Saturday, April 30, 2022

तामाङ समुदायको कथा बोल्ने ‘पिंगाई माया’

 तामाङ समुदायको कथा बोल्ने ‘पिंगाई माया’ 

कान्तिपुर, वैशाख १४, २०७९सुशीला तामा‌ङ

काठमाडौं — तामाङ समुदायमा छोरी मान्छेलाई माया गरेर बोलाइने थुप्रै नामहरूमध्ये एक हो, ‘पिंगाई माया’ । यही मायालु नामलाई केन्द्रमा राखेर गायिका निर्मला घिसिङले एक पात्र बुनिन् । लेखपढ नगरेकी, गाउँमा सामान्य रुपमा बाबुआमा र भाइको सपनाका लागि दिनचर्या बिताएकी सोझी ‘पिंगाई माया’सँगै कवि राजु स्याङ्तानले जोडिदिए मध्यपहाडी लोकमार्गमा ज्यामी काम गर्ने एक युवकको संघर्ष । त्यसैमा कवि स्याङ्तानले अझै थपे युवक र ‘पिंगाई माया’बीचको प्रेम कथा 

तामाङ समुदायका महिला, मजदुरका कथा, यसभित्र लुकेका मौलिक कला, संस्कृतिलाई समेटेर तयार गरिएको ‘पिंगाई माया’ बोलको गीत म्युजिक भिडियोसहित हालैमात्र सार्वजनिक भएको छ । गीतमा शब्द गायिका घिसिङकै रहेको छ भने उनलाई स्वरमा साथ अनिश योञ्जनले दिएका छन् । कोरोना महामारीको समयमा सिर्जना भएको गीतमा तामाङ भाषासँगै समुदायकै संस्कृति र मौलिक ‘अर्गानिक’ प्रेम कथालाई उठान गर्ने जमर्को गरिएको कान्तिपुरसँगको कुराकानीमा गायिका घिसिङले सुनाइन् 

भाषा त्यसै पनि जातिको संस्कृति हो,’ उनले भनिन्, ‘यसमा तामाङ समुदायकै संस्कार र परम्पराका कुरा देखाउने हामीले कोसिस गरेका छौं ।’ तामाङ सेलोसंगीत, लोक आधुनिकलगायत संगीतमा आफ्नो ओझिलो स्थान बनाएकी घिसिङले गीतमार्फत समुदायका महिला पात्रका कथासँगै मौलिक संस्कृतिलाई अगाडि ल्याउने जमर्को गरिएको सुनाइन् । उनले भनिन्, ‘संगीतजस्ता कला समाजको दर्पण हो । यसले समाजकै कुरा उठान गर्ने भएकाले पक्कै पनि यो प्रभावकारी हुन्छ । यसैमा हाम्रो संस्कृतिका कुरा जोडेका छौं ।’ गीतलाई श्रोता तथा दर्शकका सामु ल्याउन झन्डै दुई वर्ष समय लागेको सुनाउँदै उनले केही अंश भए पनि समुदायको विषयलाई सशक्त रुपमा उठान गरिएकाले निकै सन्तुष्ट रहेको भाव व्यक्त गरिन् 

घिसिङको शब्द र भावलाई गीतको भिडियोमा समावेश गरिएको मजदुरको कथाले अझै बलियो बनाएको छ । गीतका शब्दहरू सुनेपछि लोकमार्गमा काम गर्ने तामाङ समुदायको एक युवकको कथा सिर्जित भएको कवि स्याङतानले सुनाए । यसले तामाङ समुदायका समग्र मजदुरहरूको कथालाई समेट्ने उनले दाबी गरे । स्याङतानका अनुसार समुदायको गीत तथा भिडियोमा आएको मौलिक कथा सम्भवतः यो नै पहिलो हो । सडकमार्गमा अहोरात्र खटिने मजदुरहरूको कथालाई उनले यसभन्दा अघि कवितामा उठान गरिसकेका छन् । सडक मजदुरका पीडा र कथालाई प्रस्तुत गरिएको स्याङ्तानको ‘रामबहादुर मार्ग’ शीर्षकको कविता धेरैले रुचाएका पनि छन् । कवितामा कोरिएका कथा दृश्यमा पनि देखिनुपर्छ भन्ने हेतुले भिडियोको कथामा समेटिएको उनले बताए । ‘कविताको भाषामा पाएको पाठक र दृश्यमा पाउने दर्शक फरक होला तर समुदायको अर्गानिक कथा भन्ने यो मेरो कोसिस नै हो‚’ उनले भने 

गीतमा प्रयुक्त भिडियोमा स्थानीय युवती र ज्यामी काम गर्ने युवकको प्रेमकथामा रामेछापको सुनापति गाउँपालिकाको सुन्दर तामाङ बस्ती देख्न सकिन्छ । रक्सी पारिरहेको दृश्य, टोटलाको फूल, तितेपातीको प्रयोग, समुदायमा परम्परादेखि चल्दै आएको नुन, तेल पैंचो माग्ने प्रचलनलाई समेत देखाइएको छ । गीत र कथाका माध्यमबाट समाजको ग्रामीण बस्तीमा यथावत् रहेको पक्षलाई उजागर गरी देखाउने उनीहरूको जमर्को हो । अजय स्याङतानले निर्देशन गरेको भिडियोमा कलाकारहरू बुद्धि तामाङ र निरञ्जली लामाले अभिनय गरेका छन् 

प्रकाशित : वैशाख १४, २०७९ २०:०३

 

Saturday, April 23, 2022

प्रथम सहिदका नाममा अनावश्यक विवाद

 प्रथम सहिदका नाममा अनावश्यक विवाद

सन्जोग लाफा मगर

२०७९ बैशाख १० शनिबार ०६:२७:००

झननयाँ पत्रिका

सन् २०१६ मा पोखरामा भएको एउटा कार्यक्रममा बोल्दै साहित्यकार आहुतिले लखन थापाभन्दा २७ वर्षअघि मारिएका बझाङका बाँकावीर नै पहिलो सहिद भएको दलिल पेस गरे आहुतिका अनुसार बाँकावीरले राणा शासनको केन्द्रीय सत्ताविरुद्ध विद्रोह गरेका थिए दैलेख जाजरकोटबाट समेत सेना लगेर बाँकावीरको हत्या गरिएको थियो

आहुतिलाई माथ दिँदै आफू समर्थित विद्यार्थीको केन्द्रीय कमिटीको भेलामा केपी ओलीले भने, ‘बैतडी, बझाङतिर बाँकावीरले पहिलोपल्ट राणा शासनको विरुद्ध लड्नुपर्छ भनेर सेना नै संगठित गरेरै ल्याएका थिए उनलाई राणा शासनले हत्या ग¥यो र पहिलो सहिद उनी हुन्।’ओलीको विरोधाभासपूर्ण अभिव्यक्तिपछि दर्जनौँ संघ–संस्थाले प्रेस विज्ञप्ति निकाली उनलाई चेतावनी दिए, सच्चिन आग्रह पनि गरे यति मात्रै होइन, ओलीविरुद्ध विभिन्न जिल्लामा विरोध प्रदर्शन भए, पुत्ला दहनसमेत भए ओलीले माफी नमागेसम्म आन्दोलन कायम रहने आक्रोशितहरूको भनाइ छ

क्रान्तिकारी लखन
गोरखनाथ गणमा विसं १९११ मा भर्ती भएका लखन थापा मगर नेपाली सेनाबाट सैन्य सेवा त्याग्नुअघि राणाविरोधी युवराज त्रैलोक्यका अंगरक्षक थिए भारतमा भएको अंग्रेजविरोधी आन्दोलनले लखनलाई नेपालमा जंगबहादुरको निरंकुश शासनविरुद्ध क्रान्ति गर्ने ऊर्जा प्राप्त भयो लखन थापा बेलायतको संसदीय प्रणालीका पक्षपाती, तर अंग्रेज साम्राज्यवादी नीतिका कट्टर विरोधी थिए उनले जंगबहादुरको निरंकुश जहानियाँ शासनविरुद्ध क्रान्ति गर्न गाउँलेलाई ठाउँ–ठाउँमा भेला गराई संगठित पनि गर

इतिहासकार महेशचन्द्र रेग्मीका अनुसार बुङकोट काहुले भंगारमा बन्दुक र धनुकाँडहरूले सुुसज्जित लखन थापाको नेतृत्वमा रहेको करिब दुई हजार युवाको दुई ब्रिगेड पल्टनसँग जंगबहादुरले पठाएको देवीदत्त बटालियनको घमासान भिडन्त भयो भिडन्तमा लखन थापाको गोलीगट्ठासहित रासनपानी सिद्धियो बसिरहेको ठाउँ सेनाले घेरा हालेपछि अन्ततः लखन थापाले आत्मसमर्पण गरे जयसिं चुमी राना मगर सहयोगीलाई जंगबहादुरको सैनिकले पक्री बाँसको पिँजडामा बाँधेर काठमाडौं पुर्‍याइयो

उनीहरूलाई केरकार गर्दा लखन थापाले जहरे चुमीलाई जर्नेल, विराज थापा मगर, जुठ्या थापा मगर र जितमान गुरुङलाई कर्णेल पद दिएको र अन्यलाई जर्नेल, कर्णेल र कप्तान पद दिने कसम खाएको उल्लेख गरेको पाइयो (रेग्मी रिसर्च सेरिज’ वर्ष १२ अंक सन् १९८० डिसेम्बर : ७२–७५) विसं १९३३ फागुन २ गते दरबारअगाडिको खिर्राको बोटमा लखन थापासहित जहरे (जयसिंह) चुमी, विराज थापा मगर, जुठ्या थापा मगर, जितमान गुरुङ र अजपसिंह थापा मगर र अच्छामीलाई रूखमा झुन्ड्याइयो सन्त ज्ञान दिलदास कालु लम्साललाई बाहुन भएकाले मृत्युदण्ड दिइएन सुकदेव गुरुङलाई गोरखाको जेलमा यातना दिएर हत्या गरियो अन्य ५० जना हयोगीलाई बाँसको पिँजडामा राखी काठमाडौं ल्याई टुँडिखेलको रूखमा झुन्ड्याइयो 

को हुन् बाँकावीर ?
सुरतबहादुर शाहले ‘नेपालका प्रथम अमर सहिद बाँकावीर’ भन्ने पुस्तकमा बाँकावीरबारे केही तथ्य बाहिर ल्याएका छन् पुस्तकमा भनिएको , ‘जंगबहादुर राणाले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखी अड्कलेको मानो खानुपर्ने व्यवहारले राजपरिवार तथा मोफसलका ठकुरीहरू आक्रोशित थिए

अछाममा जाने राणाको कर्मचारीहरूलाई लैनो नौमुठे गाई सित्तैमा दिनुपर्ने, हाकिमलाई पिठ्युँमा काखी राखी बोकेर ठाउँ–ठाउँमा डुलाउनुपर्ने, कर्मचारीहरूलाई गोर्खाली मानो भनी चामल, दाल, घिउ, मसला उठाउनुपर्ने, छोरीचेली, नारीप्रति हातपात गर्दा अभिभावकले टुलुटुलु हेर्नुपर्ने बाध्यताले श्री ५ गीर्वाणयुद्ध वीरविक्रम शाहदेवकी छोरी सरस्वती कुमारी उनकी पनि छोरी अछामी राजालाई विवाह गरेपछि जन्मिएका साहेबज्यू बाँकावीर उर्फ बलदेव शाहले राणाद्वारा पठाएको फौजलाई रासन नदिने अभियान चलाए।’

बाँकावीरले एक्लै, दुक्लै भेटेका जवान र कर्मचारीहरूको हत्या गर्दै हिँडेपछि स्थानीय अछामी स्वाँर खत्रीहरूलाई राणाहरूले प्रयोग गरी बाँकावीरको हत्या गरिएको पुस्तकमा उल्लेख छ भनिएको , ‘विसं १९०६ बाँकावीरको टाउको काटी रुद्रसिंह स्वाँरले हत्या गरेर रातारात अछामको सिमाना कटाउँदै डोटी गौँडा हुँदै काठमाडौं पुर्‍याएका थिए।’ बाँकावीर प्रथम सहिद हुन् भनेर पूर्वआइजिपी मोतिलाल बोहरा इतिहासकार प्रा.डा. राजाराम सुवेदीले पनि सुरतबहादुर शाहले उल्लेख गरेको घटनालाई साबिती गरेका छन्

पञ्चायतकालमा केही इतिहासकार र प्राज्ञिक व्यक्तिहरूले लखन थापा मगरको बलिदानीको सम्मानभन्दा पनि अपमान गरे आजका लेखक नेताहरूले पनि लखन थापाको अपमान गर्दै बाँकावीर प्रथम सहिद हुन् भनेका छन्

प्रथम सहिद लखन थापाभन्दा ३६ वर्षअघि मारिएका पाखापानीका तुले रोहानी मगर प्रथम सहिद हुन् भनेर ‘बेनी अनलाइन’मा २० आश्विन, २०७७ मा ध्रुवसागर शर्माले दाबी गरेका छन् उनको दाबी , ‘चौबिसी राज्यअन्तर्गतको पर्वत राज्य गोरखामा बिलय भएपछि गोरखाली शासकले मनपरी र आम्दानीभन्दा दश गुणा बढी कर बुझाउनुपर्ने तरुनी छोरीहरू शासकलाई जिम्मा लगाउनुपर्ने।’ सामान्य मुद्दा मामिलाका लागि पनि बाग्लुङ पाल्पा जानुपर्ने बाध्यताविरुद्ध म्याग्दी पाखापानीका तुले रोहानी मगरले विसं १८८७ मा पात्लेखेत, झीं, पाखापानी, कोटगाउँलगायतका गाउँहरू समेटेर पाखापानी राज्य बनाएको शर्माले लेखेका छन् उनी लेख्छन्, ‘देउरालीलाई राजधानी तोकी तत्कालीन पर्वत राज्यको राजा मले बमका राजकुमार भएकाले आफू राजा भएको घोषणा गरे सिरानमा कोट बनाई घरेलु हातहतियार जम्मा गरे गोरखालीहरूको षड्यन्त्रमा ढोलठानका दुई राजकुमारसँग रोहानी युद्धमा भिडे लडाइँमा जेठा राजकुमारले शिर छेदन गरे उनको सहयोगीहरूलाई पनि खोजी–खोजी हत्या गरियो।’

२०७३ असोजमा ‘स्वाभिमान’ अनलाइनमा छापिएको लेखमा लेखक चन्द्रप्रकाश बानियाँले लखन थापा मगरको क्रान्तिभन्दा अघिको घटना उल्लेख गरेका छन् उनका अनुसार जंगबहादुरको जहानिया शासन अन्त्यको द्देश्यले वीरध्वज बस्न्यातलगायतका केही मानिसहरूले विसं १९०३ सालमै सशस्त्र विद्रोहको योजना बनाएका थिए, तर त्यो विद्रोह असफल भएकाले नाइके वीरध्वजसहित धेरैजनाले ज्यान सजाय पाएका थिए

माथिका घटनाहरूले प्रथम सहिदको दाबीलाई न्याय गर्न सक्छ त ? यसबारे सोच्नैपर्छ बाँकावीरले गरेको संघर्ष तोकेको मानो खानुपर्ने नियमलाई तोड्ने, पारिवारिक असन्तुष्टि र राणा कर्मचारीले गरेको दुव्र्यवहारविरुद्ध गरेको आक्रोश थियो तुले रोहानीको सवालमा पनि त्यही लागू हुन्छ वीरध्वज बस्न्यातको असफल विद्रोहको घटना हो लखन थापाबाहेक अन्य व्यक्तिहरू राष्ट्रिय स्वार्थभन्दा बढी पारिवारिक र व्यक्तिगत स्वार्थबाट प्रेरित भएकाले उनीहरूसँग लखन थापाको तुलना गर्न कत्तिको न्यायोचित छ ? इतिहासकार प्राडा. राजाराम सुवेदी तर्क गर्छन्, ‘नेपाल एकीकरणको वेला धेरै वीर, वीरांगनाले राष्ट्रका निमित्त प्राण अर्पे उदाहरणका लागि कालु पाण्डे, चेब्रे राना, बंशु गुरुङ, धोकलसिंह बस्न्यात, भक्ति थापा आदि सहिद पनि कुन घटना, कून कालखण्ड र कुन प्रसंगमा भएका हुन् भन्ने कुराको सीमारेखा कोर्नुपर्ने स्थिति देखिएको छ।’ 

एक्लो हकदार
पञ्चायतकालमा केही इतिहासकार र प्राज्ञिक व्यक्तिहरूले लखन थापा मगरको बलिदानीको सम्मानभन्दा पनि अपमान गरे आजका लेखक नेताहरूले पनि लखन थापाको अपमान गर्दै बाँकावीर प्रथम सहिद हुन् भनेका छन् नेकपा एमालेसम्बद्ध मदन–आश्रित स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सहिद (२०५२) ग्रन्थमा स्पष्ट लेखिएको .....मुलुक र जनताको स्वाभिमान तथा प्रजातन्त्रका खातिर निरकुंश शासकसमक्ष कायरताको भीख नमागी आप्mनो जीवन बलि चडाउने वीर सहिद लखन थापा नेपालको राजनीतिक इतिहासमा ‘प्रथम सहिद’ मानिएका छन्।’ 

सबै नेता गोरखाका भएकाले लखन थापालाई प्रथम सहिद भनिएको तर्क आहुतिको छ उनले भनेका छन्, ‘बाबुराम भट्टराई गोरखाको, नारायणकाजी श्रेष्ठ गोरखाको, चिरञ्जीवी वाग्ले गोरखाको, राजेश्वर देवकोटा गोरखाको, सबै नेताहरू गोरखाकै भएकाले लखन थापा पहिलो सहिद भए।’ आहुतिले निकै फितलो तर्क अघि सारेका छन् ओलीले पनि राज्यले घोषणा गरिसकेको प्रथम सहिद लखन थापा मगरविरुद्ध जनता रिझाउन तथ्यविनाको तर्क पेस गरेका छन् 

लखन थापालाई अरूले जे–जे भने पनि जनमानसबाट छुटाउन सक्दैन प्रथम सहिद घोषणापछि गोरखामा सहिद लखन थापा गाउँपालिका नामाकरण गरिएको राज्यले भन्दाअघि नै जनस्तरबाट लखन थापाको नामबाट चोक, पार्क, सडकको नाम, दर्जनौँ सालिक अनावरण गरिएको छ यो सबैको देन नेपाल मगर संघको हो सत्य लेख्ने इतिहासकार सरकारलाई जनदबाब दिने संघ, संस्था नेपाली जनताको ठूलोे योगदान छ जंगबहादुर राणाको निरंकुश जहानियाँ शासनविरुद्ध सशस्त्र क्रान्ति गर्दा मारिएकाले स्थापनाकालदेखि र चौथो राष्ट्रिय महाधिवेशन (२०४८) मा लखन थापा मगरलाई प्रथम सहिद घोषणा पारित गर्दै संघमार्फत गोरेबहादुर खपांगी मगरले जनमानस र बौद्धिक क्षेत्रमा बहसको थालनी गरेका थिए

लखन थापा मगरलाई फाँसी दिएपछि स्थानीय गाउँलेलाई घटना गुपचुप राख्न कागजमा सहीछाप गराई राणाहरूले केही रुपैयाँ दिए उनको नाममा गोरखा दरबार परिसरमा ठूलो घन्टा चढाए सो कुरा दण्डपाणि अर्याललाई उल्लेख गर्दै इतिहासकारद्वय तुलसीराम वैद्य धनबज्र बज्राचार्यले ‘गोरखाको ऐतिहासिक सामग्री– २०२९’ मा लेखेका छन् ऐतिहासिक घटना, स्थानीय जनताको विश्वास, अनुसन्धानात्मक पुस्तकसहित प्रमाणका आधारमा मगर संघले प्रथम सहिद घोषणा गर्न सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझायो कृष्णप्रसाद भट्टराईको सरकारले २०५६ फागुन ११ गते लखन थापा मगरलाई सहादतको १२५ वर्षपछि सहिद घोषणा गर्‍यो सहिद मात्रै घोषणाले असन्तुष्ट नेपाल मगर संघले २०६२ माघ १० गते प्रथम सहिद घोषणा गर्न पुनः संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्रालयमा ज्ञापनपत्र बुझायो कमजोर फितलो प्रत्युत्तरपत्र राज्यले मगर संघलाई थमायो ‘प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठान’ले इतिहासकारबीच बौद्धिक छलफल, बहस, अन्तत्र्रिmया घनीभूत बनाउँदै लग्यो लखन थापा मगरवारे रेग्मी रिसर्च सेन्टरको दस्तावेज, प्रतिवेदन प्रमाणस्वरूप पेस गर्दै नेपाल सरकारलाई पटक–पटक ज्ञापनपत्र बुझायो

मगर सभासद् समूह र समर्थक सभासद्को हस्ताक्षरसहित सभासद् शिवलाल थापा मगरले संविधानसभा व्यवस्थापिका संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव राख्दै ‘लखन थापा मगरलाई प्रथम सहिद घोषणा गरियोस्,’ प्रस्ताव राखे त्यसपछि बाध्य भएर २०७२ असोज गते प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्ले १३९ वर्षपछि लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्‍यो सञ्चारमन्त्री राम कार्कीको पालामा प्रथम सहिदको हुलाक टिकट प्रकाशन भयो

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय एकीकरण, राजनीतिक स्वतन्त्रता, प्रजातन्त्रलगायतका विषय र क्षेत्रमा ठूलो योगदान दिँदै प्राण आहुति गरेका व्यक्तिलाई सहिद भनिन्छ। राज्य कमजोर भएको मौकामा गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र खड्गप्रसाद ओलीको व्यक्तिगत स्वार्थमा अन्धाधुन्ध लगभग १२ हजार सहिद घोषणा गरियो चौतर्फी विरोध भएपछि उच्चस्तरीय सहिद सुझाव, परामर्श समितिका संयोजक मोदनाथ प्रश्रित र नवराज सुवेदीको संयोजकत्वमा गठित सहिदको परिभाषा तथा मापदण्ड निर्धारणसम्बन्धी उच्चस्तरीय कार्यदल बन्यो कार्यदलको प्रतिवेदन कार्यान्वयन नै गरिएन सबै तथ्यबाट भन्न सकिन्छ, जंगबहादुर राणाको शासनविरुद्ध सांगठनिक रूपले जनस्तरबाट सशस्त्र क्रान्ति गर्दा आफ्नो ज्यान आहुति दिएका लखन थापा मगर नै नेपालको प्रथम सहिदका एक्ला हकदार हुन्

प्रतिकृया

Baburam Nepali

राणाहरुको विरुद्ध सशक्त रुपमा सेना नै खडा गरेर बिद्रोह गर्ने लखन थापाको तुलना अरुसँग हुनै सक्दैन ! राणाहरुले अंग्रेजको पैताला चाट्ने काम गरेर राष्ट्रिय स्वाभिमानको धज्जी उडाएको बिरोधमा सशस्त्र संघर्षको तयारी गरेका लखन थापाको योगदान हामीले सानै देखि पढ्दैं आएका चार शहीदको भन्दा उच्च छ । मलाई सधैं अचम्म लाग्थ्यो पुरानो सामन्य ज्ञानको पुस्तकमा पनि प्रथम शहीदको नाम लखन थापा थियो तर पाठ्यपुस्तकमा चाहिँ जम्मा चार सहिद भनिन्थ्यो र सहिद गेटमा पनि लखन थापाको शालिक राख्नुपर्ने ठाउँमा त्रिभुवन को शालिक राखिएको छ ! लखन्न थापाको यो योगदान कतैबाट पनि कम आँक्नै सकिन्न । तर उनी भन्दा अगाडी अरु कोही राणाको विरोधमा मारिएका थिए भने तीनीहरुलाई प्रथम सहिद भन्दा लखन थापाको योगदनमा रति भर पनि कमी आउँदैन ! माओवादी जनयुद्धका प्रथम सहिद भनिने दिल बहादुर रम्तेल राज्यसँग लडेर मृत्यु भएका होइनन् , प्रहरीले गोली चलाउँदा झुक्किएर उनलाई लागेको हो तर उनैलाई प्रथम सहिद मानिन्छ तसर्थ लखन थापाको विषयमा अनावश्यक विवाद जरुरी छैन ।उने सहीद हुन् र प्रथम हुँदा मगरको इज्जत बढ्ने तर द्वितीय तृतीय हुँदा घट्ने भन्ने तर्क ठिक होइन । वाँकावीरको विषयमा ऐतिहासिक तथ्य सही हो वा होइन त्यसको खोजी गर्नु बेग्लै कुरा होला तर राज्यद्रोहको अभियोगमा पहिला वाँकाबीरलाई मारेपनी प्रथम सहिद त लखन थापा नै हुन भन्ने तर्क सुहाउँदिलो लाग्दैन ।

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...