Tuesday, November 12, 2019

चट्टान छिचोले किमाथांका


चट्टान छिचोले किमाथांका
अरूण नदीको किनारैकिनार तिब्बती सहर चाँगामा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि किमाथांका चीन र भारतको व्यापारिक ट्रान्जिट बन्नेछ 
कार्तिक २६, २०७६दीपेन्द्र शाक्य
(संखुवासभा) — जोगबनी–किमाथांका सडकखण्डमा अब १४ किलोमिटर ट्र्याक खोल्न मात्रै बाँकी छ सेनाले विस्फोटक पदार्थ प्रयोग गरी चट्टानी पहरा फुटाउने जिम्मा लिइसकेको यो खण्डमा विस्फोटक प्रयोग गरी ट्र्याक खोल्नेबित्तिकै सडकले किमाथांका जोड्नेछ 
तिब्बतबाट इन्धन र स्काभेटर ल्याएर किमाथांकाबाट खाँदबारी जोड्न खनिएको १४ किमि सडक खण्ड पृष्ठभूमिमा किमाथांका गाउँ, पारिपट्टि देखिएको तिब्बतको डेन्दाङ र चाँगा बजार तस्बिर: दीपेन्द्र/कान्तिपु
प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमले सेनालाई भीर फुटाउने जिम्मा दिइसकेको बताए उनका अनुसार सडकले सोझै चीनको सीमा छुन भने केही महिना लाग्नेछ ‘स्थानीय जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले पनि उच्च महत्त्व दिएको यो सडक बनेपछि आर्थिक गतिविधि तीव्र रूपमा बढ्नेछ,’ उनले भने, ‘भीरका कारण २ वर्षयता ट्र्याक खोल्ने काम अवरुद्ध थियो, अब सुचारु हुनेछ।’

त्रिदेशीय व्यापारिक महत्त्वको यो सडक मोरङको रानीदेखि संखुवासभाको किमाथांकासम्म पुग्छ दक्षिणी नाकाबाट उत्तरी नाकासम्मको दूरी करिब सय ९० किलोमिटर यसमध्ये अब १४ किलोमिटर ट्र्याक खोल्न मात्र बाँकी मोरङबाट सुनसरी, धनकुटा र तेह्रथुम हुँदै संखुवासभाको सीमावर्ती गाउँ किमाथांकासम्म सडक पुर्‍याउने लक्ष्य छ संखुवासभा सदरमुकाम खाँदबारीसम्म कालोपत्रे भइसकेको बीचका केही स्थानमा सडक बिग्रिए पनि त्यसलाई व्यवस्थित पार्ने काम भइरहेको अरुण नदीको किनारैकिनार चीनको तिब्बती सहर चाँगामा जोडिने उत्तर–दक्षिण मार्ग बनिसकेपछि यो नाका चीन र भारतको व्यापारिक ट्रान्जिट बन्नेछ

सडक निर्माणले नेपालको व्यापार विस्तार मात्र हुने छैन,’ सांसद गौतमले भने, ‘उत्तर तथा दक्षिण सीमाबाट चीन र भारतका प्रमुख व्यापारिक सहर पनि छोटो दूरीबाट जोडिनेछन्।’ किमाथांकाबाट तिब्बती सहर ल्हासा र ठूलो व्यापारिक सहर सिगात्से पनि छोटो दूरीमा पर्ने भएकाले व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने यस क्षेत्रका उद्योगी व्यापारीले बताए किमाथांका नाकाबाट चीनको व्यापारिक सहर सिगात्से करिब सय किलोमिटर दूरीमा
संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य योजनाबद्ध र दीर्घकालीन गुरुयोजनाअनुसार काम गर्नुपर्ने आवश्यक औंल्याउँछन् ‘यो मार्गको दक्षिणी सीमा विराटनगरबाट भारतको कोलकाता नजिक पर्ने भएकाले पनि व्यापारिक महत्त्व बढ्नेछ,’ उनले भने, ‘नाका जोडिनु हाम्रा लागि फाइदाजनक हो, नाका खुलेपछि प्रदेश १ को मात्र नभएर सिङ्गो मुलुककै लागि यो सडक कोसेढुंगा बन्नेछ

यो नाकाबाट ठूला उद्योगका लागि कच्चा पदार्थ ल्याउन सकिने र जडीबुटीलगायत स्थानीय वस्तु निर्यात गर्न सकिने उनको भनाइ छ ‘ट्र्याक खुलेपछि साना सवारी साधन सञ्चालन भएर दुई देशका नागरिकबीचको सम्बन्ध प्रगाढ हुनेछ,’ शाक्यले भने, ‘व्यवस्थित हुन केही समय लाग्ला तर दीर्घकालीन रूपमा फाइदैफाइदा हुनेछ।’

दुई धनी र विकसित मुलुक यो सडकमार्गबाट जोडिने भएकाले नेपालले पनि यसबाट फाइदा लिन सक्ने धेरै सम्भावना भएको उनको बुझाइ छ पछिल्लोपटक संखुवासभा सदरमुकाम खाँदबारीबाट १३४ किलोमिटर कच्ची सडक बनिसकेको अब करिब १४ किलोमिटर सडक खोलिसक्दा किमाथांका जोडिन्छ खाँदबारीबाट भोटखोलाको दुर्गम मानिएको हटिया गाउँ जोडिसकेको छ

उत्तर–दक्षिण कोसी सडक योजनाका प्रमुख गौतमकुमार श्रेष्ठका अनुसार ट्र्याक खोल्न बाँकी स्थानमा चट्टान र पहरा भएकाले विस्फोटक पदार्थ प्रयोग गरी खोल्नुपर्छ त्यसका लागि पनि बाटो खुलिसकेको उनले बताए ‘अब विस्फोटको जिम्मा सेनाले लिइसकेकाले छिट्टै किमाथांका जोडिन्छ,’ उनले भने, ‘विस्फोटक पदार्थ राख्नका लागि बंकर घर पनि निर्माणको अन्तिम चरणमा छ।’

चेपुवा, छुमसुर घोङगोप्पा खण्डमा विस्फोटक प्रयोग गरी १४ किलोमिटर छिचोलिने उनले बताए ‘त्यसपछि जोगबनीबाट खादबारी हुँदै सोझै किमाथांका स्थलमार्गबाट जोडिन्छ विस्फोटक पदार्थ खरिदका लागि अब प्रक्रिया सुरु हुनेछ,’ उनले भने सडक बनिसकेकाले हिँउदमा खाँदबारीबाट हटियासम्म यातायातका साधन सञ्चालनमा आएका छन् अहिले खाँदबारीदेखि बरुण नदीसम्म ८० किमि सडकमा यातायातका साधन ल्न थालेका छन् त्यसमध्येमा पनि ३४ किलोमिटर सडकको ग्राभेल गरिएको १४ किलोमिटर खण्डमा काम रोकिए पनि सडक चौडा बनाउने, ग्याबिन पर्खाल, पुल पुलेसा निर्माणको कामसमेत भइरहेको छ तर, विवादित खण्डमा दुई पक्षबीच कुरा मिलिसके पनि सडकको ट्र्याक खोल्न ढिलाइ हुँदा स्थानीयले असन्तुष्टि जनाएका छन् आर्थिक वर्ष ०६५/०६६ बाट खाँदबारी–किमाथांका सडक निर्माण सुरु भएको थियो किमाथांकाबाट पाँच सय मिटरपर तिब्बतको चाँगाबजारसम्म भने चीन सरकारले सडक ट्र्याक खोलेर ग्राभेलसमेत गरिसकेको

किमाथांकातर्फबाट पनि ट्र्याक खोल्ने काम भइरहेको छ सडकको उत्तरतर्फबाट १४ किलोमिटर सडक बनिसकेको योजना कार्यालयले जनाएको बीचबीचमा रेखांकन विवाद धार्मिकस्थल भएकाले विवाद देखिए पनि योजनाका तर्फबाट त्यसलाई समाधान गरी निर्माणको काम अघि बढाइएको श्रेष्ठले बताए ‘चेपुवा, छुमसुर घोङगोप्पा खण्ड निर्माण भएपछि किमाथांका पुगिनेछ,’ उनले भने, ‘तीव्र गतिमा विस्फोटको काम गरेर यसै वर्ष किमाथांका जोड्ने प्रयास भइरहेको छ।’ चीन सीमासम्म सडक जोडिन लागेपछि स्थानीय बासिन्दा जनप्रतिनिधि पनि उत्साहित छन् भोटखोला गाउँपालिका प्रमुख तेम्बा भोटेले हटियासम्म सडक पुगेपछि सुविधा भएको बताएप्रकाशित : कार्तिक २६, २०७६ ०९:३९


आफन्त भेट्न जात्रा


आफन्त भेट्न जात्रा
कार्तिक २४, २०७६कान्तिपुर संवाददाता
दार्चुला — सानै उमेरदेखि भारतको पिथौरागढ जैत ग्रामपञ्चायतमा बस्दै आएका कल्यानसिंह बडाल दुई दशकपछि आफ्नो पुर्ख्यौली घर हिकिला आए दुहु गाउँपालिका–२ हिकिलाको ब्रम्हमन्दिरमा लाग्ने जात्राको समय पारेर कुलदेवताको पूजा गर्न उनी आएका हुन् ‘मेरो बाल्यकाल भारतमै बित्यो वर्षौंअघि आमा बुबासित पूजाका लागि आएको थिएँ,’ उनले भने, ‘जात्राको मौकामा गाउँ आउन पाउँदा रमाइलो लागेको छ 
जात्राकै समय पार्दा आफन्तसँग भेटघाट गर्न सजिलो भएको उनले बताए यस्तै व्यास गाउँपालिका–६ हुतीका कमलसिंह कुँवरले पनि आठ वर्षपछि ब्रम्हमन्दिरको जात्रा हेर्ने अवसर मिलेको बताए ‘रोजगारीका लागि विदेश बसेको धेरै भयो लामो समयपछि आफन्तहरूसित जात्रामा रमाउने अवसर मिलेको छ,’ उनले भने, ‘जात्रामा देउडा खेल्दा गजब रमाइलो भयो।’ दसैंमा हुने जात्रा विविध कारणले कात्तिकमा सरेको ब्रम्हमन्दिरका मुखिया कल्यानसिंह कार्कीले बताए दुहु क्षेत्रमा सबैभन्दा ठूलो जात्रा यही मन्दिरमा लाग्ने गर्छ यहाँ तीन वर्षपछि यसपटक जात्रा आयोजना गरिएको हो

जात्रा भर्न बैतडीसँगै सीमापारि भारतमा बसेका नेपाली आइपुग्छन् यसपटक विभिन्न ठाउँबाट १५ हजारभन्दा बढी श्रद्धालु जात्रामा आएका मुखिया कार्कीले बताए परम्परागत बाजागाजासहित गाउँगाउँबाट जात्रामा आउने चलन छ यहाँको पूजामा सहभागी भएपछि मनोकामना पूरा हुने जनविश्वास दार्चुलाका दुहु लेकम भेगमा रात्रिकालीन जात्रा भइरहेका छन् बर्खे खेतीपातीको काम सकेर यहाँका स्थानीय जात्रामा रमाउने गरेका छन् असोज शुक्ल पक्षबाट यहाँका शक्तिपीठ तथा मठमन्दिरमा सुरु ुने जात्रा कात्तिक पूर्णिमासम्म चल्छ शास्त्री केशवदत्त बडूले भने, ‘शरद ऋतु देवीदेवताको पूजाउपासना गर्ने उत्तम मानिन्छ त्यसैले कात्तिक शुक्ल पक्षसम्ममा विभिन्न देवीदेवताको पूजा गर्ने चलन ।’ यहाँका मालिकार्जुन, ब्रम्ह र दुर्गा भवानीलगायतका मन्दिरमा जात्रा लाग्छ


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...