Monday, April 19, 2021

मगर व्याकरण र शब्दकोश निर्माण

 

मगर व्याकरण र शब्दकोश निर्माण

चाँदनी हमाल, ४ फाल्गुन २०७४

प्रकाशित: ४ फाल्गुन २०७४ ०९:२९ शुक्रबार

https://nagariknews.nagariknetwork.com/arts/140182-1518752640.html

काठमाडौं –  मुलुक संघीय संरचनामा गइसकेको छ । प्रदेशमा  बहुजातीय पहिचानयुक्त प्रशासनको प्रयास पनि थालिएको छ । नेपाली भाषा जनसम्पर्कको मुख्य भाषा रहे पनि मातृभाषाले अबको प्रादेशिक संरचनामा स्थान पाउन सक्ने व्यवस्था नेपालको संविधानले गरिसकेको छ ।

नयाँ व्यवस्थाअनुसार कुनै एक जाती विशेषको जनसंख्याको वर्चश्व रहेका स्थानमा मातृभाषामै सरकारी कामकाज गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ । मातृभाषामा कुनै पनि समुदायको मौलिकता रहने भएकाले पनि यसको जगेर्ना गर्नु सामाजिक, ऐतिहासिक र सांस्कृतिक देष्टिले महत्वपूर्ण छ । यसै मेसेमा विभिन्न निकाय तथा व्यक्तिहरू भाषिक संरक्षणका लागि खटिएका छन् ।

सोही सन्दर्भमा बिहीबार राजधानीमा मगरभाषा व्याकरण तथा शब्दकोष निर्माणका लागि संवाद थालिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मगर अध्ययन केन्द्रको संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाललाई बहुजातीय र बहुभाषिक भनि स्वीकार गरिएको बताए । पञ्चायकालमै २०३३ सालमा रेडियो नेपालले पहिलोपल्ट विभिन्न भाषामा समाचार दिने व्यवस्था भएको उनले स्मरण गरे ।

भाषा पहिचानसँग सम्बन्धित भएकाले राजनीतिक कुरा पनि हो,’ उनले भने । अबको समय आफ्नो भाषालाई सक्षम बनाएर सम्पर्क भाषाका रूपमा अघि बढाउने समय रहेको उनले औंल्याए । बहुलताको अवसर समात्न मातृभाषा सक्षम नभए नेपाली भाषा प्रयोगको विकल्प नरहेको उनले टिप्पणी गरे । जसका लागि आफ्नो भाषा भनेर घुमिहिँड्नुभन्दा विज्ञसमूहको सहयोग लिएर भाषाको विकास गर्न उनले मगर समुदायलाई सुझाव दिए । कतिपय शब्दहरू नेपालीबाट मगर वा अन्य भाषामा रूपान्तरण गर्न शब्दहरू पर्याप्त नभएकाले अध्ययन अनुसन्धानको खाँचो रहेको उनले बताए ।

प्राध्यापक रामराज रेग्मीले भाषिक संरक्षणका लागि अनुसन्धान र व्याकरण निर्माणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अहिलेसम्म नेपालमा ९७ भाषाको मात्र सर्वेक्षण भएको जनाउँदै उनले भने, ‘भाषा सजीव विषय भएकाले समयअनुसार अगाडी बढ्दै जान्छ,’ उनले थपे, ‘त्यसमा पनि १ सय २५ जनजातीमध्ये जनसंख्याकै आधारमा तेस्रो तहमा रहेको मगर भाषाको थप अध्ययन अनुसन्धान आवश्यक छ ।’ नेपालको जनसंख्यामध्ये १८ लाख ८७ हजार ७ सय ३३ जनसंख्या मगरजातीको रहेको छ । जसमा पनि ८ लाख १५ हजार ७१३ जनसंख्या अर्थात ४३ प्रतिशतले मात्र मगरभाषा बोल्ने गरेको छन् ।

मगर भाषा आफैंमा सबल भाषा भए पनि नयाँ पुस्तामा मगर भाषा बोल्ने क्रम हराउँदै गएर नेपालीकरण हुँदै गएको चिन्ता रेग्मीले गरे । भाषा संरक्षण गर्ने एउटा बलियो माध्यम भनेको त्यसको व्याकरण र शब्दकोश निर्माण भएको बताउँदै उनले मगर भाषामा पनि तीन मुख्य भाषिका रहेको र मगर ढुट, खाम मगर र काइके भाषिकाको बारेमा चर्चा गरे ।‘भाषा सामान्यतया विचारको आदानप्रदान गर्ने साधन हो,’ रेग्मीले भने, ‘सबैभन्दा थोरै शब्द प्रयोग गरेर मिहिनभन्दा मिहिन विचार पोख्न सकिन्छ ।’

व्याकरण बने पनि त्यसको व्यवहारीकणमा समस्या रहेको प्रष्टयाए । समुदाय र व्यक्ति व्यक्तिमा भाषिक एकरूपता कायम गर्न अप्ठेरो रहेको उनले दाबी गरे । डा. दुबिनन्द ढकालले मगर भाषाको शब्दकोष निर्माण विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले १२ भागमा विभाजन गरेर शब्दकोश निर्माणका लागि आवश्यकताहरू उजागर गरे ।

उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्म बोलिने मगर भाषालाई एकै ठाउँमा सूचीकृत गरिएको छ । ‘भौगोलिक किसिमले ठूलो क्षेत्र ओगट्ने भाषामा क्षेत्रीय भेद हुने हुनाले ती भेदलाई शब्दकोशमा कसरी समावेश गर्ने भन्ने विषय जटिल रहेको छ,’ उनले औंल्याए, ‘पुराना सन्दर्भग्रन्थ, भाषिक व्याकरण र शब्दकोशको तारतम्य मिल्नुपर्छ ।’

त्यस्तैगरी कम्युटरमा प्रविधिकरण गर्नका लागि पनि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । प्रविष्टी र परिभाषाको उदाहरणहरू उस्तै राख्नुपर्ने, समानार्थी र विपरीतार्थी शब्दको संयोजन पनि एकै ठाउँमा शब्दकोषमा राख्न सकिने उनले बताए ।

कार्यपत्रमाथि लोकबहादुर थापा र विष्णुकुमार सिञ्जालीले टिप्पणी गरेका थिए । मगर अध्ययन केन्द्रका अध्यक्ष गोविन्दप्रसाद थापाले मगर भाषा नेपालको बहुसंख्यक जनजातीको भाषा भएकाले यसको प्राज्ञिक विकासमा कमजोरी रहेको स्वीकारे । संवैधानिक प्रावधानअनुसार मगरभाषाले कामकाजको मातृभाषाको रूपमा प्रयोग गर्न पाउने सम्भावना रहे पनि यसको व्याकरण, शब्दकोष र भाषिक ज्ञानको अभाव रहेको उनले बताए ।

 

 


संकटमा सल्यानी संस्कृति

 अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले सीप र संस्कृति सिक्न चाहेनन्

फाल्गुन १४, २०७६विप्लव महर्जन, Kantipur,

(सल्यान) — ७५ वर्षीय विष्णुबहादुर बूढा त्रिवेणी गाउँपालिकास्थित पिमखोलाका पैसेरी नाचका अगुवा हुन् उनले झन्डै ३५ वर्ष विभिन्न मेला, पर्व र सार्वजनिक उत्सवमा पैसेरी नाचे मगर समुदायको मुख्य नाच मानिने पैसेरी केही वर्षयता लोप हुँदै गएकोमा भने उनी चिन्तित न् 

हाम्रो पुस्तासँगै पैसरी पनि सकिने हो कि,’ उनी भन्छन्, ‘युवाले सिक्नै चाहेनन्।’ आधुनिक गीतसंगीत प्रविधिका कारण युवापुस्ता पैसरीसहित विभिन्न सांस्कृतिक नाचबाट टाढिँदै गएको उनको गुनासो मगर भाषामा ‘पै’ को अर्थ काठको कोसीको बिट ‘सरी’को अर्थ गोलो आकार हो ढिकुरे लहरे नाचसमेत भनिने पैसेरी लस्करै गोलाकार नाचिन्छ युवालाई संस्कृति हस्तान्तरण गर्न खोजे पनि अनिच्छुक हुँदा समस्या भएको पैसेरीका अर्का अगुवा मैसर बूढाले बताए ‘बेरोजगारीका कारण अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले पनि सीप सिक्न चाहेनन्,’ उनले भने, ‘हामीले गाएको गीत र नाच हेरेर मन बहलाउँछन्, सिक्नतिर भने ध्यान दिँदैनन्।’ २०४३ मा काठमाडौं गई नाच देखाउँदा आफूहरू पुरस्कृत भएको समेत उनले सुनाए

पैसरी मात्र होइन, सोरठीले पनि कुनै समय सल्यानको पहिचान जोगाएको थियो अघिल्ला पुस्ताले बसाइँसराइ गर्ने क्रममा पूर्वी क्षेत्रबाट त्रिवेणी गाउँपालिकामा सोरठी भित्र्याएको ६० वर्षीय चन्दबहादुर ओलीको सम्झना छ उनका अनुसार त्रिवेणीको पिमखोलाबाटै जिल्लाभरि सोरठी फैलिएको हो ‘कृष्ण गोपिनीको प्रेमसम्बन्धलाई आधार बनाएर नाचिने सोरठीकै कारण पुर्खा देशभर चिनिए,’ उनले भने, ‘पुराना लोकभाका, नाच र बाजागाजासँग हाम्रो अस्तित्व जोडिएको छ

ओलीका अनुसार सोरठीमा मारुनी (महिला) ले घाँगर, चोली, धरो, रुमाल, केतुकीको कपाल र चुरापोते लगाउँछन् पुरुषले भने दौरा–सुरुवाल, स्टकोट, कम्पनीमाला र शेली लगाएर नाच्छन् सल्यानको चिनारी बोकेका बन्गाडी टप्पालगायत नाच, गीत र बाजागाजा पनि हराउन थालेकोमा उनको चिन्ता छ

जिल्लाका १० गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले भने स्थानीय संस्कृति संरक्षणका लागि गाउँगाउँमा समूह बनाएको छ विभिन्न चाडबाड, पर्व, मेलालगायत सार्वजनिक जमघटमा समूहले विभिन्न लोपोन्मुख नाच, गीत, बाजालगायत प्रदर्शन गर्दै आइरहेका छन् त्रिवेणीका वडामा गठन भएका १५ समूहले गत बुधबार लुहाममा स्थानीय संस्कृतिको प्रतिस्पर्धा गरे ४० देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले युवापुस्तालाई समेत परम्परागत संस्कृति संरक्षणका लागि प्रेरणा दिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए भने, ‘मौलिक संस्कृति हाम्रा चिनारी हुन्, संरक्षणका लागि कार्यविधि बनाएरै अगाडि बढ्ने हाम्रो योजना छ।’ उनका अनुसार गाउँपालिकाले प्रतिस्पर्धा गराएको यो पहिलो अवसर होइन स्थानीय सरकार गठन भएसँगै बर्सेनि यस्ता प्रतिस्पर्धा गराइरहेको उनले जानकारी दिए

कार्यक्रममा सहभागी समूहले दिनभर झाँकी, गीत, नाच तथा बाजागाजाको प्रदर्शन गरे आधुनिक बाजा संगीतका कारण पुराना संस्कृति नाच लोप भएको स्थानीय अगुवा धनवीर ओलीले जनाए प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बन्गाडी, टप्पा, सोरठी र लहरे नाच जिल्लाको सम्पत्ति भएको जनाए जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टले गाउँगाउँमा संस्कृति संरक्षण समूह गठन गरी जागरण ल्याउन जरुरी रहेको बताए ‘मौलिक संस्कृति संरक्षण गरी पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ’ उनले भने

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५४

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...