Wednesday, June 05, 2019

ब्युँतिँदै पुर्ख्यौली नाच


ब्युँतिँदै पुर्ख्यौली नाच
जेष्ठ २२, २०७६ बिना थापा
कास्की — बूढापाका बितेर गएपछि नाच हरायो १४ वर्षसम्म नाच्ने कोही भएन कुनै बेला लोकप्रिय मगर संस्कृतिको पुर्ख्यौली नाच लोप हुँदै गएपछि जर्गेना गर्न म्याग्दीका युवा लागिपरेका छन् म्याग्दीको अन्नपूर्ण गाउँपालिका नारच्याङका युवा नाच संरक्षणमा जुटेका हुन वडाध्यक्ष चन्द्रप्रसाद फगामी पुनमगरको पहलमा केही समययता युवापुस्तालाई नाचमा आकर्षित गरी नाच ब्युँझाउन लागिएको हो 
जिल्लाका विभिन्न गाउँका पुर्ख्यौली नाचको प्रतिस्पर्धा हुन्थ्यो तर बीचमा यो नाचै हरायो,’ उनले भने, ‘संस्कृति लोप हुनु भनेको संस्कार पनि हराउनु हो यही भएर अब नाचलाई ब्युँझाएर युवालाई संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेका हौँ।’ उनले विगतको अनुभव विभिन्न स्थानमा हुने प्रतियोगिताबाट नाच सिकेर गाउँमा पनि युवालाई सिकाउन लागिएको बताए वर्षदेखि नाच सिकाएको अझै पूरा नभएको उनकोभनाइ थियो

सुरुमा चन्दा संकलन गरी नाचका लागि आवश्यक मादल, गरगहनालगायत सामग्री जुटायौं र युवालाई सिकाउन थाल्यौँ,’ उनले भने नाचमा १९ जनाको समूह हुने भएकाले धेरैजना पुरुष चाहिन्छ गीत गाउने महिला भए पनि नृत्यका लागि पूरै पुरुष हुन्छन् महिलाको कपडा पुरुषले गाउनुपर्ने हुन्छ, र जुन पुरुषलाई मारुनी भनिन्छ

साथमा मारुनीसँग नाच्ने पुरुष पनि उनीहरूको संख्या बराबर चाहिन्छ जसलाई मादले भनिन्छ गीतमा पूरै देवीदेवताको नाम लिने भएकाले महिनाबारी भएको महिला नाच्न नहुने धार्मिक विश्वासले महिला नाच्दैनन नाचमा मारुनी, मादले ५ र ९ जनाले गाउँछन्

मारुनीले गुनियो, टिकिया, पटुकी, पछ्यौरी, कानमा ढुंग्री, पोते, कन्ठीलगायत गहना लगाउँछन् भने मादलेले कछाड, सर्ट, पेटी, भांग्रा, टोपीलगायत कपडा लगाएर नाच्ने गछन् ‘यो नाच विवाह, पास्नीजस्ता शुभकार्यमा सरस्वती जगाउने र दान दिएपछि अन्तिममा सबै दिशाका देवीदेउताको नाम लिई आशीर्वाद लिने गरिन्छ,’ पुनमगरले भने विदेश जाने उमेरका युवालाई भन्दा पनि स्कुल पढदै गरेका विद्यार्थीलाई नाच सिकाइएको

अर्का प्रशिक्षक लोकबहादुर फगामी पुनमगरले म्याग्दीबाट बसाइँ सरेर पोखरा र चितवन पुगेका बूढापाकामार्फत आफूले सिकेर अरूलाई सिकाएको बताए ‘नयाँ पुस्तामा नाच आइसकेको ,’ उनले भने आफ्नो संस्कृतिको पुर्ख्यौली नाच सिक्न पाउँदा खुसी लागेको विद्यार्थी भविन पुनले बताए कक्षामा अध्ययनरत उनी पढाइसँगसगै संस्कृति संरक्षणमा लागेका हुन्

यो मेरा लागि ठूलो अवसर हो,’ उनले भने, ‘त्यसैले पढाइसँगै नाचका लागि समय व्यवस्थापन गर्दै आएका छौं।’ आफूजस्ता अरू दुई विद्यार्थी पनि नाच सिकिरहेको उनले बताए सुरुमा सिक्दा गाह्रो लागेको थियो तर नाच्दै गएपछि सजिलो भएको उनले बताए
प्रकाशित : kantipur, जेष्ठ २२, २०७६ ०९:३२


Tuesday, June 04, 2019

कहाँ हराए ९ लाख किरात ?


कहाँ हराए ९ लाख किरात ?

निनाम कुलुङ ‘मंगले’ फुर्सद  १८ जेठ २०७६ ०८:०७:००
प्रश्न
यो लेख लेख्नुको खास कारण आजभन्दा झन्डै एक सय ७७ वर्षअघि नै नौ लाख किरात भनी उल्लेख भएका किरातीहरू किन अहिलेसम्म पनि लगभग १२ लाखको हाराहारीमा मात्र छन् ? २०६८ को जनगणनाअनुसार किराती भनी चिनाउन चाहने धिमाल, जिरेल, थामीसमेतको जनसंख्या जोड्दा १२ लाख छ। जब कि ‘हाम्रो समाज एक अध्ययन’ नामक किताबमा लेखक जनकलाल शर्माले बीएच हड्सनलाई उद्घृत गर्दै ‘नौ लाख किराँत’ उपशीर्षकमा लेखेका छन्, ‘हड्सन महोदयका अनुसार किराँतीहरूको प्रमुख शाखालाई खम्बु भनिन्छ। यिनीहरूको बसोबास भएको प्रदेशलाई कुनै समय ‘नौ लाख किराँत’ पनि भनिन्थ्यो।’
यस्तो नामकरण गर्ने कारणमा हड्सन महोदय भन्छन्, ँयस प्रदेशमा कुनै समय घरैपिच्छे दुई आनाका दरले कर लगाइन्थ्यो र त्यो करको संख्या नौ हजार आना पुग्थ्यो। यसैलाई ... त्यहाँका मानिसले गाउँको संख्यामा ल्याए।’
माथि उल्लेख गरिएको प्रसंग जनकलाल शर्माले २०३६ साउन १ को मितिमा प्रथमपटक प्रकाशित आफ्नो किताब ‘हाम्रो समाज एक अध्ययन’मा लेखेका छन्। यो बहुचर्चित किताब हो। २०७५ असारमा यसको पाँचौं संस्करण निस्किएको छ। लेखक जनकलाल शर्माले नेपालका किरातीहरूका बारेमा नौ लाख किरात उपशीर्षकमा छुट्टै चर्चा गर्ने क्रममा बीएच हड्सनको भनाइ रहेको ‘जर्नल अफ दी एसियाटिक सोसाइटी अफ बेंगाल’को भोल्युम १६ र २६ को विभिन्न सन्दर्भ स्रोतलाई उद्घृत गरेका छन्; जुन जर्नल सन् १८४७ र सन् १८५७ मा प्रकाशित भएको थियो।
यसरी आजभन्दा झन्डै एक सय ७७ वर्षअघि नै नौ लाख किरात भनी उल्लेख भएका नेपालका किरातीहरू कालक्रममा कहाँ हराए÷गए त ? प्रश्न गम्भीर छ।
नेपालमा किरातीहरूको जनसंख्या नबढ्नुमा के कारण हुन सक्छ ? यस विषयमा हालसम्म गहिरो गरी कसैले पनि चासो लिएको देखिँदैन। अध्ययन–अनुसन्धान गरेको देखिँदैन। नेपालमा अरू जातिसरह किराती जातिहरूको जनसंख्या किन बढेन ? न त इतिहासकारहरूले नै केही लेखे–बोलेका छन्, न त समाजशास्त्रीहरूले नै। न त मानवशास्त्रीहरूले नै केही लेखे÷बोलेका छन्। मै हुँ भन्ने घागडान प्रा.डा. र बुद्घिजीवीहरूले पनि केही लेखे÷बोलेका छैनन्। देउताको पालाभन्दा अघिका (महाभारतलगायत विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख भएको जाति) किराती जातिहरूका बारेमा कतैबाट पनि चाइँचुइँ छैन त !
एक सय ७७ वर्षअघि नै नौ लाखको संख्यामा रहेका किरातका सन्तान–दरसन्तान कता हराए ? किरातको जनसंख्या अहिले १२ लाख मात्रै छ त ?
यसबारे सत्य–तथ्य खोज्न अब किरातीहरू किन अघि नसर्ने ? आफुलाई नेपालका किरातीहरूको साझा संस्था दाबी गर्ने राई, लिम्बू, सुनुवार र याक्खाका जातीय संस्थाहरूले यो काम गर्नुपर्ने हो कि भन्ने यो केही नजान्ने कुलुङेको लाटो सोचाइ छ। आफूलाई २८ भाषी, एक जाति राई–को साझा संस्था भन्ने राईवालाहरूको संस्था राई यायोक्खाले चासो दिने कि ? किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, याक्खा छुम्मा आदि जातीय संस्थाहरूले आफ्नो संस्थाको नामको अगाडि किरात शब्दको फुर्को झुन्ड्याउने÷लेख्ने मात्र कि यसबारे खोजी पनि गर्ने ?
त्यसो त हाल आम रूपमा राई भनेर चिनिने अघिकांश किराती खासमा खम्बू थिए। लगभग ४०÷४१ वर्षदेखि आमनागरिकले यी खम्बू किरातीहरूलाई ‘२८ भाषी, एक जाति राई’ भनेर चिन्न थाले। तर, यी खम्बू वा कुलुङ, मेवाहाङ, बाहिङलगायत हाल राई भनेर चिनिने अन्य सर्वसाधारण किराती अर्थात् त्यो बेलाको भाषामा भन्नुपर्दा रैतीहरूले विसं २०२१ मा आएको भूमिसुधार ऐन विसं २०३३÷०३४÷०३५ सालदेखि गाउँ–गाउँ, वडा–वडा, टोल–टोलमा लागू भएपछि मात्रै आफ्नो नामको पछाडि राई लेख्न पाएका हुन्।
लिम्बू, सुनुवार, याक्खा, लाप्चा आदिको हकमा पनि त्यही हो। हुन त अभैm पनि केही लिम्बू, सुनुवार, याक्खा, लाप्चा आदिले आफ्नो नामको पछाडि राई, सुब्बा, मुखिया देवान लेख्न छाडेका छैनन्। जब कि खम्बू वा हाल आपूmहरूलाई कुलुङ, बाहिङ, मेवाहाङ आदि भनेर चिनाउन चाहने किरातीहरूले पाएको राई पदवी वा पगरीजस्तै लिम्बू र लाप्चा, सुनुवार अनि याक्खाले पाएको पदवी वा पगरी मात्रै हो— ‘सुब्बा, मुखिया र देवान’ पनि। तर, अझै पनि सुनुवार र याक्खाहरूले राईको मोह त्याग्न सकेका छैनन्। अर्थात् कतिपय सुनुवार र याक्खासँग भेटपछि परिचय गर्दा ‘... राई’ भन्छन्। अनि कुन राई वा के थरको राई भन्दा सुनुवार राई वा याक्खा राई भन्छन्। जे होस्, राई के हो त भन्नेबारेमा कुनै दिन छुट्टै लेखौंला।
१७७÷७८ वर्ष भनेको कम समय होइन। फेरि लाटो हिसाबले हेर्दा पनि त्यो बेला लगभग ५२÷५३ लाख मात्रै भएको नेपालको जनसंख्या हाल झन्डै तीन करोड पुगेको छ। यो वृद्घिदर हेर्ने हो भने किरातीहरूको जनसंख्या अहिले यति कम १२ लाख मात्रै हुनुपर्ने त होइन। १७७÷७८ वर्षअघि नै नौ लाख रहेका किरातका सन्तान–दरसन्तान कता हराए ?
यसबारे खोजी गरियोस् भन्ने यो केही नजान्ने कुलुङेको विनम्र आग्रह छ। kehinajannekulung@gmail.com
यसलेख सम्बन्धि एउटा प्रतिकृया यस्तो पनि एको छ ।
नो लाख होैइन नाै लखा हाे ।
1)
नाै पटक आफूलाई लखेट्ने जाति भनेकाे हाे।
2)
अब नाै पटक लखाउनु (खसिपार्नु) हाे
3)
यसकाे अर्थ किरात वंश विनास गर्नु हाे।
4)
लेखकहरुका वाैदिक भर्मलाई एक खाले लिम्बू र राईले उरालेका मात्र हाे।


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...