Sunday, May 30, 2021

किराँत प्रदेशमा बलात् थोपरिएको चाड दशैं

 

किराँत प्रदेशमा बलात् थोपरिएको चाड दशैं

Posted by The Himalayan Voice:

http://thehimalayanvoice.blogspot.com/2016/10/blog-post.html

October 9, 2016

[राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किराँतका अमालीराईमझयाजिमिदारतालुकदारथरी मुखिया आदि र पल्लो किराँत प्रदेशका किपटिया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएको थियो। उनीहरूलाई दसैँमा आ-आफ्नो रैतीका घरमा काटिने बोकाखसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिईएको थियो । वि. सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किराँतका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार (रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका हिसाबले (अमालीलाई) तिर्नु  यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याईएको प्रष्ट हुन्छ।]

 लेखक मन्जुल याक्थुम्बा

कैराँत देशले परिचित नेपालमा आर्यहरूको आगमन अगाडि देशभरि नै र किराँत प्रदेशभरि चाहिँ (साङ्गापूर्वमेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफू सँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविरदहीचामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दशैं  भन्ने चाड किराँत प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ।

 १. ऐतिहासिक तथ्य

क) रणबहादुर शाह र ५२ सुब्बाहरूः

पान्थर क्षेत्र भारतसिक्किम र तिब्बतको सीमानानजिक परेकाले त्यसताका विदशी सेनाहरूबाट बारम्बार आक्रमण भइरहन्थ्यो। पान्थरका ५२ जना सुब्बाहरू भेला भएर शत्रुहरूको सामना आफैंले गर्नका लागि काठमाडौँ आई राजा रणबहादुर शाहसँग हात हतियार मागे। यङयाङ सुब्बाको नेतृत्वमा आएका ५२ सुब्बाहरूलाई राजा रणबहादुरले पनि ढालतरबारखुँडात्रिशूलनगरा निशानबन्दुककर्नालशङ्खडमरुनरसिङ्गा आदिकासाथ दसैँको नवमीमा मौलो थापी बलि पूजा गर्नुपर्ने दसैँया संस्कृति पनि लादी पठाएकाले ती ५२ सुब्बाहरू काठमाडौँबाट फर्केपछि दसैँमा याङरूपको टुँडीखेलमा यङयाङ सुब्बाको मातहतमा ५२ वटा मौलोहरू गाडी सम्पूर्ण हातहतियार र निशान पूजाका साथ नगराबाजागाजा बजाएर उत्सव मनाउने चलन बसाए । तर२०२१ सालमा भूमि सुधार लागू भएपछि आफ्नो माटोमाथिको अधिकार एकपक्षीय रूपले हनन् भएको महसुस गरी लिम्बूवान क्षेत्रमा दसैँ मान्नुको औचित्य समाप्त भयो।

 ख) रणबहादुर शाहबाट दसैँया कर असुली प्रारम्भः

 स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे श्री फागो राय श्री देउ राय के हिङवा खोला सिद्धिपुर वाधा खोला उत्तर तेरा बाजेजिजुका खायल जमिन खेत प्रजा गाउँ मकुवानी हिन्दूपतिले बक्स्याको रीतिथिति दण्डकण्ड अपुताली चाक चकुई छिनहारी रहता बहता सब अङ्क माफ बक्स्याको रहेछ सो हामी पनि दसैँको भाग सुब्बा पिछे रु ५ साउन्या फागु समेत राज अङ्कबाहेक माफ गरी बक्स्यौँ हाम्रा निमकको सोझो रही आफ्ना थिति जानी भोग्य गर इति सम्बत १९३९ साल माघ वदी ६ रोज शुभम्।

 यो लिखतबाट किराँतको भाग सुब्बापिच्छे रु. ५ साउन्या फागु समेत राजअङ्क (राजकीय कर) नयाँ करप्रणाली थपिनुले (किराँतहरू) लिम्बूहरू शाहीवंशी राजतन्त्रअगाडि नै दसैँ चाड मान्दैनथे भन्ने कुरा प्रष्टै हुन्छ। दसैँमा सुब्बापिच्छे रु. ५ लगाउनुको तात्पर्य अझ यसरी प्रष्ट हुन्छदुर्गाहाङ याक्खाराईको लेखाईबाट गैरहिन्दू प्रदेशका किरात जनसमुदायमा पनि शाही इष्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा स्तुतियुक्त बडादसैँलाई राष्ट्रव्यापी चाड पर्व तुल्याउने उद्देश्यले यो हिन्दू संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको प्रष्ट प्रमाण हुन्छ।

 

राजा पृथ्वीनारायणका पालादेखि स्थानीय प्रशासनिक एजेन्ट बनाई राखिएका वल्लो र माझ किराँतका अमालीराई,मझयाजिमिदारतालुकदारथरी मुखिया आदि र पल्लो किराँत प्रदेशका किपटिया लिम्बू सुब्बालाई बडादसैँमा पशुपक्षीको मारहानी दुर्गा पूजा गर्न प्रलोभन सहित वाध्य तुल्याइएको थियो। उनीहरूलाई दसैँमा आ-आफ्नो रैतीका घरमा काटिने बोकाखसीका फिलो दसैँ सिसार लिन पाउने र आफूहरूले दुर्गा पूजा गरी दसैँ मानेबापत रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिईएको थियो । वि. सं. १८७७ सालमा राजा राजेन्द्रले माझ किराँतका जिमिदारलाई रैतीहरूबाट बेठी बेगार (रकम वा खेतालाबापत ज्याला नदिई लगाइने काम) सिसार (टाउको वा फिलो) आदि सित्तै खान पाउनेगरी गरिदिएको लालमोहरमा एक ठाउँमा लेखिएको छः गाउँ १ को दसैँया भेडा मार वलकका बोको १ के रूपया १ खाडपूजाको घरही चावल (चामल) माना एकका हिसाबले (अमालीलाई) तिर्नु  यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका राई अमाली र लिम्बूवानका सुब्बाहरूले आआफ्नो सोझा सिधा रैतीहरूबाट यस्ता दसैँया दैदस्तुर जिप्टाएर असुल गरी खाने प्रलोभनमा उनीहरूमाथि दसैँ संस्कार ठगीखाने भाँडोको रूपमा बलपूर्बक लादेर ल्याईएको प्रष्ट हुन्छ।

 

ग) राजेन्द्र विक्रम शाह र दशैंमा राँगा बोका काट्नै पर्ने टण्टाको अन्त्यः

 

स्वस्ति श्री मन महाराजाधिराज कस्य रुक्का आगे अरूण पूर्व मेची पश्चिमभर लिम्बुवानका सुब्बा गैह्र जुन ४३ सालदेखि ६१ सालसम्म दसैँमा सुब्बाहरूलाई राँगा काट्नमा ट48टा लागेको थिएन। ६२ सालमा हेमकर्ण थापा सुब्बा भै आउँदा तिमीहरूले राँगा काट्न पर्छ भनी ट48टा लगाउँदा ६२ सालदेखि ट48टा लागिरहेछ अव उप्रान्त हाम्रा सावगाछले राँगा काट्न सक्दैनौँ अघिदेखि चलिआएको हाम्रै थिति चलाइ बक्स्या हामीहरू खुशी छौँ भनी काजी नरसिंह थापामार्फत् हाम्रा हजुरमा जाहेर भयो। तसर्थ अब उप्रान्त अघिदेेखि थुमथुम थिति मोहरबमोजिम लिई दसैँ गरी राँगा काट्नु सुब्बाको घरमा सक हुनेले राँगा बोका काट्नु सक नहुनेले नकाट्नु भनी थिति बाँधी बक्स्यौँ इति सम्बत १८९१ साल मिति बैशाख वदी १४ रोज ४ शुभम्।

 

वि. सं. १८४३ देखि १८६१ सालसम्म दशैंमा मौलो थापी बोको बलि दिई पूजा गरेमा पनि हुनेमा वि. सं. १८६२ सालमा हेमकर्ण थापा सुब्बा भै लिम्बुवानमा गएपछि को मौलोमा सुब्बाहरूले राँगा काट्नै पर्ने टन्टा लगाएको कुरा राजेन्द्रविक्रम शाहमा जाहेर हुँदा सक्नेले राँगा बोका काटनु र नसक्नेले नकाटे पनि हुन्छ भनी लिखित प्रमाण पाएपछि मात्र राँगा बोको काट्ने झन्झटबाट सुब्बाहरू मुक्त भए तापनि दसैँया शोषण चाहिँ यथावत नै कायम भयो।

 

घ) लिम्बूवानमा तिलिङ्गा आतङ्कः

 

एकधर्मएक संस्कृतिएक भाषा कायम गर्न तथाकथित एकिकरणको सिलसिलामा किराँत प्रदेशमा विभिन्न एजेन्टहरू राई अमाली सुब्बाहरूबाट दसैँ बापत दैदस्तुर सरकारद्वारा असुलियो भनेे ती एजेन्टहरूद्वारा नै रैतीहरूको शोषण गर्ने कार्य पनि निर्वाध रूपमा विकसित हुँदै गयो। यो दसैँया पर्वलाई त्यसताका लिम्बुवानमा तैनाथ गरिएका (खटाइएका) तिलिङ्गाहरूले (सिपाहीहरूले) राई अमालीसुब्बाहरूको घरको मूलढोकाको दायाँ बायाँ भित्तामा मानिसका हात खुट्टाका रक्तरञ्जित पञ्जा भए नभएको जाँचबुझ गरेर दसैँ माने नमानेको प्रमाणित गर्नु पर्थ्यो। यदि उनीहरूको घरदैलाको दायाँबायाँ भित्तामा मारको छाप लागेको नभेटिएमा त्यस्तो राई अमालीसुब्बालाई आर्थिकदेखि शारीरिक द48ड लगायत जघन्य अपराध सरह सजाय हुन्थ्यो। अब अमाली सुभाङ्गी प्रथा किरात प्रदेशमा उन्मूलन भैसके तापनि दसैँको बेला आफ्नो घरमा मार काटिएको पशु पंक्षीको रगत हात खुट्टाको पञ्जामा लगाई दैलोको दायाँ बायाँ भित्तामा छाप लगाउने चलन भने यदाकदा अझैं पनि देखिन्छ। त्यसताका ती तिलिङ्गाहरूको आतङ्क सम्झेर लिम्बूवानका बूढापाकाहरू अहिले पनि त्यो त्राशदिपूर्ण कथाको वर्णन गर्छन्।

 ङ) दशैं नमान्दा रिदामा र रामलीहाङ शहीद भएः

 किराँत प्रदेशमा दशैँया पर्वलाई निरन्तरता दिँदै जाने सिलसिलामा श्री ३ जङ्गबहादुरको शासनकालमा धनकुटाको पालो आयो। त्यसताका छ थर थुम धनकुटामा आठपहरिया राईहरूमा नेतृत्व गर्ने रिदामा र रामलीहाङ दुई साहसी पुरुषहरूले दसैँ हाम्रो चाड होइनहामी दसैँ मान्दैनौँ भनी प्रतिवाद गरे। यो कुरा जङ्गबहादुर राणामा जाहेर भएपछि रिदामा र रामलीहाङको बध गरेर तिनका अनुयायीहरूलाई धनकुटामा रहेका सेनाद्वारा घेराउ गरी राँगाबोका काटी ठूलो भोज गरी जमराटीका लगाइदिई दसैँ मान्न वाध्य गराए। तर त्यस बलजफ्ती कार्यको परिणाम ज्यादै नराम्रो निक्ल्यो। हामी सबैजना बलिदान हुन तयार छौँ तर हाम्रो संस्कार छोडेर बलात लादिएको दसैँ चाड मान्न तयार छैनौँ भनी ठूलो विद्रोह गरेपछि अर्को वर्षदेखि दसैँ चाड मान्न वाध्य गराउन सकिएन। त्यहाँका आठपहरिया किरात राईहरूले आजसम्म पनि दसैँ तिहार मान्दैनन् यिनीहरूका महिलाहरूले आफ्नो पहिरन मेख्ली (म्याक्सी जस्तो) लगाउन अझै पनि छोडेका छैनन्। मङ्सीर पूर्णेदेखि औँसीसम्म ढोल झ्याम्टा वादनका साथ नाचगान र खानपिनमा पाहुनाहरूको आदानप्रदान गरेर धुमधामले १५ दिनसम्म आफ्नो मौलिक राष्ट्रिय चाड मनाउछन्। यही चाड नै हामी समस्त किरातहरूको मौलिक राष्ट्रिय चाड पनि हो। साँच्चै भन्ने हो भने यिनै आठपहरिया किरात राईहरू मात्र किरात प्रदेशमा आफ्नो मौलिक चाडलाई बचाइराख्न सफल भएका छन्। धन्य हुन् यी धनकुटाका खाँटी आठपहरिया किरात राईबन्धुहरू– यिनीहरूको जति प्रशंसा गरे पनि पुग्दैन।

 धार्मिक तथ्यः

 हिन्दूहरूको वेदबौद्धहरूको धम्मपदइसाईहरूको बाइबलइस्लामहरूको कुरान झैं किराँतहरूको मूल धर्मग्रन्थ मुन्धुम हो। इसाई धर्ममा उल्लिखित कुरा बौद्ध धर्मावलम्बीले र इस्लाम धर्मका कुरा हिन्दू धर्मावलम्बीहरूले नमान्ने जस्तै ती सबै धर्महरूमा उल्लिखित कुराहरू किराँत धर्मावलम्बीहरूले पनि मान्दैनन्। किनभने प्रत्येक धर्मावलम्बीले आआफ्नो धर्मको महानतामा गर्व गर्छन् र आ-आफ्नो धर्मग्रन्थले निर्दिष्ट गरेको नियम तथा अनुशासनको पालनगरी जीवन यापन गरेका हुन्छन्। नेपालमा शाहकालभन्दा हजारौँ वर्ष अगाडिदेखि किराँत प्रदेशमा दशैं  भन्ने चाड अपरिचित थियो भन्ने कुरा ऐतिहासिक सवुद प्रमाणहरूबाट प्रष्ट भैसकेको छ। अव धार्मिक तथ्यको आधारमा पनि यो चाड किराँतहरूको थिएनहोइन भन्ने कुरा यसरी प्रष्ट हुन्छ।

 क) मुन्धुममा राम र रावणको कथा छैनः

 हिन्दू ग्रन्थ रामायणमा रावणद्वारा सीता हरण भएपछि राम र रावणको युद्धमा रामले रावणलाई बध गरी विजय प्राप्त गरेकोले सो विजयोल्लासको प्रतीक दसैँ चाड हिन्दूहरूले मनाउने गरेको कथा जोडिएको छ। हिन्दूग्रन्थका आर्य पात्रहरूको युद्धकथासँग हामी अनार्य किरातहरूको कुनै सम्बन्ध नभएको र हाम्रो मुन्धुममा कहीं पनि त्यस्तो कुरा उल्लेख नभएकोले यो दसैँ चाड किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।

 ख) मुन्धुममा नवदुर्गा र महिषासुरको कथा छैनः

 हिन्दूहरूको देवी भागवत ग्रन्थमा नवदुर्गा र महिषासुरको युद्धमा महिषासुरको बध नवदुर्गाद्वारा गरिएकोले त्यही विजयोल्लासको सम्झना स्वरूप दसैँ चाड मान्न शुरु गरिएको कथा आउँछ। तर त्यस्तो कथा र नवदुर्गा महिषासुर भन्ने शब्द हाम्रो मुन्धुममा उल्लेख नभएकोले यो दसैँ चाड हामी किरातहरूको हुँदै होइन भन्ने प्रमाणित हुन्छ।

 ग) मुन्धुममा दशैँ शब्दै छैनः

 हामी किराँतहरूको मौलिक धर्मग्रन्थ मुन्धुममा दसैँ भन्ने शब्द छदै छैन। त्यसकारण यो दसैँ चाड हामी किराँतहरूको हुदै होइन भन्ने प्रमाणित हुन्छ। यो दशैं  चाड किरात प्रदेशमा शाहकालमा सरकारले बलात थोपरेको भन्ने कुरामा शङ्कै छैन। यो चाड हाम्रो हुदै होइन भन्ने ऐतिहासिक एवम् धार्मिक तथ्यका आधारमा प्रष्ट हुँदाहुदै पनि जान्ने बुझ्नेले देखाएको सही बाटोबाट नहिँडी दनदन बलिरहेको विशाल आगोको ज्वालामा पुतली होमिए झैं हाम्रा किराँत बन्धुहरू होमिन चाहन्छन् भने भीरबाट लडेको गाईलाई माङ माङ मात्र भन्न सकिन्छकाँध थाप्न सकिन्न। विवशता र वाध्यतावश् बलात भिराइएको दशैंरूपी जुवालाई फ्याँकेर आफ्नो मौलिक अस्तित्वको खोजी नगर्ने किरातलाई कसरी जीउँदो किराँत  भन्नेयस प्रसङ्गमा दुर्गाहाङ याखाराई एक ठाउँमा यसरी लेख्नुहुन्छ – "यो दसैँया संस्कार मान्नेवित्तिकै किराँतहरू हिन्दू वर्ण व्यवस्थाको (वर्ण विभाजन भित्रको) सबैभन्दा हेय र तुच्छ शूद्रवर्णमा स्वतः गणना हुने हुन्छन्। किनकि नेपालको जनजातिआदिबासी पश्चिमी नेपालका गुरुङमगर तथा पूर्वका राईलिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक पूजाहरूमा तयार गरिएको शाही अभिलेख अनुसार शूद्रमै गणना गरिएको प्रमाण खडा छ। यसैले अबका जनजातिआदिवासीले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मान खातिर धार्मिक,सांस्कृतिक दासत्व एवम् जातीय हीनताको प्रमाणपत्र स्वरूप दसैँया “विजया टीकालाई” निधारभरि  टाँसेर प्रदर्शनी गराउन चाहदैनन् भने त्यो उनीहरूको आस्थाको कुरा हो। उनीहरू दसैँमा टीका नलगाउन स्वतन्त्र छन्। उनीहरूको यस्तो आचरणमा अरूले विरोध र आश्चर्य मान्नु पर्ने उचित देखिँदैन। उनीहरू हिन्दू बनेर “शूद्र वर्गमा” नै रही अझै ब्राम्हणपूजन गरिरहुन् भन्ने स्वघोषित हिन्दू उच्च जातिका मानिसहरूबाट दुराशय राखिनु पनि हुन्न।"

 आफूलाई मन परेको कुनै पनि धर्म संस्कार ग्रहण गर्ने नैसर्गिक अधिकार र स्वतन्त्रता प्रत्येक ब्यक्तिलाई छ। तर बिवशता र बाध्यतामा पारेर आफ्नो धर्म संस्कार अरूलाई बलात लाद्ने अधिकार कसैलाई छैन। आफ्नो अस्तित्वको खोजी गर्नु प्रत्येक ब्यक्तिलाई अधिकार छ। दसैँलाई बहिस्कार गर्नु हामी कसैलाई भन्दैनौँ तर दसैँ हामीमा बलात् लादिएको हो र यो चाड हाम्रो थिदै थिएनहुँदै होइन भनी सबुत प्रमाणका साथ ठोकुवा गर्ने अधिकार हामीलाई छ। अतः ऐतिहासिक एवम् धार्मिक तथ्य तथा सबुत प्रमाणका आधारमा दसैँ चाड हामी अनार्य जनजातिआदिवासी किरातहरूको थिदैथिएनहुदैहोइन भन्ने कुरा किरात लगायत सम्पूर्ण जनजातिआदिवासी बन्धुहरूले बुझदिनु पर्‍यो,मनन् गरी दिनु पर्‍योप्रत्येक जनजातिआदिबासीको घरदैलोमा सन्देश पुर्‍याउनु पर्‍यो।

 १. माथि उल्लिखित अकाट्य प्रमाणहरूको आधारमा दसैँ चाड हामी किरातहरूको थिदैँथिएन हुँदै होइन भन्ने निष्कर्षमा पुगिएकाले नै हामीमा बलात् लादिएको हिन्दूमात्रको दसैँ चाड मान्न हामीले २०४६ सालदेखि नै छोड्दै आएका हौँ। यो कार्य पूर्वाग्रहघृणा र द्धेषवश भएको होइन। किनभने यस देशका सम्पूर्ण जात/जाति र धर्मावलम्बीहरूसँग सदभाव कायम गरेर राष्ट्रिय विकासको मूल प्रवाहमा योगदान पुर्‍याउने भन्ने चुम्लुङको मूल नीति छ। त्यसैले हामीले दसैँ बहिस्कार पनि भनेका छैनौँ। मान्नु नमान्नु आफ्नो स्वेच्छाको कुरा हो। तर दसैँ चाडचाहिं हाम्रो थिदैँथिएन हुँदैहोइन भनेर ठोकुवाका साथ भनेका छौँभन्छौँ पनि।

 २. आफ्नो मौलिक चाड हुँदाहुदै हिन्दू मात्रको दसैँचाड किरातहरूले मान्नै पर्छ भन्ने छैन भने हामीले आफ्नो चाडलाई महत्व दिँदा हिन्दूहरू रिसाउनु पर्ने कुरा पनि छैन। नजान्दाको अवस्थामा वालकले फोहोर टिपेर मुखमा हाल्छ तर ऊ जान्ने बु137ने भएपछि फोहोर टिपेर खाँदैन। त्यस्तै कति कुरा हामीले लहै लहैमा अङ्गाल्यौँ भने कति कुरा वलात् पनि ग्रहण गर्नबाध्य भयौँ। अव हामीले कुरा बुझ्यौ । आफ्नो बाटो लाग्यौँ। किरात प्रदेशमा बस्ने कुनै पनि अल्पसङ्ख्यक हिन्दूलाई हामीले हाम्रो किरात चाड मान्नु पर्छ कहिल्यै भनेनौँ र भन्दैनौँ पनि। तर किरातहरूले जानीबुझी दसैँ मान्न छोड्दा यी हिन्दूहरू किन रुष्ट हुन्छन् र नाना भाति प्रसङ्गहरू जोडेर किरातहरूप्रति दुराशय ओकल्छन्यस कार्यले उनीहरूको असहिष्णुताअमिलनसारिता र विखण्डनवादी नीति छर्लङ्गिगएन र?

 ३. परंपरादेखि हामीले मानी आएको मङ्सिर पूर्णिमामा पर्ने लिम्बूहरूको ‘चासोक तङनाम’ राईहरूको ‘साकेलायाख्खाहरूको ‘चासुवा’ र सुनुवारहरूको ‘फोलष्याँदर’ मौलिक किरात चाड (न्वागीपूजा)लाई किरात चाड मनाउन त्रयोदशी,चतुर्दशी र पूर्णेसम्म ३ तीन दिन किराँत चाड घोषणा गरी अधिराज्यव्यापी विदादिने व्यवस्थाको लागि चारै किराँत  संस्थाहरूको संयुक्त प्रयासमा को सरकार समक्ष माग प्रस्तुत गरिएकोमा मङ्सिर पूर्णेका दिन एक दिन मात्र अधिराज्यका सम्पूर्ण किराँत धर्मावलम्बीहरूलाई विदा दिनेगरी को सरकारबाट किराँत  चाडको घोषणा भएको कुरा २०५८ साल पुस १४ गतेको विभिन्न सञ्चार माध्यम र खण्ड  ५१ संख्या ५० नेपाल राजपत्र भाग ४ मिति २०५८/१२/२६ को राजपत्र समेतबाट प्रचारप्रसार भएको कुरा सर्वविदितै छ।

 ४. विभिन्न जातजाति/जनजाति आदिवासी र उत्पीडित/ दलितहरूको साझा फूलबारी हाम्रो नेपालमा सत्ताधारी हिन्दू धर्मावलम्बीहरूको लागि अनगिन्ती चाडहरूले मान्यता प्राप्त गरिरहेकै छन्। त्यसमा पनि गौरापर्व मनाउन सुदुर पश्चिमेली हिन्दूहरूले थप १ दिन छुट्टै विदा पनि पाएका छन्। प्रजातन्त्रको पुनर्वहाली भए पश्चात तराईबासीहरूलेछठपर्व’ इस्लामहरूले ‘इद पर्व’ भोटेसेर्पातामाङगुरुङहरूले ‘ल्होसार पर्व’ मनाउन १/१ दिन विदा पाएजस्तै हामी किराँत  धर्मावलम्बीहरूले पनि किरात चाड छुट्टै विदा पाउँनु पर्छ ।

Monday, April 19, 2021

मगर व्याकरण र शब्दकोश निर्माण

 

मगर व्याकरण र शब्दकोश निर्माण

चाँदनी हमाल, ४ फाल्गुन २०७४

प्रकाशित: ४ फाल्गुन २०७४ ०९:२९ शुक्रबार

https://nagariknews.nagariknetwork.com/arts/140182-1518752640.html

काठमाडौं –  मुलुक संघीय संरचनामा गइसकेको छ । प्रदेशमा  बहुजातीय पहिचानयुक्त प्रशासनको प्रयास पनि थालिएको छ । नेपाली भाषा जनसम्पर्कको मुख्य भाषा रहे पनि मातृभाषाले अबको प्रादेशिक संरचनामा स्थान पाउन सक्ने व्यवस्था नेपालको संविधानले गरिसकेको छ ।

नयाँ व्यवस्थाअनुसार कुनै एक जाती विशेषको जनसंख्याको वर्चश्व रहेका स्थानमा मातृभाषामै सरकारी कामकाज गर्न पाउने अधिकार सुनिश्चित गरिएको छ । मातृभाषामा कुनै पनि समुदायको मौलिकता रहने भएकाले पनि यसको जगेर्ना गर्नु सामाजिक, ऐतिहासिक र सांस्कृतिक देष्टिले महत्वपूर्ण छ । यसै मेसेमा विभिन्न निकाय तथा व्यक्तिहरू भाषिक संरक्षणका लागि खटिएका छन् ।

सोही सन्दर्भमा बिहीबार राजधानीमा मगरभाषा व्याकरण तथा शब्दकोष निर्माणका लागि संवाद थालिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र मगर अध्ययन केन्द्रको संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले नेपाललाई बहुजातीय र बहुभाषिक भनि स्वीकार गरिएको बताए । पञ्चायकालमै २०३३ सालमा रेडियो नेपालले पहिलोपल्ट विभिन्न भाषामा समाचार दिने व्यवस्था भएको उनले स्मरण गरे ।

भाषा पहिचानसँग सम्बन्धित भएकाले राजनीतिक कुरा पनि हो,’ उनले भने । अबको समय आफ्नो भाषालाई सक्षम बनाएर सम्पर्क भाषाका रूपमा अघि बढाउने समय रहेको उनले औंल्याए । बहुलताको अवसर समात्न मातृभाषा सक्षम नभए नेपाली भाषा प्रयोगको विकल्प नरहेको उनले टिप्पणी गरे । जसका लागि आफ्नो भाषा भनेर घुमिहिँड्नुभन्दा विज्ञसमूहको सहयोग लिएर भाषाको विकास गर्न उनले मगर समुदायलाई सुझाव दिए । कतिपय शब्दहरू नेपालीबाट मगर वा अन्य भाषामा रूपान्तरण गर्न शब्दहरू पर्याप्त नभएकाले अध्ययन अनुसन्धानको खाँचो रहेको उनले बताए ।

प्राध्यापक रामराज रेग्मीले भाषिक संरक्षणका लागि अनुसन्धान र व्याकरण निर्माणका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । अहिलेसम्म नेपालमा ९७ भाषाको मात्र सर्वेक्षण भएको जनाउँदै उनले भने, ‘भाषा सजीव विषय भएकाले समयअनुसार अगाडी बढ्दै जान्छ,’ उनले थपे, ‘त्यसमा पनि १ सय २५ जनजातीमध्ये जनसंख्याकै आधारमा तेस्रो तहमा रहेको मगर भाषाको थप अध्ययन अनुसन्धान आवश्यक छ ।’ नेपालको जनसंख्यामध्ये १८ लाख ८७ हजार ७ सय ३३ जनसंख्या मगरजातीको रहेको छ । जसमा पनि ८ लाख १५ हजार ७१३ जनसंख्या अर्थात ४३ प्रतिशतले मात्र मगरभाषा बोल्ने गरेको छन् ।

मगर भाषा आफैंमा सबल भाषा भए पनि नयाँ पुस्तामा मगर भाषा बोल्ने क्रम हराउँदै गएर नेपालीकरण हुँदै गएको चिन्ता रेग्मीले गरे । भाषा संरक्षण गर्ने एउटा बलियो माध्यम भनेको त्यसको व्याकरण र शब्दकोश निर्माण भएको बताउँदै उनले मगर भाषामा पनि तीन मुख्य भाषिका रहेको र मगर ढुट, खाम मगर र काइके भाषिकाको बारेमा चर्चा गरे ।‘भाषा सामान्यतया विचारको आदानप्रदान गर्ने साधन हो,’ रेग्मीले भने, ‘सबैभन्दा थोरै शब्द प्रयोग गरेर मिहिनभन्दा मिहिन विचार पोख्न सकिन्छ ।’

व्याकरण बने पनि त्यसको व्यवहारीकणमा समस्या रहेको प्रष्टयाए । समुदाय र व्यक्ति व्यक्तिमा भाषिक एकरूपता कायम गर्न अप्ठेरो रहेको उनले दाबी गरे । डा. दुबिनन्द ढकालले मगर भाषाको शब्दकोष निर्माण विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले १२ भागमा विभाजन गरेर शब्दकोश निर्माणका लागि आवश्यकताहरू उजागर गरे ।

उनका अनुसार नेपालको पूर्वदेखि पश्चिमसम्म बोलिने मगर भाषालाई एकै ठाउँमा सूचीकृत गरिएको छ । ‘भौगोलिक किसिमले ठूलो क्षेत्र ओगट्ने भाषामा क्षेत्रीय भेद हुने हुनाले ती भेदलाई शब्दकोशमा कसरी समावेश गर्ने भन्ने विषय जटिल रहेको छ,’ उनले औंल्याए, ‘पुराना सन्दर्भग्रन्थ, भाषिक व्याकरण र शब्दकोशको तारतम्य मिल्नुपर्छ ।’

त्यस्तैगरी कम्युटरमा प्रविधिकरण गर्नका लागि पनि विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । प्रविष्टी र परिभाषाको उदाहरणहरू उस्तै राख्नुपर्ने, समानार्थी र विपरीतार्थी शब्दको संयोजन पनि एकै ठाउँमा शब्दकोषमा राख्न सकिने उनले बताए ।

कार्यपत्रमाथि लोकबहादुर थापा र विष्णुकुमार सिञ्जालीले टिप्पणी गरेका थिए । मगर अध्ययन केन्द्रका अध्यक्ष गोविन्दप्रसाद थापाले मगर भाषा नेपालको बहुसंख्यक जनजातीको भाषा भएकाले यसको प्राज्ञिक विकासमा कमजोरी रहेको स्वीकारे । संवैधानिक प्रावधानअनुसार मगरभाषाले कामकाजको मातृभाषाको रूपमा प्रयोग गर्न पाउने सम्भावना रहे पनि यसको व्याकरण, शब्दकोष र भाषिक ज्ञानको अभाव रहेको उनले बताए ।

 

 


संकटमा सल्यानी संस्कृति

 अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले सीप र संस्कृति सिक्न चाहेनन्

फाल्गुन १४, २०७६विप्लव महर्जन, Kantipur,

(सल्यान) — ७५ वर्षीय विष्णुबहादुर बूढा त्रिवेणी गाउँपालिकास्थित पिमखोलाका पैसेरी नाचका अगुवा हुन् उनले झन्डै ३५ वर्ष विभिन्न मेला, पर्व र सार्वजनिक उत्सवमा पैसेरी नाचे मगर समुदायको मुख्य नाच मानिने पैसेरी केही वर्षयता लोप हुँदै गएकोमा भने उनी चिन्तित न् 

हाम्रो पुस्तासँगै पैसरी पनि सकिने हो कि,’ उनी भन्छन्, ‘युवाले सिक्नै चाहेनन्।’ आधुनिक गीतसंगीत प्रविधिका कारण युवापुस्ता पैसरीसहित विभिन्न सांस्कृतिक नाचबाट टाढिँदै गएको उनको गुनासो मगर भाषामा ‘पै’ को अर्थ काठको कोसीको बिट ‘सरी’को अर्थ गोलो आकार हो ढिकुरे लहरे नाचसमेत भनिने पैसेरी लस्करै गोलाकार नाचिन्छ युवालाई संस्कृति हस्तान्तरण गर्न खोजे पनि अनिच्छुक हुँदा समस्या भएको पैसेरीका अर्का अगुवा मैसर बूढाले बताए ‘बेरोजगारीका कारण अधिकांश युवा विदेश गए, गाउँमा बस्नेले पनि सीप सिक्न चाहेनन्,’ उनले भने, ‘हामीले गाएको गीत र नाच हेरेर मन बहलाउँछन्, सिक्नतिर भने ध्यान दिँदैनन्।’ २०४३ मा काठमाडौं गई नाच देखाउँदा आफूहरू पुरस्कृत भएको समेत उनले सुनाए

पैसरी मात्र होइन, सोरठीले पनि कुनै समय सल्यानको पहिचान जोगाएको थियो अघिल्ला पुस्ताले बसाइँसराइ गर्ने क्रममा पूर्वी क्षेत्रबाट त्रिवेणी गाउँपालिकामा सोरठी भित्र्याएको ६० वर्षीय चन्दबहादुर ओलीको सम्झना छ उनका अनुसार त्रिवेणीको पिमखोलाबाटै जिल्लाभरि सोरठी फैलिएको हो ‘कृष्ण गोपिनीको प्रेमसम्बन्धलाई आधार बनाएर नाचिने सोरठीकै कारण पुर्खा देशभर चिनिए,’ उनले भने, ‘पुराना लोकभाका, नाच र बाजागाजासँग हाम्रो अस्तित्व जोडिएको छ

ओलीका अनुसार सोरठीमा मारुनी (महिला) ले घाँगर, चोली, धरो, रुमाल, केतुकीको कपाल र चुरापोते लगाउँछन् पुरुषले भने दौरा–सुरुवाल, स्टकोट, कम्पनीमाला र शेली लगाएर नाच्छन् सल्यानको चिनारी बोकेका बन्गाडी टप्पालगायत नाच, गीत र बाजागाजा पनि हराउन थालेकोमा उनको चिन्ता छ

जिल्लाका १० गाउँपालिकामध्ये त्रिवेणी गाउँपालिकाले भने स्थानीय संस्कृति संरक्षणका लागि गाउँगाउँमा समूह बनाएको छ विभिन्न चाडबाड, पर्व, मेलालगायत सार्वजनिक जमघटमा समूहले विभिन्न लोपोन्मुख नाच, गीत, बाजालगायत प्रदर्शन गर्दै आइरहेका छन् त्रिवेणीका वडामा गठन भएका १५ समूहले गत बुधबार लुहाममा स्थानीय संस्कृतिको प्रतिस्पर्धा गरे ४० देखि ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले युवापुस्तालाई समेत परम्परागत संस्कृति संरक्षणका लागि प्रेरणा दिएको गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले बताए भने, ‘मौलिक संस्कृति हाम्रा चिनारी हुन्, संरक्षणका लागि कार्यविधि बनाएरै अगाडि बढ्ने हाम्रो योजना छ।’ उनका अनुसार गाउँपालिकाले प्रतिस्पर्धा गराएको यो पहिलो अवसर होइन स्थानीय सरकार गठन भएसँगै बर्सेनि यस्ता प्रतिस्पर्धा गराइरहेको उनले जानकारी दिए

कार्यक्रममा सहभागी समूहले दिनभर झाँकी, गीत, नाच तथा बाजागाजाको प्रदर्शन गरे आधुनिक बाजा संगीतका कारण पुराना संस्कृति नाच लोप भएको स्थानीय अगुवा धनवीर ओलीले जनाए प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बन्गाडी, टप्पा, सोरठी र लहरे नाच जिल्लाको सम्पत्ति भएको जनाए जिल्ला समन्वय समिति प्रमुख केशबहादुर विष्टले गाउँगाउँमा संस्कृति संरक्षण समूह गठन गरी जागरण ल्याउन जरुरी रहेको बताए ‘मौलिक संस्कृति संरक्षण गरी पर्यटकको आकर्षणको केन्द्र बनाउन सकिन्छ’ उनले भने

प्रकाशित : फाल्गुन १४, २०७६ ०७:५४

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...