Thursday, April 04, 2019

कसौटीमा नेपाल प्रहरी

नेपाल प्रहरी र सशस्त्र पह्ररी दुवै बल हुन । राज्यले आवश्यक परेको बेला निश्चित विधि र प्रक्रिया अवलम्बन गरी बलको प्रयोग गर्दछ । सबै सुरक्षा बल राज्यको अख्तियारी सुनिश्चित गर्ने क्रममा आवश्यकता अनुसार प्रयोगमा आउँछन् र आउनुपर्छ । प्रहरी सङ्गठनलाई बलका रूपमा राज्यबाट जुन शक्ति प्राप्त हुन्छ, त्यसका प्रयोग सर्वसाधारण जनता र समाजको बृहत्तर हितका लागि हुनुपर्दछ । राज्यले आफ्नो सुरक्षा बलको प्रयोग गरी सुरक्षित रूपमा जिउन पाउने नागरिकको आधारभूत अधिकार प्रत्याभतू गर्नुपर्दछ । आपराधिक क्रियाकलाप बढ्दै जाने, हिंसात्मक वा विध्वंसात्मक गतिविधिहरू देखापर्ने, देशमा बेथिति मौलाउने, जोर जबर्जस्ती वा धम्कीका आडमा नागरिकहरूलाई भयग्रस्त तुल्याउने अवस्थामा समाजमा शान्ति सव्ुयवस्था बहाल हुन सक्दैन । त्यसो भएको खण्डमा नागरिकले गरिखान पाउने वातावरणको सर्वथा अभाव हुन्छ । यो स्थितिको निवारणमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्नुपर्ने हुन्छ ।
श्रीकान्त रेग्मी, कसौटीमा नेपाल प्रहरी, प्रकाशनः सुरक्षा न्याय अध्ययन केन्द्र, प्रथम संस्करण २०७०

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...