Wednesday, September 15, 2021

शास्त्र अन्धविश्वासका स्रोत होइनन् !


 

शास्त्र अन्धविश्वासका स्रोत होइनन् !

https://shrinagaronlinemedia.com/archives/13700

हाम्रो संस्कृतिको अभिव्यक्ति चाडपर्वहरूको माध्यमबाट हुने गर्दछ । हाम्रा सबै सांस्कृतिक चाडपर्वहरू परम्पराबाट आएका छन् । यस्ता पर्वहरू आमाअमावस्या, पिताअमावस्या, लक्ष्मीपूजा, भातृद्वितीया, छठ, जन्माष्टमी (कृष्णजन्माष्टमी), तीज, दसैँ, होली, उधौली, उँभौली, संक्रान्ति, पुर्णिमा, अष्टमी, पञ्चमी आदि हुन् । यस्ता दिनहरू तिथि, ग्रह, नक्षत्र आदि ज्योतिषीय गणनाबाट निर्धारण गरिएका हुन्छन् । यीमध्ये कतिपय दिनहरू पुराणमा लेखिएका छन् । हामी पुराण पढ्दैनौँ । नपढेपछि जान्दैनौँ । अनि जानेकाले पनि लेखेका श्लोक—मन्त्र जान्दछौँ, त्यहाँ उल्लेख गरिएका पात्र र वंशावली जान्दछौँ तर, आजको मितिमा त्यसको उपादेयता नजानेको अवस्था छ । कथा जान्ने, देवीदेवता जान्ने, पूजा र मन्त्र जान्ने, मानव जीवन, मानव समाजसँग त्यसको सम्बन्ध नजान्ने ! विगतका पुराणका बुझ्ने, त्यसको आजसँगको सम्बन्ध नजान्ने अवस्था विद्यमान छ । यही हो अन्धविश्वासको जरो, पुराण अन्धविश्वास होइन, त्यसप्रतिको बुझाइ र असान्दर्भिकताको अनुसरण अन्धविश्वास हो । तर, एकमुष्ट भनाइ हुन्छ ः धर्म, धर्मशास्त्र, पुराण, सनातन, परम्परा, मान्यता, अन्धविश्वास हो । उसो भए संस्कृति के हो त ?

परम्परामा तुलसीको पूजा गर्ने प्रावधान छ । आयुर्वेदमा तुलसीलाई ओखती मानिएको छ । हामी यसको संरक्षणका लागि र उपयोगिताका लागि पूजा गर्दछौँ । यसलाई ठीक ढंगले नबुझ्ने अनि अन्धविश्वास भनिदिने । गाई उपयोगी उपयोगी जनावर, गाईको बहूपयोगिताको विषय विज्ञानसम्मत छ । यसै अर्थमा गाईको पूजा र संरक्षणलाई अन्धविश्वास भनियो । वर—पिपल उपयोगी, संरक्षण अन्धविश्वास । नदी आवश्यक र उपयोगी, नदीप्रतिको सम्मान अन्धविश्वास । नाग—सर्प उपयोगी, यिनीहरुप्रतिको सचेतना, सम्मान र संरक्षण अन्धविश्वास !
अन्धविश्वास भनिएका थुप्रै प्रावधानका साझा विकल्प दिन नसकेको अवस्था छ । वनको छेउमा वनदेवी भनेर राखिएको सार्वजनिक ठाउँ हुन्थ्यो, त्यो अहिले खोई ? बीचमा देवीको मौलो गाडेर राखेको पोखरी अहिले खोई ? धारा—पँधेरामाथि नागथानको नाममा स्वच्छ राखिेने गरेको ठाउँ खोई ? गाउँको बाहिर डहरमा हरेक शनिबार पूजा गरिने वर—पिपल, समीको चौतारी खोई ? फोहर नगर्ने गरी सुरक्षित राखिएका भञ्ज्याङका देउराली खोई ? कृषि र पशुपालन गर्ने किसानले गाई चराउन आवश्यक पर्ने सार्वजनिक गौचरन खोई ? समाजवाद, सामुहिक उत्पादन र सहकारिताका आधार मानिने झारा, पर्म खोई ? यी सबै ‘अन्धविश्वासको शिकार’ भइसके ।

गाउँ गाउँमा भट्टी रूपान्तरण भएर रेस्टुरेन्ट बनेका छन् । तर, टोल—छिमेक जुटेर बात मार्ने चौतारी—सार्वजनिक स्थल छैनन् । नयाँ र आधुनिक रूपान्तरणले दिनु पर्ने सार्वजनिक पुस्तकालय, बालबालिका खेल्ने उद्यान र प्राकृतिक विपत्तिमा काम लाग्ने सार्वजनिक खुला स्थानहरू छैनन् । मानिसहरू घरभित्रै बसेर टेलिभिजन, मोबाइल, कम्प्युटरमा विलासी विज्ञापनमा आँखा हटाउने माध्यम र सामाजिक वातावरण छैन । यसरी बन्ने संस्कृतिले मौलिक पहिचान दिइरहन सक्ला ?
जब परिवारका पितापुर्खाको श्राद्धको विषय हुन्छ, यसलाई अन्धविश्वास भनेर उडाइन्छ । भनिन्छ, उनीहरुले फूल देख्दैनन्, धुप सुँघ्दैनन् । स्तुति—प्रार्थना सुन्दैनन् । यी सबै अन्धविश्वास हुन्छ । त्यहीँ ठूला र सम्मानित नेताको स्मृति र श्रद्धाको विषय हुन्छ, दिवस मनाइन्छ, पुष्पगुच्छा, अबिर, अगरबत्ती र धुप विज्ञान बन्दछ । सबै देख्ने, सुन्ने, सुँघ्ने ठानिन्छ ।

सामान्यतया आशीष, कामना आदि अन्धविश्वासको श्रेणीमा पर्दछ, तर जन्म आउँछ एकसे एक शुभकामनाका कल्पित शब्द छाउँछन् । त्यहाँ शुभजन्मोत्सव भनियो भने सामन्ती, अन्धविश्वासी हुन्छ, ह्याप्पी बर्थडे भनियो भने विज्ञान जस्तो देखिन्छ । मौलिक परिकारले उत्सवको शोभा पुग्दैन, सात समुद्रपारिको केक विज्ञान बनेको हुन्छ । मैँ हुँ भन्ने वैज्ञानिकहरू पनि कसैको निधनमा स्वर्गीय, मृतात्मा, आत्माको शान्ति आदि बोल्छन्, लेख्छन्, यही कुरा संस्कृतमा भनियो भने अन्धविश्वास हुन्छ । सार्वजनिक विदाइमा कामना, फूल—माला, अबिर, स्वागतमा तामझाम र पञ्चकन्याको उपयोग वैज्ञानिक र मौलिक संस्कृति हुन्छ, घरका ज्येष्ठ, श्रेष्ठ, मान्यजनलाई यही गर्नेहरू पाखे र रुढीवादी ठहरिन्छ । खोई हामीले संस्कृतिमा वैज्ञानिक विकल्प स्थापित गरेको ? पुराना अन्धविश्वास, नयाँ विदेशी ! हामी संस्कृति विहीन !

सबै सार्वजनिक क्षेत्रमा पङ्क्तिभेद छ, वरियताको रोलक्रम छ, यिनलाई समाजवादी, जनवादी, लोकतान्त्रिक सबैले मानिन्छ, यस्तै परापूर्व कालको विषय अन्धविश्वास र रुढीवादी कसरी हुन्छ ? यी विषय पार्टीका विधान र सरकारका नियममा हुँदा विज्ञान, जनजीवनमा हुँदा अन्धविश्वास हुन्छ र ? यो त ‘माछा मीठा, काँडा तीता !’ भनेजस्तो भएन र ? सार्वजनिक क्षेत्रमा पङ्क्तिभेद छ, वरियताको रोलक्रमको विकल्प के हुन सक्ला ?
मानिसहरू सम्झने शक्ति बढाउन अनेकौं विधि प्रयोग गर्छन्, सम्भवतः ओखती पनि सेवन गर्दछन् । कसैले पनि बिर्सने ओखती र खाद्य खोजेर खाँदैनन् । देख्नको लागि पनि दृष्टि बढाउने ओखती प्रयोग गर्दछन् । यसका लागि चस्मा पनि प्रयोग गर्दछन् । तर, बिर्सन पर्ने विषय पनि त हुन्छन् । नदेख्न, नहेर्न पर्ने पनि विषय हुनन्, कोही पनि आँखा चिम्लेर हिँड्दैन । बोल्न र बोल्ने कला विकास गर्न अनेकौं उपाय अवलम्बन गर्छन् । मानिस सम्झेर दुःखि, देखेर दुःखि छन् । बोलेर दुःख पाएका छन् । छन् नि, होइन ? स्मरणशीलता, दृष्टिकोण, संयमित वाणीतिर ध्यान दिन सके राम्रो हो । ‘अध्यात्म’ भनिने पूर्वीय जीवनमा यी विषय यथेष्ट छन् । योग, ध्यान, मौनव्रत आदि यिनका केही उदाहरण हुन् । यस्तो विषय पूर्वीय बाहेक अन्यत्र पनि छ कि ? मेरो जानकारीमा छैन ।

प्राचीन प्रवन्धहरु अध्ययन गर्दा परिवर्तनशीलता र परिष्कारको विषय उच्च देखिन्छ । यसको उदाहरणका रूपमा विष्णुका अवतारहरूलाई लिन सकिन्छ । सधै उस्तैले काम चल्ने भए अवतार किन फेरिन्थे । काम बाँडेर गर्ने प्रावधान त सामाजिक वर्ण विभाजनभन्दा अघिको देखिन्छ । एक्लैले सबै गर्ने भए सरस्वती, लक्ष्मी, कुबेर, नारद, इन्द्र, वृहस्पति, शुक्र, जय, विजय, यमराज, चित्रगुप्त आदि किन चाहिन्थे ? सबै राजकीय र व्यवस्थापकीय काममा लागेर हुने भए खोज—अनुसन्धानका लागि सप्तऋषि समूहको प्रावधान किन हुन्थ्यो ? सबैलाई एकैनास हुने भए स्वर्ग, मत्र्य, नर्क किन बनाउनुपथ्र्याे ? एउटै असल वस्तुले सबैथोक हुने भए पञ्चामृत किन चाहिन्थ्यो ? पञ्चगव्य किन चाहिन्थ्यो ? पातैले मात्रै हुने भए पाँच प्रकारका पात (पञ्चपल्लव) किन आवश्यक हुन्थ्यो र ? ठूलै रुखले मात्र हुने भए दुबो, कुश किन चाहिन्थ्यो होला ? हाम्रो पूर्वीय संस्कृतिले सबैको आवश्यकता, अस्तित्व र भूमिका स्पष्ट राखेको छ ।

तर, हामीले धर्मग्रन्थका बारेमा चर्चा गर्दा ‘कृष्णले कति विवाह गरे ? सोह्र सय गोपिनीसँग नाचे । शिवले भाङ—धतुरो खाए । सत्तरी वर्षका शिव शर्माले सात वर्षकी गोमासँग विवाह गरे । विष्णुले विन्दालाई छल गरे । इन्द्रले अहिल्यासँग व्यभिचार गरे । ऋषिमुनि गाईको मासु खान्थे आदि आदि !’ अहिले आफ्नो पार्टी र पार्टी नेताको विरुद्ध बोल्न डर छ, तर हाम्रा धर्मशास्त्रले आफ्ना आराध्यका नकारात्मक विषयमा समेत निर्धक्क लेखेका छन् । यही हेरेर सिक्नुपर्ने अर्को पक्ष हामी देख्दैनौँ ।
हामीलाई हाम्रा प्राचीन प्रवन्धले होइन, हाम्रो बुझाइले अन्धविश्वासी बनाएको हो । हाम्रा सबै वेद, पुराण आदिले हामीलाई निरन्तर परिष्कार गर्ने आधार नै प्रदान गर्दछन् । शास्त्र अन्धविश्वासका स्रोत होइनन्, हामी पौडिन होइन, बग्न रुचाउँछौँ ।

 

Friday, September 03, 2021

'Will I ever get justice?' Nepal accused of failing trafficking survivors


 

'Will I ever get justice?' Nepal accused of failing trafficking survivors

The Guardian, May 26, 2017

Rights groups claim no one has received compensation since law entitling survivors of human trafficking was introduced a decade ago

Rights groups in Nepal say they do not know of a single survivor of human trafficking who has received compensation under a law introduced a decade ago.

An act that came into force in 2007 guarantees compensation for trafficking victims, but only after the perpetrator has been convicted, a caveat that has left survivors facing years of traumatic court proceedings and threats from their traffickers.

A new report in which 125 trafficking cases were reviewed found that, while courts awarded compensation in more than half the cases, no one has so far received it.

Sabin Shrestha, executive director of the Forum for Women, Law and Development (FWLD), which produced the study, said: “The biggest tragedy for us is that the conviction rate is good. The perpetrators are being punished … but not a single survivor has benefited.”

Four other experts, with decades of experience in the field, also said they were unaware of any case where a survivor had received compensation.

The government initially rebutted the claims. Radhika Aryal, a senior civil servant at the women, children and social welfare ministry, said: “The government agencies provide compensation to the survivor, according to the court’s verdict. We have been doing so in many cases … without delay.”

Aryal later admitted, however, that she knew of only two cases of trafficking victims receiving compensation.

More typical are the stories of women like Shanti, who was trafficked to India at the age of 13. Shanti (not her real name) waited nine years for her case to go through the courts, but is yet to receive any payment.

“I have faced threats from the traffickers … I couldn’t spend a single day in peace as I always felt insecure before the verdict,” she said. “I couldn’t develop as a person, as I had to keep visiting my past through the courts.”

The law states that compensation should be paid out of the fine levied on the perpetrators, leaving survivors in limbo until the legal process is complete. If the trafficker cannot pay, the government must do so. Proving that the perpetrator does not have the funds is itself a lengthy and difficult process, however.

“Though the court verdict says I should be getting compensation, as far as I understand … I will have to prove that the culprit is not rich enough to pay compensation; only then will the government give me the amount,” said Shanti.

Even if Shanti eventually secures the payment, it is unlikely to reflect the ordeal she has been through. Research by the FWLD found that, in almost two-thirds of cases, courts ordered compensation of just 50,000 Nepalese rupees (£380).

The funds awarded are typically only 50% of the trafficker’s fine, with the remainder going to the government.

“How can the government keep half of any compensation given to survivors?” said Benu Gurung, executive director of the Alliance Against Trafficking in Women and Children in Nepal. “We demand all of the fine is given to the victim.”

Gurung added that some people find it is easier, and more lucrative, to accept hush money from the traffickers than go through the courts.

“From a survivor’s perspective, rather than face threats from traffickers, or risk being exposed as a victim of trafficking, it is better to accept a payoff, especially when you have no confidence that you will ever receive compensation,” said Gurung.

Rights groups are calling for immediate interim financial support for survivors, higher rates of reparations and greater efforts to make survivors aware of their right to recompense.

“We survivors demand the government compensate us first and later get the money from the culprit,” said Shanti. “How long will it take? Will I ever get justice?”

 

राउटेको संख्या घट्दै

 

राउटेको संख्या घट्दै

रासस
भाद्र १८, २०७८

वीरेन्द्रनगर । एक महिनाअघि राउटे समुदायका सात महिने बच्चा मयो शाहीको निधन भयो । आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन ।
एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन भएपछि उनीहरू बसाइँ सर्ने तरखरमा थिए । बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार तीन जनाको मृत्यु पछि अहिले अर्कै ठाउँमा सर्ने तयारीमा छन् । दलबहादुरको मिर्गौलामा समस्या थियो । गलत खानपान र हेरचाहको कमीका कारण समयमै उपचार हुन नसक्दा उनीहरूको सङ्ख्या घटिरहेको उक्त बस्तीमा काम गर्दै आउनुभएकी दुर्गा खत्रीले बताउनुभयो ।

राउटेले बाहिरकाले भनेको मान्दैनन्”, उहाँले भन्नुभयो, “गलत व्यवहारलेले गर्दा नै उनीहरुको अस्तित्व सङ्कटमा परिरहेको छ ।” राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले एकदशकअघि बस्तीमा पुग्दा उनीहरूको सङ्ख्या २६८ रहेकामा घटेर अहिले १३७ पुगेको बताउनुभयो। “ एक दशकको अवधिमा मात्र १३१ राउटे घटेकाले त्यहाँ जुनसकुै योजना लैजानुभन्दा उनीहरुले स्वीकार गर्ने खालका योजना लैजानुपर्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यसमा सरोकार निकाय सबैले ध्यान दिन पर्छ ।” राउटे बस्तीमै छाप्रोमा बसेर उनीहरूको सङ्ख्या गणना गर्नुपर्नेमा उहाँको जोड थियोे ।

मैले राउटेको भान्छामै खाएर र उनीहरुसँगै रहेर गणना गरेको हुँ”, अध्यक्ष अधिकारीले भन्नुभयो “तर अहिले उनीहरूको सङ्ख्या आधा घटेको छ । यसरी सङ्ख्या घट्दै जाने हो भने राउटेकोे अस्तित्व नै लोप हुने छ ।” समुदायबाट अलग्गै बस्ने र जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएकामा आधुनिकताले राउटेलाई सताएको छ काठका विभिन्न सामग्री बनाएर आफ्नो जीविका चलाउने र जङ्गलका कन्दमूल तथा विभिन्न जडीबुटी ल्याएर खान्थे । गुना बाँदर शिकार गर्ने गर्ने उनीहरू पैसा छोए पाप लाग्छ भन्ने र प्रकृतिमै रमाएकाले बिरामी परे पनि जडीबुटीले निको गरिहाल्थ्यो । उतिबेला बिरामी कम पर्थे ।
बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुबैले उत्तिकै सताउन थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । तीव्र् बस्ती विकासले आफूहरुको जङ्गल विनाश हुँदै गएको राउटेको गुनासो छ । जङ्गल मासिँदा गुना बाँदर, गिठ्ठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेको छन् भने परम्परागत पेशासमेत सङ्कटमा पर्न थालेको छ ।
मुखिया महिनबहादुर शाहीकाअनुसार पहिले ज्वरो, निमोनिया, आउँ, हैजा र पखालाजस्ता रोग लाग्थेन । पछिल्ला केही दशकयता उनीहरुको स्वास्थ्य निकै कमजोर हुन थालेको छ । रोगले कतिपयको त अकालमै मृत्युसमेत हुने गरेको छ । “पहिले गुना बाँदर जङ्गलमा धेरै पाइन्थ्यो अहिले पाउन छाडेको छ त्यसकारण जनतालाई खुवाउने चामल माग्याको छु”, उहाँले भन्नुभयो ।

घना जङ्गलमा बस्न रुचाउने राउटे अचेल अन्य समुदाय नजिक र शहर बजार आसपासमा बस्नाका साथै मदिरा र विषादी हालेका खानेकुरा पनि खान थालेका छन् । राउटे समुदायमा काम गर्ने बहानामा विभिन्न सङ्घसंस्था भित्रिन थाले पनि उनीहरूको सङ्कट मोचन हुन सकेको छैन । पैसा छोए पाप लाग्छ भन्ने गरिएकामा पछिल्लो समय उनीहरुमा पैसाको मोह बढेको छ । जब बस्तीमा विभिन्न बाहनामा बाहिरका व्यक्ति प्रवेश गर्न थाले तबदेखि यिनीहरुकोे हातमा पैसा पर्न थाल्यो र मदिराको लतमा लागे । अहिले बस्तीमा पुग्ने जो कोहीसँग उनीहरू मदिरा र पैसा माग्न थाल्ने भएका छन् ।

अघिल्लो आर्थिक वर्षदेखि उनीहले प्रतिव्यक्ति पाँच हजार भत्ता पाउँदै आएका छन् । भत्ता वितरण सहज बनाउने उद्देश्यले दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई स्थायी परिचयपत्र वितरण गर्दै आएकोे र सोसेक नामक संस्थाले पढाउने शिक्षक र स्वास्थ्यकर्मी परिचालन गरेको छ । राउटे रुपान्तरणका क्रममा रहेकाले पनि यो बेला उनीहरु सङ्कटमा पर्नसक्ने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो । “पहिला उनीहरु प्रकृतिमै रमाएका थिए बिस्तारै परिवर्तन हुन थालेका छन् । परिवर्तनको अवस्थामा रहेकाले पनि सङ्कटमा परेका हुन्”, उहाँले भन्नुभयो, “उनीहरुले पाएको भत्ताले मदिरा खाने गरेकाले भत्ताको सटृा आवश्यक सामग्री नै दिए प्रभावकारी हुनसक्छ । यस विषयमा छलफल गर्नु आवश्यक छ ।”

अत्यधिक मदिरा सेवन गर्न थालेकाले मदिराकै कारण केहीको ज्यान गएको हुनसक्ने बस्तीमा काम गर्दै आउनुभएका स्वास्थ्यकर्मी तिलक विसीले बताउनुभयो । “मृत्यु भएका दुवै युवाले धेरै मात्रामा मदिरा सेवन गरिराख्थे । खानाभन्दा मदिरा सेवन धेरै हुनु नै उनीहरुको मृत्युको प्रमुख कारण हो”, उहाँले भन्नुभयो, “ दलबहादुर सुन्निएका थिए भने मानसिङ खाना खान मन नगर्ने र दुब्लाउँदै गएका थिए । उपचार गर्न अस्पताल जाऔँभन्दा राउटे समुदायले मानेनन्”।

स्वास्थ्यकर्मी विसीका अनुसार बालबालिकामा कुपोषण र स्याहारको कमी र युवामा मदिरा सेवनका कारण ज्यान जाने गरेको छ । “आज बच्चा जन्मियो त्यसलाई दिनभरि झुपडीमै छोडेर महिला जङ्गल जान्छन्”, उहाँले भन्नुभयो, “न बच्चाको स्याहार छ न त सुत्केरी आमाको नै ।” तीन वर्षको अवधिमा नौ बच्चा स्याहारको कमीका कारण मृत्यु भएको थियोे । “म राउटे बस्तीमा स्वास्थ्यकर्मीका रुपमा काम गर्न थालेको तीन वर्ष भयो यो अवधिमा धेरै बच्चा स्याहार सुसारको कमीका कारण ज्यान गुमाएको देखेको छु”, स्वास्थ्यकर्मी विसीले जोड दिनुभयो, “यस्तै हो भने राउटे समुदायको अस्तित्व सङ्कटमा पर्ने सम्भावना छ ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले राउटे नीति ल्याउन लागिएकाले यसबाट उनीहरुको संरक्षण हुने बताउनुभयो । “राउटे समुदायमा मदिरा पिउने लत बसेकाले उनीहरु सङ्कटमा रहेछन्”, राउटे बस्ती पुग्नुभएका उहाँले भन्नुभयो, “उनीहरुको सुरक्षाका लागि प्रदेश सरकार लागिपरेको छ । सरकारले ल्याउन लागेकोे नीतिमा उनीहरुको सुरक्षा र संरक्षणका विषयलाई जोड दिइएको छ ।”

मानव अधिकारकर्मी गीता कोइरालाले नेपालकै पहिचानका रुपमा रहेको राउटे लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुभयो । “हिजो त्यति धेरै सङ्ख्यामा रहेका राउटे अहिले घटिरहेकाले सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन जरुरी छ”, उहाँले भन्नुभयो ।

 


Restoring balance

 Restoring balance

The relationship between the people and political parties is reaching a breaking point.

Ajaya Bhadra Khanal

Published at: May 4, 2021

Updated at : May 4, 2021 21:14

It has been a toxic combination of incompetence, arrogance, and greed.

As if announcing elections at the peak of a pandemic was not enough, political leaders gathered thousands of people from the outskirts and crowded them in big cities in meaningless displays of power. The big rallies and social interactions intensified until the pandemic reached a tipping point, killing thousands of people.

On the other side, the governments have failed to continue the vaccination drive, manage Covid-19, or bolster the health sector. Nepal's political circus, which began at the centre, has now spread to the provinces. Political instability, borne out of complete disregard for democratic principles and values, has reached epidemic proportions in Nepal. In summation, Nepal's politics has failed its people. In fact, the greatest threats to Nepal's economy, democracy, and well-being of its people are the political parties.

We can assess the performance of the political parties and the status of our democracy in several ways. For example, we can look at the ability of the parties to deliver the fruits of democracy to the people or look at the way they represent the people's voices. We can also look at the status of fundamental rights and freedoms, or adherence to democratic values and the rule of law.

Here, I will briefly discuss the ability of parties to represent and deliver on people's aspirations and how the public has so far perceived their performance.

A strong state, weak people

While the Nepali state has become strong, the people have become weaker and unable to receive the benefits.

The state of disarray and chaos exposed by the Covid-19 pandemic may appear counterintuitive to this claim. However, the Nepali state's ability to raise taxes (and extract from the people) has grown in recent years. For example, in the last 6 years, the tax to GDP ratio has increased from around 16 percent to 21 percent. It is similar to that of high-income countries, but unlike them, most of the taxes are indirect (more than 65 percent). Similarly, Nepal's security and rule of law institutions have become stronger. Nepal's foreign policy has also become more independent, to the extent that the Nepali state can now take stands against countries like India, the US, and China.

The only issue, however, is the use and abuse of such a strong state. Arrogant and incompetent leadership has meant that the strength of the state has been used and misused to serve vested interests rather than deliver the fruits of democracy to its people. In the absence of democracy, who controls the powers of the state and for what ends, has become a critical question. Undoubtedly, many of Nepal's institutions designed to deliver services to the people have become hollowed out and weak.

One evidence of this is public perception. According to a recent nationwide opinion poll conducted by Sharecast Initiative Nepal, a growing number of people believe that the country is heading in the wrong direction. Such pessimism is more prevalent in the urban areas (50 percent) than in rural areas (40 percent). What is more worrying is that the number of people feeling this way has increased by 16 percent in the last year.

The 'fruits' of democracy that people prioritize are employment, poverty reduction, control of inflation, control of corruption, political stability, health and education. People also want roads, especially in the Sudurpashchim Province.

Failure of parties

The operation of a democratic system is unthinkable without political parties. Political parties are the medium through which people are represented. However, if perceptions of the people are to go by, Nepal's democracy is in crisis. According to the poll, about 76 percent of the people believe that political parties do not represent their interests.

More than three-fourths of the people believe that the parties have failed to represent them. What could be worse?


 The primary cause of the current unfavourable situation is political parties and their leaders. About 60 percent of the people do not trust the political parties and their leaders. However, a positive sign is that the people trust their ward representatives more than their provincial or national representatives. People are happy with the local governments and the federal system and think these entities can improve their livelihood.

The political circus being enacted by political leaders and parties in the last few months have again reinforced people's belief that they are the biggest threat to Nepal's democracy, federalism and national interests.

Politicians are obsessed with power because it provides them opportunities for extraction, corruption, and abuse of state powers.

Nepal's younger generation is frustrated by the political instability and failures of the state. However, the availability of jobs overseas and remittance have helped cushion the eruption of discontent back at home. The contribution of remittance to GDP has allowed more space for politicians to continue exercising their excesses and incompetence.

Another outcome of misgovernance and political infighting is that the younger generation is becoming less interested in politics. While 63 percent of Nepali people claim that they are not interested in politics, this figure is much higher for the younger generation.

Of course, there are solutions to these problems and ways in which civil society and citizens can check the performance of political parties. The first step, however, is to recognise that Nepal's democracy is in crisis. The relation between the people and the parties is reaching a breaking point. We must restore this fundamental character of democracy and look for means that does not rest solely on an already flawed electoral system.

Ajaya Bhadra Khanal

Ajaya Bhadra Khanal is a research director at the Centre for Social Inclusion and Federalism.

https://tkpo.st/3xIpY01

लाेकतन्त्रको कसीमा दलहरू असफल, तर विकल्प के?

 नेपाली राजनीतिको असफलताका कारण आम जनता, माओवादी लडाकु झैं, परम्परागत राजनीतिको मैदानबाट निजी जिवनमा फर्किरहेका छन् भने राजनीतिक दलहरु स्वयं जनताको घरदैलो र गाउँघरका मैदानबाट आफ्नै निजी स्वार्थको मैदानमा फर्किरहेका छन् । फलस्वरुप उनीहरुको केन्द«विन्दु राज्य र सरकार बन्न पुगेको छ ।
लोकतन्त्रको कसीमा दलहरु असफल, तर विकल्प के? | Simpani (wordpress.com)

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...