हराउँदै फेरी संस्कृति
मंसिर २, २०७९डम्बरसिंह राई, Kantipur
खोटाङ — दिप्रुङ चुइचुम्मा–४ बतासेका ६१ वर्षीय
जगतबहादुर जोगी फेरी लगाउन थालेको ४० वर्ष भयो । कात्तिक, चैत र साउनमा फेरी
लगाउने परम्परा छ । यो
बेला भैरुङ
कुल देवताथानमा
राखिएको बराठ
बाजालाई पूजा
आराधना गरेर
फेरी लगाउन
सुरु गरिने
उनले बताए ।
‘घरवालालाई रक्खे (रक्षा) होस्, चिताएको पुगोस्, भुत
पिसाचले दुःख नदिओस् भनेर जप गरिन्छ’ जगतबहादुरले भने । रातीको जपन
पछि घरवालाले
बिहानपख इच्छा
र गच्छे
अनुसारको सिदा
दिने चलन
छ । चामल, घिउ, नुन, तेल, पैसा
दिने गरिन्छ ।
उहिले–उहिले ओखर, कालो मास, कालो तिल, कालो
धान, कालो कपडा, फलामको
हतियारसहित भेटी दिने चलन भए पनि अहिले फेरिएको उनले सुनाए ।
उनले खोटाङको साकेला
गाउँपालिकामा छ रात, दिप्रुङ
चुइचुम्मामा १० रात, खोटेहाङमा
७ रात फेरी लगाउने गरेको बताए । यसबाहेक अन्य जोगीले
पनि फेरी लगाउँछन् । भोजपुरको सिक्तेल, दावा, चिसापानीको खुटालगायतका जोगीले
फेरी लगाए पनि अहिले भने कमैले मात्र यो काम गर्ने गरेको उनले बताए ।
अहिले एकाधले यो
परम्परा धानिरहेका भेटिन्छन् ।
‘जोगीलाई माग्ने ठानेर सम्मान
नगरिने हुनाले कसैले चासो दिँदैनन्,’ उनले
भने, ‘अब लोप भएर जाने भो ।’ पृथ्वीनारायणले
सूचना दिने कर्मचारीको रूपमा जोगीलाई नियुक्त गरेको र पछि
संस्कृतिको रूपमा विकास भएको संस्कृतिविद् एवं मावनशास्त्री तथा समाजशास्त्री डा.
विष्णु राईको भनाइ छ ।
प्रकाशित : मंसिर २, २०७९ ०७:५३