Thursday, January 14, 2021

बुद्धको मध्यम मार्ग

 बुद्धको मध्यम मार्ग

वसन्त महर्जन, नागरिक, साउन १८, २०७६

गौतम बुद्ध (इ.पू.५६३–४८३)ले कसरी छोटो समयमै आफ्नो मतवादलाई चारै दिशामा फैलाए होलान्
? यो कौतुहलता आज पनि पाइन्छ। भारतको सारनाथमा बुद्धले प्रथम पल्ट धर्मचक्र प्रवत्र्तन गरेका थिए (इ.पूू. ५२८) भने त्यसपछि आफ्नो मतवाद प्रचारकै लागि तत्कालीन मगध साम्राज्यतर्फ लागेका थिए। पछि धेरैजसो समय श्रावस्तीमा बित्यो। बुद्ध गान्धार प्रदेशतर्फ कहिल्यै लागेनन्। तर, गान्धारका राजा बुद्धको दर्शन हेतु आएका थिए। अर्थात्, स्वयं बुद्ध पुग्न नसकेका ठाउँमा बौद्ध भिक्षु पुगेका थिए र बौद्ध धर्मदर्शन फैलाएका थिए। यो धर्मदर्शन विश्वमै फैलिएको छ र संख्याका दृष्टिले चौथौं स्थान प्राप्त छ। यो मतवाद लोकप्रिय हुनुमा मध्यम मार्गले काम गरेको छ। बुद्ध मध्यम मार्गमा जोड दिँदैनन् मात्र, आफै पनि यो मार्गमा हिँडेर बुद्धत्व लाभ गर्न सफल भएका थिए।

मध्यम मार्ग के हो ?
पहिला अतिवादी मार्ग के हो भन्ने सन्दर्भ उल्लेख गर्नु राम्रो होला। बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि ६ वर्षसम्म कठोर साधना गरेको र हाडैहाड मात्र बाँकी हुने अवस्थामा पुगेको उल्लेख गरिन्छन्। यो वर्णन स्वयं बुद्धले नै ठाउँठाउँमा गर्ने गरेका छन् र मज्झिमजिकायको बोधिराजकुमारसुत्त र महासच्चकसत्तमा संग्रहित छन्। बुद्धकै शब्दमा– ‘ ...अनि मलाई यस्तो लाग्यो– किन म अप्राणक (श्वास रोक्ने, कुम्भक) ध्यान मात्र नगरूँ ?

अनि मैले मुखबाट पनि नाकबाट पनि श्वासप्रश्वास थुनेँ। मैले मुखबाट र नाकबाट श्वासप्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज बढी हुन्थ्यो, जस्तै : कालिगढले बाँसको ढुङ्ग्रो फुक्दा आवाज आउँछ, त्यसैगरी नाक र मुखबाट श्वासप्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज धेरै आउँथ्यो। अनि मैले मुख, नाक र कानबाट श्वासप्रश्वास थुनेँ। अनि वायु मेरो शिरमा थुप्रन्थ्यो र हान्थ्यो। मलाई शरीरमा अधिकतम डाह हुन्थ्यो अनि अशान्ति दुष्कर चर्याको कटुताको कारणले मलाई देवताहरूले यसो भने– ‘श्रमण गौतमको मृत्यु भयो।’

कुनै देवताहरू भन्थे, ‘श्रमण गौतम मरेको छैन। तर, मर्न लागेको हो।’ कुनै देवताले यसो भने– ‘श्रमण गौतम न मरे, न मर्दै छन्। श्रमण गौतम अरहन्त हुन्। अरहन्तहरूको बस्ने स्वभाव यस्तै हुन्छ।’
मलाई यस्तो लाग्यो– किन म सबै आहारहरू नत्यागूँ?

अनि म कहाँ आर्य देवता आएर यसो भने, ‘मारिष, सबै आहारहरू त्याग्ने मार्गतिर तपाईं नलाग्नुहोस्। यदि सबै आहार त्याग्ने मार्गमा तपाई लाग्नुहुन्छ भने हामी रोमकूपबाट दिव्यओज हालिदिने छौं। त्यसले तपाईको यापन हुनेछ।’ अनि मलाई लाग्यो, यदि म कुनै आहार ग्रहण गर्दिन भनूँ भने यी देवताहरूले मेरो रोमकूपबाट दिव्यओज हालिदिने छन्। त्यसबाट मेरो यापन हुनेछ। यो मेरा निमित्त झूटो हुनेछ। अनि मैले ती देवताहरूलाई ‘भइहाल्यो, यसो नगर’ भनी भनेँ।

बौद्धहरू मध्यम मार्गलाई नै आदर्शमार्ग मान्छन्। यो शब्द यिनीहरूलाई प्रिय पनि छ। यस्तै अर्को प्रिय शब्द ‘शून्यवाद’ पनि हो। शून्यवादका कुरा बुद्धका उपदेशमा नै पाइन्छन्।

अनि मैले केराउ एक अँजुली मुगीको रस, गहजातिको रस (कुलत्थयूसं), केराउ कोसाको रस अथवा मटरको रस गरी अलि अलि आहार ग्रहण गर्न थालें। यसो गर्दा मेरो शरीर अन्तिम सिमाना पार गरी अत्यन्त दुब्लो भयो, जस्तै : असी वर्षको बूढाको शरीर अथवा कालकलताको गाँठा हुन्छन्। त्यस्तै मेरो शरीरका अंगप्रत्यंग दुब्ला/पातला भए। ऊँटको पैतालाजस्तै मेरो मलद्वार गहिरो थियो। डोरीले बाटिएको जस्तै मेरो पिठ्युँका हाडहरू अग्ला र होचा भएका थिए। कुनै अति जीर्ण घरमा दलिन हल्लन्छन्, त्यस्तै मेरा करङ्ग हल्लन्थे। गहिरो कुवामा ताराहरूको छाया निकै गहिरो देखिएजस्तै मेरा आँखाका तारा गहिरा देखिन्थे। हरियो तिक्तकलाबु (लौका विशेष) काटी घाम र बतासमा राख्दा चाउरिएजस्तै मेरा टाउकाको छाला चाउरिएको थियो।

पेटमा हात राखुँ त पिठ्युँका करङ्ग समाउन पुग्थेँ र पिठमा सुम्सुम्याउन थालुँ त पेटको छाला समाउन पुग्थेँ। मेरो पेटको छाला पिठ्यूँको हाडमा जोडिएको हुन्थ्यो। दिसापिसाब गर्न जान्थेँ त त्यहींँ बेहोस भई लड्थेँ। यही शरीरलाई आश्वासन दिँदै हातले शरीर सुम्सुम्याउँदा कुहिसकेका रौं झर्थे। मान्छेहरू मलाई देखेर भन्थे, ‘श्रमण गौतम कालो छ।’ कुनै मान्छे भन्थे, ‘श्रमण गौतम कालो होइन, श्याम हो।’

कोही भन्थे, ‘श्रमण गौतम न कालो हो न त श्याम नै, न हरियो नै हो। यो त मंगुर जातको माछाको वर्ण (कालो पनि हरियो पनि नभएको) हो। मेरो स्वच्छ, गोरो र परिशुद्ध उज्यालो छवि सर्वथा नष्ट भएको थियो।’

कतिपयले गौतम बुद्धको यो दुश्कर चर्यालाई आदर्शका रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। तर, स्वयं बुद्धको दृष्टिमा यो आदर्श चर्या होइन। यो प्रशंसा यस्ता तपस्यालाई आदर्श मान्ने मतवादबाट प्रेरित देखिन्छन्। बुद्धका अनुसार तपस्याको उच्चतम अवस्थामै पुुगेका थिए। तर, बोधिलाभका लागि सहायकसिद्ध नहुँदा त्याग्नुपरेको थियो। साधनाकै क्रममा यो दुष्कर चर्यालाई त्यागेर ध्यान साधना अपनाएका थिए। यही क्रममा भोजनग्रहण गर्नुपरेको थियो र सन्तुलित भोजनपछि शरीरलाई पुुरानै अवस्थामा फर्काएर ध्यान साधना गर्दागर्दै वैशाख पूर्णिमाका दिन बुद्धत्व लाभ भएको थियो। अर्थात्, मध्यम मार्ग अपनाएपछि मात्रै यो सबै सम्भव भयो।

मध्यममार्ग र साधना
गौतम बुुद्धका समकालीन तर केही वर्षले ज्येष्ठ वर्धमान महावीर नग्न भएर हिँड्थे। उनको सम्प्रदायमा दीक्षित भएका भिक्षुहरू पनि नग्न भएरै हिँड्थे। कठोर साधनाका क्रममा वर्धमानको शरीरमा भएको लुुगा मक्किएर झरेको थियो र नयाँ लुुगा लगाउनु आवश्यक महसुस थिएन। आफूमा भएका तृष्णा तथा क्लेशहरूलाई नै त्यागिसकेको अवस्थामा लुुगाको के अर्थ भन्ने सोचाइ थियो। यो मतवादभित्र यसरी नग्न भएर हिँड्नेहरू पछि दिगम्बर र सेतो लुुगा लगाउने श्वेताम्बर नामबाट चिनिए। नग्न भएर हिँड्नेहरू अन्य पनि थुप्रै सम्प्रदाय थियो। तिनीहरुका आ–आफ्नै तर्क, दृष्टि वा जीवनदर्शन थियो। साधकहरू यस्तै हुन्छन् भनेर समाजले स्वीकारेको थियो। अझ, जो जति नांगिएर हिँड्छन्, ऊ त्यति नै ठूला साधक भन्ने भ्रमले पनि ठाउँ पाएको थियो।

तर, बुद्धले यसलाई अतिवादका रूपमा लिए। बुद्धत्व प्राप्तिअघि साधनाका क्रममा गौतम बुद्ध पनि एक समय त्यसरी नै नांगिएर हिँड्थे। नांगा साधुुहरूलाई समाजले अन्यथा नलिए पनि सहज पाच्य पनि थिएन भनेर अन्य प्रसंगहरूबाट बुुझ्न सकिन्छ। बुद्ध समाजसँग टाँसिएर वा टाढिएर बस्नुलाई अनुचित ठान्थे। यही भएर होला– बुद्धले निश्चित आकार– प्रकारको लुगा लगाउनु पर्ने नियम बनाए, जसलाई चीवर भनिन्छ। तत्कालीन समाजमा कपडा महँगो हुन्थ्यो, सहजै उपलब्ध पनि हुँदैनथ्यो। तसर्थ, मसान वरिपरि फालिएका वा अन्य कपडा बटुलेर त्यसलाई आफ्नो आकारमा काटी सिलाएर पहेँलो रंगले लगाएर चीवर बनाउँथे।

आजभोलिको भाषामा यसलाई पुनःउत्पादन (रिसाइक्लिङ) भन्न सकिन्छ। कतैबाट राम्रो चीवर प्राप्त भयो भने त्यसको प्रयोग गर्न हुन्थ्यो। मसानबाट प्राप्त कपडाले बनेको चीवर मात्रै लगाउनु पर्ने कठोर नियम बनाउन देवदत्तले दबाब दिएका थिए। तर, बुद्धले त्यसलाई स्वीकार गरेनन्। शरीर ढाक्न चीवर चाहिन्छ। तर, यस्तै चाहिन्छ वा उस्तै चाहिन्छ भन्नुको अर्थ छैन भन्ने धारणा पनि मध्यम मार्ग नै हो। छ भन्दैमा थुप्रै जोड्नुु अथवा जोड्दै नजोड्नुलाई अतिवादका रूपमा लिन सकिन्छ। बुद्धले भिक्षुहरूलाई तीन वटा चीवरसम्म राख्नलाई स्वीकृत गरेको पाइन्छ। त्योभन्दा बढी चीवर प्राप्त भएमा आवश्यक भएका अरु भिक्षुुलाई दिन भनिएको थियो।

बुद्धको सम्पर्कमा ठूल्ठूला व्यापारी तथा साहुमहाजन थिए। बुद्धकै मार्गदर्शनमा लागेका राजा महाराजा पनि उत्तिकै थिए। आफ्नो ऐश आरामको जीवन त्यागेर भिक्षु बनेका उनी त्यागका ज्वलन्त नमुना मानिन्छन्। यसअनुसार व्यापारी तथा साहुमहाजनहरूलाई परिश्रम गर्न छाडेर भएभरको धनसम्पत्ति पनि त्याग्न उक्साउँथे कि भन्ने अनुमान पनि हुन्छ। तर, त्यस्तो होइन। बुद्ध उद्योग व्यवसायमा लाग्न तथा उत्पादन गरेर धनसम्पत्ति आर्जनमा पनि जोड दिन्थे। यसरी कमाएको धनसम्पत्ति तृष्णाले वशीभूत भएर थुपारेर राख्ने मात्रै नभएर समाजको हितमा केही प्रतिशत दान गर्न प्रेरित गर्थे। कमाउने मात्र होइन, दान दिन पनि प्रेरित गर्ने भएकाले सर्वसाधारणमा पनि तृष्णा क्षय गर्न सघाउ पुुग्दथ्यो र यसलाई साधनाकै रुपमा लिन सकिन्छ।

मध्यम मार्गको लोकप्रियता
बौद्धहरू मध्यममार्गलाई नै आदर्शमार्ग मान्छन्। यो शब्द यिनीहरूलाई प्रिय पनि छ। यस्तै अर्को प्रिय शब्द ‘शून्यवाद’ पनि हो। शून्यवादका कुरा बुद्धका उपदेशमै पाइन्छन् र यसको विवेचना ‘प्रज्ञापारमितासूत्र’ ग्रन्थमा भएको छ। यही सूूत्रलाई अझ विस्तृत व्याख्या गरी एक प्रकारले शून्यवादका प्रवर्तक नै भनेजस्तो प्रख्याति पाएका आचार्य नागार्जुन (दोस्रो शताब्दी)ले ‘माध्यमिक कारिता’को रचना गरे। शून्यलाई नै परमार्थ मान्ने भएका कारण नागार्जुनको मतवादलाई शून्यवाद भनियो भने यसैको अर्को नाम ‘माध्यमिक’ पनि हो। बुद्धद्वारा प्रतिपादित मध्यम मार्गप्रति दृढ पक्षपाती भएका कारण यसले यो नाम पाएको बुुझ्न सकिन्छ।

तत्वविवेचनामा शाश्वतवाद र उच्छेदवाद दुुइटैलाई बुद्ध अतिवादका रूपमा लिन्थे। यही अतिवादका कारण कतिपय साधकहरू अघि बढ्न सकिरहेका थिएनन्। तर, बुद्धले मध्यम मार्ग वा मध्यम मतको अवधारणा ल्याएपछि कतिपय साधकको मार्गप्रशस्त भएको थियो। मध्यममार्गलाई बिर्सेको खण्डमा स्वयं बुद्धको धर्मदर्शनलाई बुुझ्नमा कठिनाइ आउन सक्छ। आचारविचारमा पनि मध्यममार्ग अपनाइएन भने बुद्धद्वारा निर्दिष्ट जीवनदर्शनमा विचलित भएको आभास हुन थाल्छ। मध्यम मार्ग भएकै कारण यो व्यावहारिक पनि हुनसक्यो। सांसारिक जीवनमै पनि अतिवादहरूले द्वन्द्व निम्त्याइदिन्छ भने मध्यममार्गले सुलह गर्न सजिलो पारिदिन्छ। बौद्धहरूको आदर्श नै मध्यम मार्ग भएका कारण यो मतवाद शान्त, सौम्य र शिष्ट देखिनु स्वाभाविक हो र यसले आकर्षित पनि पार्छ।

प्रकाशित: १८ श्रावण २०७६ ०८:५४ शनिबार

 

Thursday, December 24, 2020

थारुको सांस्कृतिक इतिहास


थारुको सांस्कृतिक इतिहास

जातिशास्त्रीय, जाननिक र सांस्कृतिक विश्लेषणका आधारमा थारुहरू कुसुन्डा बाहेक नेपालका सबभन्दा पुराना आदिवासी जस्ता लाग्छन् डोर बहादुर बिस्ट (१९७६ , ‘पिपल अफ नेपाल’) ‘तराईमा बस्ने सबभन्दा पुराना जाति मध्ये थारु एउटा होला भन्छन् भने, भानड्रिमहरू (राकेश तामाङ र नीरज राईहरू, २०१४ इ, ‘...थारु एन्सेस्ट्री’) र कुताननहरू (२०१६ इ, ‘माइटोकोन्ड्रियल जिनोम्स अफ अस्ट्रोएसियाटिक एन्ड ताइ(कदाइ लेङ्वेजेज’) ले गरेको जाननिक अध्ययनबाट थारुहरू यस भेगमा बसोबास गर्ने पहिला आदिवासी प्रमाणित भएका छन् 

 

थारुहरू नेपालको चारकोसे झाडी(तरी)का बिच बिचमा र दक्षिण तिर मेचीदेखि महाकाली सम्म र नेपालको सिमाना छेउमा भारतका बिहार, उत्तराखण्ड अनि उत्तरप्रदेशमा पाइन्छन्, जहाँका जनजाति मध्ये थारुको जनसङ्ख्या सर्वाधिक छ (विद्यार्थी, २०३१, ‘भारतीय आदिवासी’, ९७–९९, मुखर्जीहरू, २०१५ इ, ‘बडीमास इन्डेक्स...), त्यसैले थारुहरूलाई मूलतः नेपालकै आदिवासी भन्न सकिन्छ

 वाङ र पशुपति रेग्मीहरू (२०१२ इ, ‘रोल अफ हिमालयाज इन पिप्लिङ नेपाल’) अनि भानड्रिमहरूले इलाहाबादमा पनि थारु बसोबास गर्ने कुरो देखाएका छन् बिस्टले थारुहरू नेपालमा शिव–लेख भन्दा दक्षिण तिर ङ्गलका बिच बिचमा र दक्षिण तिर बस्छन् भन्दै तरीसँग एकदम घनिष्ठ भएर बसेका जाति हुनाले उनीहरूको नाम थारु भएको विचार व्यक्त गरेका छन् तराईका औलो लाग्ने घना जङ्गलका बिच बिचमा पनि डरलाग्दा गैँडा, हात्ती, बाघ र बिखालु सर्प जस्ता जन्तुले घेरिएर बसेका थारु बस्ती पाइन्छन् (बिस्ट, १९७६)। 

 एघारौँ शताब्दीमा महमुद गजनीका इतिहासकार अल बेरुनीले थारु (‘तारू’) लाई तिरहुत (‘तिल्वात’) का बासिन्दा भनेर चिनाए (एडवार्ड साचौ, २००२ इ, ‘अलबेरुनिज इन्डिया’, अध्याय १८, पृ० ९६)। तिरहुतमा कोसी नदी गङ्गामा मिल्छ (गुगल अर्थ)। नेपाल पछि थारुको बाक्लो बस्ती नेपालको दक्षिण सिमानादेखि तिरहुत सम्म नै अटुट रूपमा देखिएको छ

 नामसाम्यले गर्दा कतिले ‘थार’ मरुभूमिसित ‘थारु’ नामको साइनो गाँसेका छन् गौतम (२०४४, ‘थारु पुराण’) ले नामको व्युत्पत्ति संस्कृतको ‘थर्ब’ (ठाउँ सर्नु) धातुबाट गरे पनि मानक कोशमा ‘थर्ब’ धातु भेटिएन खालि जनार्दन घिमिरेको पिएचडी प्रबन्धमा पालि धातुको सूचीमा ‘र्थ’ (तर्नु) धातु भेटिएको कसैले जङ्गल (तरी) मा बसोबास गर्ने भएकाले ‘तरहुआ’ (तराईको आर्द्र भूमि) बाट अथवा ‘स्थविर’ बाट अथवा दिनरात खेतको खेतै अडिने भएकाले हिन्दीको ‘ठर्ह’ धातुबाट थारु नाम बनेको पनि तर्क गरेका छन् (अशोक कुमार पाठक, २००६ इ, ‘थारु जनजाति की सामाजिक–आर्थिक...’, पिएचडी प्रबन्ध, लखनौ विश्वविद्यालय, १६८)। कडा रक्सीलाई ‘थर्रा’ (ठर्रा) भनिन्छ, त्यसैबाट ‘थारु’ बन्यो होला (पाठक, १७५)। दाङ उपत्यकाको सुकौरागढका खण्डहरलाई थारुहरू आफ्ना राजा (दङ्गाई भुसाई अथवा दङ्गीशरण) को दर्बार ठान्छन् (बिस्ट)।

 थारुहरू मुसलमानहरूको आक्रमणमा राजस्थानबाट नोकरहरूसित भागेका रानीहरूका सन्तान हुन् भन्ने कुरा कति थारुहरू पनि पत्याउँछन् (बिस्ट), उनीहरू आफुलाई राजा बेनका सन्तान मान्छन् (पाठक, १७३)। नेस्फिल्ड (१८८५ इ, ‘ट्राइब्स एन्ड कास्ट्स इन इन्डिया’, चम्पारन गजेटियर) ले थारुहरू गङ्गा बेँसीका आदिवासी हुन्, जो आर्यहरूले विस्थापित गरेर नेपाल तराईमा पुगे भन्ने धारणा राखेका छन् 

 नेस्फिल्डले थारुहरूलाई द्रविड र कोलहरूसँगै धेरै बान्की मिल्ने ठहराएका छन् भने, क्रुक (१९७५ इ, ‘ट्राइब्स एन्ड कास्ट्स अफ नर्थवेस्टर्न इन्डिया’, १६८)ले थारुको बान्की द्रविडसँग मिल्छ, जो नेपालमा बसोबास गरेर मङ्गोलाभ भएका हुन् भन्ने धारणा व्यक्त गरेका छन्

 थारुहरू प्रधान र अप्रधान गरी दुई किसिमका मानिन्छन्, जसमा प्रधानहरू ६ ओटा थरका हुन्छन् भने, अप्रधानहरू २६ थरका हुन्छन् भन्दै थारुका किसिममा चितौनियाँ, दङौरा, दाङबदिया, कठरिया, खस, कोचिला, लालपुरिया, लम्पुछुवा, मर्दानिया, मझौरा, मोरङिया, राजहटिया, राना, रौतार, सोलारिया र सुनाहाहरूका नाम दिइएका छन् (बिस्ट)। अशोक थारु अनुसार भित्तामा तिन किसिमका घोडाको चित्र थारुका तिन किसिमका कुल देवता हुन् भानड्रिमहरू भन्छन्, थारुहरूका दुइटा पुर्खा छन् ः आधा (नेपाल र उत्तराखण्डका चाहिँ) पूर्वी एसियाली, आधा (इलाहाबादका चाहिँ) दक्षिण एसियाली नेपाली कुमाउनी थारुको वंशाणु चाहिँ इलाहाबादका थारुको वंशाणुसित भन्दा भोट बर्मेली जातिसँग मिल्छ

 आज कम्तीमा सात किसिमको मातृभाषा बोल्ने थारुका विषयमा भानड्रिमहरू यस्तो लेख्छन्, धेरैजसो थारुहरू आपसमा बोल्ने र अरुसँग बोल्ने गरी कम्तीमा दुई किसिमको भाषा बोल्दछन् उदाहरणका लागि मैथिल क्षेत्रका थारुहरू आँखालाई आपसमा ‘टेँड’ भन्छन् भने, अरुसँग ‘आँइख’ भन्छन् ‘टेँड’ चाहिँ भोट बर्मेली शब्द हो, जसले उनीहरूको त्यो पुख्र्याैली तिर पनि सङ्केत गर्छ अनेक किसिमको मातृभाषा बोल्ने भए पनि एकै किसिमको भौगोलिक पर्यावरणीय बसोबासले गर्दा थारुहरू आफुलाई विविधता भएको एउटै जाति मान्दछन् यस्तो दाबीलाई समर्थन गर्ने केही वंशानुगत प्रमाण पनि पाइएका छन् आफ्नै जातिमा बिहे गर्ने अनेक सामाजिक सांस्कृतिक विविधता भएका अनेक मातृभाषा बोल्ने समूहहरूको एकीकृत जातिको नाम थारु हो भारतमा चाहिँ थारुलाई परिगणित जातिमा राखिएको छ

 थारु आधारभूत रूपमा आग्नेय जाति हो । आग्नेय जातिले नै उत्तरपूर्वी चीनमा भोटचिनियाँ जातिलाई सुँगुर र भेडा पाल्न अनि कोदो, कागुनो र फापरको खेती गर्न सिकायो, दक्षिणपूर्वी चीनको याङ्सी नदीको बेँसीमा धान खेती थाल्यो । त्यहाँबाट रक्तमिश्रण सहँदै थारु थाइल्यान्ड, युन्नान, बर्मा र असम हुँदै पहाडको फेदफेदै नेपाल आई पुग्यो । 

 सबै नेपाली जाति भन्दा थारुहरू आफ्ना फरक चलनले टड्कारै चिनिन्छन्  पाठक (१९१–१९२) लेख्छन्, थारुहरूमा पहिले मातृसत्ता थियो थारुहरू भन्दा थरुनीहरू गोरा बढ्ता परिश्रमी, जिम्मेवार र अनुशासित हुन्छन् थरुनीहरूको जिउ गोद्‍ने चलन राना थारुहरूकहाँ महिलाहरूले नै पुरेत्याइँ गर्छन् अन्यत्र गुरुवा प्राय पुरुष नै हुन्छन् पूर्व तिर बाहुन पुरेत लगाउने चलन पनि चलेको (बिस्ट) थरुनीहरूलाई नसोधी थारुहरूले आफ्नो चल अचल सम्पत्ति यताउती गर्न पाउँदैनन् श्रावस्ती बलरामपुरका ‘दँगुरिया’ थारुले कसैकी विधवा बिहे गर्‍यो भने, उसले झड्केलालाई आफ्नो जेठो छोरो मान्छ (पाठक, २०७)। थारु समाजमा गौना अघि यौन लसपस अस्वाभाविक मानिँदैन र त्यसलाई समाजले आँखा चिम्लिन्छ

 गैर थारुसित यौन सम्बन्ध चाहिँ दण्डनीय हुन्छ थारु घरमा थरुनीको शासन चल्छ विधवाले देवरसित बिहे गर्न नमानेर अर्कै पति (चुटका) रोजी भने, उसले चुटकाको टुप्पी अलिकति काटी दिने चलन छ (१९५)। चितवनमा दुई तिन वर्ष ससुरालीमा काम लगाएर केटो पास भए पछि मात्र छोरी दिने चलन छ (बिस्ट, १९७६)। बाबुले केटाकेटी खोजी गरेर भएका बिहेमा प्राय बेउली जेठी हुन्छे यसरी पन्ध्रसोर वर्षका केटीको बिहे सातआठ वर्षका केटासित पनि हुन्छ (बिस्ट, १९७६)। बेउलीका घरमा गाउँका केटीहरू भेला हुन्छन् र आफ्नी साथी लैजान लागिस् भनेर बेउलालाई र उसका साथीहरूलाई मनपरी गाली गर्छन् (बिस्ट, १९७६)। बेउली अन्माउँदा आमाबाबुले एक सिसी बिख पनि दिन्छन् बाटामा शत्रुले घिस्याउन लाग्यो भने, त्यही बिख खाएर आत्महत्या गर्नु भन्ने आशय हो अरे यो चलन देखाएर उनीहरू आफुलाई चित्तौरका राणाहरूसित आफ्नो साइनो जोड्न खोज्छन् (बिस्ट, १९७६)। 

 थारु समाजमा मामाचेला फुपुचेलामा बिहेवारी चल्छ, तर दिदीबहिनीका छोराछोरीमा बिहे हुँदैन थारुहरूकहाँ ‘सटाहा भोज’ वा ‘बदल भोज’ दुई परिवार बिचमा, ‘तिनतिकथी वा तिरकोन भोज’ तिन परिवार बिचमा र ‘चारकोन भोज’ चार परिवार बिचमा बिहे गर्ने परम्परा थियो यस चलनले अनमेल बिहे धेरै हुन्थ्यो चितवनमा बिहेको दिन बेउलो बिरामी भएर जन्तीसँग जान पाएन भने, बिहेका वेलामा बेउलाले एकछिन पनि नछोड्ने भाला जन्तीसँग पठाई दिन्छ अरे त्यसै भालालाई बेउलाको प्रतीक मानेर बिहे सम्पन्न गरिन्छ अरे (२१२) बेउलाका घरमा बेउली एक वास बस्छे

 

भोलि पल्ट बेउलीका घरबाट आएका पाहुनाहरूलाई बेउलाका घरकाले इनारबाट ३०–३२ बाल्टी पानी खन्याएर एकदम ख्यालठट्टा गरेर नुहाइधुवाइ गरेर सेवा गर्छन् र भोज खुवाएर बेउलीलाई माइत पठाउँछन् (२१२)। थारुमा अरु हिन्दु महिलालाई भन्दा बढ्ता स्वतन्त्रता हुन्छ पुनर्विवाहको चलन पनि थरुनीले विधवा हुनु पर्दैन, देवर अथवा अर्को कसैसित विधवाले बिहे गर्न पाउँछे

 वैवाहिक सम्बन्ध राम्रो भएन भने, थरुनीले ‘उरारी प्रथा’ अनुसार अर्को बिहे गर्न सक्छे त्यस परिस्थितिमा दोस्रो पतिले जारी तिर्नु पर्छ साटो बिहेले गर्दा बालख पतिसँग परेकी तरुनीले अर्को युवकसँग माया लगाउन सक्छे पञ्चायतले दुवै प्रेमी प्रेमिकालाई पुरानै साइनो कायम राख्न सल्लाह दिन्छ, तर मायालुहरूले मानेनन् भने, केटीले आफ्नो गहना बुझाउनु पर्छ र प्रेमीले पुरानो पतिलाई पञ्चायतले तोकेको जारी तिर्नु पर्छ स पछि ‘उढरी बिरादरी’ अनुसार केटी नयाँ केटाकी पत्नी हुन्छे राँडाले पनि त्यसै गरी उढरी पत्नी पाउन सक्छ (पाठक, २१३)। 

 थारु समाजमा विवाह पूर्व प्रणय सम्बन्ध बारे पाठक लेख्छन् : अमीर हसन अनुसार खिरीका किशोरी थरुनी (ढिङरिया) हरू रजोदर्शन पछि ‘ढिङरा’ खोज्न थाल्छन् अलिक बढ्ता उमेर पुगेका केटाकेटी उनीहरूलाई सुहाउँदो केटो खोजी दिन पनि लाग्छन् यस्ता प्राय सबै केटाकेटीहरूका बिचमा यौन सम्बन्ध हुन्छ विवाहपूर्वको यस्तो यौनाचार उनीहरूको बिहेमा बाधक हुँदैन, तैपनि ती युवा युवतीले आफ्नो यौन सम्बन्धको सुइँको बाबुआमालाई दिँदैनन्

 आमाबाबु पनि आफ्ना छोराछोरीको यस्तो यौनाचारको वास्ता गर्दैनन् पतिसँग विवाह सम्बन्ध स्थायी नै हुन्छ, तर वेलाबखतमा कतै आकस्मिक यौन सम्बन्ध हुनु थारु समाजमा स्वाभाविक मानिन्छ पुरानो प्रेमीलाई छोडेर नयाँ प्रेमीसँग सम्बन्ध गाँस्नु पनि त्यति प्ठ्यारो हुँदैन बिहे भई सके पछि माइत पुगेकी केटीसँग पुरानो प्रेमीसँग लसपस पनि हुन सक्छ होलीका वेलामा यस्तो सम्बन्धलाई प्राय छुट हुन्छ (पाठक, २१३–२१४)। 

 थारु संस्कृतिमा सुँगुर अनिवार्य छ बेउली पहिलो पल्ट माइत जाँदा उसले आफ्नो घर पट्टिको कोसेलीमा सुँगुरको टाउको, रक्सी र गुन्द्री लैजान्छे (बिस्ट)। थारुहरूको कुलदेउता ‘गोरैया’ (माटाको डल्लाको अमूर्त रूप पिरपिराउ गर्ने देउता) लाई उनीहरू सुँगुरको वलि दिन्छन् (बिस्ट, १९७६)। पाठक (१८२–१८५) लेख्छन्, थारुहरूको विशेष पर्वका दिनमा सुँगुर र कुखुराको मासु अनिवार्य हुन्छ

 उनीहरू बँदेलको पनि सिकार गर्छन्, पाल्तु सुँगुरलाई ‘जिता’ भन्दछन्, सुँगुरको सुकुटी पनि बनाउँछन् अनि मासुको अचार पनि बनाउँछन् सांस्कृतिक रूपमा सुँगुर अनिवार्य हुने अर्को आर्य जातिमा हुँदैन सुँगुरको मासु अनिवार्य रूपले खाने पनि आर्य जाति हुँदैन उत्तरप्रदेशमा बालखको मुण्डनको दिन कुखुरा, खसी र ‘जिता’ (सुँगुर) काटिन्छ जन्तीलाई बेउलीका घरमा खुवाउने खाने कुरामा ‘सिकार’ (कालो सुँगुरको मासु) रक्सी हुनै पर्छ (२११) चितवनका थारुकहाँ बेउलाका घरबाट बेउली भोलि पल्ट माइत फर्किँदा एकदुई बोतल रक्सी, एउटा गुन्द्री र सुँगुरको टाउको बेउलाको घरबाट कोसेली लिएर जान्छे (२१२)। माघ फागुनको ‘बरम अस्थान’ (ब्रह्मस्थान) पूजामा पनि साउनको ‘हरेरी’ पूजामा पनि सुँगुर वलि दिनु पर्छ (१९८)। 

 अशोक थारु भन्दछन्, थारुहरूका सुँगुर बुझाउने ४ ओटा शब्द छन् : सुअर ‘दैनिक कामका लागि’, बघाहा ‘मन्छाउनु पर्ने प्रेत?’, बराघ ‘देउतालाई चढाउने सुँगुर’ र वराह ‘वराह भगवान।’ थारुहरूले ‘बघार’ देउता (वराह) लाई पूजा गरेनन् भने, वस्तुभाउमा पिरपिराउ हुन्छ भन्ने ठान्छन् थारुहरू ‘जगनठ्या’ (जगन्नाथ) लाई मान्दछन् जगन्नाथलाई पनि सुँगुर चढाउँछन् प्राग्ज्योतिषका राजाहरू आफुलाई ‘वराहवंशी’ भन्थे (मु अब्दुल मण्डल, २००५ इ, ‘स्टेट फर्मेसन इन ब्रह्मपुत्र भ्याली’)। तिरहुतको पूर्व तिर पनि ‘वराह’ सँग मिल्दो उच्चारण भएका ठाउँ क्रमशः बरही, बाबुबरही, बरहरा र बरदही भन्ने ठाउँ छन् पौराणिक भूगोलका पण्डित लाहा (१९७२ इ, ‘प्राचीन भारत का ऐतिहासिक भूगोल’, ३४) ले मगधका छेउमा ‘वाराह पर्वत’ र ‘वाराहक पर्वत’ छन् भन्ने लेखेका छन्

 लामो प्रागितिहासिक बाटामा थारुले समुद्र र खोलामा माछाको संस्कृति सिक्यो, थाइल्यान्डबाट हात्ती कज्याउन सिक्यो, चीनको युन्नानमा बाँसको संस्कृति सिक्यो, असममा मातृसत्ता, शिवपार्वती, शीतला माई, जिउ गोद्‍ने चलन, बोक्सी र धामीझाँक्री, बङ्गालमा काली र भैरव अनि नेपालसम्मै आई पुग्दा वनका चराचुरुङ्गी र जरिबुटी थारु संस्कृतिमा नछुट्टिने भयो

 पाठक (१८३–१८५) लेख्छन्, थारुहरू कोदाको रोटी पनि, भेडाको मासु पनि खान्छन् माछा समात्ने थुप्रै किसिमका साधनका बेग्ला बेग्लै नाउँ बेग्ला बेग्लै जातका माछाको पनि बेग्ला बेग्लै नाउँ, सिद्रा पनि थारुहरूको संस्कृतिको अभिन्न अङ्ग भएकाले र पुरुष र महिलाले बेग्ला बेग्लै माछा मार्नु पर्ने अनि माछा मार्न सपरिवार जानु पर्ने, झन्डै सधैँजसो माछा खानु पर्ने भएकाले थारुहरूको संस्कृति पानी छेउमा विकसित भएको रहेछ भन्ने बुझिन्छ 

 धानसँग अनिवार्य रूपले जोडिएको थारु नै एक मात्र नेपाली जाति हो नेपालमा गरा बनाएर धानखेती थाल्ने जाति नै थारु हो असोज महिनामा थारुहरू नयाँ धानलाई ूजा गर्छन् (पाठक, २०१), चामलकै जाँड पार्छन् र सपरिवार अनेक पल्ट पिउँछन् (१८५)। रक्सी थारु संस्कृतिको अभिन्न अङ्ग हो सुत्केरीलाई दुई दिन सम्म रक्सी बाहेक अरुथोक खान दिइँदैन

 बालखका जिउमा रक्सीको मालिस गर्ने चलन छ पुरुष, स्त्री, बालख, बुढा सबै रक्सी खान्छन्, चाडबाड, पूजाआजा, मरौपरौ, सबै समारोहमा खुब रक्सी चल्छ, देउतालाई पनि चढाइन्छ उत्तरप्रदेशका थारुहरूले सुत्केरी भएको दिन खाने कुरामा अलिकति रक्सी बाहेक केही पनि दिँदैनन्, दोस्रो दिन कुखुराको झोल दिन्छन् अनि राति चाहिँ जाँड खान दिन्छन् (पाठक, २०६)। ‘सौँठ्यारी’ भन्ने रातो धान थारुले आफ्नो ‘पाटा’ अर्थात्, देवस्थलमा माटाको ‘डेरी’ मा राख्नै पर्छ अनिकालमा मात्र त्यो रातो चामल चलाउन पाइन्छ (अशोक थारु) 

 हात्तीसँग पनि थारु अभिन्न रूपमा जोडिएको नेपाली जाति हो तराईका जङ्गलमा हात्ती पकड्ने, सधाउने, हात्तीको व्यापार गर्ने र नेपाल दरबारका समेत माउते थारु नै हुन्थे अशोक थारु भन्छन्, देउखुरीमा डुमडुमा भवानीको पूजामा दुइटा हात्तीको मूर्तिको पूजा हुन्छ थारु घरका भित्तामा पनि हात्तीघोडाको चित्र हुन्छ (अशोक)।

थारुहरू बाँसको घर बनाउँछन् (बिस्ट) र बाँसको शिवलिङ्ग पुज्छन् थारुहरूका मुख्य देउता काली (‘मैनिया’), भैरव र महादेव हुन् (ललित प्रसाद विद्यार्थी, २०३१, ‘भारतीय आदिवासी’, ९७–९९)। ‘मैनिया’ (काली) अथवा ‘गौरैया’ (गौरी?) अनिष्टकारी पर्छिन् गौरैयाको प्रतिमा माटाका साना साना पिण्डका रूपमा हुन्छ मैनियाको प्रतीक चाहिँ लिस्याइलो माटो, स्वच्छ रुवा र सक्खर मिसाएर बनाइन्छ त्यसको बिचमा सुनको टुक्रो पनि राखिन्छ त्यस पिण्ड माथि सानो त्रिशूल पनि गाडिन्छ घरमूली कुलदेवताका कोठामा सुत्छ पूजा उसैले गर्छ

 पुसमा थारुहरू शीतला माताको पूजा गर्दछन्, असार साउनमा ‘नियति गङ्गा’ (तु. तिरहुत) को पूजा गर्छन् (पाठक, २०१)। थारुका अरु देवीहरू ज्वाला, पारबती, हुलाका, पूरवा, कारी, भूमसेन हुन् (१९७)। थारुहरू पुथारु जादु, टुना, झारफुक, बोक्सी, डाइनी, धामी, झाँक्री, तन्त्र, मन्त्रमा विश्वास गर्छन् (२००)। थारुहरूको धार्मिक क्रिया भूत र आत्माहरूसित सम्बन्धित छ उनीहरूका देउताहरू कि जङ्गली जन्तु कि हावा, कृषि, वन आदि प्राकृतिक वस्तुका रूपमा हुन्छन् घरका नगरहिया देवता पनि वनकी शीतला माईको पनि माटाको मूर्ति बनाएर पूजा गरिन्छ पर्वत निवासी भूत (परबतिया) लाई थारुहरू आफ्ना संरक्षक देवता मान्छन् ‘अरिमल’, ‘भारमल’ र वनस्पति वनदेवता हुन् बाघा भूत (बाघले मारेको मान्छे) हाथिया भूत (हात्तीले मारेको मान्छे) को पनि उनीहरू पूजा गर्छन् पितृहरूलाई पनि उनीहरू भूत नै ान्छन् (पाठक)। 

 माथिको विश्लेषणका आधारमा थारु आधारभूत रूपमा आग्नेय जाति हो उत्तर भारतका खोला किनार मध्य भारतका पहाड जङ्गल ओगट्ने पहिलो जाति नै आग्नेय थियो (चटर्जी, १९७४ इ, ‘किरातजनकृति’, १४)। वंशाणुको अनुसन्धान (कुताननहरू) अनुसार आग्नेय जातिले नै उत्तरपूर्वी चीनमा भोटचिनियाँ जातिलाई सुँगुर र भेडा पाल्न अनि कोदो, कागुनो र फापरको खेती गर्न सिकायो, दक्षिणपूर्वी चीनको याङ्सी नदीको बेँसीमा धान खेती थाल्यो त्यहाँबाट रक्तमिश्रण सहँदै त्यो जाति थाइल्यान्ड, युन्नान, बर्मा (टमु मैदान, मणिपुर, नागाल्यान्ड) र असम (डिब्रुगढ) हुँदै पहाडको फेदफेदै थारु नेपाल आई पुग्यो

 यो तराई र तरीमै सहजाउने जाति रहेछ लामो प्रागितिहासिक बाटामा यसले समुद्र खोलामा माछाको संस्कृति सिक्यो, थाइल्यान्डबाट हात्ती कज्याउन सिक्यो, चीनको युन्नानमा बाँसको संस्कृति सिक्यो, असममा मातृसत्ता, शिवपार्वती, शीतला माई, जिउ गोद्‍ने चलन, बोक्सी र धामीझाँक्री, बङ्गालमा काली र भैरव अनि नेपाल सम्मै आई पुग्दा वनका चराचुरुङ्गी र जरिबुटी थारु संस्कृतिमा नछुट्टिने भयो असमका दानव जाति चामललाई ‘मोइरङ’ भन्दछन् (बलराम चक्रवर्ती, २००५ इ, ‘दानव माइग्रेसन...’)। नेपालको मोरङ नाम थारु जातिकै देन रहेछ ‘खा–सी’ जातिको नाम नै ‘धानका सन्तान’ भनेको रहेछ (खानिकर, २००० इ)। 

 थारुहरूको मातृवंशाणु (एम ह्याप्लोइड) सित पूर्वी र दक्षिण पूर्वी एसियाली जाति (कोरियाली, मङ्गोलियाली, जापानी, केही चिनियाँ, तिब्बती, नेपाली, थाइवानी, मलेसियाली, भिएत्नामी, बोर्नियो, पपुवा न्यु गिनी, सोलोमन) हरू मिल्ने पाइएको छ (स्कर र वाल्यास, २००२ इ, ‘माइटोकोन्ड्रियल डिएनए इन साउथएसियन पपुलेसन्स’) भने, पितृलक्षण चाहिँ दक्षिण एसियालीसँग पनि मिल्छन् यहीँको (आदिवासी) मातृवंशाणु पूर्वी एसियाली पितृवंशाणु चाहिँ थारुमा मात्र पाइएको छ यी दुइटा मध्ये पितृवंशाणु चाहिँ पुरानो देखिन्छ

मातृवंशाणु चाहिँ उत्तर तिरका (भोट बर्मेली) जातिको पाइएको छ यी पूर्वी एसियाली वंशाणु थारुबाटै उत्तराखण्ड उत्तर प्रदेशमा फैलेको देखिन्छ (भानड्रिमहरू) अन्यत्र कतै फेला नपरेको नौलो पूर्वी एसियाली मातृवंशाणु (एम८१) पनि थारुमा फेला परेको छ (वाङ र पशुपति रेग्मीहरू, २०१२ इ, ‘...डिस्टिङ्कट स्ट्रेन्स अफ थारु एन्सेस्ट्री’)। थारुहरूका रगतमा भारतीय मूलका विशेषता पाइएनन् (सेमिनोहरू, १९९१ इ, ‘माइटोकोन्ड्रियल डिएनए अमोङ हिन्दुज...थारुज अफ नेपाल’)। औलो रोग नलाग्नु थारुको जाननिक विशेषता हो (भानड्रिमहरू)। यसरी नेपाली समाजमा थारु आग्नेय जातिको अहिलेको एक मात्र प्राचीन प्रतिनिधि देखिन्छ

 

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...