Friday, November 23, 2018

‘नृसिंह (नरसिंह) अवतार’ नाच






ललितपुर — पाटनको कृष्ण मन्दिरको डबली पाँच कुनामा ठुल्ठूला चिराग बलिरहेका छन् कोही चिरागमा तेल थप्दै छन्, कोही पोङ्गा, खीं, ता: र झयाली बजाउँदै छन् चारैतिरबाट ठेलमठेल हजारौंको भीडबीच भने नरसिंह अवतारको व्यग्र प्रतीक्षा भइरहेको
बिस्तारै भीडको स्वर चर्को बन्दैगयो अधिकांशले सुसेली मार्दै सिद्धिनरसिंहको दरबारतिर हेरे तैपनि दरबारको ढोका खुलेन।अघिल्तिर डबलीमा भने हिरण्यकश्यपु आफ्ना छोरा प्रल्हादप्रति क्रूद्ध बन्दै जतिपटक भने पनि प्रल्हादले विष्णुको पुकार गर्न छोडेका छैनन् हिरण्यकश्यपु झन् क्रूर बन्दै छ भीडले फेरि नरसिंह पुकार्न थाल्छ तर, दरबारको ढोका अझै खुल्दैन
 बुधबार मध्यराति साढे १२ बजे जब सिद्धिनरसिंह मल्लको सुनौलो ढोका खुल्छ, मुकुन्डोधारी नरसिंह निस्किन्छन् र सीधै डबलीतिर दौडिन्छन् मानिस नरसिंहलाई छुन तँछाडमछाड गर्न थाल्छन् ोही सेल्फी स्टिक तेस्याउँछन् भीडमै केही बेरमै डबलीमा हिरण्यकश्यपु नरसिंहबीच घमासान युद्ध चल्छ परम्परागत बाजाको तालमा खुट्टा हातको लय मिलाउँदै झन्डै आधा घण्टा घम्साघम्सी चलेपछि हिरण्यकश्यपु पराजित हुन्छ
 बुधबार मध्यरात ललितपुरस्थित पाटन डबलीको रौनक किन पनि भिन्न थियो भने यहाँ तान्त्रिक विधिमा आधारित कात्तिक नाचको सबैभन्दा महत्त्वपूर्ण मानिने ‘नृसिंह (नरसिंह) अवतार’ नाच प्रस्तुत भइरहेको थियो कात्तिक शुक्ल त्रयोदशीकै दिन देखाउनुपर्ने परम्परा रहिआएको झन्डै चार शताब्दी पुरानो नरसिंह अवतारलाई थुप्रैले रहस्यमय मान्दै आएका छन्
 जस्तो कि, नाचको क्रममा विष्णुको अवतार नरसिंहले हिरण्यकश्यपुलाई छुँदा कलाकार साँच्चिकै बेहोस हुन्छन् बेहोस हुनेबित्तिकै उनलाई सहयोगीहरूले उठाएर सुरक्षित स्थानमा लान्छन् मंगलबजारमा रहेको मंगल धाराबाट पानी ल्याएर छम्केपछि ात्रै उनको होस खुल्छ यसपटक पनि यस्तै भयो
 हिरण्यकश्यपु बनेका किरणचित्रकार मंगहिटीबाट पानी ल्याएर नखुवाइन्जेल अचेतै रहे उता, हिरण्यकश्यपुको अत्याचारबाट क्रुद्ध नरसिंह (कृतज्ञधर राजोपाध्याय) को रिस शान्त पार्न भने तलेजु मन्दिरका पुजारी सञ्जय शर्माले पूजा गर्नुपर्‍यो यत्तिले मात्र नभई नरसिंहको अघिल्तिर अप्सरा नृत्यसमेत देखाउनुपर्‍यो
 राजा सिद्धिनरसिंहले विसं १६९७ मा कृष्णमन्दिर बनाएर विधिवत् यो नाच सुरु गरेयता यो परम्परा जारी छ संस्कृतिज्ञाता एवं वडाध्यक्ष निर्मलरत्न शाक्यका अनुसार तान्त्रिक विधि जगाएर नाचिने यो नाच कुनै समय एक महिनासम्म नाचिन्थ्यो, अहिले १२ दिनमा सीमित हुन पुगेको छ नाच्ने कलाकार पनि पाउन मुस्किल बन्दै गइरहेको दुई दशकदेखि कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकार नै हिरण्यकश्यपुका रूपमा नाच्दै आएका छन्
 चित्रकारका अनुसार यो नाच ‘दुष्ट हार्ने र सत्य जित्ने’ उत्सव पनि हो विष्णु पुराणमा आधारित कात्तिक नाचको यो सबैभन्दा महत्त्वपूर्ण भाग हो यसअघि दुई दिन बा: नाच (लोकनाटक), ५ दिन उषाहरण, जलशयणअन्तर्गत मधुकैटभ वध, बराह अवतार देखाइन्छ नरसिंह अवतारपछि भने वस्त्रहरण र दधि लीला प्रस्तुत गरिन्छ कात्तिक २६ मा सुरु यस वर्षको कात्तिक नाच भने शुक्रबार ‘दधि लीला’ देखाएपछि समापन हुने कात्तिक नाच समापन समितिले जनाएको
 सिद्धिनरसिंह मल्लले देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर नाच प्रचलनमा ल्याएकोले ‘कात्तिक नाच’ भनिएको शाक्यले बताए सुरुमा कृष्ण लीलामा आधारित यो नाच बराह नरसिंह नाचसमेत मिसाएर प्रत्येक वर्ष कात्तिक महिनामा आठ दिनसम्म नाचिन्थ्यो
 पछि सिद्धिनरसिंहकै छोरा श्रीनिवास मल्लको समय (विसं. १७३०) मा सात दिन थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू पनि समावेश गरिए त्यसपछि श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले ‘उषाहरण’ ‘माधवनर’ लगायतका शास्त्रीय नाच थपेर एक महिनासम्म नाच्ने परम्परा बसालेको समितिका अध्यक्ष चित्रकारले जनाए
 चित्रकारअनुसार विसं २००६ सम्म निरन्तर चलेको यो नाच २००७ को क्रान्तिको बेला रोकियो त्यसपछि २००८ देखि २०३७ सम्म हरेक वर्ष दुई दिन मात्र नाच्न थालियो २०७१ देखि भने १२ दिन नाचिँदै आएको
 हाम्रो मुलुककै यो सबैभन्दा ठूलो नाट्य उत्सव हो,’ ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्यालले भनिन्, ‘संसारकै लागि यो नाच रहस्यमय छ यसलाई पर्यटनसँग पनि जोडेर लैजाने हाम्रो
योजना छ।’ कान्तिपुर, प्रकाशित : मंसिर ७, २०७५ ०८:२४





संस्कृति जोगाउँदै थारू महिला


संस्कृति जोगाउँदै थारू महिला
कार्तिक ६, २०७५ठाकुरसिंह थारू
नेपालगन्ज धेरै भएको छैन, महिलालाई हुरडुंगा नाच्न र गीत गाउन रोक लगाएको। महिला दर्शक मात्र हुन्थे। पुरुष महिलाको रूप धारण गरी नाच्थे। गीत गाउने र मादल बजाउने (मिर्दगिया) सबै पुरुष नै हुन्थे
तर, पछिल्लो समय थारू समुदायको परम्परागत हुरडुंगा नाच जोगाउने जिम्मेवारी महिलाको काँधमा छ। नयाँ पुस्ताका युवामा परम्परागत नाचप्रति चासो नदेखिएपछि महिला त्यही संस्कृति धान्न अघि सरेका हुन्। मादल बजाउने, गीत गाउने र नाच्नेसमेत आफैं गर्छन्
लोप हुन थालेको संस्कृति जोगाउन पाएकामा खुसी पनि छन्। पुर्खाले जोगाइ दिएको लेहंगा र चोलियामा सजिएर उनीहरू संस्कृति जोगाउन लागेका हुन्। रंगीबिरंगी फुन्ना लगाइएका ढकियाले थप रौनकता थप्छ। नयाँ पुस्ताका थारू युवाहरू डिजेतर्फ आकर्षित भइरहँदा किशोरी र महिला भने परम्परालाई निरन्तरता दिइरहेका छन्

दुई/चार वर्षअघि हुरडुंगामा खुलेर नाच्न पाइँदैन्थ्यो, नाच्दा समाजले अर्कै रूपमा हेथ्र्यो,’ कोहलपुरकी रविना चौधरीले भनिन्, ‘दसैंमा नाचिने नाच महिलाले नगर्ने हो भने संस्कृति नै धरापमा पर्ने बेला आइसक्यो। युवाहरू थारू गीतमा नाच्न र गाउन छाडिसकेथारू गाउँमा दसैंको रौनक एक महिनाअघि नै सुरु हुन्छ। खास गरी भदौ महिनामा हरेरी पूजा गरेपछि दसैंको स्वागत गरिन्छ। उक्त दिनदेखि हुरडुंगा नाच्न सुरु हुन्छ। हरेरी पूजाका दिन गरिने उक्त नाच महिलालाई हेर्न परम्पराअनुसार निषेध गरिएको छ

वर्षको पहिलोपल्ट गरिने नाच देवीदेउता, भूतप्रेत हेर्न आउने मान्यताका आधारमा महिलालाई त्यस दिन नाच हेर्न नदिने परम्परा रहेको थारू अगुवा बताउँछन्। तर, त्यसपछिका दिनमा हुने नाच भने महिलाले नै गर्दै आएका छन्। परम्परागत पहिरनमा थारू महिलाहरू नाच्न थालेपछि युवाहरू हेर्न पुग्छन्पहिले महिलाले हेर्थे, पुरुष नाच्थे। अहिले महिला नाच्छन्, पुरुष हेर्छन्,’ थारू महिला अगुवा लक्ष्मी चौधरीले भनिन्, ‘महिलाले थारू पुर्खाको संस्कार, संस्कृति र पोसाक जोगाएका छन्

दसैंको अष्टमी, नवमीका दिन पश्चिम तराईका गाउँमा रातदिन हुरडुंगा र सखिया नाचको रौनक रहयो। अष्टमीलाई ढिक्रहवा, नवमीलाई पित्तरवा मनाइन्छ। त्यस दिन रातदिन नाच गर्ने चलन छ। थारू नाचका सोखिन कोहलपुरका रामसिंह चौधरीले आफ्नो समुदायको नाच र संस्कृति धरापमा परेको बताए। तर, दसैंका बेला भने महिलाले संरक्षण गरेको उनको अनुभव छहरेरीका दिन नाच हुनै मुस्किल हुन्छ,’ उनले भने, ‘महिलाले हराउँदै गरेको संस्कार जोगाइदिएका छन्

पछिल्लो समय भने थारू संस्कृतिलाई बुढापाकाको जिम्मामा छाडिएको छ। युवाको आकर्षण नभएपछि संस्कृति र संस्कार धरापमा परेको हो। युवा पुस्ता आधुनिक गीतमा नाच्न थालेका छन्। कतिपय थारू समुदायका गीत र नाच लोप भइसकेका छन्। हरेक महिना, मौसम र सिजन अनुसारको थारू समुदायमा गीत र नाच गरिन्छयुवाहरू थारू संस्कृति जोगाउनुपर्छ भन्छन् तर व्यवहारमा भने त्यस्तो छैन,’ आफ्नो संस्कृतिबारे चिन्ता गर्दै आएका रामसिंहले भने, ‘आफ्नो संस्कृति जोगाउनै धौधौ भइसक्यो

थारू समुदायमा नाच्ने झर्रा नाच इतिहासमा सीमित बनेको छ। नयाँ पुस्ताले देख्नै नपाएको उक्त नाचको संरक्षणमा अहिले युवा जुटेका छन्। त्यस्तै बिहेबारीमा गाइने माँगर, रोपाइँका बेला गाइने गीत, चैत वैशाखमा गाइने सजना, दसैंमा गाइने दिन नच्वा, बिहेग्रा, महिरावणलगायतका सयौं गीत सुन्न छाडिएका छन्। त्यसो त पश्चिम तराईमा बसोवास गर्दै आएका थारू समुदाय संस्कृतिको खानी मानिन्छन्। त्यसैले चाडपर्वका बेला भए पनि ती गाउँमा परम्परागत गीत गुन्जिन्छन्। तर, सयौं वर्ष पुराना थारू गीतलाई लयबद्ध गर्न पनि चुनौती छ। थारू समुदायले गाउने गीत र लय समयपिच्छे फरक छ। साँझ करनउटी, जन्माउटी, फूलवार गीत र मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउँसो दिननचवा र कहरा गीत गाउने परम्परा छ। जुनसुकै बेला जुनसुकै गीत गाउन पाइँदैन
प्रकाशित : कार्तिक ६, २०७५ ०९:३८

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...