Thursday, October 31, 2019

पुर्ख्याैली लाेकनाचः एक चिनारी

लेखिका प्रतिभा पुनले “आदरणीय विद्वान श्री डा. गोविन्द प्रसाद थापाज्यू प्रति आदरका साथ ससम्मान उपहार” भनि दिनु भएको पुस्तक “पुख्र्याेली लोकनाचः एक चिनारी” बाट मलाई मन परेको सोरठीको कथा सबै जनाले थाहा पाउन् भनेर सम्पादित केही अंश यहाँ राख्दै छु । साथै पुस्तक उपहार दिनु भएकोमा प्रतिभाज्यूलाई धेरै धन्यवाद छ ।
पूर्व देशमा भिमला राजा जन्मिन्छन् । अर्को वर्ष पश्चिम देशमा हइमया रानी जन्मिन्छन् । दुवै जना हुर्कदै जान्छन् । तिन वर्षका भिमला राजाले दूधभात खान्छन् भने हइमया रानीले खाजाभुजा खान्छिन् । जब भिमला राजा सात वर्षका हुन्छन् तब तारो भेजो खेल्न सुरु गर्छन् । हइमया रानी भने ढिकी जाँतोमा आफनो दैनिकी बिताउँछिन् । एघार वर्ष पुगेका भिमला राजाले दस वर्षकी हइमया रानीसंग विवाह गर्छन् । हइमया रानीको कन्यादान गरिदिन्छन् ।
राजाले जुत्ता, गुनियो, टेकिय, पटुकी, चोली, पोते, कानै लगाउने सुन, दन्तै लगाउने विरी, नत्थी, गाजल, टिका, शिरपूलादि गहना र लत्ताकपडा काशीबाट ल्याइदिने प्रण गर्छन् तर काशीबाट ल्याउन नपाएपछि वेशीबाट ल्याइदिने इच्छा प्रकट गर्दछन् ।
व्यापारीले केके लिएर आएको देखेपछि रानीले राजासंग लुगालत्ता किनी दिन आग्रह गर्छिन् । राजाले रानीको आग्रहअनुसारकै लत्ताकपडा किनिदिएपछि रानी खुसी हुन्छिन् । त्यसै गरी सुनार आएको देखी गरगहना पनि किनिदिन आग्रह गर्छिन् । रानीको आग्रहलाई स्वीकार गर्दै रानीको इच्छानुसारकै गरगहना पनि किनिदिन्छन् । यति लत्ताकपडा र गरगहना पाएपछि रानी खुसी हुन्छिनु ।
एकदिन काँकरीको विऊ ल्याउँछन् । बिऊ लगाउछन्, सात दिनमा बिरुवा निस्कन्छ, दिनदिनै हुर्कदै जान्छ, थाँकरी लगाइदिन्छन्, पहेँला पूmलहरु फुल्छन् र चिचिला लाग्छन् । तर कुनै फल रहन्न, भुइँमा झर्छन् । यो देखेर मैया रानी (हइमया रानी) निराश हुन्छिन् ।
एक दिन रानी गर्भवति हुन्छिन् । तीन महिना पुगेपछि अनाज गन्हँउछ । चार मास पाँच महिना हुँदा मासु खान मन लाग्छ । सात महिना पुगे पछि रानीलाइ अमिलो खान मन लाग्छ । नवौं मास दसौं महिना पुगेपछि प्रसव वेदना लाग्छ । माघ महिना सोमवारको दिन एक बालखीको जन्म हुन्छ ।
राजाले कटुवाललाई बोलाएर सोरेनी (सुँढेनी) बोलाउन भनी आदेश दिन्छन् । ..राजाको आज्ञा पाएपछि पूर्व देशबाट पण्डित आउँछन् । पण्डितले बाह्रपुस्ता पल्टाइ हेर्दा बालखी सातमूल परेको जानकारी दिन्छ । राजाले सातमूलले के गर्छ र यसलाई कसरी हटाउन सकिन्छ ? भनि प्रश्न गर्छन् । यसले आमालाई सिध्याउने र राज्यमा ठुलो विपत्ति आउने र यसको कुनै उपाय नभएको पण्डित बताउँछ । पण्डितले चाँदीको ढकनी भएको सुनको सन्दुस भित्र बालखीलाई राखेर नदीमा बगाई दिने सल्लाह दिन्छ र सोही अनुसार नदीमा बगाई दिन्छन् ।
बालखीलाई नदीमा बगाएपछि रानी छटपटिन्छन् । दुधे बालखीलाई दूध खुवाउने बेला यो मेरो छाती चर्कियो, मुटु दुख्यो, मलाई मेरो बालखी चाहियो भनी रुन्छिन् ।
माथितिर काली गंगा र तलतिर समुद्रको बिचको सेरोफेरोमा जलेरीको रुपमा पण्डित र कुमालेको भेट हुन्छ । दुवैजनाले एकआपसमा मीत लगाउँछन् । जाल हानी सुनको सन्दुस हात पार्छन् । सुनको सन्दुसबारे सबै कुरा थाहा पाएको जलेरीले कुमालेलाइ सन्दुस वा सन्दुसभित्रको सामान कुन लिने भनि सोधछ । कुमालेले सन्दुस भित्रको सामान लिने भन्छ । सन्दुस भित्रकोृ बालखीको मृत्यु भैसक्यो भनि ढुक्क भएको जलेरीले सन्दुस खोल्छ । सन्दुसभित्र बालखी जिउदै रहेकाले कुमालेले बालखी लिएर आफनो बाटो लाग्छ र सुनको सन्दुस लिएर जलेरी आफनो बाटो लाग्छ ।
आफनो घरद्वार नभएको, धनसम्पत्ति नभएको र इष्टमित्र समेत नभएको कारणले अत्यन्तै चिन्तित कुमालेले बालखीलाई के खुवाउने के लगाइदिने कहाँ राख्ने भनी उसको हृदय रुन थाल्छ ।
बालखीलाई लिएर भौतारिदै हिँडेको कुमालेको चौरैभरि भैसीगोठ बन्छ, पाखो भरि गाईगोठ हुन्छ, बुगेन भरि भेडी गोठ बन्छ, ठाउँ ठाउँमा धारो पानी, ठाँटी र पौवा बन्छ । कुमालेको पातीको झुपडी नौतले दरबार बन्छ । यसरी कुमालेका दुखका दिनहरु जान्छन् र सुखका दिनहरु फर्किन्छन् ।
पुर्णिमाको जुन जस्तो उज्याली बालखी अब योवनामा प्रवेश गर्छिन् । बगैचामा साथीहरुसंग खेल्न गएकी कुमालेकी चेलीमाथि सिकार खेल्न आएका राजाका सिपाहीहरुको नजर पुग्छ र यो कुरा सिपाहीहरुले राजालाई सुनाउँछन् । राजा आफै पनि कुमालेकाी चेलीलाई हेर्न पुग्छन् । उनको रुप सौन्दर्यले राजा मोहित हुन्छन् । राजाले विहेको प्रस्ताव कुमाले समक्ष राख्छन् । कुमालेले प्रस्ताव स्वीकार गर्छ र लगन जुराएर खबर पठाउँछ ।
बिहे गर्न कुमालेको दरबारमा जन्त पुगे पछि कुमालेकी चेलीलाई लत्ताकपडा र गरगहना पहिराउनका लागि बुझाउँछन् । “बाबाले दिएका गरगहना र लत्ताकपडा हरेक चेली लगाउँछन्, त्यसैले मैले पनि लगाउँछु” भनी कुमालेकी चेलीले राजाले ल्याएका गरगहना र लत्ताकपडा पहिरिन्छिन् ।
शिर देखी पाउ सम्म सिँगारिएकी कुमालेकी चेलीलाई विवाहको जग्गेमा बसाउँछन् । राजाले सिन्दूर दिन्छन् । यस पछि कुमालेकी चेलीले “बाबैजुले दिएको सिन्दुर कोही चेली पहिरिदैनन्, मै चेली नि पहिरिन्न” भनी सिन्दुर अस्वीकार गर्छिन् । यस्तो कुरा सुने पछि राजा अलमल्ल पर्छन् र कुमालेलाई एकान्तमा साँचो कुरा के हो भनि सोधछन् । कुमालेले सबै वृतान्त सुनाउँछ । राजाले रानीलाई एकान्तमा बोलाएर बालखी हाम्री रहिछन् भनी सुनाउँछन् । यति सुने पछि रानीले बालखीलाई अँगालो मारेर रुन्टिन्, म्वाइ खान्छिन् र भगवानलाई पुकार्र्दै काखमा राख्छिन् । राजा, रानी, र सारा जनताले खुसीका आँसु झार्छन् र आफनो दरवार फर्किन्छन् । बालखीको गलत भविष्यवाणी गरेका षडयन्त्रकारी पण्डितलाई बोलाएर फाँसीको सजाए दिन्छन् ।
यही कथासारमा तिहारमा सोरठी नाच आज सम्म गाउँघरमा नाचिने चलन कायम छ । यस पुस्तकमा सोरठी नाचमा प्रयोग हुने गितको बोल समेत भएको र नाचका लागी गरिने पूर्व तयारी समेतका बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ । मलाई त यस पुस्तकले धेरै जानकारी दियो । पुरानो संस्कृतिको संरक्षणमा यसले टेवा पुरयाउने विश्वास लिएको छु ।
पुस्तककालागी मगर अध्ययन केन्द्रमा ९८५११४२२१२ र लेखिका प्रतिभालाइ ९८४७२७९१२२ मा सम्पर्क गर्नु हाेला । धन्यवाद ।

Sunday, October 27, 2019

संगीत सर्जक समेत मानिने गन्धर्वहरू


सारंगी बजाएर मात्रै चल्दैन अब गुजारा
कार्तिक ९, २०७६पर्वत पोर्तेल
झापा — नेपालकै होचो स्थान केचना (कचनकवल) को वडा नम्वर २ मा वस्छन् ४२ घर गन्धर्व परिवार उनीहरू सारंगी रेट्दै गाउँटोल घुमेर जिविका चलाउँछन् उनीहरूले बजाएको सारंगीको सुरिलो धुन सुनाएर धेरैले मनोरन्जन लिन्छन् संगीत सर्जक समेत मानिने गन्धर्वहरूको अवस्था ने दयनीय छ
हाम्रो आर्थिक, सामाजिक र शैक्षिक अवस्था जर्जर छ’, स्थानीय शिव गन्धर्वले सुनाए जातीय पेशाको रुपमा रहेको सारंगी बजाउने कामलाई अझै पनि धेरैले निरन्तरता दिइरहेका छन्

नेपाल र भारतका विभिन्न गाउँसहरसम्म पुगेर उनीहरू सारंगीको मिठो धुन सुनाउँछन् यो गाउमा तीन पुस्तादेखि गन्धर्वहरू सारंगी रेट्दै हिडिरहेका छन् तर, हजुर वुवा पुस्तामा जस्तो अवस्था थियो अहिले पनि उस्तै छ ‘हाम्रो अवस्था जस्ताको तस्तै छ’, शिवले भने ‘पहिला हाम्रा वावु, वाजेको जे हाल थियो अहिले हाम्रो पनि उस्तै छ।’

गन्धर्वहरू नेपालवाहिर जहाँजहाँ नेपालीहरूको वसोवास छ, त्यहाँ पुग्छन् ‘नेपालतिर भन्दा भारततिर हाम्रो गीत वढी मन पराउछन्’, लामो समयदेखि सिक्किममा वस्दै आएका टेकेन्द्रले सुनाए,‘यता भन्दा उतै हामीलाई वढी महत्व दिन्छन्।’

लोपोन्मुख दलित
पहाडे दलित समुदायमा पर्ने गन्धर्व समुदायलाई ‘गाइने’ पनि भनिन्छ तर, गाइने भनेको उनीहरूलाई मन पर्दैन होच्याए जस्तो ठान्छन् कम जनसंख्या भए पनि सरकारले लोपोन्मुख जातिमा सूचीकृत नगरेकाप्रति असन्तुष्टी गन्धर्वहरूको उद्गम थलो कास्कीको बाटुलेचौर हो पछिल्लो समय पूर्वको झापादेखि सुदुरपश्चिमसम्म छरिएर वसेका छन्

२०२७ सालको झापा अहिले जस्तो थिएन सवै जंगलले ढाकेको थियो औलोको माहामारी थियो त्यो वेला झोडा फाँडेर वसोवास गर्नेहरू बहादुर ठानिन्थे अगुवा हर्कवहादुर गन्धर्व सम्झन्छन्,‘हो हामी त्यही समयमा झापा झरेका हौ।’ ०६८ को जनगणना नुसार गन्धर्व जातिको जनसंख्या ७ हजार सात सय छ झापामा ४२ घरधुरी जनसंख्या सय

यिनीहरूको पेशा भनेकै सारंगी वजाउनु हो सारंगीवाटै धेरैको गुजारा चलेको उनीहरू खेती किसानी मजदुरी पनि गर्छन् आफू पर्याप्त जमीन छैन अर्काको अधिया जमीन खेनजोत गर्छन् गन्धर्व समुदायको उत्थान गर्ने उद्देश्य राखेर २०६७ सालमा पूर्वान्चल गन्धर्व सांस्कृतिक उत्थान समाज नामक संस्था स्थापना गरेका छन्

संस्थाका अध्यक्ष कड्क गन्धर्वका अनुसार यो समुदायको सवभन्दा ठूलो समस्या भनेकै आर्थिर्क र शैक्षिक हो ‘सारंगी मात्रै वजाएर गुजारा गर्नु पर्ने अवस्थाका कारण अवस्था नाजुक छ’, कड्क भन्छन्,‘पढेलेखेका पनि ज्यादै कम्ति छन्, कसैको दिगो जागिर पनि छैन

संस्थाका महासचिव रविन गन्धर्वका अनुसार यो समुदायमा कुल जनसंख्याको १७ प्रतिशत अल्प शिक्षित छन् नाजुक आर्थिक अवस्थाका कारण च्च शिक्षा अध्ययनमा समस्या छ केहीले वडो दुखका साथ स्नातक केहीले डिग्रीसम्म गरेका छन्

यो समुदायको आफ्नै भाषा भए पनि लोप हुने अवस्थामा पुगेको छ ‘पछिल्लो पुस्ताले भाषा, संस्कृति सवै भुलिसके’, अगुवा गोविन्द गन्धर्वले सुनाए,‘हाम्रो अलग्गै भाषा पनि भन्दा हाम्रै मान्छेले पनि पत्याउन छाडिसके।’ लिपि भने छैन ‘पार्सी भाषा जस्तो छ’, भूपाल गन्धर्वले भने, ‘घरमा र परदेश गएका वेला एकआपसमा वोल्छौ।’ संगीत पिङगुल स्वर लिपी पनि तर, यो लिपी वुझ्न सक्ने अगुवाहरू छैनन्
प्रकाशित : कार्तिक ९, २०७६ १०:२२


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...