Thursday, March 21, 2019

पैसेरु नाचको रमझम [फोटोफिचर)


पैसेरु नाचको रमझम [फोटोफिचर)
फाल्गुन १०, २०७५हरि गौतम
रुकुम पश्चिम — मुसीकोट नगरपालिका-१, बराहटाकुरा तीन दिन बालबालिकादेखि वृद्धवृद्धासम्मको अवलोकन स्थल बन्यो । मंगलबार, बुधबार र बिहीबार त्यसरी सबै बराहटाकुरा जानुको एउटा मात्रै उद्देश्य थियो, पैसेरु नाचमा रमाउने  लोपोन्मुख पैसेरु नाच संरक्षणको उद्देश्यसहित गरिएको पैसेरु प्रतियोगिताले धेरैको ध्यान तान्यो । किशोरदेखि ७५ वर्ष उमेरसम्मकाले पैसेरु नाचे । एक अर्का समूहसँग नाचेरै प्रतिस्प्रर्धा गरे । राम्रो गर्नेले पुरस्कार पनि लिए 
मुसीकोट नगरपालिकाको मुख्य सहयोगमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखाले यसरी सबैलाई जम्मा हुने अवसर दिएको थियो । मुसीकोट नगरभित्रका वडास्तरीय पैसेरु नाच प्रतियोगिता पैसेरुको संरक्षण गर्ने र पछिल्लो पुस्तामा हस्तान्तरणको उद्देश्यसहित गरिएको आयोजक प्रतिष्ठानका शाखा सचिव तुल देवकोटाले बताए । प्रतियोगितामा सहभागी सबै समूहको भिडियो खिचिएको र भिडियो डकुमेन्ट्री बनाएर पछिका पुस्तासम्म पैसेरु नाच देखाइने छ । यो प्रतियोगिता जित्ने र हार्नेसँग मात्रै सरोकार नभएर नाच संरक्षण लागि भएकाले खुसी लागेको मुसीकोट नगरपालिका-२, का ७५ वर्षीय सर्जु खड्काले बताए ।
पहिले पहिले घरमा या मन्दिरमा गरिने पूजाआजामा धेरै नाचिने पैसेरु पछिल्लो समय निकै कम भइसकेको छ । पैसेरु नाच ठाउँ अनुसार फरक/फरक हाताबाट नाचिन्छ । कतै १६ देखि २० हाता नाचिन्छ भने कतै २२ हातामात्रै नाचिन्छ । मादलको पछिपछि लाग्ने अगुवाको चालअनुसार पछिकाले नाच्नुपर्ने विशेषता पैसेरु नाचको हो । पैसेरु नाच हेर्न गएका अतिथि तथा सर्वसाधारणसमेत पैसेरुको नाचमा मिसिएर नाचेका थिए । पैसेरु प्रतियोगितामा सहभागीमध्येका १२ समूहलाई पछि पार्दै मुसीकोट नगरपालिका-१, छिङको छिङ बहुउद्देश्यीय सहकारी प्रथम भयो । मुसीकोट नगरपालिका-१४, लोरिवाङको समूह दोस्रो हुँदा मुसीकोट नगरपालिका-१०, चुनको समूह तेस्रो भएको छ । जिल्लामा पहिलोपल्ट आयोजित पैसेरु प्रतियोगितामा प्रथम आउने छिङको समूहले ३०, दोस्रोले २५ र तेस्रो हुने समूहले २० हजार नगद पुरस्कार हात पारेको छ ।
मुसीकोट नगरपालिकाको ६ र ७ नम्वर वडा सान्त्वता भए । १३ समूहको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट पोसाकमा वडा नम्वर ७ साँखको समूह र ६ झिजाको समूह पहिलो भएको छ । उत्कृष्ट बाध्यवादनमा वडा नम्बर ११ लहु पहिलो भएको छ । त्यस्तै नयाँ पुस्ताको सहभागितामा वडा नम्वर २ रातामाटाको समूह पहिलो भएको छ । कान्तिपुर,

खलंगामा जसले घन्काएका छन् पञ्चै बाजा


खलंगामा जसले घन्काएका छन् पञ्चै बाजा
पहिले–पहिले महिलाले बाजा बजाउनु हुँदैन भन्थे अब पुरुषले बजाउन हुँदैन कि जस्तो भइसक्यो।’
आश्विन १८, २०७५हरि गौतम
रुकुम पश्चिम — पुतला दमाई गृहिणी हुन् घरको सम्पूर्ण चाँजोपाँजो मिलाउनु मुसीकोट नगरपालिका–१ की यी ५८ वर्षीयाको मुख्य जिम्मेवारी हो पछिल्ला चार वर्षयता उनी यही काम मात्रै गरिरहेकी छैनन्
जिल्लामा हुने मेला, पर्व, उत्सव, दिवसमा बाजागाजाको जिम्मेवारी पनि उनकै हो घरको कामकाज सकेर उनी बाजा बजाउन निस्किन्छिन् पञ्चैबाजाको आफ्नो टिमसहित

सिर्जनशील महिला पञ्चैबाजा समूहकी सदस्य पुतलाको काँधमा दमाहा हुन्छ बिनाकुनै थकावट उनी निरन्तर दमाहा बजाउँछिन् २०७१ को फागुन महिनादेखि यहाँ महिलाहरूले काँधमा दमाहा टयाम्की, मुखमा सहनाई र नरसिंगा, हातमा छिल्लरलगायत बाजा सम्हालेका हुन् स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि सबै राजनीतिक दलले सबै कार्यक्रममा महिलाबाटै पञ्चैबाजा बजाएका थिए
केही वर्षयता जिल्ला सदरमुकाममा हुने कुनै कार्यक्रममा पुरुषले पञ्चैबाजा बजाएको मैले देखेको छैन,’ खलंगाका पहल खड्काले भने, ‘पहिले–पहिले महिलाले बाजा बजाउनु हुँदैन भन्थे अब पुरुषले बजाउन हुँदैन कि जस्तो भइसक्यो पुरुषले बजाएको कहिल्यै देखिँदैन।’
हरेक कार्यक्रमको र्‍याली तथा जुलुसमा सबैभन्दा अगाडि तिनै महिलाहरू हुन्छन् एकै किसिमका पोसाकमा महिलाले पञ्चैबाजा बजाउँदा हेर्नेहरूको भीड पनि उत्तिकै हुन्छ ‘महिलाहरूले पञ्चैबाजा बजाउनु नौलो नै हो,’ खलंगा बजारकी पुष्पा केसीले भनिन्, ‘त्यो आकर्षक पनि देखिन्छ त्यसैले महिलाले बाजा बजाएको हेर्न धेरै झुम्मिने गर्छन्।’

केही वर्षअघिसम्म जिल्लाका कुनै पनि कार्यक्रममा पुरुषले नै पञ्चैबाजा बजाउने चलन थियोकार्यक्रम महिला समूहको मात्रै भए पनि पुरुष डाक्नुपथ्र्यो,’ सिर्जनशील महिला पञ्चैबाजा समूहकी अध्यक्ष हीरा परियारले भनिन्, ‘त्यसको अन्त्यका लागि आफैं बाजा बजाउन सुरु गरेका हौं।’ महिला समूहबाटै पैसा संकलन गरेर बाजा खरिद गरेर उनीहरूले बजाउन सुरु गरेका हुन् सुरुका केही दिनसम्म पुरुषहरूले बाजा बजाउन सिकाइदिएका थिए

पञ्चैबाजा उनीहरूको आम्दानीको स्रोत पनि बनेको छ एउटा कार्यक्रममा पञ्चैबाजा बजाएबापत् १२ हजार रुपैयाँसम्म लिने गरेका छन् अवस्था हेरेर शुल्क लिने गरेको समूहकी अध्यक्ष परियारले बताइन् उनका अनुसार न्यूनतम हजार रुपैयाँ लिने गरिएको उनीहरूको समूह पछिल्लो पटक जिल्लाका अन्य ठाउँमा पनि पञ्चैबाजा बजाउनका लागि जान थालेको छ पाँच दिनसम्म चलेको दोस्रो स्यार्पू पर्यटन महोत्सवमा पनि उनीहरू पञ्चैबाजासहित डाकिएका थिए अवसर पाएपछि महिलाहरू पनि कम छैनन् भन्ने पुष्टि पञ्चैबाजा समूहले गरेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए
प्रकाशित : कान्तिपुर, आश्विन १८, २०७५ ०८:४०

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...