Sunday, June 09, 2019

लिम्बुवान : संवेदनशील भूगोल


लिम्बुवान : संवेदनशील भूगोल
Naya patrika, २०७६ जेठ ४ शनिबार १०:५३:०० | काठमाडाैं
किपट प्रथालाई मास्ने क्रममा राज्यले अन्य क्षेत्रमा किपटसम्बन्धी लालमोहर नवीकरण गर्न छाडे पनि लिम्बू सुब्बाहरूलाई २०१७ सालसम्म लालमोहर प्रदान गर्दै आयो तत्कालीन राजा महेन्द्रले २०१७ चैत २७ गते आइतबार ‘पल्लो किराँतका लिम्बू किपटिया गैरके... भन्दै दिएकोे हस्तलिखित लालमोहर छापाखानामा छापी आफ्नो सुवांगीको छाप राखी धनकुटा मिकलुङ क्षेत्रका सुब्बा प्रेमबहादुर माबोहाङले विभिन्न व्यक्तिलाई प्रदान गर्दा यस लेखकको घरमा पनि आइपुगेको रहेछ यो लेखकसँग यसको प्रतिलिपि सुरक्षित
यो लालमोहर पल्लो किराँत लिम्बुवान प्रतिनिधि मण्डलका अध्यक्ष सु. प्रेमबहादुर माबोहाङबाट प्राप्त भन्दै जनकलाल शर्माको सम्पादनमा प्रकाशित पुरातत्व  विभागको मुखपत्र ‘प्राचीन नेपाल’को पूर्णाङ्क ८१ (वैशाख–जेठ २०४१ः२८) मा पनि छापिएको छ
अन्य क्षेत्रमा किपट प्रथा मास्दै गए पनि तत्कालीन राज्य अर्थात् राजाहरूले लिम्बूहरूको भने किपट भूमिसुधार लागू नभएसम्म पनि नवीकरण गर्दै गरेका कारण लिम्बुवान क्षेत्रबाट प्रशस्त ऐतिहासिक पत्र वा सामग्रीहरू प्राप्त हुन सम्भव भएको हो
तत्कालीन राज्य वा राजाहरू लिम्बू सुब्बाहरूलाई मीठोमसिनो गरी फकाउँदै फुल्याउँदै राख्न बाध्य थिए लिम्बूहरू पहिल्यैदेखि यस क्षेत्रमा आवाद छँदै थिए, त्यसमा पनि यस क्षेत्रको भूगोल गोर्खाली राजाका लागि सामरिक रूपले पनि संवेदनशील थियो त्यही कारण उनीहरू लिम्बू सुब्बाहरूलाई प्रदान गरिएको किपटसम्बन्धी लालमोहर नवीकरण गरिरहन्थे
२०२१ सालमा भूमिसुधार लागू भएपछि लिम्बूहरूको पनि किपट खोसियो २०२५ साल कात्तिक १९ गते लिम्बू सुब्बाहरूले विजयपुरमा एउटा भेला राखे, र शम्शेरबहादुर तुम्बाहाम्फेको नेतृत्वको प्रतिनिधि मण्डलले किपटसम्बन्धी समस्याबारे २०२५ मंसिर २० गते तत्कालीन राजा महेन्द्रलाई दर्शन भेटका लागि बिन्तिपत्र चढाइएका थिए
यस गतिविधिलाई लिम्बू अगुवाहरूको किपट फीर्ति अर्थात् उनीहरूको भूमिसँगको ऐतिहासिक विरासतसँगको सम्बन्धका रूपमा हेर्न सकिन्छ
लिम्बू–सिक्किम सम्बन्ध
लिम्बू अगुवा सुब्बाहरूको सिक्किमको राजघरानासँग सम्बन्ध थियो यहीकारण लिम्बूहरूको राजनीतिक सम्बन्ध सिक्किमसँग निक्कै बलियो थियो १८३१ साउन महिनामा भएको गोर्खाली पक्ष केही लिम्बू सुब्बाहरूको सम्झौता नमानी आफ्नो अडानमा बस्ने लिम्बू सुब्बामध्ये कतिपय सिक्किम पुगेर राजनीतिक शरणार्थी बनेका मात्रै होइन, त्यहीँ रहेर गोरखालीहरूसँग लड्ने युद्धनीति बनाएका प्रमाण उपलब्ध छन्
इमानसिंह चेम्जोङको ‘किराँत इतिहास’ (२०५९ः४५–४६) अनुसार माझ किराँत अम्बल गरी गोरखाली सेना अरुण तर्दा त्यो वेला १० लिम्बू १७ थुममा १२ जना नामी सुब्बा थिए तीमध्ये आठराईमा श्रीजंग राय, पाँचथरमा श्रीफुङ राय, चौबिसमा जमुन राय, फेदापमा आतहाङ राय, तम्बरखोलामा शुभवन्त राय, मेवाखोलामा रैनसिंह राय, मैयाखोलामा श्रीदेव राय, याङरोकमा यङयाहाङ राय, छथरमा सुनुहाङ राय, चारखोलामा आसदेव राय र चैनपुरमा जसमुखी राय सुब्बा थिए तीमध्ये फेदापमा आतहाङ रायको नेतृत्वमा तम्बरखोलाका शुभवन्त, मैयाखोलाका श्रीदेव र मेवाखोलाका रैनसिंह गोरखासँग मिले भने चैनपुरका जसमुखी सिक्किम पसे छथरमा सुनुहाङ, याङ्रोकमा योङयाहाङ र चोरखालाका आसदेव लड्दै रहे तर, हतियारको अभावमा हार बेहोर्नुपरेपछि उनीहरू सिक्किम पसे
१८४८ को चैनपुरको विद्रोहमा लिम्बूहरूले चीन, तिब्बत, सिक्किम र लेप्चाहरूको साथ लिएका थिए । यसको मुख्य कारण लिम्बूहरूले बचाउँदै आएको भूगोल र यसको सामरिक संवदेनशीलता महत्वपूर्ण छ ।
उनीहरू सिक्किम पसेर पनि गोरखालीहरूसँग लडिरहेको प्रमाण पाइन्छ भारतको मिरिकनिवासी साहित्यकार तथा संस्कृतिकर्मी विरही काइँलासँग सुरक्षित रहेका राजा रणबहादुर शाहकालीन लालमोहरले यसको पुष्टि गर्छ १८४३ साल जेठ सुदि सोमबार जारी गरिएको यो लालमोहरमा िम्बू सुब्बाहरू देवपति राय, थामावु राय, बहिनामसा राय, फेन्दुवा राय, शाभामुधा राय, थेबेसिंह राय, जसमुखा राय, गोथिम राय, सां राय, नामसाहाङ राय, इगुमसेदी राय, पोतवा राय, ओङ्देवा राय, फावोहांग्या राय, यंवा राय, षिंभिदिंग राय, पातलुवा रायलाई आफ्नै थातथलोमा फर्कन आह्वान गरिएको छ
यसमा ‘...हिजो तिमीहरूले पारि बसी लुटपिट गोवध खतछित् ग-याको सब माफगरिबक्यौँ हाम्रा पिछा प-यापछि गोवध नगर्नु पारी हुँदा ग-याको षत वापत तिमीहरूलाई कसैले दराउतम्बी ग-या अप्सरिया होला निमिषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरूको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जस्को जस्तो जस्तो छ जाँची बुझि लाजिमा माफिक बनाइबक्सौंला...’ परेकोले लिम्बुवान गोरखा राज्यमा परिसकेपछि पनि कतिपय लिम्बू सुब्बाहरू सिक्किममा राजनीतिक शरण लिएर सीमा क्षेत्रमा वेलावेलामा छापामार आक्रमण गर्ने गरेका थिए भन्ने पुष्टि हुन्छ
१८४८ मा त लिम्बूहरूले सिक्किम र लेप्चाहरूको साथ लिएर चैनपुरमा ठूलो विद्रोह गरे केहीदिन उनीहरूले चैनपुर कब्जा नै गरे यसको पुष्टि गोरखालीतर्फबाट जाजरकोटी राजा गजेन्द्र शाहलाई रणबहादुर शाहले लेखेको पत्र योगी नरहरिनाथको सम्पादनमा छापिएको ‘इतिहास प्रकाशमा’(२०२२ः११–१२)मा पढ्न पाइन्छ
१८४८ साल चैत सुकल २ शनिबार लेखिएको यस पत्रमा रणबहादुर शाहको भाकामा ‘...विजैपुर तिर अरुन नदीपार सुषिम चयनपुरमा चिनिया भोट्यास्मेत् आई लिम्वुवान लापच्यालाई भित्र संच षर्चदि कमाई कन कुलगरि चयनपुरको गढीसमेत् १/२ जग्गा लिएथ्यो ५/७ हजार वैरी आएको रहेछ विजैपुरको सुव्वा पुर्नानन्दपाध्या १/२ कोंपनि तिलं(गा) अरु ढलेत् सिपाही लि चयनपुरको गढी सिद्धिपुरमा षलंगा वारी वस्याका वैरिकन पठायाका पलटन भारा फौज पुगी सामील भै सिद्धिपोखरीमा ३ ठूला षलंगा वारी वस्याका वैरीलाई हाम्राले २ मुष गरी छेका पारी हान्या छन् यक पनि उम्कन नपाई कत्तल ग-याछन्...’ भन्ने उल्लेख छ यसबाट लिम्बूहरूले सिक्किम, चीन, भोट (तिब्बत) र लेप्चाहरूको साथ लिएर चैनपुर आक्रमण गरी केहीदिन कब्जा गरेका स्पष्ट हुन्छ
यो विद्रोह प्रमाणित हुने दुईवटा महत्वपूर्ण रुक्काको प्रतिलिपि यस लेखकले साहित्यकार, इतिहासकार र संस्कृतिकर्मी टङ्क बनेमको सौजन्यमा प्राप्त गरेको छ यसमा गोरखाली भाषामा ‘कुल गरेको’ भनिएको भाकाअनुसार १८४८ भाद्र सुदि सोमबार सिरदेव (कतै सिर्देउ, श्रीदेव)को नाममा लेखिएको एक रुक्काअनुसार त्यो विद्रोहमा सामेल भए पनि कसैलाई दण्ड नदिइएको र सबै सुब्बाहरूको नाममा मोहर जारी हुने उल्लेख छ
पत्रको भाका यस्तो छः
स्वस्तीश्री मन्माहाराजधिराज कस्य रुक्का––––
आगे फागु सिरदेव राये प्रति अघि तिमिहरूले सुषिमसित मिली कुल गरेर ल्याये पनि हारेउ सुब्बाहरूले दांड लीया कुल ग¥याको सासना भयाको छैन. येस साल फिरी पूर्व तिर काज आडिव सवै लीम्वुका नाउमा मोहर जान्छ मोहर वामोजिमहआत हतियार सित सुवा पगरी कुरिया प्रजा छारा भै सुव्वा पगरी कुरिया प्रजा झारा भै सुव्वा पूनानन्द उपाध्याको सामील हौ यतावाट जान्या भारदार औ सुव्वाका सल्लाहले जता गरी खटाउछन् उसैमुख जाई काज गर अघिका जस्तो कुलचुल परिपंच ग¥या सास्ना दुःख पाउला सोझो निष्रिकन कानमा जीष तम्रो मीहेनत सेवा माफिक गौरव वस्ति गरि वक्सौला इति सम्वत १८४८ साल भाद्र वदि २ रोज २ शुभम्–––
सिर्देउ रायकै नाममा पुनः चार वर्षपछि किपट थमौती अर्को रुक्का जारी गरियो यो रुक्कामा पनि १८४८ को लिम्बूहरूको विद्रोह उल्लेख १८५२ भाद्र सुदि शुक्रबार जारी गरिएको रुक्कामा ...तेरा बाबु बराज्यूका पालादेषिको किपट जिमिन तेरा भाइ बिरादार मुसा पर्जा अठचालिस सालमा कुल हुँदा भागि ठडियाका प्रजा थामि बक्स्यौँ...’ उल्लेख भएबाट लिम्बूहरूको विद्रोहका बाबजुद तत्कालीन राजा लिम्बूको किपट थमौती गर्न बाध्य थियो भन्ने प्रमाण यताबाट जुट्छ
लिम्बुवानमा धेरैका आँखा
१८४८ सालको चैनपुरको विद्रोहमा लिम्बूहरूले चीन, तिब्बत, सिक्किम र लेप्चाहरूको साथ लिएको ऐतिहासिक प्रसंग माथि आइसक्यो यसको मुख्य कारण लिम्बूहरूले बचाउँदै आएको भूगोल यसको सामरिक संवदेनशीलता महŒवपूर्ण छ यस क्षेत्रतिर माथि उल्लेखित देशहरूका साथै भुटान तत्कालीन इस्ट इन्डिया कम्पनी पनि हेरी विचारी गर्दै रहेका थिए यसमा लिम्बू सुब्बाहरू सकेसम्म आफ्नो पुरानो विरासत फर्काउन चाहन्थे उनीहरू कहिले आफ्नो सीमाभित्र कहिले सीमाबाहिरबाट यस्तो गतिविधि गरिरहेका थिए
यहाँ इतिहासकार दिनेशराज पन्तबाट प्रस्तुत भएको ‘श्री ५ रणबहादुर शाहको नौ वटा अप्रकाशित लालमोहर’ शीर्षकको लेख ‘पूर्णिमा’को पूर्णाङ्क ५८ (चैत २०४०ः३१–४४)मा प्रकाशित छ यी ऐतिहासिक पत्रहरू लिम्बुवानको संवेदनशील सामरिक भूगोलको विवेचनाका लागि राम्रो खुराक हुन्
रणबहादुर शाहकालीन ती पत्रहरू लेखिँदा योग नाराण मल्ल (कतै जोगनारायण मल्ल) विजयपुरमा रहेर सुब्बा पदबाट प्रशासन चलाइरहेका थिए उनले त्यस क्षेत्रको पहाडी भेगमा आवाद लिम्बूहरू उनीहरूसँग सीमा जोडिएको तथा सीमा नजिकका देशहरूको गतिविधि मसिनो ढंगले नियालिरहेका थिए मल्लले लिम्बूहरूको आन्तरिक गतिविधि छिमेकी देशहरूसँगको सम्बध तगा लिम्बुवानमा उनीहरूको गतिविधिको सूचना राजालाई दिन्थे भने राजाबाट आवश्यक आदेश उनले पाइरहेकै थिए
पन्तबाट प्रकाशित ती पत्रमध्ये १८३५ वैशान सुदि ४ सोमबार (पृष्ठ ३१–३२)को पत्रमा वारिका सुब्बामार्फत ल्हासाबाट सोधिएको साँधसिमानाबारे मल्लले राजालाई जानकारी गराएका छन् ल्हासाले त्यस क्षेत्रका ठाना कुर्ने आठथुमलाई उकासेर गएपछि त्यहाँका ठानाहरू खाली भइरहेकाले मुलुकको सुरक्षा कसरी गर्ने हो ? भन्ने चिन्ता मल्लले गरेकोमा यता राजाका तर्फबाट तत्काल सैनिकहरू पश्चिमतिर खटिइरहेको हुँदा उताको काम सकिएपछि पूर्वतिर पठाउने आश्वासन दिइएको छ
यस्तै १८३५ वैशाख वदि ४ बिहीबारको पत्र पढ्दा त्यो वेला सिक्किमका पुराना र नयाँबीच काजीबीच लडाइँ भइरहेको, पुराना काजीले धर्मा (भुटान)को फौज उठाई सिक्किममा आक्रमण गरेको र अर्कोतिर त्यसैवेला भोटले लिम्बूहरूलाई दुःख दिइरहेको हुँदा र लिम्बूहरूले आफूसँग सहयोग माग्दा भोटमाथि आक्रमण गर्न वचन दिएको उल्लेख छ यसो हुँदा भोट लिम्बूमा फुट आउँछ आफूहरूलाई यसले फाइदा गर्छ भन्ने व्यक्त गरिएको यसमा भनिएको , ‘लिम्बु र भोट्या फोर्नु हाम्रो सब्यै हो...।’
१८३६ आषाढ सुदि १० बुधबार लेखिएको पत्र (पृष्ठ ३६–३७)मा भोटगाउँ (लिम्बुवानको हिमाली क्षेत्र)मा लडाइँ भएको उल्लेख छ भोटगाउँमा आक्रमण गर्ने को हो ? भन्ने सोधनी राजाबाट भएको छ ल्हासाको सल्लाहमा त्यस्तो लडाइँ भएको हो कि भुटानको सल्लाहमा यस्तो भएको हो भन्ने सोधनी भएको यदि भोटका प्रशासकको आदेशबाट यस्तो आक्रमण भएको हो भने भोट गाउँका गाउँलेलाई पिछा लिन हुँदैन भन्ने निर्देशन काठमाडौंबाट गएको यो पत्रबाट बुझिन्छ
त्यसवेला भुटान र सिक्किमबीच पनि वेलावेलामा युद्ध हुने गथ्र्यो १८३७ भाद्र वदि शुक्रबारको एक पत्र (पृष्ठ ३८–३९) मा लेखिएअनुसार भोटको बाटो हुँदै सिक्किम आक्रमण गर्न भुटानका नौ हजार सैनिक आएको तर झोलुंगे पुल काटिएकोले फौज हटे यता राजाबाट भोट, मधेस तथा भुटानका गतिविधिहरू पनि बुझ्दै गर्न आदेश दिइएको छ
बाँकी ३ वटा पत्र अपूर्ण छन्, त्यसैले कहिले ती पत्रहरू लेखिए तिथिमिति खुल्दैन, तर यसमा लिम्बू सुब्बाहरूको त्यो समयको सक्रियतासम्बन्धी घटनाहरू खुल्छन् अघिल्ला पत्रहरू १८३५ देखि १८३७ सम्मको मिति खुलेकाले यी पत्रहरूको उल्लेखित ‘श्रृंग्या’ ‘सिरिं’ अर्थात् सेरेङ चोङबाङ परेकोले यो पत्र १८३९ भन्दा अघि वा १८३७÷३८ सालमा लेखिएको हुनुपर्छ
यसमा सेरेङहरू पनि गोर्खालीसँग मिल्न आउने उल्लेख छ सेरेङहरूको अगुवा सुब्बा रैनसिंह रायलाई पहिले सेन राजाहरूले दिएको नगरा निशान र मोहर आफूले पनि दिने भएकोले चाँडै काठमाडौं आई ती बुझ्न रणबहादुर शाहले बोलाएको पत्र इतिहासकार शिवकुमार श्रेष्ठको ‘लिम्वुवानको ऐतिहासिक अध्ययन’ (२०६३ः११७)मा प्रकाशित १९३९ श्रावण वदि ८ को पत्र पढ्न पाइन्छ यसबाट यस्तो अनुमान गरिएको हो 
पन्तबाट प्रकाशित पत्रमध्ये (पृष्ठ ३९–४०) मा गोर्खाली पक्षसँग सेरेङहरू मिल्न आउँदै गरेको खबर पठाइएको र राम्ररी मिल्ने हो भने मिलाउनु भन्ने उल्लेख छ यस्तै (पृष्ठ ४१)मा सांभा (साँवा) सिरिं (सेरेङ)हरूले फेदापबाट आफूहरूसँग गुहार मागेको र सुब्बाहरू २/३ तिर भएको तथा प्रजाहरू भोटेहरूतिर भएको भन्ने उल्लेख भएबाट त्यो वेला भोटले लिम्बुवानमा आक्रमण गर्दा लिम्बू सुब्बाहरू विभाजित भएका र त्यहाँका बासिन्दा भोटको निर्देशनमा चलेका भन्ने अर्थ लगाउन असहज हुँदैन
तर पनि सेरेङहरू गोरखालीका लागि विश्वसनीय भएनन् अर्को पत्र (पृष्ठ ४३–४४) मा यता राजाबाट मल्ललाई चौतर्फी रूपमा आफूहरूमा चुनौती रहेकोले बहुत होसियारीसाथ काम गर्न आदेश दिइएको मकवानी साहेब (सेन राजखलक) सीमापार (इस्ट इन्डिया कम्पनी)मा गएर हंगामा गर्न लागेको, पूर्वोत्तरतिर सेरेङ लिम्बूहरू र दक्षिणतिर सरुप (विस्थापित गोरखाली मूलकाजी) खतरनाक रहेको उल्लेख भएबाट त्यो वेलाको लिम्बुवानको भूगोलको सामरिक संवेदनशीलतालाई सहजै अनुमान गर्न सकिन्छ 


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...