Showing posts with label Environment. Show all posts
Showing posts with label Environment. Show all posts

Saturday, August 10, 2019

विपद् जोखिम न्यूनीकरणका लागि संवेदनशीलता


विपद् जोखिम न्यूनीकरणका लागि संवेदनशीलता नभएकै हो त?
असार ३०, २०७६अमृत प्रसाद शर्मा
काठमाडौँ — रौतहटको डुबान होस् या काठमाडौँमा आएको बाढी लगायत मुलुकका विभिन्न जिल्लाहरूमा भएको पहिरोको घटनाका कारण भएको जनधनको क्षतिले देश अहिले आक्रान्त बनेको छ । हालसम्म ६० जना भन्दा बढी मानवीय क्षति भैसकेको छ । यो तथ्याङ्क अझ बढ्दो क्रममा छ  बस्तीमा भएको क्षति तथा संरचनामा भएको क्षतिको हिसाब पनि त्यत्तिकै ठुलो छ 
हामीले मनसुनी वर्षायाममा यस किसिमको क्षति भोग्दै आएको तथ्य के नयाँ विषय हो र? अगाडीका वर्षहरुमा मनसुनको बेलामा निस्केका पत्रपत्रिका हेर्नुस् त यस्तै समाचारले पत्रिकाका पाना भरिएका छैनन्। मनसुनका बेलामा मात्र होइन अन्य समयमा पनि महामारी, आगलागी, चट्याङ, हावाहुरी, असिना, शितलहर तथा लू जस्ता प्रकोपका कारण पनि बर्सेनि क्षति भोगिरहन बाध्य छौँ। त्यसै गरी लामो समयमा आउने भूकम्प र बिस्तारै देखापर्ने खडेरीका कारण पनि हामी पीडित छौँ।

गृह मन्त्रालयको तथ्याङ्क अनुसार नेपालले हरेक दिन सालाखाला एउटा विपद्जन्य घटना सामना गर्नुपरेको र प्रतिदिन दुईभन्दा बढी व्यक्तिको मृत्यु भइरहेको देखाउँछ। त्यसै गरी विपद्का कारण नेपालको कुल ग्राहस्थ उत्पादनको लगभग दुई प्रतिशत आर्थिक क्षति हुने गर्दर्छ। यस किसिमको तथ्यांकले प्रस्ट पार्दा छ की विपद्का घटनाबाट हामी जनता, सरोकारवाला र सरकार कोही अपरिचित छैनौँ। अब यो अवस्था कहिले सम्म त? के यस विपद् जोखिम न्यूनीकरणका लागि कोही पनि संवेदनशील नभएकै हो त? दोषी अब हामी जनता की, सरोकारवाला की सरकार?

सायद धेर थोर भूमिका सबैको होला। यद्यपि, कुनै पनि जनधनको क्षति हुनु सर्वप्रथम सरकार नै जिम्मेवार हुनु पर्दछ र यस मातहतका मन्त्रालय पनि। अहिले देश सङ्घीय संरचनामा गइसकेको छ र यो अवस्थामा सङ्घीय सरकार र स्थानीय पनि उत्तिकै जिम्मेवार रहनुपर्ने देखिन्छ। अहिलेको मनसुनमा विपद्का घटनाका विभिन्न कारणहरू छन्। उदाहरणका लागि रौतहट किन डुब्यो? भारतले बनाएको बाँधका कारण, चुरेमा गरेको दोहन वा चुरेमा बढ्दै गएको भूक्षय अथवा खोलाले बगाएर ल्याउने गेग्रानदेखि अन्य वस्तुले खोलाको सतहमाथि हुँदै जाने प्रक्रिया आदि कुन कारण बढी जिम्मेवार हो त?

बल्खु खोला लगायतमा आएको बाढीले काठमाडौँ जस्तो सहरी क्षेत्रमा कसरी क्षति गर्‍यो? काठमाडौँ जस्तो सहरी क्षेत्रमा मानिसले निर्माण गरेका विभिन्न संरचनाले खोला अतिक्रमण गरेको कारण हो या खोलाको बहावलाई बुझ्न नसकी यसको पूर्व सूचना प्रणाली स्थापना गर्न नसकेर हो? त्यस्तै खोटाङ, रामेछाप, ओखलढुंगा लगायतका जिल्लामा भएको पहिरोको घटनाका कारण के हो त? मानिसले नै बनाएको बाटोको कारण हो कि त्यहाँको भू संरचना बुझ्न नसकी जोखिम पहिचान नहुँदा पहिरोको क्षति भोग्नु परेको हो? के यस्ता विपद्को कारण पत्ता लगाई बेलैमा समाधानका उपाय अवलम्बन गर्न नसकिने हो र? के विपद् जोखिम लाई बुझ्नै नसकेको हो त? के नीति, नियम नभएकै हो त? नीति नियम भएर पनि कार्यान्वयनमा चुकेका हौँ त? के केन्द्रदेखि स्थानीय तहमा यस विपद् जोखिम न्यूनीकरणको विषयलाई विकास प्रक्रियामा मूलप्रवाहीकरण गर्ने विषयमा अध्ययन, छलफल तथा विश्लेषण नभएकै हो त? अहिलेसम्म यस्ता प्रयास प्रभावकारी किन भएन? सायद यस्ता विषयमा सम्बन्धित निकाय र सरोकारवालाबीच बेलैमा चिन्तन हुनुपर्ने हो की? अबको समयमा यी विषय संवेदनशील ढङ्गले अगाडी बढ्नु अति आवश्यक छ।

नेपाल सरकारले २०७२ सालको भूकम्प पश्चात् दैवी प्रकोप उद्धार ऐन, २०३९ लाई प्रतिस्थापन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ पारित गरिसकेको छ र यसलाई २०७५मा आवश्यक परिमार्जन गरेको छ। यसैका साथै विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–२०३० पनि तयार भैसकेको छ।

यी सकारात्मक पक्ष हुँदा हुँदै पनि यस ऐनले निर्दिष्ट गरेको र नियमावलीमा पनि स्पष्ट पारिएको विपद् जोखिम न्यूनीकरण सम्बन्धी क्रियाकलापको प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण’ गठन नहुनु विडम्बना नै मान्नुपर्छ। यस ऐनमा विपद् जोखिम न्यूनीकरणका तीन चरण पूर्वतयारी, प्रतिकार्य र पूर्नलाभको प्रावधान छ तर के अहिले पूर्वतयारी भएको भए यति क्षति भोग्नु पर्थ्यो?

त्यस्तै नीति तथा रणनीतिक कार्ययोजनामा सेन्डाइ कार्य संरचना अन्तर्गतको पहिलो प्राथमिकता क्षेत्रमा विपद् जोखिमको बारेमा बुझाई भन्ने छ। यस विषयमा अध्ययन अनुसन्धानमा कति खर्च भएको छ त? विश्वविद्यालयसँग नेपाल सरकारको सहकार्य कस्तो छ त? यस विषयसँग सम्बन्धित विज्ञहरु र सम्बन्धित गैरसरकारी सङ्घ संस्थासँगको समन्वय र सहकार्य कस्तो छ? यसमा अझ गहिरिएर विचार विमर्श गरिनु आवश्यक छ। नेपाल विपद् जोखिम न्यूनीकरण सम्बन्धी ‘ह्योगो कार्य संरचना (२००५–२०१५)’ को पक्ष राष्ट्रको हैसियतमा विपद् व्यवस्थापन राष्ट्रिय रणनीति २०६६ पारित गरेको थियो र हाल ‘सेन्डाइ कार्य संरचना (२०१५–२०३०)’ अन्तर्गत राष्ट्रिय नीति तथा रणनीतिक योजना तयार गरेको छ। योजना मात्रै परिष्कृत गर्दै जाने तर धरातलमा विपद्ले निम्त्याएको क्षतिमा कमी नदेखिनुले विपद् जोखिम न्यूनीकरणमा नेपाल कतै नै कतै चुकेको देखिन्छ।

कमजोर भौगोलिक तथा भौगर्भिक अवस्थाका कारण नेपाल मौसमजन्य प्रकोपको अत्यधिक जोखिममा पर्दछ भने नेपालको सम्पूर्ण भू–भाग सक्रिय भूकम्पीय क्षेत्रभित्र पर्ने हुनाले भूकम्पीय जोखिमका हिसाबले पनि उत्तिकै जोखिमपूर्ण मानिन्छ।

साथै विश्वव्यापी उस्विकरणका कारण उत्पन्न जलवायु परिवर्तनको मारबाट पनि नेपाल अछुतो छैन। यस्तो बहु–प्रकोप जोखिमको अवस्थामा विपद् जोखिम न्यूनीकरणको विषयलाई नजरअन्दाज गर्नु किमार्थ हितमा हुने छैन।

त्यसैले प्रकोपबाट निम्तिने विपद्को कारण पत्ता लगाउने, समुदायमा बेलैमा विपद् जोखिमलाई न्यूनीकरण गर्नका लागि आवश्यक ज्ञान, सिप तथा क्षमता अभिवृद्धि गराउने, पूर्व सूचना प्रणाली स्थापना गर्नै, साथै क्षति न्यूनीकरणका लागि आवश्यक संरचनाहरु तयार गरी समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने क्रियाकलाप गरी उनीहरूको विपद्सँग जुध्नका लागि सामना क्षमता र अनुकूलन क्षमता बढाउनु अति आवश्यक देखिन्छ र यस्तो संवेदनशील विषयमा सरकार तथा सरोकारवाला बेलैमा गम्भीर भई आवश्यक समन्वय, सहकार्य तथा सहयोग कायम राख्नु अति आवश्यक छ।

लेखक पाटन संयुक्त क्याम्पसको वातावरण विज्ञान विभागका प्रमुख हुन्।

प्रकाशित : असार ३०, २०७६ १६:०७


तराई–मधेसको बाढी व्यवस्थापन


तराई–मधेसको बाढी व्यवस्थापन
श्रावण १, २०७६नित्यानन्द मण्डल
काठमाडौँ — केही दिनको अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानका कारण देशभर जनजीवन कष्टकर भयो तराई–मधेस पनि अस्तव्यस्त बन्यो खाद्यान्न, लत्ताकपडा सब डुबे पीडितहरू खाटमा खाट खप्ट्याई बस्न बाध्य भए त्रिपालमा आश्रय लिनेको अवस्था झन् नाजुक बन्यो
पानीको तीव्र धक्काले पुरानो र जर्जर तटबन्ध भत्काएर बाढी मानव बस्तीतिर सोझिने समस्या पुरानै हो खोला, नाला, पैनी, नहर तथा कुलो मिचेर खेतबारी जोड्नाले पानीको बहाव सीधै गाउँमै छिर्छ सहर–बजारमा प्लास्टिक बोतल आदि नालामै मिल्काएका कारण निकास थुनिएका छन्। बाढी पसेपछि पानीको सतह घट्न पाउँदैन बस्ती जलमग्न बनाइदिन्छ विकासका संरचना नष्ट गर्छ खेतीयोग्य जग्गा बलौटेमा परिणत हुन्छ जीउ ओत लाग्ने ठाउँसमेत तहसनहस पार्छ पीडित जनता वर्षभरि अर्काको आशमा बाँच्नु पर्छ सरकार भने कर्मकाण्डमै रमाउँछ

सीमित साधनस्रोतबाट बाढी प्रभावितलाई चिउराभुजाका भरमा बाँच्नुपर्ने अवस्थाबाट पार लगाउन खोज्दै छन्, सरोकारवालाहरू स्थानीय तह गठन भएपछि आफ्नो पीडा साझा गर्ने समाधानको बाटो खोज्ने जनताहरूको विश्वासमाथि पनि जनप्रतिनिधिले पानी खन्याइदिएका छन् 

बाढीको वितण्डा जनताको गाँस, बाँस र कपाससँग लामो समयसम्म गाँजिन्छ काबुबाहिरको बाढीको चपेटाबाट प्रत्यक्ष निरन्तर प्रभावित उनीहरू विपद्का बेला ज्यान जोगाउने प्रयत्नमै आक्रान्त हुन्छन् जनता राहत उद्धारको प्रतीक्षाबाहेक केही गर्न सक्दैनन् बनिबुतो गरेर बनाइएको ओत लाग्ने ठाउँ भत्कँदा, बालबच्चा भोकभोकै सुत्नुपर्दा, गरिखाने खेतबारी बालुवाले पुरिँदा किसान–मजदुर महिनौं बिचल्लीमा पर्छन्

मनसुन आरम्भ भएसँगै बाढीले तराई–मधेस दु:खपीडा र बरबादीमा पर्छ पूर्व–पश्चिम राजमार्गबाट दक्षिणी सीमासम्म कैयौं बस्ती डुबानमा परेर नागरिक घरवारविहीन हुन्छन् बाढीको पिरलो आवधिक हुन्छ, प्रभाव भने स्थायी चुरे विनाश अवैज्ञानिक भौतिक संरचना निर्माणका कारण बाढी डुबान समस्यामा देशको तल्लो फाँट पर्दै आएको अझ, भारतीय पक्षले दसगजा क्षेत्रमा समानान्तर बाँध बनाएर नदीको प्रवाह थुनेपछि नेपाली बस्ती डुबानमा पर्छ

दसगजा क्षेत्रमा खोलाको बहाव क्षेत्र नै नदेखिने गरी नदी सतह र खेतबारीको सतह एउटै हुनु पनि समस्या हो दसगजा क्षेत्रको भारतीय बाँधले पारिपट्टिका गाउँलाई जोगाएको नेपाल–भारत संयुक्त कार्ययोजना कार्यान्वयन भएको छैन भारतीय पक्षले प्रत्येक संयुक्त बैठकमा योजना अध्ययन गरिरहेको भन्दै मुद्दा पन्छाइदिन्छ उच्च स्तरमा कुराकानी गरेर नेपाल सरकारले अहिले बनाएको नदी नियन्त्रणको नदी प्रणाली व्यवस्थित नियन्त्रण गर्ने दिगो योजना यथाशीघ्र प्रस्तुत गरी साझा सवालका लागि द्विपक्षीय निकास खोजिनु नै श्रेयष्कर हुनेछ

चुरे क्षेत्रको वनविनाश, बस्ती लगायतका पूर्वाधार विकास, चरिचरन, प्राकृतिक स्रोतको दोहन र माथिल्लो भेगमा भूउपयोगको गलत परिपाटीसँगै जलाधार क्षेत्रमा आएको संकुचनका कारण बग्ने गेग्रान (माटो, ढुंगा, गिटी र बालुवा) थेग्रिएर खोलामा बाढी आउने गर्छ चुरेको प्राकृतिक संरचनाको क्षयीकरण यसको दुष्प्रभावका रूपमा प्रणालीमा आएको असन्तुलनले नदी प्रणालीको माथिल्लो तटीय क्षेत्रमा बर्खाको पानी सोस्ने अड्ने प्रक्रिया कमजोर बनेको जसले अपेक्षित परिमाणमा जलाधार क्षेत्र पुनर्जलीयकरण हुन सकेको छैन यस्तोमा पानी पर्नेबित्तिकै पानी भेलको उफानसँगै खुकुलो र मलिलो माटोले बनेको चुरे पहाड बगेर जान्छ वरपरका बस्ती डुबानमा पर्छन् यसरी चुरेबाट बगेर आउने गेग्रान खोलामा थेग्रिँदै गएको

वनविनाश, बसोबास, पूर्वाधार निर्माण, चरिचरनजस्ता क्रियाकलापका कारण चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीमा प्रतिकूल असर परेको छ नयाँ कमलो चुरे पहाड दिनानुदिन नांगो हुँदै , भासिँंदै छ रूखबिरुवाको अभावमा यो क्षेत्रमा मनसुनको पानी सोस्ने क्षमता पहिलेजस्तो रहेन लगातार बर्खा हुँदा पानी सञ्चित नभएर दक्षिणी भागमा ह्वात्तै पसारिन्छ प्राकृतिक नदीहरूको सतह पनि चुरेबाट बगेर आउने गिटी, ढुंगा र बालुवाका कारण अग्लिएको छ ती नदी चौडा भएका छन् करिब–करिब खेत नदीको सतह एउटैजस्तो

यस्तोमा चुरेबाट बग्ने पानीको परिमाण ती नदीले थेग्न सक्दैनन् धेरै बढी मात्रामा पानी चुहावट भएर हरेक वर्ष थुप्रै गाउँबस्ती डुबानमा पर्ने गर्छन् खहरे भएका नदीमा हुने गरेको अव्यवस्थित अवैज्ञानिक उत्खननले पानीको कोर्स बदलाव आउने समस्यालाई थप विकराल बनाउँछ

माथिबाट बगे आएको गेग्रानका कारण हजारौं हेक्टर खेतीयोग्य जग्गाको मरुभूमीकरण र जलाधार क्षेत्रमा पानी सञ्चिति अभाव भएपछि खडेरी पर्न थालेको छ चुरे भावर क्षेत्रमा खानेपानी अभाव चर्किएको चुरे संरक्षणको काम अझै एकीकृत, प्रभावकारी र परिणाममुखी हुन सकेको छैन तत्कालका लागि चुरे क्षेत्रमा वृक्षरोपण, अनुचित मानवीय गतिविधि र चरिचरनमा रोक, बाँधजस्ता संरचना बनाएर गल्छी नियन्त्रण र पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरी क्षेत्रमा खहरे खोलाबाट चुरेलाई थप क्षतिग्रस्त हुनबाट जोगाउन सकिएन भने बाढी रोकथामको कुनै पनि प्रयास सार्थक हुन सक्दैन राजमार्गदक्षिण खोलाका दुवै किनारमा तीव्र प्रवाह रोक्ने खेतको पानी निकास हुने मजबुत तटबन्ध आवश्यक छ नदीले ‘कोर्स’ फेरिरहेको यसले थप जटिलता उत्पन्न गरेको

नदीमा विस्तृत अध्ययन (मापदण्ड, प्रविधि र प्रभाव) नगरिकन बनाइने संरचनाका कारण पानीको बहाव साँघुरिंँदासमेत बाढी आउँछ एउटै नदीमा केन्द्रीय योजना अन्तर्गत एउटा संरचना र पालिका अन्तर्गत अर्को योजना अनुरूप भौतिक संरचना निर्माण भइरहेका हुन्छन् घरबार भन्दा अग्ला सडक निर्माण गरिँदै जहाँ पानीको निकासलाई ख्याल गरिँदैन योजनाको दीर्घकालीन सकारात्मक वा नकारात्मक प्रभावबारे लेखाजोखा गरिँदैन गाउँघरबाट वर्षातको पानी नदीसम्म पुग्ने परम्परागत बाटाहरू भौतिक पूर्वाधार निर्माणका कारण अवरुद्ध भएका छन् गाउँ–गाउँमा कच्ची–पक्की बाटा बनाइएका छन्, तर ती बाटासँगै पानी निकासको संरचना बनेका छैनन् भएका संरचना जीर्णोद्धार भएका छैनन्

यस्तो अवस्थामा तराई–मधेसले वर्षेनि बाढीको विपद् भोग्नु अस्वाभाविक होइन यातायात, सरसफाइ, ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्र पनि बाढीको चपेटामा परेका छन् बाढीका बेला आकस्मिक कार्य (उद्धार तथा राहत) मा राज्यसंयन्त्र सक्रिय देखिए पनि त्यसपछिका दिनमा बाढीका कारण प्रभावित सामाजिक, उत्पादनमूलक र पूर्वाधार क्षेत्रमा पुन:स्थापनाका प्रयत्न संस्थागत तथा उपलब्धिमूलक ढंगले अघि बढेको छैन बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण पुन:स्थापनाको प्रयास तीव्र हुनुपर्ने जनचाहना अनुसार सरकारको उपस्थिति अत्यन्त कमजोर देखिन्छ

वर्षेनि तराई–मधेस बाढी र डुबानबाट प्रभावित हुन्छ त्यसैले विपद्सँग लड्न एकीकृत ढंगले काम गर्ने स्थायी संयन्त्रको आवश्यकता महसुस गरिएको बाढीपीडित तराई–मधेसका जनताको विश्वास चिउरा दालमोठको भरमा जित्न सकिंँदैन बाढीको कहरबाट थिलथिलो भएको मधेसलाई तग्रिने वातावरण बनाउनुपर्छ

बाढी व्यवस्थापनमा पर्याप्त साधनस्रोत, बलियो संयन्त्र र ठूलो सञ्जाल चाहिन्छ संवेदनशीलता अभावले केन्द्र प्रदेश सरकारले आवश्यक बजेट विनियोजन तथा सशक्त कार्ययोजना तर्जुमा गर्न सकेका छैनन् प्रदेश सरकारको प्राथमिकतामा विपद् व्यवस्थापन पर्नसकेको छैन केन्द्र सरकारले समेत संरचना निर्माण, मम्र्मत–सम्भार र संरक्षणमा अपेक्षित अग्रसरता देखाएको छैन विपद् व्यवस्थापनका लागि सामुदायिक स्तरमा तत्परता आवश्यक , स्थानीय तहलाई झकझक्याउनुपर्छ

प्रदेश सरकारले बाढीपछिको पुनर्निर्माण र पुन:स्थापनाका लागि बहुउद्देश्यीय र बहुक्षेत्रीय एकीकृत प्रयास गर्नुपर्छ स्थानीय तहका निर्वाचनसँगै अल्पकालीन तर दीर्घकालसम्म प्रभाव पर्ने किसिमका बाढी व्यवस्थापन कार्य गर्छन् भने जनताको आस ज्युँका त्युँ तटबन्ध रेखदेख, व्यवस्थापन तथा संरक्षणमा स्थानीय तहका पदाधिकारीको सक्रियता, विपद्का लागि बजेट विनियोजन, संरचना निर्माणमा सतर्कता आदिले बाढीबाट हुने क्षतिमा कमी आउने विश्वास गर्न सकिन्छ

राहत र उद्धार कार्य नै बाढी व्यवस्थापन भएको सरकारी संयन्त्रको बुझाइमा खोट छ विपद्बाट उद्धार तथा राहतबाहेक जीविकोपार्जन, पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा लगायत क्षेत्रमा खासै काम भएको देखिँदैन प्रभावित टोलबस्तीका मानिसमा बाढीको संकट बरबादीबारे आफैले आकलन व्यवस्थापन गर्नसक्ने क्षमता हुनु जरुरी बाढी जस्ता विपद्सँग जुझ्न प्रभावकारी तयारी, जनजीविकामा पर्ने असर, सम्पत्ति र आधारभूत संरचनामा पुग्ने क्षति र नकारात्मक प्रभाव आकलन र विश्लेषण गर्ने क्षमता विकसित गर्न आवश्यक छ

लेखक जनकपुरमा क्रियाशील पत्रकार हुन्

प्रकाशित : श्रावण १, २०७६ ०८:२४

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...