Showing posts with label Archeology. Show all posts
Showing posts with label Archeology. Show all posts

Wednesday, October 16, 2019

लिच्छविकालीन अनन्तलिङ्गेश्वरको पुनर्निर्माण सकियो


लिच्छविकालीन अनन्तलिङ्गेश्वरको पुनर्निर्माण सकियो
भाद्र २६, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — भूकम्पका कारण क्षतिग्रस्त लिच्छविकालीन अनन्तलिङ्गेश्वर महादेव मन्दिर पुनर्निर्माण सकिएको छ सातौं शताब्दीमा नरेन्द्रदेवले प्यागोडा शैलीमा बनाएको लिच्छविकालीन मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो 
लिच्छविकालन प्यागोडा शैलीको मन्दिर १९९० सालको भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण गर्दा गुम्बज शैलीमा बनाइएको थियो सोही गुम्बज शैलीको मन्दिर पनि ०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएको थियो

क्षतिग्रस्त मन्दिरलाई १९९० सालअघिकै शैलीमा पुनर्निर्माण गरिएको मन्दिर संरक्षण तथा विकास समिति अध्यक्ष शालिकराम न्यौपानेले बताए इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठको ‘अनन्तलिङ्गेश्वर’ पुस्तकमा १९९० सालको भूकम्प अघि अनन्तलिङ्गेश्वर मन्दिर नेपाली शैलीमा बनेको तीनतले थियो

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरका अनुसार यो पल्ट १ करोड ६३ लाख २९ हजार ६ सय ८८ लागतमा मान्दिर पुननिर्माण गरिएको हो करिब दुई वर्ष खर्चेर बनाइएको अनन्तलिङ्गेश्वर महादेव मन्दिरको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले संयुक्त रूपमा उद्घाटन गरे

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणको नाममा पुरातात्त्विक संरचनाको विनाश हुन नहुने बताए पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले लिच्छविकालीन मन्दिर मन्दिरवरपर निर्माण गर्न लागिएको गुरुयोजना सम्पन्न गर्न समन्वय, ऐक्यबद्धता आवश्यक भएको बताए

अर्का पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरका धेरै क्षेत्रहरू विश्व सम्पदामा सूचीकृत भएका र यहाँका महत्त्वपूर्ण धार्मिक स्थल भएकाले भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी विकास गर्नुपर्ने बताएप्रकाशित : भाद्र २६, २०७६ ०७:३०


मौलिक शैली गुम्दै हिरण्य महादेव मन्दिर


मौलिक शैली गुम्दै हिरण्य महादेव मन्दिर
भाद्र ३१, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — राजधानीको थापाथलिस्थित जंग हिरण्य हेमनारायण मन्दिरको पुनर्निर्माण रोकिएको छ मौलिक शैलीमा पुनर्निर्माण नभएपछि सरोकारवालाले मन्दिर निर्माणमा रोक लगाएका हुन् 
माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर राख्नुपर्ने भए पनि सामान्य गजुर मात्र राखिएको छ त्यस्तै तेस्रो तल्लाको चारै कुन्नामा राखिएको चार सिंह (मेघ, मल्ल, सिंह र सधुन) पनि सफा नगरी राखिएका छन्

मन्दिर मौलिक स्वरूपमा नबनाएकाले पुनर्निर्माणमा रोक लगाएको काठमाडौं महानगर–११ का अध्यक्ष हीरालाल तण्डुकारले बताए ‘पुरातत्त्व विभागले निर्माण गरेको मन्दिरमा नागसहितको गजुर नराखी अर्कै गजुर राखिएकाल पुनर्निर्माणमा रोक लगाएको हो,’ उनले भने हाल विभागलाई मौलिक शैलीमा नै पुनर्निर्माण गर्न निर्देशन दिइएको उनले बताए

पुरानो मन्दिरको माथिल्लो भाग शिखर शैलीको थियो भने, अहिले उक्त भाग मण्डप शैलीतिर ढल्केको छ ती भाग पनि चर्किएको स्थानीयको भनाइ मन्दिर शिखर शैलीमै बनेको भए पनि आकारमा परिवर्तन आएकोे पुरातत्त्व विभागका प्रवक्ता रामकुमार कुँवर बताउँछन् मन्दिरको आकारमा परिवर्तन आएको स्थानीयको गुनासो तर आकारको अहिलेसम्मननापेको भनाइ

मन्दिरको काम बाँकी भएकाले रोकेको छ,’ उनले भने, ‘त्यसैले गजुर पनि राखिको छैन, हराएको भने होइन।’ मन्दिरको पुनर्निर्माण नसकिएकोले गजुर नराखेको उनको भनाइ करिब एक महिनापछि मन्दिरको काम सुरु हुने उनले बताए।२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्‍याएको थियो पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मेवारी पाएपछि २०७३ सालमाठेक्का दिएको थियो

बीचमा निर्माण केही समय रोकिए पनि २०७५ मा सकाउने लक्ष्य लिइएको मन्दिर भने हालै मात्र निर्माण सम्पन्न भएको हो जंगबहादुर राणाले विसं १९३१ मा थापाथलीस्थित वाग्मती किनारमा उक्त मन्दिर बनाएका थिए

उक्त कालमोचन घाटमा नै राणाले नारायण, लक्ष्मी र सरस्वतीका मूर्ति स्थापना गरी गुम्बज शैलीमा तीनतल्ले ‘जगं हिरण्य हेमनारायण मन्दिर’ निर्माण गरेका थिए माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर तेस्रो तल्लाको चारै कुन्नामा चार सिंह राखी स्थापना गरिएको मन्दिर अगाडि भने जंगबहादुरकै पूर्णकदकोप्रतिमा रहेको छ

बेलायत यात्राबाट फर्केपछि उनले रानी र छोराको नाममा उक्त मन्दिर निर्माण गरेका थिए करिब ३० रोपनी क्षेत्रफलमा निर्माण गरेको मन्दिर परिसरलाई कालमोचन घाट पनि भनिन्छ हेमनारायण मन्दिरको अगाडि राणा खानदानी किरिया बस्ने गर्दछन् त्यहाँ संन्यासी, उदासी र वैरागी गरी तीन अखडारहेका छन्प्रकाशित : भाद्र ३१, २०७६ ०७:३४


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...