Showing posts with label Salyan. Show all posts
Showing posts with label Salyan. Show all posts

Monday, April 19, 2021

संकटमा सल्यानी संस्कृति

 अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले सीप र संस्कृति सिक्न चाहेनन्

फाल्गुन १४, २०७६विप्लव महर्जन, Kantipur,

(सल्यान) — ७५ वर्षीय विष्णुबहादुर बूढा त्रिवेणी गाउँपालिकास्थित पिमखोलाका पैसेरी नाचका अगुवा हुन् उनले झन्डै ३५ वर्ष विभिन्न मेला, पर्व र सार्वजनिक उत्सवमा पैसेरी नाचे मगर समुदायको मुख्य नाच मानिने पैसेरी केही वर्षयता लोप हुँदै गएकोमा भने उनी चिन्तित न् 

हाम्रो पुस्तासँगै पैसरी पनि सकिने हो कि,’ उनी भन्छन्, ‘युवाले सिक्नै चाहेनन्।’ आधुनिक गीतसंगीत प्रविधिका कारण युवापुस्ता पैसरीसहित विभिन्न सांस्कृतिक नाचबाट टाढिँदै गएको उनको गुनासो मगर भाषामा ‘पै’ को अर्थ काठको कोसीको बिट ‘सरी’को अर्थ गोलो आकार हो ढिकुरे लहरे नाचसमेत भनिने पैसेरी लस्करै गोलाकार नाचिन्छ युवालाई संस्कृति हस्तान्तरण गर्न खोजे पनि अनिच्छुक हुँदा समस्या भएको पैसेरीका अर्का अगुवा मैसर बूढाले बताए ‘बेरोजगारीका कारण अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले पनि सीप सिक्न चाहेनन्,’ उनले भने, ‘हामीले गाएको गीत र नाच हेरेर मन बहलाउँछन्, सिक्नतिर भने ध्यान दिँदैनन्।’ २०४३ मा काठमाडौं गई नाच देखाउँदा आफूहरू पुरस्कृत भएको समेत उनले सुनाए

पैसरी मात्र होइन, सोरठीले पनि कुनै समय सल्यानको पहिचान जोगाएको थियो अघिल्ला पुस्ताले बसाइँसराइ गर्ने क्रममा पूर्वी क्षेत्रबाट त्रिवेणी गाउँपालिकामा सोरठी भित्र्याएको ६० वर्षीय चन्दबहादुर ओलीको सम्झना छ उनका अनुसार त्रिवेणीको पिमखोलाबाटै जिल्लाभरि सोरठी फैलिएको हो ‘कृष्ण गोपिनीको प्रेमसम्बन्धलाई आधार बनाएर नाचिने सोरठीकै कारण पुर्खा देशभर चिनिए,’ उनले भने, ‘पुराना लोकभाका, नाच र बाजागाजासँग हाम्रो अस्तित्व जोडिएको छ

ओलीका अनुसार सोरठीमा मारुनी (महिला) ले घाँगर, चोली, धरो, रुमाल, केतुकीको कपाल र चुरापोते लगाउँछन् पुरुषले भने दौरा–सुरुवाल, स्टकोट, कम्पनीमाला र शेली लगाएर नाच्छन् सल्यानको चिनारी बोकेका बन्गाडी टप्पालगायत नाच, गीत र बाजागाजा पनि हराउन थालेकोमा उनको चिन्ता छ

जिल्लाका १० गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले भने स्थानीय संस्कृति संरक्षणका लागि गाउँगाउँमा समूह बनाएको छ विभिन्न चाडबाड, पर्व, मेलालगायत सार्वजनिक जमघटमा समूहले विभिन्न लोपोन्मुख नाच, गीत, बाजालगायत प्रदर्शन गर्दै आइरहेका छन् त्रिवेणीका वडामा गठन भएका १५ समूहले गत बुधबार लुहाममा स्थानीय संस्कृतिको प्रतिस्पर्धा गरे ४० देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले युवापुस्तालाई समेत परम्परागत संस्कृति संरक्षणका लागि प्रेरणा दिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए भने, ‘मौलिक संस्कृति हाम्रा चिनारी हुन्, संरक्षणका लागि कार्यविधि बनाएरै अगाडि बढ्ने हाम्रो योजना छ।’ उनका अनुसार गाउँपालिकाले प्रतिस्पर्धा गराएको यो पहिलो अवसर होइन स्थानीय सरकार गठन भएसँगै बर्सेनि यस्ता प्रतिस्पर्धा गराइरहेको उनले जानकारी दिए

कार्यक्रममा सहभागी समूहले दिनभर झाँकी, गीत, नाच तथा बाजागाजाको प्रदर्शन गरे आधुनिक बाजा संगीतका कारण पुराना संस्कृति नाच लोप भएको स्थानीय अगुवा धनवीर ओलीले जनाए प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बन्गाडी, टप्पा, सोरठी र लहरे नाच जिल्लाको सम्पत्ति भएको जनाए जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टले गाउँगाउँमा संस्कृति संरक्षण समूह गठन गरी जागरण ल्याउन जरुरी रहेको बताए ‘मौलिक संस्कृति संरक्षण गरी पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ’ उनले भने

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५४

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...