Thursday, October 11, 2018

चेमजोंग लार्इ पढेर । सोरभ

चेमजोंग लार्इ पढेर । सोरभ

२४) किराँत जातिले अफगानिस्तानदेखि आसामसम्म शासन गरेको थियो । पछिबाट खस जातिहरू उत्तरबाट आएर किराँतहरूसँग युद्ध गरे । -चेम्जोङ पेज २३९-२४०)
खसहरू काबुलदेखि टिष्टासम्म छन् भनी एटकिन्सनले लेखेका थिए । यहाँ त्यही खस शब्द झिकेर किराँत शब्द ठ्याक्कै राखिएको छ । जब कि एटकिन्सनको लेखाइको यथार्थ के हो भने बडाखसान पर्दछ आजको अफगानिस्तानको उत्तरपूर्वी र ताजकिस्तानको दक्षिणपूर्वी भूभागमा । आज पनि अफगानिस्तानले त्यसलाई बडाखसान प्रदेश नाम दिएको छ र ताजकिस्तानले पनि बडाखसान प्रदेश नाम दिएको छ । करिब ६ हजार वर्षपहिले नै त्यहाँको अर्धबहुमूल्य पत्थर नृपोपल -लेपिस लाजली) विश्वभर छरिन्थ्यो । अहिले यहाँ खसबोधक खोसाजाति बस्दछन् 
खासी पर्वत शृंखला छ बडाखसानको सुदूरपश्चिमतिर भारतको आसाममा । यहाँ बस्ने जातिलाई भनिन्छ खासी । मंगोल नश्लका हुन् । तर, तिनमा खसकै चलन छ- लासलाई जलाउने । यसैले खस एउटा संस्कृति मात्रै हो भन्नुपरेको । प्राचीन खसलाई मातृसत्तात्मक मान्ने हो भने खासी पनि मातृसत्तात्मक हुन् । यहाँका पुरुषलाई १९४४ सम्म मत हाल्ने अधिकार थिएन पनि 
खसम भन्दछन् आफ्नो श्रीमान्लाई उत्तरभारतीय महिलाहरूले । यो मालिक/श्रीसम्पत्ति/संसारबोधक सम्बोधन हो । यसैबाट कसम -किरिया/शपथ) बन्दछ । जस्तो कि, नेवारहरूमा श्रीमान्श्रीमतीले एकअर्काेलाई बुझाउनुपर्दा जहान भन्ने चलन छ । पृथ्वी/संसारबोधक संस्कृतको ज्याबाट उर्दूको जहाँ र नेवारीको जहान बन्दछ । अर्थात् जसरी नेवार महिलाहरूले श्रीमान्लाई आफ्नो संसार ठान्दछन् त्यसैगरी कसम खानु कुरा नमिले संसारै सकियोस् भन्ने अर्थमा बनेको प्रतिक्रिया हो 
अब द्रङ्गको अर्थ ः यही बडाखसानबाट अमुदरियाको उद्गम हुन्छ । दरियाको अर्थ नदी हो । तर, यही दरियाबाट भेग बुझाउने गरी अहिले पनि जुम्लामा असिदरा, पाँच सय दरा, सिञ्जादरा, चौधबीस दरा, कालिकोटमा कालिकोटदरा, बाह्रबीसदरा, रासकोटदरा, पलाँतादरा, सानीदरा, खालदरा, मुगुमा मुगुदरा, करानदरा, गमदरा, सत्याडदरा, हुम्लामा हुम्लादरा, गल्छादरा, सोलुदरा र डोल्पा जिल्लामा तिबि्रकोटदरा गरी १८ दरा अझै छन् । खासी हिल्सको उत्तरपट्ट िआसाममा दरङ जिल्लै छ । कास्कीको नाउँडाँडाबाट आधा घन्टाको दूरीमा दोरंगा भन्ने ठाउँ छ, जुन द्रङ्गबाट बिग्रेको हो  

पुरा लेख पढनुस 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...