Monday, November 04, 2024

आयुर्दोणसुते श्रियो दशरथे. .

 आयुर्दोणसुते श्रियो दशरथे. .

दसैंको आशीर्वाद

प्रा.डा. देवमणि भट्टराई

असोज २६, २०८१ शनिबार ११:३३:५४

टीका लगाइदिने मान्यजनले टीका ग्रहण गर्ने पुत्र, पुत्रवधू आदिलाई आशीर्वाद दिँदा द्रोणाचार्यपुत्र अश्वत्थामाको जस्तो आयु होस्।

नेपाली समाजमा मनाइने विजयाशमीको महत्त्व र गरिमा विशेष छ। नेपाली परम्पराका कार्यहरू शास्त्रीय र विशिष्ट परम्पराका छन्। आश्विन शुक्ल दशमीलाई विजयादशमी भनिन्छ। तन्त्रप्रधान देश नेपाल र त्यसमा पनि काठमाडौंतन्त्रको प्रयोगका लागि मुटु नै मानिन्छ। दसैंभरि गरिने पूजाहरू वैदिक, तान्त्रिक र पौराणिक परम्पराका छन् र कतै यी तीनवटै मिश्रित रूपमा पनि छन्।

दसैंको घटस्थापनाका दिनदेखि दसैंको टीका लगाउने दिनसम्मका कार्यहरू वैदिक परम्परा, तान्त्रिक परम्परा र पौराणिक परम्परामा जोडिएर आएका हुन्छन्। यद्यपि यी पूजा परम्परा अलगअलग देखिए पनि वेदलाई आधार मानेर गरिने पूजा परम्परा नै हुन्। घटस्थापनाका दिन विधिपूर्वक जमरा राखी    श्री दुर्गाभवानीको नित्यपूजा गरेर दैनिक दुर्गासप्तशतीको पाठ, कन्या पूजनादी कृत्यहरू गर्नुपर्छ। यो प्रतिदिन यसै रूपमा चलेको हुन्छ। सप्तमीमा फूलपाती भित्र्याएर अष्टमीका दिन नवदुर्गाको पूजा गर्ने र नवमीका दिन हवन गर्ने, कन्या पूजन एवं भोजन गराएपछि दशमीका दिन जयाविजयासहित अपराजिताको पूजा गरी शुभसाइतमा देवीको विसर्जन गर्नुपर्छ। त्यसपछि ढोकामा राजालाई टीका लगाएर गुरु पुरोहित एवं मान्यजनका हातबाट टीका जमरा लगाउनुपर्छ। मान्यजनका हातबाट टीका लगाउनु भनेको स्व–रीतिस्थितिको हस्तान्तरण हो।

यस प्रकारको मान्यजनका हातबाट टीका लगाउने यो नेपाली परम्पराको विशिष्ट कृत्य रहेको दसैंको टीका जमरा लगाउँदा भनिने श्लोकहरूको अर्थ बुझाई पनि अत्यावश्यक भएकाले तिनै आशीर्वाद मन्त्रहरूमा रहेको अर्थको यहाँ चर्चा गरिएको छ। दसैंमा वाचन गरिने आशीर्वादका मन्त्रहरू एवं श्लोकहरूभित्र पौराणिक इतिहास छ, भूगोल छ, भगवत् प्रेम छ। यस्ता विविध अर्थले निहित भएको प्रसिद्ध श्लोकहरू आयुद्र्राेणसूते..., जयन्ती मंगलाकाली..., सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके... आदि हुन्। पूरा श्लोक यसप्रकार रहेका छन् :

·     आयुर्दाेणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्य नहुषे गतिश्चपवने, मानंचदुर्योधने।।
सौर्यं शान्तनवे, बलं हलधरे, सत्यञ्च कुन्तीसुते।
विज्ञानंविदुरेभवन्तु भवतां, कीर्तिश्चनारायणे।।

ooo

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी।
दुर्गा–क्षमा–शिवा–धात्री स्वाहा स्वधानमोऽस्तुते।।

ooo

सर्वमंगलमांगल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तुते।।

ooo

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु गोहस्तिधनधान्यसमृद्धिरस्तु।
ऐश्वर्यमस्तुविजयोऽस्तुरिपुक्षयोस्तु सन्तानवृद्धिसहिता हरिभक्तिरस्तु।।

ooo

मन्त्रार्थाः सफलाः सन्तुपूर्णाः सन्तु मनोरथाः।
शत्रूणां बुद्धिनाशोस्तुमित्राणामुदयस्तव।।

ooo

श्रीवर्चस्वमायुष्यमारोग्यभाभिधात् पवमानं महियते।
धनं धान्यं पशं बहुपुत्रलाभं शतसम्बत्सरं दीर्घमायुः।।

ooo

आव्याधिना शरीरेणमनसा च निराधिना। 
पूरयन्र्थिनामाशास्त्वं जीव शरदां शतम्।

आयुद्रोर्णसुते आदि श्लोकहरूको अर्थ यस प्रकार छ : टीका लगाइदिने मान्यजनले टीका ग्रहण गर्ने पुत्र, पुत्रवधू आदिलाई आशीर्वाद दिँदा द्रोणाचार्यपुत्र अश्वत्थामाको जस्तो आयु होस्। गरगहना, चल–अचल, लौकिक सम्पत्तिमा दशरथको जस्तो वैभव शत्रु दमनमा श्रीरामचन्द्रको जस्तो क्षमता, पारलौकिक धर्मादि आर्जनलाई ऐश्वर्य भनिन्छ।

त्यस प्रकारको (ईश्वरस्य भावः) आर्जनमा नहुषको जस्तो आर्जन क्षमता, गतिमा पवन अर्थात् हावाको जस्तो तीव्र गति, मानमर्यादा दुर्योधनको जस्तो ओजस्वीपरक मानसम्मान, पराक्रममा शन्तनुपुत्र भीष्मको जस्तो, पराक्रम बलमा हली अर्थात् बलरामको जस्तो बल, सत्यनिष्ठामा युधिष्ठिरको जस्तो सत्यवादिता, धर्माधर्मको विचार ज्ञानमा विदुरको जस्तो ज्ञान र कीर्तिमा भगवान् नारायणको जस्तो स्थिर कीर्तिहोस् भन्ने यस श्लोकको अर्थ भएकाले सन्ततिहरूलाई पनि यस्तै होस् भनी आशीर्वाद दिइने गरेको हो।

जयन्ती मंगलाकाली... को अर्थ यस प्रकार छ : जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधायी एघारवटी कामअनुसार नामका देवीहरूलाई मेरो नमस्कार छ।

जयन्ती– उत्कृष्ट विजयशालिनी, मंगला– भक्तहरूलाई जन्म मरणबाट मुक्त गराउने मोक्षदायिनी, काली– प्रलयकालमा सबै आफूमा लीन गराउने, भद्रकाली– भक्तहरूलाई कल्याण एवं सुख दिने, कपालिनी– हातमा कपाल र गलामा मुण्डमाला लिएर भक्तहरूलाई कल्याण गर्ने, दुर्गा– भक्तको दुःख कष्ट हरण गर्ने विविध गुणयुक्त देवी, क्षमा– भक्तका नकारात्मक सोचरूपी अपराधलाई सहन गरी सकारात्मक सोच विकास गर्ने, यिनले क्षमा दिई विश्व कल्याण गर्छिन्।

विजयादशमी पर्व दैवी शक्ति सञ्चयको पर्व हो। यसले पितृपक्षमा पितृहरूको आदर गरी पितृहरूलाई सन्तुष्ट बनाएर त्यसपछि महत्तवपूर्ण पर्व दसैंलाई स्वीकार गरेको पर्वका रूपमा दसैं पर्वलाई लिइन्छ। यस पर्वले देवीदेवता, कुलपितृ र मान्यजनबाट आशीर्वाद लिई राष्ट्र एवं राष्ट्रवासी जनतालाई तथा आफू स्वयंको सबलताका लागि देवीको आराधना गर्न अभिप्रेरित गर्दछ। 

शिवा– सबैको कल्याणमात्र गर्ने देवी, धात्री– सबै प्रपञ्चहरूलाई धारण गर्ने भक्तको सुःखदुःखको ख्याल गर्ने देवी, स्वाहा– यज्ञादिमा स्वाहा भनेर दिइएको आहुति ती ती देवताहरूमा पुर्‍याएर देवीदेवताको पोषण गर्ने देवी, स्वधा– स्वधानामकी देवीले पितृहरूलाई कव्य पुर्‍याएर पितृहरूको पोषण गर्ने देवी। यी सबै देवीहरूलाई मेरो नमस्कार छ भनी आशीर्वाद दिँदै विशेष गरेर मातृशक्तिलाई यो मन्त्र पढी आशीर्वाद दिइन्छ। यद्यपि जयन्ती मंगलाकाली वा आयुद्र्राेणसुते यी दुवै मन्त्र आशीर्वाद प्रधान भएकाले नारी–पुरुष दुवैमा प्रयोग गर्न मिल्छ। कार्य र गुणका दृष्टिले भने जयन्ती मंगलाकाली नारी जातिमा र आयुद्र्राेणसुते पुरुष जातिका लागि उपयुक्त नै देखिन्छन्।

आशीर्वाद छोराछोरी, बुहारी, नातिनातिना, ज्वाइँचेला, भाञ्जाभाञ्जी सबैमा समान रूपमा नै दिइन्छ। पुरुषार्थी सन्तान बनून् भन्ने कामना सबै परिवारमा वरावर गरिन्छ। आशीर्वादमा विभेद हँुदैन। मान्यजनबाट यो आशीर्वाद सललल नदीजस्तै बगिरहन्छ।

सर्वमंगलमांगल्ये... को अर्थ : सबै प्रकारको मंगल प्रदान गर्ने, कल्याण दिने, सबै पुरुषार्थ सिद्ध गर्ने, शरणमा आएकाहरूलाई सबैतिरबाट शरण दिने रक्षा गर्ने तीन नेत्रवाली एवं गौरी स्वरूपा नारायणी भगवती हजुरलाई मेरो नमस्कार छ भनी यो श्लोक पढेर आशीर्वाद दिइन्छ।    श्रीसम्पत्ति धनधान्य पुत्रपौत्र आदिको कामनापूर्ति गर्दै सय वर्षसम्मको चिरायुको कामना यस    श्रीवर्चस्वमायुव्यमारोग्यमाभिधात्... यस श्लोकले गरेको हुनाले मान्यजनबाट सन्ततिलाई टीका लगाउँदा यस मन्त्रको प्रयोग गरिएको हो।

स्वस्त्यस्तु ते कुशलमस्तु... को भाव यस प्रकार छ : घरपरिवार र इष्टमित्रजनमा स्वस्ति, कल्याण, आयु वृद्धि होस् भन्नुका साथै गोधन अर्थात् गाई, हात्ती, घोडा आदिको वृद्धि हुँदै जाओस्, शत्रुहरू नास होऊन् र सन्तान बढ्दै जाऊन्, हाम्रा परिवारका सबै सदस्यको भगवान् हरिमा अटुट भक्ति सदासर्वदा लागि रहोस्।

मन्त्रार्थाः सफलाः सन्तु... को भाव यस प्रकार छ : वेद, रुद्री, चण्डीमा पढिएका मन्त्रहरूका अर्थहरू, उच्चारणहरू सफल होऊन्। हाम्रा मनले चिताएका कुराहरू पूरा हुँदै जाऊन्। हाम्रा वैरीहरूको बुद्धि नाश होस्। मित्रहरूको आवागमन भइरहोस्।
अव्याधिना शरीरेण... को भाव यसप्रकार छ : रोगव्याधिरहित शरीर होस्, मानसिक चिन्ता नपरोस्। धनसम्पत्ति आदिको आश गर्नेहरूले त्यो पूरापूर पाइरहुन्। यी सबैले युक्त भएर सय वर्षसम्मको पूर्ण आयु बाँच्न सफल हुनुहोस्।

शरणगतदिनार्त... श्लोकको अर्थ यस प्रकार छ : शरणमा आएका दीनदुःखीहरूलाई सहजै स्वीकार गरी रक्षा गर्ने सबैको पीडा कष्टलाई हटाउने यस्ती नारायणी देवी हजुरलाई प्रणाम छ, नमस्कार छ।

नेपाली परम्परामा नारीहरूलाई आशीर्वाद दिने श्लोक यस प्रकार रहेको पं देवीप्रसाद निरौला बताउनुहुन्छ :
हे देवी गजगामिनी शशीमुखी प्यारी पतिकी हुनू। 
सिउँदो सिन्दूरले सुशोभित सधैं शौभाग्यशाली हुनू।।
ज्ञानीमानीधनी गुण्ीा सूत हुँदा ती वीरमाता भनून्।
जामाता पुरुषार्थी प्रेमीतनया आनन्दमा दिन् बितून्।।१।।

नेपाली परम्परामा पुरुषलाई आशीर्वाद दिने श्लोक यस प्रकार रहेको छ :  
लक्ष्मीले घरमा सधै अचल भै डेरा जमाई दिऊन्।
लक्ष्मीनाथ हरि मुकुन्द रघुनाथ मन्ले सधैं सम्झिऊन्।।
भक्तिका रसको प्रवाह बहँदा प्रेम्मा भुलेका हरि।
लैजाऊन् भवको यो जाल परिधि काटी सुमार्गै गरी।।२।।

उपसंहार : विजयादशमी पर्व दैवी शक्ति सञ्चयको पर्व हो। यसले पितृपक्षमा पितृहरूको आदर गरी पितृहरूलाई सन्तुष्ट बनाएर त्यसपछि महत्त्वपूर्ण पर्व दसैंलाई स्वीकार गरेको पर्वका रूपमा दसैं पर्वलाई लिइन्छ। यस पर्वले देवीदेवता, कुलपितृ र मान्यजनबाट आशीर्वाद लिई राष्ट्र एवं राष्ट्रवासी जनतालाई तथा आफू स्वयंको सबलताका लागि देवीको आराधना गर्न अभिप्रेरित गर्दछ।

यसकारण दसैंको उपासना, भक्तिभावले प्रत्येक जनले र राष्ट्रले नै तल्लीनताका साथ गर्नुपर्छ। जसबाट व्यक्ति एवं राष्ट्र सर्वतोभावेन सबल भई शक्ति आर्जनमार्फत् व्यक्ति–व्यक्तिको कल्याणमा र राष्ट्र–राष्ट्रको कल्याणका लागि लागिपर्छ। यसैगरी, मान्यजनको आशीर्वादले आफ्नो कुलपरम्पराको महत्त्वबोध गराउँदै सबल व्यक्ति भएर बाँच्न र गरिखान सिकाउँछ।

श्लोकहरूमा उद्धृत आशीर्वादका वचनहरूले पनि व्यक्तिलाई कर्मशील हुन प्रेरित गर्दै मान्यजनबाट त्यसमा थप ऊर्जा प्राप्त भई कर्महीनताबाट उठेर कर्मनिष्ठ बन्न अभिप्रेरित गरेको पाइन्छ। यसर्थ, मान्यजनप्रतिको आदरभावका साथै आशीर्वादमा आएका राजा–महाराजाहरूका बलशाली पुरुषार्थका आख्यानका उपदेशका कारणले व्यक्तिमा र राष्ट्रमा भगवान् भगवतीको पनि कृपा एवं आशीर्वादले व्यक्ति कर्मठ, सु–योग्य, साहसी, निडरआत्मविश्वासी एवं कुशाग्र बुद्धिको धनी बनेर ऐतिहासिक व्यक्तिहरूको जीवनीमार्फत आफूलाई सर्वतोभावेन सबै क्षेत्रमा सधैंभरि क्रियाशील रहने प्रेरणा प्राप्त गर्दछ।

आयुर्दाेणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...