Showing posts with label Religion. Show all posts
Showing posts with label Religion. Show all posts

Thursday, January 14, 2021

बुद्धको मध्यम मार्ग

 बुद्धको मध्यम मार्ग

वसन्त महर्जन, नागरिक, साउन १८, २०७६

गौतम बुद्ध (इ.पू.५६३–४८३)ले कसरी छोटो समयमै आफ्नो मतवादलाई चारै दिशामा फैलाए होलान्
? यो कौतुहलता आज पनि पाइन्छ। भारतको सारनाथमा बुद्धले प्रथम पल्ट धर्मचक्र प्रवत्र्तन गरेका थिए (इ.पूू. ५२८) भने त्यसपछि आफ्नो मतवाद प्रचारकै लागि तत्कालीन मगध साम्राज्यतर्फ लागेका थिए। पछि धेरैजसो समय श्रावस्तीमा बित्यो। बुद्ध गान्धार प्रदेशतर्फ कहिल्यै लागेनन्। तर, गान्धारका राजा बुद्धको दर्शन हेतु आएका थिए। अर्थात्, स्वयं बुद्ध पुग्न नसकेका ठाउँमा बौद्ध भिक्षु पुगेका थिए र बौद्ध धर्मदर्शन फैलाएका थिए। यो धर्मदर्शन विश्वमै फैलिएको छ र संख्याका दृष्टिले चौथौं स्थान प्राप्त छ। यो मतवाद लोकप्रिय हुनुमा मध्यम मार्गले काम गरेको छ। बुद्ध मध्यम मार्गमा जोड दिँदैनन् मात्र, आफै पनि यो मार्गमा हिँडेर बुद्धत्व लाभ गर्न सफल भएका थिए।

मध्यम मार्ग के हो ?
पहिला अतिवादी मार्ग के हो भन्ने सन्दर्भ उल्लेख गर्नु राम्रो होला। बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि ६ वर्षसम्म कठोर साधना गरेको र हाडैहाड मात्र बाँकी हुने अवस्थामा पुगेको उल्लेख गरिन्छन्। यो वर्णन स्वयं बुद्धले नै ठाउँठाउँमा गर्ने गरेका छन् र मज्झिमजिकायको बोधिराजकुमारसुत्त र महासच्चकसत्तमा संग्रहित छन्। बुद्धकै शब्दमा– ‘ ...अनि मलाई यस्तो लाग्यो– किन म अप्राणक (श्वास रोक्ने, कुम्भक) ध्यान मात्र नगरूँ ?

अनि मैले मुखबाट पनि नाकबाट पनि श्वासप्रश्वास थुनेँ। मैले मुखबाट र नाकबाट श्वासप्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज बढी हुन्थ्यो, जस्तै : कालिगढले बाँसको ढुङ्ग्रो फुक्दा आवाज आउँछ, त्यसैगरी नाक र मुखबाट श्वासप्रश्वास थुन्दा कर्णधारबाट निस्केको आवाज धेरै आउँथ्यो। अनि मैले मुख, नाक र कानबाट श्वासप्रश्वास थुनेँ। अनि वायु मेरो शिरमा थुप्रन्थ्यो र हान्थ्यो। मलाई शरीरमा अधिकतम डाह हुन्थ्यो अनि अशान्ति दुष्कर चर्याको कटुताको कारणले मलाई देवताहरूले यसो भने– ‘श्रमण गौतमको मृत्यु भयो।’

कुनै देवताहरू भन्थे, ‘श्रमण गौतम मरेको छैन। तर, मर्न लागेको हो।’ कुनै देवताले यसो भने– ‘श्रमण गौतम न मरे, न मर्दै छन्। श्रमण गौतम अरहन्त हुन्। अरहन्तहरूको बस्ने स्वभाव यस्तै हुन्छ।’
मलाई यस्तो लाग्यो– किन म सबै आहारहरू नत्यागूँ?

अनि म कहाँ आर्य देवता आएर यसो भने, ‘मारिष, सबै आहारहरू त्याग्ने मार्गतिर तपाईं नलाग्नुहोस्। यदि सबै आहार त्याग्ने मार्गमा तपाई लाग्नुहुन्छ भने हामी रोमकूपबाट दिव्यओज हालिदिने छौं। त्यसले तपाईको यापन हुनेछ।’ अनि मलाई लाग्यो, यदि म कुनै आहार ग्रहण गर्दिन भनूँ भने यी देवताहरूले मेरो रोमकूपबाट दिव्यओज हालिदिने छन्। त्यसबाट मेरो यापन हुनेछ। यो मेरा निमित्त झूटो हुनेछ। अनि मैले ती देवताहरूलाई ‘भइहाल्यो, यसो नगर’ भनी भनेँ।

बौद्धहरू मध्यम मार्गलाई नै आदर्शमार्ग मान्छन्। यो शब्द यिनीहरूलाई प्रिय पनि छ। यस्तै अर्को प्रिय शब्द ‘शून्यवाद’ पनि हो। शून्यवादका कुरा बुद्धका उपदेशमा नै पाइन्छन्।

अनि मैले केराउ एक अँजुली मुगीको रस, गहजातिको रस (कुलत्थयूसं), केराउ कोसाको रस अथवा मटरको रस गरी अलि अलि आहार ग्रहण गर्न थालें। यसो गर्दा मेरो शरीर अन्तिम सिमाना पार गरी अत्यन्त दुब्लो भयो, जस्तै : असी वर्षको बूढाको शरीर अथवा कालकलताको गाँठा हुन्छन्। त्यस्तै मेरो शरीरका अंगप्रत्यंग दुब्ला/पातला भए। ऊँटको पैतालाजस्तै मेरो मलद्वार गहिरो थियो। डोरीले बाटिएको जस्तै मेरो पिठ्युँका हाडहरू अग्ला र होचा भएका थिए। कुनै अति जीर्ण घरमा दलिन हल्लन्छन्, त्यस्तै मेरा करङ्ग हल्लन्थे। गहिरो कुवामा ताराहरूको छाया निकै गहिरो देखिएजस्तै मेरा आँखाका तारा गहिरा देखिन्थे। हरियो तिक्तकलाबु (लौका विशेष) काटी घाम र बतासमा राख्दा चाउरिएजस्तै मेरा टाउकाको छाला चाउरिएको थियो।

पेटमा हात राखुँ त पिठ्युँका करङ्ग समाउन पुग्थेँ र पिठमा सुम्सुम्याउन थालुँ त पेटको छाला समाउन पुग्थेँ। मेरो पेटको छाला पिठ्यूँको हाडमा जोडिएको हुन्थ्यो। दिसापिसाब गर्न जान्थेँ त त्यहींँ बेहोस भई लड्थेँ। यही शरीरलाई आश्वासन दिँदै हातले शरीर सुम्सुम्याउँदा कुहिसकेका रौं झर्थे। मान्छेहरू मलाई देखेर भन्थे, ‘श्रमण गौतम कालो छ।’ कुनै मान्छे भन्थे, ‘श्रमण गौतम कालो होइन, श्याम हो।’

कोही भन्थे, ‘श्रमण गौतम न कालो हो न त श्याम नै, न हरियो नै हो। यो त मंगुर जातको माछाको वर्ण (कालो पनि हरियो पनि नभएको) हो। मेरो स्वच्छ, गोरो र परिशुद्ध उज्यालो छवि सर्वथा नष्ट भएको थियो।’

कतिपयले गौतम बुद्धको यो दुश्कर चर्यालाई आदर्शका रूपमा प्रस्तुत गर्ने गरेको पाइन्छ। तर, स्वयं बुद्धको दृष्टिमा यो आदर्श चर्या होइन। यो प्रशंसा यस्ता तपस्यालाई आदर्श मान्ने मतवादबाट प्रेरित देखिन्छन्। बुद्धका अनुसार तपस्याको उच्चतम अवस्थामै पुुगेका थिए। तर, बोधिलाभका लागि सहायकसिद्ध नहुँदा त्याग्नुपरेको थियो। साधनाकै क्रममा यो दुष्कर चर्यालाई त्यागेर ध्यान साधना अपनाएका थिए। यही क्रममा भोजनग्रहण गर्नुपरेको थियो र सन्तुलित भोजनपछि शरीरलाई पुुरानै अवस्थामा फर्काएर ध्यान साधना गर्दागर्दै वैशाख पूर्णिमाका दिन बुद्धत्व लाभ भएको थियो। अर्थात्, मध्यम मार्ग अपनाएपछि मात्रै यो सबै सम्भव भयो।

मध्यममार्ग र साधना
गौतम बुुद्धका समकालीन तर केही वर्षले ज्येष्ठ वर्धमान महावीर नग्न भएर हिँड्थे। उनको सम्प्रदायमा दीक्षित भएका भिक्षुहरू पनि नग्न भएरै हिँड्थे। कठोर साधनाका क्रममा वर्धमानको शरीरमा भएको लुुगा मक्किएर झरेको थियो र नयाँ लुुगा लगाउनु आवश्यक महसुस थिएन। आफूमा भएका तृष्णा तथा क्लेशहरूलाई नै त्यागिसकेको अवस्थामा लुुगाको के अर्थ भन्ने सोचाइ थियो। यो मतवादभित्र यसरी नग्न भएर हिँड्नेहरू पछि दिगम्बर र सेतो लुुगा लगाउने श्वेताम्बर नामबाट चिनिए। नग्न भएर हिँड्नेहरू अन्य पनि थुप्रै सम्प्रदाय थियो। तिनीहरुका आ–आफ्नै तर्क, दृष्टि वा जीवनदर्शन थियो। साधकहरू यस्तै हुन्छन् भनेर समाजले स्वीकारेको थियो। अझ, जो जति नांगिएर हिँड्छन्, ऊ त्यति नै ठूला साधक भन्ने भ्रमले पनि ठाउँ पाएको थियो।

तर, बुद्धले यसलाई अतिवादका रूपमा लिए। बुद्धत्व प्राप्तिअघि साधनाका क्रममा गौतम बुद्ध पनि एक समय त्यसरी नै नांगिएर हिँड्थे। नांगा साधुुहरूलाई समाजले अन्यथा नलिए पनि सहज पाच्य पनि थिएन भनेर अन्य प्रसंगहरूबाट बुुझ्न सकिन्छ। बुद्ध समाजसँग टाँसिएर वा टाढिएर बस्नुलाई अनुचित ठान्थे। यही भएर होला– बुद्धले निश्चित आकार– प्रकारको लुगा लगाउनु पर्ने नियम बनाए, जसलाई चीवर भनिन्छ। तत्कालीन समाजमा कपडा महँगो हुन्थ्यो, सहजै उपलब्ध पनि हुँदैनथ्यो। तसर्थ, मसान वरिपरि फालिएका वा अन्य कपडा बटुलेर त्यसलाई आफ्नो आकारमा काटी सिलाएर पहेँलो रंगले लगाएर चीवर बनाउँथे।

आजभोलिको भाषामा यसलाई पुनःउत्पादन (रिसाइक्लिङ) भन्न सकिन्छ। कतैबाट राम्रो चीवर प्राप्त भयो भने त्यसको प्रयोग गर्न हुन्थ्यो। मसानबाट प्राप्त कपडाले बनेको चीवर मात्रै लगाउनु पर्ने कठोर नियम बनाउन देवदत्तले दबाब दिएका थिए। तर, बुद्धले त्यसलाई स्वीकार गरेनन्। शरीर ढाक्न चीवर चाहिन्छ। तर, यस्तै चाहिन्छ वा उस्तै चाहिन्छ भन्नुको अर्थ छैन भन्ने धारणा पनि मध्यम मार्ग नै हो। छ भन्दैमा थुप्रै जोड्नुु अथवा जोड्दै नजोड्नुलाई अतिवादका रूपमा लिन सकिन्छ। बुद्धले भिक्षुहरूलाई तीन वटा चीवरसम्म राख्नलाई स्वीकृत गरेको पाइन्छ। त्योभन्दा बढी चीवर प्राप्त भएमा आवश्यक भएका अरु भिक्षुुलाई दिन भनिएको थियो।

बुद्धको सम्पर्कमा ठूल्ठूला व्यापारी तथा साहुमहाजन थिए। बुद्धकै मार्गदर्शनमा लागेका राजा महाराजा पनि उत्तिकै थिए। आफ्नो ऐश आरामको जीवन त्यागेर भिक्षु बनेका उनी त्यागका ज्वलन्त नमुना मानिन्छन्। यसअनुसार व्यापारी तथा साहुमहाजनहरूलाई परिश्रम गर्न छाडेर भएभरको धनसम्पत्ति पनि त्याग्न उक्साउँथे कि भन्ने अनुमान पनि हुन्छ। तर, त्यस्तो होइन। बुद्ध उद्योग व्यवसायमा लाग्न तथा उत्पादन गरेर धनसम्पत्ति आर्जनमा पनि जोड दिन्थे। यसरी कमाएको धनसम्पत्ति तृष्णाले वशीभूत भएर थुपारेर राख्ने मात्रै नभएर समाजको हितमा केही प्रतिशत दान गर्न प्रेरित गर्थे। कमाउने मात्र होइन, दान दिन पनि प्रेरित गर्ने भएकाले सर्वसाधारणमा पनि तृष्णा क्षय गर्न सघाउ पुुग्दथ्यो र यसलाई साधनाकै रुपमा लिन सकिन्छ।

मध्यम मार्गको लोकप्रियता
बौद्धहरू मध्यममार्गलाई नै आदर्शमार्ग मान्छन्। यो शब्द यिनीहरूलाई प्रिय पनि छ। यस्तै अर्को प्रिय शब्द ‘शून्यवाद’ पनि हो। शून्यवादका कुरा बुद्धका उपदेशमै पाइन्छन् र यसको विवेचना ‘प्रज्ञापारमितासूत्र’ ग्रन्थमा भएको छ। यही सूूत्रलाई अझ विस्तृत व्याख्या गरी एक प्रकारले शून्यवादका प्रवर्तक नै भनेजस्तो प्रख्याति पाएका आचार्य नागार्जुन (दोस्रो शताब्दी)ले ‘माध्यमिक कारिता’को रचना गरे। शून्यलाई नै परमार्थ मान्ने भएका कारण नागार्जुनको मतवादलाई शून्यवाद भनियो भने यसैको अर्को नाम ‘माध्यमिक’ पनि हो। बुद्धद्वारा प्रतिपादित मध्यम मार्गप्रति दृढ पक्षपाती भएका कारण यसले यो नाम पाएको बुुझ्न सकिन्छ।

तत्वविवेचनामा शाश्वतवाद र उच्छेदवाद दुुइटैलाई बुद्ध अतिवादका रूपमा लिन्थे। यही अतिवादका कारण कतिपय साधकहरू अघि बढ्न सकिरहेका थिएनन्। तर, बुद्धले मध्यम मार्ग वा मध्यम मतको अवधारणा ल्याएपछि कतिपय साधकको मार्गप्रशस्त भएको थियो। मध्यममार्गलाई बिर्सेको खण्डमा स्वयं बुद्धको धर्मदर्शनलाई बुुझ्नमा कठिनाइ आउन सक्छ। आचारविचारमा पनि मध्यममार्ग अपनाइएन भने बुद्धद्वारा निर्दिष्ट जीवनदर्शनमा विचलित भएको आभास हुन थाल्छ। मध्यम मार्ग भएकै कारण यो व्यावहारिक पनि हुनसक्यो। सांसारिक जीवनमै पनि अतिवादहरूले द्वन्द्व निम्त्याइदिन्छ भने मध्यममार्गले सुलह गर्न सजिलो पारिदिन्छ। बौद्धहरूको आदर्श नै मध्यम मार्ग भएका कारण यो मतवाद शान्त, सौम्य र शिष्ट देखिनु स्वाभाविक हो र यसले आकर्षित पनि पार्छ।

प्रकाशित: १८ श्रावण २०७६ ०८:५४ शनिबार

 

Friday, March 20, 2020

हिमालयमा ‘महाखेल’


हिमालयमा ‘महाखेल’

माघ ११, २०७६रमेश के.सी.
दलाई लामा अहिले भारतको अरुणाचल प्रदेशदेखि कश्मीरसम्म मुख्य रूपमा फैलिएको हिमालय ग्रेट गेम अर्थात महाखेलका मुख्य खेलाडी हुन् लामा सन् १९५९ मा तिब्बत छोडेपछि यस खेलको केन्द्रमा रहे विशेष गरेर चीन, भारत र अमेरिकाबीच चलिरहेको यस खेलमा तिब्बती मूलका मानिसहरू बसोबास गर्ने भूटान, नेपाल, सिक्किम र स्वयं तिब्बत पर्छन्
तिब्बतका राजा तथा गेलुक्पा समुदायका धार्मिक नेताका रूपमा उनी अमेरिकी गुप्तचर संस्था सीआईएको सहयोगमा भारतको असम राज्यको तेजपुरमा शरणार्थीको रूपमा आएका थिए भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले उनलाई शरण दिए, जसबाट चीन रिसायो

यस अघि दलाई लामाले सन् १९५१ मा बेइजिङमा तिब्बतको शान्तिपूर्ण भूमिकाका लागि चिनियाँ सरकारसँग सम्झौता गरेका थिए, जसबाट तिब्बतमाथि चीनको सम्प्रभुता कायम छ भन्ने देखिन्छ तत्कालीन भारतका लागि अमेरिकी राजदूतले सो सम्झौता दबाबमा भएको भन्ने वक्तव्य दिए मात्र दलाई लामालाई भाग्न हयोग गर्ने बताएको कुरा भारतीय विदेश मामलाका जानकार तथा कूटनीतिज्ञ फुन्चोक स्टोबडानले बताएका छन् उनको हालै प्रकाशित पुस्तक ‘दि ग्रेट गेम इन बुद्धिष्ट हिमालय’ मा विशेष गरेर तिब्बत मामलामा भारत, चीन र अमेरिकाबीच रणनीतिक प्रभुत्वका लागि हुने प्रतिस्पर्धाको चित्रण गरिएको छ दलाई लामालाई भारतले शरण दिए पनि नेहरूले एक चीनको नीति अँंगाले भने अमेरिकाले पनि औपचारिक रूपमा एक चीनकै नीति अँगालेको

आखिरमा तिब्बत प्रश्न के हो? यो यति पेचिलो छ कि जसका बारे चीन अत्यन्त संवेदनशील छ भारतमा दलाई लामालाई धार्मिक गतिविधिमात्र गर्न दिने सर्तमा राखिएको छ तर दलाई लामाले निर्वासित सरकार चलाइराखेका छन् अमेरिकाले तिब्बत मामला विशेष गरेर धार्मिक स्वतन्त्रता मानव अधिकारको प्रश्न उठाउने गरेको नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि आफ्नो सपथ ग्रहण समारोहमा निर्वासित सरकारका प्रधानमन्त्री लोभसाङ साङ्गेलाई बोलाए, चीनसँग सीमा विवाद रहेको अरुणाचल प्रदेशको थवाङमा दलाई लामालाई भ्रमण गराए

दलाई लामामात्र होइन, १७ औं कर्मापा उर्गेन थिन्ले दोर्जीले पनि थवाङ भ्रमण गरे छैटौं दलाई लामा जन्मिएको अरुणाचल प्रदेश सम्पूर्णलाई चीनले दक्षिण तिब्बत भनी आफ्नो दाबी गर्दै आएको छ तर भारतले ब्रिटिस इन्डियाले कोरेको सीमा म्याकमोहन लाइनलाई नै दाबी गर्दै आएको यसरी हिमालयको महाखेल भारत–चीन सीमा विवादसम्म तानिन्छ अरुणाचल प्रदेशमा भारतले केही छुट दिए अक्साई चीनको सीमा विवादमा चिनले ोच्ने कुरा प्रकाशमा आइसकेको छ तर दुई वर्षअघि चीनको उहानमा नरेन्द्र मोदी सी चिनफिङ बीचको वार्तापछि भारत तिब्बत कार्ड खेल्नबाट पछि हटेको यस बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दलाई लामालाई आफ्नो कार्यालयमा बोलाएर सम्झाएको थिए जसबाट दलाई लामा गम्भीर र विचलित भएको उनका भाइ नेग्री रिम्पोचेले बताएको कुरा यस पुस्तकमा उल्लेख छ

वास्तवमा हिमालयमा महाखेल ब्रिटिस इन्डियाले तत्कालीन रूस विरुद्ध खेलेको थियो ब्रिटिस इन्डिया हिमालय बारेमा पनि खेल खेल्न सकिन्छ भन्ने विश्वास गर्थ्यो जसका लागि सन् १९०१ मा उसले ब्रिटिस अधिकारी योङ हसब्यान्डको नेतृत्वमा तिब्बत मिसन पठाएको थियो, जहाँ युद्ध भयो यही ब्रिटिस इन्डियाको खेललाई सन् १९४७ पछि भारतले उत्तराधिकारीका रूपमा लिएको हो जुन अहिले वर्तमान दलाई लामाको निधनपछि हुने १५ औं दलाई लामाको चयनमा केन्द्रित देखिन्छ वर्तमान दलाई लामाले आफ्नो पुनर्जन्म वर्तमान चीनको भूभागभन्दा बाहिर हुने बताएका छन् यसर्थ हिमालय क्षेत्रमा उनको पुनर्जन्म हुनसक्छ अमेरिका तिब्बत प्रश्नलाई जीवितै राख्न चाहन्छ

हुन त डोनाल्ड ट्रम्प राष्ट्रपति बनेदेखि दलाई लामाले भेट्ने कार्यक्रम रोकिएको छ उनी अमेरिकी विदेश नीतिको प्रजातन्त्र मानव अधिकारको प्रश्नबारे रुचि त्यति नराख्ने भएकोले तिब्बत मामलामा अमेरिकी प्रशासनले केही गर्नसकेको छैन तिब्बतको स्वतन्त्रताको प्रश्नलाई लिएर ७० को दशकमा अमेरिकाले तिब्बती गुरिल्लाहरूलाई प्रशिक्षण हातहतियार उपलब्ध गराएको थियो नेपालको मुस्ताङ पनि यो गुरिल्ला द्वन्द्वको चपेटामा पर्‍यो तर १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीनसँग सम्बन्ध सुधारेपछि यो क्रम रोकियो तर अमेरिका अझ पनि तिब्बत ताइवान जस्ता समस्याहरूबाट चीनलाई सताउन सकिन्छ भन्ने विश्वासमा छ तिब्बत प्रश्न हिमालयमा कसको रणनीतिक प्रभुत्व हुने हो भन्ने विषय हो

चीन दलाई लामाको निधनपछि आफ्नो दलाई लामाको आविष्कार गर्न चाहन्छ दलाई लामाले तिब्बतको स्वतन्त्रताभन्दा स्वायत्तताको कुरा उठाइरहेका छन् तर चीन भने दलाई लामासँग वार्ताभन्दा उनको मृत्युलाई कुरेर बसिरहेको छ यदि वर्तमान दलाई लामाको निधनपश्चात तिब्बत प्रश्नमा अरु दलाई लामाहरू प्रभावकारी हुन सक्दैनन् वर्तमान दलाई लामा इतिहासका साक्षी हुन् बाहिरी संसारमा आएर नोबेल शान्ति पुरस्कारसम्म पाए

एक अमेरिकी लेखकका अनुसार वर्तमान दलाई लामाले संसारलाई जिते, तर चीनसँग हारिरहेका छन् हिमालयमा दलाई लामा गेलुक्पा सम्प्रदायका नेता हुन् तर यहाँ प्रभावशाली ङिङमापा, कर्ग्युपा र साक्यपा सम्प्रदायहरू पनि छन् यही क्रममा १६ औं कर्मपाको दुइटा पुनर्जन्म भएपछि १७ औं दुई कर्मापा थाए दोर्जी र उर्गेन दोर्जीको धार्मिक राजनीति पनि हिमालय महाखेलसँग जोडिन्छ दुवै कर्मापाले फ्रान्समा भेटी आ–आफ्नो प्रतिस्पर्धाभन्दा पनि सम्प्रदायको बारेमा सोच्नुपर्ने बताउँदै आएका छन् तिब्बतबाट भागेर आएका उर्गेनलाई चिनियाँ सरकार दलाई लामाको समर्थन छ दलाई लामाले निधनपछि कर्मापाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै आएका छन्

हिमालय क्षेत्रमा तिब्बती बौद्धहरूका अन्तरसामुदायिक द्वन्द्व पनि छ भूटान कर्ग्युपा साम्प्रदायलाई मान्ने राज्य हो लेखकले हिमालयको महाखेलमा सन् १९९० मा भूटानबाट खेदिएका १ लाख नेपाली मूलका मानिसका बारेमा केही उल्लेख गरेका छैनन् जुन हिमालय भित्रकै राजनीति थियो दलाई लामालाई चिनियाँ सम्राटहरूको स्वीकृति संरक्षणमा तिब्बतमा शासनको प्राधिकार दिएको कुरा उल्लेख गर्दै लेखकले तिब्बत प्रश्नमा दलाई लामा संस्थामात्र पूर्ण नहुने बताउँछन् भारतको समकालीन तिब्बत नीति अमेरिकाहरूले ‘हाइज्याक’ गरेको बताउँछन्

वर्तमानमा तिब्बत प्रश्नमा अमेरिकी संलग्नता बढ्दै गएको तर भारतसँग ब्रिटिस इन्डिया जत्तिको हिमालय रणनीति नभएको टिप्पणी गर्छन् सन् ९० मा सोभियत संघको विघटनबाट त्यस्तै रिवर्तन चीनमा आउने आशा राखेका थिए, दलाई लामाले जुन तिब्बत मामिलामा आफ्नो अनुकूल हुनसक्ने अनुमान थियो अमेरिकी प्रशासनले मानव अधिकार प्रजातन्त्रमा जोड दिएकोले पनि उनी उत्साहित थिए तर त्यस्तो भएन तिब्बत प्र्रश्न ऐतिहासिक सम्बन्ध, दलाई लामा संस्थाको चीनसँगको अन्योन्याश्रित सम्बन्ध र भूरणनीतिक हिसाबले मंगोलियाको बौद्ध धर्मसँग दलाई लामाको सम्बन्धसँग पनि जोडिएको छ यसर्थ आज हिमालयमा व्यापक परिवर्तन आएको यो विशेष गरेर चीन भारत बीचको सीमा विवाद, व्यापार सम्बन्ध र सुरक्षाको प्रश्नसँग जोडिएको छ ७० र्षअघि हिमालयमा चार राजतन्त्रहरू थिए

तिब्बत, नेपाल, सिक्किम र भूटान, सबैमा धर्मलाई पहिचान बनाउने राजाहरू थिए तिब्बत १९५९ मा चीनमा समाहित भयो सिक्किम जनमत संग्रहमार्फत सन् १९७५ मा भारतमा गाभियो नेपाल हिन्दु राजाको शासन अन्त्य गरेर गणतन्त्रमा प्रवेश गर्‍यो आज भूटानमात्र हिमाली तिब्बती बौद्ध धर्ममा आधारित राजतन्त्र यी मध्ये एक दलाई लामाको शासन तिब्बतमा फर्कन कुनै सम्भावना अहिले देखा पर्दैन शक्तिशाली हुँदै गएको चीन यो प्रश्नलाई आफ्नै ढङ्गले व्यवहार गर्न चाहन्छ

आज चीन र भारत मिलेर बौद्ध धर्मको संरक्षण विस्तारको योजना ल्याइरहँदा पनि हिमालयमा महाखेल अझै सकिएको छैन ब्रिटिस इन्डिया सम्पूर्ण हिमालयलाई बफर भूमि सम्झन्थ्यो तर सन् १९६२ को भारत–चीन युद्धपछि हिमालय क्षेत्र तनावग्रस्त बन्यो अहिले भारत चीन सम्बन्ध सुधारको क्रममा रहे पनि हिमालय ्षेत्र दुवै राष्ट्रको राष्ट्रिय सुरक्षा र भू–राजनीतिमा प्रमुख रूपले खेल मैदान भने बनेकै छ
प्रकाशित : कान्तिपुर, माघ ११, २०७६ ०८:२१


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...