Tuesday, July 30, 2019

भार्ता नाच्दै कर्णाली


भार्ता नाच्दै कर्णाली
श्रावण १४, २०७६राजबहादुर शाही
मुगु — गमगढीको शिरमा सेतो घर छ बाहिर कालो अक्षरमा लेखिएको छ– ‘कर्णाली आर्टस सेन्टर।’ भुइँतलामा कर्णालीको लोकबाजा हुड्को बजिरहेको सुनिन्छ त्यहाँ कुनै विवाह समारोह हैन रंगकर्मी हीरा बिजुली नेपालीले भार्ता रेकर्डिङ गरिरहेका छन् हुड्को बजाउँदै हीरा मिठो स्वरमा भार्ता गाउनमै व्यस्त छन् ‘नमो नमो नारायनय राजयौं तुमी दाइना भयाँ ओ ! तुमी दाइना भयाँ...।’ 

यसरी भार्ता गाउन हीरालाई विष्णुमाया परियार, जयलक्ष्मी हमाल, गणेश खड्का, रामु बिक, राज मल्ललगायतका कलाकारले पनि साथ दिइरहेका छन् ।

हालै राजधानीमा हुड्के नाच देखाएर जन्मथलो फर्किएका उनले ‘भार्ता जोगाउ अभियान’ को थालनी गरेका हुन् । दूरदराजका गाउँबस्तीमा पुर्ख्यौली बाजा हुड्को बजाउँदै गाउने भाका भार्ता हराउँदै गएकोप्रति यो समूहको चिन्ता छ । त्यही भएर उनीहरू यसलाई रेकर्डिङ गरेर श्रोतामाझ पुर्‍याउने अभियानमा छन् । ‘लोकसंस्कृति जोगाउने यो नयाँ तरिका हो,’ हीराले भने, ‘पुरानै तरिकाले अब परम्परा बचाउन नसकिने भयो ।’

भार्ता खासमा गायन शैलीमार्फत् कथा भन्ने पुरानो परम्परा हो । लामो स्वर निकालेर गाउने एक प्रकारको गीतजस्तै हो यो । शुभ र अशुभ दुवै कार्यमा भार्ता सुनाउने चलन गाउँ घरमा पहिले थियो, अहिले हराउँदै गएको छ । देवीदेवता राजामहाराजलाई पुकार गर्दै भार्ता सुरु गरिने हीराको भनाइ छ ।

गाउँका गरिव पिछडिएका दमाई जातिले कम्मरमा सेतो पटुका, कालो जुहारीकोट र टाउकामा सेतो मथेरो लाएर हुड्को बजाउँदै भार्ता गाउने चलन पुरानै हो । हीराका अनुसार हुड्को बाजा बजाउँदै गीत भट्ट्याउनेलाई हुड्के भनिन्छ । ‘एक जना हुड्केले सुरु गरेपछि चार/पाँच जनाले सहयोगीको रूपमा लयबद्ध स्वरले गाउने चलन छ,’ उनले भने, ‘विशेष गरेर कर्णालीका बस्तीहरूमा छोरीलाई ज्वाइँको घर पठाउँदा र बुहारीलाई आफनो घर ल्याउँदा हुड्केले भार्तागाउने गरिन्छ ।’

यस्तो बेला चेलीे जन्मेदेखि विवाह बन्धनमा बाँधिदासम्मको दुःखान्त र सुखान्त दुबै कुरालाई भार्ताद्वारा गाइन्छ । विवाह व्रतबन्धनको दिन सम्पूर्ण गाउँले जम्मा भएर हुड्केको भार्ता सुन्ने गर्छन् । हीराका अनुसार परम्परागत भार्तामा भने हुड्केलाई इच्छाअनुसारको पैसा दिएर मनखुसी बनाइदिने चलन पनि छ । गाउने क्रममा महादेव, गुरा, बिजई, मष्टा कुलदेवता, भवानीलगायत देवी–देवतालाई धामीझाँक्रीले पूर्णिमाका दिन पूजा गर्ने पनि गरिन्छ । ‘भार्ता गाउँदा गाउँदै झाँक्री काँपेर हुड्केलाई अक्षता फूलमाला दिने गर्छन्,’ उनले भने, ‘अचेल छोरा नाति जन्मिँदा मुखिया घरमा रातभरि भार्ता गाउने चलन भने हराउँदै गएको छ ।’

उनका अनुसार कुनै समय न्वारानको बेला हुड्केले ‘पइकेलो’ शब्द उचारण गर्दै भार्ता सुनाउँथे । राजामहाराजको छोरालाई ‘पैइकेलो’ भन्ने चलन छ । रोपाइँका दिनमा हुड्केलाई निम्तो गरेर भार्ता गाउने चलन ग्रामीण भेकमा अझै छ । खेतमा महिला पुरुष तन्नेरीले धान रोप्ने र हुड्केले खेतको आलीमा बसेर भार्ता गाउँदै फनफनी नाच्ने गरिन्छ । ‘मृत्यु संस्कारमा पनि भार्ता गाउने गरिन्छ,’ उनले भने, ‘गाउँबस्तीका भद्रभलादमी एवं झाँक्रीको मृत्यु भएको खण्डमा पनि भार्ता गाइन्छ ।’

मृतकलाई घरदेखि घाट पुर्‍याउँदा सम्म हुड्केले दुःखान्त शब्दमा भार्ता गाउनुपर्छ । भार्ता खस भाषाको प्रयोग हुन्छ । हीराका अनुसार खस राज्यकै पुर्ख्यौली सांस्कृतिक सम्पदाको रूपमा यो अभ्यास हुँदै आएको हो । ‘नयाँ पुस्ताले चासो नदिँदा भने यो ओझेलमा पर्दै गएको छ,’ उनले भने, ‘हुड्को खेल्ने र भार्ता गाउँने दमाई समुदायबाहेक यसलाई अरूले निरन्तरता दिएनन् । त्यसमाथि यो युवामा हस्तान्तरणहुन सकेन ।’

स्वर र बजाउने कला भएको व्यक्तिले मात्र हुड्को खेलेर भार्ता गाउन सक्ने स्थानीयको भनाइ छ । राज्यको नजर नपर्ने हुड्को बजार जीविका चलाउने अवस्था पनि नभएको पुरुमुरु गाउका प्रसिद्ध हुड्के कलाकार मानवीर दमाईले सुनाए । अर्कोतिर हुड्को बाजा बनाउने सिपको पनि संरक्षण र हस्तान्तरण हुन नसक्दा गाउँबस्तीमा यो परम्परागत बाजा नै पाउन मुस्किल हुन थालेको छ । द्वन्द्वकालीन समयमा माओवादीले हुड्केलाई जनसांस्कृतिक कलाकारको रूपमा समेत प्रयोग गरेका थिए ।

निर्वाचनको समयमा होस् या दलको आमसभाको बेला जनतालाई आकर्षित बनाउन पनि ‘हुड्के नाच’ प्रयोग हुँदै आएको छ । ‘तर यसको जर्गेनातिर पनि कसैले ध्यान पुर्‍याउन सकेको छैन,’ हीराको गुनासो छ ।

हीराकै कर्णाली आर्टस सेन्टरले भने समसामयिक विषयलाई पनि भार्तामा मिसाएर प्रस्तुत गर्दै आएको छ । सामाजिक परिवर्तन र जागारणका लागि उनीहरूले यसो गरेका हुन् । हालै उनीहरूले चैन गाउँको मन्दिर प्रवेश, रुघा गाउँका लावड जातिको बाबियो र थार्पको मष्ट तथा पिना साहनी बाँडाको निगालोको कथालाई पनि भार्तामा रूपान्तरण गरेका छन् । सामाजिक विसंगतिका मुद्दालाई समेत भार्तामार्फत भनेर जनचेतना फैलाउन सकिने भएकाले यसो गरिएको हीराले बताए ।प्रकाशित : श्रावण १४, २०७६ ०९:०८

आज गँठेमंगल


आज गँठेमंगल
श्रावण १४, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — नेवार समुदायले मंगलबार राक्षसी स्वरूपमा घण्टाकर्ण दहन गर्दै गँठेमंगल मनाउँदै छन् साउन कृष्ण चर्तुदशीका दिन यो पर्व मनाइन्छ त्यसैले यसलाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ भूतप्रेत पन्छाउन घर सफा गर्दै घण्टाकर्णलाई दहन गर्ने चलन
दिनभर ठड्याइएको नर्कटले बनेको गँठेमंगललाई घाम अस्ताएपछि नदीमा लगेर विर्सजन गरिन्छ त्यस अगाडि छालीको चिराग समातेर तीनपल्ट परिक्रम गराइने चलन पनि

केही स्थानमा भने विभिन्न स्थानका गँठेमंगललाई एकत्रित गरेर जलाउने चलन मात्र पनि छ धान रोपेर सकिएपछि घरभित्रका दूषित किटाणु भगाउन धुप बालेर धुवाँ पठाउने पनि गरिन्छ यसबाट किटाणु भाग्ने विश्वास परापूर्व कालमा नास्तिक व्यक्तिले कानमा घण्ट झुन्ड्याएको उनको आतंकले धेरैलाई गाह्रो भएको उनलाई दहन गरिएको कठन पनि

यस्तै अर्को किम्बदन्तीअनुसार ठूलो खानदानकी युवतीसँग प्रेममा परेका एक युवालाई समाजले नस्विकारे बेवारिसे बनाइएको थियो उनै युवाको मृत्यु सडकमै भएपछि दहन गरेको थियो

त्यसै हुनाले पछि परालको मान्छे बनाई दहन गर्ने परम्परा चलेको पनि मानिन्छ यस दिन घरको मूल ढोकामा भूतप्रेत अन्य भयबाट जोगिन फलामको तीनखुट्टे गाड्ने पनि गरिन्छ यस्तै फलामको औंठी लगाउने चलन पनि ज्यापू समुदायमा धान रोप्ने बेलामा आमन्त्रित शक्ति पन्छाएर पनि यो पर्व मनाउने गरिन्छप्रकाशित : श्रावण १४, २०७६ ०७:५४


Monday, July 29, 2019

‘मध्यकालीन भक्तपुर’


इतिहाससम्बन्धी चार पुस्तक
२०७६ श्रावण ४ शनिबार ०७:५५:००
रत्न पुस्तक भण्डारले इतिहाससम्बन्धी चार पुस्तक बजारमा ल्याएको छ एउटा नयाँ पुस्तक प्रकाशन गरेको हो ने तीनवटा पुराना पुस्तक पुनः प्रकाशन गरेको हो
रत्नले डा. बलराम कायस्थले लेखेको ‘मध्यकालीन भक्तपुर’ पहिलोपटक प्रकाशन गरेको हो यसमा विसं. १२०४ देखि १८२६ सम्मको भक्तपुरको इतिहास समेटिएको पाँच अध्याय भएको पुस्तकको पहिलो अध्यायमा भक्तपुरको परिचय, नामाकरण, राजनीतिक पृष्ठभूमिलगायत विषय छन् पुस्तकमा भक्तपुरको पूर्वमध्यकालीन इतिहास, राजाहरू, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालगायत विषय समेटिएका छन्
रत्नले चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ एवं ‘श्री ५ रणबहादुर शाह’ तथा प्राडा. श्रीरामप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’को पुनः प्रकाशन गरेको हो चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा तत्कालीन नेपाल’को पहिलो संस्करण ०१३ सालमा प्रकाशित भएको थियो ‘श्री रणबहादुर शाह’ पुस्तकको पहिलो संस्करण भने ०२० सालमा प्रकाशन भएको थियो 
जनरल भीमसेन थापा र तत्कालीन नेपाल’मा त्यतिवेलाको राजनीतिक व्यवस्था उल्लेख छ अर्को पुस्तकमा रणबहादुर शाहको जीवनी समेटिएको श्रीरामप्रसाद उपाध्यायको पुस्तक ‘नेपालको इतिहास’को पहिलो संस्करण ०५५ सालमा प्रकाशन भएको थियो यो पुस्तकमा प्राचीन तथा मध्यकालीनदेखि आधुनिक कालसम्मको इतिहास समेटिएको छ 

त्रिपिटक बुझाउने विश्वकोश


त्रिपिटक बुझाउने विश्वकोश
बौद्ध धर्मको मूल ग्रन्थ त्रिपिटक पालि भाषामा भएकाले सबैले बुझ्दैनन् बुद्धकालीन नेपाली विश्वकोशले यसको अन्त्य गरेको
श्रावण १३, २०७६हिमेशरत्न वज्राचार्य
काठमाडौँ — बौद्ध धर्मको गहन अध्ययनका लागि नेपालमा सामग्री अभाव रहेको पाइन्छ, त्यसमाथि नेपाली भाषामा छैनन् भन्दा पनि हुन्छ त्यसैले पनि धेरैका लागि बौद्ध धर्मबारे राम्रोसँग बुझ्न कठिन हुने गरेको अब भने केही सजिलो हुने भएको यसै साताबाट २७ पुस्तकको ंगालोका रूपमा बुद्धकालीन नेपाली विश्वकोश उपलब्ध भएको छ
वीर पूर्ण पुस्तक संग्रहालयले यसलाई बजारमा ल्याएको हो बौद्ध धर्मको मूल ग्रन्थ हो त्रिपिटक यो पालि भाषामा यसको सरल अनुवाद पनि पाइन्न यस्तोमा बौद्ध धर्मबारे सजिलै बुझ्ने उपाय के हो ? बुद्धकालीन नेपाली विश्वकोश त्यही उपायसम्म पुग्ने सबैभन्दा सटिक बाटो हुनेछ ‘बौद्ध धर्मका जिज्ञासुका लागि यो विश्वकोश प्रकाशनमा आउनु आफैंमा अभूतपूर्व अद्वितीय ,’ प्रकाशक संस्थाका दुण्डबहादुर वज्राचार्यले भने उनी लामो समयदेखि त्रिपिटकको अनुवादमा व्यस्त छन्

उनले जीवनको अधिकांश समय त्रिपिटकको अनुवादमै बिताएका छन् नेपाल भाषामा त्रिपिटकका अधिकांश ग्रन्थ उपलब्ध भएका छन् उनकै अनुवादमा नेपाली भाषामा त्रिपिटकको दीघनिकाय मझिमनिकाय प्रकाशित भइसकेका छन् यो क्रम अझ अगाडि बढ्नेछ वज्राचार्यको अनुभवमा पनि सबैका लागि त्रिपिटक अध्ययन सजिलो छैन, एकैपल्टमा बुझ्न गाह्रो हुन्छ त्यसका लागि सबैभन्दा पहिले यिनै २७ पुस्तक पढ्नु उपयुक्त हुन्छ

यी सबै पुस्तकको पृष्ठ जोडदा साढे १३ हजारभन्दा बढी हुन्छ यी पुस्तक बेलाबेला प्रकाशित भएका हुन् लेखक भने भिक्षु अमृतानन्द ुन् उनले त्रिपिटकलाई आधार मानेर बुद्धकालीन ग्रन्थमाला लेखे ती पुस्तक दुर्लभजस्तै भइसके, सजिलै पाउन सकिन्न यस्तोमा वीर पूर्ण पुस्तक संग्रहालयले यसलाई बुद्धकालीन नेपाली विश्वकोशको स्वरूप दिएको हो

नेपालको थेरवादी बौद्ध धर्मका अग्रणी भिक्षुमा पर्छन्, अमृतानन्द तानसेनको भीमसेन टोलमा शाक्यकुलमा जन्मेका उनी बौद्ध धर्मको प्रचारप्रसार गरेको आरोपमा जेलसमेत परेका थिए सन् १९४२ यता उनले काठमाडौं आएर बौद्ध धर्मको प्रचारमा सक्रिय रहे उनी नै बौद्ध धर्मबारे नेपाली, नेपाल भाषा र अंग्रेजीमा आजसम्म सबैभन्दा बढी पुस्तक लेख्ने लेखक हुन् उनका दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन्

अमृतानन्दले त्रिपिटकका ग्रन्थ र सूत्रमा उल्लेख भएका चरित्रलाई क्रमबद्ध मिलाएर २६ पुस्तक लेखे त्यसमा बुद्धकालीन ब्राहमण भाग सबैभन्दा पहिले ०२८ सालमा प्रकाशन भएको थियो त्यसपछि बुद्धकालीन गृहस्थी, राजपरिवार, परिव्राजक, महिला, श्रावक चरित, श्राविका चरित, ब्रहमादिदेव, प्रेतकथा, विमानकथाका पुस्तक निस्के यी सबै सुरुमा आनन्दकुटी विहारबाट प्रकाशन भएका थिए अब यी सबैलाई नयाँ स्वरूप दिइएको

विश्वकोशको २७ औं कृतिमा भने संक्षिप्त बुद्ध जीवनीसँगै अनुरुद्ध स्थवीर, सम्राट् अशोक र बुद्धशासनको इतिहास रहेको छ ‘भिक्षु अमृतानन्दले निकै मिहिनेत गरेर यी सबै पुस्तक तयार पारेका हुन्

यत्तिको गहन अध्ययन गरेर लेखिएका बौद्ध धर्मसम्बन्धी पुस्तक सम्भवतः अरू भाषामा पाइन्न,’ वज्राचार्यले थपे, ‘हाम्रा लागि नेपाली भाषामा यति धेरै पुस्तक उपलब्धि हुनु वास्तवमै निकै ठूलो उपलब्धि हो यसले नेपाली भाषालाई पनि धनी बनाएको ।’प्रकाशित : श्रावण १३, २०७६ ०९:०७


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...