Monday, May 23, 2022

मायाजाल

 

मायाजाल

कुनै पनि मुलुकको सफलता वा असफलता उसले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भर पर्छ

कान्तिपुर, फाल्गुन २६, २०७७केशव दाहाल

सत्ता र सरकार फरक कुरा हुन् सत्ताको एक अंग हो सरकार , सरकार सम्पूर्ण राज्यसत्ता होइन जस्तो कि, ओली सरकारका प्रधानमन्त्री हुन् देउवा विपक्षी दलका नेता नेकपाको कचिङ्गलबाट सडकमा आइपुगेका छन् दाहाल नेपालहरू, जो स्वयं विद्रोहीजस्ता देखिन्छन् डकमै छन् भट्टराई र यादवहरू

भलै, सर्वोच्च अदालतको पछिल्लो फैसलापछि परिदृश्य अलि फेरिएको छ सरकारलाई केन्द्रमा राखेर हेर्दा भने अझै पनि ओली एकातिर छन्, बाँकी अर्कातिर यिनका दरबार सिंहासनहरू फरक छन् स्वार्थहरू फरक छन् अभीष्टहरू फरक छन् तर आजको नेपाली राज्यसत्तालाई केन्द्रमा राखिहेर्दा यी सबै एक ठाउँमा छन् यी सबै एकै हुन् , हुन् नेपाली सत्ताका संस्थापनहरू

राजनीतिमा सरकारको आलोचना र राज्यसत्ताको आलोचना नितान्त फरक विषय हुन् सरकारको आलोचना एउटा तत्कालीन मुद्दा हो राज्यसत्ताको आलोचना दीर्घकालीन राजनीतिमा सरकारको आलोचना मुख्यतः दलीय प्रतिस्पर्धा हो तर सत्ताको आलोचना व्यापक बृहत्तर आन्दोलन त्यसैले नै विशेषतः सरकारविरोधी आन्दोलनमा सहभागी हुन्छन् दलका कार्यकर्ताहरू तर सत्ता रूपान्तरणको आन्दोलन गर्छन् जनताले सरकारविरोधी आन्दोलनहरू जनआन्दोलन हुँदैनन् तर राज्यसत्ता बदल्ने आन्दोलनहरू जनआन्दोलन हुन्छन् विचार गरौं, भर्खरै मात्र सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नासाथ नेकपा प्रचण्ड–नेपाल समूहको आन्दोलन किन सकियो? कांग्रेसको प्रदर्शन किन रोकियो? तर नागरिक आन्दोलन किन जारी छ? किनकि पार्टीहरू दलीय स्वार्थबाट प्रेरित थिए तर नागरिक आन्दोलन समग्र राज्यसत्ताको परिवर्तन चाहन्छ स्पष्ट , सत्ताको चरित्रलाई नखलबल्याई गरिने बोक्रे परिवर्तन राजनीतिको मायाजाल मात्र हो

सत्ताको निरन्तरता

२०६२/६३ को जनआन्दोलननेपाली राजनीतिकै सर्वाधिक हस्तक्षेपकारी आन्दोलन थियो, जसले व्यवस्था फेर्‍यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो जनताको अपेक्षा थियो— ‘लोकतन्त्र, न्याय, पहिचान, समानता र समृद्धिसहितको नेपाल।’ यस्तो नेपाल जहाँ मिलोस् ‘केटाकेटीका लागि स्कुल, युवाका लागि काम र ज्येष्ठ नागरिकहरूका लागि आराम।’ तर भयो के? राजनीतिक व्यवस्था त परिवर्तन भयो तर सत्ताको चरित्र फेरिएन सरकार फेरियो बाँकी सबै कुरा उस्तै रहे व्यवस्था फेरियो बाँकी केही पनि फेरिएन

जस्तो, हिजो पनि किसानहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् हिजो पनि महिलाहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् हिजो पनि मजदुरहरू ठगिएका थिए आज पनि ठगिएकै छन् हिजो पनि गाउँहरू ठगिएका थिए आज पनि ठगिएकै छन् हिजो एउटाले ठग्थ्यो, आज अर्कोले ठग्नेहरू फेरिए उनका सिन्डिकेटहरू फेरिए तर ठगिनेहरू उनै रहे, जो वर्षौंदेखि ठगिँदै थिए व्यवस्था फेरिएर के भयो? खेलको नियम फेरिएन हिजो पञ्चायतले जनताका सपनाहरूमाथि कोर्रा बर्साउँथ्यो, आज लोकतन्त्रले पछिल्लो राजनीतिक परिवर्तनले मुसहर, चमार, खत्वेहरूलाई जीवनको उज्यालो दियो, न त राजी, किसान र चेपाङहरूलाई कर्नालीको भोकमरी घट्यो सुदूर हाडहरूमा आशाको दियो बल्यो व्यवस्था फेरिनु तर सत्ताको चरित्र उस्तै रहनु कस्तो विरोधाभास?

सत्ताको रंग

मदन भण्डारीको एउटा भनाइ यहाँ निकै सान्दर्भिक हुन सक्छ यो २०४७ कात्तिकको कुरा हो काठमाडौंको एउटा सभामा भण्डारीले भने, ‘हामीले राजा फाल्यौं तर सामन्तवाद फाल्न सकेनौं भने यो परिवर्तनको कुनै अर्थ रहँदैन बरू राजा रहेर पनि सामन्तवाद फालियो भने त्यो महत्त्वपूर्ण हुन्छ।’ परिवर्तनको अर्थलाई स्थापित गर्ने यो निकै सशक्त भनाइ हो जसको आशय हुन्छ— व्यवस्था परिवर्तन भनेको कुनै व्यक्ति वा शासकको मात्र परिवर्तन होइ यो उपरिसंरचनाहरूको मात्र परिवर्तन होइन राजनीतिक परिवर्तन मुख्यतः राज्यसत्ताको परिवर्तन हो अन्यथा परिवर्तनको गुदी छोडेर बोक्रामा रमाउनुको के अर्थ?

कुनै पनि देशका समस्याहरू राजनीतिक व्यवस्थासँग मात्र सम्बन्धित हुँदैनन् त्यसले संरक्षण गरेका अनेक संरचनागत सत्ताहरूसँग सम्बन्धित हुन्छन् यसको अर्थ राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरेर मात्र पुग्दैन संरचनागत सत्ताहरूमा परिवर्तन गर्नुपर्छ हामीले व्यवस्था परिवर्तन गर्‍यौं तर अनेक सत्तालाई हल्लाउन सकेनौं जस्तो, जातको सत्ता उस्तै रह्यो धर्मको सत्ता उस्तै रह्यो लिंगको सत्ता उस्तै रह्यो भाषाको सत्ता उस्तै रह्यो सहरको सत्ता उस्तै रह्यो सम्पत्तिको सत्ता उस्तै रह्यो

२०६३ को आन्दोलनले राजनीतिक व्यवस्था त परिवर्तन गर्‍यो तर आर्थिक–सामाजिक सत्ता उस्तै रह्यो व्यवस्था बदलियो तर सत्ताको चरित्र उस्तै रह्यो परिणाम, एउटा राजा फालियो तर सयौं छोटे राजा जन्मिए राजा जन्माउने अनेक सत्तालाई संरक्षण गरेर एउटा राजा फाल्नुको के अर्थ?

भनिन्छ, ‘सत्तालाई स्वरूपमा मात्र हेरेर पुग्दैन गुणमा हेर्नुपर्छ।’ जस्तो, बेलायतलाई संसदीय प्रजातन्त्रको जननी मानिन्छ बेलायत आर्थिक–सामाजिक रूपमा समृद्ध मुलुक हो त्यही व्यवस्था भारतमा पनि अन्यत्र पनि के बेलायतमा सफल संसदीय लोकतन्त्रले भारतमा उसरी नै न्याय गरेको ? छैन भारतको लोकतन्त्रले त्यहाँ हुर्कंदो शोषण, विभेद र सीमान्तीकरणलाई अझै तोड्न सकेको छैन किन? किनभने भारतको सत्तासंरचना अभिजातमुखी र विभेदपूर्ण छ त्यसैले किसानहरूसँग जमिन छैन त्यसैले महिला, दलित र गरिबहरूको जीवन कष्टकर छ त्यसैले धार्मिक अल्पसंख्यकहरू विभेदमा छन् त्यसैले उत्पादनसम्बन्धहरू न्यायपूर्ण छैनन् परिणाम, भारतमा संसारकै सबैभन्दा गरिब मजदुर र धनी मालिकहरू बस्छन् भारतको अनुभवले भन्छ— ‘लोकतन्त्र भनेको चुनाव मात्र होइन, सत्ताको लोकतन्त्रीकरण पनि हो।’

विषयलाई बुझ्न अमेरिका अर्को ताजा उदाहरण हुन सक्छ जस्तो, अमेरिकामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छन्, जो सरकारप्रमुख र राष्ट्रप्रमुख दुवै हुन् एउटै व्यक्ति सरकारप्रमुख राष्ट्रप्रमुख हुँदा पनि अमेरिकामा स्थिरता लोकतन्त्र , निरंकुशता छैन किन त्यस्तो? किनभने राज्यसत्ताको चरित्र राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन आर्थिक–सामाजिक संरचनाहरूले पनि निर्धारण र्छन् राजनीतिक, आर्थिक र सामाजिक संरचनाहरू लोकतान्त्रिक हुनासाथ व्यक्ति चाहेर पनि निरंकुश हुन सक्दैन जस्तो, ट्रम्प तर राजनीतिक, आर्थिक र सामाजिक सत्ता निरंकुश हुनासाथ व्यक्ति जतिसुकै लोकतान्त्रिक भए पनि काम छैन

सबैलाई थाहा छ— बंगलादेशमा दुई बेगमहरू छन् जो पालैपालो सरकार र सडकको मोर्चा सम्हाल्छन् के त्यसो भए बंगाली महिलाहरू सुखी छन्? होइन, संसारका दुःखी महिला र गरिब कामदारहरू बंगलादेशमै बस्छन् महिला शासक हुँदैमा महिलाहरू समृद्ध हुन्छन् भन्ने पनि देखिएन उता, त्यत्रो लामो आन्दोलनबाट स्थापित म्यान्मार सरकारले अल्पसंख्यक रोहिंग्याहरूलाई संरक्षण गर्न सकेन किन यस्तो भयो? किनभने जनतालाई सुख, समृद्धि र परिवर्तन दिने कुरा राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन

कम्युनिस्टहरूमै पनि फरक–फरक उदाहरण छन् चीन, क्युबा, भियतनाम, उत्तर कोरियाजस्ता मुलुकमा भन्नका लागि उस्तै कम्युनिस्ट व्यवस्था छ क्युबामा दाजुको लामो शासनपछि भाइ शक्तिमा छन् उत्तर कोरियामा नाति अन्य केहीमा पार्टी नेताहरू स्वरूपमा हेर्दा सबै एकैखाले कम्युनिस्ट हुन् तर चीन विश्वकै महाशक्तिको दौडमा भियतनाम कृषि उत्पादनमा अब्बल बन्दै छ तर उत्तर कोरिया तनावमा यसर्थ कम्युनिस्टहरूबीच पनि फरक–फरक अनुभव छन् जस्तो कि, शक्तिशाली सोभियत संघ विघटन भयो तर चीनको विकासले चामोलोङ्मा छुँदै प्रश्न आउँछ, त्यसो भए फरक कहाँ छ? खासमा कुनै पनि मुलुकको सफलता वा असफलता त्यो मुलुकले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भरपर्छ

आजको कुरा

दार्शनिक अभिमतले भन्छ— वस्तुको भौतिक स्वरूपले चरित्रको निर्धारण गर्दैन स्वरूपमा जतिसुकै रङरोगन गरे पनि गुण वा चरित्र पदार्थको प्रधान पक्ष हो स्वरूप सहायक यो अभिमत पदार्थमा मात्र नभई व्यक्ति स्वयं, समाज विज्ञान र राजनीतिमा पनि लागू हुन्छ आवरण हेरेर पुस्तकको चरित्र थाहा हुन्छ, न त रङ हेर्दैमा कफीको स्वाद फूलको सुगन्धले त्यसको गुण निर्धारण गर्दैन प्रश्न हामीले कत्रो आन्दोलन गर्‍यौं भन्ने होइन प्रश्न हामीले कस्तो राजनीतिक व्यवस्था ल्यायौं भन्ने होइन प्रश्न हामीले ल्याएको राजनीतिक व्यवस्थाले के बदलाव ल्यायो भन्ने हो प्रश्न हामीले हाम्रो परम्परागत सत्तालाई किन फेर्न सकेनौं भन्ने हो?

हाम्रा अगाडि अहिले दुइटा बाटा छन् पहिलो तत्कालीन राजनीतिक घटनाहरूमा रमाउने पुस को प्रतिगमन सच्चियो भनेर हर्षबढाइँ गर्ने तमासा हेर्ने पुराना दलहरूलाई गाली गर्ने उनीहरू नै एक दिन सच्चिनेछन् भनेर कामना गर्ने यो यथास्थितिको बाटो हो यो बाटोमा हिँड्दा कुनै जोखिम छैन तर सत्ताको रिवर्तन असम्भव छ

दोस्रो बाटो छ, राज्यसत्तालाई जनमुखी बनाउन निरन्तर आन्दोलन गर्ने राजनीतिक परिवर्तनलाई सत्ता संरचनाहरूसंग जोड्ने जातको सत्ता बदल्ने लिंगको सत्ता बदल्ने भाषाको सत्ता बदल्ने सम्पत्तिको सत्ता ढाल्ने यी अनेक सत्तालाई लोकतान्त्रिक, जनमुखी र न्यायपूर्ण बनाउने यो निश्चय नै अप्ठ्यारो बाटो हो तर यो परिवर्तनको बाटो हो यो सत्तालाई बदल्ने बाटो हो स्पष्ट , पटकपटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन त्यसैले सत्ताको राजनीति बदलौं, धेरै पक्ष आफैं फेरिनेछन्

dahal.keshab@gmail.com

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...