Showing posts with label Art. Show all posts
Showing posts with label Art. Show all posts

Friday, March 20, 2020

वँ वँ गचि तितिये


वँ वँ गचि तितिये
चैत्र १, २०७६विमल निभा
राजनीतिक विषयमा कति कलम चलाउने भनेर यसो साहित्यमा जान खोजेको त यहाँ पनि भ्रष्टाचारसँग जम्काभेट भयो के भ्रष्टाचार बेइमानी, दुराचरण, चोरीचकारी, बदमासी, कुकृत्य, छलकपट, लालसा, ठगी, फटाइँ, दुष्कर्म, धोकेबाजी, दुष्टता आदिबाट कुनै त्राण छैन त?
हेर्नोस्, कुरो के हो भने आजको खबरकागतमा एक सुप्रसिद्ध साहित्यकारको नाम भ्रष्टाचार काण्डमा नराम्ररी मुछिएर आएको छ त्यसकारण एक साहित्यप्रेमी भएको नाताले ज्यास्ती नै मर्माहत भएको छु

यद्यपि साहित्यको क्षेत्रमा पहिलेदेखि भ्रष्टाचार नभएको भन्ने होइन यसले उसको कविता चोर्‍यो र उसले मेरो कथाको प्लट पुरै उडायो टाइपका ससाना आरोप–प्रत्यारोप बरोबर चलिनै रहेको छ यो कुन नयाँ कुरो हो ? हिजै एक समसामयिक पत्रिकामा एक लेखकले अर्को लेखकको रचनाको भावनात्मक दोहन गर्‍यो भनी पढेको थिएँ अर्थात् इनडाइरेक्ट चोरी यस्ता खबरहरू आइनै रहन्छन् तर यी विलकुलै साहित्यिक परिधिमा सीमित घटना अथवा दुर्घटना हुन् हो, एकपटक साहित्यिक चोरीलाई लिएर ठूलै मुद्दा–मामिला हुनलागेको थियो वास्तवमा कुरो के हो भने नेपाली साहित्यको एक कथाकारले अर्को कथाकारको कथा पुरै सारेर कुनै साहित्यिक पत्रिकामा छाप्यो यसले ओरीजनल कथाकार क्षुब्ध हुनु स्वाभाविकै थियो अतः क्रोधको आवेगमा उसले तुरुन्तै अदालतमा जाने निर्णय गर्‍यो

यसो नगर्नोस् तपाईं।’ एक शुभचिन्तक पाठकले सल्लाह दियो
के नगरुँ म?’ कथाकारको क्रोध जारी थियो
तपाई अदालतमा नजानोस्।’ पाठकले जोड दिएर भन्यो
किन नजाउँ म?’ कथाकारले गर्जन गर्‍यो, ‘म जरुरी अदालतमा जानेछु।’
तपाईंको कथा पनि मौलिक होइन ’शुभचिन्तक पाठकले विस्तारै भन्यो, ‘यो एक विदेशी कथाको ठाडो नक्कल हो।’

त्यसपछि ओरीजनल कथाकार चुपो लाग्यो गम्भीर भावमा चिन्तन–मनन गर्न थाल्यो। यही कुनै पनि साहित्यकारको चलनचल्तीको मुद्दा हो चाहे त्यो नक्कलबाज साहित्यकार नै किन नहोस्

तर यहाँ सवाल कुनै पनि नक्कली अथवा असली साहित्यकारको नभएर मेरा मित्र ख्यातनाम कथाकार महेशविक्रम शाहको हो यसको कारण के हो भने उनीमाथि नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको केसमा मुद्दा चलाउने भएको छ यो मामिला चाँडै नै न्यायालयमा चल्ने भन्ने सुनिन्छ अथवा त्यहाँ चलिनै सक्यो कि? अब जेसुकै भए पनि एउटा कुराचाहिंँ स्पष्ट भएको छ त्यो के भने भ्रष्टाचार साहित्यिक कथा, कविता र उपन्यासको सीमित घेराबाट एकाएक मुक्त भएर यथार्थको ठोस भूमिमा पछारिएको छ मेरा मित्र महेशविक्रम शाह पक्का यथार्थवादी कथाकार हुन् तर उनको निजी यथार्थ यस रूपमा प्रकट हुनेछ भनी मलाई लागेको थिएन

केही समयअघि मेरा कवि मित्र दिनेश अधिकारीको नाम पनि बहुचर्चित बालुवाटार ललिता निवास जग्गाजमिन काण्डमा आएको थियो एकछिन आएको नाम दिनेशहरि अधिकारी भएकोले कोही अर्कैजस्तो लाग्यो तर मलाई व्यक्तिगत तवरले केही लाग्दैमा के हुन्छ? मेरो भन्नुको अभिप्राय के हो भने दुवै दिनेश अशंकास्पद रूपले एउटै हो याने दिनेश अधिकारीमा एकथान हरि थप्दैमा के फरक पर्छ? मेरा मित्र दिनेश (हरि) अधिकारी एक वरिष्ठ गीतकार पनि हुन् उनको धरतीको गीत नामक कविता संग्रह बहुतै प्रशंसित पनि रहेको यसका साथसाथै आफ्नो सम्भवतः एकमात्र खण्डकाव्य इन्द्रजात्रा निम्ति कविजीले मदन पुरस्कार पनि प्राप्त गरिसकेका छन्

मेरा मित्र कवि दिनेश अधिकारी यस्तै कथात्मक काव्यका लागि नित्य नूतन प्लटको खोजी गरिरहन्छन् तर साहित्यिक प्लटको खोज गर्दागर्दै उनी एक्कासी बालुवाटार, ललिता निवासको जमिनी प्लट अर्थात् सरकारी धरतीमा पुग्नेछन् भन्नेचाहिँ पटक्कै लागेको थिएन कतै उनको कविता संग्रह धरतीको गीत यसैको (बालुवाटार ललिता निवास) साहित्यिक भूमिका त होइन? जे होस्, नेपाली साहित्यका उत्साही विद्यार्थीहरूका लागि यो अनुसन्धानको चाखलाग्दो विषय हुनसक्छ

मेरा साहित्यकार मित्रद्वय कथाकार महेशविक्रम शाह र कवि दिनेश अधिकारीको भ्रष्टाचारले मन सारै नै विचलित भएकोले म पुनः राजनीतिमै फर्कन्छु अहिले नेपालको राजनीतिक वातावरण असाध्यै राम्रो भ्रष्टाचारको कतै पनि कुनै नामोनिसान छैन कहाँसम्म भने ‘सत्तरी करोड कमिसन काण्ड’ का नायक भूतपूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासमेत इमानदारी तथा सदाचारको अन्तर्वार्ता दिइरहेका छन् यसमा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीले मौखिक क्लिनचिट दिइसकेकोले अब कमरेड बाँस्कोटालाई भ्रष्टाचारी भन्न मिल्दैन अर्थात् सबथोक ठिकठाक प्रधानमन्त्री कमरेड ओली पनि अप्रेसनपश्चात आराम गरिरहेका छन् उनलाई सद्यः किड्नीका लागि बधाई दिन्छु

अन्त्यमा,
कोरोना भाइरसको आतंक हामीकहाँ पनि पुगिसकेको छ तर नेपालीहरूलाई यसबाट कुनै पनि प्रकारको खतरा छैन खास गरेर नेपालका साहित्यकारहरू कोरोना भाइरसबाट सम्पूर्णतः मुक्त रहेका छन् अझ हाम्रा प्रगतिशील कवि, कथाकार, समालोचक, निबन्धकार, उपन्यासकार आदिलाई त यसले अलिकति पनि स्पर्श गर्न सक्दैन किनभने वर्तमान कम्युनिस्ट नामधारी सरकारबाट प्राज्ञमा डाइरेक्ट नियुक्त नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले यसको विशेष मान्त्रिक उपाय सुझाएका छन् सोसल मिडियामा भाइरल कोरोनाद्रोही मन्त्र यस्तो छ
ओम किच वँ वँ
गच तितिये स्वाहा
गच वँ वँ गचि
तितिये स्वाहा थ...।’
प्रकाशित : कान्तिपुर, चैत्र १, २०७६ ०९:३७


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...