Tuesday, November 27, 2018

The Chindits in Mogaung Campaign


"The Chindits, known officially as the Long Range Penetration Groups, were special operations units of the British and Indian armies, which saw action in 1943–1944, during the Burma Campaign of World War II.The creation of British Army Brigadier Orde Charles Wingate, the Chindits were formed for raiding operations against the Imperial Japanese Army, especially long-range penetration: attacking Japanese troops, facilities and lines of communication, deep behind Japanese lines. Their operations were marked by prolonged marches through extremely difficult terrain, by underfed troops often weakened by diseases such as malaria and dysentery. There is controversy over the extremely high casualty rate and the debatable military value of the achievements of the Chindits." Wikipedia
The family of a soldier also spend their life as soldier. They carry the memories of war in their life. This is reflected by one of the hand-woven art-work by a spouse of a Gorkha soldier from 5/5 GR (Gorkha Rifles), who had fought Mogaung Campaign of Burma in WW II.

Sunday, November 25, 2018

Dhimal people of Nepal

वि.सं. २०३९ सालमा प्रकाशित यस पुस्तकको प्रकाशकीयमा नेपाल राजकीय प्रज्ञा प्रतिषनका तत्कालीन उपकुलपति माधवप्रसाद घिमिरे लेख्नु हुन्छ, ‘‘लोकधर्म सहज विश्वासमा अाधारित हुन्छ । भावनाशील हुन्छ । विशिषट धर्मकाे मूल अाधार पनि विश्वास हो, तर त्याे चिन्तनशील हुन्छ । विराटकाे उपस्थितिकै अनुभूति गर्नु र त्यसका अशीषबाट मनुषय अश्वस्त रहनु यहीनै सारा धर्मको विशेषता हो । लोकले विराट सत्ताको अाभासलार्इ अाफनै प्राकृतिक परिवेश र अाफनै दैनिक जीवनकाे सीमा भित्रै सीमित राख्छ र त्यसलार्इ जीवनमुखी बनाँउछ । तर विशिषट धर्मले त्यो विराट सत्ताको अाभासलार्इ दर्शनमा ढाल्छ र त्यसलार्इ लोकोत्तर बनाँउछ ।’’
यस पुस्तकका १४ खन्डमा जाति परिचय, गाँउ तथा घर, थर र उपथर, वेशभूषा तथा रूपसज्जा, खाना र यस संग प्रचलित प्रचलन, लोक खेल र मनाेरन्जन, लोक देविदेवताहरू, पुजाअाजा, लोक चाडपर्वहरू, लाेकगीत, लोकनृत्य, धामी एवं अाेझा परम्परा, रोग, व्याध र अाैषधोपचार तथा लोक विश्वास र परिशिषट छन् ।
यस पुस्तकका लेखक तुलसी दिवस नेपालका जात–जातिका बारेमा अनुसन्धान गर्ने एक मुर्धन्य विद्वान हुनुहुन्छ । उहाँमा म यसै अवसरमा अाफनो फेसबुक पेजमा यस्ता खोजका बारेमा पाठक हरूका लागी सामग्री राखी दिनु भएमा अाभारी हुने थियाैं भन्ने विचार राख्ने दुस्साहस गर्छु ।

Darjeeling and Nepal


Saturday, November 24, 2018

तामाङ राजासँग पृथ्वीनारायण शाहको युद्ध


तामाङ राजासँग पृथ्वीनारायण शाहको युद्ध

इतिहास

कार्तिक २७, २०७५राजकुमार दिक्पाल

काठमाडौँ — तिमाल क्षेत्रलाई तामाङहरुले आफूहरुको ऐतिहासिक महत्वको क्षेत्र मान्दै  आएका छन् । झिंगु, रोशी र सुनकोशी नदीले छुने मध्यपहाडी बेँसी भेगमा रहेको तिमाल क्षेत्रले  महत्वपूर्ण इतिहास र सांस्कृतिको विरासत बोक्दै आएको छ 

हरेक वर्षका चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध स्तुपमा तामाङहरुको ठूलो तीर्थयात्रा हुन्छ। यसको भोलिपल्ट अर्थात् चैत पूर्णिमामा तीर्थालुहरु बालाजुको बाइसधारामा स्नान गर्न पुग्छन् र उनीहरुको यो तीर्थयात्रा स्वयम्भूमा दीप प्रज्वलन, दानदक्षिणा र पूजापाठसम्म पुग्छ। यसरी दुई दिनसम्म लाग्ने यो तीर्थ यात्राको नाम 'तिमाल जात्रा' हो। तिमाल क्षेत्रका अन्तिम शासक रिन्छिन दोर्जेले पनि यो जात्रामा सहभागिता जनाएका हुनाले पनि तामाङहरुले यसलाई महत्वपूर्ण सांस्कृतिक र ऐतिहासिक विरासतको रुपमा लिँदै आएका छन्।



रिन्छेन दोर्जेः प्रामाणिक शासक

तामाङहरुले आफ्नो अन्तिम राजा मानेका तत्कालीन तिमालका स्थानीय शासक रिन्छिन दोर्जेका बारेमा अनुश्रुतिका आधारमा इतिहास लेखिएको पाइन्छ। तर उनी स्थानीय शासक हुन् भन्ने प्रामाणिक आधार प्रकाशमा आइसकेको छ। पुरातत्व विभागको मुखपत्र 'प्राचीन नेपाल' पूर्णाङ्क ९१ (पुस–माघ २०४२:६)मा चन्द्रप्रसाद त्रिपाठीले लेखेको 'प्राचीन तामाङ बस्तीः तिमालको इतिहासमा प्रकाश' शीर्षकको लेखमा मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले रिन्छिनको नाममा जारी गरेको एक ताम्रपत्र छापिएको छ। तिमाल कल्लेरी निवासी भूपू न्यायाधीश धर्मप्रसाद पाण्डेले सुरक्षित गरिराखेको यो ताम्रपत्रमा जग्गा विर्ता दिइएको भनी लेखक त्रिपाठीले उल्लेख गरेका छन्। विक्रम सम्वत १८१९ भाद्र सुदिमा हरिहरपुरबाट रिन्छिन दोर्जेका नाममा जारी गरिएको ताम्रपत्रको ब्यहोरा यस्तो छः



(विरु) दावली विराज मानन्नत श्री

मत्महाराजधिराज

श्री श्री श्री द्दिक्वन्धन सेन देवदेवाना सदा

समय विजइ नाम

आगे रिजिन मिझारको कल्या मटे

य मरि १० लाक्या मद्दे वाझो मुरि ६०९

...पहरो पश्चिम सालको ...

ढलो उत्तर कोसी पूर्व डाडो ल्व (कि)

ल विर्ता गरि दियोको छ च...

वा गरि षातिरजामा सा वित

नु विर्ताका सरह सेवा गर्नु घडे

रि पाथि तिन विव जान्या...

मा गरि दियाको छ इति सम्वत १८

१९ भाद्र सुदि... हरि

हरपुरमा आगे सुक्रिविक्री सरिषानु



मकवानपुरका तत्कालीन राजा अर्थात् अन्तिम राजा दिग्वन्धन सेनले हरिहरपुरबाट रिन्छेन दोर्जेलाई यस्तो ताम्रपत्र पठाएको देखिएकोले उनी तिमाल क्षेत्रका स्थानीय शासक भएको प्रमाणित हुन्छ।



तिमाल हात लिने गोरखाली तयारी

पृथ्वीनारायण शाहले सुरुमा उपत्यका कब्जा गर्न वरिपरिका साना राज्यहरुलाई हात लिँदै उपत्यकालाई घेर्दै लैजाने नीति बनाएको देखिन्छ। यसका लागि तामाङहरुको आवाद रहेको र उनीहरुकै जातिको शासक रहेको तिमालकोट आक्रमण गरी त्यसलाई हात लिन पृथ्वीनारायण शाहले व्यवस्थित र गम्भीर तयारी गरेको देखिन्छ।



यहीँ अभियानअन्तरगत नेपाल राज्य अर्थात् काठमाडौं उपत्यकालाई घेर्दै जाने क्रममा गोरखाली सेना शिवरामसिंह बस्नेतको नेतृत्वमा साँगाभञ्ज्याङमा उत्रेको यियो। त्यो समयमा पलाञ्चोक आसपासका बगाले थापाहरु गोरखालीहरुको त्यो अभियानबाट सशंकीत भए। गोरखालीहरुलाई भगाउने जिम्मा काशीराम थापाले कान्तिपुरका राजा जयप्रकाश मल्लबाट प्राप्त गरे। बाबुराम आचार्यद्वारा लिखित 'श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी ' (२०६१:१७१–१७६)मा पलाञ्चोक क्षेत्रका बगाले थापाहरुलाई कसरी पृथ्वीनारायण शाहले हात लिए भन्ने प्रसङ्ग पढ्न पाइन्छ।



आचार्यअनुसार काशीराम थापाको नेतृत्वमा रहेको कान्तिपुरका सेनाले आक्रमण गर्दा साँगाभञ्ज्याङमा उत्रेको गोरखाली सेनाका सेनानायक भारदार शिवरामसिंह बस्नेतलाई नै मारिदिएपछि गोरखाली सेना नुवाकोट फर्क्यो। यसबाट जयप्रकाश मल्लको खुसीको सीमा रहेन। यता काशीराम थापा थप उत्साहित हुँदै नुवाकोट पनि कान्तिपुरलाई फिर्ता गरिदिने उद्योगमा लागे। तर उनी हारे। यता जयप्रकाश मल्ल उनीसँग रिसाए। नुवाकोट कान्तिपुरलाई फर्काउने उद्योगमा असफल भएपछि काशिरामलाई बोलाए।



जयप्रकाश मल्लले भन्नेबित्तिकै उनी कान्तिपुर आएनन्, पछि देउपाटननेरको कुटुम्बहीमा डेरा गरी बसे। जयप्रकाश स्नान गर्ने बाहनामा आएर काशिरामलाई मराए। काशिरामको हत्यापछि उनका भाई परशुराम थापा जयप्रकाशसँग क्रुद्ध भए। यो परिस्थिति बुझिरहेका पृथ्वीनारायण शाहले परशुरामलाई नुवाकोट बोलाए। त्यो बेला परशुराम जयप्रकाशसँग फुटेर भक्तपुरका राजा रणजीत मल्लको बफादार भएका थिए। पृथ्वीनारायणले उनैलाई साँखु र चाँगुमाथि आक्रमण गर्न लगाई त्यो कब्जा गरी आफ्ना मितबुवा रणजीत मल्ललाई सुम्पे।



यस्तै चालवाजीअनुसार पृथ्वीनारायण शाह पलाञ्चोकका थापाहरुलाई पनि हात लिँदै रहेका थिए। यता बगाले थापाहरु पनि पृथ्वीनारायण शाहसँग मिल्न लालायित थिए, यस घटनालाई पुष्टि गर्ने एक लालमोहर इतिहासकार मोहनप्रसाद खनालले आफ्नो पुस्तिका 'पृथ्वीपत्र संग्रह भाग १' (२०१८:१०)मा प्रकाशमा ल्याएका छन्। लछिमन थापाको नाममा पृथ्वीनारायण शाहले जारी गरेको लालमोहरको व्यहोरा यस्तो छः



स्वस्ति श्री गरिराज चक्रचूडामणि नरनारायणेत्या

दि विविध विरुदावलिविराजमानोन्नत श्री

मन्महाराजधिराज श्रीश्रीश्री मत्पृथ्वीनारायण साहदे

वानां सदासमरविजयिनाम्।

आगे लछिमन थापाके आसिषपूर्वक पत्रमिदं यहाँ कुु

सल तहाँ कुसल चाहिये पत्र आयो अर्थ मालुम भयो यहाँको

समाचार निको छ. उप्रान्त हिजो पनि मईले तेरो पिछा लि

याकै हो तैलेई कपट घाली विर्‍या धामिको नेल काट्न ला

ईस् तेरै भर परि नेल काट्यां आज उ पारिको भोट्या उठाई

चमक्या छ अरु कौनै तेरो विराउ छैन धर्म भागि

पिछा पर्छस् त हाम्रा काजि साथै कविला पठा.तेरो जति

हो तति वकसुला. उप्रान्त तिमालको काज पुर्‍याऊ छु

भनि विन्ती पारि पठाइछस् भलो हो. सकन्या भया आ

ट. भदउका दिन नसकी जैसिले साइत दियानन्

ततिन्जेलसंम भोट्यालाई संझाईबुझाई थामन्या काम

गर. अरु बाँकी काजिकै मोहर देषत गर. इति सम्वत्

१८१९ भाद्र शुदि १ रोज ६ शुभम्



यस लालमोहरमा व्यक्त गरिएको भाकाअनुसार लछिमन थापाले बिरे धामी नामका व्यक्तिको नेल काटेर भगाएको, बीरे पारी अर्थात् तिमाल क्षेत्रमा गई भोटे अर्थात् तामाङहरुलाई उक्साएको र उनीहरु पनि आवश्यक परे युद्ध लड्न तयारी अवस्थामा रहेको बुझिन्छ। साथै यस लालमोहरबाट तिमालको युद्धमा लछिमन थापाले पृथ्वीनारायण शाहलाई आवश्यक सहयोग गर्ने खबर पठाएको र उनलाई पृथ्वीनारायण शाहले तिमालका तामाङहरुलाई सम्झाउँदै बुझाउँदै गर्न पनि आदेश दिएको बुझिन्छ।



तिमालको त्यो युद्ध

पृथ्वीनारायण शाह कुनै पनि क्षेत्रमा युद्ध वा आक्रमण गर्नुअघि ज्योतिषलाई साइत हेराउन लगाउँथे। माथि उल्लेखित लालमोहरअनुसार तिमाल क्षेत्रमा आक्रमण गर्न भदौ महिनाभर ज्योतिषले साइत दिएनन् भन्ने स्पष्ट हुन्छ। असोज लाग्नासाथ गोरखालीहरुले तिमाल क्षेत्रमा आक्रमण गरे। यस युद्धमा त्यो समयमा नाम चलेका गोरखाली भारदार र सैन्य अधिकारीहरुले त्यो आक्रमणमा भाग लिएका थिए। 'भाषा वंशावली' लाई उद्धृत गर्दै इतिहासप्रधान पत्रिका 'पूर्णिमा' पूर्णाङ्क १४(श्रावण, भाद्र, आश्विन २०२४:१४४)मा पृथ्वीनारायण शाहको भाकामा यस्तो छापिएको छः



मकवानपुर सर भयो। तिमाल र सिन्धुली फत्ते भयो। अब मैले तिमाल र सिन्धुली हानामा हो भनी आफ्ना मन्त्रीवर्गसित सल्लाह गरी तिमाल हान्न भना सर्दार दलजित शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र शाही, जेठाबुढा रामकृष्ण कुँवर प्रभृति नजिकी, द्वार्‍या, उमराव गैह्रथरघर मालमानिस समेत फौज विदा गर्नुभयो, लस्कर। लिई भाइभारदारले तिमालकोट हान्या। हान्दा ३०० गीड पर्‍याका।



भाषा वंशावलीको यो वर्णनबाट तिमालको त्यो युद्धमा तीन सय जना मारिएका स्पष्ट हुन्छ। यसबाट तत्कालीन तामाङ राजा अर्थात् स्थानीय शासक रिन्छिन दोर्जे पनि मारिए भन्ने अनुश्रुति तिमाल क्षेत्रमा पाइन्छ। उनलाई शान्ति सम्झौता गर्ने बाहनामा सुनकोशी बगरमा निशस्त्र आउन खबर पठाइएको र त्यहीँ सर्तअनुसार उनी त्यहाँ पुगेका तर गोरखालीहरुले सुनकोशी किनारमा बालुवामा लुकाएर राखिएको हतियार झिकी रिन्छिन दोर्जे लगायत उनका मानिसहरुको हत्या गरिएको अनुश्रुति बटुलेर तिमाल क्षेत्रकै स्थानीय बासिन्दा लेखक लिलाबहादुर दोङ तामाङले आफ्नो पुस्तक 'तेमाल दरबार र तामाङ राजाहरु' (२०६०:३०–३४)मा यस्तो उल्लेख गरेका छन्ः



त्यो समयमा राजा रिन्छिन दोर्जे आफूसँग बाँकी रहेको राज्यलाई जोगाउन सैनिक दस्ता तयार पार्दै थिए। उनलाई शान्ति सम्झौताका लागि झिंकु खोला र सुनकोशी नदीको बगरमा आउन गोरखाली पक्षबाट बोलाइयो। रिन्छिनका भाईभारदारहरुले गोरखाली पक्षप्रति अलि शंका व्यक्त गरे, तर भाईभारदारको कुरा रिन्छिनले सुनेनन्। उनी बिना हातहतियार वार्ता स्थलमा पुगे। उनी घोडामा चढी वार्तास्थलमा पुगेका थिए।



उनलाई पलाञ्चोके काजीले स्वागत गरे। वार्ताका लागि बस्दै उनले सोधे, 'राजा चाहिँ वार्ताका लागि किन नआएको?'



षडयन्त्रको आभास भएपछि आफ्नो घोडामा चढेर उनी त्यो ठाउँबाट भाग्न खोज्दा बालुवामा यसअघिनै लुकाएर राखिएको हतियार गोरखाली पक्षबाट झिकियो, भाग्दै गरेका रिन्छिन दोर्जेमाथि भोगथुम्का भन्ने ठाउँमा प्रहार भयो र उनी ढले। उनको टाउको सुनकोशी नदीमा बगाइयो।



यस युद्धमा तामाङ सैन्यमा ठूलो क्षति पुग्यो। यता गोरखाली पक्षले पनि सानोतिनो क्षति बहोर्न पर्‍यो। जंगबहादुर राणाको जिजुबुवा र बलभद्र कुँवरका ठूला हजुरबुवा त्यो समयको चर्चित सेनानायक रामकृष्ण कुँवरका एक जना भाईले यस युद्धमा ज्यान गुमाए। यस विषय खुल्ने एक लालमोहर रेग्मी रिसर्च सेरिज वर्ष ४ अङ्क ५ (डिसेम्बर, सन् १९७२:९४–९५) मा पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरको नाममा लेखेको लालमोहरमा उल्लेख छ। 'किरात राज्य जित्नका लागि म तिम्रै भर परेको छु, तिम्रा बुद्धि र तरबार बिना किरात फत्ते गर्न सक्दिनँ, तिम्रा भाई जब तिमालमा मारिए, त्यो बेला म निक्कै दुःखी भएको थिएँ' भन्दै किरात फत्ते गर्न रामकृष्ण कुँवरलाई लालमोहरमा उत्साहित गरिएको छ।



कीर्तिपुरबाट बुधबार आश्विन ५ मा लेखिएको यो लालमोहर विक्रम सम्वत् १८२९ लेखिएको हुन सक्ने इतिहासशिरोमणि आचार्यको अनुमान छ। किरात जित्न १८२९ भदौ १३ मा रामकृष्ण दूधकोशी तरिसकेको आधारमा आचार्यले यस्तो अनुमान गरेका हुन्।



मित्रताको नाममा धोका

तिमाल क्षेत्रमा प्रचलित अनुश्रुतिअनुसार तामाङ शासक रिन्छिन दोर्जेको षडयन्त्रमूलक ढङ्गले कसरी हत्या गरियो भन्ने प्रसङ्ग माथि परिसकेको छ। यसबारे मूलधारका भनिने इतिहासकारहरुले छर्लङ्ग हुने गरी लेखेको हालसम्म पाइएको छैन। तर आधिकारिक मानिने सरकारी निकाय, स्वयम् राजदरबारले प्रकाशित गरेको तथा इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेको इतिहासहरुमा पृथ्वीनारायण शाहका पूर्खा तथा उनी स्वयम्ले मित्रताको नाममा अघिल्लै समय हतियार जमिनमुनि गाडिराख्ने र जोसँग मित्रता गाँस्ने हो, त्यो पक्षलाई बिनाहतियार बोलाउने तथा अन्तिममा हतियार झिकेर निशस्त्र आएकाहरुलाई मार्ने गरेको उल्लेख भएको पाइन्छ।



पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ संख्या २८(श्रावण २०३१:२०)मा प्रकाशित ‘गोरखा वंशावली’को राम शाह प्रकरणमा यस्तो एउटा तथ्य पढ्न पाइन्छ।



बारपाकका घले राजा चाग्या र उनका भाई सुर्तानले मित्रताको मनसुवा राखी राम शाहलाई पत्र पठाए। यसबारे राम शाहले ६ थर प्रभृति भारदारहरुलाई सुनाए। भारदारहरुले चाग्या र सुर्तानको फौज धेरै भएको, उनीहरु शारीरिक बलमा पनि बलियो भएकाले उनीहरुलाई हराउन कठिन हुने हुँदा छल गरी मार्नुपर्ने सुझाव राम शाहलाई दिए। यसका लागि चाग्या र सुर्तानलाई हतियार नलिई बालुवाबेंसीमा मित लगाउन बोलाए। यता गोरखालीहरुले भने मित लगाउने अघिल्लो दिन नै बालुवाबेंसीमा गई खुँडा, खुकुरी, तरवार आदि लुकाइ राखे।



ती भारदारहरु राम शाहजस्तै अनुहार परेका ‘चुहान’ नामका व्यक्तिलाई राम शाहजस्तो तुल्याएर राम शाहको दर्शन गरी विदा भएर बालुवाबेंसी गए। चाग्या र सुर्तान पनि पूर्वसर्तअनुसार हात हतियार नलिई आफ्ना लस्करका साथ बालुवाबेंसी आइपुगे। गोरखालीहरुले आफ्नो अनुकुल ठाउँमा उनीहरुलाई राखे। दुवैतर्फ आराम कुशल विषयमा कुराकानी भए। मितेरी लगाउने काम सुरु भयो। त्यहाँ आएका निशस्त्र घले तथा भोटेहरु निशंक भएर मितेरी समारोह हेर्न लागे। त्यतिबेलै गोरखालीहरुले बालुवामा लुकाएर राखिएको हतियार झिकी चाग्या र सुर्तानमाथि प्रहार गरे। चाग्या त्यही मारिए। सुर्तान भाग्न सफल भए।



यस्तो काम पृथ्वीनारायण स्वयंले पनि गरेका थिए भने इतिहास शिरोमणि बाबुराम आचार्यले श्री ५ महाराजधिकार संवाद सचिवालय राजदरबारबाट छापिएको 'श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी' यस्ता प्रसङ्ग छापेका छन्।



आचार्य (२०६१:२०८)अनुसार पृथ्वीनारायण शाह भक्तपुरका राजा रणजीत मल्लको पाहुना भएर बसेको समय उनले रणजीत मल्लबाट एक युवती मैजुकन्या सेवासुसाराका लागि सौगात पाएका थिए। पृथ्वीनारायण नुवाकोट आएपछि ती मैजुकन्या भित्रिनी बनिन्। उनलाई क्षयरोगले समात्यो। उनीलाई देवघाटको बाटो गरी बनारसतिर पठाउँदा तनहुँका राजा त्रिविक्रम सेनले ती मैजु बसेको डोलीको झापन झिकेर उनको मुख हेरिदिए। यो घटनाले पृथ्वीनारायण शाह रिसले चुर भए।



आचार्य (२०६१:२११)अनुसारनै यो घटनाको बदला लिन पृथ्वीनारायण शाहले लमजुङ राज्यलाई फुटाएर आधाआधा गरी बाँड्ने भनी त्रिविक्रम सेनलाई सम्झौताका लागि निशस्त्र आउन भनी ज्यामिरघाटमा बोलाए। तर पृथ्वीनारायण शाहले आफ्ना भारदारहरुलाई अघिल्लै रात बगरका बालुवाभित्र आफ्ना अङ्गरक्षकहरुको हतियार लुकाएर ठीक गरेका थिए।



त्यहाँ पृथ्वीनारायण शाहको भित्रिनीको झपन खोली मुख हेरेको कुरा उठ्यो, विवाद चल्यो। त्यहीँ बेला गोरखालीहरुले बालुवाको लुकाइराखिएको हतियार झिके अनि त्रिविक्रम सेनलाई पक्रिएर नेल हाली गोरखा ल्याए। पछि रिस ठण्डा भएपछि पृथ्वीनारायण शाहले त्रिविक्रम सेनलाई छाडिदिए।



यस्तो षडयन्त्रमूलक घटनाहरुको पृष्ठभूमी भएका कारण भन्न सकिन्छ, तिमाल क्षेत्र पनि त्यहाँका शासक रिन्छिन दोर्जेलाई मारे र, गोरखालीहरुले त्यो क्षेत्र आफ्नो राज्यमा गाभे।प्रकाशित : कार्तिक २७, २०७५ ११:३५


बासडोलमा लिच्छविकाल



बासडोलमा लिच्छविकाल 

शोध

राजा वसन्त देवको आज्ञा सामन्तसहितको अनुमति लिई यो सुनाइयो सामन्तको आफ्नै मान्छे दूतक नियुक्त गरियो 

मंसिर ८, २०७५दीपक अर्याल

काभ्रेपलाञ्चोक जिल्लाको बासडोलमा प्राप्त भएको संवत् ५६९ को शिलालेख ५०० वर्ष लामो लिच्छविकालीन समयको महत्त्वपूर्ण अभिलेख हो राजा वसन्तदेवको १६ तथा समग्र लिच्छविकालीन समयको २४१ वटा अभिलेखमध्येको यस शिलालेखले एकातिर नेपाली इतिहास लेखनमा नयाँ कुरा भन्नेछ भने अर्कातर्फ नेपालका विभिन्न ठाउँमा यस्ता ऐतिहासिक अभिलेख छरिएर रहेको हुन सक्ने संकेत गरेको छ 

थुप्रै वर्षपछि यस्तै ‘गोरेटो’ बाटो हिँड्ने मौका मिल्यो विषय, विधा र पात्र भने फरक थिए काठमाडौं उपत्यकालाई पनौती हुँदै तराई जोड्ने बाटोका ऐतिहासिक सामग्रीहरू हेर्ने एउटा समूहमा पनि मिसिएको थिएँ कुनै नयाँ सामग्री भेटिए हेर्ने, पढ्ने र बुझ्ने मेरो ध्येय थिएन केही पुराना गाउँठाउँ घुम्ने लक्ष्य थियो समूहको नेतृत्व इतिहाविद् योगेशराजले गरेका थिए मेरो इतिहासमा रुचि थियो, ज्ञान थिएन



मलाई १,५०० वर्षअगाडिका ढुंगा, लेखन, लिपि, कसरी पढिन्छ, यसको महत्त्व केहो, त्यस्तो सामग्रीले हामीलाई त्यतिबेलाको सामाजिक, राजनीतिक, आर्थिक व्यवस्थासँग कसरी जोड्छ बुझ्ने लोभ थियो ऐतिहासिक स्रोत–सामग्रीले नेपाली समाजको ज्ञान उत्पादन अध्ययन–अनुसन्धानमा के फरक पारेको ?
स्ता सामग्रीहरूको खोजबिन र संरक्षणमा स्वदेशी, विदेशी, निजी, सरकारी चासो कस्तो छ? यस्ता काममा लाग्नेहरूलाई कस्तो तथ्य, तर्क वा प्रमाणले, कस्तो अनुभव र भेटघाटले रोमाञ्चित बनाउँछ होला? उनीहरूमा कस्तो बेचैनी र छटपटी हुन्छ होला? त्यो समूहसँग हिँड्न लाग्दा मभित्र यस्तै प्रश्न थिए

कात्तिक १७ गते शनिबार दिउँसो भक्तपुरमा हामी ८ जनाको भेट भयो, चिनजान भयो मोटरसाइकलमा साँगा, भैंसेपाटी पुगेर दायाँ उकालो मोडियौं कच्ची बाटो भएकाले बासडोलसम्मको .५० किमि लामो बाटाले सोचेभन्दा धेरै समय लियो



प्राचीनकालमा काठमाडौं उपत्यकाबाट यही बाटो हुँदै पनौती पुगेर तराई झरिन्थ्यो काठमाडौं–बनेपा–पनौतीको मोटरबाटोले यो पुरानो बाटो स्थानीय गाउँ जाने बाटो भयो नयाँ बाटो बनेसँगै पुराना बाटा लोप हुँदै जानु स्वाभाविक थियो बाटो नचलेपछि बटुवाका निम्ति बनाइएका पाटी–पौवा, इनार, कुवा, ढुंगेधारा, कोसेढुंगा र बाटो चिनाउने मठ, मन्दिर र स्तम्भमा लेउ लागेका, झार उम्रेका र पुरिँदै गएका थिए त्यसमाथि ‘विकास ल्याउने डोजर’ ले यस्ता कुरा देख्ने कुरै भएन



यो बाटोमा पनि कति ठाउँमा झारले बाटो साँघुरो बनाएको थियो कति ठाउँमा मोटरबाटोले पुराना बाटाको निसान मेटेको थियो मान्छे धेरै नहिँडेर होला, केही ठाउँमा पुरानो बाटोका डोब मात्र देखा परे बाटो बस्तीको रौनक कम थियो छेउका ढुंगेधारा प्रयोग हुन छाडेका थिए जताततै उम्रिएको झारले त्यसलाई छोपेको थियो यतातिर पनि बस्तीमा ढलानयुक्त घरमा खास रुचि देखिन्थ्यो हामी पुगेको बुढागणेशका मन्दिर सँगैको पाटी पनि नवनिर्माणबाट मुक्त थिएन



हामी १.३० मा बासडोल आइपुग्दा ज्येष्ठ नागरिकहरू मन्दिर छेउमा घाम ताप्दै थिए कार्कीहरूको बाक्लो बस्ती रहेछ तिनकै पहलमा मन्दिर संरक्षणको काम भइरहेको रहेछ मन्दिर निर्माण, पुनर्निर्माणका शिलालेख पनि देखिन्थे

एउटा मन्दिरमा हात्ती आकारको ढुंगा थियो यो गणेश मन्दिरले प्रसिद्ध थियो अर्को मन्दिरमा फरकफरक आकार प्रकृतिका तीन शिवलिंग थिए मन्दिरको मूल शिवलिंग ढोकाबाट छिर्दा दायाँपट्टि थियो एउटा निकै पूजा गरिने शिवलिंग विशेष अग्लो ठाउँ बनाएर राखिएको थियो त्यसको ठीक तल अर्को चारपाटे ढुंगा थियो ५६ गुणा ४५ सेमि आकारको फराक ढुंगामा शिवलिंगमा धेरै पूजा गरेको देखिँदैनथ्यो इतिहासमा रुचि भए पनि धेरै कुरा पर्गेल्न नसक्नेहरूका लागि मन्दिरको बनोटले धेरै पुरानो कुरा भनिरहेको थिएन



हामीलाई देखेपछि मन्दिरसँग सरोकार राख्ने स्थानीय बासिन्दाहरूले चासो देखाए जाने, बुझे र सुनेका सबै कुराहरू राखे मन्दिर कहिले बन्यो, कसले बनायो वा कसले मर्मत गर्‍यो त्यहाँ रहेका शिलालेख कहाँ थिए त्यसलाई कसरी किन त्यहाँ राखियो मन्दिर बनाउने मूर्ति स्थापना गर्नेहरूका सपनामा कुन देवता आए उनीहरूलाई के भने यी विवरण सुनिरहँदा सामान्य जानकारी हुन्जस्तो लाग्दै थियो



तर, फरक बाटो हिँड्ने बानी लागेकाहरूले समाज, संस्कृति, इतिहास वा वस्तुस्थिति सबै फरक तरिकाले हेर्न र सोच्न सक्छन् त्यस्तै काम भयो त्यहाँ सामान्यत: लिच्छविकालमा पाइने ठूला शिलाको लेखभन्दा भिन्न ढुंगाको एक भागमा केही लेखिएको संकेत योगेशराजले भेटे ढुंगा नजिकै गएर हेरे त्यसपछि ढुंगा सफा गर्न पानी मागे पानीले धोए रुमाल निकालेर पुछे फेरि हातले सुम्सुम्याए आँखा लगभग बन्द गरे िनै खाल्टा, रेखामा एउटा नयाँ संसार भेटे नयाँ ज्ञान वा तथ्य पाए अनि सुनाए— १५०० वर्षअगाडिको कुनै राजाको कथा धेरै बेरसम्म



स्पर्शले मात्र सबै अक्षर बुझिएनन् सबै अंक, नाम, ठेगाना वा विवरण प्रस्ट भएनन् त्यसैले उनले ब्रस लिए पुन: सफा गरे अघिभन्दा लेखोट केही प्रस्ट त देखियो उनको हात पहिले जहाँ अलमलिएको थियो, त्यो अक्षर अझै प्रस्ट थिएन मसिना धर्कामा उनका औँला चलिरहे कतै एक पटक, कतै बारम्बार बाहिर ढोकामा भीड बढेको थियो



साना केटाकेटी, युवायुवतीदेखि वृद्धवृद्धाहरूको आँखाले कुन्नि के खोजिरहेका थिए कतै यही एउटा ढुंगाले उनीहरूको ‘पहिचान’ बदल्दैन? गाउँको नाम त फेरिँदैन? नयाँ परिचय त दिँदैन? वा ‘ओझेलमा परेको र धेरैले नचिनेको, नहिँडेको गाउँ फेरि आफ्नो ‘पहिचान’ बोकेर गर्व गर्नलायक त बन्दैन? अनेक शंका–उपशंका, उत्साह, छटपटीमाझ ढुंगामा कुँदिएका अक्षरको बोली सुन्न सबै लालायित थिए



ढुंगा सफा हुँदै गयो अक्षर बिस्तारै प्रस्ट हुँदै गए सबै बुझिने गरी होइन केही अक्षरमा सिमेन्ट लागेको रहेछ केही भाग टुटेका कारणले अक्षर प्रस्ट भएनन् अलमलका माझ उनले भने, ‘यो संवत् ४३४ कोलिच्छविकालीन अभिलेख हो करिब ,५०० वर्ष पुरानो।’ त्यसपछि यसलाई अझ प्रस्ट पार्ने सामान्य विधिको प्रयोग भयो लेखिएको भाग अझ सफा गरियो सुक्खा पिठो दलियो यो ‘चमत्कार’ थियो अघिसम्म नजिकै गएर हेर्नुपर्ने अक्षरहरू पिठो लगाएपछि प्रस्टसँग देखिए खोपिएको भित्री भागमा पिठोले क्षरको ठाउँ लियो अब अक्षरहरू पढ्न सकिने फोटो लिन सकिने भए



त्यसपछि योगेशराजले त्यसलाई यसरी अथ्र्याए : ‘राजा वसन्त देवको आज्ञा सामन्तसहितको अनुमति लिई यो सुनाइयो सामन्तको आफ्नै मान्छे दूतक नियुक्त गरियो आषाढ शुक्लपक्षमा संवत् ४३४ प्वनांगुंमा।’

यसपछि स्थानीयसँग लामो गफ भयो— अभिलेख विषयमा यसको संरक्षणका विषयमा धेरैले आफूले देखेका, सुनेका कुरा सुनाए कोही बारम्बार बोलिरहे कोही धेरै बोल्नै सकेनन् कतिले सुने मात्र कतिले नजिकैमा रहेका अरू शिलालेखको जानकारी दिए कतिले हाल मासिएका धारा, कुवा, पानी र स्तम्भको जानकारी दिए यस क्षेत्रको महत्त्व, प्रचार–प्रसार, पहिचान र विकासका निम्ति सबै चिन्तित थिए



यो शिलालेखले यस भेगको ऐतिहासिकता सिद्ध गर्न मद्दत गर्नेमा सबै विश्वस्त देखिए कसरी प्रचार–प्रसार गर्ने? कसरी यसको संरक्षण गर्ने? कसरी मन्दिर र समग्र गाउँमा मानिसहरूको आवतजावतलाई बढाउने? छलफल भयो स्थानीयका विविध प्रश्न थिए जातीय, धार्मिक, भाषिक वा स्थानीय नाम, समय–काल, बस्ती, राजा–महाराजा, नेपालको इतिहास तथा यस्ता सामग्रीको संरक्षण र समग्र गाउँको चिनारीका विषयमा पनि प्रश्न उठे गाउँकै नाम कुनै समयमा फरक देखियो



यसले पार्ने प्रभावका विषयमा थोरै चिन्ता देखियो पुर्खाका कुरा भए भाषाका कुरा भए पहिचानको कुरा उब्जियो केही प्रश्न जिज्ञासाहरू थपिए तर, यो प्रश्न र जिज्ञासा स्थानीयको मात्र थिएन यो समयमा काम गरिरहेका इतिहासकारहरूमाझ पनि तेर्सिएको थियो तर, सबै प्रश्नको उत्तर दुई पंक्ति र करिब ६० अक्षरबाट सम्भव हुने कुरा थिएन यस्ता प्रश्नहरूको उत्तर सहज छैन



संशोधन मण्डल

काठमाडौं उपत्यकाको पूर्वी भेगमा वसन्तदेवको अभिलेख योभन्दा पहिले भेटिएको थिएन वसन्तदेवका १६ वटा अभिलेख काठमाडौँ पश्चिम थानकोट, बलम्बु, सीतापाइलातिर मात्र फेला परेका थिए थानकोटमा रहेको संवत् ४२८ को अभिलेखलाई वसन्तदेवको पहिलो अभिलेखका रूपमा लिइन्छ उनको अन्तिम अभिलेख संवत् ४५५ को मानदेवलाई पहिलो लिच्छवि राजा मानिन्छ उनका छोरा महिदेवले निकै कम समय शासन र्न पाएका थिए नाति वसन्तदेव सानै उमेरमा राजा भएका थिए



बासडोलको यस अभिलेखसँगै नेपालमा भेटिएका पुराना झन्डै २३९–२४० अभिलेखमा अर्को एउटा थप भएको छ लिच्छविकालीन करिब ५०० वर्षको शासनका २४१ वटा अभिलेखले सो समयका सबै कुरा बोल्न सक्दैनन् निकै कम शब्दहरू मात्र छन् ती शब्द पनि शुद्ध पढ्न, बुझ्न र त्यसबाट अर्थ निकाल्न चुनौतीपूर्ण छ त्यसमाथि लिच्छविकालीन भाषा वा अक्षरले निरन्तरता पाएन



त्यसलाई पढ्ने, अथ्र्याउने र त्यसका विषयमा जानकारी लिने गम्भीर काम धेरै समय भएन जसले गर्दा सम्पूर्ण लेखन पद्धति मात्र हराएन, कैयौँ शिलालेखको पनि त्यति महत्त्व रहेन यिनलाई कसैले पढेन, कसैले बुझेन केही विदेशीहरूले यिनलाई पढ्ने, बुझ्ने प्रयास गरे फेरि त्यसलाई शुद्धयाउने, बुझाउने काम मुख्यतया नेपाली इतिहासकारहरूले गरे, संशोधनमण्डलका



यस अर्थमा संशोधनमण्डललाई नेपाली समुदायले मात्र होइन, इतिहासमा रुचि राख्ने, मध्यकाल र त्योभन्दा अघिको समयमा रुचि राख्ने सबैले विशेष धन्यवाद दिनुपर्छ करिब १००० वर्षपछि लिच्छविकालीन अभिलेख फेरि शुद्धसँग पढ्ने ल्याकत पैदा भयो यसका लागि लिपि पढ्ने बुझ्ने सामथ्र्यको विकास भयो



लिच्छविकालीन अभिलेख अध्ययनका लागि, सामथ्र्यको विकासका लागि त्यहाँ न सरकार थियो, न विदेशी सहयोग, न त स्वदेशभित्रैबाट धेरै चासो र चिन्ता तैपनि यो विकासले ‘विगत’ बुझ्न सघाएको सो ज्ञानको पुस्तान्तरण भयो भएन, अहिले यसको अवस्था के छ, सो छलफलको बेग्लै विषय होला



हो, धेरैका लागि बासडोलमा भेटिएको यो ‘ढुंगा’ पुराना २४० वटामा थप एक मात्र हुनेछ तर, उक्त अक्षरहरू पढ्न सक्ने सीमित नेपाली विद्वान्‌हरूका निम्ति भने १५०० वर्ष पहिलेको सामाजिक, राजनीतिक, प्रशासनिक, आर्थिक संरचना बुझ्न एउटा महत्त्वपूर्ण सामग्री थप भएको छ ुँदिएका प्रत्येक अक्षरमा उनीहरूका हात वा आँखा परेका छन् तिनमा छटपटी बेचैनी बढेको



के यसले ‘ढुंगा’ मा लेखिने त्यो युगको बारेमा कुनै तथ्य थप्ला वा स्थापित मान्यतालाई कुनै खाले चुनौती देला? यसबारे उनीहरूका आ–आफ्नै पढाई र व्याख्या आउलान् तर प्राचीनकालको अध्ययन–अनुसन्धानमा अझै धेरै काम हुन बाँकी छ भन्ने कुरामा उनीहरूको दुईमत भने पक्कै नहोला कान्तिपुर, प्रकाशित : मंसिर ८, २०७५ ०८:४९


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...