Thursday, October 25, 2018

Caste, State, and Ethnic Boundaries in Nepal


Caste, State, and Ethnic Boundaries in Nepal by Nancy E. Levine
models of ethnicity in Nepal stress, on one hand, unlimited ethnic diversity and , on the other, a rather limited set of ethnic contrasts: Hindu versus Buddhist, trbe versus caste, mountain versus middle hills versus lowland Terai. However, ethnic relations in Humla District, in Nepal's far northwest Karnali Zone, are characterized more by interaction, interdependence, and mobility than contrasts and boundaries between groups.

Tuesday, October 23, 2018

Folklores of Nepal


The appeal of Nepal to the world has always been its lush forests, snow-capped mountains and the calm of a diverse landscape that stretches across the horizon. The traditions, languages and history itself is filled with wondrous anecdotes that invite curiosity and imagination. And like any culture with a rich history, Nepal has no shortage of a supernatural undertone to amaze tourists and locals alike. Here are some of the most popular stories that have captivated the hearts of all those who have journeyed to the small but colorful nation.

Monday, October 22, 2018

History of Nepali language


Nepali Language

Nepali language, originally, belongs to the Indo-Aryan branch of the Indo-European language family. It is one of 22 official languages of India, incorporated in the 8th schedule of the Constitution of India. The official language of Nepal, it is spoken in some north eastern parts of India. In India, the influence of Nepali language can be seen in the state of Sikkim as well as the Darjeeling district of West Bengal, where it has been declared the official language. It is also widely spoken in the state of Uttaranchal and Assam. Also known as Nepalese, Gorkhali and Gurkhali (which means the 'language of Nepali Gorkhas'), the language has a rich cultural history. The oldest term used to describe Nepali is "Khaskura", which came from the rice growing Indo-Aryan settlers, known as Khas.

Read more 



Saturday, October 20, 2018

जनजातिले रातो टीका नलगाउनु संस्कृतिको अपव्याख्या हो


 जगमान गुरुङ भन्छन्- जनजातिले रातो टीका नलगाउनु संस्कृतिको अपव्याख्या हो पहिले सबै जातिले सेतै टीका लगाउँथे

अमृत सुवेदी २०७५ कार्तिक १ गते १०:५२ मा प्रकाशित

१ कात्तिक, पोखरा । दशैं भन्नेबित्तिकै विशेष त्यही दिनको झल्को आउँछ, जुन दिन हामीले निधारभरि टीका लगाएर आशिर्वाद लिन्छौं । अग्रजको हातबाट चामलको अक्षता निधारमा लगाएर आशिर्वाद लिएपछि बल्ल दसैंले सार्थकता पाउको महसुस गर्छौं ।

खास किन लगाइन्छ त दसैंमा टीका ? त्यसको महत्व समृद्धि, शक्ति र युद्धसँग जोडिएको संस्कृतिविद प्रोफेसर डाक्टर जगमान गुरुङ बताउँछन् । क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने, यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको हो ।

अक्षता धानको चामलको हुन्छ । संस्कृतमा धन्य र नेपाली भनिने धान अन्नमध्येको उच्चकोटीको अन्नको रुपमा मानिने वरिष्ठ संस्कृतिविद गुरुङको भनाइ छ । उर्भर अन्न प्राणलाई धान्ने प्राणेश्वरका रुपमा चामललाई लिइन्छ । प्राणेश्वर अर्थात चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको गुरुङको दाबी छ । यसले कृषि र समृद्धिसँग जोड्ने काम गरेको उनी बताउँछन् ।

दसैं र दसैंको अक्षता युद्ध परम्परासँग पनि जोडिएको गुरुङको तर्क छ । शरद ऋतु सुरु भएसँगै खेतबारीबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ । अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ ।

किन त ? ‘खेतबारीबाट काम मुक्त भएर हातहतियार सफा गर्ने, साँध लगाउने, पूजा गरेर दशमीको दिन हातहतियार अभिषेक गरेपछि निधारमा दहीमा मुछेको चामलको टीका लगाए हर्षबढाइँ गर्दै युद्धको अभ्यासमा निक्लने चलन थियो,’ डा. गुरुङ भन्छन्, ‘दसैं युद्ध परम्परासँग जोडिएको पर्व हो ।दसैंमा पुजिने दुर्गा एक शक्तिको प्रतीक भएको गुरुङ बताउँछन् ।

साँस्कृतिक पर्व दसैंमा लगाइने टीका भने फरक-फरक हुन्छ । अहिले पनि एकाथरिले रातो टीका निधारभरि लगाउँछन् भने अर्काथरीले सेतो । गुरुङ, मगर, राई, लिम्बू, तामाङ, नेवार लगायत जनजातिले सेतो टीका लगाउँछन् भने खसआर्यले रातो टीका । यसमा संस्कृतिविदहरुको फरक-फरक धारणा पाइन्छ । तर, वरिष्ठ संस्कृतिविद जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर विवाद गर्नु बेकारको कुरा भएको बताउँछन् ।

पहिलेपहिले सबैले दही र चामल मुछेर सेतै टीका लगाउने गरेको डा. गुरुङको तर्क छ । पहिले कहाँ पाउनु अबीर, उत्पादनै हुँदैनथ्यो । सबैले सेतै टीका लगाउने हो,’ संस्कृतिविद् जगमानले भने, ‘रातो टीका लगाउन थालिसकेका जनजाति पनि आनो पहिचान भन्दै सेतोमै फर्केका छन् । वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो ।पछि यातायातको सुविधा भएपछि बल्ल अबीरको प्रयोग हुन थालेको उनको भनाइ छ । रातोलाई विजयीको प्रतीकका रुपमा टीका लगाउने गरिन्छ ।

विवाहमा बाध्य भएर धेरै दिन लगाएर भए पनि अबीर लिन जाने तर मितब्ययिताको आधारमा बाँच्ने बाहुन ४ पैसाको लिन धेरै दिन लगाएर जान सक्दैनथ्यो,’ उनले भने, ‘त्यसैले आनै ठेकीको दही र आफ्नो घरको चामल मुछेर टीका लगाउने हो ।

पहिले नेवारले मात्रै रातो टीका लगाउने उनको तर्क छ । मुख्य बजार एरियामा अबिर बेच्ने नेवारले मात्र रातो टीका लगाउने गरेको गुरुङ बताउँछन् । अहिले आएर टीकाको सन्दर्भमा उल्टो भइरहेको उनलाई लागेको छ ।

अहिले आएर दसैंको टीकासम्बन्धी अपव्याख्या भएको गुरुङले बताए । गुरुङ, मगर, राई, लिम्बू, तामाङ, थारुले रातो भनेको छ बाहुनको हो हाम्रो त सेता टीका भनिरहेका छन् । कि चाहिँ दसैं मान्नै हुँदैन नत्र हामीले सेतो टीका लगाउनुपर्छ भन्छन् उनीहरु,’ गुरुङले भने, ‘गुरुङले हामी त वुद्धिष्ट भन्छ । गुरुङले बुद्धिष्ट भनेर जानेकेा कति वर्ष भयो होला ? १ सय वर्ष पनि पुगेकेा छैन ।

रातो हाम्रो होइन, हाम्रो टीका त सेतो हो भन्नु जनजातिले गरेको अपव्याख्या भएको उनको तर्क छ । गुरुङ, मगर, राई, लिम्बू, तामाङहरुले हाम्रो रातो होइन भन्नुभन्दा पहिले आˆनो चलन हेर्नुपर्ने उनको भनाइ छ ।

अयँर-भयँर पुज्दा होस् या देउराली पुज्दा परेवा, कुखुरा, भेडो वा बोका जेसुकै काटे पनि थानको ढुंगामा पर्सिने चलन छ,’ गुरुङले भने, ‘भोग दिएको टाउकोको रगत थाल वा टपरीमा राखेको अक्षतामा मुछेर टीका लगाउने हो ।

जसले रगतमा मुछेको टीका लगाउँछ उसैले रातो त हाम्रो होइन भन्न नमिल्ने उनको तर्क छ । यो संस्कृति नबुझेकोजस्तो भएको गुरुङको भनाइ छ । अहिलेसम्म पनि त्यो चलन यथावत रहेको गुरुङ बताउँछन् ।

बाहुन त काटमार नै नगर्ने जात भएको संस्कृतिविद डा. गुरुङको भनाइ छ । बाहुन काटमार गर्ने जातै होइन । क्षेत्री, गुरुङ, मगर, राइ, लिम्बुहरु लडाकु जाति हुन् । उनीहरुले दुश्मनलाई मछारेर, दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो,’ डा. गुरुङले भने । त्यसैले उनीहरुले रातो टीका हाम्रो होइन भन्नु भनेको संस्कृतिको अपब्याख्या भएको गुरुङको निश्कर्ष छ ।

बाहुन क्षेत्रीले पनि रातो टीका लगाउन थालेकाे धेरै वर्ष नभएको गुरुङले बताए । बिस्तारै बजारको पहुँच र भारतीयको प्रभावले विजयको प्रतीकको रुपमा रातो सबैले रातो टीका लगाउने प्रचलन बढेको गुरुङको भनाइ छ । दसैं कुनै जात विशेषको पर्व नभएर सबै जातको सांस्कृतिक पर्व भएको उनको भनाइ छ ।




Tuesday, October 16, 2018

The Origin of Northern Magar


The Magar of North, or at least the local branches of Taka, Bacchi, Hukam,, belonging to the Deopahari-Gharti, Pun and Budha, do not trace their origin to an alien and faraway land. They say they are of local stock, born from the gods in the north-eastern sector of their present tribal territory. They do not say that the first ancestors lived exactly at the places where the present Magar dwell, but certainly not outside the confines of their topographical universe.

This is an extract from Wild Boar and the Plough: The Origin Stories of Northern Magar by Michael Oppitz
Please send request for full article to info@magarstudiescenter.org.np

Monday, October 15, 2018

Revisiting Magars' history...

Nepal is a melting pot of many races and tribes. There are more than one hundred different types of races and castes in Nepal. It appears that “for the size of the country Nepal possesses a great variety of races in its population."1 The prehistory and the early history of Nepal are largely unknown. “The ancient history of the Nepaulians, like that of all other nations which affect to trace their origin beyond the date of authentic records, is clouded by mythological fables”2 The state of Magars cannot be different. Despite of several literary sources on Magars, the origin and history is replete with compounded speculations and inexplicit details. Information on Magars are speckled here and there. Some of these information require evidences, some are incomplete, some contradict each others, some are controversial, and quite often there are missing links in between the periods of history. This is so due to the dearth of substantial evidences, and accurate and chronological documents.

Please request for full article at info@magarstudiescenter.org.np




Sunday, October 14, 2018

दशैँ, रामायण र किराँत


दशैँ, रामायण र किराँत

प्रदीप नेपाल


धर्म अफिम हो भनेर कार्लमाक्र्सले त्यसै भनेका होइन रहेछन् । धर्म भ्रम हो भन्ने सच्चाइप्रति म विश्वस्त छु । कुनै धर्म, देवदेवी या कुनै अमूर्त भगवानले संसार सृष्टि गरेका होइनन् । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु, संहारकर्ता महादेव भनी पुजिने भगवानलाई मानिसले नै जन्माएका हुन् । तर मेरो कुरो पत्याउने बारेमा मैले आशा नगरे पनि हुन्छ । कतिपयले मैले बोल्न नपाउँदै त्यसको चर्को खण्डन गरिहाल्छन् । चुप लागौं भ्रमको जित हुन्छ, लेखौं भयङ्कर बबाल मच्चिन्छ । तर मैले लेख्नै पर्छ । कस्तै पनि भ्रमको चिरफार गर्न मैले लेख्नै पर्छ । 
दशैँलाई बाहुन क्षेत्रीको चाड भनिन्छ नेपालमा । जनजातिका नाममा यसलाई बहिष्कार गर्ने अभियान नै चल्यो एकचोटी । गोरेबहादुर खपाङ्गी सरहुनुहुन्थ्योे त्यसको नायक । यो २०४८ पछिको कुरा हो । एकाध वर्ष पूर्वमा राई लिम्बुबाट दशैँ बहिष्कारकोआन्दोलन समेत चलाइयो । तर झुठो कुरो कति दिन टिक्थ्यो र ! गोरेबहादुरले राजाबाट बक्स भएको टीका ग्रहण गरेपछि उहाँ पनि सकिनु भयो, दशैँ बहिष्कार पनि सकियो । प्रायः चर्को उन्मादले यस्तै उल्टो परिणाम दिन्छ । 
आमनेपालीमा अर्को एउटा ठूलो भ्रम छ । त्यो के भने दशैँ रामरावण युद्धको उपज हो । तर राम रावण युद्ध दक्षिण एशियामा भएकै थिएन । त्यो अफ्रिकाको शिरमा मिश्र र लिबियातिर भएको थियो । मैले यसको स्रोत पनि पटक पटक लेखिसकेको छु । नेपालका भौतिकवादी पुराणवाचक बालकृष्ण पोखरेलको खस जातिको इतिहासर दक्षिण भारतका तमिल विद्वान मुक्कामला नागभूषणम्को शतावतारपढेर मैले यो ज्ञान प्राप्त गरेको हुँ । रामायणको बारेमा जान्ने हो भने शतावतारत नपढी हुँदै हँुदैन । त्यो किताबलाई सजिलो भाषामा भन्दा रामायणका सय अवतारभन्ने अर्थ लाग्छ । रामायणको बारेमा कति अध्ययन गरेका रहेछन् ती विद्वानले ! अर्को भ्रम पनि छ नेपालीजनमा, आज जुन रामायण पढिन्छ त्यो नै महर्षि वाल्मिकिले लेखेका हुन् । वास्तविकता के हो भने, वाल्मीकिले छ हजार श्लोकको रामायण लेखेका थिए । अरु ऐरेगैरेले मनपरि थपथाप गरेर रामायणलाई चौबीस हजार श्लोकमा पु¥याइदिए । कुन श्लोक वाल्मीकिको मौलिक हो अनि थपिएका अठार हजार श्लोकका सिर्जनकर्ता को को हुन् भन्ने पनि कसैलाई थाहा छैन । यति मात्र होइन, बाहिरको त कुरै छोडौँ, भारतभित्रकै मराठी, तमिल र बंगाली रामायणमा पनि धेरै पाठ्य भेद छन् । अर्थात् ती एकअर्काबाट पृथक् छन् । 
मुक्कामला नागभूषणम्का अनुसार, वाल्मिकी रामायणले दक्षिण भारतको जस्ता चर्चा गरेको त्यो दक्षिण भारतमा कहिल्यै थिएन । वाल्मीकि रामायणको परिवेश जबलपुरभन्दा दक्षिण जाँदै जाँदैन । यसको अर्थ के हो भने या त रामायण सम्पूर्णतामा काल्पनिक हो या वाल्मिकि रामायणको परिवेश हालको नेपालभित्रै छ । 
तपार्इंहरूमध्ये कतिलाई थाहा छ कुन्नि, एउटा अयोध्या नेपालभित्रै छ । नारायणी नदी किनारबाट तीस चालीस किलोमिटर पूर्व अयोध्यापुरी नाम गरेको ठाउँ अहिले पनि भेटिन्छ । फटाफट हिँड्दा तीन चार घण्टामा पुगिन्छ भन्छन् चितवनका युवा । अब रामायण स्वयंले वर्णन गरेको एउटा विषयतिर हामी जाउँ । गर्भवती सीतालाई रथमा राखेर लक्ष्मण अयोध्याबाट बिहान जंगलतिर लागे र वाल्मीकि आश्रममा सीतालाई महर्षि वाल्मीकिको जिम्मा लगाएर फर्किए । 
व्यावहारिक रूपमा हिसाब गरौंभारतको अयोध्याबाट एउटा रथ नेपालको चुरेभित्रको वाल्मिकि आश्रममा आएर सीतालाई त्यहाँ छोडेर सोही दिन घर फर्किने कुरो कल्पना मात्र हुन्छ । आजभोलिका बस र ट्रक अथवा कारहरू समेत बिहान अयोध्याबाट गुडेर बेलुका अयोध्या पुग्न सक्दैनन् भने त्यो जमानामा एकै दिन एउटा रथ अयोध्यावाल्मिकिअयोध्या गर्न सक्यो भन्ने आधार कहाँ छ ? तर माडीको अयोध्या पुगेर सोही दिन अयोध्या फर्किने कुरो तर्कसङ्गत हुन्छ । 
रामायण कालमा नेपालको भावरमा विद्याको ठूलो विकास भएको थियो भन्ने धेरै ज्ञानीहरूलाई थाहा छ । सांख्य दर्शनका प्रथम पुरुष कपिलमुनिको आश्रम कपिलवस्तु, नारायणी नदीको किनारमा अवस्थित वाल्मीकि आश्रम, जहाँ छ हजार श्लोकको रामायण लेखियो । जनकपुरको कुरै नगरे हुन्छ । जनकपुरबाट पूर्व लागेपछि विश्वामित्रको आश्रम कोशी नदीको किनार । सुनसरी जिल्लामा पर्ने रामधुनीको जंगलमा नै राम, लक्ष्मण र सीताको बाह्रवर्षे वनबास भएको सम्भावना बढी छ । किनभने रामायणमा वर्णित पञ्चवटी त अहिले कतै छैन । त्यति मात्र होइन, विश्वामित्र रामलाई लिन भारतको अयोध्या जानुभन्दा नेपालकै अयोध्यापुरी जानु बढी सान्दर्भिक देखिन्छ । 
भारतको अयोध्यामा राम थिएनन् भन्ने मेरो निष्कर्ष होइन, त्यहाँ कुनै कालखण्डमा राजा राम थिए होलान्, तर ती हाम्री सीतामाताका पति चाहिँ किमार्थ थिएनन् । उसै पनि राम त थाइल्याण्ड र मिश्रमा पनि छन् । आफ्नो देश बाहिरका रामहरूको बारेमा चर्चा गर्नुको कुनै अर्थ हुँदैन । तर भारतीय अयोध्याका रामलाई सीतापति बनाउने काम वाल्मिकि होइन, पछि उपकथा थप्ने कुनै अठार हजारे भारतीय पण्डितको हुनसक्छ भन्ने मेरो बुझाइ हो । किनभने अयोध्या त थाइल्याण्डमा पनि छ । अहिले पनि त्यस्तै अठार हजार श्लोके भारतीय पण्डितहरू गौतम बुद्ध भारतमा जन्मिएका थिए भन्ने हुइँया मच्चाइरहेका छन् । 
अब जाउँ दशैँतिर । दशैँ नेपालसँग जोडिएको पर्व हो, यसमा रामायणको मिसमास पटक्कै छैन । यो भनाइको पुष्टि गर्न हामीले नेपाल र भारतमा मनाइने दशैँको तुलना गर्नुपर्ने हुन्छ । नेपाली दशैँ भनेको मारकाटको आधिक्य भएको चाड हो । दशैँको सप्तमीमा मौलोमा बाँधेर जनावरको बलि दिने चलन मैले जान्दासम्म थियो । सप्तमी, अष्टमी र नवमी मासु पर्व हुन् । दशमीको दिन टीकाको दिन हो । नेपालभित्रै पनि कतिपय जिल्लामा दशमीको टीका लगाएपछि दशैँ सक्किने चलन छ । कतिपय स्थानमा दशमीपछिको पाँच दिनसम्म टीका लगाउने चलन छ । कति दिन टीका लगाउने भन्नेमा विवाद भए पनि सप्तमी, अष्टमी र नवमीमा मासुको चाड बनाउने कुरामा कतै कसैको विवाद भएको पाइँदैन । 
तर भारतमा मासुको प्रयोग दशैँभरि गरिंदैन । दशहरा भने पनि त्यता पूmलपाती मात्रै प्रयोग हुन्छ । 
यथार्थमा दशैँ किराँतहरूको चाड हो । मेची अञ्चलमा काम गर्दा एउटा अनौठो भनाइ सुनेको थिएँ मैले । गहभरि आँसु, दुनाभरि मासु । अर्थात्, मृत्युको शुद्धिमा पनि जनजातिलाई मासु नै चाहिन्छ । 
भन्न त नेपाल र भारतको सम्बन्धलाई रोटीबेटीको सम्बन्ध भन्न मन पराउँछन् कतिले । तर रोटीबेटीको सम्बन्ध भएको मुलुकसँग हाम्रा अधिकांश महìवपूर्ण चाडबाड मिल्दैनन् । दशैँको बारेमा मैले माथि नै भनिसकें । उनीहरू यमपञ्चक (तिहार) मनाउँदैनन् । उनीहरूको राखीको चाड भाइबैनाको सबैभन्दा महìवपूर्ण चाड हो । यता हामी त्यो दिनमा ब्राह्मणहरूबाट डोरो बाँध्छौँ । 
म आफ्ना पाठक सामु अनुरोध गर्न चाहन्छु कसैको कुरो पनि बिना तर्क नखानुस् । अरु कसैले तपाईंलाई सत्य सिकाउँदैन । हाम्रो देशका पहिला बासिन्दा किराँती नै हुन् । तिनले पालन गर्ने नियमहरू लामो समयसम्म नेपालमा नीति र संस्कारको रूपमा बाँचिरहे । पछि आउने सबैले यसलाई निरन्तरता दिए । दशैँ भारतबाट आएको होइन । त्यो हाम्रै हो । तिहार पनि भारतको दिपावली होइन, हाम्रै भाइबैनाको भावनात्मक सम्बन्धको चाड हो । 
यति भनिसकेपछि राम हाम्रा देवता होइनन् भन्ने बारेमा पनि प्रस्ट हुनुपर्छ । किनभने विश्वमा तीन रामहरू देखा परिसके । मिश्रका राम, थाइल्याण्डका राम र वाल्मिकिका राम ।


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...