Monday, September 02, 2024

दलितलाई खै ?

 दलितलाई खै ?

सञ्जीव कार्की

भदौ १६, २०८१ आइतबार ९:२५:५१

माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको, दारी पालेको यामानको भीमकाय शरीर भएको एउटा मान्छे संन्यासी जस्तो पनि देखिन्छ। उसले जिउभरी फलामे सिक्रीले हातखुट्टा र शरीर बाँधेर प्रदर्शन गरिरहेको छ। एउटा ब्यानरमा लेखिएको हुन्छ, ‘दलितलाई खै ?’

कहिलेकाहीँ ऊ भिडले घेरिन्छ। कहिले एक्लै पनि उभिइ रहेको हुन्छ एउटा प्रश्न बोकेर दलितलाई खै ? ऊ धेरै आक्रोशित पनि बन्दैन जति बन्नुपर्ने हो ? उसले कहिल्यै संविधानभन्दा बाहिरको कुरा गरेको छैन। संविधान मान्दिन र च्यात्छु भनेको पनि छैन। कसैलाई अपशब्द बोलेर ललकारेको पनि छैन तर ऊ निरन्तर बोलिरहेछ दलितलाई खै ? प्रश्नको झटारो हानिरहेको छ। दलितलाई खै

 प्रायः विद्रोहहरू र विद्रोहीहरूको भाषा अलि खरो र रूखो हुन्छ। दलितको भाषालाई पनि आममान्छेले आवेग र विद्रोहको भाषाको रूपमा विश्लेषण र मूल्यांकन गर्ने गर्छन्। दलित चेतना विश्लेषणको मापदण्डको रूपमा दलितले प्रयोग गर्ने भाषालाई तीतो तीखो, सोझो झर्रा हुन्छ भनेर कलेज र विश्वविद्यालयतिर पढाइन्छ। यसको कारण हो दलित जे बोल्छ जे भन्छ जे लेख्छ त्यो उसको अनुभूतिले गर्छ। निषेध, बञ्चितीकरण पीडा अपमान, अवरोधका बीच बाँच्न अभ्यस्त मान्छेहरूको सामूहिक र सामुदयिक विशेषता हो ठेट भाषामा ठेट प्रस्तुति। तर, खगेन्द्र सुनार त्यस्तो विद्रोही हो जसको भाषामा खरोपनभन्दा भद्रपन बढी छ, आवेगभन्दा विवेकको कुरा ज्यादा छ, निराशाभन्दा आशाका कुरा धेरै छ। खगेन्द्र आजसम्म आँधीको रूपमा देखिएको छैन तर उस भित्रको चेतनाले कतै यो आँधी अगाडिको सन्नाटा हो कि भन्ने भान पनि दिन थालेको छ।

खगेन्द्र दलितको एउटा बिम्ब बनेर उभिएको कुरालाई आम मान्छेले विशेषगरी दलितले र मानवता पक्षधरले चासोपूर्वक देशविदेशबाट हेरिरहेका छन्, जसको पुष्टि पर्खन आजको डिजिटल दुनियाँमा हप्तौं, महिनौं र वर्षौं पर्खिनु पर्दैन। खगेन्द्रको साङ्लो बेरिएको तस्बिरमा देखिने। लाइक, क्रियाप्रतिक्रियाको बाढीले पलभरमा नै प्रतिबिम्बित गरिरहेको छ। 

आजको दुनियाँ डाइरेक्ट डेमोक्रेसीमा विश्वास गर्छ त्यो भनेको सामाजिक सञ्जाल र मिडियाहरू हुन्।

सामाजिक सञ्जाल कसैको मुठी र पञ्जाभित्र नभएको कारण त्यहाँ अभिव्यन्जित यथार्थले समाजको ऐना प्रस्तुत गर्दछ। सो ऐनाबाट हेर्दा खगेन्द्रको प्रश्न ‘दलितलाई खै ? ले सामाजिक वैद्यता क्रमशः फराकिलो बनाउँदै गैरहेको छ। गैरदलितहरू पनि दलितमाथिको विगतदेखिको लामो अत्याचार, अन्याय, निषेध र प्रतिशोध अब गर्न नहुने पक्षमा छन्। विगतका भूल र त्रुटि सच्याएर मानवताको प्रबद्र्धनको पक्षमा देखिएका छन्। जसको उदाहरण साउन २५ मा पशुपति परिसरमा भएको कोटीहोममा धार्मिक सत्ताले कृष्ण दमाईको व्यासान र डा. मित्र परियारको २८ गतेको कोटीहोम याग्यशालामा वैचारिक प्रत्याक्रमणलाई सहजै पचाएको दृष्टान्तबाट बुझ्न सकिन्छ।

खगेन्द्र सुनारले लगाएको चार पाँच केजी फलामको साङ्लोको बोझभन्दा धेरै बोझ सरकार र दलित मैत्री नबन्ने पार्टी संस्था र व्यक्तिहरूलाई भएको छ। तथापि आजसम्म सरकार उनको माग र मुद्दाबारे मुखर भएर बोलेको सुनिएको छैन। उनको आन्दोलनलाई लिएर व्यक्ति केन्द्रित र एउटा व्यक्तिको हिरोइज्म भनेर पनि सुनिन आएको छ। खगेन्द्रले बोकेको मुद्दा मानवताको मुद्दा हो कि होइन ? खगेन्द्रले बोकेको मुद्दामा ६० लाख दलितको आत्मसम्मान, पहुँच, प्रतिनिधित्व र राज्यमा सबैको हिस्सेदारीको माग छ कि छैन ? खगेन्द्रले बोकेको मुद्दामा अन्तर्राष्ट्रिय मानवअधिकारको विश्वव्यापी घोषणा पत्र सन् १९४८ आकर्षित हुन्छ कि हुँदैन ? आमदलितको उत्पीडन मुक्ति रक्षा र संरक्षणको भाव छ कि छैन ? यदि छ भने को व्यक्ति र कसको अगुवाइभन्दा पनि विषय, मुद्दा र सरोकार विशेष पक्ष हुन्। खगेन्द्रले चलाएको शान्तिपूर्ण र भद्र आन्दोलन आम न्यायप्रेमी सामाजिक र नैतिक समतामूलक न्यायका हितैषी सबैको सरोकारको मुद्दा हो। सबैभन्दा ठूलो कुरा मानवताको मुद्दा हो। मानवताको मुद्दामा पक्षधरता मात्रै हुन्छ। सानो स्वार्थ नीहित उद्देश्य छुद्र तरिका र विषय मात्र त्याज्य हुन्छन्। अन्य विषयमा आन्दोलनका लागि निमन्त्रणा र विशेष आग्रह आवश्यक हुन्न सार्वजनिक अपिल र जानकारी काफी हुन्छ। उनी आफ्ना लागि होइन, मानव मर्यादाको माग लिएर उभिएका हुन्।

मानव मर्यादा आम मान्छेको विषय हो। दलितको विषय, दलितमा पनि खगेन्द्रको विषय, कुनै एक अमुक समूहको भनेर यसलाई अन्डरस्टिमेट गर्नु कदाचित राम्रो होइन। गैरदलित समुदायका लागि आफ्ना पूर्वजले जानअन्जानमा गरेका अपराध र पापको प्रायश्चित गरेर सच्चिने र गलत प्रथा, संस्कार र परम्परा इरेज गरेर मानवीय मर्यादा र मानवाधिकारको पक्षमा उभिएर उत्पीडक वर्ग हुनुको कलंक पुछ्ने अवसर हो। यसर्थ यो आन्दोलन गैरदलितको झन् धेरै हो।

दलित गैरदलित सबै मिलेर खगेन्द्रले माग गरेको संविधान प्रद्धत अधिकार प्राप्तिको लडाइँलाई साथ दिन कन्जुस्याइँ गरेर षड्यन्त्र गरेर बस्ने छैनन्। मुद्दा व्यक्तिको पार्टीको र प्रायोजित होइन समुदायको हो। दलित समुदायको सम्मान पहुँच, मर्यादा, समता स्वतन्त्रता र अधिकारको पक्षकै माग छन्। राम्रो काम जसले गरे नि हुन्छ। असल कामको अनुशरण जसको गरे पनि हुन्छ। राम्रो वृक्ष जसले रोपे पनि त्यसको फल सबैको लागि हो।

आरनबाट फर्केपछि गाईको गहुँत र सुनपानीले छर्केर चोख्खिने चेतनाले कसरी लेख्छ : आरनको इतिहास, मान्छेको मर्यादा ? कसरी बुझ्छ ः सीपको अर्थ र सामथ्र्यको सीमा ? तपाईको दृष्टिकोणमै खोट छ, महोदय! कतिपल्ट उधार्नुहुन्छ यो छाती कति चलाउनुहुन्छ छुरा हाम्रो मुटुमा, हाम्रो संवेदनामा! डा. नवराज लम्सालका यी हरफमा प्रतिबिम्बित भए जस्तै दलितको संवेदना र मर्ममा छुरा चलाउनेहरूलाई एउटा कालो ब्यानरमा दलितलाई खै ? भन्ने प्रश्नले पत्थरमा घन बजारे झैं भएको छ। यामानको घनले खगेन्द्रले केन्द्रको मुटुमा ठोकिरहेका छन्। शान्तिपूर्ण तरिकाले प्रश्न गर्नु नजायज हो ? कमजोरी हो

६० लाख मान्छेको आत्मसम्मान र अधिकार प्रतिस्थापन गर भन्नु खगेन्द्रको अपराध हो ? संविधानले प्रत्याभूत गरेका अधिकार देऊ भन्नु खगेन्द्रको पाप हो ? संविधान रूपी चेक बाउन्स गरेर दलितलाई भुलाउनु छक्याउनु र धोका दिनु राज्य सत्ताको चरित्र भएको छ। त्यसविरुद्ध दलित आन्दोलन फेरि जुर्मुराएको छ। जोसमनी सन्त परम्पराका प्रभावकारी व्यक्ति सन्त शशिधरको समय पृथ्वीनारायणकालीन समयमा विशेष रूपमा उठेको जोसमनी सम्प्रदायको वैचारिक आधार अत्यन्तै प्रगतिशील देखिन्छ।

जातपात, छुवाछूत र मूर्तिपूजा नमान्ने, महिलालाई पनि दीक्षित गरिने, आदि यस सम्प्रदायका विशेषता हुन्। साथै रक्सीमासु खानेलाई निषेध नगर्ने। गुरुङ, मगर, राई, लिम्बु, बाहुन, क्षेत्रीमात्र नभएर कथित तल्लो जातका व्यक्तिसमेत यस सम्प्रदायमा दीक्षित भएका थिए। सोही आन्दोलनको विरासत अनेकन दलित नेताहरूले बोक्दै आए र अनेक राजनैतिक आन्दोलनमा दलित समुदायको सहभागिता रह्यो। दलित समस्या बहुआयामिक छ यसको समस्या समाधानका उपाय एक छैनन् अनेक छन् तसर्थ अनेक कोण र आयामबाट यसको समाधानमा लाग्नु उपयुक्त देखिन्छ।

पछिल्लो चरणको राजनीतिक आन्दोलन २०५२ को जनयुद्ध सुरु भएदेखि २०६२/६३ को परिवर्तनसम्म आइपुग्दा झन्डै १४ सय दलितले जीवन उत्सर्ग गरेर आफ्नो हकको ग्यारेन्टी संविधानमा गराउन सफल भएका हुन्। अहिले हलचल मच्चिने गरी राजनीतिक नेतृत्व गर्न खगेन्द्र तम्सिएका छन्। यद्यपि खगेन्द्र यो संविधानलाई मानेर नै यहीं भित्रबाट सामधान खोज्ने पक्षमा छन्। 

 

Monday, August 19, 2024

क्रूर प्रथा अन्त्य गर्ने प्रधानमन्त्री


 

क्रूर प्रथा अन्त्य गर्ने प्रधानमन्त्री

कान्तिपुरको २७ औं वार्षिकोत्सव विशेष अग्रणी

फाल्गुन ७, २०७६ मोहन मैनाली

काठमाडौँ — उहिले–उहिले होइन हिजोअस्ति अर्थात् एक सय वर्ष अघिसम्म, एकादेशमा पनि होइन हाम्रै देशमा, पति मरेपछि पत्नीलाई उनका पतिको लाशसँगै जिउँदै जलाउने गरिन्थ्यो यसरी जल्नुलाई सती जानु भनिन्थ्यो

आजभन्दा १३५ वर्ष अघिसम्म सती जानुलाई नेपाली समाजमा कसरी लिइन्थ्यो भन्ने बारेमा त्यतिबेला नेपाल आएका फ्रान्सेली विद्वान गुस्ताभ ले बोनले आफ्नो किताब ‘भोयज टु नेपाल’ मा लेखेका छन्, ‘केही समय पहिले आफ्नो लोग्ने मरेकी पत्नीले लोग्नेको चितामा जलेर मर्नका लागि असाध्यै धेरै जिद्दी गरेकी थिइन् ...जंगबहादुरले नेपालमा यस्तै सुधार (सतीप्रथा अन्त्य) गर्न कोशिश गरेका थिए तर उनी आंशिक रूपमा मात्र सफल भए ...जंगबहादुरको मृत्युपछि उनका तीनवटी रानी सती गएका थिए भारतवर्षका अन्य ठाउँमा जस्तै नेपालमा सती प्रथा अन्त्य गर्ने कुराको विरोध महिला स्वयंले गरे जो आफ्ना लोग्ने मरेपछि कुनै हालतमा पनि बाँच्न चाहँदैनथे १९७७ सालमा चन्द्रशमशेरले यस प्रथालाई बन्द गरे

पन्चानब्बे वर्ष अघिसम्म चाहिं नेपालमा मान्छेको बेचबिखन हुन्थ्यो एक जनाको मोल रु. १०० देखि ३०० सम्म पर्थ्यो यसरी बिक्री हुने मानिसलाई दास भनिन्थ्यो दासका सन्तान दास ठहरिन्थे उनीहरूले पशु झैं जोतिएर काम गर्नुपर्थ्यो त्यति बेला नेपालमा झन्डै ५४ लाख मानिस बस्थे यसको झन्डै एक प्रतिशत अर्थात् साढे ५१ हजार दास थिए १९८२ वैशाख गते उनै चन्द्रशमशेरले दास प्रथा उन्मूलन गरे

प्रजातन्त्र, मानव अधिकार जस्ता विचारले प्रवेशै नगरेको नेपालमा त्यतिबेला यस्ता काम गर्नु चानचुने कुरा थिएन त्यो पनि निरंकुश महाराजले

चन्द्रशमशेर प्रधानमन्त्री मात्र थिएनन् श्री ३ पनि थिए राजा नाम मात्रका थिए उनले जे भन्यो त्यही गर्न सक्थे उनको बोली नै कानून हुन्थ्यो त्यसलाई अटेर गर्न कसैको हिम्मत थिएन तर उनी त्यो बाटोमा लागेनन् दासलाई मुक्त गर्नुपर्छ भनेर दासका मालिक ासगरी शक्तिशाली भाइभारदारलाई मनाउन प्रयास गरे दासप्रथा उन्मूलन गर्ने आफ्नो कार्यक्रम घोषणा गर्न काठमाडौंको टुँडिखेलमा आयोजित सभामा उनले भनेका थिए, ‘घर खेत जीवन जन्तु पशु सम्पत्तिहरूमा जस्तो हक छ उस्तै, आफूसरीकै मनुष्यमा हक दिलाउने यो दासत्वको चलन अन्याय र अपवित्रताको जगमा खडा भएको हो भन्ने चैतन्य चोला पाएका मनुष्यले जानेकै छन् ...सज्जन हो निर्धा निमुखाको निर्धाइबाट लाभ उठाउनु सज्जनको योग्य काम होइन।’

उनको कुरा सुनेर साढे चार हजार जति दासका मालिकले आफ्ना दासलाई स्वतन्त्र गरिदिए बाँकी दासको पैसा सरकारले तिरिदियो यसका लागि त्यतिबेलाको राजस्वको सात प्रतिशत रकम छुट्याइएको थियो त्यति बेला राजस्व भनेको श्री को गोजीको पैसा हुन्थ्यो त्यो पैसा उनले जसो मन लाग्यो त्यसो गरी खर्च गर्न सक्थे मुक्त दासहरूलाई बस्ने व्यवस्था गर्न उनले ठाउँ छुट्याए, जुन आजभोलि अमलेखगञ्ज (जसको अर्थ हुन्छ— दासताबाट स्वतन्त्र बनाइएका व्यक्तिहरूको बस्ती) का नामले चिनिन्छ

चन्द्रशमशेर १९५८ मा देव शमशेरलाई हटाएर श्री ३ र प्रधानमन्त्री भएका थिए उनले नेपालमा २८ वर्षसम्म शासन गरे यस अवधिमा उनले नेपालको भौतिक विकासमा पनि उल्लेखनीय योगदान दिएका थिए १९६८ मा उनले पानीबाट बिजुली बाल्ने प्रविधि नेपाल भित्र्याए काठमाडौं उपत्यकाको फर्पिङमा ५०० किलोवाटको बिजुली बाल्न लगाए, जसलाई उनकै नामबाट ‘चन्द्रबत्ती’ भनिएको थियो त्यतिबेला नेपाल वा दक्षिण एशिया मात्र होइन संसारकै लागि जलविद्युत् परियोजना नयाँ थियो

यसरी उत्पादन भएको बिजुली सामान ढुवानी गर्ने काममा उपयोग गर्ने चलन पनि चलाए चन्द्रशमशेरले शासन थाल्दा नेपालका अरू ठाउँबाट काठमाडौंसम्म गाडी आउने बाटो थिएन यहाँ आउने सामान मानिसले बोकेर ल्याउनुपर्थ्यो यस्तो अवस्था हटाउन चन्द्रले मकवानपुरको धुर्सिङदेखि काठमाडौंको मातातीर्थसम्म २२ किलोमिटर लामो ‘त्रिचन्द्र नेपाल तारा रोपवे’ बनाउन लगाए सन् १९२७ मा चल्न थालेको यो रोपवेले प्रतिघण्टा आठ टन सामान बोक्थ्यो यसले त्यति बेलाको काठमाडौंको माग धान्थ्यो चन्द्रका पालामा काठमाडौंमा सामान ढुवानी गर्न अहिले जस्तो वातावरण बिगार्ने इन्धन उपयोग गर्नुपर्दैनथ्यो यस्तो इन्धन विदेशबाट ल्याउनु पर्दैनथ्यो

यो रोपवेलाई पछि अमेरिकी सहयोगमा विस्तार र आधुनिकीकरण गरियो यसको क्षमता बढाइयो २०५८ सालमा यो रोपवे बन्द गरियो, जति बेला यस्ता प्रविधि पहिलेभन्दा बढी उपयुक्त ठान्न थालिएका थिए रोपवे चन्द्रशमशेरको यातायात प्रणालीको महत्त्वपूर्ण हिस्सा थियो उनले वीरगञ्जदेखि अमलेखगञ्जसम्म रेल अमलेखगञ्जदेखि भीमफेदीसम्म गाडी चलाएका थिए यसबाट के देखिन्छ भने उनी रेल सजिलैसँग चल्ने ठाउँमा रेल, मोटर सजिलो गरी चल्ने ठाउँमा मोटर र मोटर चलाउन अप्ठ्यारो पर्ने ठाउँमा रोपवे चलाउनुपर्छ भन्ने ठान्थे

शिक्षा र जनशक्ति उत्पादनका क्षेत्रमा पनि चन्द्रशमशेरले काम गरेका थिए १९७५ मा उनले त्रिचन्द्र कलेज स्थापना गरे यसअघि नेपालमा एउटा पनि कलेज थिएन उनले नेपाली विद्यार्थीलाई प्राविधिक विषय पढ्न जापान पठाएका थिए

कृषि उत्पादन बढाउन उनले चन्द्र नहर बनाए १९८५ मा सिंचाइ सुविधा दिन थालेको यो नहरबाट नेपालको आधुनिक सिंचाइ प्रणालीको शुरुवात भएको मानिन्छ सरकारी रेकर्ड अनुसार यसले अहिले पनि सप्तरी जिल्लाको १०,५०० हेक्टर जमिनमा सिंचाइ गर्छ

चन्द्रशमशेरका पालामा नेपालका तीन दिशामा शक्तिशाली बेलायती साम्राज्यको रजाइँ थियो नेपालको पूर्वउत्तर कुनाको सिक्किम बेलायतले जे भन्यो त्यही मान्नुपर्ने अवस्थामा थियो चन्द्रशमशेरले शासन सम्हालेका शुरूका वर्षमा बेलायतले नेपालको उत्तरमा रहेको तिब्बतमा समेत उधुम मच्चाएको थियो तिब्बतलाई आफ्नो प्रभावमा पारेको थियो पूर्व, पश्चिम र दक्षिणतिरको भारतमा त बेलायतकै शासन छँदैथियो यसरी औपचारिक अनौपचारिक रूपमा नेपाललाई चारैतिरबाट घेरेको ब्रिटिश साम्राज्यबाट नेपाललाई स्वतन्त्र देशको मान्यता दिलाउने काम चन्द्रशमशेरले गरेका थिए

यस दृष्टिले, १९८० को नेपाल–ब्रिटेन मैत्री सन्धिलाई चन्द्रशमशेरले गरेको एकदमै महत्त्वपूर्ण काम ठानिन्छ नेपालको अस्तित्वका हिसाबले यस सन्धिको महत्त्व अतुलनीय निकै लामो छलफलपछि हस्ताक्षर भएको यस सन्धिमा दुवै देश ‘समानताका आधारमा एकले अर्काको भित्री र बाहिरी स्वतन्त्रता मान्न सहमत’ भएका थिए यसबाट नेपालले पहिलो पटक लिखित रूपमा स्वतन्त्र देशको मान्यता पाएको विश्वास गरिन्छ अंग्रेजले भारत छोडेर गएपछि हैदरावाद जस्ता राज्य सेनाको भरमा विलय गराएको भारतले नेपाललाई छुन नसक्नुको कारण यही थियो

विदेशीलाई आफ्नो देशमा पस्न दिंदा देशको स्वायत्तता खल्बलिन्छ भन्ने विचार त्यतिबेला सत्य ठानिन्थ्यो (यो कुरा केही हदसम्म त अहिले पनि सत्य नै ठहरिएला) त्यसैले, राणा शासकहरूले विदेशीलाई सकेसम्म नेपाल पस्न नदिने नीति अवलम्बन गरेका थिए चन्द्रशमशेरले पनि यसै गरेका थिए विदेशीलाई नेपाल पस्न दिन धेरै दबाव परेका बेला चन्द्रले चतुरतापूर्वक अस्वीकार गरेका थिए चन्द्र स्टेट अफ इन्डियाका सेक्रेटरी लर्ड मोर्लीबीच लन्डनमा मे १९०८ मा भएको भेटमा मोर्लीले बेलायती पर्वतारोहीलाई नेपाल पस्न अनुमति दिन दबाव दिएका थिए त्यसको जवाफमा चन्द्रशमशेरले भनेका थिए, ‘एउटा दललाई नेपाल पस्न हामीले अनुमति दियौं भने बिस्तारै अरू पनि नेपाल आउन खोज्छन् सबै अंग्रेज भद्रभलादमी हुन्छन् भनी ठान्न सकिँदैन, प्रभु !’

चन्द्रशमशेरलाई हामी नेपालमा चलेका क्रूर र अमानवीय प्रथा हटाउन चालेका कदम, आधुनिक सिँचाइ प्रणालीको स्थापना, बिजुली र रोपवेजस्ता प्रविधिको उपयोग र शिक्षा जस्ता क्षेत्रमा उनले दिएको योगदानका लागि सम्झन्छौं

दलितलाई खै ?

  दलितलाई खै ? सञ्जीव कार्की भदौ १६ , २०८१ आइतबार ९:२५:५१ माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको , दा...