Friday, November 29, 2019

“सहायक श्रीमान्”


बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान्’ मा हुम्ला बरगाउँका महिलाहरू म्हाने नृत्य गर्दैतस्बिर सौजन्य : गणेश पाण्डे  
सहायक श्रीमान्”
मंसिर १२, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — हुम्लाका लामा समुदायमा अझै बहुपति प्रथा कायम छ, जुन कतिपयले सोच्दा पनि आश्चर्य मान्छन् लामा समुदायका घरमा जति जना दाजुभाइ भए पनि एउटै मात्रै श्रीमती बिहे गर्ने चलन उनीहरू माया, काम मात्रै बाँड्दैन्, श्रीमती पनि एक आपसमा बाँड्छन् 

हुम्ला बरगाउँका धर्म, बुद्धि र च्या नर्बुकी एक्ली श्रीमती छिन् उनीहरूका तीन सन्तान छन् घरमा पालैपालो श्रीमतीसँग बस्छन् माइला भाइले मन पराएर मागे पनि एउटै श्रीमती उनीहरू सबैले बाँडिरेहका छन् दाइहरूले बिहे गर्दा भाउजूको उमेर १६ वर्ष थियो, जब कि च्या नर्बु १० वर्षका मात्रै थिए उनी कक्षा चारमा पढ्दै गर्दा बिहे भयो पहिले बिहे भयो, पछि मात्रै माया बस्यो

बरगाउँकै नुर्बु र यामका पनि एक्ली श्रीमती छन् भाउजूलाई श्रीमती मानेर बस्न पाउँदा याम निकै खुसी छन् उनीहरूका दुई छोरी दुई छोरा छन् आफूभन्दा जेठी भाउजूलाई श्रीमती मानेकोमा उनलाई भने कुनै पश्चाताप छैन

बरगाउँकै सोनामको हकमा भने यो लागू भएन उनले आफैंले मन पराएर ल्याएको श्रीमतीलाई भाउजू मानेर बस्नुपर्ने भएपछि विद्रोह गरे अनि अर्को बिहे गरे तर, अर्को बिहे गरेपछि गाउँ समाजबाट बहिष्कृत भएका सोनाम १५ वर्षपछि यो बर्ष गाउँ फर्किए तर, उनी आफैंले जन्माएकी छोरी र धनसम्पत्ति यतिबेला सबै खोसिएको छ उनी यतिबेला सदरमुकाम सिमिकोटमा कष्टकर जीवन बिताइरहेका छन्

मानवशास्त्री छक्कबहादुर लामा पनि बहुपति प्रथाका पीडित हुन् राजा ज्ञानेन्द्रको पालामा सहायक मन्त्रीसमेत भएका हाल सांसद रहेका उनी सदरमुकाममा विस्थापित छन् ०४८ देखि नै सांसद जित्दै आएका उनी पनि आफैंले रोजेको बिहे गरेपछि गाउँबाट बसाइँ सरेका हुन् केही महिनाअघि एउटा डकुमेन्ट्री फिल्मको टोलीसित उनी आफू जन्मीहुर्केको बरगाउँ पुगे, तर घर पस्न सकेनन् टाढैबाट आमाका लागि उनले केही खानेकुरा कोसेली पठाए बहुपति प्रथाका यिनै रोचक कथाव्यथालाई क्यामेरामा कैद गरेका छन् फिल्मकर्मी गणेश पाण्डेले पाँच वर्षअघिको महाभूकम्पमा परी आश्चर्यजनक ढंगले पुनर्जीवन पाएकाहरूको कथामाथि ‘भाग्यले बाँचेकाहरू’ डकुमेन्ट्री बनाएका उनी यसपटक बहुपति प्रथा खोज्दै हुम्ला पुगेका हुन् झन्डै चार वर्ष लामो अथक प्रयासपछि उनले डकुमेन्ट्री फिल्म बनाएका छन् र नाम दिएका छन्– ‘सहायक श्रीमान्’

जेठो श्रीमान्चाहिँ घरको मुली हुँदो रहेछ उसले मात्रै श्रीमती अरू सबैले भाउजू भन्नुपर्ने रहेछ तर व्यवहारमा चाँहि श्रीमती नै हुन्छन्,’ पाण्डेले फिल्मबारे भने, ‘त्यही आधारमा फिल्म नाम जुराइएको हो।’ बुधबार सञ्चारकर्मीमाझ फिल्म देखाउँदै गर्दा उनले आफ्नो अनुभूति पनि साझा गरे एकजना साथीबाट उनले हुम्लाको लामा जातिहरूको संस्कृतिबारे सुनेका रहेछन् ‘त्यो संस्कृति सुन्नासाथ नेपालको धेरैले नसुनेको हामीले प्राक्टिस गरेको भन्दा पनि फरक लागेको ियो,’ उनले भने‘यसबारे बुझ्न समाजशात्री छक्कबहादुरलाई भेट्न सिमिकोटमा पुगें उहाँ स्वयं यो प्रथाबाट पीडित हुनुहुँदो रहेछ।’ साइन मिडियाको ब्यानरमा शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको सम्पादक ईश्वर कोइराला रहेका छन् भने सहायक निर्देशकमा निर्पा हमालले काम गरेकी छन्

प्रकाशित : मंसिर १२, २०७६ ०९:२८


  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...