Tuesday, January 21, 2020

चीनको ताओ


चीनको ताओ
मंसिर २१, २०७६रमेश के.सी.
ताओ भनेको बाटो, मार्ग वा प्रवाह हो प्रकृति ब्राह्माण्डको प्रवाहमा समाहित भएर सहज, सरल र सूक्ष्म बोधको जीवन र समाज चलाउन यसले सिकाउँछ, यही ज्ञान भएको धर्मलाई ताओ भनिन्छ पश्चिमाहरूले डाओसमेत भन्ने यो चीनको प्रमुख धर्म हो २५ सय वर्ष अगाडि लाओ त्सु भन्ने सन्तले आविष्कार गरेको यो धर्मको प्रमुख ग्रन्थ ताओ ते चिङ हो ८१ भागहरू भएको कवितात्मक यस पुस्तकलाई मैले तीस वर्षदेखि पढिरहेको छु अत्यन्त सरल लाग्ने तर गहन अर्थ भएको यो पुस्तक वास्तवमा आध्यात्मिक शिक्षाहरू भएको चिनियाँ देवत्वको पुस्तक हो 

भारत र नेपालमा जति हिन्दुहरूले आफ्नो पवित्र धर्मग्रन्थको रूपमा गीतालाई सम्मान गर्छन्, यति नै चिनियाँहरू यस ग्रन्थको सम्मान गर्छन् चीनको प्रमुख धर्मग्रन्थको रूपमा यसप्रतिको चासो आज चीन उदयसँगै विश्वभर बढेको चीनको धार्मिक पक्षलाई यसले बुझ्न मद्दत गर्छ चीनका अन्य धर्म कन्फुसियाली र बौद्ध धर्म हुन् कन्फुसियाली ताओ धर्म चीनमा एकअर्काका पूरकजस्तै छन् कन्फुसियाली धर्मले मान्छेको सम्बन्ध मान्छेसँग निर्धारण गर्छ भने ताओले मान्छेको सम्बन्ध प्रकृतिसँग तय गर्छ चीनमा कथन नै कि प्रत्येक चिनियाँले कन्फुसियाली टोपी, ताओ वस्त्र र बौद्ध चप्पल लगाएको हुन्छ भारतको ध्यान चीनमा पुगेपछि जेन बौद्ध धर्म बन्यो स्थानीय परिवेशमा घुलमिल हुँदै यसले असाधारण मौलिक रूप धारण गर्‍यो भने कन्फुसियाली ताओसँग मिलेर बस्यो

ताओले कसरी मानिस र प्रकृति सञ्चालित हुन्छन् बताउँछ र ब्राह्माण्डमा रहेकाहरूको मार्ग तय गर्न सिकाउँछ यसलाई धारणा बुद्धिभन्दा आत्मतत्त्वद्वारा बुझ्न सकिन्छ यसलाई बुझ्नका लागि भाषाको सीमितता , शब्दहरूको सीमितता छ संसारमा रहेका कुरा जन्म लिन्छन् परिवर्तित हुन्छन् भन्ने पाठ यसले दिन्छ मानिसले नैसर्गिक ियमलाई पालना गर्दै प्रकृतिलाई अक्षुण्ण राख्नुपर्छ भन्दै प्राचीन जीवनको वकालत गर्छ प्रत्येक वस्तुको प्राकृतिक स्वभाव हुन्छ

ताओ ते चिङको पूर्ण अर्थ के हो भने ताओ भनेको प्रवाह हो, ते त्यही प्रवाहमा बाँचेको जीवन हो, जुन नैतिक र सदाचारले भरिएको हुन्छ चिङ भनेको सम्मानित ग्रन्थ हो वा शताब्दीमा एउटा पहाडमा लेखेको यस ग्रन्थका शिक्षाहरूले पछि चिनियाँ समाजमा व्यापक प्रभाव पार्‍यो लाओ त्सु सन्त घोषित गरिए पछि उनका अनुयायीहरू देखापरे चाङ यु, विन वेने र येआङ जीले पछिबाट यस धर्मको विस्तार गरे यसलाई ९ औं शताब्दीमा जर्मनी इसाई धर्म प्रचारक रिचर्ड बेलहिल्मले जर्मन भाषामा अनुवाद गरेका थिए जसको पछिबाट अंग्रेजीमा अनुवाद भयो यो अनुवादलाई प्रामाणिक अनुवाद मानिएको संसारमा बाइबलपछि एकदम धेरै संख्यामा अनुवाद गरिएको यो पुस्तक धर्म ध्यानका लागिमात्रै होइन कि व्यवस्थापन गुरु, ‘सेल्फ सेल्फ’ र ‘न्युएज’ आध्यात्मिक खोजकर्ताहरूका लागि निर्देशिका नै बनेको छ सन् ७० को दशकमा हार्वर्डका मनोविज्ञानका प्राध्यापक तिमेथी लेरीले यसलाई एलएसडीको प्रयोगका लागि अनुसन्धान गर्ने प्रमुख गाइड बनाएका थिए यसर्थ ताओले चिङ विश्व साहित्यको प्रमुख ग्रन्थ हो यसको प्रभाव चिनियाँ साहित्य, चित्रकला र फेसनमा समेत छ

सबै कुरा आफ्नो मूलरूपमा आउँछन्, धेरै टाढा जानु भनेको फर्कनु हो’ जस्ता विरोधाभाषी भनाइ बोक्ने यस ग्रन्थका हरफहरू आन्तरिक मनले मात्र बुझ्न सकिने जानकारहरू बताउँछन् निन्छ, ताओको कुनै सुरुवात र अन्त्य छैन यो निरन्तर प्रवाहमा त्यही प्रभावमा बग्नु नै बुद्धिमतापूर्ण जीवन हो भन्दै यसले मान्छेलाई आत्मासँंग जोड्ने कार्य गर्छ यसले अहम् केन्द्रित जीवनलाई आविष्कार गर्छ, जसले ‘एक्सन अफ ननएक्सन’को दर्शनलाई प्रोत्साहन गर्छ ताओमा पानीको रूपकलाई बारम्बार प्रयोग गरिएको जीवनलाई पानीसंँग तुलना गर्दै नदीको प्रवाह विपरीत जानु होइन, संँगै बग्नु प्रवाह हो भनिएको छ पानी नरम तरल हुन्छ तर यसले कठोरतालाई विजय गर्छ पानीले वनस्पति, जन्तु र मानिस सबैको पालन–पोषण गर्छ

प्रकृतिको शक्तिलाई चिन्न र त्यही शक्ति अनुरुप चल्न ताओले सिकाउँछ धारणा बुद्धि तत्त्वभन्दा आत्माको संज्ञानमा जोड दिने ताओका शिक्षाहरू हुन्, ‘मान्छेले पृथ्वीको बाटाहरू पछ्याउँछ, स्वर्गका बाटाहरू पछ्याउँछ, स्वर्गले ताओका बाटाहरू पछ्याउँछ, ताओले आफ्नो बाटो पछ्याउँछ’ दया करुणाले सधैं जित्छ भन्ने सन्देश बोकेको ताओ ते चिङ आफैलाई जान्ने सरल पुस्तक हो असक्त नहोऊ, आफूलाई स्वतन्त्र छोड, चेतनाको पवित्रताले देवत्व प्राप्त हुन्छ भन्ने यस ग्रन्थ विनम्र बन्न सिकाउँछ अद्वैत चेतनाको यो पुस्तकले चिनियाँ धर्मको दुई विपरीत ध्रुव यिङ र याङको सन्तुलित अवस्था नै जीवनको सन्तुष्टि हो भन्ने सन्देश प्रवाह गर्छ अहिले संसारभरि चीनको समाजलाई बुझ्ने प्रयत्न भइरहेका छन् नेपालमा पनि राजनीतिक रूपमा चीनको चर्चा चुलिएको विशेष गरेर बेल्ट रोड अभियान केरुङ–काठमाडौं रेलमार्गका न्दर्भमा चर्चा हुने गर्छ तर चीनका अनेकौं पक्ष छन्

लामो लिखित इतिहास बोकेको ताओ धर्म चीनको अमूल्य ग्रन्थमात्र होइन कि मानव जीवनलाई निर्देशन गर्ने गहकिलो पुस्तक हो लाओत्सु कन्फुसियसका समकालीन थिए २५ सय वर्ष अगाडिको त्यो युगलाई जर्मन चिन्तक कार्ल यास्पर्सले ‘एक्सियल एज’ भनेका छन्, किनभने त्यो कालखण्डमा ग्रीकमा अरस्तु, प्लेटो, सोक्रेटस, चीनमा कन्फुसियस, लाओत्सु र दक्षिण एसियामा बुद्ध र महावीरहरू जस्ता धर्म र ज्ञानका आविष्कारहरू जन्मिएका थिए ताओ ते चिङका लेखक लाओत्सुलाई पश्चिमी जगतका कवि होमरजस्तै पौराणिक व्यक्तित्व मानिन्छ जसका विषयमा अनेको किंवदन्ती रचिएका छन् ५० करोड जनताले मान्ने यस धर्मग्रन्थमा कविताका रूपमा हजार शब्दमात्र छन् शासन शासकका बारेमा पनि ज्ञान दिन यो दर्शन आज पनि उत्तिकै उपयोगी शिक्षाप्रद
प्रकाशित : मंसिर २१, २०७६ ०८:४६


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...