Thursday, June 27, 2019

यसरी मनाइयो भुमे पर्व


यसरी मनाइयो भुमे पर्व
कान्तिपुर, असार ९, २०७६काशीराम डाँगी
थबाङ, रोल्पा — रोल्पा रुकुमका गाउँहरुमा असार १ देखि ५ गतेसम्म नाचेर मनाइने भुमे पर्व यसपटक पनि भव्य रुपमा मनाइयो । अघिल्ला वर्ष झैं रोल्पा रुकुमका मगर गाउँहरुमा भुमे पर्वको निकै रौनकता देखियो ।
यो पर्व मान्न घरदेखि टाढा पुगेका मानिसहरु गाउँसम्मै आइपुगे । उनीहरु गाउँमा आयोजित पर्व मान्न नाच समेत नाचे । रोल्पाको थबाङ लगायतका गाउँहरुमा भुमे नाच धुमधाम नाच्ने चलन छ ।

मूल घर र गाउँबाट टाढा रहेकाले उतै भुमे पर्व मनाउने गरेका छन् । दाङ, बाँके, रुपन्देही, काठमाडौंका साथै भारत, अमेरिका र युरोपमा समेत त्यहाँ पुगेका मगरहरुले भुमे पर्व मनाउने र नाच नाच्ने चलन विस्तार गरेका छन् ।
असार १ गतेदेखि नै आफ्नो पोशाकमा मगर महिला र पुरुषहरु सजिएर नाच्न ठूलै मैदान भएको स्थान छान्छन् । त्यही गाउँका जेष्ठ नागरिकदेखि बालबालिकासम्म भेला हुन्छन् । ठूलो गोलो घेरा पारेर मगर समुदाय नाच्छन् । भुमे पर्वका बेला नाचिने नाचलाई थबाङमा स्थानीयले ‘नोकोबाङ्गे’ नाच भन्छन् ।

भुमेका अतिरिक्त अन्य पर्वमा पनि यो नाच नाच्ने चलन छ । नाच नाच्नुअघि नाचका गुरु, अगुवा र जेष्ठ नागरिकबाट केही समय तालिम लिने पुरानो चलन छ । भुमे पर्वका बेला यो नाच नाच्न परिवार र गाउँका सबै एकै स्थानमा भेला हुन्छन् । थबाङमा गाउँपालिकाको मैदानमा वर्षौदेखि यो नाच नाच्दै आएको स्थानीयले बताए ।

यसै पर्व र नाचसँग जोडेर रुकुम पूर्वमा गाउँपालिकाको नाम नै भुमे राखिएको छ । यहाँ मगरको बाक्लो बसोबास भएको र जताततै भुमे नाच नाच्ने चलन रहेकाले गाउँको नाम पनि भुमे राखिएको हो ।


४० पोखरी मासिए


४० पोखरी मासिए
जेष्ठ २०, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — उपत्यकाभित्र २००७ सालयता ४० वटा पोखरी र ५२ वटा ढुंगेधारा मासेको पाइएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २ वर्ष लगाएर गरेको अध्ययनमा यस्तो भेटिएको हो । बोर्डको तथ्यांकअनुसार काठमाडौं र ललितपुर महानगरपालिका, भक्तपुर, कीर्तिपुर नगरपालिकालगायत उपत्यकाका १० वटा नगरपालिकामा २ सय ३३ वटा पोखरी र ५ सय ७३ वटा ढुंगेधारा छन् ।
तर, स्थलगत अध्ययन क्रममा एक सय ९३ वटा पोखरी र ४ सय ७९ वटा मात्र ढुंगेधारा भेटियो जसमध्ये एक सय ७१ वटा ढुंगेधारामा पानी बगेको र एक सय ६९ वटा ढुंगेधाराको पानीमा इकोली संक्रमण पाइएकाले पानीप्रशोधन नगरी पिउन नमिल्ने देखिएको छ ।

बोर्डअनुसार ललितपुरमा ६१, काठमाडौंमा एक सय ६५, र्कीतिपुरमा ११, मध्यपुरथिमीमा ६५ र भक्तपुरमा ८७ वटा ढुंगेधारा छन् जसमध्ये ललितपुरमा ४७ वटा सञ्चालन, ७ बन्द र ७ मासिसकेको, काठमाडौंमा ३३ मासिसकेको, ३४ बन्द र ९६ सञ्चालन, र्कीतिपुरमा १० सञ्चालन र एउटा मासेको, मध्यपुरथिमीमा ४७ सञ्चालन, ९ बन्द र ३ मासिसकेको र भक्तपुरमा ३३ सञ्चालन, १८ बन्द र एउटा मासिसकेका छन् ।

भक्तपुरमा यी ढुंगेधाराबाट प्रतिदिन सुक्खायाममा एक लाख ५ हजार ४ सय ७७ लिटर र बर्खायाममा २ लाख २४ हजार ७ सय ५८ लिटर, मध्यपुरथिमिमा २ लाख ३ हजार ३ सय ५० र ४ लाख ३९ हजार ९ सय १६ लिटर पानी झर्छ । कीर्तिपुरमा सुक्खायाममा प्रतिदिन २० हजार, ५ सय ५३ लिटर र बर्खायाममा एक लाख २४ हजार ३ सय ८८ लिटर, ललितपुरमा १७ लाख ५९ हजार एक सय र ४६ लाख ८८ हजार ८ सय ८६ लिटर र काठमाडौंमा ८ लाख ५८ हजार ९ सय ६२ र २२ लाख १८ हजार एक सय ४३ लिटर पानी झर्छ ।

तथ्यांकअनुसार भक्तपुर नगरमा ३८ मध्ये ५ वटा, चन्द्रागिरिमा २० मध्ये २, गोदावरीमा २८ मध्ये २, काठमाडौंमा १५ मध्ये एक, कीर्तिपुरमा १० मध्ये एक, ललितपुर महानगरमा ६५ मध्ये १६, मध्यपुरथिमीमा २० मध्ये ३, महालक्ष्मीमा २० मध्ये ६, शंखरापुर नगरमा १० मध्ये ३, टोखामा ७ मध्ये एक पोखरी मासिसकेका छन् । खानेपानी मन्त्री विना मगरले प्राचीनकालमा सीप र कला प्रयोग गरेर बनाइएका यी ढुंगेधराको तथ्यांक संकलनले रणनीतिक महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।

‘आधुनिकीकरणसँगै ढुंगेधारा, तालतलैयाको महत्त्व घट्दै गयो । सहरीकरणले पोखरीको दूषित पानीको दुर्गन्धले रोग लाग्ला जस्तो भयो,’ उनले भनिन्, ‘तथ्यांक संकलनले प्राचीन सम्पदासँग जोड्न भूमिका खेल्न मद्दत गर्छ ।’ उनले कार्यान्वयन पक्षमा चुनौटी भए पनि स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरेर अगाडि बढ्ने बताइन् । ‘तथ्यांक संकलन ढुंगेधारालाई जीवन्तता दिने आधार तय भएको छ,’ उनले भनिन्, ‘यसलाई जीवन्तता दिनसके बस्तीमा थपिने सन्दैर्यले पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।’प्रकाशित : जेष्ठ २०, २०७६ ०७:४८


सांस्कृतिक विविधताका सकस


सांस्कृतिक विविधताका सकस
२०७६ असार ७ शनिबार ०७:२६:०० | काठमाडाैं
विविधता हरेक समाजमा हुन्छ । तर, नेपाली समाजमा विविधता छ भन्नेबित्तिकै गर्व गरिँदैन । नेपाली भाषाको चिरपरिचित भनाइलाई लिने हो भने विविधतालाई ‘फूलबारी’का रूपमा लिन सकिन्छ । विविधता, उत्तर–उपनिवेशिक विद्वान् होमी भावाका अनुसार ज्ञानको वस्तु (अब्जेक्ट अफ नलेज) हो । उनका अनुसार भिन्नता समाजको प्रक्रिया हो । जहाँबाट थाहा हुन्छ, राजनीतिक र धार्मिक विचारधाराले भेदभाव, समानता, समानजस्य कस्तो स्थितिमा छ । दुई शब्द विविधता र भिन्नताको फरक अर्थ दिएको हुन्छ । 
मेरो विचारमा सांस्कृतिक विविधताको स्वरूपले भिन्नताको प्रक्रिया निर्धारित गर्छ र समाज समानजस्यतिर अथवा भेदभावतिर झुकाब छ भन्ने कुरा बुझिन्छ । बारा जिल्लाका विन्दा र उनको छोरा ओमप्रकाश यादवप्रतिको समाज, त्यो गाउँको व्यवहारले विविधता र भिन्नतालाई स्पष्ट पार्छ । हिन्दूधर्ममा रीतिरिवाज, अनुष्ठानको महत्व  छ तर, रीतिरिवाजको कुनै लेखक हुँदैन, यसको कुनै एकरूपताको व्याकरण हुँदैन । यी अनुष्ठानिक कुरा हुन्, जुन कि मान्यताले चलेको हुन्छ र मान्यता फरक–फरक हुन्छ, संशोधित हुन्छ, समय सापेक्षित हुन्छ । संसारका केही धर्मको यही चरित्र छन् । हिन्दू परम्पराको चरित्र यही हो । यस सन्दर्भमा इतिहासवादको कुरा ल्याउँछु । इतिहासवादका केही धारणा माक्र्सवादी तर्कलाई लेखक र समालोचकले केलाएका छन् । इतिहासवादले भूतकालको केही बुझाइ स्पष्ट पार्छ । 
प्रथम, भूतकाललाई उसैको समयअनुकूल हेर्नुपर्छ, हाम्रो अहिलेको दृष्टिकोणबाट होइन । यो धारणा चिरपरिचित छ । हामी यस्तो दृष्टिकोणबाट आफूलाई, वर्तमानकाललाई भूतकालबाट फरक पार्छौँ । भूतकालको आफ्नै सान्दर्भिकता छ भन्नेबित्तिकै त्यस्ता सन्दर्भ राम्रै हुन्छन् भन्ने कुरा हुँदैन । सान्दर्भिकताको विश्लेषण गर्ने हाम्रो बौद्धिक अधिकार पनि हो । सान्दर्भिकता सही र गलत दुवै हुन सक्छ । 
द्वितीय, हाम्रो र भूतकालको स्तरीय भिन्नता छ भन्ने कुरा कृत्रिम रूपमा बिर्सनुपर्छ, किनभने स्तरीय भिन्नताको दृष्टिकोण पक्षपात ल्याउँदै वर्तमानले भूतकाललाई हेप्न सक्छ । भूतकालको उसैको समयको सान्दर्भिकता छ र हामीले बिताएका समय भनेको राम्रा र नराम्रा ज्ञान, विचारधाराको थलो हो भन्ने समालोचनात्मक दृष्टिकोण परिदृष्टि गर्न सघाउ पु¥याउँछ । यस्ता समालोचनात्मक दृष्टिकोण हामीले भूतकालबाट शिक्षा प्राप्त गर्न सकिन्छ भने हामीलाई भूतकालको कुरूपताबाट जोगाउँछ पनि । हाम्रो दूरदर्शिताबाट भूतकालको हाम्रो बुझाइ परिष्कृत गर्नुपर्छ । 
यी दुईवटा इतिहासवाद भनेको भूतकाललाई हामी उसको सान्दर्भिकता छ भन्दै स्वतन्त्र परिचय पनि दिन्छौँ । तर, समालोचना पनि गर्छौँ । यो एक प्रकारको इतिहासवाद हो । मैले माक्र्सवादको कुरा ल्याउन आवश्यक छ, किनभने इतिहासलाई लिएर समाजको विश्लेषण माक्र्सवादले स्पष्ट रूपमा गरेको पाइन्छ । यसभित्र अनेक तर्क र सुधारात्मक डिस्कोर्स छन् । भौतिकवादी समालोचनादेखि उत्तर–उपनिवेशिक इतिहासवाद र नारीवादी इतिहासवादको लामो कथा छ ।
उहाँ दुईवटा घटनालाई लिएर अलि विस्तारित सामाजिक समालोचना गर्छु । यसै सन्दर्भमा हिन्दू परम्परालाई हिन्दुइज्म, ठोकुवा गरेर एकवचनीय विशिष्टता दिनु दक्षिण एसियाली समस्या हो । हामीलाई व्यापक रूपमा प्रभावित गर्ने यस्ता शब्द र विचार उपनिवेशिक समयमा निर्माण गरिएको हो, जसले विविधतामा भिन्नता लिएको छ । यसै कुराको विश्लेषण गर्छु । 
बारा जिल्लाका विन्दा आमा र छोरा ओमप्रकाश जानी–नजानी इतिहासका समालोचना हुन् । जान्नु र नजान्नु महत्वपूर्ण कुरा होइन । उनीहरू आरोपित छन् किनभने पञ्चायतको निर्णयअनुसार उनीहरूले, ‘हिन्दूधर्मलाई लत्याए’ भन्ने आरोप छ । हाम्रो हिन्दूधर्म समस्याग्रस्त विचारधारा हो, किनभने हिन्दूधर्ममा अनन्त विविधताका संस्कार छन् । यी संस्कार पारिवारिक, सामुदायिक, जातिपरकजस्तै धेरै प्रकारका हुन्छन् । 
नेपाली समाजको यो उदाहरण हिन्दूधर्मका विविधताभन्दा हिन्दूधर्र्मको भिन्नतामा जोड दिँदै असमनताको चरित्र देखाउँछ । विविधताले जोड जबर्जस्ती गर्ने सम्भावना दिँदैन, तर भिन्नताको विचारधाराले भेदभाव जन्माउँछ । बारा गाउँको इतिहासवादी पञ्चायतले भूतकालको विकृतिको वर्तमान दृष्टिकोणले समालोचना गर्न दिँदैन । समय सापेक्षताको इतिहासवादी दृष्टिकोणलाई प्राकृतिक नियमका रूपमा लिँदै हिन्दूधर्मको विविधतालाई नकार्नतिर लग्यो । 
विविधता र भिन्नताको समस्याले हिन्दूधर्मलाई हिन्दुइज्म बनाएको छ । मैले हिन्दुइज्म शब्दको प्रयोग गर्न छाडेँ । हिन्दुइज्म पश्चिमी उपनिवेशिक विचारधारा हो, जुन विचारलाई विद्वान्हरूले १८औँ र १९औँ शताब्दीतिर ठोस रूप दिए । यस्तो वैचारिक शक्तिपरक ज्ञान निर्माणले जातीय विभाजनमा पनि बल पु¥यायो । यस्तो विभाजनले धार्मिक र राजनीतिक शासन गर्न सजिलो पार्छ । हिन्दुइज्म भन्नु एउटा विविधताको परम्परालाई एकरूपता दिनु हो । एकरूपता दिनु एक प्रकारको प्रभुत्व चलाउने प्रक्रिया पनि हो । एकरूपता दिने स्रोत कानुन, धर्म संस्था, पुरुष प्रधानता, उपनिवेशिक, राष्ट्रियताजस्ता संस्थागत विचारधारा हुन् । यी संस्थालाई एकरूपताले शासन गर्न सघाउ पु-याउँछ । यी एक प्रकारका आवश्यक नीति हुन् जसको विकार धेरै छन्, तर फेरि हेजिमनी क्रियाशील गर्ने आवश्यकता पनि छ ।
 आवश्यकताले फाइदा मात्र दिँदैन । एकरूपताको आवश्यकताले प्रभुत्वलाई बल पु-याउँछ । हिन्दू परम्परालाई दक्षिण एसियामा दिन्दुत्व बनाउने दृष्टिकोण केही दशकदेखि छ । हिन्दुत्व हिन्दुइज्मजस्तै विचारधारा हो । विविधतालाई भिन्नताको रूप दिँदै विभाजनको राजनीति चरम रूपमा देखा पर्न लागेको छ । यादव परिवार यस्तै हिन्दुइज्मको दबाबमा गाउँ निकाला भएका छन् । उनीहरू हिन्दुइज्मको चापमा परेका छन् । मंगलसेन–९ ओली गाउँकी मथुरा परियार, यादव परिवारजस्तो हिन्दुइज्मको एकरूपताको धारणालाई विद्रोह गर्छिन् । ‘बरू देउता रिसाउलान्, म छाउ मान्दिनँ’ उनी भन्छिन् । (अन्नपूर्ण पोष्ट जेठ २६, २०७५) यी सवालटर्न होइनन्, तर यिनको बौद्धिक अडान रीतिरिवाजको समालोचना हो । फेरि यी सवालटर्न हुन जान्छिन् यदि यिनको आवाज राष्ट्रिय चेतनाले सुुुनिदिएन भने । 
विन्दा, ओम प्रकाश र मथुराको बौद्धिक मर्म विविधताको परम्पराबोध हो । यो गाउँबाट जन्मेका बृहत् विचारधारा हुन् जसले हिन्दुइज्म भन्ने एकरूपतालाई विरोध गर्छ । यिनको अनुभवमा विविधताको चरित्र छ । यिनले धार्मिक एकरूपतालाई प्रहार गरेका छन् । वृन्दा र मथुरामा देवी रूप पाउन कठिन छैन । देवी रूप मेरा लागि आफूभित्र शक्ति सञ्चार गर्नु हो । यी सवालटर्न होइनन्, तर यिनलाई सवालटर्न बनाउनु हाम्रो दुर्भाग्य हो । मथुराको विश्वास आमातुल्य छ । आमा छैन भने रितुस्राव पनि छैन । त्यो संघर्षको कल्पना मजस्तो पुरुषले गर्न सक्दैन भने छाउको रीति थोपर्न हाम्रो साहस कसरी हुन्छ । म सीमा आभासको कविताको पंक्ति सम्झन्छु :
‘
बीसवटा हड्डी एकसाथ भाँचे बराबरको
व्याख्यातीत प्रसूति पीडा शक्तिबाट
निस्कने स्त्री शक्तिले
उचालेर अलिकति धरा
आफ्नै गर्भबाट जन्माएर आफैँलाई
मार्छु मुटुका कुनाकुना ।’
(
म स्त्री अर्थात् आइमाई)
यो शरीरको प्रसव वेदनाको उत्सव हो । यसलाई स्पिभाकले दुई बन्धन (डबल बाइन्ड) भन्छिन् होला कि ? दुई बन्धन विविधताको अनेकमध्ये एक प्रकारको रूपक हो । यस्ता रूपकले हिन्दू परम्परा व्याप्त छ : मातृत्वको वेदना–उत्सव र छाउको पुरुषत्वले गरेको अपमान । शरीरलाई नबुझे धर्मलाई बुझ्न सकिँदैन । धर्म आद्यात्मिकताको शास्त्रबाट मात्रै बनेको हुँदैन । 
मलाई एकजना साथीले भनिन्, ‘अरुण, पछि हामी एउटै स्वर्गमा भेट्दैनौँ होला है ।’ अर्का साथीले हाँस्दै जवाफ दिए, ‘एउटै धर्मका मानिस भएको स्वर्ग धेरै बोरिङ हुन्छ होला है ।’
विन्दाको मृत लोग्नेसम्बन्धी रीतिरिवाज र मथुराको एउटा परम्पराले विविधतालाई देखाउँछ, यसमा धार्मिक एकरूपताको प्रभुत्वको दबाबले असमानताको भिन्नतातिर लग्छ । विन्दाको पलायन र मथुराको देउतासँगको विद्रोहले उनीहरूभित्रको विविधताको चरित्र दर्शाउँछ । एउटा गाउँबाट धपाउनु र छाउतिर धकेल्नु शरीरको अपमान हो । शरीरलाई अपमान गर्ने धार्मिक रुढीवादी धेरै छन् । जाति प्रथा श्रमको आधारबाट निर्माण गरिन्छ, श्रमसँगै शरीरको सम्बन्ध छ । यही शरीरलाई मन्दिरमा जान नदिने अपमान र विद्यालयमा भेदभाव गर्ने हिन्दू समाजको डरलाग्दो परम्परा अहिलेसम्म पनि छ । त्यसभन्दा पनि विभत्स परम्परा दलितले टाउको उठायो भने यसको हत्या अथवा उसको परिवारको महिलालाई बलात्कार गरी स्वतन्त्रतालाई दबाउने परम्परा दक्षिण एसियामा धेरै देखिन्छन् । यस्ता घटना धार्मिक र सांस्कृतिक विविधताका चरित्र होइनन् । यी भिन्नताका घृणित रूप हुन् । 

सय वर्षपहिलेको घटना आजको समाजले पनि छाडेको छैन । यो हाम्रा लागि अचम्मको कुरा हो । भारतका चिरपरिचित विद्वान् बिआर अम्बेडकरले ‘द एनिनलेसन अफ कास्ट’ मा लेख्छन्, ‘उच्च जातका इनदौरका हिन्दूहरूले बलाई या बलाही जातिका गाउँलेहरूलाई सँगै बस्न चाहन्छन् भने केही नियम पालना गर्नुपर्छ भनेर हुकुम जारी गरेका थिए ।’ ती हुकुम यस्ता छन् :

    बलाहीहरूले सुनको फित्ताले सजाइएको पगडी लगाउन नपाउने
    उनीहरूले रंगीचंगी र डिजाइन गरेको धोती लगाउन पनि नपाइने 
    कुनै हिन्दूको मृत्यु भएमा जति टाढा भए पनि उसका नातेदारलाई बलाहीले खबर पु-याउनुपर्ने । 
    कुनै पनि हिन्दूको विवाहमा सुरु र अन्त्यमा वाद्ययन्त्र बजाउनुपर्ने 
    बलाही महिलाहरूले सुन र चाँदीका गहना र रंगीचंगी चहकिलो कपडा लगाउन नपाउने  कुनै पनि हिन्दू परिवारमा प्रसव हुँदा बलाही महिला उपस्थित हुनुपर्ने । 
    उनीहरूले पारिश्रमिकको आशा नगरी हिन्दूको सेवा गर्नुपर्ने र हिन्दूले जे–जति दिए पनि खुसीसाथ स्वीकार गर्नुपर्ने ।
    बलाहीहरूले यी नियम पालना नगरे गाउँ निकाला हुने । 
एक सय वर्षपछि पनि कम–बेसी रूपमा हामी त्यही समाजको सदस्य छौँ । विन्दा र मथुरा बलाही शोषणका निरन्तरता हुन् । बलाहीहरूले विद्रोह गरे, तर उनीहरू इलाका छाडेर भाग्नु परेको थियो ।सांस्कृतिक विविधता प्रवासीहरूले गर्दा युरोपदेखि अमेरिकासम्म बढ्दै छ । तर, यसलाई तथाकथित मूल स्थानीयले डर, त्रास र घृणाका रूपमा भिन्नताको दृृष्टिकोणबाट अस्वीकार गर्दै छन् । आफ्नो देशमा संघर्षले त्रसित आमा–बाबु आफ्ना छोराछोरी लिएर आफ्नो देशबाट पलायन हुँदै विदेश भाग्नु परेको छ । इतिहासमा यस्तो घटना सधैँ भएको छ र भविष्यमा पनि हुन्छ । हजारौँ वर्षदेखि नेपाल र भारतजस्ता हिन्दू बहुल देशमा विविधताको सांस्कृतिक स्वरूप छ । राष्ट्रहरूको निर्माण यस्तै विविधताले बनेको छ । 
विविधताको अस्वीकार फ्रिजियाका राजा मिदासजस्तैको असमर्थता हो । उनीसँग पैसा र धन त निकै थियो, तर धनको आनन्द लिन सकेनन्, अनेकताको आनन्द कहिले पनि उठाउन सकेनन् । उनको जिन्दगी संकृचित भएरै बित्यो । हाम्रो अवस्था केही मात्र फरक छ । हामी विविधताको आनन्दबाट त्रसित छौँ, मिदास आफैँमा संकुचित थिए, हामी घृणाले गर्दा संकुचित छौँ । उनीहरू मेरो भाषा बोल्दैनन्, उनीहरू मेरो धर्मका होइनन्, उनीहरूको दाह्री छ, उनीहरू हिजाब लगाउँदै गाई खान्छन्, हामी खसी खान्छौँ । उनीहरूले देशलाई आमा भन्दैनन् । हामी आमा भन्छौँ । उनीहरू रंगले काला छन्, हामी खैरा छौँ । उनीहरू हालेलुवा भन्छन्, हामी नमस्कार गर्छौं । हामीलाई ग्रहहरूले रक्षा गर्छन्, उनीहरूको रक्षा गर्ने ग्रह छैनन् ।
भिन्नताको क्षेत्र पारालौकिक पनि देखियो जसले आदिम संषर्घ जन्माएको छ । मेरो वैकुण्ठवास हुन्छ, उनीहरूको अर्कै स्वर्ग छ । मलाई एकजना साथीले पढाइ सकेर बिदा हुँदै गर्दा भनेकी थिइन्, ‘अरुण तिमी राम्रो मान्छे हौ । तर, पछि हामी एउटै स्वर्गमा भेट्छौँ भन्न सक्दैनौँ ।’ मेरो अमेरिकी साथीले हाँस्दै जवाफ दिएका थिए, ‘एउटै धर्मका मानिस भएको स्वर्ग धेरै बोरिङ हुन्छ होला है अरुण ।’ हाम्रो भिन्नताको कल्पना पृथ्वीदेखि भिन्न सिँढी हुँदै अर्को दैविक–राष्ट्रमा पु¥याउँछ । देवताहरूले एक–एक नेपालीलाई टिप्दै आ–आफ्नो स्वर्ग र नर्कमा लग्छन् । 
ओम प्रकाशलाई त गाउँ निकाला गरे, हामी त वर्षौँ सँगै बस्दा पनि स्वयं निर्वासित भएका छौँ । यो भिन्नताको सांस्कृतिक पराकाष्ठा हो । एकजना साथीले भने, ‘हेर, ग्रह ताराहरू एउटै रेखामा छन्, विवाहको राम्रो तिथि हो यो ।’ अर्का साथीले दुईदिनपछि इमेल गरे, ‘केही ठीक छैन । तीनवटै ग्रह एकै रेखामा छन् । अब घोर अनिकाल पर्छ । भर्खरै आतंकवादीले चालिसजना सिपाही मारे । इन्डोनेसियामा ज्वालामुखी फुट्यो ।’ मैले दुवैजनालाई सल्लाह दिएँ, ‘पूजा–अनुष्ठान गर ।’ दुवैजना आ–आफ्नै इष्ट देवताको पूजा गर्दै हजारौँ रुपैयाँ खर्च गर्दै छन् । इमेलमा सोधेको थिएँ, ‘पूजा सकियो ?’ यतिबेला उनीहरू पूजामा व्यस्त छन् । केही रिप्लाई आएको छैन । आयो भने भिन्नताको विडम्बनामा निबन्ध लेख्छु । 


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...