Saturday, November 24, 2018

बासडोलमा लिच्छविकाल



बासडोलमा लिच्छविकाल 

शोध

राजा वसन्त देवको आज्ञा सामन्तसहितको अनुमति लिई यो सुनाइयो सामन्तको आफ्नै मान्छे दूतक नियुक्त गरियो 

मंसिर ८, २०७५दीपक अर्याल

काभ्रेपलाञ्चोक जिल्लाको बासडोलमा प्राप्त भएको संवत् ५६९ को शिलालेख ५०० वर्ष लामो लिच्छविकालीन समयको महत्त्वपूर्ण अभिलेख हो राजा वसन्तदेवको १६ तथा समग्र लिच्छविकालीन समयको २४१ वटा अभिलेखमध्येको यस शिलालेखले एकातिर नेपाली इतिहास लेखनमा नयाँ कुरा भन्नेछ भने अर्कातर्फ नेपालका विभिन्न ठाउँमा यस्ता ऐतिहासिक अभिलेख छरिएर रहेको हुन सक्ने संकेत गरेको छ 

थुप्रै वर्षपछि यस्तै ‘गोरेटो’ बाटो हिँड्ने मौका मिल्यो विषय, विधा र पात्र भने फरक थिए काठमाडौं उपत्यकालाई पनौती हुँदै तराई जोड्ने बाटोका ऐतिहासिक सामग्रीहरू हेर्ने एउटा समूहमा पनि मिसिएको थिएँ कुनै नयाँ सामग्री भेटिए हेर्ने, पढ्ने र बुझ्ने मेरो ध्येय थिएन केही पुराना गाउँठाउँ घुम्ने लक्ष्य थियो समूहको नेतृत्व इतिहाविद् योगेशराजले गरेका थिए मेरो इतिहासमा रुचि थियो, ज्ञान थिएन



मलाई १,५०० वर्षअगाडिका ढुंगा, लेखन, लिपि, कसरी पढिन्छ, यसको महत्त्व केहो, त्यस्तो सामग्रीले हामीलाई त्यतिबेलाको सामाजिक, राजनीतिक, आर्थिक व्यवस्थासँग कसरी जोड्छ बुझ्ने लोभ थियो ऐतिहासिक स्रोत–सामग्रीले नेपाली समाजको ज्ञान उत्पादन अध्ययन–अनुसन्धानमा के फरक पारेको ?
स्ता सामग्रीहरूको खोजबिन र संरक्षणमा स्वदेशी, विदेशी, निजी, सरकारी चासो कस्तो छ? यस्ता काममा लाग्नेहरूलाई कस्तो तथ्य, तर्क वा प्रमाणले, कस्तो अनुभव र भेटघाटले रोमाञ्चित बनाउँछ होला? उनीहरूमा कस्तो बेचैनी र छटपटी हुन्छ होला? त्यो समूहसँग हिँड्न लाग्दा मभित्र यस्तै प्रश्न थिए

कात्तिक १७ गते शनिबार दिउँसो भक्तपुरमा हामी ८ जनाको भेट भयो, चिनजान भयो मोटरसाइकलमा साँगा, भैंसेपाटी पुगेर दायाँ उकालो मोडियौं कच्ची बाटो भएकाले बासडोलसम्मको .५० किमि लामो बाटाले सोचेभन्दा धेरै समय लियो



प्राचीनकालमा काठमाडौं उपत्यकाबाट यही बाटो हुँदै पनौती पुगेर तराई झरिन्थ्यो काठमाडौं–बनेपा–पनौतीको मोटरबाटोले यो पुरानो बाटो स्थानीय गाउँ जाने बाटो भयो नयाँ बाटो बनेसँगै पुराना बाटा लोप हुँदै जानु स्वाभाविक थियो बाटो नचलेपछि बटुवाका निम्ति बनाइएका पाटी–पौवा, इनार, कुवा, ढुंगेधारा, कोसेढुंगा र बाटो चिनाउने मठ, मन्दिर र स्तम्भमा लेउ लागेका, झार उम्रेका र पुरिँदै गएका थिए त्यसमाथि ‘विकास ल्याउने डोजर’ ले यस्ता कुरा देख्ने कुरै भएन



यो बाटोमा पनि कति ठाउँमा झारले बाटो साँघुरो बनाएको थियो कति ठाउँमा मोटरबाटोले पुराना बाटाको निसान मेटेको थियो मान्छे धेरै नहिँडेर होला, केही ठाउँमा पुरानो बाटोका डोब मात्र देखा परे बाटो बस्तीको रौनक कम थियो छेउका ढुंगेधारा प्रयोग हुन छाडेका थिए जताततै उम्रिएको झारले त्यसलाई छोपेको थियो यतातिर पनि बस्तीमा ढलानयुक्त घरमा खास रुचि देखिन्थ्यो हामी पुगेको बुढागणेशका मन्दिर सँगैको पाटी पनि नवनिर्माणबाट मुक्त थिएन



हामी १.३० मा बासडोल आइपुग्दा ज्येष्ठ नागरिकहरू मन्दिर छेउमा घाम ताप्दै थिए कार्कीहरूको बाक्लो बस्ती रहेछ तिनकै पहलमा मन्दिर संरक्षणको काम भइरहेको रहेछ मन्दिर निर्माण, पुनर्निर्माणका शिलालेख पनि देखिन्थे

एउटा मन्दिरमा हात्ती आकारको ढुंगा थियो यो गणेश मन्दिरले प्रसिद्ध थियो अर्को मन्दिरमा फरकफरक आकार प्रकृतिका तीन शिवलिंग थिए मन्दिरको मूल शिवलिंग ढोकाबाट छिर्दा दायाँपट्टि थियो एउटा निकै पूजा गरिने शिवलिंग विशेष अग्लो ठाउँ बनाएर राखिएको थियो त्यसको ठीक तल अर्को चारपाटे ढुंगा थियो ५६ गुणा ४५ सेमि आकारको फराक ढुंगामा शिवलिंगमा धेरै पूजा गरेको देखिँदैनथ्यो इतिहासमा रुचि भए पनि धेरै कुरा पर्गेल्न नसक्नेहरूका लागि मन्दिरको बनोटले धेरै पुरानो कुरा भनिरहेको थिएन



हामीलाई देखेपछि मन्दिरसँग सरोकार राख्ने स्थानीय बासिन्दाहरूले चासो देखाए जाने, बुझे र सुनेका सबै कुराहरू राखे मन्दिर कहिले बन्यो, कसले बनायो वा कसले मर्मत गर्‍यो त्यहाँ रहेका शिलालेख कहाँ थिए त्यसलाई कसरी किन त्यहाँ राखियो मन्दिर बनाउने मूर्ति स्थापना गर्नेहरूका सपनामा कुन देवता आए उनीहरूलाई के भने यी विवरण सुनिरहँदा सामान्य जानकारी हुन्जस्तो लाग्दै थियो



तर, फरक बाटो हिँड्ने बानी लागेकाहरूले समाज, संस्कृति, इतिहास वा वस्तुस्थिति सबै फरक तरिकाले हेर्न र सोच्न सक्छन् त्यस्तै काम भयो त्यहाँ सामान्यत: लिच्छविकालमा पाइने ठूला शिलाको लेखभन्दा भिन्न ढुंगाको एक भागमा केही लेखिएको संकेत योगेशराजले भेटे ढुंगा नजिकै गएर हेरे त्यसपछि ढुंगा सफा गर्न पानी मागे पानीले धोए रुमाल निकालेर पुछे फेरि हातले सुम्सुम्याए आँखा लगभग बन्द गरे िनै खाल्टा, रेखामा एउटा नयाँ संसार भेटे नयाँ ज्ञान वा तथ्य पाए अनि सुनाए— १५०० वर्षअगाडिको कुनै राजाको कथा धेरै बेरसम्म



स्पर्शले मात्र सबै अक्षर बुझिएनन् सबै अंक, नाम, ठेगाना वा विवरण प्रस्ट भएनन् त्यसैले उनले ब्रस लिए पुन: सफा गरे अघिभन्दा लेखोट केही प्रस्ट त देखियो उनको हात पहिले जहाँ अलमलिएको थियो, त्यो अक्षर अझै प्रस्ट थिएन मसिना धर्कामा उनका औँला चलिरहे कतै एक पटक, कतै बारम्बार बाहिर ढोकामा भीड बढेको थियो



साना केटाकेटी, युवायुवतीदेखि वृद्धवृद्धाहरूको आँखाले कुन्नि के खोजिरहेका थिए कतै यही एउटा ढुंगाले उनीहरूको ‘पहिचान’ बदल्दैन? गाउँको नाम त फेरिँदैन? नयाँ परिचय त दिँदैन? वा ‘ओझेलमा परेको र धेरैले नचिनेको, नहिँडेको गाउँ फेरि आफ्नो ‘पहिचान’ बोकेर गर्व गर्नलायक त बन्दैन? अनेक शंका–उपशंका, उत्साह, छटपटीमाझ ढुंगामा कुँदिएका अक्षरको बोली सुन्न सबै लालायित थिए



ढुंगा सफा हुँदै गयो अक्षर बिस्तारै प्रस्ट हुँदै गए सबै बुझिने गरी होइन केही अक्षरमा सिमेन्ट लागेको रहेछ केही भाग टुटेका कारणले अक्षर प्रस्ट भएनन् अलमलका माझ उनले भने, ‘यो संवत् ४३४ कोलिच्छविकालीन अभिलेख हो करिब ,५०० वर्ष पुरानो।’ त्यसपछि यसलाई अझ प्रस्ट पार्ने सामान्य विधिको प्रयोग भयो लेखिएको भाग अझ सफा गरियो सुक्खा पिठो दलियो यो ‘चमत्कार’ थियो अघिसम्म नजिकै गएर हेर्नुपर्ने अक्षरहरू पिठो लगाएपछि प्रस्टसँग देखिए खोपिएको भित्री भागमा पिठोले क्षरको ठाउँ लियो अब अक्षरहरू पढ्न सकिने फोटो लिन सकिने भए



त्यसपछि योगेशराजले त्यसलाई यसरी अथ्र्याए : ‘राजा वसन्त देवको आज्ञा सामन्तसहितको अनुमति लिई यो सुनाइयो सामन्तको आफ्नै मान्छे दूतक नियुक्त गरियो आषाढ शुक्लपक्षमा संवत् ४३४ प्वनांगुंमा।’

यसपछि स्थानीयसँग लामो गफ भयो— अभिलेख विषयमा यसको संरक्षणका विषयमा धेरैले आफूले देखेका, सुनेका कुरा सुनाए कोही बारम्बार बोलिरहे कोही धेरै बोल्नै सकेनन् कतिले सुने मात्र कतिले नजिकैमा रहेका अरू शिलालेखको जानकारी दिए कतिले हाल मासिएका धारा, कुवा, पानी र स्तम्भको जानकारी दिए यस क्षेत्रको महत्त्व, प्रचार–प्रसार, पहिचान र विकासका निम्ति सबै चिन्तित थिए



यो शिलालेखले यस भेगको ऐतिहासिकता सिद्ध गर्न मद्दत गर्नेमा सबै विश्वस्त देखिए कसरी प्रचार–प्रसार गर्ने? कसरी यसको संरक्षण गर्ने? कसरी मन्दिर र समग्र गाउँमा मानिसहरूको आवतजावतलाई बढाउने? छलफल भयो स्थानीयका विविध प्रश्न थिए जातीय, धार्मिक, भाषिक वा स्थानीय नाम, समय–काल, बस्ती, राजा–महाराजा, नेपालको इतिहास तथा यस्ता सामग्रीको संरक्षण र समग्र गाउँको चिनारीका विषयमा पनि प्रश्न उठे गाउँकै नाम कुनै समयमा फरक देखियो



यसले पार्ने प्रभावका विषयमा थोरै चिन्ता देखियो पुर्खाका कुरा भए भाषाका कुरा भए पहिचानको कुरा उब्जियो केही प्रश्न जिज्ञासाहरू थपिए तर, यो प्रश्न र जिज्ञासा स्थानीयको मात्र थिएन यो समयमा काम गरिरहेका इतिहासकारहरूमाझ पनि तेर्सिएको थियो तर, सबै प्रश्नको उत्तर दुई पंक्ति र करिब ६० अक्षरबाट सम्भव हुने कुरा थिएन यस्ता प्रश्नहरूको उत्तर सहज छैन



संशोधन मण्डल

काठमाडौं उपत्यकाको पूर्वी भेगमा वसन्तदेवको अभिलेख योभन्दा पहिले भेटिएको थिएन वसन्तदेवका १६ वटा अभिलेख काठमाडौँ पश्चिम थानकोट, बलम्बु, सीतापाइलातिर मात्र फेला परेका थिए थानकोटमा रहेको संवत् ४२८ को अभिलेखलाई वसन्तदेवको पहिलो अभिलेखका रूपमा लिइन्छ उनको अन्तिम अभिलेख संवत् ४५५ को मानदेवलाई पहिलो लिच्छवि राजा मानिन्छ उनका छोरा महिदेवले निकै कम समय शासन र्न पाएका थिए नाति वसन्तदेव सानै उमेरमा राजा भएका थिए



बासडोलको यस अभिलेखसँगै नेपालमा भेटिएका पुराना झन्डै २३९–२४० अभिलेखमा अर्को एउटा थप भएको छ लिच्छविकालीन करिब ५०० वर्षको शासनका २४१ वटा अभिलेखले सो समयका सबै कुरा बोल्न सक्दैनन् निकै कम शब्दहरू मात्र छन् ती शब्द पनि शुद्ध पढ्न, बुझ्न र त्यसबाट अर्थ निकाल्न चुनौतीपूर्ण छ त्यसमाथि लिच्छविकालीन भाषा वा अक्षरले निरन्तरता पाएन



त्यसलाई पढ्ने, अथ्र्याउने र त्यसका विषयमा जानकारी लिने गम्भीर काम धेरै समय भएन जसले गर्दा सम्पूर्ण लेखन पद्धति मात्र हराएन, कैयौँ शिलालेखको पनि त्यति महत्त्व रहेन यिनलाई कसैले पढेन, कसैले बुझेन केही विदेशीहरूले यिनलाई पढ्ने, बुझ्ने प्रयास गरे फेरि त्यसलाई शुद्धयाउने, बुझाउने काम मुख्यतया नेपाली इतिहासकारहरूले गरे, संशोधनमण्डलका



यस अर्थमा संशोधनमण्डललाई नेपाली समुदायले मात्र होइन, इतिहासमा रुचि राख्ने, मध्यकाल र त्योभन्दा अघिको समयमा रुचि राख्ने सबैले विशेष धन्यवाद दिनुपर्छ करिब १००० वर्षपछि लिच्छविकालीन अभिलेख फेरि शुद्धसँग पढ्ने ल्याकत पैदा भयो यसका लागि लिपि पढ्ने बुझ्ने सामथ्र्यको विकास भयो



लिच्छविकालीन अभिलेख अध्ययनका लागि, सामथ्र्यको विकासका लागि त्यहाँ न सरकार थियो, न विदेशी सहयोग, न त स्वदेशभित्रैबाट धेरै चासो र चिन्ता तैपनि यो विकासले ‘विगत’ बुझ्न सघाएको सो ज्ञानको पुस्तान्तरण भयो भएन, अहिले यसको अवस्था के छ, सो छलफलको बेग्लै विषय होला



हो, धेरैका लागि बासडोलमा भेटिएको यो ‘ढुंगा’ पुराना २४० वटामा थप एक मात्र हुनेछ तर, उक्त अक्षरहरू पढ्न सक्ने सीमित नेपाली विद्वान्‌हरूका निम्ति भने १५०० वर्ष पहिलेको सामाजिक, राजनीतिक, प्रशासनिक, आर्थिक संरचना बुझ्न एउटा महत्त्वपूर्ण सामग्री थप भएको छ ुँदिएका प्रत्येक अक्षरमा उनीहरूका हात वा आँखा परेका छन् तिनमा छटपटी बेचैनी बढेको



के यसले ‘ढुंगा’ मा लेखिने त्यो युगको बारेमा कुनै तथ्य थप्ला वा स्थापित मान्यतालाई कुनै खाले चुनौती देला? यसबारे उनीहरूका आ–आफ्नै पढाई र व्याख्या आउलान् तर प्राचीनकालको अध्ययन–अनुसन्धानमा अझै धेरै काम हुन बाँकी छ भन्ने कुरामा उनीहरूको दुईमत भने पक्कै नहोला कान्तिपुर, प्रकाशित : मंसिर ८, २०७५ ०८:४९


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...