Friday, November 23, 2018

संस्कृति जोगाउँदै थारू महिला


संस्कृति जोगाउँदै थारू महिला
कार्तिक ६, २०७५ठाकुरसिंह थारू
नेपालगन्ज धेरै भएको छैन, महिलालाई हुरडुंगा नाच्न र गीत गाउन रोक लगाएको। महिला दर्शक मात्र हुन्थे। पुरुष महिलाको रूप धारण गरी नाच्थे। गीत गाउने र मादल बजाउने (मिर्दगिया) सबै पुरुष नै हुन्थे
तर, पछिल्लो समय थारू समुदायको परम्परागत हुरडुंगा नाच जोगाउने जिम्मेवारी महिलाको काँधमा छ। नयाँ पुस्ताका युवामा परम्परागत नाचप्रति चासो नदेखिएपछि महिला त्यही संस्कृति धान्न अघि सरेका हुन्। मादल बजाउने, गीत गाउने र नाच्नेसमेत आफैं गर्छन्
लोप हुन थालेको संस्कृति जोगाउन पाएकामा खुसी पनि छन्। पुर्खाले जोगाइ दिएको लेहंगा र चोलियामा सजिएर उनीहरू संस्कृति जोगाउन लागेका हुन्। रंगीबिरंगी फुन्ना लगाइएका ढकियाले थप रौनकता थप्छ। नयाँ पुस्ताका थारू युवाहरू डिजेतर्फ आकर्षित भइरहँदा किशोरी र महिला भने परम्परालाई निरन्तरता दिइरहेका छन्

दुई/चार वर्षअघि हुरडुंगामा खुलेर नाच्न पाइँदैन्थ्यो, नाच्दा समाजले अर्कै रूपमा हेथ्र्यो,’ कोहलपुरकी रविना चौधरीले भनिन्, ‘दसैंमा नाचिने नाच महिलाले नगर्ने हो भने संस्कृति नै धरापमा पर्ने बेला आइसक्यो। युवाहरू थारू गीतमा नाच्न र गाउन छाडिसकेथारू गाउँमा दसैंको रौनक एक महिनाअघि नै सुरु हुन्छ। खास गरी भदौ महिनामा हरेरी पूजा गरेपछि दसैंको स्वागत गरिन्छ। उक्त दिनदेखि हुरडुंगा नाच्न सुरु हुन्छ। हरेरी पूजाका दिन गरिने उक्त नाच महिलालाई हेर्न परम्पराअनुसार निषेध गरिएको छ

वर्षको पहिलोपल्ट गरिने नाच देवीदेउता, भूतप्रेत हेर्न आउने मान्यताका आधारमा महिलालाई त्यस दिन नाच हेर्न नदिने परम्परा रहेको थारू अगुवा बताउँछन्। तर, त्यसपछिका दिनमा हुने नाच भने महिलाले नै गर्दै आएका छन्। परम्परागत पहिरनमा थारू महिलाहरू नाच्न थालेपछि युवाहरू हेर्न पुग्छन्पहिले महिलाले हेर्थे, पुरुष नाच्थे। अहिले महिला नाच्छन्, पुरुष हेर्छन्,’ थारू महिला अगुवा लक्ष्मी चौधरीले भनिन्, ‘महिलाले थारू पुर्खाको संस्कार, संस्कृति र पोसाक जोगाएका छन्

दसैंको अष्टमी, नवमीका दिन पश्चिम तराईका गाउँमा रातदिन हुरडुंगा र सखिया नाचको रौनक रहयो। अष्टमीलाई ढिक्रहवा, नवमीलाई पित्तरवा मनाइन्छ। त्यस दिन रातदिन नाच गर्ने चलन छ। थारू नाचका सोखिन कोहलपुरका रामसिंह चौधरीले आफ्नो समुदायको नाच र संस्कृति धरापमा परेको बताए। तर, दसैंका बेला भने महिलाले संरक्षण गरेको उनको अनुभव छहरेरीका दिन नाच हुनै मुस्किल हुन्छ,’ उनले भने, ‘महिलाले हराउँदै गरेको संस्कार जोगाइदिएका छन्

पछिल्लो समय भने थारू संस्कृतिलाई बुढापाकाको जिम्मामा छाडिएको छ। युवाको आकर्षण नभएपछि संस्कृति र संस्कार धरापमा परेको हो। युवा पुस्ता आधुनिक गीतमा नाच्न थालेका छन्। कतिपय थारू समुदायका गीत र नाच लोप भइसकेका छन्। हरेक महिना, मौसम र सिजन अनुसारको थारू समुदायमा गीत र नाच गरिन्छयुवाहरू थारू संस्कृति जोगाउनुपर्छ भन्छन् तर व्यवहारमा भने त्यस्तो छैन,’ आफ्नो संस्कृतिबारे चिन्ता गर्दै आएका रामसिंहले भने, ‘आफ्नो संस्कृति जोगाउनै धौधौ भइसक्यो

थारू समुदायमा नाच्ने झर्रा नाच इतिहासमा सीमित बनेको छ। नयाँ पुस्ताले देख्नै नपाएको उक्त नाचको संरक्षणमा अहिले युवा जुटेका छन्। त्यस्तै बिहेबारीमा गाइने माँगर, रोपाइँका बेला गाइने गीत, चैत वैशाखमा गाइने सजना, दसैंमा गाइने दिन नच्वा, बिहेग्रा, महिरावणलगायतका सयौं गीत सुन्न छाडिएका छन्। त्यसो त पश्चिम तराईमा बसोवास गर्दै आएका थारू समुदाय संस्कृतिको खानी मानिन्छन्। त्यसैले चाडपर्वका बेला भए पनि ती गाउँमा परम्परागत गीत गुन्जिन्छन्। तर, सयौं वर्ष पुराना थारू गीतलाई लयबद्ध गर्न पनि चुनौती छ। थारू समुदायले गाउने गीत र लय समयपिच्छे फरक छ। साँझ करनउटी, जन्माउटी, फूलवार गीत र मध्यरातबाट बिहानसम्म बिहेगरा, दिउँसो दिननचवा र कहरा गीत गाउने परम्परा छ। जुनसुकै बेला जुनसुकै गीत गाउन पाइँदैन
प्रकाशित : कार्तिक ६, २०७५ ०९:३८

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...