Thursday, March 21, 2019

खलंगामा जसले घन्काएका छन् पञ्चै बाजा


खलंगामा जसले घन्काएका छन् पञ्चै बाजा
पहिले–पहिले महिलाले बाजा बजाउनु हुँदैन भन्थे अब पुरुषले बजाउन हुँदैन कि जस्तो भइसक्यो।’
आश्विन १८, २०७५हरि गौतम
रुकुम पश्चिम — पुतला दमाई गृहिणी हुन् घरको सम्पूर्ण चाँजोपाँजो मिलाउनु मुसीकोट नगरपालिका–१ की यी ५८ वर्षीयाको मुख्य जिम्मेवारी हो पछिल्ला चार वर्षयता उनी यही काम मात्रै गरिरहेकी छैनन्
जिल्लामा हुने मेला, पर्व, उत्सव, दिवसमा बाजागाजाको जिम्मेवारी पनि उनकै हो घरको कामकाज सकेर उनी बाजा बजाउन निस्किन्छिन् पञ्चैबाजाको आफ्नो टिमसहित

सिर्जनशील महिला पञ्चैबाजा समूहकी सदस्य पुतलाको काँधमा दमाहा हुन्छ बिनाकुनै थकावट उनी निरन्तर दमाहा बजाउँछिन् २०७१ को फागुन महिनादेखि यहाँ महिलाहरूले काँधमा दमाहा टयाम्की, मुखमा सहनाई र नरसिंगा, हातमा छिल्लरलगायत बाजा सम्हालेका हुन् स्थानीय तह, प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि सबै राजनीतिक दलले सबै कार्यक्रममा महिलाबाटै पञ्चैबाजा बजाएका थिए
केही वर्षयता जिल्ला सदरमुकाममा हुने कुनै कार्यक्रममा पुरुषले पञ्चैबाजा बजाएको मैले देखेको छैन,’ खलंगाका पहल खड्काले भने, ‘पहिले–पहिले महिलाले बाजा बजाउनु हुँदैन भन्थे अब पुरुषले बजाउन हुँदैन कि जस्तो भइसक्यो पुरुषले बजाएको कहिल्यै देखिँदैन।’
हरेक कार्यक्रमको र्‍याली तथा जुलुसमा सबैभन्दा अगाडि तिनै महिलाहरू हुन्छन् एकै किसिमका पोसाकमा महिलाले पञ्चैबाजा बजाउँदा हेर्नेहरूको भीड पनि उत्तिकै हुन्छ ‘महिलाहरूले पञ्चैबाजा बजाउनु नौलो नै हो,’ खलंगा बजारकी पुष्पा केसीले भनिन्, ‘त्यो आकर्षक पनि देखिन्छ त्यसैले महिलाले बाजा बजाएको हेर्न धेरै झुम्मिने गर्छन्।’

केही वर्षअघिसम्म जिल्लाका कुनै पनि कार्यक्रममा पुरुषले नै पञ्चैबाजा बजाउने चलन थियोकार्यक्रम महिला समूहको मात्रै भए पनि पुरुष डाक्नुपथ्र्यो,’ सिर्जनशील महिला पञ्चैबाजा समूहकी अध्यक्ष हीरा परियारले भनिन्, ‘त्यसको अन्त्यका लागि आफैं बाजा बजाउन सुरु गरेका हौं।’ महिला समूहबाटै पैसा संकलन गरेर बाजा खरिद गरेर उनीहरूले बजाउन सुरु गरेका हुन् सुरुका केही दिनसम्म पुरुषहरूले बाजा बजाउन सिकाइदिएका थिए

पञ्चैबाजा उनीहरूको आम्दानीको स्रोत पनि बनेको छ एउटा कार्यक्रममा पञ्चैबाजा बजाएबापत् १२ हजार रुपैयाँसम्म लिने गरेका छन् अवस्था हेरेर शुल्क लिने गरेको समूहकी अध्यक्ष परियारले बताइन् उनका अनुसार न्यूनतम हजार रुपैयाँ लिने गरिएको उनीहरूको समूह पछिल्लो पटक जिल्लाका अन्य ठाउँमा पनि पञ्चैबाजा बजाउनका लागि जान थालेको छ पाँच दिनसम्म चलेको दोस्रो स्यार्पू पर्यटन महोत्सवमा पनि उनीहरू पञ्चैबाजासहित डाकिएका थिए अवसर पाएपछि महिलाहरू पनि कम छैनन् भन्ने पुष्टि पञ्चैबाजा समूहले गरेको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले बताए
प्रकाशित : कान्तिपुर, आश्विन १८, २०७५ ०८:४०

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...