Showing posts with label Medicinal Herbs. Show all posts
Showing posts with label Medicinal Herbs. Show all posts

Thursday, June 18, 2020

क बाट करी पत्ता


क बाट करी पत्ता
From aruna upreti's facebook

नरम करी पत्तापानीमा उमालेर थोरै कागतीको रस र बिरेनून हालेपछि पेटमा रहेको गडबडी सञ्चो गर्ने परम्परागत पेय बन्छ । यसमा रहेको भिटामिन ‘ए’ ले रतन्धो हटाउन मद्दत गर्छ धेरैले थाहा नै पाएका छैनन्ने / यस्को वास्ता गरिन्न
काठमाडौंको दक्षिणी भेगतिर यसलाई ‘पैनामती’ र ‘असारे’ पनि भनिंदोरहेछ । असारमा पाकेपछि यसको दाना पनि खाँदा रहेछन् ।
करी’ पत्ता तराईतिर जताततै पाइने वनस्पति हो । ‘करी’ पत्ता पोषणको दृष्टिले अतिउत्तम छ । यसलाई ‘मीठा’ नीम पनि भनिन्छ । औषधिजन्य गुण हुने तर तीतो नहुने भएकोले यसलाई मीठा नीम भनिएको हुनुपर्छ ।
दक्षिण भारत र श्रीलंकामा करी पत्ताको प्रयोग अत्यधिक गरिन्छ । त्यहाँ जुनसुकै खानेकुरा पकाउँदा पनि करी पत्ता हालिन्छ ।
म जनस्वास्थ्य विशेषज्ञका रूपमा श्रीलंकामा रहँदा खानेकुराबाट झिक्दै छेउमा राख्दै गरेको देखेर एक नर्सले ‘यो त साह्रै पौष्टिक हुन्छ, किन फालेको ?’ भन्दै असन्तुष्टि व्यक्त गरिन् ।
त्यसपछि उनले करी पत्ता खाँदा हुने फाइदा बारे लामै व्याख्यान दिइन् । यसको नरम पातको अचार पनि बनाइँदो रहेछ । रसम (दाल) मा त यो नभई हुँदैन । त्यहाँ करी पत्ता नहालिएको खाना अपूर्ण मानिंदो रहेछ ।
त्यसपछि मैले पनि करी पत्ता खान शुरू गरें ।
करी पत्ता पोषणको भण्डार नै हो । यसको पात रेसादार हुन्छ । यसमा पर्याप्त मात्रामा लौहतत्व र भिटामिन ‘ए’ हुन्छ । क्याल्सियम, फस्फोरस र फोलिक एसिड हुन्छ ।
गर्भवती र सुत्केरीलाई दिनु लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञका अनुसार यसमा पाइने फोलिक एसिडले भ्रूणलाई स्वस्थ रहन सहयोग गर्छ ।
तराईमा जताततै पाइने करी पत्ताबारे धेरैलाई खासै जानकारी रहेको देखिंदैन।
करी पत्ताका बारेमा केही अनुसन्धान पनि भएका छन् । मधुमेह भएकाहरूलाई पनि यसले फाइदा गर्छ किनभने यसले शरीरभित्र रहेको हर्माेन ‘इन्सुलिन’ को गतिविधिलाई प्रभावित गरेर रगतमा ग्लुकोजको मात्रा सन्तुलनमा राख्न मद्दत गर्छ ।
मेरा घरमा करी पत्ताको दुई बोट छन् । समय–समयमा यसको पात काँचै चपाउँछु । तरकारी बनाउँदा सम्झिएर हाल्छु । अचारमा बनाउँदा हरियो धनियाँसँगै करी पत्ता पनि मिसाउँछु ।
From aruna upreti's facebook

Friday, March 13, 2020

कालो उन्यूमा भेटियो अल्जाइमरको औषधीय गुण


नेपालमा पाइने कालो उन्यूमा भेटियो अल्जाइमरको औषधीय गुण
कान्तिपुर, पुस ५, २०७६गोविन्द पोखरेल
काठमाडौँ — नेपालमा पाइने कालो उन्यूमा अल्जाइमर रोगका लागि उपयुक्त हुने कम्पाउन्ड भेटिएको छ । कालो उन्यूमा हुने औषधीय गुण पहिलो पटक गरिएको अनुसन्धानबाट पत्ता लागेको हो 
यसै साता त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका पीएचडी स्कलर श्यामशरण श्रेष्ठको ‘मोलिक्युल्स’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित अनुसन्धानमा कालो उन्यूमा विशेष गरी पेन्क्रियाटिक क्यान्सर र पाठेघरको क्यान्सरको औषधिका लागि उपयुक्त हुने ‘प्रोसाइनिडिन’ नामक कम्पाउण्ड भेटिएको उल्लेख छ।
उन्यूमा भएका एन्टिअक्सिडेन्टहरु मेटाबोलिक रोगहरुको लागि पनि उपयुक्त हुने अनुसन्धानको निष्कर्ष छ।

काठमाडौंको दक्षिणकालीबाट संकलन गरिएको नमुनाबाट कालो उन्यूले पहिलो पटक अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्न सफल भएको अनुसन्धानकर्ता श्रेष्ठले कान्तिपुरलाई बताए।

अनुसन्धानलाई डिपार्टमेन्ट अफ फार्मास्युटिकल तथा फार्माकोलोजिकल साइन्सेस, इटालीको पाडोभा विश्वविद्यालयले प्रत्यक्ष रुपमा सहयोग गरेको श्रेष्ठले बताए।

श्रेष्ठले त्रिविका प्राध्यापकहरु संगिता राजभण्डारी, दिपकराज पन्त र पाडोभा विश्वविद्यालयका प्राध्यापक स्टेफानो डालआक्वाको सुपरिवेक्षणमा गरेको अनुसन्धान हालसम्मकै विस्तृत रहेको दाबी गरे।

नेपालमा २ सय ९३ प्रजातिका उन्यूहरु पाइन्छन्। कालो उन्यूको वैज्ञानिक नाम ‘टेक्टेरिया कोडूनाटा’ हो। ३० देखि सय सेन्टिमिटरसम्म उचाइ हुने उन्यू ५ सयदेखि २५ सय मिटरसम्मको उचाइ भएको घना जंगलमा पाइन्छन्।

कालो उन्यू परम्परागत औषधिको रुपमा प्रयोग हुँदै आएपनि यसमा पाइने रसायनहरुको बारेमा यसअघि वृस्तुत अनुसन्धान भएको थिएन। गाउँघरमा कालो उन्यूलाई पेटको दुखाइ, झाडापखाला, जन्डिस जस्ता रोगहरु लाग्दा प्रयोग गरिन्छ। यस्तै, काटेको ठाउँमा यसको पात पिँधेर मल्हमको रुपमा पनि प्रयोग हुन्छ।प्रकाशित : पुस ५, २०७६ १६:२८


Sunday, February 23, 2020

कालो उन्यूमा अल्जाइमरको औषधीय गुण


नेपालमा पाइने कालो उन्यूमा भेटियो अल्जाइमरको औषधीय गुण

कान्तिपुर, पुस ५, २०७६गोविन्द पोखरेल

काठमाडौँ — नेपालमा पाइने कालो उन्यूमा अल्जाइमर रोगका लागि उपयुक्त हुने कम्पाउन्ड भेटिएको छ । कालो उन्यूमा हुने औषधीय गुण पहिलो पटक गरिएको अनुसन्धानबाट पत्ता लागेको हो 

यसै साता त्रिभुवन विश्वविद्यालय वनस्पति शास्त्र केन्द्रीय विभागका पीएचडी स्कलर श्यामशरण श्रेष्ठको ‘मोलिक्युल्स’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक जर्नलमा प्रकाशित अनुसन्धानमा कालो उन्यूमा विशेष गरी पेन्क्रियाटिक क्यान्सर र पाठेघरको क्यान्सरको औषधिका लागि उपयुक्त हुने ‘प्रोसाइनिडिन’ नामक कम्पाउण्ड भेटिएको उल्लेख छ।

उन्यूमा भएका एन्टिअक्सिडेन्टहरु मेटाबोलिक रोगहरुको लागि पनि उपयुक्त हुने अनुसन्धानको निष्कर्ष छ।

काठमाडौंको दक्षिणकालीबाट संकलन गरिएको नमुनाबाट कालो उन्यूले पहिलो पटक अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्न सफल भएको अनुसन्धानकर्ता श्रेष्ठले कान्तिपुरलाई बताए।

अनुसन्धानलाई डिपार्टमेन्ट अफ फार्मास्युटिकल तथा फार्माकोलोजिकल साइन्सेस, इटालीको पाडोभा विश्वविद्यालयले प्रत्यक्ष रुपमा सहयोग गरेको श्रेष्ठले बताए।

श्रेष्ठले त्रिविका प्राध्यापकहरु संगिता राजभण्डारी, दिपकराज पन्त र पाडोभा विश्वविद्यालयका प्राध्यापक स्टेफानो डालआक्वाको सुपरिवेक्षणमा गरेको अनुसन्धान हालसम्मकै विस्तृत रहेको दाबी गरे।

नेपालमा २ सय ९३ प्रजातिका उन्यूहरु पाइन्छन्। कालो उन्यूको वैज्ञानिक नाम ‘टेक्टेरिया कोडूनाटा’ हो। ३० देखि सय सेन्टिमिटरसम्म उचाइ हुने उन्यू ५ सयदेखि २५ सय मिटरसम्मको उचाइ भएको घना जंगलमा पाइन्छन्।

कालो उन्यू परम्परागत औषधिको रुपमा प्रयोग हुँदै आएपनि यसमा पाइने रसायनहरुको बारेमा यसअघि वृस्तुत अनुसन्धान भएको थिएन। गाउँघरमा कालो उन्यूलाई पेटको दुखाइ, झाडापखाला, जन्डिस जस्ता रोगहरु लाग्दा प्रयोग गरिन्छ। यस्तै, काटेको ठाउँमा यसको पात पिँधेर मल्हमको रुपमा पनि प्रयोग हुन्छ।प्रकाशित : पुस ५, २०७६ १६:२८

 

Thursday, January 16, 2020

यार्सागुम्बा अब पाउनै गाह्रो !


यार्सागुम्बा अब पाउनै गाह्रो !
सञ्चार संवाददाता  साउन ४, २०७५
काठमाडौं-सबैलाई थाहा भएकै जडिबुटीको नाम हो यार्सागुम्बा।नेपालको हिमाली हावापानीमा हुर्किएको यो यार्सागुम्बा सुनभन्दा पनि महँगोमा बिक्रि वितरण हुने गरेको छ।
तिब्बती भाषामा यार्सागुम्बाको अर्थ हुन्छ, ‘गर्मीको घाँस र चिसोमा कीरा’ अर्थात एक प्रकारले कीरा र घास भएर हिमाली हावापानीमा बसेको हुन्छ।
नेपालको हिमालयतर्फ र तिब्ब्ती सीमानामा करीब ३ हजार देखि पाँच हजार मिटरको उचाईमा यसको बासस्थान हुन्छ। यसलाई औषधि र चिकित्सा पद्धतिमा महत्वपूर्ण औषधिको रुपमा लिने गरिन्छ।त्‍यही कारण नेपालमा मात्रै होइन विदेशमा पनि सुनभन्दा महँगो रुपमा लिने गरिन्छ।
यसलाई मानिसलाई क्‍यान्सरको अचुक औषधि र खास गरी यौन क्षमता बढाउने काम गर्दछ। यही कारणले यसलाई ‘हिमालयको भियाग्रा’ पनि भन्‍ने गरिन्छ। अन्तराष्ट्रिय बजारमा एक किलो यार्सागुम्बाको मूल्‍य करीब एक लाख डलर बराबर रहेको बीबीसीले आफ्नो रिपोर्टमा उल्लख गरेको छ।
प्रत्‍येक वर्ष वैशाखदेखि असारसम्‍म हजारौ नेपालीहरु यार्सागम्बा टिप्‍न पहाडतिर लाग्‍ने गर्छन्। उनीहरु पुरै गाउँ र बस्ती नै खाली गरेर यार्सा टिप्न जाने गर्छन्। त्‍यतिमात्रै होइन, उनीहरु स्कुल नै बन्द गरेर पहाडको माथि-माथि महिनौ दिनसम्‍म बसोबास गरी यार्सा संकलन गर्ने गर्दछन्।
उनीहरु यसको खोजीमा विहानैदेखि ४ हजार ५ सय मिटर उचाइमा पुग्‍ने गर्दछ्न् र दिनभरी त्‍यही नै बस्‍ने गर्दछन्। धेरै पटक त पानी पर्नुका साथै हिउँ समेत खस्‍ने गर्छ।त्‍यस्तो कठिन परिस्थितिमा पनि उनीहरु यार्सा संकलनका लागि वर्षा, हावापनी र हिउँको पीडा सहेर बस्‍ने गर्दछन्।
उनीहरु बरु त्‍यही करीब ३ हजार मिटरको उचाइमा क्‍याम्प राखेर आफूलाई सुरक्षित राख्‍ने गर्दछन्। विगत पाँच वर्षदेखि यार्सागुम्बाको व्‍यापार गर्दै आएका कर्मा लामा भन्छन्, ‘टाढा-टाढा गोरखा, धादिङ, लमजुङ लगायतका जिल्‍लाबाट यार्सागुम्बाको संकलन गर्न हिमाली क्षेत्रमा आएने गर्दछन्।’
यार्सागुम्बाको खोजीमा आएका उनीहरु दुईदेखि तीन महिनासम्‍म खानापानी बोकेर टेन्टमा बस्‍ने गर्दछन्। तीमध्‍येका एक जोडी युवा तीन वर्षदेखि यही बसेर यार्सा गुम्बा संकलन गर्दै आएका छन्। उनीहरु सजिलै १०-२० यार्सागुम्बाको संकलन गर्छन्। उनीहरु यसबारे भन्छन्, ‘यार्सागुम्बाकै लागि हामी दुई तीन महिनादेखि यहाँ बसिरहेका छौ। यसले गर्द दिनमा १० देखि २० वटा यार्सागुम्‍बा संकलन गरिहरेका छौ।’
खाना बनाउँदै गर्दाको आगो ताप्‍दै सुशीला भन्छिन्, ‘हामी कहिलेकाही यार्सागुम्बाको खोजीमा करिब ४५ सय मिटरको उचाँइमा पनि पुग्‍छौ।त्‍यहाँ पूरै दिनभरी नै बिताउने गर्छौ।कति पटक त बर्षा हुन्छ।कुनै बेला त हिउँ नै परेर बरफहरु खस्‍ने खतरा हुन्छ।हामी हिउँ बग्‍ने खतराबाट सधैं सतर्क रहेर यार्सा गुम्बा संकलन गर्दछौ।’
सुशीला र उनको श्रीमान् वैशाख र जेठ महिनामा प्रत्‍येक दिन यही यार्सा गुम्बा संकलन गरिरहे। यार्सागुम्बा संकलन गरे वापत उनीहरुलाई जति पैसा मिल्छ, उनीहरु सजिलै ६ महिना आफ्नो गुजारा गर्न सक्छन्। गत वर्ष उनीहरु यार्सागुम्‍बा संकलन गरेरै करीब २ हजार डलर कमाएका थिए। यो रकम नै उनीहरुको आधा वर्षको कमाई हो।

यार्सागुम्बाको उपलब्धतामा गिरावट


मनाङ जिल्‍लाको क्षेत्रमा करीब १५ वर्षदेखि यार्सागुम्बा संकलन गर्दै आएका सीता गुरुङ भन्छिन्, ‘ पहिला म सधैं सयवटा यार्सागुम्बा खोजेर ल्‍याउँथे तर अब दिनदिनै घट्न थालेको छ। अब त दिनभरीमा मुस्किलले १०देखि २० वटा यार्सा ल्‍याउने गरेकी छु।’
विशेषज्ञका अनुसार यार्सागुम्बाको धेरै माग र जलवायु परिवर्तनको कारणले यसको सहज पहुँचमा कठिनाइ हुँदै गएको छ। उनी भन्छिन्, ‘ पहिला धेरै पाउँदा मूल्‍य सस्तो थियो। तर जब अलिक कम पाउन थाल्‍यो। यसको मूल्‍य ह्‍वात्तै बढ्‍यो।’

यार्सागुम्बाको व्‍यापार, तर लोप


यार्सागुम्‍बालाई कर्मा लामाले राजधानी काठमाडौंका ठूला व्‍यापारीलाई बेच्‍ने गरेका छन्। उनी हरेक दिन यर्सागुम्बा किन्‍न उचाइमा आउने गर्छन भने पछि यसलाई संकलन गरेर काठमाडौंमा रहेका धनी व्‍यापारीलाई बेच्‍ने गर्छन्। यसले उसलाई आर्थिक आम्दानीमा ठूलो फडको मार्न सफलता मिलेको छ।
कर्मा भन्छन्, ‘एउटा यार्सागुम्बा ४.५ डलरसम्‍म बिक्‍न सक्छ। तर चीन, अमेरिका, बेलायत, जापान, थाइल्‍याण्ड तथा मलेसिया लगायतका अन्राष्ट्रिय बजारमा यसको मूल्‍य ५०डलभन्दा बढी छ।’
यस्तै नेपाल राष्ट्र बैंकको एउटा शोध अनुसार जसले यार्सागुम्बा संकलन गर्छ, उसको वार्षिक आम्दानीको ५६ प्रतिशत आउने गर्छ। यार्सागुम्बा संकलन गर्ने सबैले सरकारलाई रोयल्टी वापतको ट्‍याक्स बुझाउँदै आएका छन्।
सन् २०१४ मा गरिएको एक अनुसन्धानमा यार्सागुम्‍बाको कारोबारबाट नेपाली अर्थ व्‍यवस्थामा ५१ लाख रुपैयाँ आम्दानी भएको देखाएको छ।केही विशेषज्ञहरुले यसको तस्करी अरु देशमा पनि अवैध रुपमा हुँदै आएको छ।
करीब १८ वर्षदेखि यार्सागुम्बाको संकलन र विक्री वितरण गर्दै आएका नागेन्द्र बुढाथोकी भन्छन्, ‘यो व्‍यापारलाई यस प्रकारको विनिमय गर्नुहुँदेन जसरी गरिँदै आएको छ। यही कारण यार्सा गुम्बाको खोजी र संकलन तथा सरकारको वास्तवकि आयकर कति हो भन्‍ने कुरा पत्ता लगाउनै गाह्रो हुन्छ। सरकारको आम्दानीको यो बलियो स्रोत भएर पनि धेरै तस्करी भएकाले सरकार र संकलनकर्ता पनि मारमा परिरहेका छन्।’
स्रोत- बीबीसी
साउन ४, २०७५ मा प्रकाशित



Sunday, September 29, 2019

गन्धे झारको महत्व


गन्धे झार (Gandhe Jhar) ।
यसको बैज्ञानिक नाम Ageratum Conyzoides L. हो । यो झार हाम्रो तराइ र पहाडी खेत बारीमा सजिलै संग उम्रन्छ । धेरै गर्मी र चिसो हिमाली क्षेत्रमा पाइदैन । यसको पनि जडिबूटीमा धेरै महत्व छ । यसको प्रयोग निम्नलिखित अवस्थाहरूमा गरीन्छ ।
१.     नेपालमा यसको प्रयोग घाउ खटिरा र काटेको, घोचेको, फाटेको, च्यातिएको घाउमा रगत बगेमा यसको रस राखिन्छ ।
२.     यसको पात निचोरेर निकालेको रस एक चिम्टी खाने नूनसंग मिलाएर दुइ तिन थोपा दिनको एक पटक नाकमा हाल्नाले छारे रोग निको हुन्छ र पुनः लाग्न दिदैन ।
३.     यसको पातको रसबाट शरीरमा निस्केको डाबर, बिमिरा, खटिरा निको हुन्छ ।
४.     यसको रस खानाले घाँटीको खटीरा, पखाला र एँठन हुने जस्ता रोग निको हुन्छ ।
५.     यसको ताजा फूललाइ कुटेर मलम बनाइ लुतो भएको र बात रोगले सुनिएको ठाउँमा लगाउँदा रोग निको हुन्छ ।
६.     यसको पुरै ताजा बोटको रस कपालमा दलेर सफा गर्नाले कपाल नरम हुन्छ र सुगन्धित बनाउँछ र चायाँ हटाउँछ ।
७.     खुटटामा वा छालामा विझेको काँडामा यसको पातको मलम लगाउँदा काँडा सजिलै निस्कन्छ ।
८.     यसको ताजा रस वा सुकेको धुलोको नस लिनाले नाकबाट पानी बग्ने र पिनास निको हुन्छ ।
९.     एलर्जी भएमा पनि यसको मलमको लेप लगाउँदा निको हुन्छ ।
१०.                        जराको रस खानाले किडनीमा ढुँगा बन्न दिदैन र यदि बनेको छ भने पगाल्छ ।
११.                        पानी बग्ने घाउमा यसको जराको धुलो लगाउँदा सुकाउँछ र निको गराउँछ ।
१२.                        यसको बोटलाइ सफा गरी एक रात पानीमा डुबाएर राखी उक्त पानी पिउँदा भित्रि डाहा, पोल्ने र शरीर दुख्नबाट शीतल गराउँछ साथै शरीरको खराब बेक्टेरियालाइ भगाउँछ ।
१३.                        यसको पुरै बोट वा पातको रस निकाली पानी सित मिसाएर विहान बेलुकी सेवन गरेमा रगत सफा गर्छ, ज्वरो निको बनाउँछ र खाना पचाइ भोक जगाउँछ ।
१४.                        यसको पात, लाहुरे फूलको पात, अभिजालोको बोट, नोलेझारको पात र अदुवा सबैको बराबर मात्रा मिलाएर कुटेको रस विषालु कीरा वा सर्पले टोकेको ठाउँमा लगाउनाले विष झार्छ र विरामीलाइ अस्पतालमा पुराउन सकिन्छ ।
१५.                        यसको जरा सफा गरी कुटेर रस निकाली २० देखी २५ मिलीग्रामका दरले सेवन गर्नाले अल्सर जस्तो रोग निको गर्छ र जमेको कफ खकार पनि निकाल्छ ।
१६.                        जलेको ठाउँमा यसलाइ पिसेर लेदो बनाइ मलम लगाउँदा पोलेको डाहा मार्छ र फोहोर पानी निकालेर घाउ छिटो निको गर्छ ।

साभारः नेपालमा पाइने जडीबुटीको उपयोगिता, लेखकः रामकाजी बोहरा

Friday, September 27, 2019

जैतुनका लाभहरू


प्रकृतिको वरदान नेपाल प्राकृतिक विविधताले भरिपूर्ण छ । यहाँ विविध किसिमको भू—बनोट छ र सोही अनुसार जलवायु एवं सूक्ष्म–जलवायु पाइन्छ । भू–बनोट एवं जलवायु अनुसार विभिन्न प्रकारका वनस्पति तथा बाली–नालीहरुले नेपाललाई सिंगारेका छन् र सम्मृद्ध बनाएका छन् । फलफूलहरु पनि जलवायु अनुसार विभिन्न प्रकारका यहाँ पाइन्छन् । मुलुकको उत्तर–पश्चिम मध्य–पहाडी क्षेत्रमा समशीतोष्ण जलवायु(Warm Temperate climate) छ र यहाँ वर्षा पनि कम हुन्छ । यसै क्षेत्रमा मात्र पाइने रैथाने जातको जङ्गली जैतुन–लौंठो (Olea cuspidate) परापूर्व कालदेखि प्राकृतिक रुपमा पहाडको १००० मिटर देखि २३०० मिटरको उचाईमा हुर्कदै–फैलिदै आएको देखिन्छ । युरोपियन जातको विकसित जैतुन (Olea europaea) ३०० –४५० उत्तरी वा दक्षिणी अक्षांश भित्र पर्ने मुलुकहरुमा खेती गरिदै आएको पाइन्छ । नेपालमा यसको खेति बाजुरा र डोल्पा जिल्लाहरूमा गरिन्छ ।
जैतुन तेल एवं फलको नियमित सेवनले –
१। मुटु सम्बन्धी रोगहरु, उच्च रक्तचाप र मधुमेह रोगलाई नियन्त्रण एवं नियमित गर्छ ।
२। रोग प्रतिरोधी क्षमता (Immune system) बढाउँछ ।
३। बिर्सने (Dimensia) अल्जाइमर रोग र रगत जम्ने (Blood clotting) रोग नियन्त्रण गर्छ । ४। बूढो हुने गति (Aging) कम गराउँछ ।
५। अर्बुद (Cancer) रोग लाग्नबाट बचाउन मद्दत गर्छ ।
६। खानाबाट भिटामिन (A, D, E and K) सोसेर लिन र खाना पचाउन मद्दत गर्छ ।
७। क्याल्सियम चुहावट हुन रोक्छ र हाड बलियो बनाउँछ ।
८। पत्थरी लाग्न नदिन मद्दत गर्छ ।
९। मस्तिष्कको बिकासमा सहयोग पु¥याउँछ ।
१०। कोलेस्टेरोल (रगतमा जमेको बोसोका कणहरु) कम गराउँछ ।
११। जैतुनको तेलमा बढी मात्रामा मोनो अनस्याचुरेटेड प्mयाटी एसिड (Mono unsaturated fatty acid) ८० प्रतिशतसम्म पाईन्छ । यसको सेवनबाट कोलेस्टेरोल (Cholesterol) बढ्दैन ।
१२। अनुहारमा चाउरी पर्न नदिन, छाला र कपालका रौंहरु स्वस्थ राख्न मद्दत गर्छ ।
१३। कोषिका बृद्धि गर्न र घाउ छिटो पुरिन मद्दत गर्छ ।
१४। काखीको दुर्गन्ध हटाउन र रोगका जीवाणु नष्ट गर्न मद्दत गर्छ ।

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...