सति प्रथाको तामाङ समाजमा पारेको
असर
Amrit Yonjan-Tamang, Facebook, July 9, 2020
आजको दिनले मलाई हज्सन पेपर-
“मूर्मीहरूको कुलाचार” (सन् १८४७) को स्मरण गरायो। त्यस पेपरमा तामाङ समाजमा सति
प्रथाको विस्तृत वर्णन छ। आज भन्दा २० वर्ष अगाडि अमेरिकी प्रोफेसर क्याथरिन एस.
मार्चले सो पेपर प्रस्तुत गर्दा सबैजसो तामाङ बौद्धिक वर्गले “यो हुन सक्दैन, तामाङ समाज हिन्दू नहुनाले यस्तो सम्भव छैन” भनेर आपत्ति जनाएको
थियो।
मानव समाज सत्ताको रापतापबाट
प्रभावित हुदों रहेछ। मैले यसबारे सन् १९९९ तिर काठमाडौं उपत्यका वरिपरिको तामाङ गाउघरमा त्यस कथनको
सर्वे़क्षण गर्दा उपत्यका वरिपरिका तामाङ गाउँघरमा सति प्रथाको केही छनक पाएको थिए
तर बकमफुसे गफ ठानेर मैले पन्छ्याइ रहे । आज तामाङ मूल्य र मान्यता तोडेर वा
कुल्चेर आफ्ना प्रिय नेतासंग सतिजान तयार तामाङ युवा दास्ता देख्दा र राणाकालीन
परिवेश हेर्दा तामाङहरु सति गएनन् होला भन्न सकिने अवस्थामा म छैन। उनीहरू सति
गएको आभास हुन्छ र हज्सन पेपरमा लेखेको कुरा सत्य जच्दछ। सति तामाङ संस्कृति होइन
र थिएन पनि तर सत्ताको रापतापमा र त्यस ताका मासिन्य मतवालीको हैसियत हेर्दा धेरै
तामाङहरू सति गए होलान भन्ने अटकल काट्न सकिन्छ । यसबारे पनि गहन ढंगले वहसको
थालनी गरौं र तामाङ इतिहासको बलियो जगको निर्माण गरौं। सबैमा अनुरोध ।