Saturday, June 08, 2019

युम्बिस्टा र ष्युम्बिल्हा ?


युम्बिस्टा र ष्युम्बिल्हा?
प्रकाशित : जेष्ठ १८, २०७६ ११:२५
प्रारम्भयुमिला होइन युम्बिला हुनुपर्ने हो खुम्बिला हिमाल र तिब्बत दक्षिणको चुम्बी उपत्यका भनेजस्तै । यसैबाट जुम्ला हुम्ला स्थान नाम बने 
भन्ज्याङबोधक ला होइन, देवताबोधक ल्हा हो शुद्ध हुन्छ जुम्ल्हा लेखिए, हुम्ल्हा लेखिए तिब्बतको ल्हासा ल्होसार चाड यसैबाट आउने हो (यसैले जसरी हुम्लादरा तथा हिमालयको पर्यायवाची शब्दबाट बन्यो, द्यौल (देवल) र गरल दुई डाँडाबाट बनेको यमल संस्कृत शब्दबाट अपभ्रंसित रूपमा यमला–जुम्ला–जुंला–जुम्ला बन्यो— पेज २७, नेपाली ११०, लोकसाहित्य र सुदूरपश्चिमाञ्चलको देउदुराप–सिजापति, लाई मान्न सकिएन त्यसैलाई समर्थन गर्ने १८ साउन २०७५ को कान्तिपुरको जुम्ला शब्दको व्याख्यालाई पनि मान्न सकिँदैन किनभने नेपाली शब्द बनोटको परम्परा अंग्रेजीको एक्रोनिम होइन)
बिष्ट पनि होइन, विष्ट हो जुन त्रिविष्टकमा आयो, तिब्बतमा रूपान्तरण हुनुअघि जिग्मी परवल विष्टजस्ता मुस्ताङका शासकहरूले जुन शब्दलाई आफ्नो थर बनाए यो मालिक, प्रभुबोधक विष्ट आफन्त, निकटतम, हितैषीबोधक संस्कृतको इष्टसँग निकट मात्र होइन, समान छ सम्भवतः इष्टबाट विष्ट बनेको होस् यद्यपि व्यक्तिलाई भनिने विष्ट संस्कृत इष्टबाट आएको पंक्तिकारलाई लाग्दैन किनभने विष्ट कासगर उत्तरको एउटा मंगोल जाति हो यो यता आइपुगेपछि मालिकबोधक भयो यसैले युम्बी+इष्ट अर्थात् युम्बीका मालिक, प्रभु, संरक्षक हुन् मस्टा अर्थात् यो तिब्बती युम्बी+ल्हाकै छायानुवाद हो स्थानविशेषका संरक्षक देवता अर्थात् क्षेत्रपाल हुने चलन संसारकै प्राचीनतम हो ठेली जान सकिन्छ त्यसमा अर्थात् युम्बी अन्ततः पूर्वी हिमालय फेदीको चुम्बी हुन पुग्नु पश्चिम हिमालय फेदीको जम्मु हुन पुग्नु कुनै अनौठो होइन नै युम्बी शब्दले हिमालयको पूरै दक्षिणी ढाललाई बुझाउँछ जम्बुद्वीप अर्थात् त्यसको राजधानी आजको काठमाडौं उपत्यका भए पनि जामुन/जम्बु (साइजिगियम क्युमिनी) बाट यम्बु हुँदै युम्बी भएको भए पनि
मान्न सकिँदैन 
यसैले योगी नरहरिनाथले नै भने लेखेको भए पनि माथि बोधक मस्तकबाट मस्टा आयो भन्ने कुरा मान्न सकिँदैन वासुदेवशरण अग्रवालले ेखे भन्दैमा यक्षबाट मख्ख हुँदै मस्ट भयो भन्ने कुरा (खनाल) झनै मान्न सकिँदैन क्षबाट अवश्य बन्छ तर कुन नियमले कुन नियमले षमा परिणत हुन पुग्छ? खुलाउन सक्नुपर्थ्यो अब मस्टालाई मरुत लेख्ने प्रशस्तै छन् मरुतमा पुग्नलाई गरिएको व्याख्या यहाँ उद्धृत गरेर साध्य नै भएन तिब्बतीहरूमा आजको जुम्लालाई याचे देश पनि भन्ने चलन थियो भन्ने तथ्यमा यो आधारित देखिन्छ जसलाई यताकाहरूले यक्ष देश भन्ने गरेका छन् बरु व्रतबन्धको मन्त्रमा आउने जाबेश्वर देशको अर्थमा जाँदा अरू सटीक होला
भयानक अन्योल
बबड्यान शब्द टिपेका छन् स्थिरजंगबहादुर सिंहले कर्णालीबाट विशेष भौगोलिक क्षेत्र बुझाउनलाई यसरी— बबड्यान, भड्यानी क्षेत्र (१२ हजार फिटदेखि १२ हजार ५०० फिट) कै माथिल्लो भाग हो तल्लो भागको भन्दा त्यस भागमा आर्द्रता कम हुन्छ यहाँ जडीबुटीको घनत्व घट्दै जान्छ जंगली फूलहरूको घनत्व बढी हुन्छ खस्रो बुकी पनि हुन्छ रंगीविरंगी जंगली फूलको सजावटले मनमोहक देखिन्छ (पेज ५९, कर्णाली लोकसंस्कृति खण्ड २)
बुडु (२५५६ मिटर) यसै बबड्यानको अल्प रूप हो यसै स्थानका संरक्षक क्षेत्रपाल हुन् बुडु मस्टा तर प्राग्बौद्धकालीन हो, किनभने अशोकले बुद्धलाई बुडु लेखेका छन् (पोखरेल) भन्न अब कसरी मिल्छ? अशोकले लेख्दैमा सिंहले लेखेकै छन्— ‘तर आर्द्रताको आधारमा यो ११ हजार फिटदेखि नै सुरु भएको पनि पाइन्छ (पेज ५८) राराबाट जब जुम्लातिर लागिन्छ त्यहाँ बबड्यान धेरै तल हजार फिटबाट सुरु भएको मान्नुपर्ने हुन्छ यस नियमले
लिटाकोट (२२८६ मिटर) छ जुम्लामा, लटिनाथ भन्ने ठाउँ नै छ दार्चुलामा भने, आफैंले क्षेत्रपाल हो लेख्दालेख्दै लाटेमस्टा इटलीबाट आयो, उसको स्थानीय जुपिटर देवबाट आयो लेख्न (पोखरेल) कसरी मिल्छ? ऋग्वेदको दायुस पिटर भन्ने नाम जुपिटर भएको हो भन्दै छन् स्वयं विलियम जोन्सजस्ता पश्चिमाहरू भने फेरि जुपिटर हामीकहाँ आउँछ कतै? ‘विश्व भूगोलको कत्ति ज्ञान नभएका पहाडियाहरू नेपालबाट सबैभन्दा परको देश श्रीलंकालाई ठान्दथे (पेज २९, खण्ड १, पाँडे) भने संस्कृतको कथित विष्ठल नेपालीका निम्ति इटली (पोखरेल) कसरी होला? त्रिविष्टप होला बरु
कवा (२२८६ मिटर) भन्ने ठाउँ नै छ मुगुमा, जहाँ कवा मस्टा छन् कौवालेख (१८२८ मिटर) भन्ने ठाउँ नै दार्चुलामा भने कवा मस्टालाई एक जनाले (कोइराला) झन् मक्कामदिनाको कावासँग जोडेर पाठकहरूलाई सताएकै देखिन्छ कालाकाँडा (३३५२ िटर) भन्ने ठाउँ नै छ जुम्लामा कालालेख (४३८९ मिटर) नै बझाङमा कालागाउँ (१३७१ मिटर) वैतडीमा तर कावामा मुसलमानहरू पुग्ने ठाउँमा कालशिला भन्दै कालाशिला मस्टो नै त्यसैको हो (कोइराला) भन्नेसम्ममा कुरा पुर्‍याइएको
बाबिडो हुँदै बाबिरो (२२८६ मिटर) भन्ने स्थान नाम भएको हो बबड्यानबाट तर बाबिरोलाई बेबिलोनबाट आएको हो, त्यसैले आदि मस्टो हो, अझ बेबिलोनका मरुतदेव मार्दुक हुन्, अहिले बराह मस्टो भएका छन् लेखिएको छ (पोखरेल) बाह्र मस्टालाई फनेसियन बालको संस्कृत पर्यायसम्म मानिएको जेन्द आवेस्ताको अहुरा ाज्दाको माज्दा नै मस्ट हो भनेर आफ्नै कुरा पनि काटिएको छ (पोखरेल) त्योभन्दा अघि योगी नरहरिनाथकै सरह मस्तक हो मस्टा पनि फेरि आफैंले लेखिसकिएको हाम्रा प्राडाहरू पोखरेलको त्यही भनाइलाई टिपेर अरुका किताबका भूमिका लेखिदिन पुग्छन् (दाहाल) यो भयानक अन्योलको पराकाष्ठा कसरी सम्हालिसक्ने हो पाठकहरूले?
षको उच्चारण ख हुने हुँदा षप्तड हुन पुगेको छ खप्तड तर खप्तरलाई आकाशीय खेचरसँग जोडेर खापर मस्टोसम्म बनाइएको खप्पर मस्टो बनाउने पनि उत्तिकै छन् साध्य नै भएन ‘संस्कृतमा भेडालाई मेष भनिन्छ घोडालाई घोटक वा घोट यिनै दुई शब्द मेष घोटको संयुक्त परिवर्तित रूप हो मस्टो भाषा व्याकरणअनुसार मेषको मष घोटको ओट शब्दको मिश्रित रूप मषोटबाट मस्टो भयो होला (आत्रेय) यो कस्तो एकातिरको निश्चिती अर्कोतिरको अन्दाजिफिकेसन हो? बुझिनसक्नु छ
प्रमुख मस्टा बुडु, कवा, बाबिरो, थार्पा (२५२९ मिटर) जुम्लाभित्रकै दुई–तीन दराहरूभित्रै पर्छन् त्यति सानो इलाकाभित्रका सामान्य शब्दहरूमा यो भयावह दिग्भ्रम देखिन्छ भने बाँकी नेपालका अनेकौं सन्दर्भहरूमा के आशा गर्ने?
कुरै ठीक छैन 
ढुँढा लौकिक आख्यानमा आउने एक राक्षसीको नाम हो हिरण्यकश्यपुकी बहिनी हो, जसले प्रह्लादलाई काखमा राख्छे त्यही अवचेतनमा बसेकी राक्षसी ढुँढाको चरित्र यहाँ ढँढार मस्टोको चरित्र बन्न पुगेको राम्रो प्रकृतिको मानिँदैन हुँदाहुँदा उसको नामानुवाद भागवत्महात्म्यको धुन्धुकारीसम्म (पोखरेल) हुन पुगेको छ मानौं, ऊ ढँढार होइन हुँडार हो जसलाई इष्ट मानिएको , ऊ कसरी दुष्ट प्रकृतिको हुन सक्छ? ढँढार (२२८६ मिटर) भन्ने ठाउँ नै छ बझाङमा ढाँढ वा ढँढारको खास अर्थ अक्करे गहिरो खाल्टो वा खोपा मात्र हो
मस्टोमध्येको बाबिरो मस्टालाई वामदेवगोत्री पनि भनिन्छ (आत्रेय) सम्म पनि लेखिएको छ हामीले बुझेसम्म ऋषि वा सन्तान वा चेला उनका गोत्रमा पर्छन् तर बेला यस्तो आइसकेको , भगवान् भएकाले समेत हाम्रा प्राडाहरूबाट गोत्र पाउन थालेका छन् मस्टालाई गोत्रमा हाल्ने हो भने शिव विष्णुका गोत्र के हुन्? पहिल्याउने चुनौती पनि त सामना गर्नुपर्‍यो हाम्रा विद्वान्हरूले यो एक लेखक (शर्मा) को लेखाइ कुरै नबुझी थपक्क आफ्नैजस्तो गरी टिप्दा भएको भयानक भूल हो शर्माले सुने मात्र लेखेका छन् उनी लेख्छन्— बाबिरोलाई वामदेव गोत्र दिएको मैले सुनें (पेज ९७, कर्णाली प्रदेश एक बिटो अध्ययन)

मस्टोको प्रकृति र मान्यता उत्पत्तिको अध्ययन गर्दा यो मानसरोवरको अधित्यकाबाट जन्मेर सोझै कर्णाली अञ्चलमा मान्य र पूज्य भएको थाहा पाइन्छ (कोइराला) भन्ने कस्तो गज्जबको थाहा पाइएको कुरा हो? जब मस्टामाथि लेखिएका कुनै शब्द अहिलेसम्म सीमापारिसँग महत्त्वपूर्ण सम्बन्ध नै राख्दैनन् बरु पश्चिमी सीमापारिका मस्टासमेत नेपालबाटै गएको मानिएको (खड्का)।मस्टा इन्द्रपुत्र जयत हुन् भनेर लेख्ने ठान्नेको झन् बगालै जयतको एउटा कथा हल्चोक डाँडास्थित १३ औं शताब्दीको मानगुप्त गोमीनिर्मित इन्द्रदह मानन्धरहरूको ाँगी जात्रासँग जोडिन्छ काठमाडौंमा तर यो कथा हो
भाषाशास्त्रको पढाइ त्रिविमा सुरु भएको (विसं २०३०?) आज ४५ वर्ष भयो तर तिब्बती भाषा वर्णोच्चारण हुने (फनेटिक) होइन भन्ने कुरामाथि ख्याल नगर्दा आफ्नो संस्कृत भाषामाथिको एकोहोरो ढिपी लाद्न खोज्दा भएको अन्योल हो यो 'पावै' ‘तर चौधबीस खोला, जुम्लामा मतवाली क्षत्रीहरूका समाजमा भने मस्टाले रगत नखाने कुराको ज्ञान छैन (पेज ९६, शर्मा ऐजन), पावई–मतवाली क्षत्री (डोरबहादुर विष्ट) पावई–मतवाली क्षत्री, हर्क गुरुङ, तीर्थबहादुर श्रेष्ठलगायत यावत् लेखकहरू, पावई/वृषल (पोखरेल) जस्ता लेखाइहरू नेपाली वाङ्मयमा प्रशस्त छन् जबकि त्रिविमा समाजशास्त्र/नृवंशशास्त्रको विभाग खुल्नुअघि नै त्यस विषयमा दक्ष बनेर आएका विष्णुप्रताप शाह/तेजेश्वरबाबु ग्वंग/विहारीकृष्ण श्रेष्ठजस्ता प्रशस्त नामहरू हामीसँग छन्
अघिल्लै एक लेखमा लेखिसकियो हिमालपारिको ब वारि आएपछि प बन्छ यसैले पाबई होइन पावै हो बोन्बो धर्मावलम्बीको रूपान्तरण हो पावै बोन धर्मका अनुयायीहरूले जनै लगाउँदैनन् नै यसैले राई, मगर, गुरुङ, लिम्बू, थारूले नलगाएका हुन् जनै अब जनै नलगाउनेबित्तिकै तिनलाई मतवाली भन्दै क्षत्री पनि जोडिदिनु कस्तो नृवंशशास्त्रीय परिपक्वता हो , अभिचारमा विश्वास गर्ने कालो बोन धर्मावलम्बी पावैले स्थापना गरेको मस्टाले रगत नखाएर दूध र खीर खाँदैन, यो बुझाउनै नपर्ने सामान्य कुरा हो , थप कुरा, आफूलाई पावै भनेको पावैले पटक्कै रुचाउँदैन एकदम अपमानजनक मानिन्छ मूलधारको संस्कृतिबाहिरको भन्ने बुझिन्छ जुम्लामा पावै भन्दा काँठको, कछाडिया, देहाती हौ तिमी भनेजस्तो मानिन्छ हो पनि त्यही बोन मत मूलधारमा छैन यसैले कथित नृवंशशास्त्रीय बुझाइ नै ठीक छैन
मतवाली खस लेखेको भए पूर्ण वैज्ञानिक संज्ञा हुन्थ्यो यी खस हुन् नै महान् खस साम्राज्यका वर्तमान उत्तराधिकारीहरू त्यो साम्राज्य जुन हुण शक साम्राज्यको समानान्तर थियो यी हुन् खस अवशेषका अथाह सूचनास्रोतहरू नकि वर्तमान खलंगावासी जुम्लीहरू तर रट लागेको पावई पावईको।दाड्या मस्टो दूधे मस्टो दुई हाँगा हुन् मस्टोका भन्नेका बारे लेखिएको छ (शर्मा ऐजन) एउटा बलि खाने हो, अर्को नखाने हो यो एक महत्त्वपूर्ण सूचना हो, त्यो के भने मस्टो बोन परम्पराको देवता हो, जसलाई ब्राह्मण र क्षत्रीहरूले पछि अपनाए र अपनाउँदै गए
ष्युम्बिल्हा
अझ युम्बिल्हा पनि होइन ष्युम्बिल्हा हो (कतिपयका निम्ति लेख्य ख्य, उच्चारण श्य हुने नियम छ तिब्बतीमा यसलाई तिनले व्याकरणीय भाषामा वासुर भन्छन् बाह्मीबाट गुप्त त्यसपछि शारदा हुँदै कुमाउँतिर पुग्दा टंकारी लिपिको नै सम्भोटा लिपिको श्य हुन पुग्छ त्यही शारदाको हाँगो पन्जाबीको गुरुमुखीमा पुग्दा पेट चिरेको य हुन पुग्छ शारदाबाट पनि पेट चिरेको प्रयोग गरिन्छ दुवैमा माउ लिपिकै कारण सम्भोटामा यो विरोधाभास आएको हो) यसैबाट मध्यनेपालको खुम्बिला हिमाल, खुम्बु बन्यो र यसैबाट चुम्बी उपत्यका भयो दक्षिण तिब्बतको कुइनेटो जम्बुबाट यम्बु त भएकै थियो उपत्यकाभित्रका प्रोज्ञ यम्बु–अहिलेको पम्बु, गौरीघाट उत्तर/सलम्बु–साँखु जाँदाको बाटो, सलम्बुटार, सलम्बुदेवी यही यम्बुबाट बनेका हुन् अन्य यावत् यम्बुहरूका बारे पाठकहरूले ‘काठमाडौं सहर’ (रेग्मी) जम्बुद्वीपको विचरण भन्ने शीर्षकमा पढ्न सक्नेछन्
अनि आजका राईबोधक ष्यम्बू (खम्बू) बन्यो, लयम्बू (लिम्बू), याम्फू (याम्फू राई) पनि बन्यो धेरै सम्भव ष्य सँगै प्रयोग हुन पुगेर याख्खा भयो नकि यक्षबाट याख्खा यसैले याख्यामाथि राई लिम्बु दुवैको दाबीमा कुनै आश्चर्य नै भएन यहाँ यी जातिहरूको भित्री अर्थ हो— यम्बुवासी राई पदवीबोधक मात्र हो, सुब्बा वा देवान भनेजस्तै अन्यथा ताप्लेजुङमा सेसाम्फु, सेसाम्बु, सिलिम्बु, थेचम्बु स्थान नामहरू हुने थिएन पाँचथरमा टिटिम्बु पनि हुने थिएन मगरको एउटा थर बयम्बु पनि हुने थिएन, नेवारको एउटा थर किलम्बू पनि हुने थिएन
बलम्बु/हेलम्बु
बलम्बु कम्तीमा सातौं शताब्दीको नाम हो तर तिब्बतदेखि मंगोलियासम्मका मानिसहरूका निम्ति नेपाल देशको एउटा पुरानो नाम बालवा पनि हो (श्रेष्ठ २०४५) भनिएकाले बलम्बु त्यसैको रूपान्तरण हो बालवा+यम्बु यही बालवाको एउटा रूपान्तरण हो पाल्पा यही बालवाको रूपान्तरण हो पाल्पु, जुन थाकालीहरूको निम्ति काठमाडौं उपत्यका हो पलाञ्चोक सिन्धुपाल्चोकको पाल्चोक पनि यसैको रूपान्तरण हो यही बाल+यम्बुको लोप भएर लिम्बु बनेको स्पष्टै यही बालयम्बु एकपल्ट फेरि हेलम्बु हुन पुगेको हेलम्बुकै परिवेशमा छ एउटा अर्को ठाउँ टिम्बु
बोदयुल र बलयुल
स्थानीयहरू बोदयुल (बोदहरूको देश) भन्थे, यही भोट भयो (पेज १००, खण्ड २, लेभी) बलयुल भन्छन् काठमाडौंलाई हुम्ली भोटे लामाहरू भुटानलाई द्रुकयुल भनिन्छ कश्मीरलाई क्रिचयुल लद्दाखलाई मारयुल भन्छन् तिब्बतीहरू दक्षिण तिब्बतलाई माङयुल भनिन्छ
घाङयुलको अर्थ घोडा चर्ने ठाउँ हो यो ठाउँ हेलम्बुमा यसर्थ माङयुलको अर्थ तामाङहरूको केन्द्र भएन घोडा चर्ने ठाउँ नै भयो लिच्छविकालीन काठमाडौंको नाम गाङ्गुलपतन पनि वाङमती–विष्णुमतीबीचको टार भएको बुझिन्न, घाङयुलको अपभ्रंस बुझिन्छ
तर यालुङकाङ (८५०५ मिटर) हिमचुचुरो ताप्लेजुङको उत्तरमा र युलोङ (५५९६ मिटर) हिउँपहाड छन् चीनको युनानमा युलुङपोखरी, लमजुङको स्रोत हिउँ नै हो
वालुङ छ संखुवासभामा, ओलाङचुङगोला छ ताप्लेजुङमा वालिङ स्याङ्जा खोटाङमा तर रोल्वालिङ (७१८१ मिटर) हिमाल छ दोलखामा योलुङ खोला ओखलढुंगामा, यालुङ खोला छ दोलखामा युल्मु खोला सोलुखुम्बुमा युल्मु (६९८२ मिटर) डाँडो बाजुरामा यालबाँट (२९८७ मिटर) हुम्लामा, यल्मो भन्ज्याङ (२७४३ मिटर), याला भन्ज्याङ (५४२५ मिटर) यालाकाङ (५७७९ मिटर) र यालाकोट खोला छ डोल्पामा
यालुङसाङपो हो चिनियाँ भाषामा, तिब्बतमा छँदा ब्रह्मपुत्रको नाम यसैले युल नामले स्थान, गाउँ, ठाउँ आज बुझाए पनि मूलमा यो हिउँ र त्यसबाट उत्पन्न पानीबोधक हो भन्ने स्पष्टै छ युलको अर्थ हो भन्ने निर्क्योल सही ठहर्दैन हिन्दीमा ओला भन्छन् असिनालाई, असिना बरफको टुक्रा नै हो यसैगरी नेपालको पुरानो नाम भनिने बालवा अर्थात् ऊनको देश पश्मिनाको देश (पेज २४५, श्रेष्ठ, २०६७) भन्ने निर्क्योल पनि सही ठहर्दैन, जब ओलाङचुङगोलाका वालुङहरूलाई होलुङ पनि भनिन्छ युल नै बालवा हुँदै वालुङ होलुङ, युल+यम्बु हुँदै हेलम्बु हुन पुगेको स्पष्टै छ ऊन, पश्मिना प्रशस्त उत्पादन हुन्छ तिब्बतमै भने, चीनमै भने तिनले नेपाललाई ऊन–पश्मिनाको देश अर्थात् बालवा भनिरहनुपर्ने दरकार पनि छैन
शाम्भला एक काल्पनिक स्वर्गरूपी स्थान हो नेटअनुसार कालचक्रतन्त्रमा यसको पहिलो उल्लेख यसका प्रमुख देव हुन् मञ्जुकीर्ति तर यो वज्रयानअन्तर्गतको तन्त्र भएकाले आठौं शताब्दीपछिको कल्पना हो जाम्बला हुँदै यो शब्द शाम्भला हुन पुगेको हो जाम्बलाबाटै बुझिन्छ जम्बुल्हाको रूपान्तरण हो मञ्जुकीर्तिलाई जम्बुल्हा अर्थात् जम्बुद्वीपका देवता भन्ने अर्थ गरियो भने सही ठहर्छ अर्थात् एकातिर हाम्रा विज्ञहरू मस्टामाथि लगभग ६५ वर्षदेखि अनेक कोकोहोलो गरिरहेछन् तर तिनको मस्टालाई १२ सय वर्षअघि नै मञ्जुकीर्तिमार्फत विस्थापित गर्ने प्रयास भइसक्यो भन्ने तिनलाई पत्तै छैन
पुछारमा
बोन्पो परम्परा भन्दछ— १८ हजार वर्षअघि दोर्जे शेराबले यो मत स्थापना गरेका हुन् उनी शाम्भलाबाट तिब्बत पुगेका हुन् वैदिक धर्मलाई अघि बढाउनमा उनको योगदान (नेट) जिरो कावाकिताले बोन मतको जन्म नेपालमै भएको संकेत गरेका थिए त्यो खेर गएको छैन लिम्बुहरूले ब्राह्मण–क्षत्रीलाई पेनेवा (बोन) भनेर गर्ने सम्बोधनको आधार यही मस्टो हो त्यो शतप्रतिशत सही अब यहाँबाट अरू जति पर पनि जान सकिन्छ


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...