Monday, October 29, 2018

मगर गुरुंगलाई पनि कर्नेली दर्जा


 मगर गुरुंगलाई पनि कर्नेली दर्जा: स्वस्ति श्री मद्द्तिप्रचन्डभुजडंदेत्यादी श्री श्री श्री प्राईममिनिष्टर जंग बहादुर राणाको सनद 

आगे हाम्रा भर मुलुकका ठाकुर राजपुत गैरह के १९११ सालमा भोट तर्फ लडाई हुँदा र १९१४ सालमा लखनौ तर्फ लडाई हुँदा मार्फत भाइ भारदार गैरह ले साथ् लागि भर समेत गर्याको विस्तार गरी श्री श्री श्री प्राईममिनिष्टर जंगबहादुर राणाले खसलाइ क्षेत्री तुल्याई बराबर दर्जा बधाई बक्सनु भयाको छ । मगर गुरुंगलाई पनि कर्नेली दर्जा पुर्याई पुरानो रोजा पल्टनमा भर्ति गरिबक्सनु भएको छ । अरु पर्जा जनालाई पनि सिपाही तुल्याई पल्टन खडा गरिबक्सनु भएको छ । अघि देखि मासिने नेवार जातलाई पनि न मास्नु भन्या स्थिति गरिबक्सनु भएको छ । लिम्बू किराती जातलाई पनि पल्टन खडा गरी नमास्नु भन्ने स्थिति गरिबक्सनु भएको छ । .. ठाकुर राजपुत जात गैरह लाइ १९१९ सालसम्म तिरी आया बमोजिमको सेर्मा अस्मानी साउने फागु चार आनी बराह आनी एक रुपैया सम्मको सेर्मा झारा खारा बेठ बेगारी हुलाक वलक जीम्दार अमालीको लाग्न्या रकम कलम समेत १९२० सालको वालिदेखी माफ गरिबक्स्युं हाम्रा काम काजमा उर्दी हुने बित्तिकै सामेली भै लाए अर्हाए बमोजिम काम गर्नु इति सम्बत १९२० साल कार्तिक वादी६ रोज १ शुभम ।

टिप्पणी :

१ ) सम्बत १९२० साल कार्तिक वादी ६ रोज १ देखि लागू भएको यो सनदपछि मात्र खसहरु क्षेत्री बने ।

२ ) मगर र गुरुङहरुलाई कर्णेल सम्मको पद दिइने स्थिति बसालिएछ ।

३ ) नेवारहरुलाई 'नमासिने' जातमा उकालिएछ ।

४ ) लिम्बू र राईहरुलाई पनि 'नमासिने' जातमा उकालिएछ ।

शव्दार्थ :

क) सनद = सरकार प्रमुखको आदेश, जो सबैले मान्नु पर्दछ (Executive Order)
ख ) नमासिने = दास बनाउन नपाइने वा कुनै कसुर गरेकामा ज्यान लिन नपाइने ।

Courtesy:
https://www.facebook.com/Boston-Magar-Society-Inc-176874689016795/

Boston Magar Society Inc.

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...