Thursday, March 12, 2020

किन खेन्ह्वाँ खाँचो खट्कन्छ ?


किन खेन्ह्वाँ खाँचो खट्कन्छ?
कुइनेटो
२०७६ फाल्गुण १७ शनिबार ०९:३३:००
राम! डुअ! टिन! चारा! पाँचा! 
गाउँको लगभग बीच भागमा रहेको खेन्ह्वाँमा अधबैंसे अँध्यारा थारू पुस–माघका चिसोले लगलगाउँदै धान जिम्दारसित भाग लाउँदै छन् निधारमा टीका, शिरमा ढाकाटोपी, जिउमा सेतो दौरा, दौरामाथि कालो कोट, गोडामा सेतो सुरुवाल जिम्दार बस्तीमा घामसँगै ओर्लन्छन्  उज्यालोसँगै थारू बच्चाबच्ची र बूढाबूढी खेन्ह्वाँमा पुग्छन् पराल बाल्छन् आगो ताप्दै खरानीमा मकै गेडा राख्छन् स्याँक्राले चलाउँदै खरानीले ढाक्छन् केही समयपछि खरानीभित्रबाट पाटाङपोटोङ आवाज आउँछ आवाज आएनेरै स्याँक्राले खोस्रन्छन् सेतै फुली कौरामा परिणत भएका मकै गेडा हातमा लिएर ‘फुऽऽऽ फुऽऽऽ’ फुक्दै क्वाप्प खान्छन् 
हुस्सु हुत्याउँदै खेन्ह्वाँमा घाम टुप्लुकिन्छ बिस्तारै मंसिरमा गाउने मैना गीत मधुरिन्छ भने गोरुका हाक्कहुक्कसाथ पुस लागेपछि गाउने ढमार पनि बिस्तारै बन्द हुन्छ कौरा खाने थारू बालबूढाबूढी आवाजतिर कान फटेफटे पार्ने दाइँरत गोरु–गति घरिघरि धिमा हुन्छ माघ लागेपछि भने जिम्दार घरजसरी ठिंग उभिएका धानका ‘खर्ही’ ‘ठर्हा’ ससाना गोठमा परिणत हुन्छन् भने परालका ‘कुरौटा’ जिम्दार घरमा 
यो हो, तिहार सकिएपछि सुरु भएर माघसम्म चालु हुने थारू खेन्ह्वाँ दृश्य तर, आजको होइन धेरै वर्षअघिको।‘परापूर्वकालदेखि चल्तीमा रहेका खेन्ह्वाँ मिचिए,’ अंग्रेजी प्राध्यापनरत दाङका अनुसन्धाता केबी चौधरी खेर गएको खेन्ह्वाँ याद खिप्छन्, ‘थारू लोकजीवन फुल्ने खेन्ह्वाँमा त अचेल मन्दिर पो उभिएका छन्।’
।। १
फागुन पहिलो साता लेखक छविलाल कोपिलासँग रापती किनारैकिनार ‘डेउखर’का हँसनापुरदेखि गढवासम्म थारू रैथाने बस्ती घुम्ने मौका मिल्यो त्यसरी नै २०५८/५९ तिर कोपिलासँग नै कैलाली बर्दियाका थारूबस्ती डुलेको थिएँ त्यसवेला भने कति गाउँमा विनोद, सजना र गणेश चौधरी पनि थिए त्यसरी डुलेको केही समयमै जनादेश संवाददाता सजना बेपत्ता पारिए अहिलेसम्म पनि बेपत्तै छन् 
लामो अन्तरालपछि तिनै बस्तीमा आदित्य अधिकारी, ज्ञानु अधिकारी, सैफ खालिदहरूसँग डुलेँ, भागिराम चौधरी र मानबहादुर चौधरीहरूका पछि लागेर दाङको बबई, सेवार, ग्वार, काला, कट्वाखोला छेउछाउका थारूबस्ती त पानीपँधेरा नै भइहाले रापती किनारका केही थारू गाउँमा यसअघि नै पुगे पनि ‘डेउखर’ हँसनापुर भने पहिलोपालि पुगेँ करिब १८८ घरधुरीवाल हँसनापुरको युवा क्लबले साँझपख पीपलबोटमुनि चौरमा छविलाल कोपिला, सुशील चौधरी, इन्द्र चौधरी अभिनीत ‘भुरभुरा रहर’ फिल्म देखायो करिब बीस घरधुरीबाहेक बाँकी जम्मै थारू समुदाय छन् 
बिहानपख ७३ वर्षीय विपटु थारू, युवा क्लब अध्यक्ष अनिल चौधरीसहित केही पाका र केही युवासहित जंगल र हँसनापुर गाउँ डुल्यौँ गाउँ घुम्दा तिनीहरू खेन्ह्वाँ यादमा बल्झिए हँसनापुरे खेन्ह्वाँ थिएनन् रापती किनारका कमानपुर, कस्सेपुर, लँँङ्री, बलामपुर, बनगैं, वनगाउँ, मजगाउँलगायत रैथाने थारू गाउँबाट खेन्ह्वाँ गायब थिए गाउँको जनसंख्याअनुसार दुई–चार कट्ठादेखि चार–पाँच बिगाहासम्म फैलिएका खेन्ह्वाँ सकुशल थिएनन् 
बलामपुर साँझमा नारायण योगी कतिखेर दुब्लाइरहेको रापती नदी र बिदा भएका पानी जीवका यादमा बगे त कतिखेर डाइनोसरमा परिणत भएको रापती डुंगामा डुबे थारू गीत, थारू संस्कृति, कुमाल, मुस्लिम, रापती नदी, रापतीमा डुंगा चलाएका अनुभव दहमा डुब्दै खेन्ह्वाँमा हराए 
।। २
उज्यालोसँगै थारू बाल–बूढाबूढी खेन्ह्वाँमा पुग्थे परालको आगो ताप्थे रमाउँथे खेल्थे पराल खरानीले चोसेमोसे हुँदै कौरा पोलेर खान्थे दाइँ लाउँदा थाकेका ‘जन्नी मनै’ ‘बठिन्न्या’ ‘ठर्‍या’ ‘ठारु मनै’ थकाइ मार्न ाउँथे  थारूले दसैँ अघि नै बर्कीमार गाउँदै धान काट्थे तिहारपछि बर्किमारको पालो सकिन्थ्यो मंसिरमा गाउने मैना खेन्ह्वाँमा फुल्थ्यो पुस लागेपछि ढमार गाउँथे बसेर गाउने ढमार सबभन्दा बढी खेन्ह्वाँमै फुल्थ्यो सार्वजनिक थलो खेन्ह्वाँमै फुलेका गीतसँगै थारू संस्कृति सुसिल्थे कौरा खाँदै समाचार फुल्थे तिनले खेन्ह्वाँमै सुखदुःख बिसाउँथे 
कृषिमा आश्रित थारू समुदायले धान दाउन गाउँको बीचतिर खेन्ह्वाँ बनाएका हुन्थे प्रत्येक थारू गाउँमा कम्तीमा एउटा खेन्ह्वाँ हुन्थ्यो त्यो खेन्ह्वाँ गाउँको हुन्थ्यो ्यसभित्र गोत्यारको हुन्थ्यो त्यसको अझ भित्र घरको हुन्थ्यो अर्थात् फलानो गाउँको खेन्ह्वाँ भनेर भनिन्थ्यो त्यसभित्र पसेपछि फलानो गोत्यारको खेन्ह्वाँ भनेर चिनिन्थ्यो त्यसभित्र पनि पसेपछि फलानो घरको भनेर भनिन्थ्यो 
खेन्ह्वाँ मूल रूपमा त धान दाउन नै प्रयोग हुन्थ्यो धान गोरुले दाउँथ्यो तिहार सकिएको केही समयपछि सुरु भएको दाइँ लाउने काम माघसम्म जारी रहन्थ्यो खेन्ह्वाँमै थारूले वर्षभर फल्ने अन्नपात जम्मा गर्थे यसरी अन्नपात राख्नुअघि कुखुरा, खरानी, बढनी, करइै (रक्सी राख्ने भाँडो)ले खेन्ह्वाँ पूजा गर्थे एक घान दाएपछि धानको थुप्रोलाई गोबरले घेर्थे जुन एकै सासमा घेरिसक्नुपथ्र्यो गोबर नभए हँसियाले घेरा हाल्थे त्यसपछि बल्ल ओसाउँथे ओसाएको धानमा फलाम अनिवार्य भन्दै कोदालो या हँसिया राख्थे दाएर र ओसाएर सकेपछि पाँचवटा पात राख्थे पाँचवटै पातमा कुचोको केही सिन्का राख्थे एकेक चिम्टी धान राख्थे त्यसपछि बल्ल खेन्ह्वाँबाट घरमा धान भित्र्रयाउँथे 
खेन्ह्वाँ नहुनु सामाजिक नहुनु हो । खेन्ह्वाँ नहुनु सामूहिकता गुमाउनु हो । खेन्ह्वाँ नहुनु लोकसंगीत गुमाउनु हो । गीत र संगीत नहुनु जीवनको लय गुमाउनु हो । तपाईं नै भन्नुस् त, खेन्ह्वाँविना थारू गाउँले कसरी सास फेर्ला ? सास नफेरी कसरी बाँच्ला थारूबस्ती ?
।। ३
अहिले खेन्ह्वाँ भएको ठाउँमा प्रायः मन्दिर उभिएका छन्।कतिपय ठाउँमा गाउँको मर्वा बनाएका थिए मर्वा भनेको थारूले पुज्ने भुँयार थान हो।‘हाम्रो गाउँमा ठुल्ठूला छवटा खेन्ह्वाँ थिए एउटै खेन्ह्वाँ चार–पाँच बिगाहाका,’ आफ्नो गाउँ मजगाउँका खेन्ह्वाँ भएको ठाउँमा पुगेर नोस्टाल्जिक हुँदै लेखक छविलाल कोपिलाले भने उनको गाउँका खेन्ह्वाँ भएका ठाउँ कति स्वर्गद्वारी गुठीको जग्गा थिए कति ऐलानी कति सार्वजनिक जग्ग
ऐलानी जग्गा भएको ठाउँको खेन्ह्वाँमा कतै बाँस रोपेका
छन् त कति अतिक्रमित गुठीले भने आफ्नो जग्गा लगिसक्यो,’
लेखक कोपिला भन्दै थिए, ‘हाम्रो ‘डेउखर’मा पाँच–दस वर्ष भयो, खेन्ह्वाँ हराएको।’
।। ४
नेपालको चौथो ठूलो र आदिवासी जनजातिमध्ये दोस्रो ठूलो जनसंख्यावाला थारू समुदाय आफू बसोवास गरेका पूर्व, मध्य, पश्चिम र सुदूरपश्चिमका तराई र भित्री मधेस तीनै थारूले गुल्जार बनाएका हुन् तर, यी भूमिपुत्र थारू समुदाय पहाडी शासक खलक र मधेसी शासक खलकका दोहोरो शोषणमा प¥यो जंगबहादुर राणाको मुलुकी ऐनले ‘मासिन्या’मा राखेको थारू ‘कमैया’ र ‘कम्लरी’ जिन्दगी जियो थारू समुदाय अहिले पनि कृषिकर्ममै छ धान, तोरी, मसुरो, गहुँ दाउन छाडेको छैन तर, अहिले अन्नपात राख्ने र दाउने खेन्ह्वाँ छैन 
उसो भए कसरी दाउँछन् त खेन्ह्वाँविनै?
अहिले खेतमै दाउँछन् पराल पनि घरछेउमा लगेर राख्छन्
धेरै ठाउँमा त गोरुलाई मेसिनले विस्थापन गरिसकेको छ
समय फेरिँदा र नयाँ प्रविधि आएको मौका छोपेर प्रकृति पूजक थारू खेन्ह्वाँमा मन्दिर उभिएका छन् 
पहाडी हिन्दू शासक खलक औलो उन्मूलन भएपछि कि थारूबस्तीमा झरे कि दनुवार, सतार, सन्थाल, राजवंशी आदि आदिवासी बस्तीमा मन्दिरवाला प्रधानमन्त्री, मन्त्री, सिडिओ, पुलिस, सेना भएपछि थारू खेन्ह्वाँमा मन्दिर उभिन केको आइतबार? अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी र नेपालमा केपी ओली एकसाथ सत्तासीन भएको वेलाका के कुरा! 
उसो त टोल र गाउँ थारूबहुल भए पनि वडा या टोल विकास अध्यक्ष शासक खलककै कब्जामा छ थारू लोकजीवन फुल्ने सार्वजनिक खुला ठाउँ अर्थात् खेन्ह्वाँ खत्तम भएपछि के भयो
एक, थारू सामूहिकता हरायो
दुई, प्रकृति पुज्ने थारू पूजाथलो मेटियो
तीन, खेन्ह्वाँसँग जोडिएका गीत–संगीतसँगै थारू
लोकजीवन हरायो
खेन्ह्वाँसँग जोडिएको थारू सामूहिकता, गीत र जीवनशैली आजको मितिसम्म पनि आवश्यक छ मन माझ्न गीत फुलाउन खेन्ह्वाँ जहिल्यै जरुरी खेन्ह्वाँमा बनेका मन्दिर वा कुनै संरचनाले थारूबस्तीलाई जीवन दिन्छ, न गीत, न गति दिन्छ खेन्ह्वाँजस्ता सार्वजनिक थलोविना कसरी थारू लोकजीवनले सास फेर्ला? थारू बस्तीले त खेन्ह्वाँ गलाले पो सास फेथ्र्यो काठमाडौंले जसरी सार्वजनिक थलो गुमाए थारूबस्ती कसरी बाँच्ला?
तपाईंलाई लाग्ला, बगेको खोलाको याद गर्नुको तुक छ? हो, प्रविधि र समयले हिजोजस्तो खेन्ह्वाँ असम्भव होला तर, खेन्ह्वाँले फुलाउने सामूहिकता, गीत र थारू जीवन भोलिसम्म पनि खाँचो छ सास फेर्नसमेत खेन्ह्वाँ खाँचो खेन्ह्वाँविना कसरी थारू गाउँको पहिचान रहन्छ
खेन्ह्वाँ नहुनु सामाजिक नहुनु हो खेन्ह्वाँ नहुनु सामूहिकता गुमाउनु हो खेन्ह्वाँ नहुनु, गीत नहुनु हो खेन्ह्वाँ नहुनु, लोकसंगीत गुमाउनु हो गीत संगीत नहुनु, जीवनको लय गुमाउनु हो तपाईं नै भन्नुस् , खेन्ह्वाँविना थारू गाउँले कसरी सास फेर्ला? सास नफेरी कसरी बाँच्ला थारूबस्ती


Sacred Cham dance


Sacred Cham dance
Cham is a type of sacred dance unique to the Indo-Himalayan Buddhist culture. It is an extension of the Buddhist practice of visual offering of aesthetic movement, the mudra expression of enlightened spirit and of the artistic and entertaining expedience of passing a spiritual message.
Thus, cham comes in many varieties with different purposes. Some cham dances, such as the Rigma Chudrug cham dance representing the sixteen offering goddesses, are a display of beautiful movements as an offering to enlightened beings while others, such as the operatic Shawa Shakhyi dance of the Stag and Hounds and the Pholey Moley dance of the Handsome Men and Beautiful Women, are artistic and entertaining works performed to convey moral and spiritual messages. Many cham dances, such as the Zhanag or Black Hat dance are enactments of past events or tributary gestures to remember an event. The dance of the state deities in Punakha Dromchoe was introduced by Zhabdrung to show gratitude to the deities for protecting Bhutan. Many temples have their own unique cham dance to serve the needs, taste and aspirations of the local people and to honour the local deities. There are some dances, such as ter cham, which are considered esoteric and reformed in very private or secretive circumstances and others, which are performed for open public viewing.
A great majority of the cham dances, such as the Shinje Yabyum dance, deals with the physical display of the inner enlightened mind. They are extensions of the mudra gestures in being expressions of the spontaneous flow of enlightened energy. Like in the case of Shinje and Trochu dances, the mask faces and dancers represent the enlightened deities and their movements different forms of enlightened activities. For instance, in the tripartite Peling Gingsum dance, the deities in the form of Juging spirits with sticks, first do the study to identify the main existential enemy – the ego. They are followed by the Driging deities with swords to ritually slay the enemy and finally, the Ngaging spirit with drums appear to celebrate the victory over the enemy that is our own ego.
Some cham movements are powerful physical gestures and postures, which can trigger inner spiritual experience to overcome our negative thoughts and emotions. They spark off the experience of non-dual awareness of the true nature of mind. Many of cham dances also involve holy masks and costumes which have spiritual power invested in them by past lamas. These further help enhance the spiritual experience of the dancer as well as the viewers. Thus, cham has a strong liberative role in helping people progress on the path to enlightenment and freedom from suffering. It is often known as thongdrol or that which liberates upon seeing.
The main reason why our monasteries, temples and dzongs host cham dances and why people go to watch them is because cham has the power to help people reach enlightenment. This does not mean that people will automatically or suddenly get enlightened but viewing a cham dance will help connect people to a moral message, practice of offering or to the awareness of enlightened deities and gradually lead them to enlightenment. For instance, watching the Mangcham, people think of death, the law of karma, rebirth and the process of liberation.
When one watches cham, one should understand the significance of the cham and know that cham is a representation of inner enlightenment being displayed to trigger more spiritual and enlightened experience among the viewers. So, it should not be viewed purely as an entertainment but as an entertaining path to enlightenment.
Karma Phuntsho is the Director of Shejun Agency for Bhutan’s Cultural Documentation and Research, founder of the Loden Foundation and the author of The History of Bhutan. The piece was initially published in Bhutan’s national newspaper Kuensel in a series called Why we do what we do.


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...