Monday, March 21, 2022

धर्मान्तरणका अन्तर्य

 धर्मान्तरणका अन्तर्य

वसन्त महर्जन

२०७८ पौष १७ शनिबार 
नयाँ पत्रिका

झट्ट हेर्दा आदर्श हिन्दू महिलाको उदाहरण दिन मिल्ने एक मित्र हिन्दू धर्म संस्कृतिसँग सम्बन्धित हरेक चाडपर्व तथा सामाजिक कार्यमा पनि सक्रियतापूर्वक सहभागी हुन्छिन् पोखराबाट तानसेनको बसयात्राको दौरान यस लेखकसँग भलाकुसारी गर्दै आफू बौद्ध धर्म अपनाउन इच्छुक रहेको सुटुक्क बताइन् यसका लागि गर्नुपर्ने प्रक्रियाका बारेमा पनि सोधिन् त्यहीवेला उनैबाट थाहा पाएँ, धर्म परिवर्तनको अन्तर्य अर्कै रहेछ उनले यसअघि नै हिन्दू धर्म परित्याग गरेर अरू धर्म अपनाइसकेकी रहिछिन् विदेश जान पाइने उतै व्यवस्था हुने आदि आश्वासन वा अपेक्षा पूरा नभएपछि हिन्दू आवरणमा यथावत् नै बसिरहेकी थिइन् आफ्नो अपेक्षा बौद्ध धर्मबाट पूर्ति हुन्छ कि भन्ने आशा भएछ सोधेकी थिइन् त्यसपछि धर्मसम्बन्धी हाम्रो संवाद अघि बढेन तर, उनीसँग सम्पर्क भइरहन्छ त्यसवेलादेखि उनको धार्मिक तथा सांस्कृतिक गतिविधि मेरा लागि अध्ययनको विषय बन्यो 

परम्परानुसार मान्दै आएको धर्म छाड्नुहुँदैन भन्ने मान्यता पाइन्छ आफ्नो धर्म जस्तोसुकै भए पनि ‘परधर्म भयावह’ भन्ने आग्रहलाई मैले आफ्नो आदर्श कहिल्यै बनाउन सकिनँ परम्पराअनुसार मान्दै आएको धर्ममा दृढ विश्वास वा आस्था भएपछि एउटै मात्र सत्य यही हो भन्ने आग्रह गहिरोसँग बस्छ धर्मान्तरण गरेकाहरूमा पनि यही आग्रहले घर गरेको पाइन्छ पृथ्वी वा ब्रह्माण्डको उत्पत्ति हुनुभन्दा अघि नै ईश्वर वा यस्तै अदृश्य एउटा परमसत्ता हुने र त्यही सत्ताले सबै कुराको सृष्टि गर्ने धारण पनि पाइन्छन्

 यससम्बन्धी हजारौँ बेग्लाबेग्लै कथाकहानीको पढ्न र सुन्न पाइन्छन् तर, इतिहास तथा पुरातत्व विज्ञानको कसीमा राखेर हेर्दा यी कुराको पुष्टि हुँदैनन् , आस्था वा विश्वास भनी त्यसलाई यथावत् नै राख्नुपर्ने गज्जबको चलन यहाँ पाइन्छ सृष्टिसम्बन्धी जतिसुकै लामो रोचक कथा बनाएका धर्महरूको अस्तित्व पनि तथ्य प्रमाणको कसीमा राखेर हेर्दा केही हजार वर्षभन्दा पुराना नभएको पुष्टि हुन्छ बरु तीभन्दा पुराना पुरावस्तुुको अस्तित्व भूतलमा पाइन्छन् पुरातात्विक अध्ययनपछि ती कुरा यति वर्ष पुरानो वा उति वर्ष पुरानो भनी काल निर्धारण गर्न सकिएका छन् विभिन्न धार्मिक साहित्यमा वर्णित घटना वा कथावस्तुुलाई वस्तुुगत रूपमा अध्ययन गर्दा पनि तिनको काल िर्धारण गर्न सकिएको छ यस अर्थमा पृथ्वीमा भएका कुनै पनि भौतिक कुरा इतिहासभन्दा पर छैनन् 

मानव विकासको इतिहास हेर्दा सुरुमा तिनीहरू प्रकृतिको शक्तिबाट नतमस्तक भएको र अनेकौँ कल्पना गरेर त्यसमा भक्तिभाव देखाउने गरेको भन्ने कुरा थाहा पाइन्छन् धर्मको इतिहास केलाउँदा पनि यही विश्वास वा भक्तिभाव सर्वप्रथम दृष्टिगोचर हुन्छ यस्ता धर्म अझै पनि अस्तित्वमा छन् अथवा, पछि विकसित हिन्दू, बौद्ध, जैन, मुस्लिम, आदि नामका धर्म र अभ्यासमा ती प्रकृति धर्मका अवशेष केही मात्रामा देख्न पाइन्छन् यस अर्थमा आजभोलि आफूलाई परम्पराअनुसार निश्चित धर्मसँग सम्बन्धित भनेर पहिचान दिनेहरू कुनै वेला अर्कै धर्मसम्प्रदायसम्बद्ध भएको पाउँछौँ यी धर्महरूको विकास हुुनुुअघि उनका पुर्खा कुनै कुनै धर्मसँग सम्बन्धित हुन्थे अर्थात् ती धर्मको उदय हुनअघि तिनको कुनै धर्म नै थिएन वा तिनको अस्तित्व नै थिएन भनेर तर्क गर्न सकिन्न 

ईसापूवृ ५६३ मा जन्मेर ३५ वर्षको उमेरमा बोधि (ज्ञान) लाभ गरी आफ्नै मतवाद बौद्ध धर्मदर्शन सुरु गर्ने गौतम बुद्धले अन्य धर्म सम्प्रदायमा रहेकालाई धर्मान्तरण गरेर भिक्षु–भिक्षुणी तथा उपासक–उपासिका बनाएका हुन् गौतम बुद्धभन्दा केही वर्षले जेठो वर्धमान महावीरले पनि यही गरेका थिए यही कुरा इसाई धर्म त्यसको करिब पाँच सय वर्षपछिको इस्लाम धर्मका सम्बन्धमा पनि लागू हुन्छ कुनै पनि धर्मले आफ्ना लागि भनेर छुट्टै मानवको सृष्टि गरेको हुँदैन इतिहासलाई अझ गहिरिएर हेर्ने हो भने त्कालीन वैदिक ब्राह्मण तथा श्रमण परम्परासँग सम्बन्धित विभिन्न मतवादमा आस्था राख्ने मानव समुदायलाई गौतम बुद्धले बौद्ध र वर्धमान महावीरले जैन बनाएका हुन्

 भारतीय भूमिमा मुसलमानी आक्रमणपछि व्यापक मात्रामा धर्मान्तरणको लहर चलेको पाइन्छ त्यतिवेला इस्लाम धर्म अपनाउनेहरू अधिकांश बौद्ध थिए इस्लाममा धर्मान्तरण नभई यत्तिकै बस्नेहरू कालान्तरमा हिन्दू समाजभित्र तथाकथित तल्लो जातिका रूपमा चिनिन गएका थिए जो अझै पनि भारतीय समाजमा देख्न पाइन्छन् कतिपय बौद्धहरू पुनः वैदिक परम्परातिरै लागेको पनि पाइन्छ नेपाल तथा ारतका कतिपय वैदिक ब्राह्मणका कुलदेवता हिन्दू नै नभएर बज्रयानी देवीदेवता हुने गरेको तथ्यले यो कुराको पुष्टि गर्दछ 

कुन धर्म कति मात्रामा सही हो वा होइन भन्ने बहस यो लेखको तात्पर्य होइन विश्वमा विद्यमान कुनै पनि धर्म स्थिर भएर रहेका छैनन् सबैमा आ–आफ्नो धर्म नै सही र राम्रो भन्ने आग्रह पाइन्छ अन्यप्रति सद्भाव राखी, भलो गरुँ भन्ने मनसायले बाटो देखाउने अर्थमा धर्मको प्रचार गरिरहेका हुन्छन् धर्मको प्रचार कार्यमा एक पक्षका लागि असल कर्म भइरहेको हुन्छ भने अर्को पक्षले त्यसैलाई खराब कर्मका रूपमा हेरिरहेको हुन्छ तर, जसले जति सक्यो त्यसले त्यति नै, आ–आफ्नै पाराले गरिरहेको कुरा यथार्थ हो

धर्मान्तरणको सन्दर्भमा प्रायः के सुन्न पाइन्छ भने गरिब र पिछडिएका समुदायमा अनेकौँ प्रलोभन दिएर अमुक धर्मको प्रचार गरिँदै छ के–कति प्रलोभन दियो वा के कति पूर्ति कसरी गर्‍यो, त्यो बेग्लै विषय हो मान्छेहरू आर्थिक मात्रै नभएर सामाजिक हैसियतका लागि पनि धर्म परिवर्तन गर्दा रहेछन् भन्ने कुरा घामजत्तिकै छर्लंग छ

 कुनै वेला समुद्र नाघ्नु हुँदैन भन्ने हिन्दू मान्यता थियो र फलतः हिन्दू धर्मको प्रचार हुन पाएन समुद्र नाघेर जानेलाई भारतीय हिन्दू समाजमा विशेषतः गाउँमा जातिच्यूत गरिन्थ्यो स्वामी विवेकानन्दलाई यही समस्या परेको थियो तर, आजभोलि समुद्रपारि पनि हिन्दू धर्मको प्रचार–प्रसार व्यापक रूपमा हुँदै छ, अर्थात् धर्मान्तरण गरेर हिन्दूहरूलाई अन्य धर्ममा लगेजस्तै हिन्दूहरूले पनि अन्य धर्मका मानिसलाई धर्मान्तरण गरेर हिन्दू बनाउने कार्य गरिरहेकै छन् आफ्नो धर्म म्प्रदायका मानिसलाई अन्य धर्म सम्प्रदायमा लाँदा नकारात्मक रूपमा लिने र आफूले अन्य धर्म सम्प्रदायका मानिसलाई आफ्नो धर्मसम्प्रदायमा ल्याउन सके सकारात्मक रूपमा लिने प्रवृत्ति त मानव स्वभाव नै भयो 

विश्वमा भएका कतिपय धर्मबीच समान मूल्य–मान्यता रहेका हुन्छन् भने कतिपय सन्दर्भमा असमान मात्रै नभएर विपरीत पनि हुन्छन् यही भएर बेग्लाबेग्लै धर्मको अस्तित्व आएको हो यसो हुँदाहुँदै पनि आआफ्ना आस्था तथा दर्शनहरूलाई सुरक्षित राखेर एकअर्कामा भाइचाराको भावना विकसित गरेर अगाडि बढिरहेको पाइन्छन् यो राम्रो पक्ष हो विश्व इतिहासमा धार्मिक सद्भावको यो विकसित रूप यसअघि देख्न पाइन्नथ्यो 

धर्मान्तरणको सन्दर्भमा प्रायः के सुन्न पाइन्छ भने, गरिब र पिछडिएका समुदायमा अनेकौँ प्रलोभन दिएर अमुक धर्मको प्रचार गरिँदै छ के–कति प्रलोभन दियो वा के कति पूर्ति कसरी ¥यो, त्यो बेग्लै विषय हो मान्छेहरू आर्थिक मात्रै नभएर सामाजिक हैसियतका लागि पनि धर्म परिवर्तन गर्दारहेछन् भन्ने कुरा घामजत्तिकै छर्लंग केही वर्षअघि यो पंक्तिकार बौद्ध धर्म छाडी इसाई धर्म अपनाउने समुदायको अध्ययनमा लागेको थियो अधिकांशले धर्म परिवर्तन गर्नुको कारण बौद्ध पुरोहितका रूपमा रहेका लामाले भनेअनुसारको खर्च गर्न नसकेर अन्ततः धर्म नै परिवर्तन गरेको जवाफ दिएका थिए

 रोगव्याधिजस्ता समस्याका लागि कालो भाले वा कालो बोको काट्न लगाउने तथा आर्थिक रूपमा विपन्नबाट दानदक्षिणा बटुल्ने कर्म मूलतः बौद्ध धर्मको भावनाविपरीत हो, तर ती बौद्ध पुरोहितबाट यस्तो काम सम्पन्न हुनु विकृतिको हद हो हिन्दू धर्म छाडी अन्य धर्ममा लाग्नुका पछाडि पनि यस्तै कारण रहेको पाइन्छ आफ्नो धर्ममा रही आस्थाअनुसार बसुन्जेल जातीय छुवाछुत तथा विभेद गर्ने सामान्य जीवन जिउन नै नसक्ने अवस्था ल्याइँदा उसले स्वाभाविक रूपमा विकल्प खोज्ने हुन्छ नै यस अवस्थामा प्रलोभनमा पारेर धर्म परिवर्तन गरेको भन्ने तर्क सधैँ सबै ठाउँमा लागू हुँदैन किनभने हुनेखाने व्यक्ति वा परिवारले पनि धर्म परिवर्तन गरिरहेको पाइन्छ 

मान्छेले आफ्नो जीवनशैली तथा हैसियतको स्तरोन्नतिमा ध्यान दिनुलाई अन्यथा लिनुहुँदैन तर, यसैको अपेक्षा गरेर वा प्रलोभनमा परेर धर्म परिवर्तन गर्नु उद्यमशील व्यक्तिका लागि सुहाउँदो कुरा होइन यो लेखको सुरुको प्रसंगमा उल्लेखित महिला मित्रलाई कसैले प्रलोभनमा पारेको भन्दा प्रलोभित भएको देखिन्छ महत्वाकांक्षा पनि देखिन्छ तर, अपेक्षा पूरा नभएपछि यसैका लागि पुनः अर्को धर्ममा धर्मान्तरण हुने मनसाय पनि व्यक्त गर्दछन् यो पूर्णतः अकर्मण्यता हो कुनै पनि धर्मको उपादेयता भौतिक सुख–सुविधाका लागि नहुने हुनाले त्यस्तो कुराको अपेक्षा राख्दै धर्म परिवर्तन गरेर हिँड्नु अवाञ्छनीय प्रवृत्ति पनि हो

 

Thursday, March 17, 2022

लोकतन्त्रको कसीमा दलहरु असफल भएका हुन त..

 

लोकतन्त्रको कसीमा दलहरु असफल...

 अजयभद्र खनाल

आजकाल यस्तो लाग्छ मानौं राजनीतिक दलहरु लोकतन्त्रलाई सुदृढ बनाउने माध्यमा हैनन, बरु लोकतान्त्रिक पुनजार्गरणका बाधक हुन् । उनीहरु जनताको ईच्छा र चाहना पुरा गर्ने माध्यम नभएर, तिनका अवरोधका रुपमा देखापरेका छन् ।

लोकतन्त्रका दुई पक्ष जनताको प्रतिनिधित्व र संवैधानिक प्रक्रिया दुवैमा नेपाली दलहरु फेल भएका छन् । तैपनि नेपाली जनताको लागि नयाँ विकल्प आईसकेको छैन ।

नेपालमा राजनीतिक द्वन्द्व, असमानता र अन्यायका केहि वस्तुगत आधारहरु छन्, जसको समाधान जरुरी छ । तर वर्तमान राजनीतिक दलहरुले यी वस्तुगत समस्याहरुलाई सुल्झाउँदै, नेपाललाई आर्थिक विकास र समृद्दिको बाटोमा लाने संभावना देखिँदैन ।

परम्परागत दलहरुको असफलता

नेपालको राजनीतिमा दुईवटा प्रमुख एजेन्डा छन् ः क) राजनीतिक द्वन्द्व, असमानता र अन्यायका वस्तुगत आधारहरुलाई निमिट्यान्न पार्ने, ख) आर्थिक विकास र समृद्दिका आधार तयार पार्ने ।

नेपालका वर्तमान राजनीतिक दलहरुले ६ वर्ष लामो कसरतका बाबजूद यी दुवै एजेन्डालाई अगाडि बढाउन असफल भएका छन् । यी असफलताका प्रमुख कारण निम्न छन् ः

जब साधनले साध्यलाई निस्तेज बनाउँछ । नेपालका प्रमुख दलहरुले राजनीतिक शक्ति हासिल गर्न अपनाएका साधन (सार्वजनिक सम्पतिको दूरुपयोग, हिँसा, अपराध, चन्दा आतंक, गुटवन्दी, भागवन्डा, अतिकेन्द्रीकृत संगठन) ले एकातिर दलभित्र नैतिकताको स्खलन भैराखेको हुन्छ भने अर्कोतिर उनीहरुको राजनीतिक उद्देश्य हासिल गर्ने प्रयासलाई खोक्रो बनाईराखेको छ ।

हालै माओवादी नेताहरुले आन्दोलनको समयमा भारतसंग गोप्य सम्झौता गरेको कुरा बाहिर आएको छ । यस्तै सम्झौता अन्य दल र नेताहरुले पनि गरेका होलान् । अनि सत्तामा आएपछि कसरी उनीहरु राष्ट्रिय हितका लागि अडान लिन सक्छन् ? त्यस्तै राजनीतिक दलहरु व्यापारीवर्ग संग करोडौं पैसा उठाउँछन् । अनि आर्थिक नीति बनाउने बेला कसरी उनीहरुल तिनै व्यापारीक स्वार्थ बाहिर जान सक्छन् ? उनीहरु कार्यकर्तालाई हिंसा र अपराधमा उक्साउँछन्, अनि कसरी उनीहरु कानूनी शासनका लागि तिनै कार्यकर्तालाई जेल पठाउन सक्छन् ? सत्ताका लागि अपनाईने यस्ता साधनले कोही सत्तामा आउन सक्ला, तर त्यतिन्जेल तिनको साध्य खोक्रो र देखावटी मात्र भैसकेको हुन्छ ।

दलभित्रको सामन्तवाद र लोकतान्त्रिक निर्णय प्रक्रिया र पद्दतिको अवमूल्यन । परम्परागत दलहरु अझै पनि लोकतान्त्रिक निर्णयप्रक्रियालाई स्वीकार गर्न तयार भएको देखिँदैन्न । संविधान सभाको असफलता यसको प्रमुख उदाहरण हो । यदि संविधानसभाका प्रक्रियागत पद्दतिलाई संविधान सभाभन्दा बाहिरका नेता, दल तथा शक्तिहरुले अपहरण गर्न नसकेको भए, यो सँस्था असफल हुने थिएन ।

लोकतन्त्रको दुईवटा प्रमुख पाटा । एउटा प्रतिनिधित्व, अर्को संवैधानिक प्रक्रिया । नेपाली राजनीतिक दलहरुको ध्यान प्रतिनिधित्वको दाबी गर्नेतर्फ मात्र केन्द्रित छ । जब संवैधानिक प्रक्रियामार्फत लोकतन्त्रको फल जनतालाई प्रदान गर्ने कुरो आउँछ, तब दुईवटा समस्या देखापर्छ । पहिलो समस्या हो दलीय र व्यक्तिगत स्वार्थका लागि संवैधानिक प्रक्रिया र सँस्थालाई वेवास्ता गर्नु । अर्को समस्या शीप र ज्ञानसंग सम्बन्धित छ । राज्यसंचालन, र अनुमनजस्ता संवैधानिक प्रक्रियाका लागि चाहिने शीप र ज्ञान वर्तमान राजनीतिज्ञहरुमा देखिँदैन ।

सामाजिक दरारहरुको राजनीतिकरण अर्को प्रमुख समस्या हो । समाजमा अवस्थित दरारहरुलाई स्वीकार गर्नु एउटा कुरा हो, तर ती दरारहरुलाई बढाएर त्यसका आडमा राजनीति गर्दा राजनीतिक द्वन्द्वमा बढी ध्यान केन्द्रित हुन्छ र जनतालाई प्रदानगर्नुपर्ने सेवामा कम । यसको अर्को अर्थ हो, जनतालाई ईमान्दारीका साथ सेवा गर्ने भन्दा पनि राजनीतिक शक्ति हासिल गर्ने कुरा यी दल र नेताहरुको प्राथमिकतामा पर्छ ।

यी विविध पक्षहरु केलाउँदा प्रष्ट हुन्छ, भविष्यमा पनि परम्परागत राजनीतिक दलहरु देशका समस्याहरुको समाधान गर्न असफल हुनेछन् ।
दल तथा जनताको बीचमा बढ्दो दुरीका कारण यो खुला स्थानमा नयाँ लोकप्रिय शक्ति उदाउने गर्छ, विशेष गरी दक्षिणबाट । यसैगरी यस दूरीले संवैधानिक र गैरसंवैधानिक तत्वहरुलाई पनि स्थान दिन्छ । दीर्घकालमा जनताको सहभागिताबिनाको तर जनताकै लागि भनेर काम गर्ने शक्तिहरुले सरकार बनाउन सक्छन् ।

नयाँ राजनीतिको उद्भव ?
नेपालमा मात्र हैन, विश्वमै राजनीतिक दल र जनताको सम्बन्धमा एकै खालको परिवर्तन देखा परिरहेको छ । एकातिर परम्परागत राजनीतिप्रति साधारण नागरिकहरुको वितृष्णा बढ्दो छ भने अर्कोतिर नागरिक समाज र बौद्दिक वर्गको राजनीतिमा चासो बढ्दो छ ।

विश्वभरि नै जनताको प्रतिनिधिको रुपमा राजनीतिक दलहरुले निर्वाह गर्ने भुमिका घट्दै गैरहेको छ र यो भविष्यमा अझ घट्दै जाने छ । त्यस्तै परम्परागत राजनीतिक दलबाट जनता र समाज टाढिँदैछन्, र राजनीतिक दलहरुले विशिष्ट र बलियो साँगठनिक पहिचान बनाउन गाह्रो छ । यसको अर्थ के हो भने, सबै आईडियोलोजी देखावटी र व्यवहारिक रुपमा निकम्मा भएका कारण आगामी दिनमा राजनीतिक दलहरुले कुनै विशेष आईडियोलोजी मात्र लिएर राजनीति गर्न कठिन हुनेछ ।

नेपाली राजनीतिको असफलताका कारण आम जनता, माओवादी लडाकु झैं, परम्परागत राजनीतिको मैदानबाट निजी जिवनमा फर्किरहेका छन् भने राजनीतिक दलहरु स्वयं जनताको घरदैलो र गाउँघरका मैदानबाट आफ्नै निजी स्वार्थको मैदानमा फर्किरहेका छन् । फलस्वरुप उनीहरुको केन्द«विन्दु राज्य र सरकार बन्न पुगेको छ ।

झट्ट हेर्दा आम नागरिकको परम्परागत राजनीतिक दलहरुप्रतिको वितृष्णाले सिर्जना गरेको समस्याको हल गर्न बौद्दिक वर्गको चासो बढेको हो कि जस्तो भान हुन्छ । तर यथार्थ केहि फरक छ ।

विश्वका विभिन्न राजनीतिक चिन्तकहरुको बिचार पढ्दा राजनीतिमा जनसहभागिता बढाउन भन्दा पनि आम सहभागिता घटाउनतिर उनीहरु लागिरहेका हुन् कि जस्तो देखिन्छ । राजनीतिमा जनताको वितृष्णा बढिरहेको सन्दर्भमा लोकतन्त्रको अवधारणालाई नै पुनर्परिभाषित गरेर लोकतन्त्रलाई सुदृढ बनाउने उनीहरुको चासो रहेको देखिन्छ । “लोक” अनुपस्थित भएको अवस्थामा लोकतन्त्रको नयाँ परिभाषा गर्नु उनीहरुको उद्देश्य हो ।

यसका लागि पहिला राजनीतिशास्त्रीहरुले संवैधानिक लोकतन्त्र र लोकप्रिय लोकतन्त्रबीचको भिन्नता उजागर गरेका छन् । संवैधानिक लोकतन्त्रको अवधारणाले “जनताको लागि” भनेर बनेको सरकारलाई सफल बनाउन संविधानमा रहेका नियन्त्रण र सन्तुलनका संयन्त्रहरुमा जोड दिन्छ भने लोकप्रिय लोकतन्त्रको अवधारणाले आम जनताको सहभागिता अर्थात “जनताद्वारा” गरिने प्रक्रियालाई महत्व दिन्छ ।

उदाहरणको लागि फरिद जाकारिया भन्छन्, “आधुनिक ईतिहासमा यूरोप र उत्तर अमेरिकाका सरकारहरुलाई विश्वका अन्य सरकारहरुबाट छुट्याउने प्रमुख चरित्र लोकतन्त्र हैन, संवैधानिक उदारवाद हो । “पश्चिमेली नमूना” को उच्चतम प्रतिविम्ब आम मतदाता हैनन, बरु निष्पक्ष न्यायाधीश हुन् ।” यसको अर्थ हो पश्चिमेली लोकतन्त्रहरु मतदाताको सहभागिता हैन कि सुशासनका लागि बनेका संवैधानिक संयत्रहरुका कारण सफल भएका हुन् ।

पिटर मायरका अनुसार आमसहभागितालाई भन्दा संवैधानिक प्रक्रियालाई जोड दिनुपर्ने प्रमुख कारण राजनीतिक दलहरुको अकर्मण्यता हो । राजनीतिक दलहरु असफल भएका कारण नै लोकप्रिय लोकतन्त्रपनि असफल भएको हो । यसरी दलहरुभन्दा पृथक समाधान खोज्नु भनेको लोकतन्त्रमा आमसहभागितालाई न्यून गर्नु हो । राजनीतिक दलहरुको असफलता भनेको प्रतिनिधिमूलक सरकारको असफलता हो ।

जाकारिया र अन्य चिन्तकको प्रयास यस्तो लोकतन्त्रको परिकल्पना गर्नु हो जसले काम गर्छ, जसले वैधानिकता पाएको हुन्छ, तर जसले नागरिकको नियन्त्रणको अवधारणालाई केन्द«विन्द मान्दैन ।

राजनीतिक दलहरुले जनताको प्रतिनिधिको भुमिका कमजोर भएतापनि, लोकतन्त्रको बाहकको रुपमा खेल्ने भुमिका बढ्दो छ । अर्थात, उनीहरुको राज्य संचालन गर्ने भुमिका कमजोर भएको छैन । हामीले राजनीतिक दलहरुलाई जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्न असफल भएकोमा आलोचना गर्छौं, तर उनीहरुले राज्य संचालनमा भुमिका खेल्न हुँदैन भनेर भन्दैनौं ।

भविष्यमा राजनीतिक दलहरुको ठुल्ठुलो संगठन हुने छैन, र गाउँ गाउँमा उपस्थिति पनि हुने छैन । यसको सट्टा दलहरुले अरुको कुरा सुन्ने र नागरिक समाजमा रहेका विभिन्न गैरदलीय संघ, सँस्थाहरुको समर्थन जित्ने प्रयास गर्नेछन् । यसको अर्थ के हो भने, आफ्नो सांगठनिक कमजोरीलाई प्रतिस्थापन गर्न, उनीहरुले विभिन्न संगठन, सञ्जाल र समाजिक आन्दोलनको सहारा लिनेछन् । यस्ता गैर दलीय संघसँस्थाले राजनीतिक दलहरुलाई सुझाव र बिचार प्रदान गर्न सक्छन् । यस्तो गर्दा राजनीतिक दलहरुले आफ्नो श्रोत राजनीतिक प्रचारमा र सार्वजनिक पदमा निर्वाह गर्नुपर्ने भुमिका चुस्त बनाउनमा खर्चिन सक्छन् । तर नागरिक समाजका संघसँस्थाले सबै जनताको आवाज प्रतिनिधित्व गर्न सक्दैनन्, जुन परम्परागत दलहरुले गर्न सक्छन्, विशेष गरी समाजवादी वा वामपन्थी दलहरुले गर्न सक्छन् ।

नयाँ राजनीतिक अवसर
राजनीतिक दल र जनताबीचको सम्बन्धमा आईरहेको परिवर्तनले नयाँ राजनीतिक अभियानलाई केहि अवसरहरु प्रदान गरेको छ ।
एकातिर मतदाताहरु कुनै विशेष दललाई मात्र समर्थन नगरेर कुनै पनि दललाई मतदान गर्न सक्ने अवस्थामा पुगेका छन्, भने दलहरुपनि एकअर्काभन्दा भिन्न देखिन छोडेका छन् । नेपाली काँग्रेस र एमालेबीच नेपाली जनताले निकै अघिदेखि कुनै भिन्नता देख्न छाडिसकेका छन् । अब एनेकपा माओवादीपनि ती भन्दा खासै भिन्न नहोला ।

जनता र परम्परागत दलहरुबीच आएको यस परिवर्तनका कारण मतदाता समूहहरु पनि परम्परागत संरचनाबाट मुक्त हुुँदै छन् । यसको अर्थ हो, एजेन्डा स्थापना गर्नमा सँचार माध्यम (औपचारिक र सामाजिक) को भुमिक बढ्नेछ र दल तथा उम्मेद्वारहरुलाई चुनावी प्रचार प्रसारमा थप प्रयास गर्न आवश्यक हुनेछ । मतदाताको व्यवहार सापेक्ष हुँदैछ भने उनीहरुको रोजाई आकस्मिक ।

राजनीतिक दलहरुको आईडियोलोजीमा आएको विखण्डनका कारण कुनै दलविशेषको आईडियोलोजी भन्दा पनि उम्मेदवारको आकर्षणले मतदाताको व्यवहारलाई निक्र्यौल गर्नेछ । दलका हाकिमहरुले रोजेको उम्मेद्वारको भन्दा चुनावी क्षेत्र पहिल्यैदेखि लोकप्रिय रहेका उम्मेदवारहरुको संभावना बढी हुन्छ । अझ केन्द्रिय नेतृत्व अलोकप्रिय भएको अवस्थामा पार्टी र आफ्नो केन्द्रीय नेताको भारीसमेत बोक्न उम्मेदवारहरुलाई अप्ठेरो हुन्छ ।
दलका नेताहरुले आँफु र आफ्नो केन्द्रलाई बलियो बनाउँदा, दलको चुनावी मैदानको संगठन कमजोर हुने गर्छ । त्यस्तै चुनावी मैदानलाई बलियो बनाउँदा, दलको केन्द्र कमजोर हुन्छ ।

राजनीतिक दलहरुको असफलताका बाबजुद पनि यदि जनताले आफ्नो देशको भविष्य आफ्नै हातमा लिएनन् भने, हाम्रा सन्ततिले पनि हामीले झैं दुख पाउने छन् । नेपाली जनताले आशा गरेको परिवर्तन ल्याउन आज हामीलाई नयाँ प्रकारको राजनीति चाहिएको छ । शायद हामीले बिचार गरेका छैनौं होला, तर नयाँ खालको राजनीति आवश्यकता मात्र नभएर एउटा अवसर पनि हो ।
ajaya.khanal@gmail.com

Tuesday, March 01, 2022

महामारी कम गर्ने प्राचीन नाच !

 





महामारी कम गर्ने प्राचीन नाच !

रेणु त्वानाबासु शुक्रबार, १३ फागुन, २०७८

थप सामग्री : https://www.himalkhabar.com/news/128526

जीवित ‌देवी भनेर कुमारीको देशव्यापी चर्चा भए पनि भक्तपुरमा भने नवदुर्गालाई पनि जीवित देवीका रूपमा मानिन्छ। स्थानीयहरू यसलाई ङालाकेगू नाच अर्थात जात्राका रूपमा चिन्छन्।

हाल यो नाच भक्तपुरका टोलटोलमा चलिरहेको छ। नाच भक्तपुरका २४ वटा टोलमा देखाइन्छ भने भक्तपुर बाहिरको साँगा, पनौती, काठमाडौंको टोखामा पनि देखाउन जाने चलन रहेको छ।

नवदुर्गा नाचमा मुकुण्डो सहित १९ जना देवगण रहन्छन्,” नाच गर्ने देवगणका सदस्य नारायणमान वनमाला भन्छन्, “नाचका लागि १३ वटा मकुण्डो रहेको हुन्छ, त्यसमा १२ जनाले एउटा एउटा मुखुण्डो लगाएर नाच्ने गर्छन्।”

नाचमा भैरव, महाकाली, वाराही, गणेश, ब्रह्मायणी, कुमारी, महेश्वरी, भद्रकाली, इन्द्रायणी, सिम्‍ह-दुम्ह, महादेव, श्वेतभैरवका रूपमा देवगणले बाजागाजा सहित नाचिने वनमाला बताउँछन्।

प्रत्येक दिन फरक फरक टोलमा नाच देखाइने उनी बताउँछन्। भक्तपुरको दत्तात्रय, क्वाठन्डौं, गछें, दछुटोल, नागपोखरी, इनाचो, गोल्मढी, याछेंमा नाच प्रदर्शन गरिन्छ। साथै, टौमढीतालाक्व, नासमना, गहिटी, क्वाछें, टिबुक्छें, सुकुलढोका, दरबार स्क्वायर, खौमा, इताछेंमा भिन्न दिनमा नाच गरिन्छ।

भक्तपुर बाहेक मध्यपुर थिमि, चाँगुनारायण, काठमाडौंको टोखामा पनि देखाइन्छ भने उपत्यका बाहिर साँगा, काभ्रे, नाला, धुलिखेल, श्रीखण्डपुर, खर्पुमा पनि देखाइन्छ,” उनी भन्छन्।

आठ महीनासम्म चल्ने नाचको शुरूवात भक्तपुर दरबार क्षेत्रको तलेजुबाट हुन्छ। टोलीले त्यहाँ नाचेपछि जयवागेश्वरीको पशुपतिनाथमा दर्शन गर्न जान्छन्। त्यहाँबाट मध्यपुर थिमीमा ६ रात ७ दिन बसेर नाच्न जान्छन्। नाच चलिरहेका वेला देवगण घर जान पाउँदैनन्। देवगणकै पोशाक लगाएर पाटीपौवा, देवलमा सुत्नुपर्छ।

 

नाच चल्ने आठ महीना अवधिमा देवगण हुने व्यक्तिले नाङ्गो खुट्टा, मुकुट बोकेर, देवगणको पहिरनमा नाच देखाउनुपर्छ नाचको शुरूआत प्रत्येक वर्ष माघ दुई गते सूर्यमढीबाट शुरू हुन्छ। “सूर्य उदाउँदाको पहिला घाम सो ठाउँमा पर्ने भएकाले सूर्यमढीमा नाच शुरू गर्ने परम्परा बसेको हो,” संस्कृतिविद् ओम धौभडेल बताउँछन्।

नाच अवधिभर गणका सदस्यले जहाँ पायो त्यहीं खाना खानु हुँदैन भन्ने मान्यता छ। गणले सूर्यमढी, दत्तात्रय क्वाथन्डली, याछें, टौमढी, टिबुक्छें, वंशगोपालमा खाना खाँदैनन्। यी टोलमा हुने नाचमा गण दिनभर भोकै हुन्छन्।

कहाँ कहाँ लागिन्छ नाच?

भक्तपुरको दरबार स्क्वायर तलेजु मन्दिर, जय बागेश्वरी पशुपतिनाथ दर्शन, त्यसपछि नगरमा पुसको अन्तिम दिन देवता ल्याएर माघ दुई गते सूर्यमढीमा नाच शुरू हुन्छ। त्यसपछि दत्तात्रय मन्दिरमा शनिबारका दिन पारेर नाच देखाइन्छ।

त्यहाँबाट क्वाठन्डौं, गछें, चागुनारायणमा एक रात दुई दिन, महालक्ष्मी, इनाचो (श्रीपञ्चमीका दिन), गोल्मढी, याछें, साँगा (एक रात दुई दिन), टौमढी, तालाक्व, वंशगोपाल, बालाखु, गहिटी, क्वाछें, टिबुक्छें, भण्डारखाल (दरबार स्क्वायर), मिवा (खौमा), इताछें, नाला (दुई रात तीन दिन), धुलिखेल (एक रात एक दिन), श्रीखण्डपुर (खर्पु), बालाखु, इलाछें, बनेपा (तीन रात तीन दिन), पनौती (दुई रात तीन दिन), इछुगल्ली (शक्ति निकाल्ने) मा यो नाच समापन हुन्छ।

शुरूमा जय बागेश्वरीमा पशुपतिनाथ दर्शनपछि नाच गण मध्यपुर थिमीमा ६ रात ७ दिन बस्छन्। त्यसपछि चाँगुनारायणमा एक रात दुई दिन, त्यहाँबाछ साँगामा एक रात दुई दिन अनि नाला दुई रात तीन दिन नाच देखाउन जान्छन्। त्यहाँबाट धुलिखेल एक रात एक दिन बसेर श्रीखण्डपुर, खर्पुबाट बनेपामा तीन रात तीन दिनपछि पनौतीमा दुई रात तीन दिनका लागि नाच्ने तालिका परम्परादेखि चलि आएको छ।



कसरी शुरू भयो नाच?

प्राचीन कालमा भूतप्रेतको डर मानिने वेला यो नाच शुरू भएको जनविश्वास छ। सो कालमा विभिन्न महामारी र रोगव्याधिले सताएका वेला भगवान्‌लाई खुशी पार्न यो नाच नचाउन थालिएको किंवदन्ती रहेको संस्कृतिविद् धौभडेल बताउँछन्।

नवदुर्गाको नाच शुरू भएपछि रोगव्याधि कम हुने जनविश्वास छ। कुनै घरमा भूतप्रेतको डर भएमा नवदुर्गाको नाच नचाउँदा शान्ति हुने र दुःख दिने दुष्ट शक्ति नाश हुने विश्वास छ।

नाच देखाउन बार अनुसारको तालिका पनि परम्परादेखि निरन्तर छ। दरबार स्वायर, इताछें, वंशगोपालमा मंगलबार, गहिटी र खौमामा बिहीबार र दत्तात्रय, टौमढी, क्वाछें तथा इताछेंमा शनिबारका दिन नाच देखाइन्छ।

नाचको महत्त्व

नाचले सामाजिक सचेतना फैलाउन सघाउ पुर्‍याएको संस्कृतिविद्हरू बताउँछन्। “यो नाच चलेका वेलामा समूहमा रहेर बाँडेर खाना खानुपर्छ भन्ने मान्यता छ भने दाँत माझ्नुपर्ने, खकार-सिंगान जताततै फाल्नु हुँदैन। महिला तथा पुरुषले लुगा धोइधाइ पारेर सफा हुनुपर्छ भन्ने मान्यता पहिलादेखि चलेको छ,” धौभडेल भन्छन्।

द्यौसीभैली खेल्नेले आसिक दिए जस्तै यस नाचमा पनि आसिक दिने प्रचलन छ। नाचको अन्तिममा जनता सधैं सुखी रहून्, दुःख नहोस् भनेर आशीर्वाद दिने चलन छ।

देवगणका दुःख

नवदुर्गा नाच तथा नवदुर्गा देवगणलाई सम्बन्धित निकायले वास्ता नगरेकोमा देवगण सदस्य बालकृष्ण वनमालाको दुःखेसो छ। “सबैभन्दा धेरै जात्रा हुने भक्तपुर नगरपालिकाको ङालाकेगु जात्रा गर्दा बत्तीको व्यवस्था पनि छैन, न त सरसफाइ तथा सुत्ने व्यवस्था छ,” उनले भने।

नाच अवधिमा खाली खुट्टा हिंड्नुपर्दा सिसाले घोच्ने, घाइते हुने गरेको उनी सुनाउँछन्। अहिले पनि देवगणहरू फल्चा (पाटी) मा यत्तिकै विना सिरक सुत्न बाध्य छन्। “देवगणले आफ्नो मुकुटको स्याहार गर्न नै सकस हुन्छ। लुगाकपडा र ओढ्नेको व्यवस्था कसरी गर्ने,” उनले प्रश्न गरे, “भक्तपुरको जात्रालाई भक्तपुरवासीले नै वास्ता नगरे कसले गर्छ?”

वर्षको करीब ११ महीना जात्रा हुन्छ। नाचमा सहभागी हुने विद्यार्थी सदस्यको पढाइ छुट्छ। “त्यसैले अहिले स्कूल, कलेजका विद्यार्थीहरू देवगणमा आउँदैनन्,” उनले भने, “यस्तै भइरह्यो भने भोलिका दिनमा देवगणमा आउने मान्छे नै हुँदैन।”

देवगण भइसकेपछि रोजगारी पनि गर्न नसकिने अवस्था भएको हुँदा अर्को समस्या हुने गरेको उनी सुनाउँछन्। नाचलाई निरन्तरता दिन के गर्न सकिन्छ भनेर सम्बन्धित निकायले सोच्नुपर्ने उनको भनाइ छ।

शुक्रबार, १३ फागुन, २०७८, ०९:३०:०० मा प्रकाशित

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...