Showing posts with label Society. Show all posts
Showing posts with label Society. Show all posts

Sunday, May 10, 2026

मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

मुक्त कमैयाको बदलिएको जीवन : बगरमा पसिना, राजमार्गमा व्यापार

रासस, २०८३ वैशाख २७ गते ६:२२

२७ वैशाख, कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडकछेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् । चर्को गर्मीमा शीतलता खोजिरहेका यात्री त्यहीँ रोकिन्छन्, फलफूल किन्छन् र फेरि यात्रामा अघि बढ्छन् ।

तर सडक किनारको यो सानो व्यापार केवल यात्रीको तिर्खा मेटाउने माध्यम मात्रै होइन, मुक्त कमैया परिवारको जीविकासँगै सङ्घर्ष र आत्मनिर्भरतासँग जोडिएको छ ।

कृष्णपुर नगरपालिका–२ का नीरज रानाले विगत चार वर्षदेखि वनहरा नदीको बगरमा फलाएका फलफूल र तरकारी बेचेर परिवारको गुजारा चलाइरहेका छन् । राजमार्ग किनारमै व्यापार गर्दै आएका रानाका अधिकांश ग्राहक सवारीचालक र यात्री हुन् ।

बिहानदेखि साँझसम्म सडकछेउमा बसेर तरकारी तथा फलफूल बिक्री गर्दा हुने आम्दानीले परिवारको दैनिक खर्च धानिएको छ,’ उनले भने ।

राना मुक्त कमैया बस्तीमा बस्छन् । सरकारले करिब तीन दशकअघि पुनस्र्थापनाका क्रममा उनलाई पाँच कट्ठा जमिन उपलब्ध गराएको थियो । त्यही जमिनमा कच्ची घर बनाएर उनको परिवार बस्दै आएको छ ।

माघ महिनादेखि उनी वनहरा नदी किनारमा बगर खेती गर्छन् । बगरमा काँक्रा, तरबुजा, खरबुजा, लौका र तितेकरेला उत्पादन हुन्छ भने घरनजिकैको बारीमा मकै लगाउने गरिएको छ । उत्पादन भएका तरकारी र फलफूल राजमार्ग छेउमै बिक्री गरिन्छ ।

दैनिक पाँच हजार रुपैयाँजतिको बिक्री हुन्छ,’ रानाले भने, ‘सिजनभरिमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी हुन्छ । यही आम्दानीले परिवार चलिरहेको छ ।’

वनहरा मुक्त कमैया बस्तीका ८० भन्दा बढी परिवार अहिले बगर खेतीमा संलग्न छन् । नदी किनारको बगरमा उत्पादन गरिएका तरकारी तथा फलफूल बिक्री गर्न थालेको करिब छ वर्ष भएको स्थानीय बताउँछन् । स्थानीय किसान शिवलाल रानाले बगर र अरूको खेत ‘लिज’ (भाडा) मा लिएर खेती गर्दै आएका छन् । यस वर्ष उनले सात कट्ठामा तरबुजा तथा १० कट्ठामा लौका, घिरौँला र करेला लगाएका छन् ।

गत वर्ष तरबुजा नबिक्दा घाटा लाग्यो, त्यसैले यस वर्ष कम रोपेको छु, काँक्रा बढी लगाएको छु,’ शिवलालले भने, ‘सिजनमा पाँच लाख रुपैयाँसम्मको बिक्री हुन्छ, जसबाट दुई-तीन लाख रुपैयाँसम्म बचत हुन्छ ।’

उनका अनुसार खेती नै परिवारको मुख्य आयस्रोत हो । ‘अरू गरिखाने आधार छैन,’ उनले थपे, ‘यसैबाट वर्षभरिको खर्च धान्नुपर्छ ।’

सडक किनारमा तरबुजा प्रतिकिलो २५, काँक्रा ४०, घिरौँला ६० र तितेकरेला ५० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । काँचो मकै भने प्रतिघोगा १५ रुपैयाँमा बिक्री हुने गरेको छ । गर्मी मौसममा ताजा काँक्रा र तरबुजा किन्न धेरै यात्री वनहरा क्षेत्रमा रोकिने गरेका छन् ।

तरकारी खरिद गर्न पुगेका सवारीचालक रमेश बोहराले यहाँ पाइने उत्पादन ताजा र सस्तो हुने भएकाले आफू प्रायः किनमेल गर्ने गरेको बताए ।

राजमार्गमै ताजा तरकारी र फलफूल पाइन्छ, यहाँका काँक्रा र तरबुजा निकै मीठा हुन्छन्,’ उनले भने, ‘स्थानीय किसानको उत्पादन किन्दा उनीहरूलाई पनि सहयोग पुग्छ ।’

तर सडकछेउमै व्यापार गर्नुपर्ने बाध्यताले दुर्घटनाको जोखिम पनि बढाएको छ । तीव्र गतिमा गुड्ने सवारीसाधनका कारण असुरक्षा रहेको व्यवसायी मुक्त कमैया बताउँछन् ।

तरकारी तथा फलफूल बिक्रीमा संलग्न धीरेन्द्र रानाले सुरक्षित बजार व्यवस्थापनको आवश्यकता औँल्याए । ‘नगरपालिकाले सुरक्षित बिक्री केन्द्र बनाइदिए सहज हुन्थ्यो,’ उनले भने, ‘व्यवस्थित ठाउँ भए दुर्घटनाको जोखिम कम हुन्थ्यो तर अहिलेसम्म कुनै पहल भएको छैन ।’

बगर खेतीबाट राम्रो आम्दानी भए पनि त्यसका लागि ठुलो लगानी र मिहिनेत आवश्यक पर्ने उनीहरूको भनाइ छ । खेती सुरु गर्न मात्रै ३० हजारदेखि एक लाख रुपैयाँसम्म खर्च हुने गरेको छ । मलखाद, बिउबिजन, जोताइ–खोदाइ, सिँचाइ र गोडमेलमै धेरै रकम खर्च हुने किसान अनिता रानाले जानकारी दिइन् ।

खेती गर्न सजिलो छैन, दिनरात मिहिनेत गर्नुपर्छ,’ उनले भनिन्, ‘राम्रो स्याहारसुसार गरे मात्रै उत्पादन राम्रो हुन्छ ।’

स्थानीय जुगमानी चौधरीले बगरमा उत्पादन भएका तरकारी बिक्री गरेरै घरका लागि खाद्यान्न जुटाउने गरिएको बताइन् । ‘खेतीबाट आएको पैसाले चामल, नुन र तेल किन्छौँ,’ उनले भनिन्, ‘यसले घरधन्दा धानेको छ ।’

विरा रानाका अनुसार बगर खेतीले मुक्त कमैया परिवारको जीवनमा परिवर्तन ल्याउन थालेको छ । ‘बगरमा बगाएको पसिना खेर जाँदैन,’ उनले भने, ‘परिश्रम गरे उत्पादन राम्रो हुन्छ, आम्दानी पनि हुन्छ । यही खेतीले जीविका चलिरहेको छ ।’

रानाका अनुसार पहिले दैनिक मजदुरीका लागि गाउँगाउँ धाउनुपर्ने अवस्था थियो । अहिले भने आफ्नै उत्पादन बिक्री गरेर परिवार धान्न सकिने अवस्था बनेको छ । वनहराका मुक्त कमैया परिवारका लागि बगर खेती आम्दानीको स्रोत मात्र नभई आत्मनिर्भरताको आधार बन्दै गएको छ ।

तर कृषि अनुदान, सिँचाइ, बिउबिजन तथा बजार व्यवस्थापनका सरकारी कार्यक्रम भने अझै मुक्त कमैया परिवारसम्म पुग्न सकेका छैनन् । अधिकांश आफ्नै लगानी र श्रममा निर्भर छन् ।

यदि सरकारले थोरै सहयोग गरिदियो भने उत्पादन अझ बढाउन सकिन्छ,’ लीलावती वडायकले भनिन्, ‘बजार व्यवस्थापन र कृषि सामग्रीमा सहयोग पाए आम्दानी पनि बढ्थ्यो ।’

वनहरा नदी किनारको बगर अहिले मुक्त कमैया परिवारको आशा बनेको छ । बिहानदेखि साँझसम्म पसिना बगाएर उत्पादन गरिएका तरकारी र फलफूलले मुक्त कमैया परिवारको घरखर्च मात्र धानेको छैन, आत्मसम्मानसहित बाँच्ने आधार पनि बनेको छ ।

Friday, January 13, 2023

मुक्त दासहरूको जीवन्त कथा

 केशव दाहालको उपन्यासमा मुक्त दासहरूको जीवन्त कथा

शिलापत्र संवाददाता

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  २१:१२

अखबारी लेखनबाट चर्चा कमाएका केशव दाहालको पहिलो उपन्यास ‘मोक्षभूमि’ सार्वजनिक भएकाे छ । साझा पार्टीका शीर्षस्थमध्येका एक यी नेताकाे उपन्यासका रूपमा याे पहिलाे कृति हाे ।

किताब पब्लिसर्सले  बजारमा ल्याएको  'मोक्षभूमि'को कथा संवत १२८० बाट सुरु हुन्छ । यो कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौँ दासहरूको मुक्तिको कथा हो ।

खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ । त्यससँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ ।

बहससँगै सुरु हुन्छ- मुक्त दासहरूको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा । 'मोक्षभूमि' त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन हो ।

'मोक्षभूमि' ती मान्छेहरूको सपनाको कथा हो, जसको रगत र पसिनामाथि हाम्रो इतिहास उभिएको छ । तर, स्वयं ती मान्छेहरूको इतिहास भने गुमनाम छ । लेखक दाहाल भन्छन्, ‘त्यही गुमनाम कुनामा अलपत्र परेका

आदिमान्छेहरूको कथा, गाथा र गरिमालाई मोक्षभूमिमा उनिएको छ । तर यो ऐतिहासिक उपन्यास होइन । यो एउटा खास समय, सत्ता र सपनाको कथा हो ।’

उपन्यासमा मुक्त दासहरू कता जान्छन् ? उनीहरूको देश खोज्ने यात्रा कसरी टुङ्गिन्छ ? एक निरंकुश र चक्रवर्ती खस सम्राट क्राचल्लदेवले कसरी बौद्ध धर्म लिन्छन् ? सनातन वैदिक धर्मलाई कसरी हिन्दुकृत गरिन्छ ? प्रेम, धर्म, मोक्ष र साधनाको मार्ग के हो ? यस्ता अनेक प्रश्नमाथि ३७६ पृष्ठको उपन्यासमा बिमर्श गरिएको छ ।

उपन्यास देशैभरका पुस्तक पसलका साथै अमेजन र थुप्रैडटकम मार्फत् ई-बुकका रुपमा  सबैतिर किन्न पाइन प्रकाशक कल्पना ढकालले जानकारी दिइन् । लेखक दाहालले यसअघि  नेपाली राजनीतिकाे पुनर्गठन नामक पुस्तक लेखिसकेका छन् । 

Friday, May 01, 2020

नेवार को हुन्?

नेवार को हुन्?
लेखक

May 1, 2020
काठमाडौं उपत्यका र उपत्यका वरिपरिका जिल्लाहरु, जसलाई नेपाल मण्डल भनिन्छ, त्यहाँका आदिवासी या मुख्य बासिन्दा नेवारहरुको बारेमा यूरोपेली तथा अन्य थुप्रैले धेरै अनुसन्धानहरु गरिसकेका छन्। यस्ता खाले अनुसन्धानहरु अहिलेसम्ममा अरु जातिहरुको भन्दा धेरै नेवारहरुबारे भएका छन्। तर अझै पनि यकिन कुराहरु स्पष्ट रुपमा थाहा हुन सकेको छैन।
नेवार जातिका विशेषता विविध
रसरर्ती हेर्दा अरु जातिहरुभन्दा नेवार जातिहरुको विशेषता फरक देखिन्छ। जस्तो
, तामाङ्ग, गुरुङ्ग, मगर, लिम्बूहरु सबै नश्लमा आधारित गति हुन्। तामाङ्गहरु सबैको एउटै रगत छ, राईहरु सबैको एकै रगत छ र त्यस्तै अरु अरुको पनि एकै नश्ल वा रगतका हुन्। त्यतिमात्र होइन, नेपाली भाषा अथवा खस भाषाभाषीहरु पनि बाहुन, क्षेत्री तथा कामी, दमाई, सार्की विभिन्न जातमा विभाजित भएता पनि उनीहरु सबै आर्य रगतका हुन्। तर नेवारहरुमा त्यस्तो छैन। कोही नेवारहरु आर्यन्, कोही नेवारहरु मङ्गोल र कोही अष्टाद्रविड नश्लका छन्। संसारका तीनवटा नश्लहरु नेवारहरुमा छन्।
हुन त ९० प्रतिशतभन्दा बढी तिब्बेत्तो वर्मन अथवा मंगोल छन्, नेवारका नब्बे प्रतिशतभन्दा बढी आदिवासी हुन् र मङ्गोल मूलका ‘तिब्बती–वर्मी समूहका’ हुन्, तर अरु आगन्तुकहरु पनि नेवार बनेका छन् ।
नश्ल मात्र होइन, धर्मको हिसावले पनि नेवारहरु थरीथरीका छन् । धर्मका हिसावले पनि अहिले नेवारहरु शैव र बौद्ध धर्म मान्नेहरु छन् । पृथ्वीनारायण शाहले उपत्यका जित्नुभन्दा पहिला शैव, बौद्ध, इस्लाम र इसाई धर्म मान्ने नेवारहरु थिए। पृथ्वीनारायण शाहले उपत्यका जितेपछि उनले इसाइहरु सबैलाई ‘देश छाडेर जानू, नजानेहरुलाई मार्नू’ भन्ने आदेश दिए। त्यसैले त्यतिबेला इसाई धर्म मान्ने सबै नेवारहरु भारत पसे, धेरैजसो बेतिया शहरमा गएर बसे। नजानेहरु सबैलाई फाँसी दिइए र मारिए। त्यसरी त्यतिबेलादेखि इसाई धर्म मान्ने नेवारहरु नै हराएर गए। अहिले फेरि इसाइ धर्म मान्ने नयाँ नेवारहरु उत्पन्न भएका छन्। नेवार मुसलमानहरु भने ज्यादै थोरै भएको हुनाले उनीहरु खस अथवा पहाडी मुसलमानहरु र तराईका मुसलमानहरुसँग मिसिन गए ।
यसरी नेवारहरुको रगत, धर्म अलगअलग रहेको छ। अनुहारै हेर्दा पनि सबै नेवारहरुको एउटै जाति छैन। कुनै नेवारहरुको नाक थेप्चो भएको अनुहार देखिन्छ, भने कुनै नेवारहरुको चुच्चो नाक देखिन्छ। त्यसकारण मेरो विचारमा नेवार भनेको कुनै एक जाति (ethnic group) समुदाय नै होइन, यो त एउटा भाषा वा जातिको समुदाय वा  (ethnic linguistic) हो । जो नेपाल भाषा बोल्छन्, उनीहरुलाई नेवार भनिन्छ।
नेपाल भाषा भनेको पुरानो किराँत भाषामा लिच्छवीहरुले बोल्ने संस्कृत मूलको भाषा मिसिएर बनेको नयाँ भाषा हो। नेपाल भाषा बन्नुभन्दा पहिला त नेवारहरुको र तामाङ्गहरुको एउटै भाषा थियो। तामाङ्गहरुले पुरानै भाषा बोलिरहे। नेवारहरु भने नयाँ भाषा बोल्न थाले ।
नेवारको श्रमिक वर्ग, जस्तो – नापित, माली, चित्रकार, नकर्मी, रञ्जितकार, तण्डुकार तथा खेती गर्ने किसानहरु, ज्यापूहरु सबै तिब्बेतो वर्मन वा मंगोल मूलका छन्। नेवारहरुमा यिनीहरुको संख्या ९० प्रतिशतभन्दा बढी छ। नेवार जातिभित्रका केही अरु परिवारहरुको उदाहरण लिऔँ। जस्तो कि, नेवारहरुमा श्रेष्ठहरु छन्। श्रेष्ठहरुमा पनि कोही आदिवासी छन् भने कोही बाहिरबाट आएका छन्।
७ सय वर्षसम्म मल्लहरुको राज्य चल्दा उनीहरुले सरकारको ठूलाठूला पदहरु अथवा भारदारहरुमा विभिन्न मानिसहरुलाई नियुक्ति गरे। उनीहरु जुनजुन पदहरुमा नियुक्त भए, त्यही पदअनुसार उनीहरुको थर निर्धारण भयो। जस्तो – मन्त्रीलाई अमात्य, सेनाको प्रमुखलाई प्रधान, राजाको ढुकुटी हेर्नेलाई राजभण्डारी, राजाको सन्तानलाई पढाउनेलाई जोशी भनियो। उनीहरुका सन्तानहरुलाई अहिले पनि अमात्य, प्रधान, राजभण्डारी र जोशी नै भनिन्छ । ती सबै भारदार समूहको सामूहिक नाम श्रेष्ठ भनिन्छ।
श्रेष्ठ भनेको एउटा जात होइन, यो त पद भयो । यो जातमा कोही मंगोल होलान्, कोही आर्यन होलान्, कोही यहाँकै आदिवासी होलान्, कोही बाहिरबाट आएका होलान्।
नेवारमा अरु विलिन हुँदै गए
एउटा उदाहरण लेऔँ। नेपालको इतिहासमा हरि सिंहदेवको नाम आउँछ। हरिसिंहदेव तिरहुतको सिमरौनगढका राजा थिए। सिमरौनगढ नेपालको बारा जिल्लामा पर्दछ। त्यँहा भएको एक आक्रमणमा उनी भागेर नेपाल उपत्यकाको भक्तपुरमा शरण लिन आउन खोजेका थिए। तर तिनी बाटैमा मरे। उनका छोराले भक्तपुरको दरवारमा शरण लिए। उनीहरुको थर राजपूत थियो। नेवारीमा ‘रा’लाई ला भनिन्छ। त्यसैले उनीहरु थर लायपू भयो। हरिसिंहदेव लायपूका सन्तानहरु श्रेष्ठमा मिल्न गए ।
मल्ल राजा भुपतिन्द्र मल्लको समयमा भारतको गुजरातबाट एकथरि वैद्यहरु आएका थिए। उनीहरु दरवारमा गएर राजाको वैद्यको रुपमा काम गर्न थालेकाले उनीहरुलाई राजवैद्य भन्न थालियो। तिनीहरुसँगै आएका वैद्यहरु तर राजदरवार नपुगेकाहरु श्रेष्ठ नभई अरु जातमा विलिन भए। बाहुनहरुमा पनि बाहिरबाट आएका देवकोटा, रिमाल, आचार्य, सुवेदी, यी विभिन्न थरका उपाध्याय ब्राम्हणहरु ६/७ सय वर्ष पहिले नेपाल उपत्यकामा आएर बसेकाहरुले नेवारी बोले, उनीहरुलाई राजउपाध्याय भनिन्छन् वा नेवारबाहुन पनि भनिन्छ।
त्यस्तै, तराईबाट पनि तिरहुते ‘झा, ओझा मिश्र थरका’ बाहुनहरु पनि यहाँ आएर नेवाल भाषा बोलेर नेवार बाहुन बने। यसरी ८/९ सय वर्षपहिले आएर काठमाडौं उपत्यकामा बसेर नेवाल भाषा बोलेपछि उनीहरुलाई नेवार भन्न थालियो । यसरी नेवारहरुको संरचनाको हिसावले हेर्ने हो भने विभिन्न ठाउँहरुबाट आएका र विभिन्न जातिका मानिसहरु एक आपसमा विलय भएर बनेको जाति हो नेवार।
संस्कृतिकै हिसावले हेर्ने हो भने पनि नेवारहरुको संस्कृति विश्वकै संस्कृतिभन्दा अगाडि देखिन्छ। यहाँका कला र कलाकारका बारेमा रुसका एकजना ठूला इतिहासकार डा. बन्दरेब्स्कीले भनेका छन्– “विश्वमा पुनर्जागरण सबभन्दा पहिला इटालीमा आएको भनिन्छ, तर यो कुरा गलत हो। त्यहाँ पन्ध्रौँ शताब्दीमा पुनर्जागरण आएको थियो, नेपालमा एघारौं शताब्दीमा नै ठूलाठूला विश्वप्रशिद्ध मन्दिर र चित्रहरु बनाइसकेका थिए ।”
त्यस्तै गरेर, मल्लकालमा यहाँ आयुर्वेदमा पनि ठूलो विकास भएको थियो। यो कुरा कोरियामा पनि उल्लेखित छ। ती पुस्तकहरुमा नेपालको ठूलो राजवैद्यले बनाएको औषधीको बारेमा चर्चा गरिएको छ। यसरी एकपटक मल्लकालमा नेवारहरु निक्कै धेरै विकसित भएका थिए र विश्वमै प्रशिद्धि कमाएका थिए ।
नेवारहरु आदिवासी हुन् कि होइनन्
अब नेवारहरु आदिवासी हुन् कि होइनन् भन्ने बारेमा कुरा गरौं ! मेरो विचारमा नेवारहरु आदिवासी नै हुन्। किनभने ९० प्रतिशतभन्दा बढी नेवारहरु आदिवासी नै हुन् । अरु बाँकी प्रतिशतमात्रै पछि बाहिरबाट आएका हुन् । यसरी मिसिने कुरा त जुन जातिमा पनि हुनसक्छ। आदिवासी भन्नेबित्तिकै नेवारहरु शुरुदेखि नै नेपालमा बसेका हुन् त भन्ने प्रश्न पनि उठ्न सक्छ। संसारमा शुरुदेखि बसेका त कोही पनि छैनन् होला। मानव जातिको उत्पति नै कोही चीनमा, कोही अफ्रिकामा भएको भनिन्छ ।
उनीहरु नै संसारभरि फैलिएका हुन्। त्यसैले आदिवासी भनेर तिनीहरुलाई भनिन्छ, जुन जातिहरु शासक जातिभन्दा पहिला आएर बसेका हुन्। अहिले नेपालका शासक जाति ‘नेपाली वा खस भाषा बोल्ने बाहुन क्षेत्री ठकुरी’ हुन् । उनीहरु ४/५ सय वर्ष पहिले आएका हुन् भने नेवारहरु त्योभन्दा पहिला नै आएका हुन् । त्यसैले नेवारहरुलाई आदिवासी भन्नुपर्छ ।
नेवारहरु जनजाति हुन् कि होइनन्
अर्को, नेवारहरु जनजाति हुन् कि होइनन् भन्ने बारेमा पनि विवाद छ। नेपाल प्रज्ञा प्रतिष्ठानले निकालेको नेपाली बृहद शब्दकोषमा जनजातिको परिभाषा ‘जंगल फाँडेर खनीखोस्री खाने, नागा, कोचे, कुसुन्डाजस्ता शिक्षा आदिमा पछिपरेका, नजिकको परिवेशसँग पनि प्रभावित नभएका पछौटे जाति’ भनेर दिइएको छ । यो परिभाषाअन्तर्गत नेवारहरु पर्दैनन्। यो परिभाषाअनुसार नेवारहरुलाई जनजाति भनियो भने नेवारहरुको बेइज्जत हुन्छ भन्न थालियो ।
अन्तर्राष्ट्रिय श्रम संगठनले जनजातिको परिभाषा ‘देशको मुख्य शासक जाति जुन छ, त्यो जातिभन्दा अलग्गै भिन्दै भाषा, धर्म संस्कृति भएको जातिलाई जनजाति भनिन्छ’ भनेर दिएको छ। किनभने शासक जातिको भन्दा अलग्गै भाषा, धर्भ र संस्कृति उत्पीडित हुने गर्छ । नेवारहरुको भाषा कति उत्पीडित छ भन्ने कुरा त विगतमा मूल्यांकनमा आइसकेको छ । त्यसकारण यो परिभाषाअनुसार नेवारहरु जनजाति नै हुन् भन्ने मलाई लाग्छ ।
यदि नेवारहरु जनजाति हुन् भने मैथिलीहरु किन जनजाति होइनन् भन्ने प्रश्न पनि उठ्न सक्छ। मैथिलीहरुको भाषा अलग्गै भएता पनि उनीहरु हिन्दू धर्म र आर्य संस्कृतिका हुन्। उनीहरुको धर्म र संस्कृति शासकहरुको धर्म र संस्कृतिसँग मिल्छ। त्यसैले उनीहरु जनजाति भएनन् । शासकहरुको धर्म र संस्कृतिभन्दा अलग्गै धर्म र संस्कृति भएकालाई जनजाति भन्ने अर्थमा नेवारहरु जनजाति नै हुन्।
एकपटक शासक भइसकेका नेवारहरु कसरी जनजाति हुनसक्छन् भन्ने प्रश्न पनि उठ्न सक्छ। तर नेवारहरु कहिले पनि शासक जाति भएका छैनन्। मल्ल राजाहरुलाई नेवार राजा भनिए तापनि उनीहरु नेवारहरु नै होइनन्, ठकुरीहरु हुन्। नेपाल भाषा बोलेर शासकहरु नेवार भएका थिए। उनीहरु शासक छँदा नेवारहरु अलग्गै थिए। पृथ्वीनारायण शाहले मल्लहरुको राज्य खोसेपछि मात्र मल्लहरु नेवारसँग मिल्न गएका थिए ।
(यो लेख र फोटो के. के. मल्लले कहिं भेटाएको हुँ  भनेर फेसबुकमा राख्नु भएको रहेछ। त्यसैमा उहाँले लेख्नु भएको छ “नेवार को हुन् भन्ने विषयमा प्रा. माणिकलाल श्रेष्ठले पनि लेख्नुभएको मलाई थाहा छ।” हामीलाई यहाँ भएका केही सूचनाहरुबारे छलफलमा आउन् भनेर यहाँ राखेका छौं-सम्पादक)

Wednesday, April 29, 2020

बिर्सेको अनुहार

बिर्सेको अनुहार
·          गीतारानी बलाल, २०७७ बैशाख १५
विहेको चार दिनपछि मलाई छाडेर उनी जम्मू कास्मीर लाहुर गए । विहे ताका मेरो उमेर १८ थियो । उनी २३ वर्ष पूरा भइसकेका थिए । हाम्रो विहे भएको साल २०६० हो । मलाई विहे गर्दा उनी लाहुरे भएको करिव पाँच वर्ष पुगिसकेको थियो । विहे हुँदा एसएलसी दिएर बसेकी थिएँ । कक्षा १० को टेष्ट परीक्षामा राम्रै अंकल ल्याएर पास भएकी म एसएलसीको नतीजामा आलु खाएँ । पीरले पखेटा हाल्यो । उता स्वामी घर नहुने यता नतीजा आलु ! कहाँ गएर के गरुँ जस्तै लाग्यो । साथीहरु समेत अचम्म परे ।
मैले तल्लो सिद्धबाबामा उनको हातबाट सिन्दूर भरेकी हुँ । यो कहानी पनि बहुत लामो र रोचक छ । कुनै दिन अतीतका कथा लेखें भने पूरै लेख्नु पर्ला जस्तो लागेको छ । हामी जनजातिको विहे संस्कार समेत अनौठो नै मान्नुपर्छ । भगाउने,ढोगभेट गर्ने अनेक अनेक । मलाई घरपरिवारको जिम्मा छाडेर उनी लाहुर गएपछि बिरानो लाग्नु अस्वभाविक थिएन । वनमा माहारा(गोठाला) जानु,घाँस,दाउरा गर्नु र मेलापात गर्नु मेरा दैनिकी नै थिए । माहारा जाँदा पात बजाउँदै विरहका गीत गाइन्थ्यो । उकाली आरोली गर्दै गाईबस्तुका पछाडि लाग्दा जीवन के हो के हो जस्तो लाग्थ्यो । दिनभरिको थकाई,साँझको घरधन्दा,सासुससुराको स्याहार सुसार लाहुरेलाई बिर्सिने बाटा थिए । लाहुरेको याद मनमा आँधीबेहरी बनेर मडारिन्थ्यो । आँसुका खहरे सिरानीमा बग्थे । लाहुरेसँगको माया पिरिम,भविष्यको सपना सोच्दा नसोच्दै रातले कोल्टे फेरेको थाहै हुन्थेन । धेरै रातहरु उनकै सम्झनामा जाग्राम बस्थे ।
महिनामा तीन चारवटा रजिष्ट्री चिठ्ठी आउँथे । घरका लागि र मेरा लागि छुट्टा छुट्टै । चिठ्ठीमा उही मायाका कुरा हुन्थे । उनले मलाई सानै देखेर होला कति धेरै सम्झाएर मनका कुरा बुझ्ने गरी लेख्थे । घर व्यवहारका कुरा र सासुससुरालाई गर्नुपर्ने मानसम्मानका कुरा अनि आफन्तीहरुप्रति गर्ने व्यवहार समेत उल्लेख गर्थे । मलाई लाग्थ्यो चिठ्ठी नै मेरा उनी हुन् । हुन त उनले विहे नहुँदै पनि स्कूल पढ्ने ताका मलाई खुब चिठ्ठी पठाउँथे । हाम्रो मायाको साहारा नै चिठ्ठी थियो । हाम्रो पिरतीको डोरी नै चिठ्ठी थियो । राम्रा अक्षरमा लेखिएका चिठ्ठीले मेरो मन खिचेको थियो ।
घरिघरि माइती घरमा जान मन लाग्थ्यो तर लाहुरेबिना एक्लै जान मन लादैनथ्यो । आमाबाबा,दिदीबहिनी र भाइका यादहरु एकोहोरो मनमा आउँदा वनकै चरासँगै गीत गाएर भुलेकी हुन्थें । स्कूलका साथीहरु नाचेका,हाँसेका र आपूmहरुले गरेका बिठ्याइँहरु सम्झेर कहिलेकाँही रन वन एक्लै हाँस्थें । लाहुरेका चिठ्ठीमात्र होइन फोन समेत आउँथ्यो । हाम्रो घर गाउँमा पथ्र्यो । पूर्तिघाट बजारमा एउटा टेलीफोन आइपुगेको थियो । फोन गर्न पालो कुर्नुपथ्र्यो । ससुराको साथ लागेर टेलीफोनमा बात मार्न गइन्थ्यो । उनले सञ्चो विसञ्चो सोथ्थे । उत्तर दिन नभ्याउँदै भक्कानिएर रुन मन लाग्थ्यो । तर छेवैमा ससुरा,अरु मानिसहरु समेत हुने भएको हुँदा आँखैमा आँसु लुकाएर बोल्दा बोल्दैको फोन ससुरालाई दिन्थें ।
गाउँमा माओवादीको चलखेल थियो । युद्धका कुराहरु सुनिन्थे । कहिलेकाँही त हामीलाई पनि लैजान क्या हो उनीहरुले भन्ने मनमनै डर लाग्थ्यो । घरिघरि पापी मनले सोच्थ्यो–लाहुरेसँग भेट नुहँदै माओवादीहरुले लगे भने कसरी भेट होला र हाम्रो ? यतिकै त होला नि भेटघाट अनि कसरी होला र सुन्दर सपनाका रहरहरु पूरा गर्न ? यीनै कुराहरुले मनमा हुँडुरी खेल्थे । उनीहरु जनताका लागि लडेका भन्थे । हाम्रा गाउँतिर आउँदा डराएरै पनि भात पकाएर खुवाउनु पथ्र्यो । गाउँकै स्कूलबाट कम्पार्टमेन्टमा एसएलसी पास गरें । क्याम्पस पढ्ने रहर थियो । रहर त हामी गाउँमा बस्ने बुहारीहरुका लागि जहर जस्तै ठान्थें । स्कूलले दिएका माक्र्ससीट र प्रमाण–पत्र हेरेर मन बुझाउनु पथ्र्यो ।
भारतमा जन्मिएको हुँ म । बुवाआमाले कामको सिलसिलामा उतै जन्माएका हुन् हामी दिदीबहिनीहरु र भाइलाई । पहाड गुल्मी आउँदा मैले कक्षा चारमा पढ्न आइपुगेकी थिएँ । सो कक्षामा म सेकेण्ड भएकी थिएँ । त्यसपछि कहिलेपनि फस्टभन्दा तल झर्न परेन मलाई । भारतमा पढेको कारण अंग्रेजीमा मेरो दख्खल थियो । गाउँको स्कूलमा पढ्दा तल झर्न परेन ।अहिले झैं नेट इन्टरनेटको सुविधा थिएन । सामाजिक सञ्जाल र फेसबुक त कता हो कताका कुरा थिए । विहे गरेर गएपछि चिठ्ठी र फोनमा उनकै भरमा जोबान धानेर बसें । विहे गरेको चारदिनमा हिडेपछि मनमा उस्तै चिन्ता र पीर थियो । उनलाई म के गर्दै होली रनवनमा भन्ने पीर अनि मलाई उनले लाहुरमा के गर्दै होलान् भन्ने चिन्ता लागि रहन्थ्यो ।
उनी लाहुर गएपछि मैले दिनहरु त र जसोतसो काट्थे घाँसदाउरासँगै तर रात काट्न मलाई मुस्किल पथ्र्यो । उनले विहेका रात खाएका कसमलाई मनको बर्कोमा कसेर राखेकी थिएँ । उनले सुनाएका लाहुरका सुन्दर सपना टिप्ने कथाहरुलाई हृदयको तुनाले कसेकी थिएँ एकोहोरो । भविष्यका कोरा सपनाहरु साँचेर गौंदी खोला जस्तै बग्थें । खिस्स हाँस्ने लाहुरेको तस्वीर आँखामा ल्याउन खोज्थें । कहिलेकाँही जति नै बल गर्दा पनि आँखामा आउँदैनथ्यो । अनुहार बिर्सेर हैरान हुन्थ्यो । त्यो बिर्सेको अनुहार मनको एल्बमबाट फेरि खोजेर ल्याउनु प्रलय हुन्थ्यो मलाई । विहे गरेपछि जम्मा चारदिन त हो सँगै बसेका हामी । अनि कसरी सकिन्थ्यो र उनका सबै कुराको सम्झना गर्न ? अझ् उनको तस्वीर !
घरिघरि अनुहार बर्सिरहने स्वामीले सम्झनाका उपहार रुवरुप दिएका छोरा र छोरी आज मसँगै हाँसीखुसी छन् । उनी अझै लाहुर छन् । म लाहुरेनी उनकै सम्झनाम छोराछोरी र सासुका साथमा दिनरात बिताइरहेकी छु । उनले सधैं परिवारकै चिन्ता गर्छन् । साना छोरीछोरी आफ्ना साथमा नहुँदाको पीडा सधैंजसो अभिब्यक्त गरिरहन्छन् । बुढी आमाको माया खोजी रहन्छन् । लाहुरे परिवार पुगेसरि हुने भएकाले सकभर मलाई अन्तकतै नगई छोराछोरी र सासु आमाकै सेवामा रहे हुन्थ्यो भन्ने आशय प्रकट गर्छन् । मलाई भने विश्वविद्यालयको पढाई पूरा गर्ने र सरकारी जागिर खाने हुटहुटीले उचालिरहन्छ । सामाजिक सेवा मेरो सानैदेखिको रहर हो । रेडक्रस,क्लवमा सानैदेखि क्रियाशील थिएँ । अहिले म टोल विकास संस्थामा सचिव र नेपाल बलाल समाजको केन्द्रीय कोषाध्यक्षका रुपमा सार्थक रुपमा सक्रिय छु ।
म एक नेपाली नागरिक भएको हुँदा मैले आफूले जानेको ज्ञान,सीप र धारणा आफ्नै समाजलाई दिनुपर्छ भन्ने लाग्छ । जीवनको उकालो चढ्ने पहिलो खुड्किलो भनेकै सामाजिक सेवा र सकारात्मक सोच हो भन्ने मलाई लाग्ने भएको हुँदा हरदम समाज सेवामै रहने प्रण गरेकी छु । कुनै समय म कसैकी छोरी थिएँ । अहिले म बुहारी छु र श्रीमती पनि कसैको । भोलि म सासु अनि सम्धिनी हुनेछु । मेरो नाताको रुप बदलिए पनि आखिर म एक नारी हुँ । म महिला हुँ । महिला समाजमा कसरी पहिला हुन सकिन्छ वा पर्ला भन्ने विषयमा घोत्लिन मन लाग्छ र पहिला हुने अभ्यास र प्रयास समेत गदैछु । समाज विकासमा योगदान दिनुपर्छ । हामी महिलाहरु सधैंभरि चुल्हो चौकामा मात्र होेइन समाज परिवर्तनका लागि आर्थिक,सामाजिक,सांस्कृतिक र राजनीतिक क्षेत्रमा समेत नेतृत्व गर्दै अघि बढ्नुपर्छ ।
लाहुरेनी भनेर घरको चारदिवारमा मात्र हैन समाजको चारैदिशामा पुग्ने अठोट र आँट गरेकी छु ।

  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...