Tuesday, June 04, 2019

साकेला देखाउन फौदारी


साकेला देखाउन फौदारी
कुमारी कृष्ण राई ०२६ सालमा साकेला नाच्नकै लागि काठमाडौं आइन् । एकजना महिलाको नेतृत्वमा अञ्चलाधीशहरूसँग फौदारी गरीगरी साकेला प्रदर्शन गरेको भिन्न अनुभूति उनले झन् नयाँसँग बाँडेकी छिन् ।
२०७६ जेठ ११ शनिबार ०९:१९:०० | काठमाडाैं
संस्कृति
अहिले काठमाडौंमा पनि झन्डै एक दर्जन फरक–फरक स्थानमा फरक–फरक मितिमा गाउँघरमा जस्तै महिना दिनजति साकेला पूजा र सिली (नृत्य) गरिन्छ यस अवस्थासम्म आउन इतिहासको निकै लामो समय लागेको साकेलासम्बन्धी लेखिएका पुस्तकमा उल्लेख भएअनुसार, काठमाडौं उपत्यकामा २०२० सालमा पहिलोपटक साकेला सिली प्रदर्शन गरिएको थियो यही समयकै सेरोफेरोमा मेरै नेतृत्वमा पनि काठमाडौंमा साकेला प्रदर्शन गरेका थियौँ, त्यो कुराचाहिँ इतिहासमा छुटिरहेको देख्छु
दुर्गम खोटाङदेखि एकजना महिलाको नेतृत्वमा अञ्चलाधीशहरूसँग फौदारी गरीगरीकन साकेला प्रदर्शन गर्नुको छुट्टै महत्व  छ भन्ने लागेको छ मलाई त्यही भएका कारण काठमाडौंमा मेरो नेतृत्वमा कसरी साकेला प्रदर्शन गरिएको थियो भन्ने अनुभव बाँड्न चाहेकी हुँ नेर्पा (खोटाङ)देखि काठमाडौं ९९ कोस छ अहिलेजस्तो सुविधा थिएन, पहाडैपहाड हिँडेर हामी सात दिनमा काठमाडौं पुग्थ्यौँ साथमा खसी पनि लैजाँदाचाहिँ नौ दिन लाग्थ्यो 
नेर्पाबाट दिक्तेल हुँदै खोटाङको हलेसी पुग्थ्यौँ त्यहाँबाट दूधकोसीको जयरामघाट हुँदै राष्ट्रगानका रचनाकार व्याकुल माइलाको गाउँ सोक्माटार (ओखलढुंगा)बाट सुनकोसी किनारैकिनार बाजुरा खोला पुग्थ्यौ बाजुराखोलाबाट तीन दिन हिँडेपछि रोसीखोला पुगिन्थ्यो त्योभन्दा पहिला हामी टोक्सेलघाटमा डुंगा तरेर चरुंगेबेसी हुँदै नेपालथोक पुग्थ्यौँ त्यहाँबाट दुई दिन रोसीखोला किनारैकिनार हिँड्थ्यौँ त्यतिखेर रोसीखोलामा चोर लाग्थ्यो, त्यसैले हामी खोलामा हुल बाँधिएर हिँड्थ्यौँ खोला छिचोलेपछि भकुन्डेबेसी हुँदै धुलिखेल पुग्थ्यौँ धुलिखेलबाट बनेपासम्म हिँडेर जान्थ्यौँ त्यहाँबाट चाहिँ ट्रक चढेर काठमाडौं पुग्थ्यौँ 
तर, काठमाडौंमा साकेला सिली प्रदर्शन गर्न जाँदाचाहिँ तत्कालीन सगरमाथा अञ्चल कार्यालय राजविराज हुँदै गएका थियौँ पञ्चायतकालमा फागुन गते काठमाडौंमा १४ अञ्चलको संस्कृति झल्किने नाच देखाइन्थ्यो हामीले यो कुरा सुनेका मात्र थियौँ एक सालचाहिँ हामीले पनि काठमाडौंमा साकेला सिली देखाउनुपर्छ भनेर टिम बनायौँ टिममा खोटाङकै रामबहादुर, डम्बरबहादुर, हर्कशेर, बुद्धे, अन्तरे, काजी, रमावती, मालावती, सिम्मा (बर्ती) राई र म गरी १० जना भयौँ टोलीको अगुवा थिएँ १० मध्ये एकजना ढोल बजाउने थिए यो राजा वीरेन्द्र शाहको ऐश्वर्य राणासँग बिहे भएको वर्षको कुरा हो मैले सम्झेसम्म वीरेन्द्र ऐश्वर्यको विवाह २०२६ सालमा भएको हो कि जस्तो लाग्छ! 
साकेला सिली देखाउनकै लागि नेर्पाबाट दिक्तेल हुँदै हामी खोटाङकै रेग्मीटार झ-यौँ रेग्मीटारबाट दोस्रो वास बस्न सुनकोसी किनारैकिनार छाम्लिङ पुग्यौँ छाम्लिङबाट सुनकोसी तरेर दक्षिणतर्फ लागेर तीन दिनमा उदयपुरको बेल्टार पुग्यौँ बेल्टारमा मेरा कर्नेल मामा चन्द्रबहादुर राईका माइला भाइ हुनुहुन्थ्यो उहाँ मलेरिया उन्मूलनको हाकिम हुनुहुन्थ्यो उहाँले मलेरियाको जिप झिकाउनुभयो फत्तेपुरसम्म पु-याइदिनुभयो फत्तेपुरदेखि चाहिँ एक दिनमा हिँडेर राजविराज पुग्यौँ 
राजविराजमा पञ्चायतको महिला संगठन, भूतपूर्व सैनिक संगठन, प्रौढ संगठन आदि थुप्रै संगठनको सम्मेलन थियो खोटाङ जिल्लाको महिला संगठनकी अध्यक्ष थिएँ हामीले त्यो सम्मेलनमा पनि साकेला सिली देखायौँ सम्मेलनका प्रतिनिधिका लागि तयार पारिएकै खाना खाएँ तर, मेरो साकेला टिमलाई त खान दिँदैनथ्यो, त्यसैले उनीहरूलाई छुट्टै ठाउँमा राखेर मेरो खर्चले खाना खुवाएँ अहिलेजस्तो होटेल नपाइने भएकाले हामीले खाना पकाउने भाँडाकुँडा पनि बोकेका थियौँ 
हामी सम्मेलनमा तीन दिन बस्यौँ राजविराजमा आउनुभएका भोजपुरका माननीय भुइँदल राईले ‘खुर्पाको बिँड सेउली समात्ने राईको संस्कृति हो’ भनेर हामीलाई उत्साहित तुल्याउनुभयो मैले भुइँदल दाइहरूलाई नै ‘हाम्रो साकेला नाच पनि काठमाडौंमा देखाउन पाउनुपर्छ’ भनेर कुरा राखेँ अञ्चलाधीशले अर्कै टोलीलाई सिफारिस गरिसकेका रहेछन्, त्यसैले हामीले अस्थायी (वैकल्पिक) समूहको मात्रै मान्यता पायौँ 
सम्मेलन सकिएपछि हामी काठमाडौंतर्फ लाग्यौँ काठमाडौं पुग्न राजविराजबाट सुनौलीसम्म मोटरमा जानुपथ्र्यो सुनौलीबाट चाहिँ रेल चढेर वीरगन्जसम्म गयौँ वीरगन्जबाट गाडी चढेर भीमफेदीसम्म आयौँ भीमफेदीबाट अर्को मोटर चढेर काठमाडौं आइपुग्यौँ मचाहिँ २०१३ सालमा भएको राजा महेन्द्रको राज्याभिषेकमा पनि फुटबल खेल्न काठमाडौं 
आएकी थिएँ साकेला टिमलाई काठमाडौंसम्म आउने–जाने खर्च मैले व्यक्तिगत रूपमा व्यहोरेकी थिएँ हामीलाई वैकल्पिक (अस्थायी) अनुमति मात्र दिइएकाले भत्ता दिइएको थिएन 
हामी कार्यक्रम हुने दिनभन्दा पहिले नै काठमाडौं पुग्यौं कार्यक्रम राष्ट्रिय नाचघरमा थियो खोटाङ हलेसीकै डिल्लीशेर राई मन्त्री हुनुहुन्थ्यो हामी मन्त्रीको गाडी चढेर नाचघर गयौँ पहिरनले पनि काम गर्दो रहेछ मैले ठूलो कोट लगाएको थिएँ, त्यसले गर्दा पनि डाइरेक्टर र जिएमहरूले मलाई कम आँक्न सकेनन् जस्तो लाग्छ जवान पनि थिएँ घमन्ड गरेरै साकेला नाच देखाउन सफल भएँ 
त्यतिखेर राष्ट्रिय नाचघरको भवन पुरानो थियो हामीलाई प्रवेशका लागि अनुमतिपत्र दिइएको थियो त्यो देखाएर भित्र छि-यौँ हामीले साकेला नाच देखाउन पाउने कि नपाउने कुनै निश्चित थिएन हामीलाई अस्थायी (वैकल्पिक) अनुमतिपत्र मात्र दिइएको थियो हामीले आफ्ना मान्छे पनि थुप्रै छिराएका थियौँ खोटाङ चुप्लाका लखनशेर राई, केदार राईहरूलाई पनि मन्त्रीको गाडीमा राखेर नाचघरमा छिराएका थियौँ किनभने हामीलाई राजविराजबाट सिफारिस भएर आएका नाचका डाइरेक्टरसँग सल्लाह गरेर, नभए दबाब दिएर पनि साकेला नृत्य देखाउनु नै थियो 
ती डाइरेक्टरले हामीलाई साकेला देखाउन दिइरहेका थिएनन् किनभने हामीलाई दिँदा उसको नाच कटौतीमा पथ्र्यो अनेक भनसुन गर्दा पनि नहुने भएपछि मैले झोक्किँदै डाइरेक्टरसँग भनेँ, ‘म पनि तँजस्तै डाइरेक्टर हुँ हामीले चाहिँ नाच देखाउन नपाउने ? ले तेरो जुल्फी! मैले यति भनेर त्यो डाइरेक्टरको जुल्फी तानेर घिसार्न खोजेँ अरूले पनि हान्न खोजे हामीले फौदारी नै गरेपछि त्यो डाइरेक्टर  त्यहाँबाट भागिगयो 
नाचघरका जिएम भलाद्मी हुनुहुँदो रहेछ त्यो घटना भएको थाहा पाएपछि उहाँले मलाई बोलाउनुभयो जिएमसँग पनि मैले झ्वाँक देखाउँदै भनेँ, ‘जिएमसाप्! त्यो डाइरेक्टरले चाहिँ सालैपिच्छे नाच देखाउन पाउने, हामी सगरमाथाको फेदबाट आएको मान्छेले चाहिँ एउटा नाच देखाउँछौँ भन्दा नदिने ? मलाई अञ्चलाधीशले मिलेर नाच देखाउनुस् भनेर अस्थायी (वैकल्पिक) अनुमति दिएर पठाउनुभएको हो, यो डाइरेक्टरले हामीलाई नाच देखाउन नदिने ?’ मैले यति भनेपछि जिएमले १४ वटाको सट्टा १५ वटा नाच देखाउने गरी कार्यक्रम मिलाउनुभयो १४ वटै नाचको समय बचाएर हामीलाई पनि अरूलाई जत्तिकै पाँच मिनेट साकेला सिली देखाउने अनुमति दिनुभयो 
नाचघरका जिएमले भन्नुभयो, ‘थुप्रै देशका राजदूत पनि आउँदै हुनुहुन्छ तपाईंहरूले मेकअप चाहिँ गर्नुपर्छ।’ ‘हामी मेकअप गर्दैनौं’ भनेर जिएमसँग पनि मैले घमन्डी कुरा गरेँ तर, उहाँले राम्ररी नै भन्नुभयो, ‘होइन, मेकअपचाहिँ गर्नैपर्छ।’ हाम्रा केटीहरू मेकअप गरेपछि चाइनिजजस्तै देखिए अरूभन्दा हाम्रा केटीहरू त्रिबल (तीनगुणा) राम्रा नि! 
पालो आएपछि हामीले साकेला गीत गाउँदै सिली (नृत्य) देखायौँ– 
चानेको चानेको बैडानी, चैसेको चैसेको खैडानी 
सै ढोले सै, सै ढोले सै 
बुन्छर वासिम ठुडानी, उदा सरुवा बैडानी 
सै ढोले सै, सै ढोले सै’ 
(
मिठो मिठो खोनकुरा यता ल्याऊ, नमिठो नमिठो उता लैजाऊ
सै ढोले सै, सै ढोले सै 
बुइँछर जाँड छानिल्याऊ, सरुवा जाँड यता ल्याऊ
सै ढोले सै, सै ढोले सै)
 हामीले खस नेपाली भाषामा पनि गीत गायौँ– ‘सिन्केउली सेउली भाँचौँला, राष्ट्रिय नाचघरमा नाचौँला, सै ढोले सै।’ 
फौदारी गरेर नाच त देखायौँ, तर घर फर्किनका लागि खर्च दिन मानेनन् खर्च चाहियो भनेर फेरि चर्को कुरा राखेँ तत्काल दिएनन् हाम्रो टिमलाई आफ्नै पैसा खर्च गरेर घर फर्काएँ उनीहरू पहिला आएकै बाटो भीमफेदी, वीरगन्ज हुँदै खोटाङ पुगे मचाहिँ केही समय काठमाडौंमै बसेँ पछि खोइ सात सय हो कि ११०० रुपैयाँ भत्ता दिएको थियो जिउ (प्रतिव्यक्ति)को एक सय ५० रुपैयाँका दरले भत्ता दिएजस्तो लाग्छ 
त्यतिवेला चाबहिलदेखि टुँडिखेल आउन गाडीभाडा एक सुका लाग्थ्यो जमाना ्यतिखेर सस्तो थियो नि! रेलभाडा चाहिँ हामीलाई त्यतिवेला एकजना बराबर नौ रुपैयाँ लागेको थियो वीरगन्जदेखि भीमफेदीसम्म आउन गाडीभाडा प्रति व्यक्ति पाँच रुपैयाँ लागेको थियो भीमफेदीदेखि काठमाडौंसम्म पनि पाँच रुपैयाँ नै लिएको थियो एकजनाको गाडीभाडा त्यतिखेर िमलाई खाना र गाडीभाडा गरेर मेरो लगभग तीन हजार रुपैयाँजति खर्च भएको थियो त्यो वेला पनि मैले साथमा हजार रुपैयाँ बोकेकी थिएँ 
फर्किने वेला साकेला ढोल काठमाडौंमै छोड्यौँ, झ्याम्टाचाहिँ खोटाङमै ल्यायौं त्यो ढोल खार्मीको काकाकी छोरीको डेरामा छोडेका थियौँ हामीले मेरो भाइको रुङ्री काठको ढोल लगेका थियौँ सानो भए पनि ढोल गुइँगुइँ बज्थ्यो हामी कलाकार भएर गएका कारण रेडियो नेपालमा पनि गाउन पायौँ हामीले गीत गायौँ सिम्मा (बर्ती) राईले बिनायो बजाइन् खुब मिठो बजाउँथिन् बिनायो हामीले नाचघरमा गाएको साकेला गीत नै गाएका थियौँ हामीले गाएको गीतको रेकर्ड रेडियो नेपालमा अझै पनि होला 
(भोगीराज चाम्लिङले कुमारी कृष्ण राईसँग २०७४ माघ १० मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका,खोटाङअन्तर्गत उहाँकै घर नेर्पामा गरेको कुराकानीको सम्पादित अंश)


कुँडुले (गोलो) घर


पाल्पाको मगर बस्तीमा चिटिक्क कुँडुले (गोलो) घर

रानीमहल संवाददाता || १७ जेष्ठ २०७६,शुक्रबार १२:३८

पाल्पा – पाल्पाको पूर्वी भेग झिरूबासमा देखिएको परम्परागत कुँडुले घर । तर त्यहाँ स्थानीय बालिकाले घरको लागि आवश्यक पानी बोक्दैं । दश वर्ष अघिसम्म यस भेगमा छ्याप्छ्याप्ती देखिने कुँडुले घर पछिल्लो समय लोप हुने अवस्थामा पुगेका छन् । कुँडुले घर बस्न र स्वास्थ्यका लागि समेत उपयुक्त मानिन्छ । कुँडुले घर संरक्षण गर्न सके यस भेगमा ग्रामीण पर्यटनको समेत सम्भावना छ । झिरूबास नेपालमै नमूना अम्लिसाे खेती भएको क्षेत्र समेत हो ।


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...