Thursday, May 14, 2026

ईतिहासका नसुल्झिएका कतिपय घटना

 ईतिहासका नसुल्झिएका कतिपय घटनालाई सुल्झाउने प्रयास गर्नुभएको छ, प्रा. पोखरेलले । आजसम्म पनि लिच्छविकालका चर्चित राजा अंशुवर्माका बारेमा इतिहासकारबीच मतैक्यता भइसकेको छैन । उनलाई अधिकांशले ठकुरी मानेका छन् । प्रा. पोखरेलले केही तथ्यका आधारमा अंशुवर्मालाई मगर ठकुरी मान्नुभएको छ (पृष्ठ ५४३) ।

मामाकी छोरीसँग बिहे गर्ने प्रचलन रहेका कारण ठकुरीहरू मगर थिए (पृष्ठ ४०१) । मल्ल, गोलेश, कल्यालझैं सीमित ठकुरीबाहेकको मूल लाङ्गाली (मगर) हो, त्यही वंशका हुन्, स्रङ–चङ–गम्पो पनि । उहाँको तर्क के हो भने नेपालका खस–मगरहरूले मानसरोवर पुगेर लिगवंश स्थापना गरे । त्यही लिगवंशका थिए— तिब्बतका राजा स्रङ–चङ–गम्पो (पृष्ठ ६०१) ।

अंशुवर्मा पनि त्यही लाङ्गाली वंशकै भएका कारण स्रङ–चङ–गम्पो र उनकी छोरी भृकुटीबीच विवाह भएको हुन सक्छ (पृष्ठ ६०२) ।

पोखरेलले अगाडि सारेको तर्क सही पनि हुन सक्छ, गलत पनि तर इतिहासका नसुल्झिएका कुरालाई सुल्झाउने नयाँ दृष्टिकोणचाहिँ यो पक्कै हो ।

ईतिहासका नसुल्झिएका कतिपय घटना

  ईतिहासका नसुल्झिएका कतिपय घटनालाई सुल्झाउने प्रयास गर्नुभएको छ, प्रा. पोखरेलले । आजसम्म पनि लिच्छविकालका चर्चित राजा अंशुवर्माका बारेमा इत...