Tuesday, November 12, 2019

आफन्त भेट्न जात्रा


आफन्त भेट्न जात्रा
कार्तिक २४, २०७६कान्तिपुर संवाददाता
दार्चुला — सानै उमेरदेखि भारतको पिथौरागढ जैत ग्रामपञ्चायतमा बस्दै आएका कल्यानसिंह बडाल दुई दशकपछि आफ्नो पुर्ख्यौली घर हिकिला आए दुहु गाउँपालिका–२ हिकिलाको ब्रम्हमन्दिरमा लाग्ने जात्राको समय पारेर कुलदेवताको पूजा गर्न उनी आएका हुन् ‘मेरो बाल्यकाल भारतमै बित्यो वर्षौंअघि आमा बुबासित पूजाका लागि आएको थिएँ,’ उनले भने, ‘जात्राको मौकामा गाउँ आउन पाउँदा रमाइलो लागेको छ 
जात्राकै समय पार्दा आफन्तसँग भेटघाट गर्न सजिलो भएको उनले बताए यस्तै व्यास गाउँपालिका–६ हुतीका कमलसिंह कुँवरले पनि आठ वर्षपछि ब्रम्हमन्दिरको जात्रा हेर्ने अवसर मिलेको बताए ‘रोजगारीका लागि विदेश बसेको धेरै भयो लामो समयपछि आफन्तहरूसित जात्रामा रमाउने अवसर मिलेको छ,’ उनले भने, ‘जात्रामा देउडा खेल्दा गजब रमाइलो भयो।’ दसैंमा हुने जात्रा विविध कारणले कात्तिकमा सरेको ब्रम्हमन्दिरका मुखिया कल्यानसिंह कार्कीले बताए दुहु क्षेत्रमा सबैभन्दा ठूलो जात्रा यही मन्दिरमा लाग्ने गर्छ यहाँ तीन वर्षपछि यसपटक जात्रा आयोजना गरिएको हो

जात्रा भर्न बैतडीसँगै सीमापारि भारतमा बसेका नेपाली आइपुग्छन् यसपटक विभिन्न ठाउँबाट १५ हजारभन्दा बढी श्रद्धालु जात्रामा आएका मुखिया कार्कीले बताए परम्परागत बाजागाजासहित गाउँगाउँबाट जात्रामा आउने चलन छ यहाँको पूजामा सहभागी भएपछि मनोकामना पूरा हुने जनविश्वास दार्चुलाका दुहु लेकम भेगमा रात्रिकालीन जात्रा भइरहेका छन् बर्खे खेतीपातीको काम सकेर यहाँका स्थानीय जात्रामा रमाउने गरेका छन् असोज शुक्ल पक्षबाट यहाँका शक्तिपीठ तथा मठमन्दिरमा सुरु ुने जात्रा कात्तिक पूर्णिमासम्म चल्छ शास्त्री केशवदत्त बडूले भने, ‘शरद ऋतु देवीदेवताको पूजाउपासना गर्ने उत्तम मानिन्छ त्यसैले कात्तिक शुक्ल पक्षसम्ममा विभिन्न देवीदेवताको पूजा गर्ने चलन ।’ यहाँका मालिकार्जुन, ब्रम्ह र दुर्गा भवानीलगायतका मन्दिरमा जात्रा लाग्छ


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...