Saturday, November 19, 2022

हराउँदै फेरी संस्कृति


 हराउँदै फेरी संस्कृति

मंसिर २, २०७९डम्बरसिंह राई, Kantipur

खोटाङ — दिप्रुङ चुइचुम्मा–४ बतासेका ६१ वर्षीय जगतबहादुर जोगी फेरी लगाउन थालेको ४० वर्ष भयो कात्तिक, चैत र साउनमा फेरी लगाउने परम्परा छ यो बेला भैरुङ कुल देवताथानमा राखिएको बराठ बाजालाई पूजा आराधना गरेर फेरी लगाउन सुरु गरिने उनले बताए 

घरवालालाई रक्खे (रक्षा) होस्, चिताएको पुगोस्, भुत पिसाचले दुःख नदिओस् भनेर जप गरिन्छ’ जगतबहादुरले भने रातीको जपन पछि घरवालाले बिहानपख इच्छा गच्छे अनुसारको सिदा दिने चलन चामल, घिउ, नुन, तेल, पैसा दिने गरिन्छ उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो धान, कालो कपडा, फलामको हतियारसहित भेटी दिने चलन भए पनि अहिले फेरिएको उनले सुनाए

उनले खोटाङको साकेला गाउँपालिकामा छ रात, दिप्रुङ चुइचुम्मामा १० रात, खोटेहाङमा ७ रात फेरी लगाउने गरेको बताए यसबाहेक अन्य जोगीले पनि फेरी लगाउँछन् भोजपुरको सिक्तेल, दावा, चिसापानीको खुटालगायतका जोगीले फेरी लगाए पनि अहिले भने कमैले मात्र यो काम गर्ने गरेको उनले बताए अहिले एकाधले यो परम्परा धानिरहेका भेटिन्छन्

जोगीलाई माग्ने ठानेर सम्मान नगरिने हुनाले कसैले चासो दिँदैनन्,’ उनले भने, ‘अब लोप भएर जाने भो।’ पृथ्वीनारायणले सूचना दिने कर्मचारीको रूपमा जोगीलाई नियुक्त गरेको र पछि संस्कृतिको रूपमा विकास भएको संस्कृतिविद् एवं मावनशास्त्री तथा समाजशास्त्री डा. विष्णु राईको भनाइ छ

प्रकाशित : मंसिर २, २०७९ ०७:५३

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...