई भन्दै हुनुहुन्थ्यो, ‘ए बाबु, यी कुराहरू प्रकाशनमा आउनु आवश्यक छ तिमीलाई मैले केही भन्नै पर्दैन, तर पनि नहडबडाईकन लेख है।’ 

त्यतिवेला कांग्रेसको अवस्था ठीक थिएन पार्टीको सार शैली खुम्चिन थालेको थियो प्रजातन्त्र स्थापनाका लागि पैँतालीस वर्षसम्म अनवरत संघर्षमा रहेको पार्टी यसरी अचानक खस्किनु आश्चर्यजनक थियो प्रधानमन्त्रीका रूपमा गिरिजाप्रसाद कोइरालाले पार्टीमा चाकरीवादलाई प्रोत्साहित गर्नुभयो गणेशमान सिंह कृष्णप्रसाद भट्टराईले त्यो प्रवृत्ति रोक्न सक्नुभएन 

अहिलेको झिलिमिली राजनीतिमा सक्रिय रहेका धेरैले त किशुनजीलाई बिर्सिसकेका होलान् सत्ताको धन्दा राम्ररी चलिरहेको अहिलेको अवस्थामा उहाँको नाम सम्झेर किन केही बेर मात्रै भए पनि आत्मग्लानिको तातो रापमा पिल्सिन कोही तयार किन होस्! 

उतिवेला इमानको राजनीतितिरको यात्रामा लाग्दा, ज–जसलाई उहाँले साँचो ज्ञान र स्पष्ट दृष्टि दान गर्नुभएको थियो, तीमध्ये धेरैको आँखा सरकारी सुख–सुविधाका चिप्राले पुरिइसकेका होलान् उनीहरूको आँखामा अहिले कति पावर ? त्यो त डा. सन्दुक रुइतले पनि पत्ता लगाउन सक्दैनन् होला आँखाको पावरका बारेमा मात्रै छुट्टै केही सोध्ने कुरा पनि भएन 

नेपाली राजनीतिका सिद्ध पुरुष अर्थात् सन्त नेता कृष्णप्रसाद भट्टराई सिद्ध पुरुष भन्नाले प्रधानमन्त्री शेरबहादुर देउवालगायतका राजनीतिज्ञलाई पिरोलिरहेका ग्रहदशा साम्य पार्न दुई हातका दश औँलामा विभिन्न रत्नजडित औँठी पहिरिन सुझाब दिने ‘मायावी’ व्यक्ति नसम्झिनुहोला अहिले बजारमासुनको भाउ चुलिएको मानिसको एउटैऔँलामा सजिएको औँठीको मूल्य थोरैमा पनि लाख रुपैयाँ पर्छ किशुनजी अन्धविश्वास आडम्बरका विरोधी हुनुहुन्थ्यो 

किशुनजीलाई वर्तमान पुस्ताका थुप्रै मानिसले एउटा ट्यांका, छाता र सुराहीको प्रतीकमा चिन्न थालेका छन् यो एउटा सुखद कुरा हो कवि, कलाकारमाझ लोकप्रिय किशुनजी धेरै कलाकारलाई नामैले चिन्नुहुन्थ्यो वनारसमा पढ्दापढ्दै नेपाली क्रान्तिमा होमिनुभएका भट्टराई आफ्नो जीवनभरि लोकतान्त्रिक राजनीतिबाट एक पाइलो दायाँ र एक पाइलो बायाँ, अलिकति पनि कतै हल्लिनुभएन उहाँको जीवन संघर्ष समर्पणको थियो

राणाशासनविरुद्धको युद्धमा उहाँ खटाइनुभएको थियो उदयपुर गढीमा देशबाट राणाशासन हट्यो त्यसपछि प्रजातन्त्रको फुर्को जोडेर लस्करै आयो राजाको शासन राजा त्रिभुवन, राजा महेन्द्र, त्यसपछि तीस वर्ष लामो निर्दलीय शासनभित्र जेलिएका गाउँ फर्क र पञ्चायत नीति जाँचबुझ अभियानहरू जनमत संग्रह संवैधानिक राजतन्त्र बहुदलीय प्रजातन्त्र तैपनि, लोकतान्त्रिक शासन आएन त्यसपछि माओवादी विद्रोह दलीय आन्दोलनको संयुक्त अभियान सबैभन्दा पछिल्लो समयमा ०७२ सालको भुइँचालोलगत्तै देशमा गणतान्त्रिक संविधान लागू भएको पनि, सम्पूर्णतामा जनताले धक फुकाएर बोल्न, लेख्न र विचार गर्न पाउने नैसर्गिक अधिकार पाएका छैनन् यो अनौठो स्थिति अहिले पनि जारी

लोकतान्त्रिक आन्दोलनको लामो समयमा नेपालका धेरै मानिस शान्तिपूर्ण संघर्षका पक्षमा उभिनुभएका किशुनजीको पछि लागे कत्ति नजानिँदो गरी सुस्त हिसाबले, विनास्वार्थ भट्टराई जेलमा कोचिएको समयमा उहाँका अनुयायी झन् बढ्दै गए 

नेपालको लोकतान्त्रिक राजनीतिमा कृष्णप्रसाद भट्टराईको नाम महामान्य विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेरजस्ता हस्तीसँगै आउँछ बिपी गणेशमानजीलाई नजरबन्दमा राखिएका वेला किशुनजी एक्लै निष्ठाको दियो सल्काएर गीता पाठ गर्नुहुन्थ्यो त्यतिवेला स्वतन्त्रता सुरक्षित थियो किनभने उहाँ स्वतन्त्रताको पक्षमा प्रतिबद्ध हुनुहुन्थ्यो 

नेपालको लोकतान्त्रिक राजनीतिमा कृष्णप्रसाद भट्टराईको नाम महामान्य विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेरजस्ता हस्तीसँगै आउँछ बिपी गणेशमानजीलाई नजरबन्दमाराखिएका वेलामा किशुनजी एक्लै निष्ठाको दियो सल्काएर गीता पाठ गर्नुहुन्थ्यो त्यतिवेला स्वतन्त्रता सुरक्षित थियो किनभने उहाँ स्वतन्त्रताको पक्षमा प्रतिबद्ध हुनुहुन्थ्यो 

अहिले फेरि एकपटक नेपाली जनताको स्वतन्त्रताविरुद्ध चुनौती खडा हुन थालेका छन् यो चुनौतीविरुद्ध जनता आफैँ सतर्क जागरुक रहनुपर्ने समय हो यो हाम्रा वरिपरि भरोसालाग्दो नेतृत्वको ठूलो अभाव जो नेता मानिएका थिए, ती जोकरको भूमिकामा प्रकट भएका छन् जो जोकर थिए, ती नेताको भूमिकामा देखिएका छन्

एउटा समय थियो, नेपालको राजनीतिक इतिहासमा महेन्द्रले संसदीय प्रजातन्त्रको चीरहरण गरेपछि सुस्तरी सुरु भएको आन्दोलनका हर्ताकर्ता काठमाडौंका जल्दाबल्दा तन्नेरीहरू थिए तीमध्ये धेरैजसो भूमिगत

अनि हेर्दाहेर्दै एउटा चहकिलो तारा अस्तायो नभमा २०४० साल साउन २७ गते त्यो तारा थियो शंकर घिमिरे शंकरको मान्यता थियो– नेपालमा संवैधानिक संघर्षबाट प्रजातन्त्र आउँछ हाम्रा शंकर दाइ सधैँ आन्दोलित रहे राष्ट्रिय व्यक्तित्वका रूपमा स्थापित शंकर दाइ रुसोको दर्शन ‘म्यान इज बोर्न फ्री’बाट प्रेरित थिए त्यतिवेला सहरमा शंकर घिमिरे, दमन ढुंगाना र कमल चित्रकारको ट्रोइका हाबी थियो योे ट्रोइकाले सस्तो लोकप्रियताको राजनीति कहिल्यै गरेन ट्रोइका गजबकै थियो दमन ढुंगाना प्रायः ‘तिमीसँग मेरो जीवनको एक साँझ बित्यो’ भन्ने गीत गुनगुनाइरहेका हुन्थे उनमा युवा समूहलाई आकर्षित गर्ने क्षमता थियो, शंकर घिमिरेमा आन्दोलनको सुव्यवस्थापन गर्न सक्ने खुबी थियो कमल चित्रकार थिए, काठमाडौंका स्नेहिल व्यक्तित्व केलटोलमा थियो, उनको घर केलटोल त्यतिखेरको ‘खाजा स्ट्रिट’ थियो 

यी तीनजनाबाहेक उपत्यकाको तत्कालीन नेतृत्वमा साहसी व्यक्ति थिए, वीरनाथ कर्माचार्य प्रेरणाका बिन्दु थिए, नवीन प्रकाश जंग शाह जेलमा उनको अवस्था कमजोर थियो प्रत्येक साता शरीरमा क्याल्सियमको सुई लगाउनुपथ्र्याे नरम काँटका कडा व्यक्ति थिए नवीन प्रजातन्त्रको लडाइँमा आमाबुबा दुवैको सहादतले पनि उनी पटक्कै विचलित थिएनन् बरु, आफैँ आन्दोलनमा होमिएका थिए 
त्यो समय सबैको आङ सिरिंग तुल्याउने घटनाहरूको समय थियो, मेरा लागि क्रान्तिकारीहरूको ठूलो समूह थियो कांग्रेसभित्र मार्शल जुलुम शाक्य, ध्यानगोविन्द रन्जित, तीर्थ डंगोल, राजेन्द्र खरेल, हरिबोल भट्टराई, मनमोहन भट्टराई, दामोदर गौतम– काठमाडौं आफैँमा एउटा ज्वालामुखी बनेको थियो सहरको चरित्रमा त्यतिवेलासम्म नदेखिएका परिदृश्य देखिन थालेका थिए     

मलाई काठमाडौं भलादमी सहर लाग्छ झट्ट हेर्दा यो सहरको चरित्र ‘वामपन्थी’ देखिन्छ तर, झट्ट हेर्दा मात्र उतिवेला जनार्दन आचार्य, महेश्वरमान श्रेष्ठ, सीताराम मास्के, निर्मल अर्याल, बालकृष्ण खरेलजस्ता जल्दाबल्दा कम्युनिस्ट युवा थिए, जो अन्ततः राज परिषद्का अध्यक्ष हृषिकेश शाहको नेतृत्वमा सभाको आयोजना गर्दै दिन कटाउँथे २०३५ पछि एमाले नेता डा. भीम रावल वामपन्थी विद्यार्थी राजनीतिका ‘फोर्स’ थिए तत्कालीन वामपन्थी नेताहरूको तुलनामा उनको राजनीतिक चरित्र दृढ थियो किनभने, राजा वीरेन्द्रले निर्दलीय पञ्चायत व्यवस्थालाई संगठित गर्न जाँचबुझ आयोगको झन्डा वितरण गर्दा रावलको हातमा त्यो झन्डा देखिएन 

मलाई लाग्छ, बाँच्नु जीवन होइन । जीवन भनेको बाँच्ने रहर हो । खोला तरेर पहाड उक्लिने रहर । जँघार तर्ने रहर । प्रेम गर्ने रहर । अनकन्टार जंगलको बीचमा हराउने रहर । कविता लेख्ने रहर ।

देशमा त्यतिखेर कम्युनिस्ट पार्टी माले थियो माले कम्युनिस्ट समूहमा बढी संगठित समूह थियो तर, यो समूहको राजनीतिक हिसाबकिताबसँग असहमति राख्ने चार वामपन्थी दलको मोर्चा बन्यो– मनमोहन अधिकारीको संयोजकत्वमा मोर्चामा तुलसीलाल अमात्य, विष्णुबहादुर मानन्धर तथा साहना प्रधान पनि सँगै हुनुहुन्थ्यो मोर्चाको बैठकमा मनमोहनजीले मोर्चाको धारणा राख्दै भन्नुभएको थियो– अफगानिस्तानमा विदेशी आक्रमण रोकियो भने सोभियत संघ त्यहाँबाट फर्किनेछ अफगानिस्तानको वैधानिक सरकारले नबोलाएको भए सोभियत सेना अफगानिस्तानमा पस्दैनथ्यो बैठकमा वरिष्ठ अधिवक्ता तथा वामपन्थी नेता कृष्णप्रसाद भण्डारीको भनाइ थियो– हामी कम्युनिस्टहरूको घुसपैठ हरेक ठाउँमा छ साम्यवादी व्यवस्थामा राजतन्त्रको भूमिकाका बारे सोचिएको छैन संविधानले हामीलाई लाठी हिर्काएको पनि होइन नेपाली कांग्रेससँग चार वामपन्थी मोर्चाको मतभेद थियो तर, प्रजातन्त्र स्थापनाप्रति कांग्रेसको प्रतिबद्धतालाई अलिकति छड्के हानेर प्रशंसा ग¥यो मोर्चाले, ढोका ढुकेर प्रजातन्त्र आउँदैन

ती दिनहरू थिए यी दिनहरू पनि छन् नेपालको सात दशक लामो प्रजातान्त्रिक अनुभवका उतार–चढाव गनेर, सम्झेर साध्य नै लाग्दैन दिनहरू कुनै हिसाबले राम्रा देखिँदैनन् देशमा जनताले गणतन्त्रलाई अनुमोदन गरेका छन् शासनको लोकतान्त्रिक विधि बनेको तर, लोकतन्त्रलाई ठम्याउनु कठिन भएको छ जनताको जीवन दिनहुँ खस्किँदो वैदेशिक रोजगारीमा विदेश जाने प्रवृत्ति प्रत्येक घन्टा उकालो लाग्दै देशमा बन्न थालेका कथित अन्तर्राष्ट्रिय विमानस्थलहरू खाडी र पहाडबीच मात्र सञ्चालन हुने परिस्थिति बनेको छ मानिसहरू इतिहासमा होइन, पुराना कुरामा रमाउन थालेका छन् बाजेको पालामा एक मोहोरको एक पाथी चामल पाइन्थ्यो हामी त्यही रेजिममा किन नजाने ? जनताका नैसर्गिक सामाजिक सम्बन्धहरू ध्वस्त भएका छन् यो परिस्थितिको मनन सबैले गर्नुपर्छ देशवासी जनता पुराना कुरामा रमाउन थाले भने देश नयाँ बाटोमा अघि बढ्नै सक्दैन देश कता जाँदै ? एकपटक सोच्नुपर्छ सबैले
तर, सोचेर मात्रै पुग्ने अवस्था अब रहेन 

 


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...