Tuesday, October 05, 2021

नेपाली राजनितीमा अबको बाटो

 नेपाली राजनितीमा अबको बाटो

डा. गोविन्द प्रसाद थापा

विश्वमा विद्यमान राजनितीक प्रणालीका विकल्पका बारेमा बहस चली रहेका छन् । दलविहीन खुला प्रजातन्त्रका कुरा हरु पनि पढन पाइएको छ । कालान्तरमा त्यस सोचले मूर्त रुप लिने सम्भावनाहरुलाइ नकार्न सकिदैन । तर नेपालमा तत्काल देखिएका समस्या हरुको विकल्प के भन्ने चासोले बढी प्राथमिकता पाएको देखिन्छ । अहिलेको माहौलमा विभिन्न पत्रपत्रिकाहरुमा राजनीतिक, सामाजिक तथा आर्थिक सुधारका सम्भावनाहरुबारे आएका सुझावहरु देख्दा सुधारका सम्भावना हरु छन् भन्ने अवस्था छ ।

नेपालको सार्वभौमिकता, अखण्डता, स्वतंन्त्रता, सुशासन, शान्ति सुरक्षा, सर्वसुलभ छिटो र सस्तो न्याय, भ्रष्टाचार नियण्त्रण तथा दिगो विकास, एकता, सबै भाषा, धर्मसंस्कृति प्रति न्यायपूर्ण व्यवहार र समतामूलक समाजको अवधारणानै सबै नेपालीहरुको चाहना हो ।

यथास्थितिमा नागरिक सन्तुष्ट छैनन् । विकल्पको नाममा अर्को प्रतिगमन होइन अग्रगमनकै बाटो उपयुक्त हुन्छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता लगायत संविधानका आधारभूत संरचना विरूद्धको प्रस्ताव भन्दा पनि हामीले अब संघीयता असफल हुनुकोअर्थ राजनीतिक व्यवस्थाको दोष होइन बरू शासकको प्रवृतिको कमजोरी हो भन्ने बुझन आवश्यक छ । त्यसैले अब योग्य नेतृत्वको विकल्प खोजौं ।

नेपाली राजनितीमा अबको बाटो ः

१. गणतन्त्रको सुदृढिकरण, धर्मनिरपेक्षताको रक्षा, संघीयतामा क्रमिक सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय व्यवस्था

२. संवैधानिक र संरचनागत सुधार

क. शासकीय स्वरुपमा नागरिकको थप सहभागिता, अर्थात प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था ।

ख. दुइ पटक भन्दा बढी कार्यकारी पदमा प्रमुख हुन नपाउने ।

ग. साँसद नै मन्त्री बन्ने प्रणालीको अन्त्य गरी साँसदले विधायिकाको भूमिका निर्वाह गर्ने । यसले योग्य र सक्षम व्यक्ति मात्र निर्वाचनमा उठने छन् ।

घ. प्रभावकारी शक्तिसन्तुलन र शक्तिपृथकीकरणको निमित्त न्यायालय, आयोगहरुमा दलीय हस्तक्षेप पूर्णरुपमा अन्त्य गर्ने ।

३. निर्वाचनमा सुधार

क. विदेशमा रहेका नेपाली नागरिक हरुले पनि मतदान गर्न पाउने ।

ख. Right to reject, Right to recall को व्यवस्था गर्ने । अर्थात नागरिकले कसैलाइ मतदान न गर्ने र साँसद वा निर्वाचित पदाधिकारीलाइ फिर्ता बोलाउने अधिकारको व्यवस्था गर्ने ।

ग. निर्वाचनमा उठने दल र उम्मेदवारले खर्चको पारदर्शिता पालन गर्ने ।

घ. सक्षम र योग्य उम्मेदवार उठाउने निति लागु गर्ने ।

ङ. प्रत्यक्ष निर्वाचित राष्ट्रपति, उपराष्ट्रपति, मुख्यमन्त्री, तथा पालिका म्रमुख कार्यकारी हुने व्यवस्था गर्ने ।

च. समानुपातिकमा व्यक्ति नभइ दल निर्वाचित हुने व्यवस्था गर्ने ।

छ. जाति तथा धर्मका विषयमा राजनिती नगर्ने ।

ज. राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा, प्रतिनिधि सभा, मुख्य मन्त्री, प्रदेश सभा, पालिका प्रमुख र उपप्रमुख, र पालिका सभाकापदहरुमा उम्मेदवार बन्नकालागी वंशजका आधारमा नेपाली नागरिक हुनु पर्ने व्यवस्था गर्ने ।

झ.. जनजिविकाका मुद्यालाइ आत्मसात गर्ने । आम जनताको अवस्था बदल्ने ।

ञ. समतामूलक समृद्धि तर्फ अघि बढने ।

ट. सबै भाषा, धर्म तथा संस्कृतिहरुलाइ समान तथा न्यायपूर्ण दृष्टिले हेर्ने ।

४. सेवा प्रवाहमा व्यापक सुधार

क. निशुल्क र गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य सेवा, सामाजिक न्याय, तथा छिटो छरितो र निस्पक्ष फौजदारी न्याय व्यवस्थापन

ख. सुशासन र प्रशासनमा सुधार

ग. भ्रष्टाचारमा शून्य सहनशीलता

घ. विधिको शासनको प्रत्याभूति

ङ. जथाभावि राजनितीक नियुक्तिको अन्त्य

च. राज्यबाट वेतन लिने कर्मचारीहरुको राजनीतिक संघ संस्था विघटन गर्ने

छ. निजामति सेवामा करार सेवा लागु गर्ने

ज. विद्यमान आयोग हरु लाइ विश्वसनीय र राजनितिक दवाव बाट मुक्ति

झ. आर्थिक विकासमा प्राथमिकता दिने

ञ. रोजगारीका यथेस्ट अवसर उपलब्ध गराउने

 

Shatrupal Dharmapal ShyamNepal

यो दीर्घकालीन सोचाई हो। यो हुनु पर्दछ। उच्चस्तरीय भ्रस्टाचार ले गर्दा नेपाली जनता पिसिएकै हुने भयो तेसको अन्त्य गर्न सक्ने म्याकनिज्मको खोजी हुनु पर्यो हजुर।

Bijay Raj Bhatta

लोभको सीमा हुदैन ! नेपालका नेताहरुमा अतिरजोगुण ब्याप्त छ! खरब कमाउने बाटोमा लागेका नेताहरु त्यसपछि दश खरब को लक्ष तर्फ बढ्ने छन ! हामीले कल्पना गरि रहेकाे सुधार यिनिहरुबाट हुनु असम्भव छ! देश लाइ सम्पूर्ण रुपमा असफल राष्ट्र वा देशै समाप्त हुनबाट बचाउन एउटा मात्र उपाय बाँकी रहेकोछ, त्यो हो ----यो निकृष्ट ब्यबस्था को सीघ्रतिसीघ्र बिदाइ! तथा सम्पूर्ण बिकृतिहरुको राष्ट्रीय सफाइ !

अन्यथा हामी प्रत्येक दिन, महिना ,बर्षमा सधै एउटै समाचार मात्र देख्दै, सुन्दै जानेछौ कि देश बरबादी तर्फ गएको र जनताले दु:ख माथी दु:ख पाएको, नेताहरु अति स्वार्थी, परम बिलासी, संबेदनहीन भएका! यो कटु सत्य हो, यथार्थ हो, हामिले नित्य देख्दै, भोग्दै, पछुताउदै रहने निश्चित परिदृश्य हो !
Govind Thapa
Bijay Raj Bhatta Naya political system lyaune Kam nikai costly parchha hola ra dherai samay linchha..hamile byabastha ma ahile sansarko Sabai bhanda utkrist system democratic republic system ho..yeslai sudhridh garnu parchha..khot system ma bhanda rajnitik byakti haruma chha...prabritima khot chha..

Amar Singh Thapa
उलल्लेखित अधिकांश बुँदाहरु सबै दलहरुले आ-आफ्नेा घाेषणा पत्रमा समावेश नगरेका पनि हाेइनन्।व्यवस्था जे जस्ताे राेजे पनि यिनै पात्रहरुकाे हातमा सत्ता रहेसम्म केही सुधार हाेला जस्ताे मान्दै मान्दिन।दाेश्राे, तेश्राे पुस्ता पनि भराेसा याेग्य रहेन। नहुनु भन्दा कानाे मामा ठीक । अनैतिक पात्रहरु जब सत्तामा पुग्छन् तिनले गर्ने भने कै नेपालमा जस्तै हाे, भाई। छुचुन्द्रोकाे शिरमा चमेलीकाे तेलकाे के काम ? डीलमा पुगिसकेपछि पनि हाम्राे चेत कसरी नपलाउला र ???

Dilip Bhattarai But how ? Will you please define ? How can we reach to that stage ?
Govind Thapa
Dilip Bhattarai good question hajur..I think if you ponder upon the solutions listed, you will certainly find that I have tried to answer your inquisition..

Dhurba Rizal

Only the change in mind sets and attitudes of those who are managing, using and endusers will make the system work. Even if the system paved with gold is put in place, it will not work with same mind sets, attitudes and same people. Development means change in mind sets and attitudes of the stakeholders rather than physical system.

Govind Thapa

Dhurba Rizal I totally agree with you sir.. that's why we should replace the leaders through improvised election systems instead of waiting the corrupt ones change their mindset

 

Shiva Pradhan

I expressed my opinion..

To form Parliament ftom the REPRESENTATION of Head of tribe, ethinic of 125, guthi, kipta, etc.

StateHead should be tribe/ethinic on rotational basis. Ministers should be from tribe/ethinic with qualification and standing ability/capability shown in his/her field.

Govt Service holders, Teachers, Students, Labours shall have thier own federation represented by their societies/organizations.

Forget about ELECTION, POLITICAL PARTIES.

Govind Thapa

Shiva Pradhan the proportionate election system should be changed so that the corruptions in the elections are stopped..

Shekhar Dhungel

प्रविधिले संसार साघुरो बनाई सक्यो सर बिस्वको आदर्श संबिधान,आदर्श र मितव्ययी आर्थिक नीति ,सुशासन ,निर्वाचन पद्धति ,उम्मेवदवार को मोरल क्यारक्टर पारदर्शिता मिसन भिजन र साझा वा बहुमतीय अपनत्व एबम मौलिकताको व्यवस्था को अबलम्बन हुनु पर्छ

देशको सामाजिक आर्थिक चेतनाको स्तर र मानसिकताको गहन विश्लेषण गरेर बाटो पहिल्याउनु पर्छ जुन नितान्त देशको माटो चिनेको बुझेको चिन्तन बाट निर्देशित हुनु पर्छ आई एन जी ओ र एन जी ओ बाट निर्देशित नीति राज्य र सरकार एबम प्रा डा बुद्धिजीवी आजको बिडम्बना हो जागिर र सत्ता आशक्ति मात्र भयो देस्ध प्रति चिन्तित र देश निर्माणको आशक्ति बोकेको नेता बुद्धिजीवीको खडेरी परेको अवस्था हो सर ,,,,

Himmat Ghartimagar

कुनै काम गर्न नसक्ने र बहानाबाजी गर्ने वा ढंग नभएकाहरुको लागि नेपालीमा उखान छ - नाच्न नजान्ने आँगन टेढो । तर म भन्छु नेपाली राजनीतिको आँगन टेढै छ हजुर । आँगन नमिलाएसम्म जुन व्यवस्था ल्याए पनि काम छैन । उपायहरु त तपसिलका कुराहरु परे ।

Govind Thapa
Himmat Ghartimagar Tehi bango angan lai kasari thik parne barema yo kura haru bat kati sambhawana chha..bichar garnu hola Hajur 

Madhuban Lal Shrestha

Directly elected executives should be elected with 50% popular votes.

Minimum educational qualification and no criminal records

should be encluded for any post.

Govind Thapa
Madhuban Lal Shrestha that's important point raised, it should be defined in the Constitution..

Meen Poudyal Chhetri

I don't expect much from these corrupt politicians rather I look forward to a charismatic leader out of the blue.

Govind Thapa
Meen Poudyal Chhetri hope that the systemic change will select the best person in the elections..

Madhuban Lal Shrestha

Parties in linited numbers are necessary to emerge national leaders from them.Government should provide finance to operate parties.Government finance will stop Mafias and foriegn donners to manipulate parties and create agents to work for these agencies.Party forums will work as think tank and tools to mobilise mass and medias as well.

Govind Thapa
Madhuban Lal Shrestha Good point raised

Hari Prasad Uprety

सुझावहरु अहिलेको सन्दर्भलाई संवोधन गर्ने खालकै छन्।केही सुझावहरु गम्भीर छलफल हुनु पर्ने छन्।तथापि यसमा केही कुरा थप्नु पर्छ:-

१- अहिलेसम्मका दुष्कर्मीहरुलाई उनीहरुको दुष्कर्म प्रति उत्तरदायी बनाउने कि नबनाउने?

२- त्यस्तालाई दण्डित गर्ने कि पुरस्कृत गरेर फेरि उनीहरुलाईनै सत्तामा पठाउने?

३-उनीहरुको सम्पत्ति छानबीन गरेर अवैध सम्पत्ति जफत गर्ने नगर्ने?

४- छानबीन गर्दा अहिले कै नेताका भाट आयोगले गर्ने कि निस्पक्ष आयोग छुट्टै बनाउने ?

यसमा छलफल जरुरी छ।

Govind Thapa

Hari Prasad Uprety Thank you so much!❤ I agree that the commission for the investigation of corruptions will be free from the govt and party influence..

Rajesh Neupane

खै के खै के? हाम्रो समाजले खुलापन सम्भालन नसकी रहेको अनुभव भै रहेको छ। एउटा निष्पक्ष र निडर शासकको आवश्यक्ता र खाँचो छ। जस्ले सवैलाई एउटै धागोमा गाँसेर लैजावोस।

Kishore Sherchand

Dear Dr. Thapa, Many of you have enlisted are worthwhile to adopt yet questions loom whether this would be a good option following the above on a step by step on a priority basis. However, I still see a long way to go, because in the last 70 years nothing has significantly improved except the political system change over and over. From this what I could judge, this may yet require a more severe revolutionary movement than the preceding Maoist movement that just removed a feudal kingship. Business as usual is not making this country great.

Govind Thapa

Kishore Sherchand It is an idea for progressive changes in the overall systems including the elections procedures. Hope the implications will be positive.

Shyam Adhikari

ALL POINTS are worth implementing but it requires a charismatic , dynamic and a visionary leader .A leader is inborn not made .Should we expect virtues from our leaders we've chosen to run our nation ? Certainly not .God save our country .

Motilal Bohara

समय सान्दर्भिक अत्यन्त गहकिलो सुझाव ! जय होस ।

 

Vishnu Singh Basnet

Totally agree! तर यसमा प्रत्येक पदाधिकारी को कर्यकाल र उमेरको हदबन्दी पनि समावेश गर्न पर्छ !

Vishnu Singh Basnet

सबै सुझाव हरु अहिले का नेता र व्यवस्था बाट कार्यान्वयन मा आउन असम्भव छ!


Mathbar Adhikary

Good suggestions, But you have forgotten to mention the need of the day: Need of honest, visionary and forward looking young leadership. Furthermore a democratic, transparent and law abiding political party.

Govind Thapa

Mathbar Adhikary I fully agree with you hajur..the new setup will automatically make parties more responsible and accountable to the people..

All the corrupt ones will be blocked by the political parties themselves.. only good and chosen one will be in the elections

लाेक आङ्ला

जनमुक्ति पार्टीसग मिल्दाे छ ।

Govind Thapa

लाेक आङ्ला Sabaiko Kalyan Hos bhanera kholeka party haru sang milnu parchha yo bichar

 

 

विचार मन्थनः राजनीतिमा सुधारका लागी यसो गरे कसो होला?

१) राष्ट्रिय सभालाई पूर्ण रुपमा गैर राजनीतिक बनाउने । हाल यो संस्था चुनाव जित्न नसकेका राजनीतिकर्मीहरुको जागिर खाने ठाउँ भएको छ। समाजका लागि योगदान पुराएका, समाजका गण्य मान्य व्यक्तिहरु, बिशेषज्ञहरु, जो कहिले पनि कुनै पनि पार्टीका सदस्य भएका थिएनन, त्यस्ता व्यक्तिले मात्र राष्ट्रिय सभा सदस्य बन्न पाउन् । यस्तो व्यवस्थाले "बढी राजनीति" लाई कम गर्नेछ । कुनै पार्टीको सदस्य नभई केहि हुँदैन भन्ने मानसिकता अलि कम हुनेछ ।

२) सम्पूर्ण संबैधानीक अंगका प्रमुखहरुको नियुक्ति राष्ट्रिय सभा (जुन अराजनीतिक हुन्छ) ले गर्ने । यसबाट संबैधानीक अंग हरुमा स्वतन्त्र ब्यक्तिहरु पुग्नेछन र जो कार्यकारी बाट प्रभावित नभई कार्य गर्नेछन । अख्तियारको नियुक्ति प्र. म. ले गरुन्जेल, भ्रस्टाचार कहिले पनि उन्मोलन हुने छैन ।

३) प्रधानमन्त्रीले गर्नु पर्ने कामको लिस्ट कम गर्ने । हाल प्र. म. ले गरिरहेका काम हरुको लिस्ट बनाउने र सर्ट-लिस्ट गर्ने ।

४) पार्टीको साधारण सदस्यता भन्ने बस्तु खारेज गर्ने । यसले देशका सारा नागरिकलाई कार्यकर्तामा रुपान्तरण गरेको छ । जो सदस्य हुन चाहन्छन, क्रियासिल मात्र होउन । क्रियाशील सदस्य बन्न बिगत ५ वर्ष को आम्दानी र राष्ट्रलाई बुझाएको करको बिवरण पनि दिनु परोस । यसले बेरोजगार आवाराहरुलाई राजनीतिबाट टाढा राख्न्न मद्दत गर्नेछ ।

५) कुनै पनि पार्टीको केन्द्रिय सदस्य वा त्यो भन्दा माथिको पद ७० वर्ष भन्दा माथिकाले बन्न नपाइने। बहालवाला यदि ७० बर्ष पुगेमा स्वत उक्त पद रिक्त हुने।

६) राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष जनता व्दारा वा राष्ट्रियसभाले गरोस । यसो नभएमा राष्ट्रपति स्वतन्त्र नहुने र राजनीतिक दलको "चंचा" हुने खतरा जहिले पनि भैरहन्छ।

७) उप-राष्ट्रपति को पद खारेज गरियोस ।

Rajendra Keshari Pandey

तपाईंको सबै सुझाव एउटा राष्ट्रपति बाहेक अरू ठिक छ। राष्ट्रपति हाेइन नेपाल मा हिन्दूअधिराज्य सहित राजा हुन्छन्। यस्ता भारभुरे राष्ट्रपति राखेभने सिक्किम बनाइदिन्छन गणतान्त्रिक ग्याङस्टर्स ले।

Govind Thapa

Rajendra Keshari Pandey bidhman byabastha ma sudhar lyaune agragami kadam ka lagi ho yo sujhab, paschagami ka lagi hoina hajur

Omprasad Thapa Kaucha

अती उतम सुजाव यदी पक्कै राष्ट्र तिव्र बिकास जनता र भलो चाहाने ब्यक्ती को सोच्च बिचार प्रकर्ट गरेको पाए ।बिदेस को राजदुत जस्तो त पातीका धुपौरे पठाउने नेता हरूले यस्तो कुरा कसरी सुकार र सुन्नु बरै राम्रो रांष्ट्र बिज्ञय ब्यक्ती को स्थान छैन यो सबै जन्ता कै अशिंक्षा हो ।

Kamal Thapa

यति गर्ने हो भने त सर राजनीति गर्ने पनि स्वतः कम हुन्छन्। जो हुन्छन् ति पूर्ण रूपमा राजनीतिमा मात्र लाग्छन् र झोले,हुक्के बैठके, नातावाद,कृपावाद स्वतः कम हुन्छ।तर यो मान्ने कसले लुट्न छाड्ने कसले।

Madhuban Lal Shrestha

Instead of Rastriya Sabha a functional less forums with use less people's gathering having a think tank of distinguished people having proper knowledge in different subjects of national problems and its solutions.Once in king Birendra's time the planning commission was full of such people who later became ministers of different ministries like finance,industry,agriculture,trade and commerce etc.


Mathbar Adhikary

In order to give a stable five years government we need directly elected president and provisions to make Ministers from outside the parliament like that of USA. Maybe this would make parliament more accountable and responsive to people.

Govind Thapa

Mathbar Adhikary I agree with you in this regard, I have keenly studied the US presidential election this time. I think there should be a body that plays the role of a think tank and also control or sanctions the President's decisions also. You may be aware of Trump's whimsical decisions on important issues which were detrimental to the country's interests.

I appreciate the power of the people-House and the Courts which can punish any public servants, including the President, in USA.

 

Another post

Bijay Raj Bhatta

लोभको सीमा हुदैन !

नेपालका नेताहरुमा अतिरजोगुण ब्याप्त छ!

खरब कमाउने बाटोमा लागेका नेताहरु त्यसपछि दश खरब को लक्ष तर्फ बढ्ने छन !

हामीले कल्पना गरि रहेकाे सुधार यिनिहरुबाट हुनु असम्भव छ!

देश लाइ सम्पूर्ण रुपमा असफल राष्ट्र वा देशै समाप्त हुनबाट बचाउन एउटा मात्र उपाय बाँकी रहेकोछ, त्यो हो ----

यो निकृष्ट ब्यबस्था को सीघ्रतिसीघ्र बिदाइ! तथा सम्पूर्ण बिकृतिहरुको राष्ट्रीय सफाइ !

अन्यथा हामी प्रत्येक दिन, महिना ,बर्षमा सधै एउटै समाचार मात्र देख्दै, सुन्दै जानेछौ कि देश बरबादी तर्फ गएको र जनताले दु:ख माथी दु:ख पाएको, नेताहरु अति स्वार्थी, परम बिलासी, संबेदनहीन भएका!

यो कटु सत्य हो, यथार्थ हो, हामिले नित्य देख्दै, भोग्दै, पछुताउदै रहने निश्चित परिदृश्य हो !

Govind Thapa
Bijay Raj Bhatta Naya political system lyaune Kam nikai costly parchha hola ra dherai samay linchha..hamile byabastha ma ahile sansarko Sabai bhanda utkrist system democratic republic system ho..yeslai sudhridh garnu parchha..khot system ma bhanda rajnitik byakti haruma chha...prabritima khot chha..

Amar Singh Thapa

उलल्लेखित अधिकांश बुँदाहरु सबै दलहरुले आ-आफ्नेा घाेषणा पत्रमा समावेश नगरेका पनि हाेइनन्।व्यवस्था जे जस्ताे राेजे पनि यिनै पात्रहरुकाे हातमा सत्ता रहेसम्म केही सुधार हाेला जस्ताे मान्दै मान्दिन।दाेश्राे, तेश्राे पुस्ता पनि भराेसा याेग्य रहेन।

नहुनु भन्दा कानाे मामा ठीक ।

अनैतिक पात्रहरु जब सत्तामा पुग्छन् तिनले गर्ने भने कै नेपालमा जस्तै हाे, भाई।

छुचुन्द्रोकाे शिरमा चमेलीकाे तेलकाे के काम ?

डीलमा पुगिसकेपछि पनि हाम्राे चेत कसरी नपलाउला र ???

 

 

 

 

 

 

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...