Monday, November 30, 2020

चाडबाडको संग्राम शृंखला

 चाडबाडको संग्राम शृंखला

संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो

कान्तिपुर कोसेली, कार्तिक २९, २०७७ गनेस पौडेल

पहिलो प्रसंग तिहारको बारेमा होइन
तीन वर्षपहिले दक्षिण भारतको लामो भ्रमणमा थिएँ हामी चढेको मोटरको स्पिकरमा घनाघन मादल घन्किन थाल्यो बिल्कुल नेपाली झ्याउरे गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो गीत बजाइदिएछन् तर, जसै गीतको बोल सुरु भयो म अचम्भित भएँ त्यहाँ नेपाली होइन उतैको मलयालम गीत बजिरहेको थियो तर, बिल्कुल नेपाली लय र बान्कीमा

भनेपछि यताका लोकगीतमा पनि मादल घन्किदोरहेछ, होइन? आत्मप्रश्नको जवाफ एउटा सांगीतिक संग्रहालयमा मिल्यो, जहाँ पुराना साजहरू सजाइएका थिए हाम्रो मादललाई त्यता मृदंगम भन्दा रहेछन् कुरा संगीतकै मात्रै थिएन त्यहाँका कतिपय परम्परागत नाच पनि हाम्रैजस्ता चालढालका थिए नृत्यको चाल मात्रै ोइन दक्षिण भारतको भात पनि बिल्कुल नेपाली स्वादकै थियो खाने पनि हातैले मुछेर, (हामीतिर किरियापुत्रीले मात्रै खाने भए पनि) त्यो पनि केराको पातमा

होटलमा फर्केपछि मानवशास्त्री सुरेश ढकाललाई फोनमा सोधेँ, ‘के हामी पहाडी नेपाली र दक्षिण भारतीयका बीचमा कुनै ऐतिहासिक सम्बन्ध छ, भन्नाले पुर्ख्यौली सम्बन्ध छ?’ उनले त्यसको सम्भावना नभएको बताउँदै स्वाद र संगीत अथवा कुनै सांस्कृतिक सम्पदाको समानता अरू धेरै कारणले पनि देखिन सक्छ भनिदिए संस्कृतिको समकालीन उत्पत्ति, विकास र प्रसारणका अनेक सम्भावना पो हुँदा रहेछन्

घर फर्केपछि पनि मलाई दक्षिण भारतीयसँगको हाम्रो सांस्कृतिक (स्वाद र सांगीतको) समानताको चक्करले छोडेन यसका बारे लेखिएका सामग्री खोज्न थालेँ अनलाइन पुस्तकालय चहारेँ फेला पारेँ, कहिलेकाहीँ भौगोलिक, जातीय वा भाषिक रूपमा भिन्न समाजमा पनि एकै समयमा एउटै सांस्कृतिक सम्पदा उत्पन्न हुन सक्दारहेछन् सांस्कृतिक मात्रै नभएर वैज्ञानिक आविष्कारै पनि हुन सक्दा रहेछन् जस्तो कि हेर्नुस्, कोलम्बस अमेरिका पुग्दा उनले त्यहाँका आदिवासी रेड इन्डियनहरूले डुंगा चलाइरहेको देखेका थिए अब आफैँ भन्नुस्, डुंगाको आविष्कारक कसलाई भन्ने? कुन जाति वा व्यक्तिले पहिलो डुंगा बनायो भनेर तथ्य राख्ने? यस्ता समकालीन र समतुल्य आविष्कार र उत्पादनको प्रतिलिपि अधिकार कसलाई हस्ते गर्ने?

अझ कुरा अर्कै छ गीत, संगीत र नृत्यकै कुरामा फर्किन्छु तपाईं–हामीले वास्तै नगरेको एउटा तथ्यमा एक छिन गम्नुस् संसारभरका हिमप्रदेश (अल्पाइन रिजन) का गीत, बाजागाजा र नृत्यलाई ध्यानपूर्वक हेर्नुस् (सजिलोका लागि हाम्रै हिमाली क्षेत्रका जनजातिका नृत्य सम्झिनुस्) उनीहरू कहिल्यै एक्लै नाच्दैनन् समूहमा नाच्छन् त्यो पनि एकअर्काको हात वा कम्मर पक्रेर ाचमा हात होइन बढी खुट्टा चलाउँछन् नृत्यको ताल पनि एकनासको धीमा गतिको हुन्छ सबैले एकसाथ दाहिने खुट्टा उचाल्यो अनि भुइँमा राख्यो त्यसपछि देब्रे खुट्टा उचाल्यो अनि भुइँमा राख्यो सकेसम्म गोलाकार भएर हलुका चालले फन्को मार्दै नृत्य सम्पन्न गर्‍यो

संसारभरका शीतक्षेत्रमा एकसमानको चालढालमा किन नाचिन्छ होला? त्यस्तो संगीत र नृत्यको आविष्कार कुनै जाति, भाषा वा धर्मविशेषको कारणले नभएर भौगोलिक र प्राकृतिक कारणले भएको हो हावाहुरी चलिरहने, हिउँ परिरहने यस्ता क्षेत्रमा एक्लै हिँड्न प्रायः सम्भव हुँदैन हिँडिहाले ज्यान जाने खतरा रहन्छ बाक्लो कपडा लगाएर एकले अर्काको साथ दिँदै सुस्तसुस्त चालमा हिँड्नु यहाँको भौगोलिक आवश्यकता हो प्रकृतिले सुम्पेको यही आवश्यकताले नै यहाँको नृत्यको आविष्कार भएको हो

अब हिमालबाट अलिक तल पहाडमा ओर्लिनुस् यहाँ एकल, दोकल वा सामूहिक सबै खाले नाच हुन्छन् तर, संगीतको गति हिमालमा जस्तो धीमा हुँदैन एकअर्कालाई (पूरै समय) नछोडीकन च्याप्प समातेर वा सम्हालेर नाच्ने पनि हुँदैन मादलको घन्काइसँगै फन्फनी घुम्ने, बुरुक्क उफ्रिने, खुरुर्र कुद्ने नेपालका सबैखाले पहाडी नाचको समान विशेषता हो नेपाल मात्रै नभएर संसारभरका पहाडी नाचमा उस्तै चालढालले फुर्तीसाथ किन नाचिन्छ? कारण उही प्राकृतिक र भौगोलिक अवस्थाले हो हाम्रैमा हेर्नुस् पहाडका छरिता खोला तर्न होस् वा उच्चाल भीर उक्लिन होस् वा कुनै टारीको एउटा आलीबाट बाख्रा खेद्दै अर्कोमा हाम्फालेर कुद्न नै किन नहोस् कसैको हात वा कम्मर समातेर फत्ते गर्न सम्भवै हुँदैन पहाडले एउटा छरितो गति माग्छ त्यो पनि एकल प्रयासको

अब तराईमा ओर्लिनुस् र त्यहाँका परम्परागत नाचलाई हेर्नुस् पहाडमा जस्तो एकल नृत्य छैन तर, हात वा कम्मर समातेर पनि नाचिन्नँ संगीतको आवाज पनि चर्को चर्को भाला, लाठीको प्रयोग छ नाचमा आगोसमेत मिसिएको त्यस्तो कसरी भयो? कारण उस्तै छ घना जंगलका बीचमा झुप्पा–झुप्पा गाउँमा बसोबास गर्ने जनजातिलाई जहिल्यै जंगली जनावरबाट आफू जोगिने अनि आफ्ना वस्तुभाउ तथा खेती जोगाउने सुर्ता भइरहने भयो जंगली जनावरलाई तर्साएर खेद्न यस्ता ठूल्ठूला, तिखा र कर्कश आवाज निकाल्ने वाद्ययन्त्र चाहिए लाठा–भाला चाहिए आगोको प्रयोग अनिवार्यजस्तै भयो

गीत, संगीत र नृत्य मात्रै नभएर हाम्रा अन्य सांस्कृतिक सम्पदाको निर्माण र विकासमा पनि खासमा प्रकृतिले प्रभाव पारेको हुन्छ खाने कुराको स्वाद, लगाउने पोसाक, बनाउने घर, चिन्ने चोक र चौतारामा पनि यसैको प्रभाव हुन्छ

दोस्रो प्रसंग तिहारको बारेमा हो

नेपालमा लामो समयदेखि ‘तिहार कसरी सुरु भयो?’ भन्ने विषयमा लामो बहस चलेको छ जातीय पहिचानको बहसको छेकोमा सैँ र तिहारजस्ता चाडबाडहरू कतिले मनाउनै छोडेका छन् भने कतिले यस (तिहार) लाई हिन्दुकरण गरिएको निश्चित जनजातिको चाडबाड भएको अर्थमा व्याख्या पनि गरेका छन् तिनको छिनोफानो गर्ने विज्ञता सक्यता ममा छैन इतिहास, संस्कृति र मानवशास्त्रका विज्ञहरूले यसका बारेमा बढी सामर्थ्य राख्लान्

इतिहासले ठूला राज्य भनेर बढाइँ गरेको भए पनि खासमा हाम्रा पहाडी राज्यहरू त्यस्ता ठूला थिएनन् प्रशासनिक केन्द्र रहने दरबारदेखि एक दिनको पैदलयात्रा वा घोड–सवारीमा छिचोलिने क्षेत्रभित्रै हिजोका पहाडी राज्यहरू फैलिएका थिए हाराहारीमा भन्दा अहिलेका एक जिल्ला बराबर एक राज्य थिए राज्यका सीमाहरू वैज्ञानिक थिएनन् स्थायी पनि थिएनन्

जति धेरै राज्य उति धेरै अन्तरद्वन्द्व, उति धेरै असुरक्षा, उति धेरै युद्ध

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशारण र वितरणमात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ

देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे त्यसैले ‘बलि राजाले पठाएको’ भनिएकाे हो उहिले हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो।तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो

विशेष कारण र अपवादलाई बेवास्ता गर्ने हो भने तिनताकाका अधिकांश युद्धहरू हिउँदमा हुन्थे आउँदो हिउँदमा हुने वा हुन सक्ने युद्धको छायामा हाम्रा अधिकांश ठूला चाडबाडहरू मनाइएका हुन् त्यसको सुरुआत तीजबाट हुन्थ्यो ऋषिपञ्चमी अन्यत्र पनि मनाइएला तर तीज मनाइने नेपालमा मात्रै हो मुख्य बाली धान रोपिसकी थकाई मारेर बसेको बेला पर्छ तीज हिउँदको म्भावित युद्धमा मरिने वा बाँचिने पक्को नभएपछि पुरुष सदस्यहरूले विवाहपछि परिवारबाट छुटेका महिला सदस्यलाई बोलाएर भेटघाट गर्ने र दुःखसुख साट्ने काम तीजमा हुन्छ उता जन्मघर आएका विवाहित महिला सदस्यले कर्मघरमा छोडिआएको लोग्नेको दीर्घायुका लागि व्रत बस्नाको कारण पनि त्यही हो (महिनावारी सुरु नहुँदै बिहे गरिने तत्कालीन चलनलाई मध्यनजर गर्दा) महिनाबारी भएका महिलाले मात्रै तीजको व्रत लिनुपर्ने भन्नुको अर्थ बिहे गरेका महिलाले मात्रै तीजको व्रत लिन्थे भनेर बुझ्नुपर्छ पछि व्रतको अर्थ फेरियो अविवाहित महिलाका लागि नि त्यसलाई अनिवार्य गर्न थालियो यस्तै महिनाबारी बन्द भएपछि पतिको दीर्घायु–व्रत लिनु पर्दैन भन्नुको अर्थ त्यो बेलासम्म महिलाको लोग्ने बूढो भइसक्ने बृद्ध सदस्यहरूलाई युद्ध नलाग्ने कारणबाट बुझ्न सकिन्छ

तीजपछि लाग्छ १६ श्राद्ध, जसमा युद्धमा दिवंगत भएका आफ्ना पुर्खाहरूलाई सम्झिइन्थ्यो श्राद्ध भनेको श्रद्धा हो त्यो १६ दिनमा उनीहरूलाई श्रद्धाञ्जली दिइन्थ्यो कालगतिले बितेका पुर्खालाई सामान्य तिथिमा श्रद्धाञ्जली दिइन्थ्यो भने युद्धमा वा अकालमा बितेकालाई १६ श्राद्धमा अहिले सबैखाले पुर्खालाई दुइटै श्राद्ध गर्ने चलन बसेको छ

१६ श्राद्ध लगत्तै शक्तिपूजा अर्थात् बडा दसैँ सुरु हुन्छ व्याख्यामा युद्ध विजयको पर्व भनिए पनि खासमा बडादसैँ युद्ध तयारीको चाड हो त्यसका लागि हातहतियारको जोहो गर्ने, तिनमा सान लगाउने, तिनको पूजा गर्ने आदि काम हुन्थ्यो राज्यका ैनिक र प्रशासनिक सेवामा पजनी गर्ने काम यसै बेला हुन्थ्यो युद्धको तालिम गर्ने, पौष्टिक आहार खाएर हृष्टपुष्ट हुने बेला पनि त्यही थियो वृद्ध सदस्यसँग विजयको आशीर्वाद त्यसै मागिएको होइन

घटस्थापनादेखि तिहारको अघिल्लो दिनसम्म युद्धका अधिकांश तालिमहरू सकिन्थेँ मुख्य बाली धान भित्र्याउन योग्य हुने तरखरमा रहन्थ्यो तर अघिल्लो वर्षको जगेडा अन्नपात अझै भकारीमै हुन्थ्यो बारीको काट्नयोग्य अन्न भकारीमा जगेडा अन्नको मूल्याङ्कनका आधारमा परिवारले आउने वर्ष खर्चिने खान्कीको हिसाबकिताब हुन्थ्यो अर्को वर्षका लागि यतिसम्म चाहिएला भनी अनुमान गरी जगेडा देखिने सम्पत्तिलाई प्रयोग गरिने चाड भएको हुनाले नै तिहारलाई धनलक्ष्मीको चाड भनिएको हो यही अतिरिक्त बच्ने मूल्याङ्कन गरिएको अन्नपातलाई दुई भाग लगाइन्थ्यो— जुवा तास खेल्ने देउसी–भैलोमा दान गर्ने देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे ‘बलि राजाले पठाएको’ भनेको त्यही हो हामी सानो छँदासम्म काग तिहार कुकुर तिहारको दिनमा भैली खेल्ने चलन थिएन अन्तिमका तीन दिनमध्ये तेस्रो दिन भैली खेलिन्थ्यो भने चौथो पाँचौं दिन देउसी आजकाल गाउँका सबै घरमा खेल्न नभ्याएपछि िहारका पाँचै दिनले समेत नपुगेर छैटौँ, सातौँ वा अझै बढी दिनसम्म पनि (सामाजिक कामको लागि आँटिएका) देउसी खेल्ने गरिन्छ कतिपयले तिहारपछि किन भैलो खेलेको भनेर आलोचना पनि गर्छन् तर, उहिले त झन् हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो तिहारका दिनभित्रको भैलीदान अघिल्लो वर्षको अन्नबाट दिइन्थ्यो भने तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो

हरिबोधिनी एकादशीलाई फुल तार्ने एकादशी पनि भनिन्छ फुल तार्नु भनेको खोला तर्न योग्य भयो भनेर निर्क्योल गर्नु हो हेलिएर तर्नयोग्य नभएको खोलालाई डोरी (अहिलेको तुइनझैँ) को माध्यमबाट तर्न योग्य बनाउनु हो त्यसपछि खोला तरेर पराई देशमा आक्रमण गर्न जाने साइत उने भयो

तिहारको बेलामा आफ्ना दाजुभाइलाई झट्टै नसड्ने सुख्खा फलफूल, तेलमा तारिएका सेलरोटीलगायतका पोषिला परिकार त्यसै दिइएको होइन तिहारमा दाजुभाइको पूजा गरेमा उनीहरूको दीर्घायु हुन्छ भन्ने अर्थ यहीँ निहित हुन्छ दाजुभाइलाई यस्ता मिष्ठान्न उपहार त्यही दिनमै खान भनेर दिइएका होइनन् भोलि युद्धमा छँदा भाइ भोकै पर्ला भनेर जगेडा राख्न दिइएका हुन्

हिउँदभरिको युद्ध सकिएपछि सिपाहीहरू चैतमा घर फर्किन्थे हार्नेहरू या मारिन्थे या दासदासी बनाइन्थे घर फर्किने भनेको जित्ने सिपाही नै हो यसरी विजय उल्लासमा र फर्केको सिपाहीको स्वागतार्थ चैतेदसैं अर्थात् रामनवमी मनाइएको हो खासमा भन्ने हो भने चैतेदसैं मात्रै विजयादशमी हो बडादसैँ भनेको युद्ध तयारीको चाड हो

तेस्रो प्रसंग नेपालका पहाडमा हिन्दुहरूले मनाउने चाडबाड किन भारत वा अन्य ठाउँका हिन्दुहरूले मनाउने चाडभन्दा फरक भए वा फरक तरिकाले मनाइए भन्नेबारेमा छ

नेपालका धेरै इतिहासकार र संस्कृतिविद्हरूले चाडबाड, मेला, जात्रा आदिलाई कुनै अमुक राजाले चलाएको चलनका रूपमा व्याख्या गर्छन् जनश्रुति पनि त्यसरी नै बनेका वा बनाइएका हुन्छन् यो हास्यास्पद अल्छे व्याख्या हो, जसका लागि कुनै अनुसन्धानको आवश्यकतै पर्दैन सयौँ वा हजारौँ वर्षदेखि चलेका यस्ता चाडबाड–जात्रा–पर्वहरू कुनै सानो देशको एउटा शासकको उर्दीका भरमा चलेका हुन् भन्ने कुरामा कम्तीमा विश्वास गर्दिनँ चल्थ्यो भने आफूलाई सर्वशक्तिमान् सम्झने संसारका हरेका शासकले त्यसो गर्दा हुन् हाम्रा प्रधानमन्त्री केपी ओली झन् आफ्नो नामको जात्रा चलाउन उहिल्यै कम्मर कस्दा हुन्

कुनै राजाले दिएको उर्दीका भरमा त्यो देश मात्रै नभएर सारा छिमेकी (सम्भवतः शत्रु) मुलुकभर कुनै चाड मनाउने चलन चल्यो भन्नु कदाचित वैज्ञानिक व्याख्या होइन त्यस्तो हुन्थ्यो भने शासकले चलाउने यस्ता चलन शासकको राजनीतिक सीमाबाहिरका क्षेत्रमा पनि किन स्थापित हुन्थ्यो? हामीले चाडबाडहरूको उत्पत्ति र विकासका बारेमा नयाँ वैज्ञानिक विधिबाट सोच्ने सकेनौँ भने यो गल्ती गरिरहनेछौँ मलाई के लाग्छ भने यस्ता सांस्कृतिक सम्पदाको सामाजिक, आर्थिक, लैङ्गिक, मानवशास्त्रीय व्याख्या हुनु जरुरी छ अझ जरुरी त्यस्ता सम्पदा चलनकै रूपमा स्थापित गरिन आवश्यक ठानिनुको भौगोलिक प्राकृतिक कारण खोज्न

मैले पहिलो प्रसंगमा हिमाल, पहाड र तपाईंका नाचको ताल–चाल–ढालमाथि प्राकृतिक व्याख्या यसैले गरेको हुँ

चाडबाड मनाउन चाहिने यस्तै भौगोलिक र प्राकृतिक कारणले गर्दा नै एउटै धर्मका एउटै चाड पनि सबै ठाउँमा मनाइँदैनन् कम्तीमा उही तरिका अर्थले मनाइँदैनन् मुम्बईमा ‘दिवाली’ का दिन एउटा प्रेमीले आफ्नी प्रेमिकालाई ‘ह्याप्पी दिवाली’ भन्दै प्रेम प्रस्ताव राख्न सक्छ तर, के हामीले ‘तिहारको शुभकामना’ भनेर आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेमपत्र थमाउन सक्छौं त? यस्तो फरक कसरी भयो त?

किनभने हाम्रा सांस्कृतिक पर्वले धर्म अर्थात् मिथक (कथा) को आडेस लागेको मात्रै हो खासमा संस्कृतिको उत्पादन विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो (किनकि संस्कृतिको निर्धारण प्रकृतिले गरेको हुन्छ)

जंगली खाद्यान्नले नपुगेपछि, जंगली जनावरको सिकारले नधानेपछि कृषि संस्कृति सुरु भयो यसरी संस्कृतिका अनेकन आयाम बने भाषा, वेशभूषा, आहार, निवास, जीवनशैली, कला, गीत, संगीत, नृत्य, साहित्य, धर्म, चाडबाड, जात्रा, मेला, पर्व...

हिन्दुइतरका नेपालका पहाडी जनजातिहरू कृषि संस्कृतिका उपासक हुन् उनीहरूका चाडबाड, पर्व, जात्रा, मेला, गीत–संगीत, नृत्य आदि सबै कृषिसापेक्ष उत्सव हुन् कृषि उत्पादनमा फरक पार्ने ऋतु परिवर्तन, मौसम, वर्षा, खडेरी आदिको प्रभावका आधारमा उनीहरूका धार्मिक विश्वास र अन्धविश्वासको निर्माण भएको छ जीवनशैली बनेको

तर हिन्दुहरूको संस्कृति युद्ध संस्कृति हो हिन्दुका सबै चाडबाडहरू मनाउन पर्नुका कारण स्वरूप सदैव एउटा युद्ध, लडाइँ वा संग्रामको पृष्ठमूमि छ राम, कृष्ण, वामनलगायत विष्णुका अनेक अवतार, महादेव वा दुर्गा आदिले जितेका लडाइँको स्मृतिमा हिन्दुका चाडबाडहरू मनाइएका छन्

नेपालका खसहरूको हिन्दुकरण भएपछि (यसो भन्नेहरू पनि भएकाले) होस् अथवा नेपालमा हिन्दुहरूको प्रवेश भएपछि होस् (यसो भन्नेहरू पनि भएकाले) वा नेपालमा हिन्दु र प्रकृतिपूजक गैरहिन्दुले एकैसाथ बास बसेपछि (यसो भन्नेहरू पनि हुन सक्ने भएकाले) युद्ध संस्कृतिका उपासक हिन्दुहरूको घुलमिल यहाँका आदिवासी प्रकृतिपूजकहरूसँग भयो युद्ध संस्कृति कृषि संस्कृतिको अन्तरद्वन्द्व, संवाद र सहमतिका आधारमा नेपाली पहाडमा नयाँ संस्कृतिको निर्माण भएको हो किनकि प्रकृतिलाई अपहेलना गर्ने हिम्मत कसैलाई हुँदैन यहाँका हिन्दुका चाडबाडहरू आदिवासीका प्राकृतिक चाडबाडसँग मिसिए, घुले यसरी घुल्दा दुवैतर्फ केही नयाँ चाडबाड निस्किए वा भनौँ चाडबाड मनाउने नयाँ तरिका निस्किए नभए भारतीय हिन्दुले ‘दिवाली’ मा नखेल्ने भैलो नेपाली हिन्दुले किन खेल्थे? दसैँमा अक्षता र जमरा किन लगाउँथे? गोठ र खर्कपूजा किन चल्थ्यो? लुतो किन फालिन्थ्यो? धानको पहिलो पुला हिमाललाई किन चढ्थ्यो? गाउँको पुछारमा झाँक्रीको थान किन बसालिन्थ्यो? हरेलो किन हालिन्थ्यो? साउने–पुसे–माघे संक्रान्ति, असार १५, किन मनाइन्थ्यो?

जसरी नेपालका गैरहिन्दु प्रकृतिपूजकमाथि हिन्दु धर्मको प्रभाव पर्‍यो, उसै गरी यहाँका हिन्दुमा प्रकृति पूजकहरूको पनि प्रभाव परेको छ नेपालका (त्यसमा पनि पहाडी) हिन्दुहरू प्रकृतिपूजक हिन्दु भएका छन् प्रकृतिपूजकहरू भने हिन्दु प्रकृतिपूजक भएका छन् यसको अनुपात र विस्तृतिमा भने अवश्य फरक छ यहाँ यतिखेर संस्कृतिलाई धर्मसँग जोड्ने शासकीय यत्न, हिन्दु धार्मिक शासकहरूको ऐतिहासिक वर्चस्व र तिनले लादेको धार्मिक एकलौटीपनका कारणले हाम्रो सांस्कृतिक अन्तरघुलनमा परेको/पारिएको अप्राकृतिक प्रभाव र त्यसले जन्माएको अल्पसंख्यक जातिको सांस्कृतिक र धार्मिक पहिचानमाथिको अपमानको जालोलाई बिर्सनु भने अवश्य हुँदैन

त्यसो त अहिले संस्कृति कम विकृति ज्यादा चल्तीमा छ

प्रकाशित : कार्तिक २९, २०७७ ०९:४५

 

हस्तकला कालिगढ यसको महत्व र परम्परा

 

हस्तकला कालिगढ यसको महत्व र परम्परा

हरि सिन्चुरी वि.क., २०७७ मङ्सिर १५ सोमबार

https://newsabhiyan.com/news-details.php?nid=72267

हस्तकला भन्नाले विशेष दक्ष तथा अनुभवी कालिगढहरुद्धारा आफ्नै कला संस्कृति परम्परागत वस्तुहरुलाई विभिन्न कच्चा पदार्थहरु तथा स्रोतसाधनको प्रयोगबाट हस्त निर्मित गरिएको सामग्रीहरुलाई हस्तकलाको वस्तु भनेर चिनीन्छ । विशेष चाडपर्व, अवसरहरुमा बिभिन्न किसिमका सामग्रीहरु प्रयोगमा ल्याईन्छ । नेपालमा हस्तकला क्षेत्रमा लगभग ११ लाख जना कालीगढहरु प्रत्यक्ष लागि रहेका छन् ।

यो क्षेत्रबाट उनीहरुको घर परिवार चलिरहेको छ । जस्तै शिक्षा, स्वास्थ्य र अन्य आर्थिक दैनिकी यसै क्षेत्रबाछ चलेको छ 
हस्तकला भन्ने बित्तिकै सिमित स्रोत र साधन दक्ष कालिगढ जनशक्तिबाट आफ्नै घर र घर परिवारबाट घर घरमै बसि आफ्नो पुर्खाले गरिरहेको परम्परागत पेसालाई बिडो थामेर त्यसलाई निरन्तरता दिई राख्ने कामलाई नै हाम्रो जस्तो विकासन्मुख देशमा हस्तकला मानिन्छ ।

तर अहिले विकसित देशहरुमा हस्तकलालाई परिमार्जन गरिे थोरै मात्रामा हात प्रयोग गरि धेरै मात्रमा आधुनिक औजार तथा मेसिनहरुको प्रयोग गरि विश्वबजारमा प्रतिस्पर्दा गर्न सकिने हिसाबले सामान बनिरहेको  छ । मुख्य हस्तकलाका सामान वस्तुहरुमा जम्मा जम्मि ३० वटा वस्तु पर्दछ ।

हस्तकलामा धेरै किसिमका बिदाहरु छन् जस्तै ः सुनचाँहि, मेटल लगायतका बहुमुल्य धातुहरुको गरगहना तथा सरसामान उत्पादन, धातुका सरसामान, ढुङ्गाका मूर्ति तथा कलात्मक वस्तुहरु, काष्टकला, मूर्तिकला, पोष्टरकला, चित्रकला, सेरामीक, हातेकागज थान्का, बेदबास लगायत धेरै बिदाहरु छन् । प्रकृतिक रेसाजन्य कपडा लगायत आदि । 
वार्षिक नेपालबाट १० अर्बभन्दा बढी निर्यात भइरहेको र ११ लाख यूवालाई प्रत्यक्ष रोजगार दिने क्षेत्र हो । यस क्षेत्रमा काम गर्ने कालीगढहरु ५०% भन्दा बढी नेपालका आर्थिक रुपमा पछि परेका र समाजले पछाडि पारेका एउटा समुदाय (दलित समुदाय) पर्दछ र बाकि जनजाति तथा अन्य वर्ग   पर्दछ । यसै व्रmममा भन्न मन लाग्छ ५०% बढी कालिगढहरु जो सिप र सिर्जना अग्रपंक्तिमा भए तापनि उनिहरु आर्थिक रुपमा र शैक्षिक रुपमा पछि परिरहेका छन् ।

यो क्षेत्रमा आजभोलि दक्ष्य कामदारहरु पलायन भएर खाडी लगायत विभिन्न देशमा गई तल्लो दर्जाको श्रम गर्न बाध्य छन् र केहि वर्षयता नेपाली कालिगढहरु विदेश गई श्रम यहि गर्न जाने प्रचलन बढ्दो व्रmममा छ । जस्तै ः चाइना, इण्डिया, भुटान, इण्डोनेसिया, थाइल्याण्ड आदि जुन नेपालका लागि राम्रो छैन । हाम्रो कला, संस्कृतिक, मौलिकतालाई नै भोली यसले धरापमा पार्नसक्छ र अर्को कुरा नेपालबाट वार्षिक रुपमा हुने निर्यातमा कमि आई अर्थतन्त्रमा नकारातमक असर पर्न जान्छ ।

युवा हरुमा अहिले एउटा यस्तो लहर छ एकचोटी विदेश घुमेर जेट चढेर आउ । बुढापाकाले भन्ने गरेको उखान जस्तै “नयाँ ठाउँ पनि हेरौ, मुख पनि फेरौ” र अर्को कुरा चाहि यो क्षेत्रमा काम गर्ने कालिगढहरुले आत्मासम्मान नपाएको र हाम्रो देशमा काम गर्नेलाई गर्ने सम्मानजनक व्यवहारको कमि तथा यस क्षेत्रमा रहेर कालिगढहरुले आफ्नो आर्थिक उन्नती गर्न नसक्नु र कलाको मूल्याङ्कनको अभाव छ । अहिले सम्म नेपाल सरकारको तर्फबाट यो हस्तकला क्षेत्रमा काम गर्ने कालीगढहरुको सक्षमता मापन गर्ने संयन्त्र छैन ।

यस्तो संयन्त्र बनाएर नेपालका कालिगढहरुको क्षमतामापन गर्नुपर्छ र राम्रो कालिगढलाई नेपाल सरकारले प्रोत्साहन स्वरुप बिना धितो ऋण उपलब्ध गराउने, उसले उत्पादन गरेको उत्कृष्ठ सम्भावना भएका सामाग्रीहरुको लागि बजारीकरण तथा बजार बिस्तार गर्ने हो भने यो समस्या बिस्तारै हल हुनेछ र हाम्रो परम्परागत सिप, मौलिक कला, परम्परागत पेशाहरु अर्को पुस्तामा हस्तान्तरण हुदै जाने थियो ।

नयाँ पिढीमा भएको नैरास्यतामा कमि आई आकर्षण बढ्दै जाने थियो । नोट ः नेपालमा उत्पादिन हस्तकलाका सामग्रीहरुको विश्वबजारमा आकर्षण बढ्ने व्रmममा छ । हाम्रो छिमेकी देशहरु भारत, चिन लगायत जापान, युरोप, अमेरिका, ल्याटिन अमेरिका तथा लगायत विभिन्न देशमा नेपाली हस्तकलाका वस्तुहरुको माग बढ्दो छ ।
आज नेपालमा सुनका गरगहना बनाउने कालिगढहरु ५०% भन्दा बढी बङ्गालका छन् । भोली यस्तै अवस्था भैरह्यो भने हाम्रो नेपाली कालिगढहरु विदेशी भूमिमा गई जोखिम मुलकमा श्रम गर्न बाध्य हुने र यो क्षेत्रमा बाहिरी मुलुकबाट जनशक्ति भित्र्याउनु पर्ने अवस्था हुन्छ ।

नेपाली वस्तुहरु प्रयोगमा ल्याउनको लागि हामी नेपालीहरुनै जागरुक भई आफ्नै उत्पादनलाई उपभोग गर्ने चलन चलाउन पर्छ र यसो गर्दा आयातित वस्तु घट्छ आफ्नो देशमा उत्पादित हस्तकलाका सामानहरुमा मोह बस्छ जुन हामी सबैका लागि राम्रो हुन्छ ।

देश र जनताको लागि र हामी सबैले बुझ्न जरुरी कुरा के छ भने नेपालि सामान विश्वका शिक्षित र सक्षम मानिसहरुले प्रयोग गर्दछन् भने हाम्रो देशमा उत्पादन गरेको नेपालीपन, नेपाली कला, नेपाली माया मिसिएको सामान किन प्रयोग नगर्ने ? नेपालका सिर्जनाहरु र कलाहरु विश्वका कुनै कला र सिर्जना भन्दा कमी छैन उत्कृष्ट छन् । हामी नेपालीहरुले यो विश्वका उत्पादन भन्दा किफायति पनि छ अब के चाइयो ? मात्र हाम्रो सोचाई परिवर्तनको खाचो छ ।

यो सबै कुराहरुको तालमेल मिलाएको खण्डमा नेपाली हस्तकला र नेपाली उत्पादन राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रतिश्पर्धा र निर्यात हुनेछ । विदेशमा बस्ने नेपाली दाजुभाई तथा दिदीबहीनी हरुमा पनि यस किसिमको भावना आवश्यकता   छ । यसो भएको खण्डमा अगाडि भनिएको सिमित स्रोत र साधन भर्ने ठाउँमा असिम स्रोत र साधन प्रयोग गरि देशको मेरुदण्डको रुपमा यो उद्योग हुनेछ ।

चाँदीका गरगहना बनाउने कालिगढहरु मुख्य दुई किसिममा विभाजन गर्न सकिन्छ । एउटा पौराणिक डिजाइन र अर्को आधुनिक डिजाइन निर्माण गर्ने । पौराणिक डिजाइनका गहनाहरु विशेष चाडपवर्ममा प्रयोग गरिन्छ भने आधुनिक डिजाइनका गहना सुन्दरताको लागि प्रयोग हुन्छ ।

यस क्षेत्रमा लाग्ने कालिगढहरुको विदेश पलायन हुने क्रम बढ्दो छ । राज्यबाट यसक्षेत्रमा लागेका कालिगढहरुलाई विदेशीनुबाट रोक्नको लागि विशेष प्याकेज कार्यक्रमहरु ल्याएर स्वदेशमै रोजगारीको अवसर मिलाउनु पर्ने देखिन्छ ।
लेखक हरि सिन्चुरी वल्र्ड क्राफट्स काउन्सिल २०१६ बाट इन्टरनेशनल स्तरको सम्मान पाएका उत्कृष्ट कालीगढ हुन् । 


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...