Thursday, July 04, 2019

क–कसले मिचे टुँडिखेल ?


क–कसले मिचे टुँडिखेल ?
लिच्छविकालमै खुला स्थलका रूपमा रहेको टुँडिखेल कालक्रममा शासकहरूको मिचाइको यस्तो नमुना बन्यो, मानौं यो समाजको सबभन्दा निर्धो चीज हो । कहिले फौज त कहिले ठेकेदारका नाममा राजा/शासक, नेता र माफियाहरूको टुडिखेलमा चलखेलको वृत्तान्त ।
वैशाख २१, २०७६यादव देवकोटा
लिच्छविकालीन समय । पुरानो काठमाडौं सहरभन्दा बाहिर, पूर्वपट्टिको लम्बेतान चौर । जो ‘लायकुपुई’ बाट मुस्किलले साढे तीन सय पाइलाको दूरीमा अरू जमिनभन्दा अलिक उठेको ढिस्कोजस्तो भएर बसेको थियो फराकिलो खुला जमिनको सहरवासीका लागि एकसाथ अनेक उपादेयता थिए घरपालुवा जनावर चराउने, केटाकेटी खेल्ने, विशेष जात्रा र उत्सवहरू मनाउने प्रयोजनका लागि उक्त खुला जमिनको उपयोग हुन्थ्यो
आरम्भ
लिच्छवि राजा गुणकामदेवको शासनकालमा विसं ७ सय ७८ मा सवलवहाः (मन्त्रसिद्धि महाविहार) का तान्त्रिक शाश्वतबज्र बज्राचार्यले उक्त खुला चौरको पश्चिमी बीच भागमा महाँकाल भैरवको स्थापना गरेका थिए उनैले विसं सय ८१ मा उक्त खुला चौरको पूर्वी भागमा बज्रतुँडीदेवी (भद्रकाली) को स्थापना गरेका थिए (बज्राचार्य, इन्द्ररत्न–सदर टुँडिखेल, गोरखापत्र, ११ असार, २०४१) विसं १९९० को भुइँचालोमा समेत महाँकालको मन्दिर केही नभएकाले यही महाँकाल मन्दिरको चौघेरामा भूकम्प पीडितोद्वारक संस्था गठन गरिएको थियो (योगी, देवीप्रसाद–देवमाला वंशावली, पृ ५१)

बज्रतुँडीदेवीलाई महाँकाल भैरवले दिएको दाइजोको रूपमा ती दुई तन्क्रशत्तिका केन्द्र (महाँकाल र बज्रतुँडिदेवी) को अघिल्तिरको विशाल जमिन समर्पित गरिएको हुनाले ‘तुंख्य’ का रूपमा उक्त चौर परिचित हुन थालेको थियो मल्लकालको आखिरी समयतिर टुँडिखेल ‘तुंखेल’ को रूपमा परिचित रहेको पाइन्छ विसं १७६५ को अभिलेखमा तुंखेलका रूपमा उक्त चौरको उल्लेख भएको पाइन्छ (बज्राचार्य, गौतमबज्र–हनुमानढोका राजदरबार, पृ २४७)

राणाकाल सुरु हुनुअघिसम्म आज टुँडिखेल भनेर परिचित उक्त मैदान तुंडिखेलकै रूपमा उच्चारित हुन्थ्यो ‘प्रत्याङ्गिरादेवी र बज्रभैरवले बज्रतुण्डीदेवीलाई दाइजो दिएको ठाउँ हुनाले तुंडीक्षेत्र भनि कहलाएको हो अद्यापि त्यस क्षेत्रको नाम तुंडिखेल भनि प्रख्यातै बज्रतुण्डी अर्थात् भद्रकालीलाई वैद्यशास्त्रमा पारंगत भएकी पात्रका रूपमा समेत लिइन्छ उनको नामान्तर ‘लज्जापीठ’ को रूपमा उल्लेख भएको पाइन्छ त्यसबखत भद्रकाली नजिक खुला चौरको रूपमा रहेको टुँडिखेललाई स्थानीयहरूले खुला दिसापिसाब गर्ने स्थलको रूपमा परिणत गर्ने गरेको सुन्दरानन्द विचरित त्रिरत्न सौन्दर्य गाथा पढ्दा थाहा पाइन्छ ‘जौना तुण्डिखेलविषे कुकीर्ति, इत्यादि कसिंगल, मलोत्सर्ग, मुत्रोत्सर्ग गरि फोहोर गर्नुमा सबै लोकको लाज मान्दा लज्जापीठ भनी प्रख्यात भएको छ (धनबज्र, उही, पृ १७७)।’ सम्भवतः त्यसबखत घरपिच्छे शौचालय नहुने उपलब्ध सार्वजनिक स्थानमा दिसा–पिसाब गर्ने प्रचलन रहेको भक्तालुहरूको भीड लाग्ने भद्रकालीनजिक ुँडिखेलमा मानिसहरूले सार्वजनिक तवरले फोहोर गर्ने कारण मनिसहरूले बज्रतुण्डी पीठलाई ‘लज्जापीठ’ भनि हियाएको देखिन्छ त्यसयताका दुई शताब्दीसम्म पनि काठमाडौं सहरमा आवश्यक सार्वजनिक शौचालय नहुनुले हाम्रो आधुनिक समाजको आजको जम्माजम्मी योग्यतालाई प्रतिविम्बित गर्
प्रारम्भिक समयमा कतै अरू जमिनभन्दा अलिक उठेको ढिस्कोजस्तो र कतै समथरजस्तो उक्त चौर रानीपोखरीदेखि अहिलेको दशरथ रंगशालासम्म फैलिएको थियो प्रताप मल्लकालीन समयमा रानीपोखरी बनाएपछि पनि निकै लामो समयसम्म बाँकी भाग टुँडिखेलको रूपमा अस्तित्वमा रहिरह्यो

यसरी कम्तीमा पनि लिच्छविकालीन समयदेखि नै आज टुँडिखेल या टुणीखेल भनेर चिनिने रैथानेहरूको भाषाको तुंख्य (तिनिख्यः) को सार्वजनिक महत्त्व उल्लिखित भएको पाइन्छ लिखित प्रमाण नभेटिए पनि प्रस्टै उल्लेख गर्न सकिन्छ, त्यसअघि पनि त्यो सार्वजनिक सम्पत्तिकै हिस्सा थियो कमसेकम गुणकामदेवको समययता यो सार्वजनिक अर्थात् जनताको सम्पत्तिको रूपमा रहँदै आएको थियो शाह राणाकालीन हुकुमी मनोमानीको अढाई सय वर्षमा रैथानेहरूको विशाल जमिन उनीहरूबाट खिच्ने सत्तासीनहरूबाट निजीकरण गर्ने शासकीय अभियानै चलाइँदाका दिनमा पनि टुँडिखेलको विशाल चौर सार्वजनिक सम्पत्तिकै रूपमा रहन सकेको थियो तर, विसं २००७ को ‘प्रजातन्त्र’ पछिका दिनले भने सार्वजनिक सम्पत्ति उपयोग र उपभोग गर्न पाउने नागरिक अधिकार भने सत्ताको तजबिजीमा अलप गराइदिएको अवस्था देखिएको छ
उप्रान्त
यंगल र यम्बुको आकार बढ्दै जाने अर्थात् सहर फैलिँदै जाने क्रम बढिरहँदा पनि ‘तुंख्य’ भने सहरवासीलाई परम्परागत तवरले नै तलवितलको आश्रय, चाडपर्व, रीतिथिति र संस्कार, संस्कृतिको बखत मानिसको पाइला थाम्ने सार्वजनिक स्थलको रूपमा भरोसा बनिरहेको थियो गुणकामदेवकै ालामा प्रत्येक चैत्र कृष्ण पक्षको औंसी तिथिको दिन बेलुका भद्रकालीको मूर्ति भएको दुईवटा खटहरू टेवहाल र वटुटोलबाट तथा कंकेश्वरीको मूर्ति भएको खट यट्खा टोलबाट ल्याई खरीको बोट (हाल सैनिक मञ्च) अगाडिको मैदानमा जुधाउने चलन चलाइएको थियो त्यसरी जुधाउने क्रममा कालीका दुई खटलाई कंकेश्वरीको खटले तीन पटक प्रदक्षिणा गराउने थिति पनि बसालिएको थियो (इन्द्रमान, उही) जब खरीको बोट ढालेर महेन्द्रकालीन समयमा सैनिक मञ्च बनाइयो, त्यसले रैथानेहरूको हातबाट सार्वजनिक सम्पत्ति सेनाको संगीन नियन्त्रित घेराभित्र मात्रै गएन, रैथाने सांस्कृतिक उत्सवको परम्परासमेत बलात् बिथोलियो

यक्ष मल्लको समयपछि उनका छोराहरूले उपत्यकाको बलियो मल्ल राज्य टुक्र्याएर एकापसमा भागबन्डा गरेपछि उफत्यकाका राज्यहरू नै एकअर्काको आक्रमणको त्रासमा रहन लागेका थिए त्यसत्रममा उनीहरूले आ–आफ्नो राज्यको सुरक्षाको प्रयत्न गर्ने क्रममा विसं १५४१ मा रत्न मल्लले आफ्नो राज्यमा देश–विदेशबाट घोडाहरू झिकाएर असल घोडाहरूको परीक्षा गर्ने क्रममा दिनहुँजसो टुँडिखेल मैदानमा घोडाहरू दौडाउने परम्परा बसालेर प्रत्येक वर्ष चैत्र कृष्णपक्षको औंसी तिथिका दिन राजाको उपस्थितिमा घोडा जात्रा देखाउने रीत चलाइदिएका थिए (इन्द्ररत्न, उही) यसरी ‘तुँख्य’ काठमाडौं निवासीहरूको परम्परा संस्कृतिको समेत एउटा अनिवार्य हिस्साको रूपमा विकसित भएर आएको थियो

बलमिच्याइँ
प्रत्येक वर्ष मनाइने फागु मेलाका लागि वसन्तपुर दरबारमा उभ्याइएको होलीको प्रतीक चीर फागु पूर्णिमाको तिथिमा बेलुका ढालेर त्यहाँबाट तान्दै लगेर टुँडिखेल मैदानको भद्रमसानमा लगि आगो लगाई दाहसंस्कार गर्ने गरिएको (इन्द्ररत्न, उही) मा ऊक्त रीत गरिने मुख्य जमिन सैनिक अतित्रमणमा परेकाले काठमाडौंको सांस्कृतिक परम्पराको स्थल नै फेरबदलमा परेको छ ैथाने अनुश्रुतिअनुसार, भूपालेन्द्र मल्लको शासनकालको समयमा विसं १७८० तिर पारावर्त महाविहार (इटुम्बहाल) का केशचन्द्र मल्लले रसुवाको गोसाइँकुण्डबाट भीमकाय शरीरका गुरुमापालाई सुन बोकाई विहारमा ल्याएका थिए विहारमा रहेका बच्चाहरू मर्ने हराउने भएपछि गुरुमापाले मारेको ठानी अरू क्षति नहोस् भनेर गुरुमापालाई त्यहाँबाट टुँडिखेलमा मैदान पुर्‍याई प्रत्येक फागु पूर्णिमाकै दिन बेलुका एक मुरी चामलको भात र एउटा राँगाको मासु पकाएर लगि खुवाउने गर्न थालियो गुरुमापालाई राक्षस ठानी उसलाई खुसी बनाउन अहिले पनि उक्त रीत रैथानेहरूले थामिरहेकै पाइन्छ आफूले नदेखेको, नभेटेको राक्षस भनिएको पात्रसँग आफ्ना पुर्खाहरूले गरेको भनिएको वाचाको आज पनि इमानदारीपूर्वक पालना गर्ने काठमाडौंका नेवार समुदायको त्यही इमान प्रदर्शन गरिने जमिन टुँडिखेल भने आज एकपछि अर्को शासकीय बेइमानीले उनीहरूबाट खोसिँदै सकिन लागेको छ मल्लकालभरि टुँडिखेल काठमाडौंवासीको जीवनको, संस्कृति र परम्पराका एउटा अभिन्न हिस्सेदरको रूपमा रहिरह्यो यसकै वरिपरि रहेका लुमडी भद्रकाली, महाँकाल, रानीपोखरीले पनि टुँडिखेललाई धार्मिक मतले अँठ्याएको स्थानीय समाजको अनिवार्य हिस्साको रूपमा विकसित गरायो
आक्रमण
त्यसरी काठमाडौंले खुला रूपले सास लिने टुँडिखेलको अतिक्रमणको सुरुआत भीमसेन थापाको समयबाट भएको पाइन्छ उनले वाग दरबार बनाउन सय २० रोपनी जमिन अधिग्रहण गर्ने क्रममा सानो टुँडिखेल (हाल रंगशाला) टुँडिखेलबीचको केही जमिन हडपेका थिए त्यसरी जमिन अधिग्रहण गरीवरी बनाइएको भीमसेनको दरबार भने हेनरी एम्ब्रोज ओल्डफिल्ड आएको बखत निकै उपेक्षित अवस्थामा रहेको उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् भीमसेन माथवर मारिएपछि वागदरबारको फूल बगैंचा निकै उपेक्षित अवस्थामा रहेको, दरबार रहेको क्षेत्र झाडीले भरिएको, माछा पाल्न बनाइएको पोखरी सुक्खा भएको, दरबारको भवन उपेक्षित अवस्थामा पुगेको थियो (ओल्डफिल्ड, स्केचेज फ्रम नेपाल, भाग १, पृ १०९) टुँडिखेलको अर्को कुनामा रहेको रानीपोखरीको उत्तर पश्चिमी उत्तर दक्षिणी कुनामा प्राचनी सहरी प्रवेशद्वारहरू थिए (ओल्डफिल्ड, उही, पृ १११)
जंगबहादुर सत्तामा आएपछि टुँडिखेलमाथि सैनिक अतिक्रमण बढ्यो भीमसेन थापाको प्रबन्धबाट विष्णुमतीपारि सैनिकका निमित्त छाउनी बनाइएको थियो (धनबज्र, उही, पृ ५१) सैनिक जंगी अड्डाको स्थापना उनै जंगबहादुरको पालामा भएको थियो (मिश्र, तीर्थप्रसाद–नेपाली सेनाको विकास र विस्तार (नेपाली सेनाको इतिहास), पृ ११९) त्यसअघि सैनिक परेड छाउनीमा हुने गरेकोमा जंगबहादुरले टुँडिखेलमा सारे घोडेजात्राको दिन टुँडिखेलमा सेनाको तामझम देखाउने चलन जंगबहादुरले सुरु गरे उनैले शाही घोषणा महत्त्वपूर्ण निर्णय ुँडिखेलबाट सार्वजनिक गराउने थिति बसाले निर्णय सुनाउँदा खरीबोट वरिपरि सेनाले पहरा दिन्थ्यो राणा प्रधानमन्त्री चौतारीमा उभिन्थे (श्रेष्ठ, सुदीप–मध्यसहरमा आर्मी हेडक्वार्टर किन?, सेतोपाटी, १७ फागुन, २०७४)
श्रेष्ठले जंगबहादुरको पालामा छाउनीको परेडको परम्परा टुँडिखेलमा सरेको उल्लेख गरे पनि इन्द्ररत्न बज्राचार्यले भने रणोद्वीपसिंह राणा प्रधानमन्त्री भएको बखत उनका सेनापति धीरशमशेरले छाउनीबाट टुँडिखेलमा कवाजको परम्परा स्थानान्तरण गरेको उल्लेख गरेका छन् उनी लेख्छन्— विसं १९३५ मा धीरशमशेरले सानो रहेको टुँडिखेललाई बढाएर पल्टनको कवाज छाउनीमा भैरहेकोमा टुँडिखेलमा गराएर त्यसलाई चाहिने तोपखाना घर दक्षिणतिर र पश्चिमतिर बन्दुक राख्ने टहरासमेत बनाई चारैतिर रूखहरू रोपिदिए टुँडिखेलको आधुनिकीकरण गर्ने श्रेय प्रधानमन्त्री रणोद्वीप सिंहलाई जान्छ, किनभने उनले विसं १९३५ मा आफ्ना प्रधानसेनापति धीरशमशेर राणामार्फत यसलाई ठूलो र व्यवस्थित बनाउन (समतल) बनाउन लगाएको उल्लेख भएको पाइन्छ (रेग्मी, जगदीशचन्द्र, काठमाडौं सहर, पृ १९२) विसं १९५८ मा देवशमशेरको पालामा मध्याह्नमा सार्वजनिक तवरले समय जनाउन भनी तोप पड्काउने चलनको सुरुआत भएको थियो

राणाकालीन समयमा टुँडिखेल नागरिकको सार्वजनिक सम्पत्तिबाट सैनिक वर्चस्वको खेलमैदानमा परिणत हुन थालेको थियो सरदार भीमबहादुर पाँडे लेख्छन्— त्यसबखत टुँडिखेलको कुनै कुनै भागमा बन्दुक बोकेका सिपाहीहरूको केही केही कवाज चलिरहेको हुन्थ्यो विसं १९८९ मा सिपाहीहरूको मासिक तलब बाह्र रुपैयाँ पुर्‍याउँदा सिपाहीहरूले टुँडिखेलमा पुकारेको जयजयकारले काठमाडौं सहर गुन्जिएको थियो (त्यसबखतको नेपाल, भाग १, पृ २१५/२२१) विसं २००० सालमा शाही जंगी अड्डाको अघिल्तिर ठाउँठाउँको कच्ची सडकलाई जुद्धशमशेरले कालोपत्रे राएका थिए (इन्द्ररत्न, उही)

राणाकालीन समयमा महत्त्वपूर्ण निणर्य सार्वजनिक तवरले सुनाउनका लागि पनि टुँडिखेलको बीचमा रहेको खरीको बोटलाई उपयोग गरिन्थ्यो चाहे जंगबहादुरले कौसी तोषखानाको स्थापना गरी त्यसमा पैसा राखेको घोषणा होस् या विसं १९१० को मुलुकी ऐनको सार्वजनिक घोषणा, टुँडिखेलको खरीबोटको चौतारामा उभिएर गरिएको थियो सती प्रथा उन्मूलन, दास प्रथा उन्मूलन, विश्वयुद्धमा नेपाली फौज जाने घोषणा सबै त्यहींबाट भएका थिए, जसरी यताका केही दशकमा राजनीतिक अधिकारको आन्दोलनको घोषणा त्यही टुँडिखेल विभाजित गरी बनाइएको खुलामञ्चबाट नेताहरूले गरे
विसं १८९१ मा टुँडिखेलको बीचमा राखिएको तोपमा लोड गरिएको विशाल विस्फोटक पदार्थ चट्याङ परी विस्फोट हुँदा सत्ताइस मानिसहरू मारिएका थिए (ओल्डफिल्ड, उही, पृ ११२) जम्मा ८० हजार जति जनसंख्या भएको त्यसबखतको समयमा समेत नागरिकहरूको ओहोरदोहोर हुने ठाउँमा भएको दुर्घटनामा परी सत्ताइस मानिसको मृत्यु हुनाका साथै लैनचौरमा रहेको बेलायती दूतावासको भवनका सिसाहरू फुटेको ओल्डफिल्डले उल्लेख गरेका छन् आजको बाक्लो जनघनत्व, मानिसहरूको ओहोरदोहोर चलिरहने मध्यसहरको बीचमा सैनिक मुख्यालय राख्ने काम जोखिमपूर्ण छ भन्ने कुरा आजभन्दा झन्डै पौने दुई सय वर्षअघिको दुर्घटनाको तथ्यले बताउँछ टुँडिखेल राणाकालमा शासक रिझाउन चाकडी गर्ने एउटा प्रमुख थलोको रूपमा पनि गनिएको थियो चाकरीदारहरू अक्सर खुला टुँडिखेलको वरिपरि स्वस्ती सलाम गर्ने उद्देश्यले सधैं एकै ठाउँमा सधैं देखा पर्थे (भीमबहादुर, उही, पृ १६९)
हिजो राणाकालमा जागिर, बढुवाका लागि राणा महाराजहरूको स्वस्ती गरेर रिझाउन आशामुखीहरू उभिने टुँडिखेल आजका सत्ताधारीहरूलाई रिझाएर चाकरीदारहरूले टुँडिखेल नै सिध्याइदिएका छन् अनेक बहानामा त्यति हुँदा पनि आसेपासेहरू टुँडिखेल र हिजो आफ्नै राजनीतिक प्राणलाई आवाज र आकार दिने टुँडिखेलको एउटा हिस्सा खुलामञ्च प्रपञ्च मिलाएर माफियाले ओगट्दा पनि खुलामञ्च पैसाको बलमा ठेकेदारलाई दिलाउने नेताहरूको बचाउमा आ–आफ्नो टुकडी जम्मा गरेर चाकरीदार डफ्फामा विभाजित भैदिन्छन्

बरु राणाकालमै श्री ३ महाराज बनेका आफ्नै पिताको पनि गलत कदममा उनैका सन्तानले आलोचना गर्थे चन्द्रशमशेरलाई उनैका छोरा केशरशमशेरले चन्द्रको जन्मोत्सवमा फलामको लट्ठी उपहार दिएका थिए— तैंले लट्ठीको भरमा शासन चलाएको छस् भन्ने संकेत गर्नलाई (पाँडे, उही, पृ २४५) आज नेता वरिपरि रहनेहरू विचार, व्यवस्थाविरुद्ध लडेर आएको दाबी गर्ने नेता, अगुवाहरूले आफैंमाथि, आफ्नै सपनामाथि लट्ठी बजार्दा पनि जयजयकारबाट निस्कन नसक्ने गरी चेतनामा ‘गान्धारी पट्टी’ बाँधेर बसेजस्तो भएका छन् नेता सत्ताको चाकरीबाट निस्केर रत्तिभर दायाँ–बायाँ चेत फुकाउन नसक्ने अवस्थाको दास भएका छन्
खेलमैदान
जसै विसं २००७ मा ‘प्रजातन्त्र’ को घोषणा भयो, त्यसपछि भने अनौठो तवरले रैथानेहरूको कमसेकम तेह्र शताब्दी लामो सार्वजनिक खुला जमिन शासकीय मनोमानीको खेलमैदानमा परिणत हुन थाल्यो विसं २००७ सालपछि खुला समाजमा प्रवेश गरेका नागरिकहरूको खुला सम्पत्ति टुँडिखेलमा सत्ताको हस्तक्षेप तीव्र हुन थालेको देखिन्छ राजाको जन्मोत्सव, अन्य पर्वहरूमा दिइने सलामी छाउनीबाट भइरहेकोमा त्रिभुवनले टुँडिखेलबाट दिने प्रचलनको थालनी गरे

रंगशालाको निर्माण २०१३ सालमा महेन्द्रको राज्याभिषेक अघि सुरु गरिएको थियो महेन्द्रको राज्याभिषेकमा खेल आयोजना गर्न रंगशाला नभएपछि दुई महिना समय लगाएर किरणशमशेरको नेतृत्वमा सानो टुँडिखेल स्थानीयहरूले प्रयोग गर्ने गरेको घाटसमेत सम्याएर रंगशाला बनाइएको थियो विसं २०२४ सालमा उक्त रंगशालाको नाम दशरथ रंगशाला राखियो विसं २०२० सालमा महेन्द्रको आदेशमा रंगशालाले पाएको सय रोपनी जमिन २०३७ सालमा खेलकुद परिषद्को नाममा आउँदा घटेर सय ३२ रोपनीमा सीमित भइसकेको थियो त्यो बीचको जमिन कति सैनिक मुख्यालयले अधिग्रहण गर्‍यो कति बालुवाटारको शैलीमा हडपियो, खोजबिन जरुरी छ
विसं २०१६ सालमा सहिद स्मारक ढोका (सहिदगेट) बनाउन टुँडिखेल टुक्र्याइयो बन्दुक राख्ने टहरा भत्काएर दूर सञ्चार कार्यलय भवन बनाइयो खरीको बोट हटाएर टुँडिखेलको झन्डै एक चौथाइ जमिन आगटेर सैनिक मञ्च/मैदान त्यसको पछाडिको भागमा खुलामञ्च बनाइयो ती दुईको बीचमा ैदल बाटो हालियो खुलामञ्चको उत्तरपट्टि रहेको बाटुले चौतारो (बाहिरबाट आएकाहरू बास बस्ने ठाउँ) मासेर महेन्द्रले आफ्नी पत्नी रत्नको सालिक राखेर फूलबारी पोखरी भएको पार्क विसं २०२० सालमा निर्माण गराए महेन्द्रको पालामा महेन्द्र संरक्षित विष्णुमणि (?) ले टुँडिखेलको खरीको रूख र उपत्यकाकै ठूलोमा गनिने फोहरा दरबारभित्रको मसलाको रूख कटाएर बेचिदिएका थिए (पुरुषोत्तमशमशेर–भएका र गुज्रेका घटनाहरू, पृ ७०) त्यही खरीको रूख काटिएपछि महेन्द्रले खरीको रूखबाट हुने शाही घोषणाको प्रचलनलाई बन्द गराए सैनिक उत्सव मनाउन विदेशी पाहुना स्वागत गर्न खरीबोट भएकै ठाउँमा ‘सैनिक मञ्च’ बन्यो (श्रेष्ठ, उही) सानो टुँडिखेलमाथिको ढिस्को च्यापेर सैनिक मुख्यालय बन्यो
परिणाम
छाडा र निस्फिक्री चल्नेहरूलाई ‘टुँडिखेलको साँढे’ भन्ने गरिएको पाइन्छ केशरशमशेरले तत्कालीन युवराज हिमालय बसुन्धरालाई ‘टुँडिखेलको साँढे’ भनेका थिए (जबरा, पुरुषोत्तमशमशेर–सम्झेका र सुनेका कुरा, पृ १३) त्यसको अर्थ हुन्थ्यो— अरूको दकसमा रहनु नपर्ने, खुला तवरले उफ्रन पाउने, विचरण गर्न पाउने टुँडिखेलको छाडा साँढेजस्तो तर, आज ‘सत्ता संरक्षित साँढे’ हरूले टुँडिखेललाई कमिलाले मन फुकाएर हिँड्न पनि नपाउने गरी कोलाहलमय बनाइदिएका छन् टहरा, बसपार्क, सैनिक मञ्च, रंगशाला, सैनिक मुख्यालय, टेलिकम, वागदरबार, सञ्चयकोष (काठमाडौं मल), रानीपोखरी, दरबार हाइस्कुल, विद्युत् प्राधिकरण, वायुसेवा निगम भवन, त्यस असपास रहेका अन्य भवनहरूसमेत गरेर टुँडिखेल पूर्ण तवरले अतिक्रमणको चपेटामा परिसकेको छ

टुँडिखेल झन्डै सात दशकदेखि स्वतन्त्रताको आन्दोलनको एउटा साक्षी र हिस्साको रूपमा समेत रहँदै आयो राणाशासनकालमै हिम्मतिला नेपाली महिलाहरू साहना प्रधानलगायतले राणाहरूलाई कालो झन्डा देखाएको ठाउँ त्यही टुँडिखेल थियो महेन्द्रले प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरंकुशता लादेपछि महेन्द्रको विरोध भएको पहिलो ठाउँ पनि टुँडिखेलकै चौघेरा थियो पञ्चायतविरुद्ध मत माग्न ०४६ सालको जनान्दोलनको उत्कर्ष सभा त्यही टुँडिखेलको एउटा हिस्सा खुलामञ्चमा भएको थियो २०४६ सालपछि खुलामञ्चलाई सहिद मञ्च नामकरण गरिएको थियो (न्यौपाने, दामोदर–ठेकेदारको कब्जामा खुलामञ्च, महानगरपालिका मूकदर्शक, कान्तिपुर, ११ वैशाख, २०७६)

२०४६ सालपछिका सत्तामा रहेका र विपक्षमा रहेकाहरूको सबैभन्दा पहिलो भरोसा थियो खुलामञ्च लडाइँमा हिँडेकाहरूदेखि शान्तिको दीप बाल्नेहरू, सबैको रोजाइ थियो खुलामञ्च ज्ञानेन्द्रले सत्ता लिएपछि सत्ताविमुख भएका दलहरूको रोजगारी झन् खुलामञ्चदेखि खुलामञ्चसम्म, रत्नपार्कदेखि रत्नपार्कसम्म भएको थियो त्यही टुँडिखेल चौघेराको आन्दोलनले कैयन पटक सत्ता ढल्यो कैयनको सत्ताको रोटी सेकियो
तर, विडम्बना, तिनै खुलामञ्चले उतारेकाहरूले सत्तामा पुगेपछि पालैपालो चक्र मिलाएर खुलामञ्चलाई पाइलो राख्ने ठाउँ पनि नरहने गरी सिध्याइदिए महानगर त्यसका लोभी कर्मचारीलाई मोहरा बनाएर खुलामञ्च सिध्याउनेहरूमा तिनै छन्, जो आज सत्ता र विपक्षमा बसेर आफ्नो स्वार्थको रोटी सेकिरहेका छन् यसले उसलाई देखाउन जरुरी नै छैन सामान्य व्यवस्थित बसपार्क चलाउन नसक्ने काठमाडौं महानगरपालिकाले भ्यू टावर अन्डर ग्राउन्ड पार्किङको नाममा पुरानो बसपार्क खुलामञ्च किन लथालिंग बनाएको रहेछ भन्ने रहस्य हालैको दिनमा खुलेको छ— कमिसनको घुमाउरो खेल घुमाउरो तवरले नै सही, खुलामञ्च नै किनबेच गर्न सक्ने कत्रो आँट !

स्थानीय जनताको चरम दबाबपछि खुलामञ्चको केही सटर महानगरले भत्काए पनि केही सटर अझैं बाँकी देखिन्छ सत्तारूढ धनकुबेर नेताहरूको हिस्सेदारी नभएकाले खुलामञ्चको टहरोको केही हिस्सा भत्काई पनि खुलामञ्च कहिले खुला हुन्छ भन्ने काठमाडौं महानगरपालिकालाई नै मेसो छैन रैथानेहरूले कमसेकम १४ शताब्दीदेखि सार्वजनिक उपयोग गरिरहेको टुँडिखेल समयक्रममा शासकीय मनोमानीको खेलमा परेर आज केही हात जमिनमा पनि स्थानीयहरू जम्मा भएर ुनै उत्सव मनाउन सक्ने अवस्थामा छैन टुँडिखेलको विशाल हिस्सा फौजीकरण भएको सार्वजनिक जमिनलाई सरकारी ठानेर शासकहरूले गरेको मनोमानीले स्थानीयहरूको तलवितलको, परम्परा र संस्कृतिको एउटा प्रमुख अधार हेर्दाहेर्दै मनोमानीको खेलमैदान बनेर रैथानेहरूबाट खोसिएको छ
Twitter: @gaunkomanchhey
प्रकाशित : वैशाख २१, २०७६ १०:०२

कर्णालीबाट हुड्केली


कर्णालीबाट हुड्केली
काठमाडौँ — संस्कृतिविद् सत्यमोहन जोशीले सुदूरपश्चिमको ऐतिहासिक किस्सा समेटेर नाटक लेखेका थिए, ‘सुनकेशरी मैया’ वर्षअघि मण्डला थिएटरले मञ्चन गरेको यो नाटकमा सुदूरपश्चिमकै एक पात्रले अनौठो प्रकृतिको बाजा ‘हुड्के’ बजाउँदै कथावाचन गरेका थिए, नाचेका थिए
त्यही हुड्के बोकेर नाटक टोलीसँग उक्त पात्र पनि बंगालदेशसम्म पुगे ढाकास्थित शिल्पकला एकेडेमीमा हीरा बिजुली नेपालीले हुड्के बजाउँदै नाटकको कथा भन्दै गर्दा बंगालादेशी दर्शक मक्ख परेका थिए उनै हीरा यति बेला काठमाडौं आइपुगेका छन्, त्यही हुड्के बाजा लिएर

आधा दशक यता कर्णाली आर्ट सेन्टर खोलेर सुदूरपश्चिममै व्यस्त उनी कहिले नाटक लिएर आउँछन्, कहिले कर्णालीको संस्कृति बोकेर केही महिनाको अन्तरमै कर्णाली कथा समेटेर दुईवटा नाटक उनले राजधानीमा देखाउन भ्याइसके केही अघि मात्रै राष्ट्रिय नाटक महोत्सवमा कर्णालीको एउटा मिथकीय कथामा नाटक ‘पम्पाफूल’ पस्केका उनी यति बेला सहरमा हुड्के बाजा र यो बजाएर नाचिने ‘हुड्केली नृत्य’ बारे सिकाइरहेका छन् ‘यो बाजा कर्णालीको चिनारीजस्तै हो,’ बुधबार अनामनगरस्थित एस्थेटिक डान्स स्टुडियोमा ‘हुड्केली कार्याशाला’ क्रममा भेटिएका उनले भने, ‘हुड्के बजाउँदै कथा या सन्देश भन्ने परम्परा अझै पनि छ कर्णालीमा।’

टाउकोमा सेतो फेटा, रातो ध्वजा अनि झाँक्रीले लगाउने जामाजस्तै सेतो पहिरन कम्मरमा पटुका, छातीमा क्रस माला अनि हातमा डमरुजस्तै हुड्के खस भाषामा गीत गाउँदै कर्णाली कथा व्यथा सुनाउँदै र्दा हीराको अनुहार एकतमास बनेको थियो त्यो किन भने लोक जीवनको प्रतीकका रूपमा रहेको यो बाजा नयाँ पुस्तामा भने खासै सिपसहित हस्तान्तरण हुन सकेको छैन कर्णालीको लोक परम्परा संस्कृतिलाई नयाँ ढंगले बाहिर ल्याउने ध्येयसहित मुगुमा नाटकघर खोल्ने योजना बोकेर हिँडेका यिनी हुड्केली नृत्य भने अरूजस्तो गाह्रो नभएको बताउँछन्
उनका अनुसार हुड्केली नाचमा पनि विविधता पाइन्छ खुसी दु: दुवैमा यसको प्रयोग गरिन्छ विजयोत्सव, जात्रा, मेला या अन्य रमाइलो सांस्कृतिक उत्सवहरूमा बजाइने हुड्केको संगीतको ताल पनि फरक हुन्छ ‘खुसीको बेला यसको ताल तीव्र हुन्छ, ध्वनि उमंगमय सुनिन्छ,’ उनले भने, ‘मृत्यु संस्कार या शोकमा त्यो ताल विस्तारै धीमा भएर जान्छ, जसका करण करुणाभावको अनुभूति पैदा हुन्छ।’ उनका अनुसार बाजाको तालसँगै खस भाषामै गाइने गीतमार्फत व्यक्ति हुने कथा पनि जीवनदेखि मरणसम्म आधारित हुन्छ

एस्थेटिक डान्स स्टुडियोले बिहीबारदेखि गर्ने नेपाल नृत्योत्सवअन्तर्गत उनले बुधबार तीनदिने हुड्केली कार्यशाला सकाएका छन् उनको कार्यशालामा आधा दर्जनभन्दा बढी कलाकार सामेल थिए कार्यशालामा उनले हुड्केको सामान्य परिचयदेखि नृत्य, संगीतको ताल, कथा वाचन शैली, नृत्यमा प्रयोग गरिने भेषभूषा र कर्णाली क्षेत्रमा यसको महत्त्वको बारे प्रकाश पनि पारे स्टेपहरूसहित हुड्केलीको नाच्न पनि अगुवाइ गरे ‘यहाँ स्टेज प्रस्तुति या नाटकको रूपमा आयो,’ उनले भने, ‘हुड्केली संगीत, हुर्को र नृत्यको संयोजनसहित हुने यो नृत्य कर्णालीमा चाहिँ संस्कृतिकै रूपमा स्थापित छ मनोरञ्जनको यो निकै महत्त्वपूर्ण पाटो हो।’

नेपालीका अनुसार हुड्केली नृत्य उत्सवहरूमा रातभरि पनि हुड्के बजाउँदै रमाइलो गरिन्छ यसमा विशेष गरी हेर्ने दर्शकका लागि पट्यार नलागोस् भन्ने उद्देश्यले नै राखिन्छ कथा सुन्दै जाँदा सुन्नेलाई दिक्क नलागोस् भनेर नै बीचबीचमा हुड्केको तालमा नृत्य गरिने परम्परा बसेको हो ‘नृत्यकै क्रममा प्रेमकथा, कर्णाली पीडा, लोककथा, परिवेश र रहनसहन लगायतको पक्षहरू आउँछन्,’ उनले भने उनका अनुसार हुड्केली नृत्य क्रममा गाइने ीत (आँगो)मा परम्पराका कथा, युद्धुसँगै मायाप्रेम त उहिलेदेखि नै चलेकै थियो, रोचक के भने पहिल्लो समय चुनाव जित्दा पनि हुड्के भन्दै नाच्ने चलन बसेको छ

संस्कृति जोगाउनकै लागि भन्दै देउसीभैलोमा समेत हुड्के नृत्य प्रयोग गर्दै आएको छ केही समूहले यति हुँदा ुँदै पनि नीतिगत रूपमा यसको संरक्षणतिर राज्यको कुनै पनि निकायको ध्यान जान सकेको छैन दलित समुदायको मानिसमा परिचित यस संस्कृतिलाई उनीहरूले मात्रै निरन्तरता दिइरहेको , तर यसको व्यवसायीकरण र प्रवर्द्धन हुन नसकेको हीराको गुनासो छप्रकाशित : असार १९, २०७६ ०८:२२


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...