Showing posts with label Arts. Show all posts
Showing posts with label Arts. Show all posts

Monday, November 30, 2020

हस्तकला कालिगढ यसको महत्व र परम्परा

 

हस्तकला कालिगढ यसको महत्व र परम्परा

हरि सिन्चुरी वि.क., २०७७ मङ्सिर १५ सोमबार

https://newsabhiyan.com/news-details.php?nid=72267

हस्तकला भन्नाले विशेष दक्ष तथा अनुभवी कालिगढहरुद्धारा आफ्नै कला संस्कृति परम्परागत वस्तुहरुलाई विभिन्न कच्चा पदार्थहरु तथा स्रोतसाधनको प्रयोगबाट हस्त निर्मित गरिएको सामग्रीहरुलाई हस्तकलाको वस्तु भनेर चिनीन्छ । विशेष चाडपर्व, अवसरहरुमा बिभिन्न किसिमका सामग्रीहरु प्रयोगमा ल्याईन्छ । नेपालमा हस्तकला क्षेत्रमा लगभग ११ लाख जना कालीगढहरु प्रत्यक्ष लागि रहेका छन् ।

यो क्षेत्रबाट उनीहरुको घर परिवार चलिरहेको छ । जस्तै शिक्षा, स्वास्थ्य र अन्य आर्थिक दैनिकी यसै क्षेत्रबाछ चलेको छ 
हस्तकला भन्ने बित्तिकै सिमित स्रोत र साधन दक्ष कालिगढ जनशक्तिबाट आफ्नै घर र घर परिवारबाट घर घरमै बसि आफ्नो पुर्खाले गरिरहेको परम्परागत पेसालाई बिडो थामेर त्यसलाई निरन्तरता दिई राख्ने कामलाई नै हाम्रो जस्तो विकासन्मुख देशमा हस्तकला मानिन्छ ।

तर अहिले विकसित देशहरुमा हस्तकलालाई परिमार्जन गरिे थोरै मात्रामा हात प्रयोग गरि धेरै मात्रमा आधुनिक औजार तथा मेसिनहरुको प्रयोग गरि विश्वबजारमा प्रतिस्पर्दा गर्न सकिने हिसाबले सामान बनिरहेको  छ । मुख्य हस्तकलाका सामान वस्तुहरुमा जम्मा जम्मि ३० वटा वस्तु पर्दछ ।

हस्तकलामा धेरै किसिमका बिदाहरु छन् जस्तै ः सुनचाँहि, मेटल लगायतका बहुमुल्य धातुहरुको गरगहना तथा सरसामान उत्पादन, धातुका सरसामान, ढुङ्गाका मूर्ति तथा कलात्मक वस्तुहरु, काष्टकला, मूर्तिकला, पोष्टरकला, चित्रकला, सेरामीक, हातेकागज थान्का, बेदबास लगायत धेरै बिदाहरु छन् । प्रकृतिक रेसाजन्य कपडा लगायत आदि । 
वार्षिक नेपालबाट १० अर्बभन्दा बढी निर्यात भइरहेको र ११ लाख यूवालाई प्रत्यक्ष रोजगार दिने क्षेत्र हो । यस क्षेत्रमा काम गर्ने कालीगढहरु ५०% भन्दा बढी नेपालका आर्थिक रुपमा पछि परेका र समाजले पछाडि पारेका एउटा समुदाय (दलित समुदाय) पर्दछ र बाकि जनजाति तथा अन्य वर्ग   पर्दछ । यसै व्रmममा भन्न मन लाग्छ ५०% बढी कालिगढहरु जो सिप र सिर्जना अग्रपंक्तिमा भए तापनि उनिहरु आर्थिक रुपमा र शैक्षिक रुपमा पछि परिरहेका छन् ।

यो क्षेत्रमा आजभोलि दक्ष्य कामदारहरु पलायन भएर खाडी लगायत विभिन्न देशमा गई तल्लो दर्जाको श्रम गर्न बाध्य छन् र केहि वर्षयता नेपाली कालिगढहरु विदेश गई श्रम यहि गर्न जाने प्रचलन बढ्दो व्रmममा छ । जस्तै ः चाइना, इण्डिया, भुटान, इण्डोनेसिया, थाइल्याण्ड आदि जुन नेपालका लागि राम्रो छैन । हाम्रो कला, संस्कृतिक, मौलिकतालाई नै भोली यसले धरापमा पार्नसक्छ र अर्को कुरा नेपालबाट वार्षिक रुपमा हुने निर्यातमा कमि आई अर्थतन्त्रमा नकारातमक असर पर्न जान्छ ।

युवा हरुमा अहिले एउटा यस्तो लहर छ एकचोटी विदेश घुमेर जेट चढेर आउ । बुढापाकाले भन्ने गरेको उखान जस्तै “नयाँ ठाउँ पनि हेरौ, मुख पनि फेरौ” र अर्को कुरा चाहि यो क्षेत्रमा काम गर्ने कालिगढहरुले आत्मासम्मान नपाएको र हाम्रो देशमा काम गर्नेलाई गर्ने सम्मानजनक व्यवहारको कमि तथा यस क्षेत्रमा रहेर कालिगढहरुले आफ्नो आर्थिक उन्नती गर्न नसक्नु र कलाको मूल्याङ्कनको अभाव छ । अहिले सम्म नेपाल सरकारको तर्फबाट यो हस्तकला क्षेत्रमा काम गर्ने कालीगढहरुको सक्षमता मापन गर्ने संयन्त्र छैन ।

यस्तो संयन्त्र बनाएर नेपालका कालिगढहरुको क्षमतामापन गर्नुपर्छ र राम्रो कालिगढलाई नेपाल सरकारले प्रोत्साहन स्वरुप बिना धितो ऋण उपलब्ध गराउने, उसले उत्पादन गरेको उत्कृष्ठ सम्भावना भएका सामाग्रीहरुको लागि बजारीकरण तथा बजार बिस्तार गर्ने हो भने यो समस्या बिस्तारै हल हुनेछ र हाम्रो परम्परागत सिप, मौलिक कला, परम्परागत पेशाहरु अर्को पुस्तामा हस्तान्तरण हुदै जाने थियो ।

नयाँ पिढीमा भएको नैरास्यतामा कमि आई आकर्षण बढ्दै जाने थियो । नोट ः नेपालमा उत्पादिन हस्तकलाका सामग्रीहरुको विश्वबजारमा आकर्षण बढ्ने व्रmममा छ । हाम्रो छिमेकी देशहरु भारत, चिन लगायत जापान, युरोप, अमेरिका, ल्याटिन अमेरिका तथा लगायत विभिन्न देशमा नेपाली हस्तकलाका वस्तुहरुको माग बढ्दो छ ।
आज नेपालमा सुनका गरगहना बनाउने कालिगढहरु ५०% भन्दा बढी बङ्गालका छन् । भोली यस्तै अवस्था भैरह्यो भने हाम्रो नेपाली कालिगढहरु विदेशी भूमिमा गई जोखिम मुलकमा श्रम गर्न बाध्य हुने र यो क्षेत्रमा बाहिरी मुलुकबाट जनशक्ति भित्र्याउनु पर्ने अवस्था हुन्छ ।

नेपाली वस्तुहरु प्रयोगमा ल्याउनको लागि हामी नेपालीहरुनै जागरुक भई आफ्नै उत्पादनलाई उपभोग गर्ने चलन चलाउन पर्छ र यसो गर्दा आयातित वस्तु घट्छ आफ्नो देशमा उत्पादित हस्तकलाका सामानहरुमा मोह बस्छ जुन हामी सबैका लागि राम्रो हुन्छ ।

देश र जनताको लागि र हामी सबैले बुझ्न जरुरी कुरा के छ भने नेपालि सामान विश्वका शिक्षित र सक्षम मानिसहरुले प्रयोग गर्दछन् भने हाम्रो देशमा उत्पादन गरेको नेपालीपन, नेपाली कला, नेपाली माया मिसिएको सामान किन प्रयोग नगर्ने ? नेपालका सिर्जनाहरु र कलाहरु विश्वका कुनै कला र सिर्जना भन्दा कमी छैन उत्कृष्ट छन् । हामी नेपालीहरुले यो विश्वका उत्पादन भन्दा किफायति पनि छ अब के चाइयो ? मात्र हाम्रो सोचाई परिवर्तनको खाचो छ ।

यो सबै कुराहरुको तालमेल मिलाएको खण्डमा नेपाली हस्तकला र नेपाली उत्पादन राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रतिश्पर्धा र निर्यात हुनेछ । विदेशमा बस्ने नेपाली दाजुभाई तथा दिदीबहीनी हरुमा पनि यस किसिमको भावना आवश्यकता   छ । यसो भएको खण्डमा अगाडि भनिएको सिमित स्रोत र साधन भर्ने ठाउँमा असिम स्रोत र साधन प्रयोग गरि देशको मेरुदण्डको रुपमा यो उद्योग हुनेछ ।

चाँदीका गरगहना बनाउने कालिगढहरु मुख्य दुई किसिममा विभाजन गर्न सकिन्छ । एउटा पौराणिक डिजाइन र अर्को आधुनिक डिजाइन निर्माण गर्ने । पौराणिक डिजाइनका गहनाहरु विशेष चाडपवर्ममा प्रयोग गरिन्छ भने आधुनिक डिजाइनका गहना सुन्दरताको लागि प्रयोग हुन्छ ।

यस क्षेत्रमा लाग्ने कालिगढहरुको विदेश पलायन हुने क्रम बढ्दो छ । राज्यबाट यसक्षेत्रमा लागेका कालिगढहरुलाई विदेशीनुबाट रोक्नको लागि विशेष प्याकेज कार्यक्रमहरु ल्याएर स्वदेशमै रोजगारीको अवसर मिलाउनु पर्ने देखिन्छ ।
लेखक हरि सिन्चुरी वल्र्ड क्राफट्स काउन्सिल २०१६ बाट इन्टरनेशनल स्तरको सम्मान पाएका उत्कृष्ट कालीगढ हुन् । 


Monday, June 17, 2019

थाङ्का कलामा आधुनिकता


थाङ्का कलामा आधुनिकता
काठमाडौँ — नेपाली पम्परागत कला विधामा पर्छ थाङ्का चित्रमार्फत बौद्ध दर्शनको विस्तारका क्रममा कलाको यो शैली विकास भएको मानिन्छ तामाङ, शेर्पा, ह्योल्मोलगायत समुदायमा गुम्बा सजाउनेदेखि मृत्युसंस्कारसम्म थाङ्का कलाको प्रयोग हुन्छ
यसलाई फ्युजन गरी समसामयिक बनाउँदा कस्तो हुन्छ होला? राजधानीमा बहस चल्यो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा म्पन्न ‘कलामा तामाङ सौन्दर्यको खोजी’ शीर्षकको चित्रकला एवं परम्परागत मूर्तिकला प्रदर्शनी क्रममा यस्तो बहस चलेको हो पछिल्लो समय केही चित्रकारहरूले थाङ्काको प्रभाव ग्रहण गरेर मौलिक कलाकृति बनाइरहेको सन्दर्भ जोड्दै पूर्वप्राज्ञ एवं थाङ्काविद् निमा ग्याम्जो लामाले भने, ‘बजारका लागि समसामयिक बनाउन सकिए पनि परम्परागत विधालाई भने सुरक्षित नै राख्नुपर्छ
 सहरका ग्यालरीहरूमा पछिल्लो समय मिथिला चित्रमा पनि आधुनिकता भित्रिँदै गइरहेको भेटिन्छ प्रभाव मात्रै मिथिलाको राखेर चित्रकारहरूले मौलिकता मिसाएर बनाएका कलाकृतिको व्यापार पनि राम्रै भइरहेको छ यही सन्दर्भ जोडे थाङ्का कला समीक्षक म्हेन्दो लामाले । उनलेथाङ्कामा प्रयोग हुँदै आइरहेको बुद्ध, हरित तारा (भृकुटी), गुरु रिम्पोछे(पद्मसम्भव), ह्वाइट तारा (स्रङचङ गम्पोकी जेठी बुढी), आर्य अवलोकितेश्वरजस्ता फिगरहरूका ठाउँमा समसामयिक फिगर राखेर कोरे कलामा समसामयिक समाज र विषय आउने तर्क गरे
 अहिले थाङ्कामा जुन परम्परा चलिरहेको छ, त्यसलाई नबिगारीकनै आधुनिक शैली भित्र्याउन सकिन्छ,’ उनले भने, ‘यसो भयो भने दुईवटा धार निर्माण गर्न सकिन्छ परम्परागत समसामयिक।’ यसका लागि थाङ्का कलामै काम गरिरहेका हस्तीहरू अघि बढ्नुपर्ने उनले बताए
 बहसमा प्रमुख अतिथि बनेका ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ एवं पम्परागत शिल्पकला विभागका प्रमुख बुद्धिबहादुर गुरुङले मुलुकका बौद्ध सम्प्रदायमा प्रचलित थाङ्का कलाको व्यापार अहिले अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गइरहेको बताउँदै यसमा नयाँ र सिर्जनशील कार्य गर्न सकिने औंल्याए
 छिमेकी चीनमै थाङ्काको ठूलो बजार छ,’ उनले भने, ‘सिर्जनशीलता ल्याउन सकियो भने थाङ्काको आयाम झन् फराकिलो हुनेछ।’ अर्काथाङ्का कलाकार एवं प्राज्ञ मानबहादुर दोङले पनि थाङ्का कला तामाङ समुदायको सांस्कृतिक चिनारी भएकाले यसको परम्परागत शैली नबिगारीकन आधुनिकतामा जान सकिने बताए
 नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग र परम्परागत शिल्पकला विभागसँगको सहकार्यमा सेलो फाउन्डेसनले गरेको प्रदर्शनीमा तामाङ समुदायमा प्रचलित परम्परागत मूर्तिकला पनि राखिएको थियो लामो समयदेखि काष्ठकलामा काम गर्दै आएका िन्धुपाल्चोक लिसंखुका पासाङ दोण्डुप लामा गाउँमै निर्मित मुकुन्डोकला लिएर आइपुगेका थिए उनका अनुसार ‘पहिले पहिले गाउँमा गुम्बा सजाउन, लामा नृत्य गर्न र जात्रा निकाल्न मात्रै मुकुन्डो प्रयोग हुन्थ्यो।’
 अहिले यो बजारमा राम्रो पैसामा बिक्री हुन्छ विशेष री बौद्ध, स्वयम्भू, पाटन दरबार स्क्वायर, भक्तपुर र ठमेलमा यसको ठूलो बजार छ ‘मनग्गे आम्दानी भए पनि नयाँ पुस्ता यतातिर तानिन सकेको छैन,’ उनले भने, ‘सरकारी क्षेत्रबाट पनि यतातिर ध्यान पुर्‍याउनुपर्छ।’
 तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट फिल्मफेस्टिभलको समेत सन्दर्भ बनाइएको प्रदर्शनीमा पेमा ग्याम्जो लामा, अजय लामा, वाङ दोर्जे मिप्चन, कुन्छाङ लामा, मुन्ना लामा र प्रदीप पाख्रिनले ढलौट, माटो र काठ माध्यमका मूर्तिकला राखेका थिए भने टुल्कु मोक्तान, कर्म लामा, कान्छामान लामा, ज्ञानबहादुर तामाङ, रमिता तामाङ, दीपक योञ्जन, कुमार घिसिङ, पदम लामा, राजेन्द्र लामा र राजु लामाले थाङ्का चित्र राखेका थिए प्रकाशित : असार २, २०७६ ०९:११


Saturday, June 15, 2019

जीवनकला, संस्कृति र धर्मको संयोजन

जीवनकला, संस्कृति र धर्मको संयोजन
सौर्य अनलाइन२०७२ साउन ४ गते ६:१५ मा प्रकाशित
मानिसलाई अन्य प्राणीभन्दा पृथक् पहिचान दिने कला नै संस्कृति हो । कला र संस्कृति एक अर्काका पर्यायवाची हुन्छन् । तर कतिपयले कला र संस्कृतिलाई धर्मसँग जोडेर व्याख्या गर्ने गरेको पाइन्छ । वास्तवमा धर्म र कला संस्कृति छुट्टाछुट्टै कुरा हुन् । उदाहरणका लागि नेवार समुदायमा कसैले वैदिक त कसैले बौद्ध, कृस्चियन वा मुस्लिम धर्म मानिरहेका हुन्छन् । उनीहरू पृथक्–पृथक् धर्मावलम्बी भए पनि तन्त्र, शाक्त परम्परा र प्रकृतिजन्य खानपान, पर्व संस्कृतिमा झन्डै एकरूपता पाइन्छ । फेरि अर्कोतर्फ एकै दिन छुट्टाछुट्टै धर्म जातीय समुदायले पृथक् संस्कार संंस्कृतिजन्य पर्वहरू मनाइरहेका हुन्छन् जस्तैः आज विश्वभर शान्ति अहिन्सा र सदाचारको सन्देश छर्दै बुद्ध जयन्ती मनाइरहँदा पूर्वी नेपालका किरातहरूले प्रकृति पूजा गर्दै साकेला मनाउने गर्दछन् भने बनेपामा चण्डेश्वरी भगवतीको भव्य खटजात्रासहित भोट जात्रा मनाउने परम्परा छ तर गत शनिबारको महाभूकम्पका कारण यी जात्रा पर्व प्रभावित हुनपुगेको छ ।
धर्म शरीर हो भने संस्कृति शरीरमा बग्ने रगत हो । त्यसैले कला र संस्कृतिभित्र १) ऐतिहासिक दस्तावेज लुकेको हुन्छ, २) सामुदायिक भाषा, कला, धर्म र संस्कृतिको पहिचान हुन्छ, ३) त्यो समाजको सिप, कला, प्रविधि हुन्छ, ४) बाँच्ने परम्परागत आधार हुन्छ, ५) अर्थनीति, ६) संस्कृतिभित्र खानपान पहिरन रहनसहन पहिचान हुन्छ, ७) राजनीति र कूटनीतिक आधार हुन्छ । आज यी नै पहिचानहरू प्रस्तुत गर्दै बुद्ध जयन्ती, साकेला वा चण्डी जात्रा भव्य हुनुपर्ने हो तर एक जना धार्मिक आस्थामा प्रतिबद्ध मानिसले संस्कृति मान्ने नाउँमा सामाजिक मूल्यमान्यता र भूकम्पको महापीडालाई एकातिर पन्छाएर संस्कार मान्ने नाउँमा कर्मकाण्डी हुन सुहाउँदैन ।
भगवान् बुद्धले दिएको सन्देश पनि यही हो । दुःखी, रोगी र भोकाएकालाई धर्मको सन्देश नदिनु तर मानिसहरूले संस्कृति मान्ने नाउँमा आफूलाई पशुभन्दा पृथक्, उँचो देखाउने नाउँमा फजुल खर्च, लागुपदार्थको आवश्यकताभन्दा बढी दुरुपयोग, ऋण काडेर घर–खेत बेची गुठी चलाउने, भोज खाने विकृति बढ्दै जान थालेको छ । त्यसैले भगवान् बुद्धले संस्कारित जन्जालमा रुमलिन नहुने धर्म देशना दिएको हो तर धर्म संस्कार बचाउने नाउँमा बोतलका बोतल पिउने पिलाउने, ईश्वर जाति सम्प्रदायका नाउँमा मर्न र मार्न उस्काउने संस्कार झाँगिँदा भने सरोकारवालाको आर्थिक अवस्था नाजुक बन्दै जान थालेको तथ्यलाई नकार्न सकिँदैन । भगवान् बुद्धले कहिल्यै पनि सम्प्रदाय खडा गर्न उपदेश गर्नुभएको छैन, आपूm जुनसुकै जाति, धर्म संस्कार, संस्कृति, सम्प्रदायका भए पनि बहुजन हिताय बहुजन सुखायको कर्म गर्न उपदेश गर्नुभएको छ ।
वास्तविक धर्म भनेको पनि त्यही हो । मार्ग मात्र फरक होला संसारका सबै धर्मको सन्देश पनि यही नै हो । आज त्यही सत्यलाई आत्मसात गरेर आआप्mनो तर्फबाट हुनसक्ने सेवा कार्यमा एकबद्ध भई लाग्ने प्रण गर्न पर्दछ ।
संस्कारलाई व्यवस्थित र वैज्ञानिक बनाउँदै आत्मसात् गर्नाले मात्र मानिसलाई कलात्मक र पशुभन्दा पृथक् बनाउने निश्चित छ । सभ्य सुसंस्कृतबाट निर्माण भएको कला–संस्कृति नै इजिप्टिसयनहरूले भनेजस्तै मृत्युपछिको जीवनलाई बचाएर राख्ने कला बन्न सक्दछ । हाम्रा कतिपय आदिम सिर्जना, कला संस्कृति पर्व परम्पराका परिवेश चहार्दै कलात्मकतालाई अनिवार्य सर्तका रूपमा लिइएको पाइन्छ । तिनै कला र सौन्दर्यको आवरणलाई पच्छ्याउँदै सिर्जना भएका अद्वितीय सम्पदाहरूमा उपत्यकाभित्र मात्र ७ वटा विश्व सम्पदा सूचीमा सूचीकृत सभ्यता छन् भने उपत्यकाबाहिर विश्वशान्तिका अग्रनायक बुद्धको जन्मस्थल लुम्बिनी–कपिलवस्तु रहेको छ । ती सम्पदालाई जीवन्त बनाइराख्न पुर्खाहरूले पूजा–जात्रा–पर्व–मेला महोत्सवको व्यवस्था गरिदिएको पाइन्छ 
जात्रा पर्व पूजा संस्कृतिबारे विवेचना गर्दा उपत्यकामा १) प्राकृतिक, २) सांस्कृतिक, ३) आर्थिक र ४) राजनीतिक कूटनीतिक आधारमा जात्रापर्वहरू मनाइन्छन् । यी जात्रा पर्व संस्कृतिहरूलाई जीवन्त राख्न पुर्खाले अनेक आख्यान, कथा र इतिहासलाई आधार लिएको पाइन्छ । जुन आधारलाई अझै मनोरञ्जनात्मक बनाउन अनेकौँ वाद्यवादनको विकास गरेका पाइन्छ । देशभर यस्ता मूर्त, अमूर्त सम्पदा मठमन्दिर, पाटी, दरबार, भित्ते कला, पौभा तथा सांस्कृतिक उत्सवहरू नष्टभ्रष्ट हुन गई राष्ट्रिय विपत्ति आइलागेको छ  । यी नै तथ्यगत आधारलाई उजागर गर्दै मानवीय अस्तित्वको दस्तावेजको पुनर्निर्माण, संस्कार संस्कृतिको संरक्षण गर्ने जिम्मा हामीमा आइपरेको छ । अबको समय हो– कर्मकाण्डी । बुद्धजयन्तीलाई बहिष्कार गरी सेवा, सहयोग र उत्तम कर्मका लागि दान गरी सार्थक र वैज्ञानिक बुद्ध जयन्ती ÷बौद्ध चाडहरू मनाउन जरुरी भइसकेको छ ।
सब्बे तसन्ति दण्डस्स, सब्बे भायन्ति मच्चुनो 
उत्तानं उपमं कुत्वा–नहनेय्य न धातिया 
दण्ड देखेर सबै डराउँछन्, मृत्युबाट सबै भयभीत हुन्छन्, यसैले सबैलाई आपूm समान सम्झेर हत्या नगर 
भगवान् बुद्धको यही सन्देशलाई आत्मसात् गर्दै सम्राट अशोकले शस्त्र परित्याग गरेको दिनका रूपमा बौद्ध मतावलम्बीहरूले दसैँलाई लिन्छन् । अशोक सम्राट ती व्यक्तित्व हुन्, जसले एउटा तुच्छ सत्ताप्राप्तिका लागि ९९ जना दाजुभाइको हत्या गरेछु भन्ने पश्चात्ताप गरी आश्विन शुक्ल दशमीका दिन शस्त्र परित्याग गरी सम्पूर्ण भारतीय उपमहाद्वीपवासी जनता र प्राणीलाई हिंसाको भयबाट मुक्त गरेका थिए । यशु ख्रिस्ट जन्मनुभन्दा तीन शताब्दीअघि अशोकले आफू सम्राट बन्नका लागि कलिङ्गको युद्धमा १ लाखभन्दा बढीको हत्या गरे भने त्योभन्दा बढी आतंकबाटै मृत्यु भए । सोही बेला डेढ लाख मानिसलाई कैदी बनाइएको ‘अस्त्र परित्याग दिवस’ दसैँमा स्मरण गरिन्छ । अशोक सम्राटले बुझे– ‘रगतको टाटा (दाग) रगतले धोएर कहिल्यै मेटिन्न’, फलस्वरूप उनी बुद्ध धर्ममा दीक्षित भई विश्वभर ८४ हजार बौद्धचैत्य स्थापना गरी बुद्धवचनलाई व्यापक बनाए । यही आधारको धरातलमा टेकेर विश्वभर बुद्ध धर्मले व्यापकता पाए, बुद्धवचनको प्रभावमा परी अंगुलीमाल जस्ता ।
……………..
वसन्त ऋतु आरूको बोटमा फूल फुलिरहेको बेला, जब उत्तरी गोलार्धमा गर्मी सुरू हुन्छ, तब भूमध्यसागरतिर क¥याङकुरुङका बथान चोमोलिङमा (माउन्ट एभरेस्ट) काटेर साइबेरियातर्फ लाग्दछ । ठीक त्यसै बेला किरात भूमिका राई लिम्बु, याक्खा, सुनुवारहरू धर्ती सा¥है शिथिल छ भन्ने थानेर खेली किसानीका लागि खेल पस्दैनन् । बरु साकेला नाच्न ढोल झ्याम्टा बोकेर फेङ्मा लेक्पा र सुलुली मन्दिरमा पुजाका लागि लाभा लस्करसहित भेला हुन्छन् । वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीको मनाइरहेको बेला किरात समुदाय सुँगुर, गोरु, भेडा, राँगा आदि बलि दिएर उँभौली पर्व भव्य रूपमा मनाइरहेका हुन्छन् 
किरात मुलतः मुर्ति पूजक होइनन् तर साकेला (उभौली) पर्वमा मुतिृ पूज्ने प्रथा बारे मुन्धुम धर्मशास्त्रले पृथ्वी उत्पत्तिसँग आख्यान जोडेको पाइन्छ । पृथ्वी उत्पत्ति सँगै लुगाका लागि सुन्निमाले तान बुनिरहेको ठाउँमा पारीहाङले अति राम्रो कौगियो (सुखुप) आकासबाट खसालि दिएछन् । खुसीले गदगद भएको सुम्निमाले आवेगमा यति राम्रो कौगियो खसाल्ने सँगै विवाह गर्ने प्रतिज्ञा गरिन् । तत्काल बूढोको भेषमा देखिएका पारोहाङ्गलाई देख्दा भने सुम्निमाले कुरूप बूढा सँग विवाह नगर्ने बचन फेरिन् । बोलीको टुङ्गो नभएकी सुम्निमालाई झुक्याएर पारोहाङ्गले बीज खुवाइदिए, नभन्दै उनि गर्भवति हुन पुगिछन् 
सो कुरा सुलुली नामक एक युवकले सुम्निमालाई सुनाए तत्काल सोच्दै नसोची आफूले कसैसँग शारीरिक सम्पर्क नगरेको हुँदा गर्भ रहेको मान्न तयार भइनन् र भनिन् कि यदि मेरो छोरी जन्भी भने तिमी सँग नै विवाह गरिदिउँला । नभन्दै फेङमा नाउँकी छोरी त जन्मिइन तर छोरीले लेम्पा नाउँका केटालाई मन पराउन थालिन् । सुम्निमाले धुन र तरवार युद्धमा जसले जित्ला उसैसँग फेङमा छोरीको विवाह गराईदिने घोषणा गरिन् । फेङमाका लागि लेम्पा र सलुलो बीचको युद्धमा लम्पाको हत्या हुन्छ । आफ्ना प्रेमी लम्पाको् हत्यामा भावविहवल फेङमा पनि सोही तरवारले सेरिएर आत्महत्या गर्छिन् भने सुतुलीको पनि हृदयघाट भई देहान्त हुन पुग्दछ । यहि आख्यानका आधारमा लेम्पा फेङमा र सुलुली धानमा पुजा गर्न जाने परम्परा बसेको बताइन्छ भने प्रत्येक वर्ष साकेला नाच्दा किराती पुर्खा सुम्निमा र पारुहाङका शिष्यबीच धनु तरवार युद्ध प्रतियोगिताको आयोजना गरिन्छ ।
वैशाख पूर्णिमा देखि झण्डै १५ दिनसम्म वर्षात राम्रो भई अन्नपात सुप्रियोस भनि कामना गर्दै सोकला उभौली चण्डी नाचेर मनाइन्छ । किरातका ४२ भाषा मध्ये वान्तवा भाषामा साकेन्वा सिली, सम्पाङ्ग भाषामा साकाल, थुलुङ्ग भाषामा तोषी, खालिङ भाषामा भूमेपूजा, बाम्बूले भाषमा मानियो सिल्ली, कुलुङ्ग भाषामा साख्ले सिल्ली, छिन्ताङ्ग भाषामा वाधाङ्ग र नेपाल भाषामा चण्डीप्याखँ भनिने साकेला सिल्ली पृथ्वीमा श्रृष्टि भएका सम्पूर्ण जिन्त युद्ध परम्परागत गतिविधी प्रर्दशन गर्दै नृत्य गर्ने गरिन्छ । चण्डी नाच अर्थात् साकेला सिल्ली बारे प्रचलित किवदन्ती अनुसार पारुहाङ्ग सुम्निमा बीचको सम्बन्धबाट पहिलो मानिस दोश्रो बाघ, तेस्रो भालु, र चौथो बाँसको जन्म भयो । बच्चा हुकर्दै जाँदा एक्लो सुम्निमालाई छोडेर पारुहाङ गायव भएछ । शिकार र कन्दमूल खोने क्रममा सुन्निमाले ढुंगा माथि एक किसिमको लहरा फेला पारिन् । त्यो लहरा चाख्दा मनलाई सौर्यवान् विर्यवान प्रफूल्लित मनको कुरा पोख्न उत्प्रेरित गर्ने खालको गुण पाइन् । एकदिन अचानक घर आइपुगेका पारुहाङ्गलाई सुन्निमाले त्यही बुटो खुवाइन् र बुटीको स्वभाव अनुरूप हर्ष विभोर पारुहाङले आफू स्वर्ग र नर्कको दुष्यावलोकन गर्ने चोमोलिङमा (विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट) ध्यानमा बसेको बताए 
यसैबीच आफ्ना चार सन्तानलाई हुर्काएकोमा भाव विभोर हुँदै पारुहाङ सुन्निमाका साथ नाच्न थाले । यस आख्यानको आधार पनि साकेला सिुल्ली नृत्यमा हुने गर्दछ । प्रकृतिवादी किरात (राई, लिम्बु, याख्खा, सुनुवा) मूलतः मूर्ति पूजक होइनन् । तर साकेला सिल्ली (उभौलीब्गस्–वैशाख पूर्णिमा–उधौली पौष पूर्णिमा यो मरी पूर्णिमा) का दिन भने किन मूर्ति पूजा गर्छन् त भन्ने बारे पनि छुट्टै आख्यान पाइन्छन् । किवदन्ती अनुसार दोलखाका किराती राजा बुद्धहाङ्ग आफ्नो पुर्खाले गुमाएको नेपाल खाल्टो पुनः प्राप्त गर्ने आफ्ना सबै प्रजालाई स्थानिय टुँडिखेलामा भेला गराई कूलदेवता हेन्कुबुङ्गको भव्य पूजा गर्दथे 
मुन्धुम धर्म शास्त्र अनुसार पूजा क्रममा राजा बुद्धहाङ्गलाई बहिनी सोइसोइलाले भृगु चराको प्वाख जति श्रीपेच पहिराई दिने गर्थिन् । यसै क्रममा एक पल्ट बहिनी सोइसोइला मासिक रक्पश्राप हुन पुगिछन् । लाज र ग्लानी वश श्रीपेच त्यही फ्याकी सोइसोइला जङ्गल पसिन् । आश्चर्य चकित जनसमुदायले “कुम्भादो सोइसोइला, कुम्भादो” भन्दै बोलाउन थाले तर सोइसोइला फर्किनन् । भुईमा खसेको श्रीपेच ढुंगामा परिणत हुन पुग्यो । तत्काल त्यहाँ दुई समुह देखा परे– दोलोको शाक्ति सोइसोइला सँगै जंगल गयो भनि विश्वास गरी अड्डीकस्ने प्रकृति पूजक लिम्बु कहलाए भने दोलोको शक्ति श्रीपेच खसेकै ढुंगामा छ भनि विश्वास गर्ने खुम्बु (राई)का रूपमा प्रख्यात भए । त्यसै बेलादेखि किरातीहरू चाड पर्वका बेला नाम्छोङ्ग पुरोहितद्वारा चोखो शुद रही पारुहाङ्ग–सुम्निमाको प्रतिक दुई ढुंगा र बीचमा सानो लुङ्ग उभ्याई नाच गान सहित पूजा गर्ने परम्परा थालनी भएको हो । ०००
https://www.souryaonline.com/2015/07/112742.html

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...