Monday, October 19, 2020

आदिवासी ज्ञान के हो ?

 आदिवासी ज्ञान के हो ?

शुक्रवार १६ आस्विन, २०७७   |   कला र साहित्य

कुमार यात्रु तामाङ

काठमाडौं, नेपाल
https://www.indigenousvoice.com/1059.html

विश्वका विभिन्न ७० देशहरुमा बसोबास गरिरहेका ३७ करोड भन्दा बढी जनसंख्या भएका आदिवासीहरुको आफनै परम्परा, आफनै संस्कृति र जिविका सञ्चालनका तौरतरिकाहरु छन् । मानव विकासको क्रमसंगै आदिवासीले आर्जन गरेको अनुभव, अभ्यास र कतिपय अवस्थामा चुनौतिलाई समाधान गर्ने क्रममा उपलव्ध ज्ञानहरु रहेका हुन्छन् । आधुनिक राज्य प्रणालीको विकास नहुँदै अभ्यासमा आएका त्यस प्रकारका ज्ञानलाई पृथक सामाजिक संगठन, संस्कृतिहरुमार्फत समाजलाई सुव्यबस्थित बनाउन सहयोग गरेको हुन्छ । यस्ता ज्ञानहरु धेरै प्रकारबाट अभिव्यक्त हुन्छन् । कतै मूर्त वा अमुर्त साँस्कृतिक सम्पदाका रुपमा दृश्य वा अदृश्य हुन्छन् भने कतै प्रचलन र आध्यात्मिक विश्वासमा अनुवाद भएका हुन्छन् । तथापि कुनै पनि समाज ज्ञान सून्य भने हुन्नन् । 

मान्छेले आफनो ज्ञान र अनुभवका आधारमा तत्कालीन समस्यालाई समाधान गर्ने    जीवनलाई अझ गुणस्तरीय बनाउने उदेश्यले अनेकौ खोजहरु गरेको छ । मानिसलाई अनेकौ रोगव्याधि लाग्दा उपचार खोज्यो, खनिज, खाद्यपदार्थको उपयोगिता, पृथ्वी, वायूमण्डल लगायत प्रकृति र प्राकृतिक स्रोतको उपादेयता माथि अनुसन्धान ग¥यो । परिणाम स्वरुप जीवनलाई एक स्वीकृत तरिकाले (Accepted Modes Of Life) परिबर्तन गर्दै लग्यो ।  यसैको परिणाम. स्वरुप धर्म, ज्ञान, कला, विश्वास, प्रथा, कानुन, विज्ञान, दर्शन, साहित्य, वास्तुकला, बानी व्यहोरा आदिको विकास गर्न पुग्यो । तीनै सन्दर्भहरुको गर्भबाट आदिवासी ज्ञानको पनि विकास हुँदै गएको मान्न सकिन्छ । 

आदिवासी ज्ञान कुनै चमत्कारिक आविश्कार नभएर क्रमिक विकासको परिणाम हो । जीव विज्ञानको क्षेत्रमा जसरी जीवको संरचना परिबर्तन हुँदै जान्छ भन्ने मान्यता छ, त्यसै गरी आदिवासी ज्ञानको क्षेत्र पनि फराकिलो हुँदै जान्छ । प्रशिद्ध दार्शनिक चाल्र्स डार्विन (Charles Darwin) ले प्राकृतिक चयनको सिद्धान्तको व्याख्या गर्दै जैविक परिवर्तन संगै केही आन्तरिक शक्तिको पनि अभिबृद्धि हुने बताएका थिए । मानव समाजको ज्ञानका क्षेत्रहरु पनि यसै गरी चुनौतिहरु सामना गर्ने क्रममा प्राप्त उपलव्धी नै मानव ज्ञान हो । जसलाई आदिवासी ज्ञान भनिएको छ । 

आदिवासी ज्ञान कुनै चमत्कारिक आविश्कार नभएर क्रमिक विकासको परिणाम हो । मानव समाजको ज्ञानका क्षेत्रहरु पनि यसै गरी चुनौतिहरु सामना गर्ने क्रममा प्राप्त उपलव्धी नै मानव ज्ञान हो । जसलाई आदिवासी ज्ञान भनिएको छ । 

सुरुमा सबै मानव जाति जंगली युगमा थिए । जंगलमा उपलव्ध फलफूल, पशुपंक्षीको शिकार गरेर जीवन धान्ने गर्दथे । अभ्यासका क्रममा पशुपंक्षीको शिकार गर्नका लागि हतियारको आवश्यक भयो । ढुंगाका हतियारहरु बने । कन्दमूल संकलन गर्न कुनै न कुनै प्रकारका ज्यावलहरु आवश्यक भयो, यसका लागि काठका ज्यावल बने । मानव समाज ओडारमा बस्थे, घाम पानीबाट  र अन्य जंगली हिंस्रक जनावरको आक्रमणबाट बच्नका लागि सुरक्षित स्थान आवश्यक भयो, परिणाम स्वरुप आवासको जुक्ति निस्क्यो । मानिसहरु आगोको उपभोग गर्न जाने । आगोको ताप, भोजन बनाउन सहयोगी सिद्ध भयो । 

अभ्यासकै क्रममा मानिसले खान हुने र नहुने जंगली कंन्दमूल, अन्नपातको पहिचान गरे । उत्पादनलाई भण्डारण गर्न सिके । यसबाट कृषितर्फ मानिसको आकर्षण सुरु भयो । शिकार, फलफूल, कन्दमूलसंगै पशुपालन सहायक सिद्ध भयो । यस पछि धातुको प्रयोग गर्ने सीप सिके । माटोका भाँडाकुँडा बनाउने, बनको काठ पैदावरको सदुपयोग गर्न सिके । 

मानिसहरु बिभिन्न कारणले बिरामी पर्ने बेलामा उपचारपद्धतिहरुको आविश्कार भयो । खाद्यन्न, पोषिलो पदार्थहरु खाने अभ्यासमा लागे । लाज ढाक्न झारपात, रुखका बोक्राहरुको बस्त्र बनाउन थाले पछि कालान्तरमा कपडा बुन्ने रेशाहरुको विकास गरेर कपडाहरु लगाउन थाले । असभ्य जंगली समाजबाट उक्लदै सामाजिक व्यबस्था, प्रथाजनित संस्थाहरुको निर्माण, आध्यात्मिक विश्वासहरुका माध्यमले समाजलाई सुव्यवस्थित बनाउन लागे । यही विकासक्रममा अनेको प्रथा, परम्पराहरुको जग बसाले । यही पृष्ठभूमिबाट आदिवासी ज्ञानको प्रचलन हुन थाल्यो । यो ज्ञानको पुस्तान्तरण, प्रचलन र मान्यताहरु स्थापित भएकै कारणले आजको विश्वमा करौडौ संस्कृति, संस्कार र भाषा तथा सभ्यता विकसित रुपमा रहेका छन् । 

परिभाषा 

आदिवासी ज्ञान (Indigenous Knowledge)  मानव समुदायको लामो समय देखिको अभ्यास र अनुभवको निरन्तरता हो । यसलाई परम्परागत ज्ञान (Traditional Knowledge)   कसैकसैले स्थानीय ज्ञान (Local Knowledge) पनि भन्ने गर्दछन् । तथापि विज्ञान र प्रविधिको बढदो प्रयोग, विश्वव्यापीकरण, शहरीकरण, आधुनिक जीवनशैलीका कारण यस्तो ज्ञान आदिवासीहरुमा मात्र प्रचलनमा रहेको छ ।

जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्था जिवित रहन्छ, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोग प्रचुरता पाइन्छ ।

 आदिवासी ज्ञान आदिवासी समुदायको साझा इतिहास, आफनै भौगोलिक क्षेत्रको परम्परागत भूमि र भूक्षेत्र, साझा संस्कृति, मातृ भाषाको प्रयोगका कारण जिवित रहेको छ । जहाँ जहाँ आदिवासीको प्रथा, परम्परा र प्रथाजनित संस्था जिवित रहन्छ, त्यहाँ त्यहाँ आदिवासी ज्ञानको प्रयोग प्रचुरता पाइन्छ । आदिवासी ज्ञानको लिखित दस्तावेज उपलव्ध हुँदेन । किनकि आदिवासीहरुको जिवन्त मौखिक परम्पराले यस्ता ज्ञानलाई बचाएको हुन्छ । आदिवासी ज्ञान केही रुपमा संस्कृतिका रुपमा र कतै लोककथा, किम्बदन्तीका रुपमा बाँचेका हुन्छ भने कतै गीत तथा नाचहरुमा, अभिव्यक्त हुन्छ । केही आदिवासीहरुमा चित्रकला, मुर्तीकला एबम् धार्मिक संस्कारहरुमा देख्न सकिन्छ । 

आदिवासी ज्ञान सिर्जना वा आविस्कारबाट प्रारम्भ भएको नभै अभ्यास र अनुभवबाट खाँरिदै परिस्कृत हुँदै आएको हुँदा यसको स्वामित्व र प्रचलन सामुहिक हुन्छ । आदिवासी ज्ञानको प्रारम्भ मिती वा सुरुवाती समय हुँदैन । यसको प्रचलन र प्रयोग सामुहिक हुने भएको हुँदा यस्तो ज्ञानको श्रेय पुर्खालाई दिइन्छ । यस्तो अभ्यास केही स्थानमा आध्यात्मीक आस्था र विश्वासका आधारमा रहेको हुन्छ । 

आदिवासी ज्ञानलाई पश्चिमा संसारमा नेटिभ्स साइन्स (Natives Science) का नामले पनि सम्बोधन गरिन्छ । अमेरिका स्थित नेटिभ्स नेशन इन्स्ट्रिच्यूडका संस्थापक मध्ये एक  जर्ज क्याजेटले Gregory Cajete नेटिभ्स साइन्स शव्दको प्रयोग गरेका थिए । उनको कथन अनुसार प्राकृतिक संसारमा रहेका आदिवासीहरुको मानवीय अनुभव, बिचार, अनुभवबाट  नेटिभ्स साइन्सको विकास भएको हो । यो रुढ विचार वा अन्धविश्वास भन्दा पनि यसमा विज्ञान रहेको हुन्छ र यो विज्ञान मानव समुदायको सहयोगी हुन्छ ।  जुन भूमिमा उनीहरु जन्मे, बढे र प्रकृतिसंग आत्मसाथ गरे, त्यही भूमि र प्रकृतिको देन नै आदिवासी ज्ञान हो भन्ने उनको व्याख्या छ ।

आदिवासी ज्ञान आदिवासी समाजको साँस्कृतिक मूल्य र मान्यतासंग जोडिएको हुन्छ । जहाँ जीवन निर्बाहका जटिलता बिरुद्ध सहज निकाशको बाटो खोलिएको हुन्छ । उदाहरणका लागि हातहतियारहरु, शिकार खेल्ने साधानहरुलाई लिन सकिन्छ । कृषिसंग सम्बन्धी अनेको प्रविधिहरु छन् । कृषिसंग सम्बन्धीत बिउको संरक्षण गर्ने प्रविधिहरु छन् । कुन मौसममा  कुन बाली लगाउने भन्ने ज्ञान उनीहरुसंग छ ।

आदिवासी ज्ञान बहुआयामिक हुन्छ । प्रकृति, वातावरणमैत्री हुन्छ । चिकित्सा क्षेत्रमा त प्रायः सबै औषधिय आविस्कारको जननी आदिवासी ज्ञान हो । हालको जस्तो उपचारका विभिन्न प्रविधिहरुको आविश्कार नहुँदै आदिवासीहरुले रोगका उपचार गर्ने ज्ञान हासिल गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ ।

आदिवासी ज्ञान बहुआयामिक हुन्छ । प्रकृति, वातावरणमैत्री हुन्छ । चिकित्सा क्षेत्रमा त प्रायः सबै औषधिय आविस्कारको जननी आदिवासी ज्ञान हो । हालको जस्तो उपचारका विभिन्न प्रविधिहरुको आविश्कार नहुँदै आदिवासीहरुले रोगका उपचार गर्ने ज्ञान हासिल गरेका थिए । जस्को प्रयोग अहिले पनि कायम छ । हिमाली आदिवासीले प्रयोग गर्ने स्वरिग्पा पद्धति यसैको निरन्तरता हो । आयुर्बेदका माध्यमले प्रयोगमा ल्याएका अनेको जडिबुटी आदिवासी ज्ञानको प्रतिफल हो । 

आदिवासी ज्ञान प्राचीन र परम्परागत ज्ञान भएता पनि आधुनिक वैज्ञानिक ज्ञान प्रणाली Modern Science Knowledge System (MSKS)  को परिपुरक हो । वैज्ञानिक ज्ञानमा झै यसमा जहिले पनि नविनता, दीगो र विश्वासयोग्य ज्ञान हुन्छ ।  पर्याबरण, जैविक क्षेत्रमा त आदिवासी ज्ञानको क्षेत्र अझ फराकिलो छ । यसका तरिकाहरु, प्रविधिहरु आधुनिक वैज्ञानिक ज्ञान प्रणालीले पनि अवलम्बन गरेको छ । स्वास्थ्य विज्ञानको क्षेत्रमा जडिबुटीको प्रयोग एक उदाहरण हो । तिनै जडिबुटीबाट आधुकि औषधि विज्ञानले क्याप्सुल र सुईको आविस्कार गर्छन् । जस्लाई आदिवासी समाजमा तामाङको, वोन्वो, लिम्बुको फेदाङमा, गुरुङहरुको पैडी र लम तथा हिमालीभेगमा आम्चीहरु औषधीय ज्ञानलाई प्रयोगमा ल्याइरहेका छन् ।

आदिवासी ज्ञान र आदिवासी ज्ञान प्रणालीको स्रोत स्थानीय जातजातिको भाषा, संस्कार र संस्कृति हो भने आधुनिक वैज्ञानिक ज्ञान प्रणालीको स्रोत अन्तराष्ट्रिय ज्ञान प्रणाली हो । बिश्वविद्यालय, अनुसन्धान संस्थान तथा अनेको कम्पनीहरुमा आवद्ध बैज्ञानिकहरुको खोज र अनुसन्धानबाट आधुनिक वैज्ञानिक ज्ञान प्रणालीबाट जन्म हुन्छ । यो ज्ञान प्रणाली मौखिक रुपमा प्राप्त गर्न सकिन्न । कठोर शैक्षिक अध्ययन, प्रशिक्षण र लामो शैक्षिक अनुसन्धानबाट प्राप्त हुन्छ ।  तर आदिवासी ज्ञान मौखिक बृतान्तका आधारमा र पुस्ता हस्तान्तरणका माध्यमले प्राप्त हुन्छ । तथापि केही आदिवासी ज्ञानलाई आधुनिक विज्ञान प्रणालीले अस्तित्व स्वीकार गरेको मात्र नभै यसको अध्ययन अनुसन्धान नै सुरु गरेको छ । उदहरणका लागि आयुर्वेद औषधालयहरु नेपालमा खुल्न थालेका छन् । सरकारले आयुर्वेद विभाग नै बनाएको छ । चिनिया एक्युपञ्चर प्रणालीको अभ्यास विभिन्न अस्पतालमा पनि हुन थालेको छ । अमेरिकमा राष्टिय स्वास्थ्य अनुसन्धानमा एक्युपञ्चर र आयुर्बेद, आम्ची प्रणालीको अनुसन्धान हुन थालेको छ । 

आदिवासी ज्ञान सबै विज्ञानको जननी मान्नेहरु पनि छन् । आदिवासी ज्ञानको प्रयोग प्राकृतिक स्रोतहरुको उपयोग, संरक्षण र व्यबस्थापनमा बढी उपयोगी देखिएकोछ । पानीको स्रोतको संरक्षण गर्ने ज्ञान अद्वितिय मानिन्छ । जंगलको संरक्षण गर्ने आदिवासीसंग अनेकौ जुक्तिहरु हुन्छन् । आदिवासी ज्ञानमा आधारित सूचना प्रणाली, शिक्षा तथा सार्वजनिक पहुँचलाई सहज बनाउने प्रविधिहरु पनि छन् । तर ती ज्ञानहरु कतै लोप भएका छन् भने कतै राज्यको संरक्षणको अभावमा प्रतिबन्धित छन् । 

चुनौतिहरु 

आदिवासी ज्ञान यतिबेला लोपोन्मूख अवस्थामा छ । माथि नै चर्चा भए अनुसार विश्वव्यापीकरण, आधुनिक समाज, शहरीकरण तथा राज्यका असहिष्णु नीतिले आदिवासी ज्ञान प्रणाली लोप हुने खतरामा छ । प्रभूत्वशाली जाती वा समूदायको संस्कार र संस्कृति थोपर्ने प्रबृत्तिका कारण पनि आदिवासी ज्ञान वेवास्थामा परेको छ । 

आदिवासी ज्ञानको सवल प्रयोग विशेष संस्कृति, र भूगोलमा मात्र सम्भव हुन्छ । यो ज्ञान मौखिक प्रणालीमा निर्भर हुने भएकाले यस्तो ज्ञान मिश्रित समाजले मान्यता नदिन सक्छ । आदिवासी ज्ञान स्थिर प्रकृतिको त होइन तर यसलाई समय सापेक्ष सुधार पनि गर्न सकिन्छ ।

धेरै देशहरुमा आदिवासीको पहिचानको पनि समस्या छ । समाजको बनावटमा साँस्कृतिक अन्तरघुलन, बिबाह आदि कारण साँस्कृतिक सम्बन्धहरुमा अन्तरविरोध कायम हुँदा पनि आदिवासी ज्ञान लोप हुने सम्भावना हुन्छ । विश्वव्यापी रुपमा बसाईसराईको बढदो प्रबृत्तिका कारण विभिन्न जातीय पृष्ठभूमिका मानिसहरु एकै समाजमा बस्न पुग्छन् । यो क्रम आन्तरिक बसाईसराईमा पनि बढ्दोक्रममा छ । यस्तो समाजमा आदिवासी र गैरआदिवासीबीच मित्रता भयो भने आदिवासी ज्ञान लोप हुने खतरा हुन्छ भने द्वण्द्वले समाजमा हिंसा र अन्य सुरक्षा व्यबस्थालाई चुनौति दिन्छ । यी दुबै अवस्थामा आदिवासी ज्ञानको प्रचलन अविश्वसनीय बन्छ ।  

आदिवासी ज्ञानको सवल प्रयोग विशेष संस्कृति, र भूगोलमा मात्र सम्भव हुन्छ । यो ज्ञान मौखिक प्रणालीमा निर्भर हुने भएकाले यस्तो ज्ञान मिश्रित समाजले मान्यता नदिन सक्छ । आदिवासी ज्ञान स्थिर प्रकृतिको त होइन तर यसलाई समय सापेक्ष सुधार पनि गर्न सकिन्छ । तर त्यसरी सुधार गर्दा यसको आत्मामा भने नराम्ररी चोट पुगेको हुन्छ ।

(आदिवासी ज्ञान, प्रथा र परम्परा नामक प्रकाशोन्मूख पुस्तकबाट लिइएको हो) 
Read more at: https://www.indigenousvoice.com/1059.html

को हुन् आदिवासी जनजाति मगर ? एक परिचय

को हुन् आदिवासी जनजाति मगर ? एक परिचय

 फेयर नेपाल, February 27, 2019

काठमाडाैँ । मगर जाति मुख्यतया नेपालको मध्य पहाडी भेकमा बसोबास गर्ने भोट बर्मेली मूलको जाति हो। मगरहरू नेपालमा बसोबास गर्दै आएका आदिवासी जनजातिहरूमध्ये सङ्ख्यात्मकरूपले सबैभन्दा ठूलो जातीय समुदाय हो । २०६८ सालको जनगणनाअनुसार मगरहरूको जनसङ्ख्या १८,८७,७३३ रहेको छ । उनीहरू नेपालका ७५ वटै जिल्लामा बसोबास गर्दछन् । तर, विशेषतः बाग्लुङ, म्याग्दी, तनहुँ, पाल्पा, नवलपरासी, प्युठान र रोल्पा जिल्लामा मगरहरूको बाहुल्यता रहेको छ । उनीहरूको मौलिक सामाजिक परम्परा, भाषा, रहनसहन, चालचलन, भेषभूषा तथा रीतिरिवाज छ । मगर समुदायको थर, उपथर छन् । उनीहरू विभिन्न थर र उपथरअनुसार आफ्ना कुलपूजा गर्दछन् । र, पूजा गर्दा उनीहरू आफ्ना पुर्खाहरूलाई मुल थलोबाट पूजा मण्डपमा बोलाउने विधि गर्दछन् ।

मगर जाति एक जाति बहुभाषा भएको समुदाय हो । धार्मिक र सांस्कृतिकरूपले मगरहरू हिन्दू धर्मबाट बढी प्रभावित देखिए पनि जातीय धर्मको रूपमा बौद्ध धर्म मान्न थालेका छन् । उनीहरूले मौलिक परम्परागत संस्कारहरूलाई निरन्तरता दिइरहेका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गरेको मगर जातिको परिचय नामक पुस्तकमा इमानसिंह चेम्जोङका अनुसार किरात मुन्धुमअनुसार मगरहरू उत्तरी हिमालय क्षेत्रको सिम भन्ने स्थानबाट सिङ र चितु नामक दुई जनाको नेतृत्वमा नेपालको दक्षिणी भेगमा आई बसोबास गरेको हुन् । त्यसैगरी प्राचीन मगर र आक्खा लिपिका लेखक एमएस थापा मगरका अनुसार मगरहरू प्राचीन ढुङ्गेयुग वा शिकारी युगमा चीनको पामिरतिरबाट आजभन्दा करिव ४ हजार वर्षअगाडि भारतीय महादीपमा बसाइँ सरेका हुन् । र, लामो समयको अन्तरालमा पशुपालन युग र कृषि युगको थालनीसँगै जीविकोपार्जनका लागि अनुकूल ठाउँको खोजी गर्दै उनीहरू सुदूरपश्चिम र उत्तरतर्फबाट नेपाल प्रवेश गरेका हुन् ।

तर, बमकुमारी बुढामगरका अनुसार मगरहरूको उत्पत्ति थलो चीनको कुनै भू–भागमा नभएर हालको रुकुम जिल्लाको हुकाम मैकोटस्थित योमाखार पु अर्थात् अरिङ्गाल बस्ने ओडार र पेल्माखार पु अर्थात् जौं छर्ने ओडारबाट रिन्दु र पुरन नामक दुई जना रमा झाँक्रीको उत्पत्ति भएको हो । हुकाम मैकोटका ती दुई ओडारमा पुर्खाहरूमध्ये पाल (गोरा)का सन्तान वर्तमान रिडीदेखि पूर्व गोर्खासम्मको भूक्षेत्रमा फैलिएर बाह्र वटा राज्य स्थापना गरेको थिए भने मोल (काला)का सन्तानहरूले रिडीदेखि पश्चिम महाकालीसम्म अठार वटा राज्य स्थापना गरेका थिए ।

ऐतिहासिक कालदेखि नै मगरात भनिने राप्ती र गण्डकी क्षेत्रमा मगर जातिको सघन बसोबास रहँदै आएको छ । भनिन्छ, मगर वंशजको कर्णाली प्रदेश हुम्लाको हालको सिमिकोट र पर्वत जिल्लाको कुश्मा क्षेत्रमा राज्य थियो । पछि नेपाल एकीकरणको क्रममा मगरहरूले आफ्नो राज्य गुमाउन पुगेको र मगरहरू ७५ वटै जिल्लामा फैलिन पुगेको भन्ने भनाइ छ । वर्तमान अवस्थामा मगरहरू नेपालबाहेक भारतको सिक्किम, मेघालय, उत्तराञ्चल (देहरादुन)का साथै भुटान, बर्मा, हङकङ, बेलायतलगायतका मुलुकमा बसोबास गर्दछन् ।

यो जातिको नेपाल एकिकरण अभियानमा अत्यन्त ठूलो भूमिका निभाएका थिए, लिम्बुवान युद्ध हुन्दा लिम्बू सेना लाई पराजय पार्ने मा मगर सेना को साहास लाई थुलो भुमिका मानिन्च । ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जाति संग काँधमा काँध मिलाएर बहादुरी पूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।

प्रकार 
मगर समुदाय भाषागत आधारमा तीन प्रकारमा बाँडिएको हुन्छ । कालीगण्डकी पूर्वको मगर ढुट बोल्ने मगर, कालीगण्डकी पश्चिमको मगर खाम बोल्ने मगर र पालपा जिल्लाका मगर काइके बोल्ने मगरहरू । गण्डकी पूर्वलार्इ बाह्र मगरात र पश्चिमलार्इ अठार मगरात भनेर चिनिन्छ । बाह्र मगरातका मगरहरूको मुख्य थर थापा, राना र अाले हो । अठार मगरातका मगरहरूको मुख्य थर पुन, घर्ती, बुढा र रोका हो । यसैगरी डोल्पा क्षेत्रमा बुढा,रोका र घर्तीको बसोबास छ ।

यिनै सात थरका मगरहरूका गाहा, राना, खप्तरी , घर्ती, थापा, पुन, आग्री, आले, गुरुङचन, भुरुङचन, बेङलामी, बुढाथोकी, एसमाली, भस्की, रेवाली, हिस्की, थुमसिङ, रगाता, सिढारी, दुध आले, फेङदी आले, तोर्छाली आले र सूर्यवंशी आले, अस्लामी, दर्लामी, पुलामी, बलामी, तङलामी, रासकोटी, बीरकट्टा, सिंजापति, गहसरु, ध्यावाङ,बुढा, सिंजाली, फेवाली, तिर्के, पेगेल, रामजोली र साव, रुखमानी, वैजाली, तिके, फुङ्जा, रोका,सथिघरे, बाह्रघरे, पहराइ, सुतपहरे, रामजाली, रांगु, गोरे, काले, पाेंगे लगायतका उपथरहरू रहेका छन्। खस क्षेत्री र मगर को थर मिल्दो जुल्दो हुन्छ जस्तकी । थापा, बुराथोकी , राना, खद्का, घर्ति, खप्तरी, रोका, बुधा , लामिछाने, सिन्जाली, बराल, आदि ।

भाषा, भेष-भुषा 
मगर जातीका तीन थरि भाषाहरू छन् । तीनै थरिका भाषालार्इ मगर भाषा भनिन्छ । आफ्नै मगर भाषा का अलावा नेपाली भाषा पनि बोल्दछन । ती तीन थरिका भाषामा मगर ढुट, मगर खाम र मगर काइके हुन् । मगरहरू आफ्नै संस्कृतिमा रमाउने गर्दछन भने दसै,तिहारका जस्ता चाडपर्बलाई पनि मगरहरू धुमधामसँग मनाउने गर्दैछन् साथै माघेसंक्रान्ति, चण्डीपूर्णिमा आदी पर्वहरु पनि धुमधामले मनाउने गर्दछन। भोट–बर्मेली भाषा अन्र्तगत पर्ने मगरहरूको भाषालाई ढुट, खाम र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ।

रुषहरुको पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र महिलाहरुले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा कण्ठमाला/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि पहिरनमा सजिएर डाँडा–पाखा, द्यौराली, उकाली–ओराली साइनो गाँस्दै हिड्ने आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्ने गर्दछन्।

रहन सहन 
मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु(घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरूको बाहुल्यता रहेको पाइन्छ। हालका दिनहरूमा केही शिक्षित मगरहरू अस्पताल, इन्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानुनी, विकास निर्माण, राजनीतिक क्षेत्रहरूमा पनि संलग्न रहेको पाइन्छ।

मगर समुदाय भित्र साँस्कृतिक विविधता पाइन्छ। यिनिहरू साँस्कृतिक रूपमा निकै सम्पन्न छन्। अझैं पनि मगर समुदायले नाच्ने कौडा, घाटु, नचरी, सोरठी, झ्याउरे, रोदी र हुर्रा नाचको छुट्टै वर्चस्व रहेको छ। विशेषतः यिनिहरूको हुर्रा नाच एकदमै लोकप्रिय रहेको छ। हुर्रा नाचलाई द्यौसी पनि भनिने गरिन्छ। हुर्रा नाचलाई ‘देउस्याहा’ अर्थात देवी नाच भनेर पनि भनिने गरिन्छ। मगर भाषामा ‘देउ’ भनेको देव र ‘स्याहा’ भनेको नाच हुन्छ। देउस्याहा नै अपभ्रंस भई देउसी(द्यौसी) रहन गएको विज्ञहरूको मत छ। ‘हुर्रा’ एक मगर प्रतिष्ठानले जन्माएको नाम भएको बताइन्छ। मगर भाषामा ‘हुर्र’ भनेको मज्जा र ‘राहा’ भनेको आयो हुन्छ। रोमाञ्च अथवा आनन्दको अत्ति शिखरमा पुग्ने बेलामा मच्चिदै ‘हुर्र हा….’ भनिने गरेको बताइन्छ। यो नाचलाई देउसी र हुर्रा जे भनेर नामाकरण गरिए पनि यो एक पौराणिक नाच भएकोमा कसैको दुईमत छैन। पश्चिममा तत्कलीन शासकहरूबाट राज्य खोसिएपछि भाग्दै पूर्वतीर छिरेका मगरहरूले यो नाच आफैँले जन्माएको बताइएको छ।

हुर्रा नाचको उद्गम स्थल धनकुटा जिल्लाको मुढेबास रहेको बताइन्छ। हुर्रा नाच विशेषगरी तिहारको अवसर पारेर नाचिने गरिन्छ। धनकुटामा अन्नबाली पाक्न ढिलो भएको खण्डमा अन्नबाली पाकेपश्चात सफल्तापूर्वक भित्र्याइएको खुशियालीमा यो नाच नाचिने गरेको बताइन्छ। धनकुटामा विशेषतः भोटेहरूले मादल बनाएर मगरहरूलाई जिम्मा लगाउने गर्दछन्। मादल पाएपछि मगरहरू सौरे बजारको बीचमा रहेको बलिराज(कथित ठूलो ढुङ्गा)लाई झ्याली, मादल र मुरलीको गुञ्जायमानका साथ फेरो लगाएर गाउँ–गाउँ गएर नाच्ने गर्दछन्। गाउँ जाने बेलामा गीत गाउनेको स्वर नसुकोस् अनि मादलनको तानाबाना नचुँडियोस् भनेर सरस्वति देवीको लागि एउटा भाले चल्ला उठाउने गर्दछन् र पछि नाचगानको कार्यक्रम सकेर फर्केपछि पूजा गर्ने गर्दछन्। अर्को गाउँमा गएर नाचगान गरेर सकिएपछि बिदावारीको क्रममा त्यहाँको गाउँलेले नाँच्न–गाउन आउनेहरूको बाटो कुनै भूतप्रेत वा केहीले नछेकोस्, खोलानाला राम्ररी पार भएर जानु भनी जोडा बन्दुक पड्काएर बिदाई गर्ने गर्दछन्।

हुर्रा नाचको लागि ठूलो आँगनमात्र उपयुक्त हुने गर्दछ। किन भनें हुर्रा नाच्नका लागि ५० भन्दा बढी मान्छेहरू तम्तयार भएर बसेका हुन्छन्। नाचको बीचमा ४/५ वटा ठूलो मादल रन्काइने गरिन्छ। त्यहि मादलको तालमा ताल मिलाउँदै नाच्ने गर्दछन्। हुर्रा नाचमा छोटी कदमे, दुई कदमे र तीन कदमे गरी तीनवटा कदम नाच नचाइन्छ। मादलेहरू, भट्याउनेहरू दुई कदमे नाच्ने गर्दछन्, त्यहीँ तालमा बुढाबुढीको लस्कर तीन कदमे नाच्ने गर्दछन् त्यस्तै युवायुवति, बालबच्चाहरू हात समाएर गोलो बनाई छोटी कदमे नाच्ने गर्दछन्। यस नाचमा एकअर्काको हात समातेर मादलको एउटै तालमा खुट्टाको चलाई मिलाई नाच्नुपर्ने हुन्छ। यो नाच नाच्दा ‘देशै रमाइलो’ भनेर नाच्ने गरिन्छ। ‘देशै रमाइलो’ भनेको एउटा थोंगो हो। यो नाच नाच्दा ‘देशै रमाइलो’ भन्ने पंक्ति जोडेर गीत गाउनुपर्ने हुन्छ।

मगर समुदायको विवाह प्रसङ्ग एकदमै रोचक रहेको छ।मगरहरू विवाह गर्दा आफ्नो जातभित्रै गर्ने गर्दछन्। मामाचेली र फूपूचेलाबीच वैवाहिक सम्बन्ध हुने गर्दछन्। मगरहरू एकै थरमा भने सकेसम्म वैवाहिक सम्बन्ध गाँस्ने गर्दैनन्। मगर समुदायभित्र ‘केटी छोप्ने’ चलन छ जसमा १६ वर्ष उमेर पुगिसकेकी युवतिलाई झुक्याएर बलजफ्ती समातेर घिच्याउँदै गरेर विवाह गरिदिने गरिन्छ। विवाह भईसकेपछि केटाकेटीहरू केही महिनापछि ससुराली जाने गर्दछन् त्यसलाई ‘चार तिर्ने’ भनिन्छ। चार तिर्ने भनेको केटीलाई बाबुआमाको काखबाट छुटाएर लगेको दण्ड जरिवाना स्वरूप तिरिने रूपैयाँ हो। चार तिरिसकेपछि मात्र पाइलो फर्काउन केटीको माइत जानपर्छ र त्यसैबेला मात्र वैवाहिक कर्म गरिन्छ अनि दाइजोपातकासाथ छोरीज्वाइँ विदा गरिन्छ। मगर समुदायको मृत्यू संस्कार भने गाडेर गरिने गरिन्छ। मगरहरू मृत्यूमा जुठो र बच्चा जन्मिदा सुतक बार्ने गर्दछन्।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...