MAGAR (SHORT
INTRODUCTION)
https://magarworld.wordpress.com/2014/02/17/about-magar/
नेपालको इतिहास, जातजाति, संस्कार, संस्कृति, भाषा, लाेकजीवनबारे लेख रचनामा बहस गर्ने मञ्च ।
MAGAR (SHORT
INTRODUCTION)
https://magarworld.wordpress.com/2014/02/17/about-magar/
मंसिर २, २०७९डम्बरसिंह राई, Kantipur
खोटाङ — दिप्रुङ चुइचुम्मा–४ बतासेका ६१ वर्षीय
जगतबहादुर जोगी फेरी लगाउन थालेको ४० वर्ष भयो । कात्तिक, चैत र साउनमा फेरी
लगाउने परम्परा छ । यो
बेला भैरुङ
कुल देवताथानमा
राखिएको बराठ
बाजालाई पूजा
आराधना गरेर
फेरी लगाउन
सुरु गरिने
उनले बताए ।
‘घरवालालाई रक्खे (रक्षा) होस्, चिताएको पुगोस्, भुत
पिसाचले दुःख नदिओस् भनेर जप गरिन्छ’ जगतबहादुरले भने । रातीको जपन
पछि घरवालाले
बिहानपख इच्छा
र गच्छे
अनुसारको सिदा
दिने चलन
छ । चामल, घिउ, नुन, तेल, पैसा
दिने गरिन्छ ।
उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो
धान, कालो कपडा, फलामको
हतियारसहित भेटी दिने चलन भए पनि अहिले फेरिएको उनले सुनाए ।
उनले खोटाङको साकेला
गाउँपालिकामा छ रात, दिप्रुङ
चुइचुम्मामा १० रात, खोटेहाङमा
७ रात फेरी लगाउने गरेको बताए । यसबाहेक अन्य जोगीले
पनि फेरी लगाउँछन् । भोजपुरको सिक्तेल, दावा, चिसापानीको खुटालगायतका जोगीले
फेरी लगाए पनि अहिले भने कमैले मात्र यो काम गर्ने गरेको उनले बताए ।
अहिले एकाधले यो
परम्परा धानिरहेका भेटिन्छन् ।
‘जोगीलाई माग्ने ठानेर सम्मान
नगरिने हुनाले कसैले चासो दिँदैनन्,’ उनले
भने, ‘अब लोप भएर जाने भो ।’ पृथ्वीनारायणले
सूचना दिने कर्मचारीको रूपमा जोगीलाई नियुक्त गरेको र पछि
संस्कृतिको रूपमा विकास भएको संस्कृतिविद् एवं मावनशास्त्री तथा समाजशास्त्री डा.
विष्णु राईको भनाइ छ ।
प्रकाशित : मंसिर २, २०७९ ०७:५३
उग्रतारा
मन्दिर : एक चिनारी
- शेर भण्डारी | डडेल्धुरा, २३ भदो
सुदूरपश्चिमको डडेल्धुरा भौगोलिक रूपमा जति विकट भनेर चिनिन्छ, प्राकृतिक रूपमा उत्तिकै रमणीय
पनि छ । प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरू
छन् । त्यसैमध्येको एक हो, डडेल्धुराको अमरगढी नगरपालिका– ७, पोखरामा अवस्थित उग्रतारा मन्दिर ।यो
मन्दिर डडेल्धुरा सदरमुकाम बागजारदेखि चार/पाँच किलोमिटर पश्चिमपट्टि रहेको छ । यो
मन्दिरलाई नेपालको सूदूरपश्चिमका ९ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।
उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका
सम्बन्धमा प्रामाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । तर पनि
उग्रतारा भगवती मन्दिरको उत्पत्तिको किंवदन्ती भने रोचक छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–८ मा पर्ने प्रसिद्ध यो मन्दिर
सदरमुकामबाट करिब ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गको
पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ ।प्रकृतिप्रदत फाँटमा
अवस्थित उग्रतारा देवीको दर्शन गर्न जाने भक्तजनहरूले अमरगढी–८ को टाटेसिल्ङबाट
उक्लेर जानुपर्दछ । अहिले उग्रतारा मन्दिरसम्म पुग्न अमरगढी– ८ को डकले र
रातागौनबाट कालोपत्रे सडक पनि निर्माण गरिएको छ । गतवर्ष सरकारले छनोट गरेका १ सय
नयाँ पर्यटकीय गन्तव्यमा ‘उग्रतारा मन्दिर’ पनि परेको छ । यहाँ दिनहुँ भक्तजनहरू
पूजाआजा गर्न आउँछन् ।
धेरै वर्ष उग्रतारा भगवती रहेको स्थाननजिक लटाउली गाउँमा साँकी
जातीको बसोबास रहेको थियो । जुन कुरा त्यहाँ हाल रहेको भूबनोटको आकृतिबाट पनि
प्रष्ट हुन्छ । हाल रहेको उग्रतारा भगवतीे मन्दिरको वरपर तिनै लटाउलीका साँकी
जातीहरूले कृषि कार्य गर्दथे । एक दिन तिनै साँकी जातिका एक जना किसान हलो
जोतिरहेको अवस्थामा हलोको फाली शिलामा गढेर शिलाबाट निरन्तर रगतको धारा बगिरहेको
अवस्थामा ती साँकीले रगत रोक्न अनेक प्रयत्न गर्दा पनि रोकिएन । रगत धेरै आउँदा
रगतको खोला बग्न शुरू भयो । हाल पनि यो खोला यही मन्दिरका तलन्वाखोलाको नामले
चिनिन्छ ।यसरी बग्दै रहेको रगत रोक्न तिनै किसानले आफूलाई खान ल्याएको खिचडी
(मासबाट बनेको) सोही शिलाको फाली लागेको घाउमा लगाउँदा रगत बग्न रोकियो । त्यसपछि
त्यस शिलालाई सुरक्षित गरी मन्दिर निर्माण गरियो । ती किसान नै त्यहाँको पुजारी भए
।
उनका सन्तानहरू पुजारी हुँदा उग्रतारा क्षेत्रको भित्रै नचनटुक्री
भन्ने ठाउँबाट सिधै ओरालो उल्टो शरीर सुती करिब ५ किलोमिटर तल शैलेश्वर महादेव
मन्दिरभित्रको सानो झ्यालबाट भित्र छिरिसकेर अन्य परम्परागत क्रिया गरी वास्तविक
गृहस्थी जीवन त्यागी भगवतीको पूजामा रहनुपर्ने प्रचलन छ ।यसरी पुजारी अवतार नभएको
अवस्थामा मन्दिरको बाहिरी शिलाभन्दा अलि टाढा मात्र ब्राम्हणहरूले पूजा गराउने चलन
छ । यिनै पुजारीबारे अर्काे किंवदन्ती पनि छ ।
एक समय उग्रतारा माताको पुजारीको वृद्ध अवस्थासम्म पनि सन्तान
नभएकाले सन्तान पाऊँ भनी आग्रह गर्दा उग्रतारा माताले ‘पछि दुःख पाइन्छ’ भन्दा पनि
उसले सन्तानका लागि ढिपी गरिरहँदा उसको छोरो भयो । छोरो ठूलो भएपछि पुजारीको सबै
घरव्यवहार छोराले सम्हाल्थे । तर, एक वर्ष उग्रताराको मेला हुने अघिल्लो दिन सो गाउँमा थुप्रै
पाहुनाहरू आए । जो आज पनि यथावत् छ । आएका पाहुनाहरूको सत्कार गर्न त्यो गाँउका
मानिसहरू आफ्नो कर्तव्य सम्झन्छन् ।सोही आधा रातमा पाहुनाकै सत्कारमा ती वृद्धाको
छोराबुहारीको समय बितेको र त्यस अवधिमा आफ्नो कुनै वास्ता नगरेकाले वृद्धा पुनः
आक्रोशका साथ राति नै उग्रतारा मन्दिरमा गई पुकार गरी हजुरको दरबारबाट प्राप्त
छोरा नष्ट होस् भन्दा भोलिपल्ट मेलाका दिन दिउँसो ठीक १२ बजे उसको छोराको मृत्यु
भएको किंवदन्ती सुन्न पाइन्छ ।
यस प्रकार उग्रताराको महिमाबारे अर्को किंवदन्ती पनि छ । कात्तिक
शुक्ल पूर्णिमामा लाग्ने प्रसिद्ध मेला देइजातमा प्राचीनकालमा गर्खाबाट लडाकुहरूले
आ आफ्नो वीरताका साथ लडाइ हुँदा रगतको खोला बग्ने गरेको जसलाई त्यहा न्वाखोलाको
रूपमा नामकरण गरिएको छ । देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा
सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हरेक वर्ष हजारौंको संख्यामा
श्रद्धालु भक्तजनहरू आउँछन् ।हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र
दोस्रो दिन (दिउसेडी) मेला लाग्ने गर्दछ । खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको
उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउँसेडी
मेला शुरू हुन्छ ।
पण्डित भोजराज भट्टका अनुसार बिहान ४ बजे धार्मिक परम्परागत रूपमा
दाइन दमाह, रूइसिङ, विकुल, भोकर, शंख, घण्टा आदि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित
देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवतीको पूजा शुरू हुने गर्दछ ।
बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौं
एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । अष्टमीका
दिनसमेत पूजाआजा गरिने मन्दिरमा राँगाको बलि दिने प्रचन पनि रहिआएको छ ।
उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको
रूपमा प्रख्यात छ । हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगायत अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरालगायत
स्थानीयस्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र
तरकारीको राम्रो व्यापार हुन्छ ।स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको विक्री तथा
प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । उग्रतारा मेलामा विक्री गर्ने
पूर्वयोजनाका साथ स्थानीयहरूले विभिन्न बाँस र निगालोका सामग्रीसँगै खाद्यवस्तु
एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन् । मेलामा भारतका विभिन्न स्थानका
व्यापारीले मिठाइका परिकार बनाई विक्री गर्छन् ।
वेद विद्याश्रम
सञ्चालनमा
अहिले उग्रतारा मन्दिर परिसरमा वेद विद्याश्रम पनि सञ्चालनमा
ल्याइएको छ । यहाँ २५ जना विद्यार्थीहरू अध्यापन गरिरहेका छन् । डडेलधुरासहित
बैतडी, डोटी र बाजुराका विद्यार्थीहरू यहाँ पढ्छन् ।यससँगै गौशाला निर्माण
गरिएको छ भने मेलाबाहेक अन्य समयमा पनि आन्तरिक श्रद्धालु भक्तजनलगायत अवलोकनका
लागि अधिकांश व्यक्ति पुग्ने भएकाले पिकनिक स्पटहरू पनि निर्माण गरिएका छन् ।
व्रतबन्ध र विवाहका मुहूर्तहरूमा निकै भीड बढ्न थालेपछि मण्डपहरू पनि निर्माण
गरिएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।
विवाह गर्नेहरूको
भीड
हिन्दू परम्पराअनुसार मंसिर महिना विवाह गर्न योग्य महिना भएकाले
डडेलधुरामा रहेको उग्रतारा मन्दिरमा दैनिक दर्जनौं जोडीको विवाह सम्पन्न हुने
गरेको छ ।
पहिलापहिला छिटफुट रूपमा उग्रतारा मन्दिरमा विवाह गर्न आउने भए पनि
पछिल्लो समयमा भने विवाह गर्ने मानिसको संख्या बढेको उग्रतारा क्षेत्र विकास
समितिले जनाएको छ ।उग्रतारा मन्दिर सबै क्षेत्रका मानिसका लागि पायक ठाउँमा भएकाले
पनि विवाह गर्न दुलहादुलहीका परिवारको मन्जुरीमा हुने गरिन्छ । विवाहको समयमा
विभिन्न कारणले गर्दा घरमा भन्दा प्रायःजसो मन्दिरमा विवाह गर्नेको संख्या धेरै
पाइन्छ ।
उग्रतारा मन्दिरको
गुरुयोजना निर्माण
उग्रतारा मन्दिरको गुरुयोजना निर्माण गरी भौतिक पूर्वाधार
निर्माणको प्रक्रिया थालिएको छ । उग्रतारा क्षेत्रको समग्र विकासका लागि गुरु
योजना निर्माण गरिएको हो ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले नेपाली
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सांसद विकास कोष र
पर्यटन कार्यालय नेपालगञ्जको संयुक्त रकमले गुरु योजना निर्माण गरिएको बताए ।
गुरु योजनाअनुसार भवन निर्माण गरी मन्दिर परिसरमा वेदविद्याआश्रम र
गौशाला सञ्चालनमा रहेको उनले बताए । पर्यटन कार्यालय नेपालगञ्जको बजेटले खुल्ला
रहेको मन्दिर परिसर घेरवार गरी खुल्ला चरिचरन बन्द गरिएको अध्यक्ष साँकीले बताए ।
१०८ भागवत पूजाबाट संकलित ६५ लाख रुपैयाँबाट मन्दिरमा करिब ३ सय
जना अटाउने क्षमताको प्रवचन हल निर्माण गरिएको छ । शहरी विकास कार्यालय डोटी र
अमरगढी नगरपालिकाको सहयोगमा मन्दिर परिसरमा ९ वटा सोलार बत्ती जडान गरिएका छन् भने
समितिको आन्तरिक आमदानीबाट सीसी क्यामेरा जडान गरी सञ्चालनमा आएको अध्यक्ष साँकीले
बताए ।
२०६४ सालसम्म मन्दिरमा ४ आना मात्रै सुन रहेको थियो । उनका अनुसार
अहिले साढे ७ तोलाका गहना रहेका छन् । साथै समितिका कानूनी सल्लाहकारको सहयोगमा
उग्रतारा मन्दिर क्षेत्रको १ सय ७७ रोपनी जमिन दर्ता गर्न गुठी संस्थानले शर्त
आदेश गरी मालपोत कार्यालयमा पठाएको छ । २०३३/०३४ सालको सर्व नापीमा फिल्ड बुक कायम
रहेको छ ।
अहिले मालपोत कार्यालयले नापी विभागबाट आदेश माग गरेको छ । आदेश
आउनेबित्तिकै जमिन उग्रतारा माताको नाममा दर्ता भई लालपुर्जा प्राप्त गर्ने
अध्यक्ष साँकीले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६, २३:०३:००
किराँत
प्रदेशमा बलात् थोपरिएको चाड दशैं
Posted
by The Himalayan Voice:
http://thehimalayanvoice.blogspot.com/2016/10/blog-post.html
October 9,
2016
[राजा
पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किराँतका अमाली, राई, मझया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किराँत प्रदेशका किपटिया लिम्बू सुब्बालाई
बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएको थियो। उनीहरूलाई दसैँमा आ-आफ्नो
रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले
दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर
गरिदिईएको थियो । वि.
सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किराँतका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार
(रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान
पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः गाउँ १
को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका
हिसाबले (अमालीलाई) तिर्नु । यस
लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले
आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने
प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याईएको
प्रष्ट हुन्छ।]
लेखक मन्जुल याक्थुम्बा
कैराँत देशले परिचित
नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किराँत प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो।
भारतबाट प्रबेश गर्दा आफू सँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ
पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन्
भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी
दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट
पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दशैं भन्ने चाड किराँत प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम्
धार्मिक तथ्यले प्रष्ट पारेको छ।
१. ऐतिहासिक तथ्य
क) रणबहादुर शाह र
५२ सुब्बाहरूः
पान्थर क्षेत्र भारत, सिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट
बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना
आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ
सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढाल, तरबार, खुँडा, त्रिशूल, नगरा निशान, बन्दुक, कर्नाल, शङ्ख, डमरु, नरसिङ्गा
आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी
पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ
सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगरा, बाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए । तर, २०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय
रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो।
ख) रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः
स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे
श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजे, जिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको
रीतिथिति दण्डकण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ
सो हामी पनि दसैँको भाग सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्कबाहेक माफ गरी
बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १९३९ साल माघ
वदी ६ रोज शुभम्।
यो लिखतबाट किराँतको
भाग सुब्बापिच्छे रु. ५ साउन्या फागु समेत राजअङ्क (राजकीय कर) नयाँ करप्रणाली
थपिनुले (किराँतहरू) लिम्बूहरू शाहीवंशी राजतन्त्रअगाडि नै दसैँ चाड मान्दैनथे
भन्ने कुरा प्रष्टै हुन्छ। दसैँमा सुब्बापिच्छे रु. ५ लगाउनुको तात्पर्य अझ यसरी
प्रष्ट हुन्छ, दुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू
प्रदेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको
महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो
हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ।
राजा पृथ्वीनारायणका
पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किराँतका अमाली, राई,मझया, जिमिदार, तालुकदार, थरी मुखिया आदि र पल्लो किराँत प्रदेशका किपटिया लिम्बू सुब्बालाई
बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएको थियो। उनीहरूलाई दसैँमा आ-आफ्नो
रैतीका घरमा काटिने बोका, खसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले
दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर
गरिदिईएको थियो । वि.
सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किराँतका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार
(रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान
पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः गाउँ १
को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका
हिसाबले (अमालीलाई) तिर्नु । यस
लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले
आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने
प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याईएको
प्रष्ट हुन्छ।
ग) राजेन्द्र विक्रम
शाह र दशैंमा राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्यः
स्वस्ति श्री मन
महाराजाधिराज कस्य रुक्का आगे अरूण पूर्व मेची पश्चिमभर लिम्बुवानका सुब्बा गैह्र
जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा ट48टा लागेको थिएन। ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले
राँगा काट्न पर्छ भनी ट48टा लगाउँदा ६२ सालदेखि ट48टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ
अघिदेखि चलिआएको हाम्रै थिति चलाइ बक्स्या हामीहरू खुशी छौँ भनी काजी नरसिंह
थापामार्फत् हाम्रा हजुरमा जाहेर भयो। तसर्थ अब उप्रान्त अघिदेेखि थुमथुम थिति
मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु
सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४
रोज ४ शुभम्।
वि. सं. १८४३ देखि
१८६१ सालसम्म दशैंमा मौलो थापी बोको बलि दिई पूजा गरेमा पनि हुनेमा वि. सं. १८६२
सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि को मौलोमा सुब्बाहरूले राँगा
काट्नै पर्ने टन्टा लगाएको कुरा राजेन्द्रविक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा
बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको
काट्ने झन्झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो।
घ) लिम्बूवानमा
तिलिङ्गा आतङ्कः
एकधर्म, एक संस्कृति, एक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा
किराँत प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर
सरकारद्वारा असुलियो भनेे ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि
निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ
गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमाली, सुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात
खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित
गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको
नभेटिएमा त्यस्तो राई अमाली, सुब्बालाई
आर्थिकदेखि शारीरिक द48ड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली
सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार
काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा
छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क
सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्।
ङ) दशैं नमान्दा रिदामा र रामलीहाङ शहीद भएः
किराँत प्रदेशमा
दशैँया पर्वलाई निरन्तरता दिँदै जाने सिलसिलामा श्री ३ जङ्गबहादुरको शासनकालमा
धनकुटाको पालो आयो। त्यसताका छ थर थुम धनकुटामा आठपहरिया राईहरूमा नेतृत्व गर्ने
रिदामा र रामलीहाङ दुई साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइन, हामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे। यो कुरा जङ्गबहादुर राणामा
जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका
सेनाद्वारा घेराउ गरी राँगा, बोका काटी ठूलो भोज
गरी जमरा, टीका लगाइदिई दसैँ मान्न वाध्य गराए। तर त्यस
बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो। हामी सबैजना बलिदान हुन तयार छौँ
तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह
गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन। त्यहाँका आठपहरिया किरात
राईहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन
मेख्ली (म्याक्सी जस्तो) लगाउन अझै पनि छोडेका छैनन्। मङ्सीर पूर्णेदेखि औँसीसम्म
ढोल झ्याम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले
१५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन्। यही चाड नै हामी समस्त किरातहरूको
मौलिक राष्ट्रिय चाड पनि हो। साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरात राईहरू
मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न सफल भएका छन्। धन्य हुन् यी
धनकुटाका खाँटी आठपहरिया किरात राईबन्धुहरू– यिनीहरूको
जति प्रशंसा गरे पनि पुग्दैन।
२. धार्मिक तथ्यः
हिन्दूहरूको वेद, बौद्धहरूको
धम्मपद, इसाईहरूको बाइबल, इस्लामहरूको
कुरान झैं किराँतहरूको मूल धर्मग्रन्थ मुन्धुम हो। इसाई धर्ममा उल्लिखित कुरा
बौद्ध धर्मावलम्बीले र इस्लाम धर्मका कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै
ती सबै धर्महरूमा उल्लिखित कुराहरू किराँत धर्मावलम्बीहरूले पनि मान्दैनन्। किनभने
प्रत्येक धर्मावलम्बीले आआफ्नो धर्मको महानतामा गर्व गर्छन् र आ-आफ्नो
धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका
हुन्छन्। नेपालमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किराँत प्रदेशमा दशैं भन्ने चाड अपरिचित थियो भन्ने कुरा ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट
भैसकेको छ। अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किराँतहरूको थिएन, होइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ।
क) मुन्धुममा राम र रावणको कथा छैनः
हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण
भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो
विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ।
हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध
नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड
किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
ख) मुन्धुममा नवदुर्गा र महिषासुरको कथा छैनः
हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र
महिषासुरको युद्धमा महिषासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको
सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ। तर त्यस्तो कथा र नवदुर्गा
महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको
हुँदै होइन भन्ने प्रमाणित हुन्छ।
ग) मुन्धुममा दशैँ शब्दै छैनः
हामी किराँतहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा
दसैँ भन्ने शब्द छदै छैन। त्यसकारण यो दसैँ चाड हामी किराँतहरूको हुदै होइन भन्ने
प्रमाणित हुन्छ। यो दशैं चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात
थोपरेको भन्ने कुरामा शङ्कै छैन। यो चाड हाम्रो हुदै होइन भन्ने ऐतिहासिक एवम्
धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदाहुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट
नहिँडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुतली होमिए झैं हाम्रा किराँत
बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ मात्र भन्न सकिन्छ, काँध थाप्न सकिन्न। विवशता र वाध्यतावश् बलात भिराइएको दशैंरूपी
जुवालाई फ्याँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किराँत भन्ने? यस प्रसङ्गमा दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी
लेख्नुहुन्छ –
"यो दसैँया संस्कार मान्नेवित्तिकै
किराँतहरू हिन्दू वर्ण व्यवस्थाको (वर्ण विभाजन भित्रको) सबैभन्दा हेय र तुच्छ
शूद्रवर्णमा स्वतः गणना हुने हुन्छन्। किनकि नेपालको जनजाति, आदिबासी पश्चिमी नेपालका गुरुङ, मगर तथा
पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक
वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शूद्रमै गणना गरिएको प्रमाण खडा
छ। यसैले अबका जनजाति, आदिवासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान
खातिर धार्मिक,सांस्कृतिक दासत्व एवम् जातीय हीनताको प्रमाणपत्र
स्वरूप दसैँया “विजया टीकालाई” निधारभरि टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आस्थाको कुरा हो।
उनीहरू दसैँमा टीका नलगाउन स्वतन्त्र छन्। उनीहरूको यस्तो आचरणमा अरूले विरोध र
आश्चर्य मान्नु पर्ने उचित देखिँदैन। उनीहरू हिन्दू बनेर “शूद्र वर्गमा” नै रही अझै ब्राम्हणपूजन गरिरहुन् भन्ने स्वघोषित
हिन्दू उच्च जातिका मानिसहरूबाट दुराशय राखिनु पनि हुन्न।"
आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण
गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ। तर बिवशता र
बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरूलाई बलात लाद्ने अधिकार कसैलाई छैन। आफ्नो
अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ। दसैँलाई बहिस्कार गर्नु हामी
कसैलाई भन्दैनौँ तर दसैँ हामीमा बलात् लादिएको हो र यो चाड हाम्रो थिदै थिएन, हुँदै होइन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ। अतः
ऐतिहासिक एवम् धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजाति, आदिवासी किरातहरूको थिदैथिएन, हुदैहोइन
भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजाति, आदिवासी
बन्धुहरूले बुझदिनु पर्यो,मनन् गरी दिनु पर्यो, प्रत्येक जनजाति, आदिबासीको घरदैलोमा
सन्देश पुर्याउनु पर्यो।
१. माथि उल्लिखित
अकाट्य प्रमाणहरूको आधारमा दसैँ चाड हामी किरातहरूको थिदैँथिएन हुँदै होइन भन्ने
निष्कर्षमा पुगिएकाले नै हामीमा बलात् लादिएको हिन्दूमात्रको दसैँ चाड मान्न
हामीले २०४६ सालदेखि नै छोड्दै आएका हौँ। यो कार्य पूर्वाग्रह, घृणा र द्धेषवश भएको होइन। किनभने यस देशका सम्पूर्ण जात/जाति र
धर्मावलम्बीहरूसँग सदभाव कायम गरेर राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान पुर्याउने
भन्ने चुम्लुङको मूल नीति छ। त्यसैले हामीले दसैँ बहिस्कार पनि भनेका छैनौँ।
मान्नु नमान्नु आफ्नो स्वेच्छाको कुरा हो। तर दसैँ चाडचाहिं हाम्रो थिदैँथिएन
हुँदैहोइन भनेर ठोकुवाका साथ भनेका छौँ, भन्छौँ
पनि।
२. आफ्नो
मौलिक चाड हुँदाहुदै हिन्दू मात्रको दसैँचाड किरातहरूले मान्नै पर्छ भन्ने छैन भने
हामीले आफ्नो चाडलाई महत्व दिँदा हिन्दूहरू रिसाउनु पर्ने कुरा पनि छैन। नजान्दाको
अवस्थामा वालकले फोहोर टिपेर मुखमा हाल्छ तर ऊ जान्ने बु137ने भएपछि फोहोर टिपेर खाँदैन। त्यस्तै कति कुरा हामीले लहै लहैमा
अङ्गाल्यौँ भने कति कुरा वलात् पनि ग्रहण गर्नबाध्य भयौँ। अव हामीले कुरा बुझ्यौ ।
आफ्नो बाटो लाग्यौँ। किरात प्रदेशमा बस्ने कुनै पनि अल्पसङ्ख्यक हिन्दूलाई हामीले
हाम्रो किरात चाड मान्नु पर्छ कहिल्यै भनेनौँ र भन्दैनौँ पनि। तर किरातहरूले
जानीबुझी दसैँ मान्न छोड्दा यी हिन्दूहरू किन रुष्ट हुन्छन् र नाना भाति
प्रसङ्गहरू जोडेर किरातहरूप्रति दुराशय ओकल्छन्? यस
कार्यले उनीहरूको असहिष्णुता, अमिलनसारिता र
विखण्डनवादी नीति छर्लङ्गिगएन र?
३. परंपरादेखि
हामीले मानी आएको मङ्सिर पूर्णिमामा पर्ने लिम्बूहरूको ‘चासोक तङनाम’ राईहरूको ‘साकेला’याख्खाहरूको ‘चासुवा’ र
सुनुवारहरूको ‘फोलष्याँदर’ मौलिक
किरात चाड (न्वागीपूजा)लाई किरात चाड मनाउन त्रयोदशी,चतुर्दशी र पूर्णेसम्म ३ तीन दिन किराँत चाड घोषणा गरी अधिराज्यव्यापी
विदादिने व्यवस्थाको लागि चारै किराँत संस्थाहरूको
संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक
दिन मात्र अधिराज्यका सम्पूर्ण किराँत धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट
किराँत चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको
विभिन्न सञ्चार माध्यम र खण्ड ५१ संख्या ५० नेपाल
राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा
सर्वविदितै छ।
४. विभिन्न
जातजाति/जनजाति आदिवासी र उत्पीडित/ दलितहरूको साझा फूलबारी हाम्रो नेपालमा
सत्ताधारी हिन्दू धर्मावलम्बीहरूको लागि अनगिन्ती चाडहरूले मान्यता प्राप्त
गरिरहेकै छन्। त्यसमा पनि गौरापर्व मनाउन सुदुर पश्चिमेली हिन्दूहरूले थप १ दिन
छुट्टै विदा पनि पाएका छन्। प्रजातन्त्रको पुनर्वहाली भए पश्चात तराईबासीहरूले‘छठपर्व’ इस्लामहरूले ‘इद पर्व’ भोटे, सेर्पा, तामाङ, गुरुङहरूले ‘ल्होसार पर्व’ मनाउन
१/१ दिन विदा पाएजस्तै हामी किराँत धर्मावलम्बीहरूले
पनि किरात चाड छुट्टै विदा पाउँनु पर्छ ।
राज्यको उत्तरदायित्व के ? सुकुमवासीको अधिकार के ? सुकुमवासीका लागि राज्यले पर्याप्त पुनःस्थापना र सुरक्षित आवास व्यवस्था गरेको थियो ...