Monday, November 30, 2020

हस्तकला कालिगढ यसको महत्व र परम्परा

 

हस्तकला कालिगढ यसको महत्व र परम्परा

हरि सिन्चुरी वि.क., २०७७ मङ्सिर १५ सोमबार

https://newsabhiyan.com/news-details.php?nid=72267

हस्तकला भन्नाले विशेष दक्ष तथा अनुभवी कालिगढहरुद्धारा आफ्नै कला संस्कृति परम्परागत वस्तुहरुलाई विभिन्न कच्चा पदार्थहरु तथा स्रोतसाधनको प्रयोगबाट हस्त निर्मित गरिएको सामग्रीहरुलाई हस्तकलाको वस्तु भनेर चिनीन्छ । विशेष चाडपर्व, अवसरहरुमा बिभिन्न किसिमका सामग्रीहरु प्रयोगमा ल्याईन्छ । नेपालमा हस्तकला क्षेत्रमा लगभग ११ लाख जना कालीगढहरु प्रत्यक्ष लागि रहेका छन् ।

यो क्षेत्रबाट उनीहरुको घर परिवार चलिरहेको छ । जस्तै शिक्षा, स्वास्थ्य र अन्य आर्थिक दैनिकी यसै क्षेत्रबाछ चलेको छ 
हस्तकला भन्ने बित्तिकै सिमित स्रोत र साधन दक्ष कालिगढ जनशक्तिबाट आफ्नै घर र घर परिवारबाट घर घरमै बसि आफ्नो पुर्खाले गरिरहेको परम्परागत पेसालाई बिडो थामेर त्यसलाई निरन्तरता दिई राख्ने कामलाई नै हाम्रो जस्तो विकासन्मुख देशमा हस्तकला मानिन्छ ।

तर अहिले विकसित देशहरुमा हस्तकलालाई परिमार्जन गरिे थोरै मात्रामा हात प्रयोग गरि धेरै मात्रमा आधुनिक औजार तथा मेसिनहरुको प्रयोग गरि विश्वबजारमा प्रतिस्पर्दा गर्न सकिने हिसाबले सामान बनिरहेको  छ । मुख्य हस्तकलाका सामान वस्तुहरुमा जम्मा जम्मि ३० वटा वस्तु पर्दछ ।

हस्तकलामा धेरै किसिमका बिदाहरु छन् जस्तै ः सुनचाँहि, मेटल लगायतका बहुमुल्य धातुहरुको गरगहना तथा सरसामान उत्पादन, धातुका सरसामान, ढुङ्गाका मूर्ति तथा कलात्मक वस्तुहरु, काष्टकला, मूर्तिकला, पोष्टरकला, चित्रकला, सेरामीक, हातेकागज थान्का, बेदबास लगायत धेरै बिदाहरु छन् । प्रकृतिक रेसाजन्य कपडा लगायत आदि । 
वार्षिक नेपालबाट १० अर्बभन्दा बढी निर्यात भइरहेको र ११ लाख यूवालाई प्रत्यक्ष रोजगार दिने क्षेत्र हो । यस क्षेत्रमा काम गर्ने कालीगढहरु ५०% भन्दा बढी नेपालका आर्थिक रुपमा पछि परेका र समाजले पछाडि पारेका एउटा समुदाय (दलित समुदाय) पर्दछ र बाकि जनजाति तथा अन्य वर्ग   पर्दछ । यसै व्रmममा भन्न मन लाग्छ ५०% बढी कालिगढहरु जो सिप र सिर्जना अग्रपंक्तिमा भए तापनि उनिहरु आर्थिक रुपमा र शैक्षिक रुपमा पछि परिरहेका छन् ।

यो क्षेत्रमा आजभोलि दक्ष्य कामदारहरु पलायन भएर खाडी लगायत विभिन्न देशमा गई तल्लो दर्जाको श्रम गर्न बाध्य छन् र केहि वर्षयता नेपाली कालिगढहरु विदेश गई श्रम यहि गर्न जाने प्रचलन बढ्दो व्रmममा छ । जस्तै ः चाइना, इण्डिया, भुटान, इण्डोनेसिया, थाइल्याण्ड आदि जुन नेपालका लागि राम्रो छैन । हाम्रो कला, संस्कृतिक, मौलिकतालाई नै भोली यसले धरापमा पार्नसक्छ र अर्को कुरा नेपालबाट वार्षिक रुपमा हुने निर्यातमा कमि आई अर्थतन्त्रमा नकारातमक असर पर्न जान्छ ।

युवा हरुमा अहिले एउटा यस्तो लहर छ एकचोटी विदेश घुमेर जेट चढेर आउ । बुढापाकाले भन्ने गरेको उखान जस्तै “नयाँ ठाउँ पनि हेरौ, मुख पनि फेरौ” र अर्को कुरा चाहि यो क्षेत्रमा काम गर्ने कालिगढहरुले आत्मासम्मान नपाएको र हाम्रो देशमा काम गर्नेलाई गर्ने सम्मानजनक व्यवहारको कमि तथा यस क्षेत्रमा रहेर कालिगढहरुले आफ्नो आर्थिक उन्नती गर्न नसक्नु र कलाको मूल्याङ्कनको अभाव छ । अहिले सम्म नेपाल सरकारको तर्फबाट यो हस्तकला क्षेत्रमा काम गर्ने कालीगढहरुको सक्षमता मापन गर्ने संयन्त्र छैन ।

यस्तो संयन्त्र बनाएर नेपालका कालिगढहरुको क्षमतामापन गर्नुपर्छ र राम्रो कालिगढलाई नेपाल सरकारले प्रोत्साहन स्वरुप बिना धितो ऋण उपलब्ध गराउने, उसले उत्पादन गरेको उत्कृष्ठ सम्भावना भएका सामाग्रीहरुको लागि बजारीकरण तथा बजार बिस्तार गर्ने हो भने यो समस्या बिस्तारै हल हुनेछ र हाम्रो परम्परागत सिप, मौलिक कला, परम्परागत पेशाहरु अर्को पुस्तामा हस्तान्तरण हुदै जाने थियो ।

नयाँ पिढीमा भएको नैरास्यतामा कमि आई आकर्षण बढ्दै जाने थियो । नोट ः नेपालमा उत्पादिन हस्तकलाका सामग्रीहरुको विश्वबजारमा आकर्षण बढ्ने व्रmममा छ । हाम्रो छिमेकी देशहरु भारत, चिन लगायत जापान, युरोप, अमेरिका, ल्याटिन अमेरिका तथा लगायत विभिन्न देशमा नेपाली हस्तकलाका वस्तुहरुको माग बढ्दो छ ।
आज नेपालमा सुनका गरगहना बनाउने कालिगढहरु ५०% भन्दा बढी बङ्गालका छन् । भोली यस्तै अवस्था भैरह्यो भने हाम्रो नेपाली कालिगढहरु विदेशी भूमिमा गई जोखिम मुलकमा श्रम गर्न बाध्य हुने र यो क्षेत्रमा बाहिरी मुलुकबाट जनशक्ति भित्र्याउनु पर्ने अवस्था हुन्छ ।

नेपाली वस्तुहरु प्रयोगमा ल्याउनको लागि हामी नेपालीहरुनै जागरुक भई आफ्नै उत्पादनलाई उपभोग गर्ने चलन चलाउन पर्छ र यसो गर्दा आयातित वस्तु घट्छ आफ्नो देशमा उत्पादित हस्तकलाका सामानहरुमा मोह बस्छ जुन हामी सबैका लागि राम्रो हुन्छ ।

देश र जनताको लागि र हामी सबैले बुझ्न जरुरी कुरा के छ भने नेपालि सामान विश्वका शिक्षित र सक्षम मानिसहरुले प्रयोग गर्दछन् भने हाम्रो देशमा उत्पादन गरेको नेपालीपन, नेपाली कला, नेपाली माया मिसिएको सामान किन प्रयोग नगर्ने ? नेपालका सिर्जनाहरु र कलाहरु विश्वका कुनै कला र सिर्जना भन्दा कमी छैन उत्कृष्ट छन् । हामी नेपालीहरुले यो विश्वका उत्पादन भन्दा किफायति पनि छ अब के चाइयो ? मात्र हाम्रो सोचाई परिवर्तनको खाचो छ ।

यो सबै कुराहरुको तालमेल मिलाएको खण्डमा नेपाली हस्तकला र नेपाली उत्पादन राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रतिश्पर्धा र निर्यात हुनेछ । विदेशमा बस्ने नेपाली दाजुभाई तथा दिदीबहीनी हरुमा पनि यस किसिमको भावना आवश्यकता   छ । यसो भएको खण्डमा अगाडि भनिएको सिमित स्रोत र साधन भर्ने ठाउँमा असिम स्रोत र साधन प्रयोग गरि देशको मेरुदण्डको रुपमा यो उद्योग हुनेछ ।

चाँदीका गरगहना बनाउने कालिगढहरु मुख्य दुई किसिममा विभाजन गर्न सकिन्छ । एउटा पौराणिक डिजाइन र अर्को आधुनिक डिजाइन निर्माण गर्ने । पौराणिक डिजाइनका गहनाहरु विशेष चाडपवर्ममा प्रयोग गरिन्छ भने आधुनिक डिजाइनका गहना सुन्दरताको लागि प्रयोग हुन्छ ।

यस क्षेत्रमा लाग्ने कालिगढहरुको विदेश पलायन हुने क्रम बढ्दो छ । राज्यबाट यसक्षेत्रमा लागेका कालिगढहरुलाई विदेशीनुबाट रोक्नको लागि विशेष प्याकेज कार्यक्रमहरु ल्याएर स्वदेशमै रोजगारीको अवसर मिलाउनु पर्ने देखिन्छ ।
लेखक हरि सिन्चुरी वल्र्ड क्राफट्स काउन्सिल २०१६ बाट इन्टरनेशनल स्तरको सम्मान पाएका उत्कृष्ट कालीगढ हुन् । 


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...